Wednesday, December 14, 2016

ओलीबारे भारतकै खुलासाः भारतीय लगानीमै यसरी उदाएका थिए ओली

उपचार खर्चदेखि पार्टी अध्यक्ष बन्नसम्म भारतीय लगानी 

२८ मंसिर २०७३ , काठमाडौं । सरकारले अघि सारेको संविधान संशोधन प्रस्तावलाई भारतको प्रस्ताव भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका  अध्यक्ष केपी ओलीले आफूलाई अहिले उच्च राष्ट्रवादी दावी गरिरहेका छन् । उनको भनाइअनुसार सरकारको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस भारतको इसारामा चलिरहेका छन् । तर, अहिले राष्ट्रवादी दावी गरिरहेका केपी ओली नै भारतको इसारामा चल्ने गरेको र भारतकै लगानीमा एमालेको अध्यक्षसमेत बनेको भारतले नै खुलासा गरेको छ ।  



भारतीय पत्रकार प्रशान्त झाले हिन्दुस्तान टाइम्समा लेखेको समाचारमा ओलीको उपचार, आन्तरिक पार्टी प्रतिस्पर्धा र भारतले अघि सारेका महत्वपूर्ण विषयमा समर्थन जनाउन भारतले उनीमाथि ठूलो लगानी गरेको छ । समाचारमा उल्लेख गरिएअनुसार माओवादीलाई भारतको पक्षमा उभिन पनि ओलीले ठूलो रकम बुझेका थिए । तर, ओलीले भनेअनुसार माओवादी भारतको पक्षमा नउभिएपछि उनले माओवादीलाई कमजोर बनाउने रणनीति लिन भारतलाई सुझाएको समाचारमा उल्लेख छ । यस्तै नेपाल–भारतबीच भएको महाकाली सम्झौतालाई संसदबाट पारित गराउन पनि ओलीले भारतबाट पैसा बुझेको समाचारमा उल्लेख छ । उक्त कुरा एमालेकै युवा नेता योगेश भट्टराई, धनश्याम भुसाललगायतले ‘राष्ट्रघाती विसर्जनवादी एमाले नेतृत्व गुटका ५१ अपराध’ नामक पुस्तकमा खुलासा गरिसकेका छन् ।   यस्तै भारतको दिल्लीस्थित एपोलो अस्पतालमा दुवै मिर्गौला प्रत्यारोपण गराएका ओलीको उपचारमा समेत भारतले ठूलो लगानी गरेको छ । भारतीय विदेश मन्त्रालय र खुफीया ऐजेन्सी ‘रअ’को स्रोतलाई उदृत गर्दै लेखिएको समाचारमा केपी ओली भारतीय लगानीमै एमालेको अध्यक्ष बनेको समेत दावी गरिएको छ । आन्तरिक पार्टी प्रतिस्पर्धाका लागि तथा कार्यकर्ताको खर्च व्यवस्थापनका लागि भारतको विदेश मन्त्रालय र रिसर्च एण्ड एनालाइसिस विंग (रअ)ले विभिन्न प्रोजेक्टमार्फत ओलीमाथि लगानी गरेको समाचारमा उल्लेख छ । ओलीले मदन भण्डारी फाउण्डेशनका नाममा समेत भारतबाट करोडौं रुपैयाँ बुझेको यसअघि पनि सार्वजनिक भएको थियो ।  




http://www.newssewa.com बाट साभार 

No comments:

Post a Comment