matrikayadav2

मलाई के लाग्छ, भने कांग्रेस,एमाले र राप्रपा भन्दापनि हामी बिग्रेका छौं । साथीहरुको ध्यान कसरी मालामाल बन्ने, कसरी पद ओगट्ने ? भन्नेमा छ,भने कुरा मालेमावाद छ । प्रधानमन्त्री प्रचण्डले हामी सबै कार्यकर्तालाई बोलाएर सुझाव दिनुहुन्छ । साच्चै भन्नुपर्दा हामी मालेवाद हौ तर व्यवहारमा छैंनौ ।
एमालेले संविधान संशोधनमा अधिकार नदिए देश टुक्रिन्छ, दिएर त टुक्रिदैन । त्यसैले एमालेले संविधान कार्यन्वयन नगर्ने पक्षमा उभिदैन जस्तो मलाई लाग्दैन । उहाँहरु संविधान कार्यन्वयनको बाटो मै हुनुहुन्छ । त्यसैले जनतालाई अधिकार दिने हो भने संविधान संशोधनको पक्षमा उभिनुपर्छ । तर जनजाति र मधेसीहरुलाई अधिकार दिने कुरामा विपक्षी दलहरुले विरोध गरिरहेका छन् । त्यसैले एमालेले यसप्रति गम्भीरतापूर्ण सोच्न जरुरी ठान्दछु ।
हामीले उठाएका विषयहरु पाउँन छलफल गरेर होइन क्रान्ति नै गर्नुपर्छ । त्यसैले सबैले  कम्प्रमाइज नै गरेर यो संविधान संशोधन पेश गरिएको हो । देशमा कलह त संविधान प्रस्तावले भएको होइन संशोधन नगरेर भएको हो । यस्तो काम गर्दा एकपटक कलह त निम्तिन्छ ।
यता, प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रघाती भन्ने साथीहरु पनि हाम्रै पार्टीभित्र छन् । उहाँ पार्टी, जनता र देशलाई कसरी अगाडि लाने भन्ने विषयमा सोच्नुहुन्छ । तर साथीहरु यसको फाइदा उठाउने खेलतिर लागेका छन् । यस विषयमा हामीहरुबीचमा टकराब पनि बढेको छ ।
साथीहरुलेृ संशोधनमाथि असन्तुष्टि राख्नुमा स्वभाविकै ठान्दछु । तर पोलिटब्युरो बैंठकबाटै छलफल गरेर हामीले संशोधन प्रस्ताव पेश गरेका हौं । तर, अहिले बाहिर ठिक विपरीत कुराहरु आइरहेका छन् । त्यसैले हामी नेता बिग्रिएपनि जनता तथा कार्यकर्ता देश परिवर्तन र क्रान्तिकै पक्षमा छन् ।