Monday, April 27, 2015

महाभूकम्प - २०७२ बैसाख १२

बैशाख बाह्रगत्ते महाभुकम्पले वनखु गा॰वि॰स॰ मा क्षत विक्षत बाख्रोको पाठो सँगै एउटा बालक- जस्ले मलाई मर्माहित बनायो , तपाई को मन छोएन???



छोरा र पत्नीसहित १७ आफन्त गुमाउँदाको पीडा कसरी सुनाउँ ?



photo by ramkrishna

मैले अढाई वर्षको कान्छो छोरा (आरजन) र पत्नी (एलिस, ३१ वर्ष) यो भूकम्पमा गुमाएँ । चार जनाको परिवार थियो । अब हामी दुई जना मात्रै बाँकी छौं । भूकम्पमा मेरो छोरा र पत्नीसहित १७ जना आफन्तको एकैपटक एकैठाउँमा ज्यान गयो ।
एकै पटक १७ जना गुमाउँदाको पीडा कसरी भनूँ म ? कुनै शब्द नै बनेको छैन होला यस्तो पीडा सुनाउने । भूकम्प गएको बेला म नुवाकोट मै थिए । जिविस नुवाकोटमा म इञ्जिनियर छु । म त्यतै बस्थे । दुई छोरा र पत्नी काठमाण्डुको ढुंगेधारस्थित घरमा बस्थे । शनिबार विद्यालय बिदा थियो । मेरो बहिनीको शोभाभगवतीस्थित घरमा श्रीमद्भागवत महापुराणको आयोजना गरिएको थियो । शनिबार पुराणको पहिलो दिन थियो । आफन्तहरु सबै बहिनीको घरमा पुराण सुन्न भेला भएका रहेछन् । भूकम्प गएपछि म नुवाकोट मै उद्धारमा खटिए ।
पत्नीलाई फोन गर्दा सम्पर्क भएन । दिउँसो ३ बजेतिर पुराण सुन्न गएकाहरु परेको खबर पाएँ । बहिनीको घर तीन तले थियो । तल्लो तलामा पुराण लगाइएको थियो । भूकम्पमा मेरो बहिनी ज्वाईं, भाइ, बुहारी, बहिनीको सासु, सासुका बाआमालगायत १७ जना मेरा आफन्त परे । भूकम्पको पाँच दिनपछि चार जनाको शव निकालियो । मेरो पत्नी र छोराको चाहिँ भोलिपल्ट नै निकालियो । आफ्नै अगाडि छोरा र पत्नीको शव जलेको हेर्नुपर्यो ।
चार जनाको हाँसी खुसी परिवार थियो । गएको वैशाख ४ गते विवाहको १२ औं वर्ष दामनमा गएर मनाएका थियौैं । अहिले अब जेठो छोरा र म मात्रै छौं । यस्तो लाग्छ मेरो परिवार आधा भत्केको घर जस्तो, एउटा पखेँटा झरेको चराजस्तो, ग्रहण लागेको चन्द्रमा जस्तो भएको छ ।  भाइको पत्नी पनि भूकम्पमा परिन । भाइको पनि एउटा छोरा (विज्ञान) छ, अढाई वर्षको । ऊ पनि आमाबिनाको भयो । भतिज र जीवित छोराको अनुहार हेर्दा मन भक्कानिन्छ । आफूले सबैभन्दा माया गरेका आफन्तको पीडाले आफ्नो पीडा बिर्साउँदो रहेछ । मलाई त्यही भएको छ अहिले, छोरा भतिजको मातृ वियोगले मलाई धेरै पीडा दिइरहेको छ ।
कहिलेकाहीं भगवान हुन्छन् जस्तो लाग्थ्यो । कहिले हुँदैनन् जस्तो लाग्थ्यो । पुराणमा गएका मेरा आफन्तहरुलाई यदि भगवान हुन्थे भने किन जोगाएनन् भगवानले ? भगवान हुन्छन् नै भने पनि अढाई वर्षको निर्दोश अवोध बालकले भगवानको के बिगार गरिदिएको थियो ? उसले भर्खरै त संसार देख्दै थियो, के पाप गरेको थियो होला र उसलाई भगवानले त्यत्रो सजाय दिए ? यसकारण मलाई अहिले भगवान पनि हुन्छन् जस्तो लाग्दैन । भगवान मिथ्या जस्तो लाग्छ । तै पनि सरकार यसलाई दैवीप्रकोप भन्छ । यो प्राकृतिक घटना हो । तर यति ठूलो जनधनको क्षति प्राकृतिक मात्रै होइन मानवीय पनि हो ।

हाम्रो देश भूकम्पको उच्च जोखिममा छ भन्थे । सरकारी सूचना पनि त्यस्तै हुन्थे । भूकम्प आउँदा अपनाउनु पर्ने सावधानी पनि सिकाइन्थ्यो । तर यत्रो भूकम्प जाँदा पीडितलाई बाढ्ने त्रिपाल पनि रैनछ । उद्धारको कुनै सामाग्री पनि सरकारले राखेको रैनछ । ९० सालको भूकम्पमा जसरी उद्धार भयो ८२ वर्ष पछिको भूकम्पमा पनि उद्धारको शैली उस्तै छ । खन्ती, गैँची, कोदालोको भरमा उद्धार हुँदैछ । यस्तो विपतमा उद्धार, राहतको तयारी सरकारको शुन्य रहेछ । आखिर यो सरकार चालउनेहरु के चाहिँ गर्दारहेछन् ? अनौठो लाग्छ । यसकारण ठूलो जनधनको क्षतिलाई न्यूनिकरण गर्न सकिन्थ्यो । देश चालउनेहरुले अलिकति सिस्टम बसालिदिएको भए क्षति कम हुन्थो । मेरो जस्तो पीडामा पर्नेहरु कम हुने थिए ।
मानिसहरु घर बनाउँदा नगरपालिकाको आँखा छलेर तला थप्छन् । अनुगमनमा आउने कर्मचारीले पनि पास गरिदिन्छन् । जोखिम थाह पाउँदा पाउँदै हामी हेलचेक्र्याइ गर्छौं । गल्ति एउटाले गरेको हुन्छ, परिणाम अरुले भोग्नु पर्दोरहेछ । अहिले मनमा अनेक कुरा खेल्छन् । मूलुकले विकास गर्दैछ भन्ने पनि छन् । काठमाण्डुमा खेत भएका ठाउँमा अहिले अग्ला अग्ला घर छन् । घर बन्नु विकास हैन रहेछ । गाउँमा परम्परागत ढंगबाट घर बनाइन्छ । सस्तो मूल्यमा बलियो घर बनाउने प्रविधि अनिवार्य लागु गर्नुपर्ने रहेछ ।
प्रस्तुतिः ध्रुब रिजाल
www.kathmandutoday.com बाट साभार 


======================

गुनका नाममा नुन छर्कने मोदी नेपालका मित्र हुन् कि विधाता ?

 

-उमेश चौहान
Narendra Modi Full Hd Wallpaper - srahir.tumbr.com (10)

भारतका वरिष्ठ पत्रकार शेखर गुप्ताले ट्विट गरे, ‘नेपाललाई सहयोग गरौँ, तर संवेदनशील भएर, उसलाई सम्मान गरेर । नेपाल गरिब होला, तर स्वाभिमानी छ र इतिहासदेखि नै सार्वभौम छ । नेपाल बिहारको विस्तारित भाग होइन ।’
शेखर गुप्ता गत जुनसम्म इन्डियन एक्सप्रेसका प्रधानसम्पादक थिए, रिटायर्ड हुनुअघिसम्म उनी भारतीय मिडियाको इतिहासमा सबैभन्दा धेरै अर्थात् वर्षको १० करोड भारु पारिश्रमिक लिएर काम गर्थे । उनै वरिष्ठ पत्रकारले आफ्नै अग्रज र अनुज पत्रकारहरूको प्रस्तुतिमा के खोट देखे जसले गर्दा उनी लेख्न बाध्य भए, ‘सहायताका नाममा सार्वभौमिकतालाई अपमान नगरौँ ।’
किनकि शेखर गुप्ताको ट्विटअगाडि भारतीय च्यानल जी न्युज भन्दै थियो, ‘नेपालका भूकम्प पर भारतका हमला ।’ नेपालमा भूकम्प आयो, जीवन तहसनहस पार्‍यो । यो विपत्मा हामीलाई भारतजस्ता असल छिमेकीको सद्भाव चाहिएको थियो, सहयोग चाहिएको थियो । सहयोग गर्ने भारतीय मन महान् हो, तर प्राकृतिक विपत्ति भूकम्पमाथि हमला गर्ने भारतीय दम्भ के हो ?
गुजरातमा आएको भूकम्पमाथि हमला गर्न नसक्ने, केदारनाथमा आएको पहिरोलाई पराजित गर्न नसक्ने र जम्मु–कस्मिरमा आएको बाढीलाई सामना गर्न नसक्ने भारतले नेपालको भूकम्पमाथि कसरी हमला गर्न सक्छ ? एउटा जी न्युज हावा होला, त्यति नै वेला भारतको नम्बर वान च्यानल आजतक भन्दै थियो, ‘नेपाल को अपने पैर पर खडा करके वापस होगा भारतीय फौज ।’
भूकम्प आयो, विपत्ति आयो, तर के नेपाल अहिले आफ्नो खुट्टामा उभिएको छैन ? के यसको ठेक्का भारतले लिएको छ ? ठेक्का भारत अथवा अरू कसैले लिएको छ भने के नेपाली स्वाभिमानलाई त्यो स्वीकार्य छ ? भारतीय पत्रकार शेखर गुप्तालाई दु:खी बनाउने यो संवेदनशील प्रश्नले नेपाली मनलाई कसरी खुसी पार्न सक्छ ?
भारतीय टेलिभिजन च्यानलको के कुरा गर्नु ? उनीहरू कहिले समाचार दिन्छन्, ‘पाण्डवहरूसँगै हिमालय गएको गाई जिउँदै भेटियो, गाईले १० लिटर दूध दिन्छ ।’ उनीहरू कहिले भन्छन्, ‘अन्तरिक्षबाट आएको एलिएनले मान्छे लगेर गयो, एक महिनापछि फर्किएको मान्छे रिक्साचालक बन्यो ।’
पाण्डवको पालाको गाईले हजार लिटर होइन १० लिटर दूध दिन्छ, एक महिना अन्तरिक्षमा प्रशिक्षण लिएर आएको मान्छे पाइलट होइन, रिक्साचालक बन्छ भनेर समाचार बेच्नेहरू हजारौँ मान्छे मारिएको, लाखौँ मान्छे घरबारविहीन भएको ठाउँमा आएपछि के सन्देश दिन्छन् ? स्वाभाविक रूपमा तिनीहरूले ब्रेकिङ न्युज दिए, ‘एक घन्टाके बाद काठमाडौंमे ११ रेक्टर स्केलका भूकम्प आनेका अनुमान ।’ सात दशमलब आठ रेक्टर स्केलको भूकम्पले नै सर्वस्व गुमाएका पीडितलाई यस्तो समाचारले राहत दियो कि आहत दियो ? तर, तिनले पीडितको संवेदनशीलता बुझेनन्, त्रसितलाई आतंकित बनाएर घरबाट सकडमा र सडकबाट खेतमा लखेटिरहे । मोदीलाई आफ्नो मिडियाको यस्तो स्वभाव अवश्य थाहा छ । तर, उनले त्यति ज्याद्रो मिडियालाई नेपाल पठाए जसले यहाँको घाउमा गुन लगाउने नाममा नुन छर्किएको छ ।
भारतीय मिडियाले अतिरञ्जित नगरेको भए भारतको वास्तविक सहयोग हाम्रो लागि अमूल्य छ । हामी साँच्चै विपत्तिमा छौं, हामीलाई सहयोग चाहिएको छ, तर भारतीय मिडियाले भनेजस्तै नेपाललाई आफ्नो खुट्टामा उभिन लायक बनाएर मात्र फर्कने कसम खाएको हो भने भारतीय टोली कत्रो छ ? दश हजारको, पाँच हजारको अथवा एक हजारको ? अनुमान अनेक लाग्न सक्छन्, तर वास्तविकता हो जम्मा एक सय ८० जनाको । अहिले नेपाली सेनाको ६५ हजार १६, नेपाल प्रहरीको ३७ हजार चार सय र सशस्त्र प्रहरीको १६ हजार पाँच सयको फौज उद्धारमा खटिएको छ ।
सवा लाखको नेपाली फौज ज्यानको बाजी लगाएर आफ्ना दाजुभाइ तथा दिदीबहिनीको उद्धारमा खटिएको छ, त्यो प्रयास पनि अपूरो छ भने एक सय ८० जनाले सिंगो नेपाललाई कसरी आफ्नो खुट्टामा उभिने बनाउने हुन्, यो काम कुन जुगमा सम्पन्न हुने हो ? अनि नेपाललाई आफ्नो खुट्टामा उभिने बनाउने कुन जुगको ऋण खाएका छन् मोदीले ? ऋण खाएका छैनन् भने मित्रको रूपमा व्यवहार गरेर सन्तोष किन लिन सक्दैनन् उनी ? उनी नेपालका मित्र हुन् कि विधाता ?
भूकम्प गएको ६ घन्टापछि नेपाल सरकार मन्त्रिपरिषद्को बैठक सिंहदरबार काठमाडौंमा बस्यो, त्यसको तीन घन्टाअघि नै यही विषयमा भारत सरकार मन्त्रिपरिषद्को बैठक सेभेन रेसकोर्स रोड नयाँदिल्लीमा बसिसकेको थियो कमजोर नै सही, नेपाल सरकार एउटा सार्वभौम सरकार हो, उसले सहयोगको अनुरोध नगर्दै अर्को देशले सहायता घोषणा कसरी गर्न सक्छ ? प्रचारप्रसारसहित घोषणा नै गर्छ भने पनि जम्मा एक सय ८० जनाको टोली पठाएर आफ्नो वाचा कसरी पूरा गर्न सक्छ ?
एक सय ८० जनालाई उडाउन एउटा जहाज पर्याप्त छ भने थप २५ वटा जंगी जहाज कसरी उडाउन सक्छ ? बाँकी २५ वटा जहाजमा जम्मा १२ सय मात्र कम्बल पठाउन कसरी सक्छ ? १२ सय कम्बल बोकेर आएका हर्कुलस जहाजले तीन हजार भारतीय नागरिक बोकेर फर्किए, के तीन हजार भारतीय नागरिकलाई फर्काएर भारतले नेपालमाथि गुन लगाएको दाबी गर्न सक्छ ? नेपालको समस्या तीन हजार भारतीय नागरिकलाई कहाँ तह लगाउने भन्ने हो कि भूकम्पप्रभावित ८० लाख नेपालीलाई कसरी राहत दिने भन्ने ?
आफ्ना नागरिकलाई फिर्ता लग्न हरेक घन्टा जहाज पठाएर मोदीले नेपाली जनतालाई के गुन लगाए ? तैपनि बसपार्क र एयरपोर्टमा नेपाल सरकार मुर्दावाद, मोदी सरकार जिन्दावादको नारा लाग्यो । नेपाल सरकारप्रति जनताको असन्तुष्टि होला, तर मोदी सरकार जिन्दावाद भन्ने को थिए ? नेपालमा मोदीको जयकार भनेर भारतीय टेलिभिजनबाट किन प्रसारण भयो ? नेपाली जनताको उद्धारका नाममा ल्याइएका जहाजमा आएका भारतीय टेलिभिजन पत्रकारले पीडितको आवाज होइन, मोदीको जयकार प्रसारण गराउनुको उद्देश्य के थियो ?
यसको जवाफ मोदीले अहिले नदिए पनि होला, तर कुनै दिन अमेरिकाजस्ता देशले अपमान गर्दा मोदीका मनमा पनि यस्तै प्रश्न अवश्य उठ्नेछ । भारतलाई विगतमा यस्तो धेरै परेको छ, कामना गरौँ, भविष्यमा नपरोस्। 

www.kathmandutoday.com बाट साभार 

=================

अन्य मुलुकमा भूकम्प जाँदा के भयो ?



    Indonesia
    सन् २००४ मा इन्डोनेसियामा गएको पहिरोले पुर्याएको क्षति । तस्विर : एजेन्सी
    काठमाडौ, वैशाख १५ - ठूला खाले भूकम्पपछि विभिन्न खाले हल्ला र भ्रम फैलिन्छ । केही असामाजिक, उच्छृंखल, बदमास र अराजक तत्त्वहरूबाट कुप्रचारको प्रयास हुन्छ । आज यस्तो हुँदैछ है । भोलि यति वा उति बजे फेरि जाला जस्तो भ्रम फिँजाएर मज्जा लिनेको कमी हुन्न । 
    सबै जना घर छाडेर हिँडेमा चोरी र लुट गर्न सजिलो हुने नियतले पनि यस्तो गरिन्छ । हरेक विकसित, अल्पविकसित र विकसित मुलुकमा विनाशकारी प्रकृति प्रकोपपछि यस्तो अवस्था उत्पन्न हुन्छ । सर्वसाधारणमा अन्धविश्वास सिर्जना गरेर यतिखेर व्यक्तिगत फाइदा लुट्नेको पनि कमी हुन्न । 
    यस्तोमा स्वविवेकको प्रयोग गर्नु र भरपर्दो सरकारी तथा गैरसरकारी सञ्चार माध्यमबाट यथार्थ जानकारी लिएर घरभित्र वा बाहिर सुरक्षित व्यवस्थापन गरेर धैर्यतासाथ अघि बढ्नु उचित हुन्छ । हिन्दु पत्रिकाको अनुसार नेपालमा शनिबार गएको भुइँचालो ८० वर्षभन्दा बढीको अवधिमा हिमालय शृंखलाकै सबभन्दा नराम्रो हो । तर, भौगोलिक अवस्था र अहिलेको जनघनत्वको हिसाबले नेपालमा भयावह मानवीय हताहती भए पनि विश्वमा सन १९०० देखि अहिलेसम्म १७ वटा यस्तै प्रकृतिका भूकम्पहरू गइसकेका छन् । यी सब त्यो परिस्थितिमा अप्रत्याशित र असहनीय नै थियो । 
    ती मुलुकका बासिन्दा र सरकारले त्यो स्थितिको मिलेर सामना गरी पुनर्निर्माणमा लागेको तथा पुरानै अवस्थामा फर्केको देखिन्छ । सन् १९०६ को ३१ जनवरीमा दक्षिण अमेरिकी मुलुक इक्वेडरको तटदेखि टाढा ८.८ रेक्टर स्केलको भुइँचालोपछि सुनामी जाँदा कम्तीमा ५ सयको मृत्यु भयो । धेरै दिनसम्म यसको प्रभाव रह्यो । प्रविधि र साधनस्रोतको विकासको हिसाबले त्यो बेला उक्त मुलुकका लागि यो अकल्पनीय घटना थियो । विभिन्न आदिवासी समूहको बसोबास भएको त्यो मुलुकमा नागरिकले एक अर्कामा सही सूचनाको परवाह गर्दै एकभएर यसको समाधान गरी स्थितिलाई सामान्य बनाए । 
    सन १९२२ को ११ नोभेम्बरमा चिली र अर्जेन्टिनाको बोर्डरमा सुनामीलाई निम्तो दिनेगरी ८.५ रेक्टरको कम्पन गयो । यसबाट चिलीको पूरा समुद्री तट बर्बाद भयो । त्यसैगरी रुसको सुदूर पूर्वको कामचाट्कामा सन १९२३ को फेब्रुअरी ३ मा ८.५ रेक्टरको झट्का गयो । सन १९५२ को ४ नोभेम्बरमा उक्त क्षेत्रमा ९ रेक्टर स्केल तीव्रताको भुइँचालो जाँदा हवाई क्षेत्रमा ९.१ मिटरसम्म छाल उठेको थियो । ईश्वरको कृपा भएमा कसैको केही बिग्रन्न भनेझैं त्यहाँ कुनै क्षति भएन । 
    भनिन्छ त्यहाँकावासीले नआत्तिई परिस्थितिको सामना गरे । यसले कम हताहती हुनुका साथै भौतिक क्षतिको पुनर्निर्माणमा सहयोग पुर्‍यायो । सन् १९३८ को १ फेब्रुअरीमा इन्डोनेसियाको बन्द समुद्रमा माथि उल्लेखित प्रकृतिको भूकम्प जाँदा सुनामी आयो ।
    त्यो क्षेत्रमा बस्नेले पहिले तीतो अनुभवबाट पाठ सिक्दै यस्तो परिस्थितिमा एक अर्काको क्षमता र ज्ञानको साटासाट गर्दै अघि बढ्े । तिब्बती प्लेटहरूको गतिविधिलाई नेपालमा भुइँचालो मुख्य कारण मानिन्छ । त्यही तिब्बतमा सन् १९५० को १५ अगस्तमा ८.६ तीव्रताको भूकम्पमा कम्तीमा ७ सय ८० का ज्यान गयो । शोकको त्यो घडीबाट बाहिरिन उनीहरूलाई पनि समय लागेको थियो । तर, सामुदायिक मेलमिलापमा विश्वास राख्ने उनीहरू ढिलोचाँडो पुरानो स्थितिमा पुनरागमन गरे । सन् १९५७ को ९ मार्चमा अमेरिकी राज्य अलास्काको आन्द्रियानोफ द्वीपहरूमा ८.६ तीव्रताको जाँदा १६ मिटरसम्म अग्लो सुनामी गयो ।
    सन १९६४ को २८ मार्चमा अलास्कामा ९ रेक्टर स्केलको भूकम्प जाँदा सुनामीमा १ सय २८ सहित १ सय ३१ को ज्यान गयो । सन १९६५ को ४ फेब्रुअरीमा उक्त क्षेत्रमै ८.७ गतिको झट्कामा ११ मिटरसम्म सुनामी उठ्यो । तर, सन् १९६० को २२ मेमा दक्षिण चिलीमा ९.५ तीव्रतासँगै सुनामीले १ हजार ७ सय १६ को ज्यान लियो । यसले चिलीलाई गहिरो शोकमा लग्यो । त्यहाँ महिनौंसम्म कम्पनहरू महसुस भइरहे । 
    धेरै दिनसम्म अस्थायी शिविरमा बसेका उनीहरूलेपछि यस्तो अवस्थामा आश्रय लिन सक्ने घरभित्रै मजबुत थलोहरूको निर्माण गरे । घर निर्माणमा वैज्ञानिक मापदण्डमा जोड दिन थालियो । यस्तो खाले प्रकोपको भविष्यवाणी गर्ने संसारमा अहिलेसम्म कुनै यन्त्र वा सूत्रको विकास भएको छैन । त्यही भएर सन २०१० को २७ फेब्रुअरीमा कसैले अनुमान वा भविष्यवाणी गर्नै नपाउँनेगरी चिलीमै ८.८ रेक्टरको झट्कासहित सुनामी जाँदा थप ५ सय २४ ले ज्यान गुमाउनुपर्‍यो । 
    सन् १९६३ को १३ अक्टोबरमा रुसको कुरिल द्वीपमा ८.५ तीव्रताको जाँदा पनि केही भएन । यसबाट सबै भुइँचालोले क्षति नै गर्छ भन्ने होइन । यो कुन ठाउँमा र कसरी गयो भन्नेमा भर पर्छ । 
    सन् २००४ को २६ डिसेम्बरमा इन्डोनेसियामा गएको ९.१ रेक्टर स्केलको भूकम्पसहित आएको सुनामीमा दर्जनौं मुलुकमा २ लाख ३० हजारको ज्यान गयो । त्यहाँ पनि धेरै घण्टौं र दिनसम्म झट्का र कम्पनहरू महसुस भए । एक दशकपछि पनि त्यसको प्रभाव कायमै छ । त्यहाँको समग्र आर्थिक तथा सांस्कृतिक वातावरणमा यसको प्रभाव पर्यो । तर, त्यहाँ दलीय स्वार्थ र जातीय द्वन्द्वलाई थाँती राखेर सबैजना मुलुक बनाउनमा लागे । एक दशकमै त्यहाँको सामाजिक, सांस्कृतिक र ऐतिहासिक धरोहरलाई पुरानै अवस्थामा फर्काइयो । 
    सन् २००५ को २८ मार्चमा इन्डोनेसियाकै उत्तरी सुमात्रामा ८.६ रेक्टर स्केलको शक्तिशाली झट्काले थप १ हजार ३ सयको ज्यान लियो । जानिफकारहरूका अनुसार यसअघिको अनुभवका कारणले पूर्व सतर्कता र सचेतनाका कारण त्यहाँ कम क्षति भएको थियो । पटक–पटकको भुइँचालोले जमिन र घर दुवै कमजोर भएकाले यसले निरन्तरता लिन सक्छ । सन् २००७ को १२ सेप्टेम्बरमा सुमात्रामै ८.५ रेक्टरको भुइँचालोमा फेरि २५ को ज्यान गयो । 
    अनेक थरी ज्ञान, विज्ञान र प्रविधियुक्त अहिलेको समयमा पनि भूकम्पको त्राही जारी छ । २०११ को ११ मार्चमा जापानको उत्तरपूर्वी तटदेखि टाढाको क्षेत्रमा ९ रेक्टरको भुइँचालोमा १८ हजारभन्दा बढीको मृत्यु भयो । संवेदनशील भौगोलिक वनावटका कारण जापानमा भूकम्पको लामै इतिहास छ । अति विकसित र उच्च प्रविधिमा राम्रो पहुँच राख्ने जापानले पनि यसको भविष्यवाणी गर्न वा रोक्ने उपाय खोज्न सकेको छैन । उसले भूकम्प प्रतिरोधक भवन निर्माण र नागरिकबीच सही जानकारी प्रभावमा जोड दिएको छ । 
    बुझ्नुपर्ने के छ भने तटीय वा सामुन्द्रिक क्षेत्रमा भूकम्प जाँदा मौसमविद्हरूले सुनामीको चेतावनी जारी गर्नसक्छन् । तर, उनीहरूसँग भूकम्पको पूर्व र किटान भविष्यवाणी गर्ने क्षमता वा हैसियत छैन । यस बारेमा अहिलेसम्म खोज जारी नै छ । उदाहरणको रुपमा सन २०१२ को ११ अप्रिलमा इन्डोनेसियाकै उत्तरपूर्वी सुमात्रामा ८.६ तीव्रताको भूकम्प जाँदा अन्तर्राष्ट्रिय विद्हरूले दुई दर्जनभन्दा बढी मुलुकहरूमा सुनामीको चेतावनी जारी गरे । तर यसअघि नै भूकम्प जाने भविष्यवाणी गर्न सकेनन् । त्यसैगरी भूपरिवेष्ठित राष्ट्रहरूमा पनि भूकम्प आउने वा नआउने किटानी गर्ने कुनै संयन्त्र छैन । 
    विश्वको जुनसुकै कुनामा किन नहोस्, रहस्मय प्रकृति प्रकोप भुइँचालो जाँदा सबैको अनुभव उही हुन्छ । आफैंलाई पर्दा बढी पीडा हुनु स्वाभाविक हो । मनन गर्नैपर्ने कुरा के छ भने यो जहाँ र जतिसुकै बेला जानसक्छ । तर, कमजोर भवन निर्माण र हतास एवं हतारमा उम्कन खोज्दा ज्यान जाने हो । घरभित्र र बाहिर हामी जुनसुकै परिस्थितिमा रहेको बेला पनि यो प्रकोप आइलाग्न सक्छ । त्यस्तोमा एक छिन सोचेर पाइला चाल्नु उपयुक्त हुन्छ । कुनै पनि घटना भएपछि वा हुन थालेपछि आत्तिएर वा छटपटिएर वा चिच्याएर समाधान निस्कन्न । त्यसका लागि सोचविचार गर्नैपर्छ । सरकारले मित्र एवं छिमेकी राष्ट्रहरूसँग सहयोग मागेझैं हामी पनि नजिकको छरछिमेक र स्थानीयको सहयोगले हातेमालो गर्दै अगाडि बढ्न सक्छौं । 
    (एजेन्सीहरूको सहयोगमा)
    www.ekantipur.com बाट साभार 

    ============================

    नेपाल यसकारण भूकम्पिय जोखिममा विश्लेषण

    डा. दीपक चम्लागाईं



    EarthQuake_Article.jpg

    शनिबारको महभूकम्प आउँदा म कपन मिलनचोकस्थित आफ्नै घरको माथिल्लो तलामा भूकम्प सम्बन्धी नै रिसर्चमुलक आलेख तयार पारिरहेको थिएँ । केही समय अघिदेखि नेपालको भूकम्पमाथि गरेको अध्ययनको पछिल्लो उपलब्धीलाई लिएर एक इन्टरनेश्नल जर्नलका लागि आलेख तयार हुँदैथियो । भूकम्पको 'पी वेभ' (प्रारम्भिक तरंग, जसलाई वडी वेभ पनि भनिन्छ) बाटै मैले महाभूकम्प प्रकृति थाहा पाइहालें, दश सकेन्डमै म घर छेउको चौरमा पुगिसकेको थिएँ । सियर वेभ (पछिल्लो झट्का)को बेलामा म चौरमा बेस्सरी हल्लिरहेको थिएँ । 

    नेपालको हिमालय क्षेत्र पहिलेदेखि नै भूकम्पिय रुपमा जोखिमपुर्ण मानिंदै आएको छ । सन् १२५५को भूकम्प, जतिबेला राजा अभय मल्ल समेत दिवंगत भएका थिए, त्यसयता नेपालमा २१ वटा ठुला-साना भूकम्प गएको देखिन्छ । यो महाभूकम्प २२ औं हो । १८५० को आसाम भूकम्प, १९०५ को काँकडा भूकम्प, १८९७ को सिलोङ भूकम्प र १९०५ को देहरादुन भूकम्पहरु हिमालय क्षेत्रको केही ठुला भूकम्प मानिन्छ् । तर वितेका ५ सय बर्षयता यो क्षेत्रमा 'सेन्ट्रल साइफ्मिक ग्याप' भइरहेको थियो । अर्थात ठुलो भूकम्पको तयारी भइरहेको थियो । यस्तोमा यो क्षेत्रमा धेरै इनर्जी संचय हुन्छ । मैले जापानबाट 'हिमालय टेक्टोनिक्स सेस्मोलजी (भूकम्प)' पिएचडी गर्दाको अनुसन्धानकै आधारमा सन् २००६ मै भनेको थिएँ कि- हिमालय क्षेत्रमा केही बर्षभित्रै ८ रेक्टर स्केल भन्दा माथिको भूकम्प आउनेवाला छ । 
    नेपाल यसकारण भूकम्पिय जोखिममा  
    नेपाल 'मेन हिमालयन थ्रस्ट' अन्र्तगत पर्छ । यो थ्रस्टकै कारण नेपाल संधै भूकम्पिय जोखिममा परेको हो । यसले हिमालय क्षेत्रमा ठुल्ठुला भूकम्प ल्याउने गर्छ । ग्लोबल पोजिसनिङ सिस्टम अध्ययन गर्दा के देखिन्छ भने हाम्रो 'हाइयर (उच्च) हिमालय'को अग्रभागदेखि चुरे पहाडसम्मको क्षेत्र ब्लक छ । यसकारण यहाँ धेरै इनर्जी संचित हुन्छ । इन्डियन प्लेट र तिब्बती प्लेट बिचको जब संघात (कोलिजन) हुन्छ, यो संजित इनर्जीमा सिधै असर गर्छ र तलबाट प्लेट माथितिर ठेलिन्छ । यसरी प्लेट माथितिर ठेलिंदा इनर्जी थेग्न नसकेर रिलिज हुन्छ र भूकम्प आउँछ । प्लेट तल नझरी माथि सर्दा हुने भूकम्पलाई थ्रस्ट टाइपको भूकम्प भनिन्छ । विसं १९९० को भूकम्प पनि यस्तै प्रकारको हो । 
    जर्मनीको 'स्प्रिङगर' जर्नलले 'माउन्टेन हेजार्ड एण्ड डिजास्टर रिस्क रिडक्शन' अध्ययन छापेको छ, गएको डिसेम्बरमा । यस अन्र्तगत हामीले काठमाडौं आसपास ६ प्वाइन्ट ३ रेक्टर स्केलको भूकम्प गयो भने के हुन्छ ? भनेर अनुसन्धान गरेका थियौं । यसबाट नयाँ तथ्य के पत्ता लाग्यो भने काठमाडौं उपत्यकाको खुमलटार, ठमेल, महाराजगञ्ज, चावहिल, सुन्धारा, नयाँ बानेश्वर, बुङमती, बल्खु, कोटेश्वर क्षेत्रमा सबैभन्दा बढि भूकम्पीय तरंगले असर पैदा गर्छ । यो क्षेत्र अरु क्षेत्रको तुलनामा आठ गुणा बढि तरंगले असर गर्ने देखिन्छ अध्ययन अनुसार । विसं १९९० को महाभूकम्पसित तुलना गरेर हेर्दा पनि यो मिल्न गयो । शनिबारको महाभूकम्प असरको बास्तविक तथ्य त थाहा पाउन बाँकी नै छ, तर मेरो बिचारमा यी क्षेत्रहरु निकै नै बढि प्रभावित भएको हुनुपर्छ । 
    'इन्जिनियरिङ सिस्मोलजी' माथि मैले इटलीबाट पोस्ट डक्टरेट गरेको हुँ । त्यो अनुसन्धानको आधारबाट हेर्दा काठमाडौं भ्यालीसँगै वरिपरिको क्षेत्र झन ठुलो भूकम्पिय जोखिममा रहेको देखिन्छ । काठमाडौंको भूकम्पलाई वान डी (डाइमेन्सन) हैन टु डीको आधारमा अध्ययन गर्नुपर्ने हुन्छ । अर्थात यहाँ आउने भूकम्पको दुई आयाम देखिन्छ । भूकम्पको तरंगको शक्ति एकअर्कामा खप्टिएर छेउछाउको पहाडमा गएर ठोक्किन्छ र फेरि फर्किन्छ । यसो हुँदा भूकम्पको ठुलो विनास काठमाडौं आसपासको क्षेत्रमा झन हुन्छ । मेरो अनुमानमा यो भूकम्पले वरिपरिको क्षेत्रमा ठुलो विनास ल्याएको हुनुपर्छ । क्षति विवरण आउनै बाँकी छ । हेरौं । 
    यसअघि ६ प्वाइन्ट ३ रेक्टर स्केलको भूकम्प आयो भनेपनि काठमाडौंको त्रिभुवन विमानस्थल ध्वस्त हुन्छ भन्ने अनुमान गरिन्थ्यो । हाम्रो अध्ययनले चाहिँ त्यो देखाएन । केही अघि हामीले नेपाल जिआलजिकल सोसाइटीको इन्टरनेश्नल कंग्रेसमा यससम्बन्धी कार्यपत्र नै प्रस्तुत गरेका थियौं । आजको संयोग कस्तो भने भूकम्पको झट्का महसुस गरिहँदा यही रिसर्चको प्राप्तिहरुबारे लेख्दैथिएँ । छिट्टै यो तयार भएर इन्टरनेश्नल जर्नलमा आउँदैछ ।
    भूकम्प गएर पनि अहिले अरु स-साना भूकम्पको महसुस भइरहेको छ नि । प्लेटहरुको मुख्य दरारमा अहिले पनि मुभमेन्ट भइरहेको छ । यो थामिएको छैन । यसकारण साना साना झट्का महसुस भएको हो । 
    अबको सावधानी   
    अहिले मुलुकभर कोलाहल छ । सबैजना त्रासका विच बाटामा, खाली चौर र चोकमा निस्केका छन् । क्षति विवरण अपडेट हुने क्रम जारी छ । सम्पर्कहरु विच्छेद भएका छन् । जतिबेला भूकम्प आउँछ र संकटमा पर्छौं, त्यतिबेलामात्रै हामी सावधानीका अनेक पक्षबारे बहस थाल्छौं । यो प्रवृत्ति निकै गलत हो । नेपाल अहिले मात्रै हैन, पहिलेदेखि नै भूकम्पिय जोखिम क्षेत्र थियो । यो हामी सबैलाई थाहा छ । तर यहाँ समस्याको निराकरणतिर धेरै काम गर्नुपर्ने देखिन्छ । 
    सबैभन्दा पहिले त अव्यवस्थित बस्ती तथा घर निर्माणलाई कडाईका साथ रोख्नुपर्छ । हामीसँग  'भूकम्प प्रतिरोधी भवन निर्माण आचार संहिता' त छ, तर यसको पालन भएको देखिंदैन । घर बनाउँदा नक्शामा भूकम्प प्रतिरोधी बनाएर मात्रै हुन्न । यसको लागि सरकारी निकायले कडा अनुगमन गर्नुपर्छ । कारबाही गर्नुपर्छ । धेरैले नक्शामा मात्रै मिलाएका छन् । अचेल मलाई आफ्नै र्छिदा पनि चिहानतिर छिरिरहेको हो कि भन्ने आभास हुन्छ ।  
    अर्को पक्ष गम्भीर चाहिँ के हो भने यो आचारसंहिता नै रिभिजन गर्नुपर्छ । अहिलेको आचार संहिता नेपालको माटो सुहाउँदो छैन । हिमालयमा जाने नेपालको भूकम्पलाई आधार मानि यो आचार संहिता बनाएकै हैन । भवन निर्माण आचार संहिता नगरपालिकामात्रै अनिवार्य गरेर हुन्छ ? जबकी गाउँमा पनि उत्तिकै ठुला-ठुला क्षति भइरहेका छन् । गाउँमा पनि आचार संहितालाई सहज तरिकाले अनिवार्य बनाउनुपर्छ । 
    अनि यस्ता घर बनाउनेलाई राज्यको तर्फबाट इन्सेन्टिभ पनि दिनुपर्छ । ट्याक्स छुट दिएर हुन्छ या अरु नै कुनै तवरले । तर उनीहरुलाई प्रोत्साहन चाहिन्छ । सभा सेमिनार मात्रै गरेर केही हुनेवाला छैन । व्यवहारमा जानुपर्यो । अनिमात्रै प्रकोप विरुद्ध लड्ने शक्ति निर्माण हुनसक्छ । चेतना मात्रै भएर हुँदैन । 
    चेतना निर्माणमा नेपालमा एनजिओहरुले राम्रै गरेको मान्न सकिन्छ । तर उनीहरु आफै व्यवहारिक छैन । साइन्स एकातिर छ व्यवहार अर्कोतिर । भूकम्पमाथि काम गर्ने ठुला एनजिओहरुमै भूकम्पविदहरु छैनन् । इन्जिनियहरुबाट उनीहरु काम चलाइराखेका छन् । यस्ता इन्जिनियरहरु कि उनीहरुको क्षमताको कुनै परिक्षा नै हुँदैन । जसरी मेडिकल काउन्सिलले डाक्टरको योग्यता जाँच लिन्छ, प्रमाणिकरण गर्छ, इन्जिनियरिङ काउन्सिलले यो गर्नुपर्छ कि पर्दैन ? के इन्जिनियरको चाहिँ योग्यताको प्रमाणिकरण चाहिंदैन ? 
    अर्को महत्वपुर्ण पक्ष के हो भने घर बनाउने जमिनको प्रकृतिमा बढि ध्यान दिनुपर्छ । नेपालमा अहिलेसम्म भूकम्पिय तरंगसँग जमिनले कसरी प्रतिक्रिया देखाउँछ भन्ने हिसाबले माटोको अध्ययन भएकै छैन । कपन एरियामै यो देखियो आज । यो महाभूकम्पमा कपन एरियाका धेरैजसो घरहरु भासिएका छन्, भत्केका भने छैन । यो माटोको प्रकृतिको कारण भएको हो । यसको अध्ययन नै हुँदैन हामी कहाँ । यसको लागि माइक्रो स्टडी हुनुपर्छ । 
    हामीसँग भु-उपयोग नीति छ तर यसको लागु हुनसकेको छैन । यतातिर पनि ध्यान दिनुपर्छ । अलिकति खाली जमिन देख्यो कि दश फिटको बाटो राखी प्लटिङ गरिहाल्ने लहर चलेको छ । यो निकै गम्भीर विषय हो । जथाभावी हाउजिङ निर्माणले हामीलाई भविष्यमा सही दिशातिर लाँदैन । त्यसकारण भु-उपयोग नीति कार्यान्वयन आवश्यक छ । यी सबै हुन सके- प्राकृतिक घटना त रोक्न सकिंदैन, तर यसबाट हुने क्षति भने धेरै नै कम गर्न सकिन्छ ।
    www.ekantipur.com बाट साभार 

    ===================

    भट्टराईलाई खुल्लापत्र: देश शोकमा छ, तिमी ससुरालीको चिन्ता गर्छौ !

    -अम्बरिश पोख्रेल
    Baburam-sasurali
    हे भूपू तथा भावी प्रधानमन्त्री बाबुराम भट्टराई महोदय!
    आफ्नो ससुराली घर भत्केकोमा दुख मनाउ गर्दै सामाजिक मिडियामा फोटो हाल्नुभएछ, त्यो पनि ठिकै छ । तर, त्यो घरको राष्ट्रिय महत्व के छ अहिले ? आज देश बेखबर छ, सम्पूर्ण मानिस शोकमा छन् । तपाईं भने फेसबुक र ट्वीटरमा आफ्नो ससुराली घरको फोटो राख्नमा व्यस्त हुनुहुन्छ । तपाईंबाट यही हो हामी नेपालीले अपेक्षा गरेको ? एकपटक सार्बजनिक पदमा बसेको मान्छेले अहिले त्यो फोटो हाल्दै ससुरालीको घर भत्केकोमा दुख मनाउने समय हो र ?
    आज साराका सारा बिश्वले बडो विस्मित हुँदै नेपाल हेर्दैछ, के हुँदै छ त्यहाँ भनेर । कसरी नेपालले भूकम्पको महाविनाश ब्यबस्थापन गर्ला भनेर । जुन कुरा स्वाभाविक पनि हो । अहिलेसम्म करिब पाँच हजार नेपालीको दुखद निधन भएको छ, घरहरुमा किचियर ।
    मलाई प्रश्न गर्न मन लागेको छ, तपाईंको त्यो ससुराली घरमा कति जना मान्छेहरु हताहती भएछन ? त्यो किन लेख्नु भएन होला ? कारण त्यहाँ कोही केहि भएन । कति धेरै खुसीको कुरा कोही केही भएन । अहिलेको यो २, ४ दिन घरको मूल्य हेर्दै र खोज्दै गर्ने समय होइन । त्यसको लागि कति राहत चाहिने हो, त्यसको मुल्यांकन गर्ने समय पनि हैन । भट्टराई र उनको ससुरालीको जय नै होस् । तर, तपाईं जस्तो व्यक्तिले जनताको घरको फोटो हालेर किन दुःख मनाउ गर्नुहुन्न ? ससुरालीमा धनको नोक्सान भएकोमा मात्र तपाईंलाई कस्तो दुःख ?
    यो हर्कत देखेर तपाईंको गृहजिल्ला गोरखाका बासिन्दा के सोच्दै होलान ? उनीहरुले अहिलेसम्म राहत पाएका छैनन्, उद्दार हुन सकेको छैन । थुप्रै गोरखालीहरु अहिले बिचल्लीमा छन् । तपाईंलाई भोट दिएर यो स्थानसम्म पुर्याउने तिनीहरुप्रति तपाईंलाई कत्ति पनि दया लागेन है ?
    तपाईंको यो अवस्था देख्दा घाइते र मृतक परिवारकाले के सम्झे होलान ? भोलिका दिनमा के सम्झेलान ? यस्तो प्रवृति छोडेर आफूलाई जनताको सेबक बनाउनुस महोदय । त्यो बन्न तयार हुनुहुन्न भने पनि सही । तर त्यो फोटो देखाएर पछि राज्य कोषबाट ऐतिहासिक घर थियो भनेर राहतको नाममा आफै प्रधानमन्त्री हुदा करोडौँ निकासा गर्ने काम नगर्नु होला । जय हिसिला भन्न हामीलाई कुनै गाह्रो छैन । देशको ढुकुटी दुरुपयोग नहोस ।
    तपाईंको भलो चिताउने,
    अम्बरिश पोख्रेल
    अर्घाखाँची, हालः जापान


    www.dainiknepal.com बाट साभार 


    ================


    को facebook  वालबाट 
    थुक्क कवाडीहरू !
    नेपालकाे राज्य नै निकम्मा छ भन्ने कुरा सबैलार्इ थाहा छ। राज्य अपराधि भएपछि जनताले सुख पाउँदैनन् भन्ने कुरा पनि सबैले बुझेका छन्। याे वा त्याे दलकाे कुरा हाेइन, सबैकाे सत्तामा हुने र हुँदै अाएकाे यहि हाे। तर अाफूले गर्नुपर्ने सहयाेगमा जुट्दै, जहाँ जे पुगेकाे छैन वा पक्षपात गरिएकाे छ त्यसकाे भन्डाफाेर गर्दै र कमि कमजाेरी वा गल्तीकाे विराेध गर्दै जानुकाे साटाे टाइसुटले सजिएर विराेधका नाममा लाइन बस्नेहरू अझ घृणित छन्। यिनीहरूकाे जिम्मेवारी विराेध मात्र गर्ने हाे कि काम पनि गर्ने हाे ? विराेध गर्नेहरूकाे अनुहार हेर्दा नेपालकाे दुर्गन्धित बासि राजनीति गर्ने पश्चिमका पुच्छरहरू मात्र देखिन्छन्। यिनीहरूकाे सरकार भएकाे भए अहिलेकाे सरकारले गरेकाे भन्दा बढी के गर्थ्याे ? सबैलार्इ घर दिन्थ्याे ? विराेधका नाममा अचाक्लि गर्नु हुँदैन। राज्यकाे लापर्वाहि र निकम्मापनकाे विराेध गर तर त्याेभन्दा बढी अाफूले काम गरेर मात्र। यस्ताे विपत्तिकाे बेलामा नेतागिरी मात्र देख्ने थुक्क कवाडीहरू !
    Like · Comment · 
    • Shrestha Sunil अहिले धर्ना र जुलुस गरेर सरकारको टांङ लडाउने बेला होइन । याद राखेस् ।
      नौंटंकी : यो महाभूकम्पमा नेपाल प्रहरी, नेपाली सेना, रेडियो नेपालले तारिफयोग्य काम गरिरहेको कुरा घाम जत्तिकै छर्लंङ छ । राम्रो गर्नेलाई `राम्रो गर्‍या छौ, स्याबास´ भन्न सक्नुपर्छ ताकी
      ...अझ धेरै हेर्नुहोस्
    • कृष्ण रिमाल यसरि धर्ना जुलुस गर्नु भन्दा उद्धार तिर गए हुन्थ्यो नि, लाज पचेका हरु!...फेसबुकमा फोटो राखेर चर्चा बटुल्ने नया अभियान ..
    • Hom Nath Chalise तिमी पनि दुलोमा वसेर नखोके हुन्छ ।
    • Db Malla भुकम्प पिडित जनतालाई सहयोग गर्न को सट्टा उल्टै जुलुस नारा लगाउन उक्साउने के यो जुलुस नारा धर्ना दिने समय हो संगौला ...??  
    • Balaram Timalsina Biplab राज्य निकम्मा विरोध गर्नेहरू निकम्मा अनि विरोध गर्नेहरूको पनि विरोध गरेर मूतको न्यानो लिने यी भरत दहाल भन्ने जिनिस " कम्मा "कसरी भए ? थुक्क महाकवाडी गिदी !!!
    • Chitra Poudel Well said Bharat ji! Nepali janata le sabai lai chini sakeka 6an. Aile dharna ra julus nikalne bela hoina. Sak6an vane pkd ko mukti tower lai kabja ma liyera dekhau!
    • Ram Shahi भूकम्पको धाक्का मत्थर हुँदै जान लाग्यो अब राजनीति लाग्यो हाम्रा श्री ६ बडा हाकिम नेताहरुलाई | देब्रे हात नि मुखमा दाहिने हात नि मुखमा कस्को हुन्छ भनेर सोधेमा नेपालका महान क्रान्तिकारी र २/४ बर्ष जेल बसेको हुँ भनेर खोक्ने सधैँ जनताको लागि भनेर भुक्ने पर...अझ धेरै हेर्नुहोस्
    • नेपाली अजित बानियाँ हेर यिनको गू वुद्धी!!!

      यिनको क्रान्तिकारी टाउकोमा गिदि को सट्टा लिदि मात्र छ कि के हो!!!
      ...अझ धेरै हेर्नुहोस्
    • Kshitiz Pari Dekhi Hey stupid folks ..if you are human being help to takeout dead 1 body instead of this nonsense protest .....
    • Gopal Oli saram nabhaka pakhandi lutera haru .
    • Chitra Kc यो खगेन्द्र संगरौला भन्ने व्यक्तिको बुद्दी र काम गराई देख्दा पागल होकी जस्तो लाग्छ कहिले राम्रो काम रकुरा गर्न आएन|
    • Yubaraj Chalise लाज नभयका कुकुरहरू
    • Him Sagar Timsina देशमा महाभूकम्पले यत्रो विपत मच्चाएको बेलामा राहत कार्यमा सहयोग र हातेमालो गर्नुको सट्टा नेपालमा आफूलाई खुबै बामपन्थी बुद्धिजीवी भनाउने खगेन्द्र संग्रौला, युग पाठक जस्ता केहि कुलंघार दलाल लेखकहरु पागल झैं धर्नामा बसेका रहेछन् l यस्ता अझै अरु कति होलान् जसको वुद्धी संधैं उल्टो चल्छ l यिनीहरुको यस्तो अवस्थामा पनि सद्बुद्धि नआए अब कहिल्यै आउँदन l झन यस्ता कुलंघारहरुको समर्थन गर्दै पछि लाग्ने त मानसिक रोगी नै हुन् l
    • Prakash Kc hoin afulai nikai biduwan thanne khagendre pani xaki kaso ????
    • Khate Nepali काम गर्नको अल्छीले यी डाकाहरु यसरि नै खान पल्केका हुन्।
    • Keshab Acharya कुसांग काका त बहुला मात्र भने को त अपराधी नई रहेछ /
    • Lapen Kapeed राजनीती नगर खगेन्द्र सङ्रौलाहरु यो बेला धर्ना होईन लडेका घरको ईटा बालुवा पन्छाउन जाउ अझै धेरै लाशहरु दबेका छन स्वयम सेवकको खाचो छ ।
    • Aasutosh Ugra धर्ना बस्नु भन्दा ऊद्दारकार्यमा जानुनी फटाहा हरु
    • कमल कंडेल थुक्क कवाडीहरू ..........
    • Kiran Bc Kiran Bc यो त पट्क्कै मजा भयन ,,,,,यसलाई भनिन्छ सैदान्तिक बिचलन ,,,,, खोस्ट चुसेर अघाऊन खोज्ने अस्लिल बिरोध,,,,
    • Raju Adhikari thukka khate haru............
    • Sonny Vishnu नौटंकिहरु त्याहाँ लाईन लाग्नु भन्दा गएर उद्दार कार्यमा जुट्नु नि ।
    • Sagar Khaptaree Budhathoki sansarka paapi haru jati sabai nepalma janma bhaye jasto lagchha,yeenlai janma dine yeenka bau ama patta lagaera,yeenka bamsa naas gardai nepallai pabitra garaunu parchha.
    • Om Sharma खगेन्द बा को दारू को व्यवस्था गर नालायक सरकार ,,, अरू भरौटे लाई पनि !
    • Kishor Dahal यी पत्रकार , लेखक हुन र? यी त पार्टीका घोडाहरु हुन।निकम्माहरु कामकुरो एका तिर , धर्ना बस्न बालुवाटार तिर! थुइक्क बेवकुफहरु!!मरेकै जुनि पाएछौ !!
    • Milan Sharma HerA khagendra sangraula Ko rajniti ke ho yo dharna basne din hoki udar garne din ho ? Birod gardai jau yo abstha ma ansan dharna ko auchitte 6ina . Dharna ta NEPAL country Le gareko 6 jo pida ma bachau bhachau bhanera tadpiraheka jantale gareka 6n ani dibangat atmale gareka 6n . Timiharuko awasekta 6ina?
    • KB Gurung Gurung यिनीहरु देशका कलंक हुन् ! कतै कसैले भेटेउ भने, टाढै बाट बाटो काटेर हिड्नु असुभ हुन् सक्छ ! समाजका कलंकहरुलाई छुवाछुतको भेद भाब राख्नु पर्छ ! यो धर्ना हडतालको समय होइन, ढलेको घरमा पुरिएकाहरुको उद्दार गर्ने बेला हो !
    • Naba Raz Kafle बिनाश काले बिपरित बुद्धी ....!!
      सालेहरुलाई काठमाडौंको अग्लो अनी ढल्नआटेको घरमुनी राखेर हल्लाउनु पर्ला होउ !!
    • Pranaya Limboo भुर्तेल जि आज पनि भट्टी खुल्लै थियो कि के हो ? कुरा त बटारिएको गर्नु भो त हाहाहा ।
    • Sushil Panta आफैले आफैलाई जोकर बनाउनेहरु पनि छन् नेपालमा
    • Santosh Nepal Thukka kabadihariu..thukka thukka
    • Gokul Kumar Shrestha Aba Yiniharulai Ghas Lagera Dinu Parchha...........




    ============================================================

    गोंगबुमा एक घरको भग्नावशेषबाट चिच्चाइरहेको आवाज सुनिएको छ


    काठमाडौं, गोगंबुको एक भग्नावशेषमा दुईजना चिच्याइरहेका छन् । उद्दार कार्य जारी रहेको त्यहाँका सशस्त्र प्रहरीका प्रवत्ता डिआइजी पुष्पराज कार्कीले बताएका छन् ।त्यहाँ बालबालिका भएको आशंका गरिएको छ ।

    www.khabardabali.com बाट साभार 

    ============================

    पुरिएकाहरुले बचाऊ–बचाऊ भने पनि उद्धार हुन सकेन


    पी.टी.लोप्चन/उज्यालो  । काठमाडौं, वैशाख १४ – बालाजु – १६ मा बस्दै आएका सुरज थापाको मोबाइलमा हिजो आइतबार दिउँसो घण्टी बज्यो । फोन थियो भुकम्पले घर भत्किँदा पुरिएको अनुमान गरिएका हेटौंडाका सुशील लामाको ।
    आफूले पुरिएको अनुमान गरेका साथीको फोन आएपछि सुरज थापा खुसी हुनुभयो र फोन उठाउनुभयो । ‘मलाई बचाउनुहोस् म जीवितै छु ग्यास लिक भएकाले मेरो नानी बेहोस भइसकिन् म पनि बेहोश हुन आँटिसकें’ भित्रबाट यत्ति आवाज आएपछि फोन काटियो । त्यसपछि थापाले धेरैपटक फोन गर्नुभयो तर लामाको मोबाइल स्वीच अफ भईसकेको थियो । ‘बचाऊ बचाऊ भनेर भनिरहँदा समेत चाँडो उद्धार हुन नसक्दा हामीले उहाँलाई बचाउन सकेनौं ।’ गहभरि आँसु पार्दै थापाले भन्नुभयो ‘आजदेखि त जीवितै हुनुहुन्छ भन्ने आशा पनि छैन, अब त खाना नपाएरै ज्यान गईसक्यो होला ?’ 
    थापाका अनुसार बालाजु १६ को ५ तलाको भवन ढलेको छ । माछापोखरीमा रहेको  मत्स्य कार्यालयसँगै जोडिएको पाँच तल्लाको भवनमा एक जनाको जन्मदिनको कार्यक्रम आयोजना गरिएको थियो । 
    त्यसमा बालबालिका र अन्य विभिन्न क्षेत्रबाट आएका आफन्तहरु पुरिएका छन् । ‘हामीसँग केही थिएन, पन्छाउने आँट पनि भएन ।’ सोमबार दिउँसो थापाले उज्यालो अनलाइनसँग भन्नुभयो ‘बल्ल आज स्काभेटर लिएर उद्धारकर्मी जाँदैछ, आज आएको उद्धारकर्मी अस्ति नै आईदिएको भए हाम्रा मानिस बाँच्ने सम्भावना थियो ।’ 
    भुकम्प जाँदा भत्किएका घरले च्यापिएर वा पुरिएर पनि बच्न सफल भएकाहरुको बचाऊ बचाऊ भन्ने आवाज सुन्नेहरु धेरै छन् । कतिले बचाउन पनि सके भने कतिका लागि बचाऊ भन्ने शब्द नै आफ्नो आफन्तको अन्तिम शब्द बन्यो ।
    मिलन टोल सुधार समिति सीतापाइलाका अध्यक्ष भीमसेन पोख्रेल भन्नुहुन्छ ‘बचाऊ भनेर चिच्याएकाहरुलाई जीवितै उद्धार गर्न पाउँदाको आत्मिक सन्तुष्टि बर्णन गरेर साध्य छैन ।’ उहाँलगायत नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोलीले सीतापाइलाको एउटा चर्चमा प्रार्थना गरिरहेकाहरु मध्ये ३ जनालाई जीवितै उद्धार गरेको थियो । 
    उहाँका अनुसार सीतापाइलाको भुवनमान शाक्यको घरबाट अझै बचाऊ बचाऊ भन्ने आवाज आईरहेको छ । ती व्यक्तिलाई बचाउन उद्धारकर्मी विहानैदेखि लागिरहेको छ । ‘हिजो बेलुकीदेखि हजुर हजुर भनेको मात्र सुनिन्छ, तर उहाँलाई भेट्न पाँच तलाबाट ड्रिलिङ गरेर प्वाल पार्दै पुग्नुपर्ने भएकाले धेरै कठिन छ ।’ टोल सुधार समितिका अध्यक्ष भीमसेन पोख्रेलले बताउनुभयो । 
    उद्धारमा खटिएका नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक पदम बहादुर विष्टका अनुसार घर भत्किएर पुरिएर पनि बच्ने सम्भावना भएको क्षेत्रलाई उद्धारको पहिलो प्राथमिकता तोकिएर काम भईरहेको छ । 

    पुरिएकै ठाउँमा पानी 

    नयाँ बसपार्कको एउटा घरमा पुरिएका रसुवाका जुन केसीलाई भुकम्प गएको तेस्रो दिन पनि जीवितै उद्धार गर्न सकिने आशा गरिरहेका छन् उद्धारकर्मी । २०/२२ बर्षको ती युवकको कम्मर भन्दा तलतिरको भाग च्यापिएको छ ।  भित्रबाटै बचाऊ बचाऊ भन्ने आवाज आएपछि हिजोदेखि जीवितै उद्धार गर्न गरिएको प्रयासमा आज शसस्त्र प्रहरीले पानी खुवाउन र कपडा लगाईदिन सफल भएको हो । उद्धारमा खटिएका शसस्त्र प्रहरीका प्रहरी निरीक्षक एलबी बस्नेतले भन्नुभयो ‘कम्मर भन्दा तलको भाग किचिएको छ, दुई बोतल पानी र कपडा दिएका छौं, न्यानो भएको छ भन्न थालेका छन् । पाइपहरु काटेका छौं, एकदमै सानो ठाउँ छ । भत्काउने र काट्ने कोशिश गर्दैछौं तर धेरै जोखिम छ ।’  

    जीवितै उद्धार गरेपछि कति लाखको चेक काटिदिऊँ भने 

    भुकम्प गएपछि उद्धारमा खटिएका उद्धारकर्मीले धेरैलाई जीवितै उद्धार गरेका छन् । उद्धारका क्रममा बटुलेका विभिन्न अनुभव छ उद्धारकर्मीसँग । शसस्त्र प्रहरीका प्रहरी निरीक्षक दीपक कोइराला भन्नुहुन्छ ‘हामीले विभिन्न स्थानबाट १२/१३ जना त जीवितै उद्धार गरिसकेका छौं हामीले कसैको बच्चा निकाल्यौं, कुनै विवाहित जोडीलाई निकाल्यौं ।’ जीवित उद्धार गरिएका मानिस बाँच्न पाएकोमा धेरै नै खुसी हुने गरेका अनुभव कोइरालासँग छ । ‘हामीले उद्धार गरेपछि एक जनाले त मलाई बचाउनुभयो म तपाईहरुलाई कति लाखको चेक काटुँ भन्नुभयो ।’ कोइरालाले अनुभव सुनाउँदै भन्नुभयो ‘समग्रमा कसले कसलाई के भन्यो भन्दा पनि हामीले कति व्यक्तिलाई जीवितै उद्धार गर्न सक्यौं भन्ने हो,  धेरै जना भएर मात्र उद्धार हुने होइन, त्यसलाई कसरी जुक्तिपूर्ण तरीकाले गर्न सकिन्छ भन्ने हो ।’
    उद्धारकर्ताहरु जीवितै उद्धार गर्न सक्नुलाई ठूलो धर्म मान्छन् । कोइराला भन्नुहुन्छ ‘एक जना मान्छे मात्र पनि जीवित उद्धार गर्न सक्यौं भने त्यो सबैभन्दा ठूलो धर्म ठान्छौं हामी, मर्ने त मरिगए बाँच्नेलाई त बचाउनुपर्‍यो नि ?’ 
    www.ujyaaloonline.com बाट साभार 

    =========================

    भत्केको घरभित्र बसेकी आमा भन्छिन्– यहीँ मर्छु जान्न बाहिर (खोकना र बुङमतिको अवस्था)

    मिलन तिमिल्सिना / उज्यालाे । काठमाडौं, वैशाख १५ – ललितपुरको पुरानो र ऐतिहासिक वस्ती खोकना । खेतीपाती र पुख्र्यौली काम गर्ने मान्छेको चहलपहल भैरहने खोकना भुईंचालो आएपछि पुरै खोक्रो भएको छ ।
    ‘केही छैन सबै डुब्यो’ भुईंचालोले धराप बनाएको पुरानो घरभित्रको ढोकामा उभिंदै गरेकी सरस्वती बस्नेतले भन्नुभयो, ‘सबैजना घर छाडेर बाहिर गए, म त मरे पनि बाहिर जान्न ।’ भुईंचालो होइन, अलि ठूलो हावा आउँदा समेत गल्र्यामगुर्लुम ढल्ने अवस्थामा पुगेको घरमा सरस्वती जस्तै उहाँका अरु छिमेकी पनि केही सामान खोज्दैछन् । भुईंचालो आउँदा सबथोक छोडेर भागेका उनीहरुलाई पालमुनी बस्दा भाँडाकुँडा र लुगाफाटा चाहिएको छ । त्यसैले जोखिम मोलेर भएपनि धराप घरमा फाट्टफुट्ट मान्छेको चहलपहल छ । तर खोकनाको वस्ती पुरै सुनसान छ । प्रायः सबै घर, मन्दिर र सम्पदा खण्डहर भएका छन् । धान, मकै, कपडा, भाँडाकुँडा यत्रतत्र छरिएका र पुरिएका छन् ।  ‘यहाँका ९० प्रतिशत घर पुरै भत्किएका छन्’ क्षतिको विवरण संकलन गरिरहेका स्थानीयबासिन्दा अस्तिन्द्रकुमार महर्जनले भन्नुभयो ।
    उपत्यकाकै पुरानो र ऐतिहासिक वस्ती खोकनामा झण्डै १ हजार घर छन् । तीमध्ये प्रायः सबै घर काम नलाग्ने अवस्थामा पुगेका छन् । कति भत्केका छन्, कति चर्केका । वस्तीका ११ जनाको ज्यान गएको छ । ‘दिउँसो सबै खेतमा गएको बेला भुईंचालो आएर मात्र बाँचियो, नत्र धेरैको ज्यान जान्थ्यो’ स्थानीयबासिन्दा गीता तुलाधरले बताउनुभयो । घर सम्पत्ति छाडेर खुला चौरमा बसेका विस्थापितले केही नपाएको गुनासो गरेका छन् । क्षतिको विवरण संकलन गर्न समेत कोही पुगेको छैन ।
    स्थानीय युवाहरुले टोली गठन गरेर आफैं क्षतिको विवरण संकलन गर्ने काममा जुटेका छन् । चोरी तथा असुरक्षित नहोस् भन्नका लागि नयाँ मान्छेलाई वस्तीमा पस्न दिइएको छैन ।

    बुङमतिको हालत पनि उस्तै

    खोकना नजिकको वस्ती बुङमतिको अवस्था पनि यस्तै छ । त्यहाँ पनि धेरै घर भत्किएका छन् । वस्ती पुरै खण्डहरमा परिणत भएको छ । नभत्केको घरमा समेत गएर बस्ने अवस्था छैन । रातो मच्छिन्द्रनाथ र भैरवको मन्दिर पुरै भत्किएको छ । सरकारले कुनै वास्ता नगरेको विस्थापितले बताएका छन् ।
    ‘केही गरेको छैन, १० वटा पाल ल्याएर दिएको छ, यतिले के गर्नु’ स्थानीयबासिन्दा इच्छा शाक्यले भन्नुभयो । वस्तीमा झण्डै ५ सयदेखि ६ सय घर रहेको अनुमान छ । यसमध्ये ९० प्रतिशत घर भत्किएका छन् ।
    ‘घर पुरै भत्कियो, कहाँ गएर बस्ने’ भत्केको घर देखाउँदै बृद्धा सुशीला शाक्यले भन्नुभयो, ‘केही छैन, सहारा दिने पनि कोही छैन, अब कसरी बाँच्ने होला ।’ पीडित सबैको अवस्था यस्तै हो । उनीहरु सबैजना सरकारले उपलव्ध गराउने राहतको पर्खाईमा बसेका छन् ।
    www.ujyaaloonline.com बाट साभार 

    =================================

    धरहराबाट खसेर बाँचेका रम्तेल भन्छन्, ‘म बाचेकै छु र ?’

    अर्जुन पोख्रेल/उज्यालो । काठमाडौं, वैशाख १५ –भूकम्पको कारण काठमाडौंका सबैजसो अस्पतालमा घाइते  तथा बिरामीको भिड लागेको छ । हाम्रो टोली ट्रमा सेन्टर  पुग्दा सयौं  घाइतेको उपचार भैरहेको थियो । 
    ट्रमा सेन्टरको भुँइतलामा रहेको आकस्मिक कक्षको गेटैमा एकजना घाइते युवा बेडमा पल्टिरहेका थिए । उनको शरीरभरि चोटैचोट थियो । अनुहारमा पनि निकै चोट थियो । शरीरमा रगतका टाटाहरु थिए । नजिकै उनकी आमा छोराको हालत हेर्दे टोलाइरहेकी थिइन् ।
    अरु घाइतेसित कुरा गर्दा उनी घरिघरि हामीतिर आँखा लगाउँथे, मानौ बोल्नका लागि उनी पनि पालो पर्खिरहेका छन् । आँखैले कुरा गर्ने चाख देखाएपछि मैले कुराकानीको लागि अनुरोध गरेँ,  कुराकानीका लागि उनी तयार भए । नाम कृष्ण रम्तेल । घर धादिङ । पुरै खुट्टाभरि पलाष्टर गरिएको थियो, मैले सोधे तपाँइ कहाँबाट खसेर घाइते हुुनुभयो ? एकछिन रोकिएर उनले भने ‘धरहराबाट खसेर यो गति भएको हो ।’
    धरहराबाट !?
    कुराकानीका लागि अब चासो देखाउने पालो अब मेरो थियो । नेपालकै धरोहर मानिएको र बर्षौ लामो इतिहास बोकेको धरहरा भूकम्पले ढालेको थियो । ढलेको धरहरा उठ्छ उठ्दैन कसैलाई थाहा छैन, तर, धरहराको भविष्य अनिश्चित हुँदा पनि धरहरासँगै ढलेर भुईमा पुगेका यी युवाको जिन्दगीले भविष्यको सुनिश्चित बाटो तय गरिसकेको थियो । उनको जीउका घाउमा खाटा बस्न थालेका थिए ।
    धादिङका कृष्ण रम्तेल काठमाडौं आएको ५ बर्ष भयो । तर उनी कहिल्यै धरहरा चढेका थिएनन् । धरहरा चढ्ने धोको पुरा गर्न कृष्ण शनिबार बिहान ११ बजे धरहरा पुगे । टिकट लिएर रम्तेलले  नजिकैको पसलमा जुस खाए । साढे एघार बजेतिर उनि धरहरा चढ्न सुरु गरे ।
    धरहराका जति सिंढि उक्ले, उत्ति नै पुर्खालाई सम्झे, किनकि पुर्खाले यति राम्रा संरचना बनाएका छन् । कहिल्यै नचढेको तर देखेको मात्र स्तम्भ धरहरा चढ्दा उनको मन फुरुङ्ग थियो । धरहराको टुप्पोबाट राजधानी नियाल्ने उनको इच्छा पुरा हुदै थियो । उनी धरहराको टुप्पोमा पुगेर कौसीबाट काठमाडौंको दृष्य हेरे ।
    केही बादल लागे पनि काठमाडौं निकै सुन्दर देखे र अनुभव गरे, काठमाडौं साच्चै सुन्दर रहेछ । तर सोचे घरैघरले काठमाडौंको सौन्दर्य घरले बिगारी सकेछन् । धरहराबाट काठमाडौंको दृष्य हेर्दै गर्दा उनलाई  रिंगटा लाग्यो । के कारणले रिंगटा लाग्यो सोच्न नपाउदै उनी  बेहोस भए ।
    एकछिन पछि केही होस आएजस्तो भयो । कसैले नजिकैको सडकमा लगेर प्राथमिक उपचार गरिरहेको थियो जस्तो लाग्यो । सपनामा जस्तो, विपनामा जस्तो, उडेको जस्तो, कुदेको जस्तो कस्तो कस्तो अनुभव गर्दा गर्दै रम्तेल फेरि ढले । त्यो बेला रम्तेलको शरीरमा कुनै पीडा थिएन । उनी अर्धचेतन अवस्थामा थिए । जब भुकम्पको दोस्रो झट्का लाग्यो उनी पुरै बेहोस भए ।  
    होसमा आउँदा कृष्ण रम्तेललाई निकै पीडा भयो । शरीरभरि चोटैचोट थिए । रगतका टाटा धेरै थिए । उनको साथमा आमा थिइन् । उनी अस्पतालमा थिए । कस्ले कसरी अस्पताल पु¥यायो र आमालाई सम्पर्क गर्‍यो भन्ने उनलाई अहिले पनि सम्झना र जानकारी छैन ।
    उनलाई कम्मरमुनिको भाग नचलेको जस्तो लाग्छ ।  उपचार ढिलो भएकोमा उनको गुनासो छ ।  खुट्टाको प्लाष्टर अस्ति नै गर्नुपर्ने भए पनि सोमबारमात्र कृष्णको जीउका धेरै भागमा प्लाष्टर गरियो ।
    कृष्णको शरीर दुखेर हलचल गर्न हुदैन । निकै दुखित मुद्रामा कृष्णकी आमाले सबै कुरा सुनिरहेकी थिइन । छोराको यो हालत देखेर उनको मन विक्षिप्त भएको थियो । केही कुरा गर्न अनुरोध गर्दा उनी रोइरहिन्, बोल्न सकिनन् ।
    मानविकी संकायमा स्नातकोत्तर तहको शिक्षा पुरा गरेका  रम्तेल एउटा निजी कम्पनीमा बजार व्यावस्थापकको काम गर्छन । भुकम्प आएदेखि नै बाहिरको खबर बुझ्न नपाएका रम्तेलले बाहिर भएको भईचालोको डरलाग्दो क्षतिको कल्पना पनि गरेका छैनन ।
    अस्पतालमा घाइतेको भीड भएकोले उनलाई अस्पतालले भोलि नै घर जान भनेको छ । तर, काठमाडौंको बनस्थलीस्थित कोठाको अवस्था कस्तो छ, थाहा छैन । भन्छन्, घर पक्की नै थियो, सायद भत्केको छैन कि ।
    धरहराबाट खसेका धेरैजनाको ज्यान गए पनि रम्तेल यस्ता भाग्यमानी हुन्, जो धरहराबाट खसेर पनि बाचे । तर घाईते रम्तेल भन्छन् ‘तर म बाँचेको छु भन्नेमा मलाई नै विश्वास छैन ।’
    www.ujyaaloonline.com बाट साभार 

    ===================

    क्षणभरमै भग्नावशेष यसरी भयो राजधानी (तस्विरहरूमा)

    काठमाडौँ, वैशाख १२ 

    शनिबार मध्याह्न गएको महाभूकम्पले राजधानीको ऐतिहासिक धरोहर हनुमानढोका दरबार क्षेत्रका चार प्राचीन मन्दिर र देवालयलाई पूर्णतः नष्ट भएका छन्।
    दरबार क्षेत्रको मध्य भागमा रहेको काष्ठमण्डप भत्किएर नष्ट भएको छ भने दशअवतार देखाउने मन्दिर पनि भत्किएर नष्ट भएको छ । त्यस अतिरिक्त गद्दी बैठकको पश्चिमतिरको विशाल मन्दिर र शिव पार्वती मन्दिरको बगलमा रहेको जीर्णोद्धार हुँदै गरेको अर्को मन्दिर पनि नष्ट भएको छ।
    यस क्षेत्रमा भत्किएका ऐतिहासिक स्मारकहरुमा दबिएर मरेका झन्डै ८० जनाको शव निकालिसकिएको छ।
    ऐतिहासिक कुमारी घर र तलेजु मन्दिरमा भने क्षति भएको देखिएको छैन । गद्दी बैठकको मूलढोकामाथिको भाग भत्किएको छ र त्यसका छतछतमा क्षति पुगेको छ।
    वसन्तपुरस्थित रहेको मल्कालीन एक संरचना पनि नराम्ररी भत्किएको छ ।
    कोहिटीस्थित जैसीदेवल मन्दिर पूरै भत्किएको छ । कोहिटी क्षेत्रमा घरको भग्नावशेषमा पुरिएर मृत्यु भएका दुई जनाको शव बाहिर निकालेर राखिएको छ ।
    भीमसेनस्थानस्थित परोपकार अनाथालयको छत भत्किएको छ र त्यसको बगलको एक आधुनिक घरको भुइँतला दबिएर पूरै घर काम नलाग्ने भएको छ ।
    कंकेश्वरीस्थित एक पक्की घर जगैसम्म भत्किए पनि मानवीय क्षति नभएको बताइएको छ ।
    लगनस्थित सिलखाना (भीमसेन थापाको दरबार) को पश्चिमीखण्ड पूर्णतः भत्किएर बाटोसमेत अवरुद्ध भएको छ ।
    सुन्धारामा रहेको धरहरा पनि ढलेको छ । ढल्दै गरेका धरहराबाट दुई जनाले हाम्फालेको दृश्य एक बटुवाले सुनाएका छन्। धरहरा चढ्न गएका थुप्रै नेपाली पर्यटक त्यहाँ हताहत भएको अनुमान गरिएको छ। यस क्षेत्रलाई अहिले पूरै घेरेर उद्धार कार्य जारी राखिएको छ ।
    विजेश्वरी चमुति क्षेत्रमा करिब पाँच घर पूर्णतः नष्ट भएको छ । केहीमा मानिस फसिरहेको स्थानीय जनताले बताएका छन् ।
    भयभित स्थानीय जनता खुला ठाउँ, सडक र चोकचोकमा आएर बसिरहेका छन् । घरिघरि दोहोरिरहेका कम्पनबाट तर्सेका स्थानीयवासी घरभित्र पस्न सकेका छैनन् । रासस

    www.setopati.com  बाट साभार 

    प्रकाशित मिति: शनिबार, बैशाख १२, २०७२ २२:३७:१८



    भुगर्भविद्को आँखामा महाभुकम्प

    श्रीकमल द्विवेदी 


    नेपालको अवस्थिति भारतीय प्लेट र युरेशियन प्लेट ठोक्किएर बनेको हिमालय पर्वतमा पर्छ।
    भारतीय प्लेट युरेशियन प्लेट मुनि ३ करोड वर्ष पहिलेदेखि धसिँदै जाँदा हिमालय पर्वतको उत्पत्ति भएको हो। यसरी दुई प्लेटको जुधाई हुँदा हिमालय पर्वतमालाको २५०० किलोमिटर भरि नै समानान्तर रूपमा ठूला ठूला धाँजाहरू (थ्रष्ट) बनेका छन्।
    मेन सेन्ट्रल थ्रष्ट, मेन बाउन्ड्री थ्रस्ट र हिमालयन फ्रन्टल थ्रष्ट हिमालयको समानान्तर रूपमा छन्। ति थ्रष्टहरूबाट चट्टान चिप्लेर छिर्ने क्रममा कुनै क्षेत्रमा अड्केर बस्छ। 
    नियमित रूपमा छिर्दा शक्ति सञ्चय हुँदैन भने धेरै घर्षणको कारण लामो समय अड्किएको ठाउँमा धेरै शक्ती सञ्चय हुन जान्छ। यसरी वरपर चिप्लिएर छिर्ने तर कतै अड्कन जाँदा शक्ति सञ्चय भएको ठाउँ अकस्मात फुटेर चलायमान हुँदा उत्पति हुने कम्पन नै भुकम्प हो।
    साधारण उदाहरणबाट यो अनुभव गर्न सकिन्छ। एउटा दाह्री काट्ने ब्लेडलाई दुई हातले समाएर बङयाउँदै जाउँ। ब्लेड बाङ्गिदै जाँदा त्यसमा शक्ति सञ्चय हुँदै जान्छ। एउटा बिन्दुमा पुगेपछि ब्लेड भाँचिन्छ, र भाँचिने क्रममा थर्कदै हातमा कम्पन महसुस हुन्छ। यस्तै प्रकृया चट्टानमा हुँदा भुकम्प जान्छ।
    नेपालको काठमाडौं पश्चिमको भागमा २०० वर्षभन्दा बढी समयदेखि ठूलो भुकम्प गएको थिएन। यसलाई साइस्मीक ग्याप भनिन्छ। पूर्वी नेपालमा केन्द्र बिन्दु(उदयपुर) भएको बि.सं. १९९० (सन १९३४) मा ठूलो भुकम्प आएको थियो।
    यसै गरी सुदूर पश्चिममा वा सँगै जोडिएको गड्बालमा केन्द्रबिन्दु भएको सन् १८०३ मा पनि ७.५ रेक्टर स्केलको भुकम्प गएको थियो। यसै गरी सन १९०५मा कांगडामा पनि ठूलो भुकम्प गएको थियो। यस अवस्थामा पनि काठमाडौं पश्चिमको भागमा धेरै लामो समयसम्म ठूलो भुकम्प नजाँदा भुगर्भविदहरूले ठूलो विनासकारी भुकम्प जाने पूर्वानुमान गरेका थिए। अहिले गएको भुकम्प त्यही “साईस्मिक ग्याप” मा गएको भुकम्प भएको अनुमान छ।
    भुकम्प जाँदा मुख्य धक्का, त्यस अगाडि जाने पूर्व धक्का र पछि जाने धक्का वा आफ्टर शक्स हुन्छन्। कहिले काही मुख्य धक्का आउनु अगाडि साना साना धक्काहरू जाने गर्छन्। तर, बिना पूर्व-धक्का एकै पटक मुख्य धक्का पनि जान्छ। तर मुख्य धक्का पछि साना साना छोटो समयका धक्काहरु केही अन्तरालमा गईरहनु स्बभाविक हो।

    प्रमुख तस्विरः गिरीश गिरी/सेतोपाटी

    यो प्रकृया केहि घण्टादेखि केहि दिनसम्म गइरहन सक्छ। प्रायः मानिसहरू यसैलाई भुईँचालो फर्केको भन्ने गर्छन्। धेरै समय अड्केर फुटेपछि चलेको धाँजामा केही समयसम्म चलाएमान हुनु स्बभाबिक भौगर्भिक प्रकृया हो। योपछि जाने धक्का वा आफ्टर शक्सहरूको पनि कुनै पूर्वानुमान गर्न सकिँदैन। यति बजे फेरि भुकम्प जान्छ भन्ने हल्ला मात्र हो।
    ठूलो भुकम्पले भत्काएको घर वा चर्केको छ भने त्यस्तोमा बस्नु हुँदैन। ठूलो धक्काले चर्काएका संरचनाहरू पछि आउने साना धक्काले पनि भत्काउन सक्छ। तर मुख्य धक्कामा केही पनि क्षति नभएको घर छ भने खस्ने ढल्ने सामान नभएका कोठाहरूमा बस्दा केही हुँदैन। आत्तिएर भाग्दा बरू दुर्घटना हुन सक्छ।
    भुकम्पको मापन गर्ने रेक्टर स्केल ‘लग स्केल’ प्रणालीबाट नापिने हुँदा ७.८ र ५.५ को शक्तिमा सयौं गुणा फरक हुन्छ। त्यसैले कमजोर कम्पनले ठूलो कम्पनले क्षति नगरेको संरचना भत्काउने सम्भावना धेरै कम हुन्छ।
    काठामाडौं उपत्यका हजारौं वर्ष अगाडि ताल पुरिएर बनेको थेग्रिनीबाट बनेको छ। माटो बालुवाको तहमुनि चट्टान कतै कतै ५०० मिटरभन्दा तल छ। जति मोटो माटो बालुवाको तह छ त्यती नै बढि एम्प्लिफिकेशन हुन्छ। उदाहरणको लागि कल्पना गरौं हामी बसमा बसेको छौं, यदि स्प्रिङको सिटमा बस्नु भएको छ भने बस चल्दा बढी लचक-लचक गर्दै  हल्लिन्छ, तर काठको सिटमा बस्दाको थर्काई कम हुन्छ। यसै गरी उपत्यकामा पनि जुन क्षेत्रमा धेरै थिग्रेनी ( सेडिमेन्ट) को तह छ त्यहाँ क्षति धेरै हुन जान्छ।
    यसैगरी संरचना बनाउँदाको गलत डिजाईन, निर्माण सामाग्रीहरुको न्युन  गुणस्तर र कर्मीहरूको न्युन सिपले पनि क्षति बढाउँछ। सानो जग्गामा धेरै अग्लो घरहरू जगैदेखि उखेलिएको पनि देखिएका छन्। धेरै पर्खालहरु लडेका छन्। संरचना बलियो भए पनि सामानहरू खसेर पनि क्षति हुन जान्छ।
    भुकम्पले पहिरो ल्याउन पनि सक्छ। यस्ता पहिरोहरुले खोला नदि थुनिन पनि सक्छ। यदि नदि थुनिएर बाँध बनेको छ भने त्यो फुटेर तल्लो तटमा ठूलो बाढी आउन पनि सक्छ। यदि नदिको बहाब घटेको छ भने नदि थुनिएको अनुमान गर्न सकिन्छ। हिमाली क्षेत्रमा हिमपहिरो पनि आउन सक्छ। यस्ता हिम पहिरोबाट पनि ठूलो बाढी आउन सक्छ।
    धेरै ठूलो राष्ट्रिय क्षतिको समयमा सबै  सतर्क रहनुपर्छ, तर डराएर भाग्ने र आत्तिने गर्नु हुँदैन। आकस्मिक कार्यमा जुटेका ठाउँमा अनाबश्यक रुपमा रमिते भएर जानु पनि हुँदैन, यस्तो बेलामा भीडले कार्यगर्ने मानिसहरुलाइ बाधा पुर्‍याउँछ। पुरिएका मानिसहरु झिक्न र घरवारबिहिनहरुलाई सहयोग गर्नुपर्छ। मुख्य धक्का गईसकेको हुँदा चनाखो भई सुरक्षित बस्नु आबस्यक हुन्छ। यो राष्ट्रिय संकटको बेला हामीले गर्नुपर्ने सबै भन्दा ठूलो आपसी सहयोगको हो।
    लेखक भुगर्वविद् हुन्।
    www.setopati.com बाट साभार 

    _______________________


    ‘नेपालमा ९० सालभन्दा ३० गुणा ठूलो भूकम्पको खतरा’ - फ्रेदेरिक पेरिय

    (मेरो प्रकाशोन्मुख पुस्तकको चर्चा गर्दै नयाँ पत्रीका दैनिकमा छापिएको  यो लेख १२ जुलाई २००९ मा नेपालप्लसमा प्रकाशित थियो। अहिले भूकम्प संबन्धि निकै चर्चा परिचर्चा चलेकाले पून: प्रकाशित गरिएको हो। -नेपाप्लस) ।
    uploads_earthquake_nepal_378649633

    मेरो पुस्तक निस्कन अझै केहि महिना बाँकि नै छ । तैपनि पुस्तकको चर्चा भने शुरु भैसकेको छ ।  आजको नयाँ पत्रिका राष्ट्रिय दैनिकमा यसको फेरि चर्चा भएको हो ।  मेरो पुस्तकको भूकम्प संबन्धि एक अंशलाई आजको नयाँ पत्रीकाले कभरस्टोरी (मुख्य समाचार) बनाएर छापेको छ “नेपालमा ९० सालभन्दा ३० गुणा ठुलो भूकम्पको खतरा” शिर्षकमा । पत्रीकामा आलेख प्रकाशोन्मुख पुस्तकको हो भनेरपनि स्पष्ठसँग खुलाईएको छ । दैनिक पत्रीकामा निस्किएको यस्तो आलेखले पक्कैपनि मेरो प्रकाशोन्मुख पुस्तकलाईपाठकहरु सामु लोकप्रिय बनाउन वा परिचित गराउन अवस्यै सहयोग पुर्‍याउने छ । नयाँ पत्रिका दैनिकको समाचार हेर्ने भए यहाँ क्लिक गर्नुहोस ।
    -नयाँ पत्रीकामा छापिएको पुस्तकको अंश तल हेर्नुहोस-
    नेपालमा ९० सालभन्दा ३० गुणा ठूलो भूकम्पको खतरा

    विसं १९९० मा नेपालमा गएको महाभूकम्पको चर्चा सबै गर्छन् । तर, नेपालमा अब यति ठूलो भूकम्प जाँदै छ कि ९० सालको भूकम्प निकै सानो हुनेछ । किनकि, हामी ९० सालको भन्दा करिब ३० गुणा बढी क्षति गराउने महाभूकम्पको प्रतीक्षामा छौँ । त्यस भूकम्पले तराईदेखि पहाडसम्म भयंकर क्षति पुर्‍याउनेछ । ९० सालको भूकम्पले भक्तपुर र काठमाडौंका थुप्रै मठमन्दिर र घरहरू भत्काएको थियो । त्यति बेला भारतको बिहार राज्यमा पनि गएको त्यस भूकम्पभन्दा ३० गुणा बढी क्षति गराउने अबको महाभूकम्पले नेपालको कुन हालत बनाउला ? त्यसले काठमाडौं, पोखरा, विराटनगरलगायत ठूला सहरको अवस्था कस्तो बनाउला भन्ने सम्बन्धमा प्रशस्तै अध्ययन भइसकेका छन् । तिनले डरलाग्दा तथ्यहरू सार्वजनिक गरेका छन् ।
    हामीलाई एउटा ठूलो भूकम्प जानैपर्छ र जान्छ भन्नेसम्म थाहा छ, तर कहिले जान्छ भन्नेचाहिँ अहिलेसम्म पत्ता लगाउन सकिएका छैन । नेपालको इतिहासमा यस्ता भूकम्प धेरैपटक गएका छन् । लिच्छविकालमा संवत् २५५ मा ९० सालको भन्दा धेरै गुणा ठूलो भूकम्प गएको थियो । युरोपेली पात्रोले त्यसको व्याख्या गर्छ । त्यस्तै, २५०० वर्ष अगाडि शाक्यमुनि बुद्धका पालामा पनि नेपालमा विशाल भूकम्प गएको थियो । तर, त्यो भूकम्प कस्तो थियो र के-के भयो भन्ने जानकारी पाइसकिएको छैन । त्यस भूकम्पबारे जान्न हामी नेपालको पुरातत्त्व विभागको सहयोगमा पुरातात्त्विक वस्तुको अध्ययन गरिरहेका छौँ— खासगरी, लुम्बिनी क्षेत्रका पुरातात्त्विक वस्तुका । पुरातत्वविद्हरूले त्यसबेला भूकम्प गएको थियो भन्ने केही संकेत पाएका छन्, जो भूकम्पीय अध्ययनका लागि महत्त्वपूर्ण छन् ।
    किन जान्छ त नेपालमा भूकम्प ?
    नेपाल सक्रिय रूपले महादेशीय ठक्कर खाने क्षेत्रमा अवस्थित छ । त्यसैले यस हिमाली देशमा ठूलो भूकम्प जाने सम्भावना रहेको हो । भारतीय पठारको जमिनका पाप्राहरूको बनोट महासागरीय माटो र पत्रले बनेको छ । भित्री सतह तातो र चिप्लो छ । माथिल्लो आवरणको केही भाग जसलाई भूतत्त्व-पट्टिका (टेक्टोनिक प्लेट) भनिन्छ, यो लेदो परेको छ । त्यही भाग घसि्रने र चिप्लिने गर्दार् भूकम्प पैदा हुन्छ । ती भूतत्त्व-पट्टिकाहरू पृथ्वीको भित्री भागको गतिशीलताका कारण हलचल गर्छन् । यस हलचलले ड्याङजस्तो परेको महासागरीय ढिस्को (ओसियानिक रिजेज) र महासागरीय सुरुङ भाग (ओसेयानिक टे्रन्चेज) मा पट्टिकाहरू निर्माण गर्न भूमिका खेल्छ । महादेशहरू चलायमान हुन्छन् । ती चल्दा दुई महादेश चिप्लिएर नजिकिँदै जान्छन् । भित्र हुने त्यही हलचलले भूकम्प पैदा गर्ने हो ।

    अहिले भारत र चीनको स्वशासित प्रदेश तिब्बत वाषिर्क पाँच सेमीका दरले अगाडि बढिरहेका छन् विपरीत दिशातर्फ । यसो हुँदा पृथ्वीका पत्रहरू सरेर माथिल्लो तहमा चिरा पर्ने र चट्टानहरू धकेलिने गर्छन् । झट्ट सुन्दा यो दुई सेमी थोरैजस्तो लागे पनि धेरै हो । चीन उत्तरबाट दक्षिण र भारत दक्षिणबाट उत्तरतिर सर्दै गएको छ । दुई क्षेत्र यसरी नजिँकिदै जाँदा एक दिन जम्काभेट भएर ठोकिन्छन् । त्यही बेला भूकम्प जान्छ । ती कुनै बेला बिस्तारै ठोकिन्छन्, त कुनैबेला जोडले । यसरी एउटा निश्चित गतिको शक्तिले धक्का दिँदा एक भाग धसिन्छ त अर्को माथि उठ्छ । कहिलेकाहीँ चाहिँ महादेशहरू अगाडि त बढ्छन् तर भूकम्प जाँदैन । ५० लाख वर्षपछि अहिले भारतभित्र दबिँदै गएर तिब्बती भाग माथि पर्नेछ । त्यसैले नेपालको हिमाली भागलगायत तिब्बती क्षेत्र अग्लिँदै गएको हो ।
    भूकम्प नगई डाँडाकाँडा र पहाडपर्वत बन्दैनन् । त्यसैले, भूकम्प जानु जरुरी छ । प्रश्न कहिले, कहाँ, कत्रो जान्छ र कति क्षति पुर्‍याउँछ भन्ने हो । हिमाल/पहाड बन्ने अर्को कारण ज्वालामुखी पनि हो । तर, नेपालमा ज्वालामुखीको समस्या भने अहिलेका लागि छैन ।
    चिनियाँ भूभाग अर्थात् उत्तरी भाग माथि चढ्ने हुनाले हिमाल पनि चुलिँदै जान्छन् । भारत र तिब्बतका बीचमा भइरहेको यो सर्ने प्रक्रिया सबैभन्दा छिटो भइरहको छ । फ्रान्सको पनि हिमाली (आल्पस) क्षेत्रमा भूकम्प नगएको होइन । अहिलेचाहिँ रोकिएको छ त्यस क्षेत्रमा । जान त भूकम्प महासागरभित्र पनि जान्छन् । जापान, इन्डोनेसिया र अमेरिकाको प्रशान्त महासागरवरिपरिको पानीमुनि त्यस्तो भइरहेको छ । पानीमुनि गएको भूकम्प हामी त्यति थाहा पाउँदैनौँ र त्यसले त्यति क्षति पनि गर्दैन ।
    महादेश र पठार तुरुन्तै ठोकिने होइनन् । बिस्तारै सर्दै गएर लाखौँ वर्षको समय लाग्छ ठोक्किन । भारत त पहिले एसिया महादेशमै थिएन । करिब दुई करोड वर्षपहिले टेथ्य भनिने समुद्रले भारतीय महाद्वीपीय-कपट्टिका (कन्टिनेन्टल प्लेट) लाई युरासियाको पट्टिकाबाट छुट्टयाएको थियो । यसैगरी सर्दै गएर पछि मात्रै एसिया महादेशमा जोडिन आइपुगेको हो भारत ।
    हराउन सक्छ सगरमाथा पनि
    भूकम्प जाँदा हिमाल चल्छन् । पहिरो जान्छ । उपत्यका सर्छन् । कुनै उपत्यका त नामेट नै हुन्छन् । नयाँ उपत्यका जन्मिन्छन् । भूदृश्य (ल्यान्ड्स्केप) बदलिन्छन् । सन् २००४ मा पाकिस्तानमा गएको भूकम्पले केही उपत्यकालाई १० देखि २० मिटर तल झारेको थियो ।

    अहिले सगरमाथा बिस्तारै अग्लिरहेको छ । कुनै दिन त्यसको उचाइ घट्दै गएर सबैभन्दा पुड्को हिमाल पनि बन्न सक्छ । सगरमाथा धसिँदै र के टु ठडिँदै जाने भयो भने किन सम्भव नहुने ? तर, यो तत्कालै हुने प्रक्रिया नभएर दसौँ लाख वर्षको प्रक्रिया हो । हिमाल विशाल र अडिग लाग्छन् । तर, ती पनि घडीका सुईजस्तै चलमल गर्छन् । धरती नै चलायमान भएपछि यहाँका हरेक वस्तु चलायमान हुने नै भए ।
    लाखौँ वर्षको इतिहास हेर्‍यौँ भने कुनै हिमाल माथि गएको त कुनै तल खस्केको पाउँछौँ । हामीले के अनुमान गरेका छौँ भने करिब एक करोड ५० लाख वर्षपहिले फ्रान्सको आल्पस क्षेत्रमा पनि सगरमाथा जत्तिकै अग्ला हिमाल थिए । तर, ती पछि विलुप्त भए । आल्पस क्षेत्रमा हिमाल नासिएझैँ सगरमाथा पनि आठ/दस करोड वर्षपछि त्यसैगरी हराउन सक्छ । एसिया र खासगरी हिमाली वृत्तमा भएको यो तीव्र भूकम्पीय क्रियाकलाप निरन्तर चलिरहने पर्वत रचनाक्रिया (ओर्गोजेनेसिस प्रोसेस) हो ।
    तिब्बत चुलिँदा वैज्ञानिक आश्चर्य
    चीनको स्वशासित क्षेत्र तिब्बत पाँच हजार मिटरभन्दा पनि बढी उचाइमा पुगेको छ । यसको कारण यही हो भन्न सकिने अवस्था छैन । हिमाली क्षेत्रबाट टाढाको तिब्बत त्यसरी अग्लो हुन पुग्यो । हिमाली भागबाट निकै टाढा तिब्बतका सिँचुवान राज्य पनि अग्लिइरहेको छ । हामीले बुझ्न नसकेको कुरा नै यही हो ।

    खुम्बुदेखि चितवनसम्मका पहाडले उचाइ लिइरहेका छन् । प्रतिवर्ष ती दुई सेमिका दरले अग्लिइरहेका छन् जुन निकै धेरै हो । हिमाली क्षेत्रमा भएको उचाइको वृद्धि आश्चर्यजनक छ ।
    विश्वव्यापी मौसम-परिवर्तन पनि यौटा कारण हुनसक्छ । मौसम-परिवर्तनका कारण सगरमाथाको बरफ पग्लिन्छ । बरफ पग्लिँदा त्यसको उचाइ घट्दै जानसक्छ । हाललाई भने सगरमाथाको उचाइ चुलिँदो छ । त्यसैले सगरमाथा अहिले, जर्ज एभरेस्टले नापेको बेलामा भन्दा अग्लो भयो भनिएको हो । हामीले के अनुमान गरेका छौँ भने सगरमाथा अहिले वाषिर्क चार मिलिमिटरका दरले चुलिँदै गएको छ । सगरमाथा मात्रै नभएर अन्नपूर्ण, मनास्लुलगायत समग्र हिमाली शृंखला नै अग्लिइरहेको छ ।

    नेपालमा एकदम धेरै जान्छन् भूकम्प । साना भूकम्प त निरन्तर गई नै रहन्छन् । तर, चार म्याग्निच्युडदेखि मात्रै वस्तुहरू हल्लने र थर्कने गर्छन् । साना भूकम्प हप्ताको सरदर एउटा र ठूलोचाहिँ वर्षमा एउटा जान्छ नेपालमा । ६ म्याग्निच्युडको भूकम्पलाई हामी ठूलो भन्छौँ, किनभने यसले घरहरू भत्काउन थाल्छ । तर, सबै भूकम्प जाँदा मानिसले चाल पाउँदैनन् । पहाड, हिमाल, जंगलतिर गएका भूकम्प स्थानीय मानिसले थाहा नपाउन सक्छन् । यस्ता भूकम्प धेरै जान्छन् नेपालमा ।
    भ्रम  यथार्थ
    नेपालका सबै सीमाक्षेत्र र एसियाका सबैजसो भागमा भूकम्पीय सम्भावना र जोखिम देखिन्छ । नेपाल निकै भूकम्पीय जोखिम भएको क्षेत्र हो । तर, कतिपयले भन्नेगरेजस्तो सबैभन्दा बढी भूकम्पीय जोखिम भएको क्षेत्र भने होइन । पाकिस्तान, भारतको आसामलगायत पूर्वी र उत्तरी भाग, बर्मा, थाइल्यान्ड, जापान, इन्डोनेसियालगायतका देशमा भूकम्पको जोखिम प्रशस्त देखिन्छ । भारतीय सामुदि्रक भागमा पनि धेरै सम्भावना छ, तर पानीभित्र भूकम्प जाने भएकाले धेरै क्षति हुँदैन ।

    ठूलो भूकम्प गएको ठाउँमा फेरि तत्कालै अर्को ठूलो भूकम्प जानु दुर्लभ हो । त्यसैले, अहिले एकदम ठूलो भूकम्पको सम्भावना नेपाल र आसामको पूर्वी भागमा छ । यसको कारण के पनि हो भने धेरै लामो समय भइसक्यो आसाममा ठूलो भूकम्प नगएको ।
    भूकम्पबारे अमेरिकालगायत अन्य ठूला र विकसित देशमा पनि प्रत्येक ६० वर्षमा ठूलो भूकम्प जान्छ भन्ने विश्वास थियो, नेपालमा प्रत्येक ९० वर्षमा ठूलो भूकम्प जान्छ भन्ने विश्वास भएझैँ । यो सत्य होइन । यसको वैज्ञानिक पुष्टि गर्ने कुनै पनि आधार छैन । अझ ह्वेल माछाले पृथ्वीलाई थामेर बसेको छ र त्यसले काँध फेर्दा पृथ्वी हल्लिन्छ, देउता रिसाएर भूकम्प जान्छ भन्ने कथन त पक्का हावादारी हुन् ।

    भूकम्प एकैखाले हुँदेनन् । कुनै साना त कुनै ठूला हुन्छन् । कुनै पृथ्वीको धेरैभित्र जान्छन् त कुनै अलि बाहिर । कुनै बांगोटिंगो भएर जान्छन्, त कुनै सीधा । हामीले तिनलाई अवलोकन गर्न सकेका छैनौँ । नेपालका सन्दर्भमा त झन् कम जानकारी छन् हामीसँग । भूकम्पसम्बन्धी जानकारी बढी हासिल गर्न हामीले महत्त्वपूर्ण ठानेका ठाउँमा भूकम्पको सूचना बटुल्ने उपकरण राखेका छौँ । केही वर्षपहिले अमेरिकीले पनि त्यस्तै जानकारी लिन वीरगन्जदेखि त्रिशूलीसम्म ६ महिनादेखि दुई वर्षसम्म ७५ वटा उपकरण राखेका थिए ।
    पृथ्वीसँगै नाच्छ उपग्रह
    पृथ्वीको धरातल धिमा गतिमा चलायमान हुन्छ । मानिसले भने भूकम्प जानुपूर्व वस्तुहरू यताउति चलेका महसुस गरेका छन् । कुनै चिज प्रायः भइरहेको ठाउँभन्दा अन्यत्रै मोडिएको पाइएका छन् । भिरालो ठाउँ अन्तै फर्किएको देखिएको छ । भूकम्प जानुपूर्व पृथ्वीको धरातलमा यस्तैखाले अनौठा परिवर्तन देखापरेपछि भूकम्प गएको थाहा पाइन्छ । तर, हामी वैज्ञानिकहरूले त्यसलाई अझै पनि मापन गर्न सकेका छैनौँ । ती निरन्तर देखिएका पनि छैनन् । अवलोकन भने पटक-पटक गरेका छन् मानिसहरूले । हामीसँग अहिलेसम्म त्यसको चित्तबुझ्दो व्याख्या छैन । अहिले केही वैज्ञानिक पृथ्वीको चुम्बकीय धरातल भूकम्पसँग सम्बन्धित भए/नभएको यथार्थ पत्ता लगाउन अध्ययन गरिरहेका छन् । त्यसका लागि केही भूउपग्रह पनि छाडिएका छन् । एउटा फ्रान्सेली र एउटा रुसी भूउपग्रह छाडिएका छन् । यिनले पृथ्वीको चुम्बकीय धरातलको चलायमानबारे खोजी गर्छन् । र, भूकम्प जानुपूर्व वस्तुहरू चले/नचलेको पनि हेर्छन् ।

    अहिले हामीलाई भूकम्प कहाँ जान्छ भन्ने थाहा भए पनि कसरी र कहिले जान्छ भन्ने थाहा छैन । भूकम्पसम्बन्धी जानकारी बटुल्नका लागि हामीले काठमाडौंको त्रिचन्द्र क्याम्पस, त्रिभुवन विश्वविद्यालय र खानी तथा भूगर्भ विभागसँग मिलेर अध्ययन गरिरहेका छाँ । नेपालका विभिन्न ठाउँमा भूकम्पीय चहलपहललाई मापन गर्ने यन्त्र (सिस्म्रोग्राफ) २५ वटा राखेका छौँ । तिनले २४ सै घन्टा नरोकिईकन काम गरिरहेका हुन्छन् । ती मेसिनले म्याग्निच्युड एकदेखिको भूकम्पको हरेक झड्कालाई केन्द्रमा पठाउँछन् रेडियो तरंगमार्फत । तर, हामीले चाहिँ महसुस गर्न सक्दैनौँ । त्यस्ता केन्द्र सुर्खेत र काठमाडौं गरी दुईवटा छन् । भूकम्पको गति पत्ता लगाउन भूउपग्रहको माध्यमद्वारा जिपिएस प्रयोग गर्छां जुन नयाँ प्रविधि हो । जिपिएसका सात/आठवटा केन्द्रले लगातार काम गर्छन् नेपालका लागि । यो फ्रान्स र नेपालबीचको सम्भवतः सबैभन्दा पुरानो संस्थागत सहकार्य हो ।
    भूकम्पका बारेमा धेरै अध्ययन हुने गर्छन् । नेपालमा हरेकपटक भूकम्प जाँदा खानी तथा भूगर्भ विभागले कहाँ गयो, कस्तो र कत्रो गयो भनेर गृह मन्त्रालयलाई तत्कालै जानकारी दिन्छ ताकि उद्धारकार्य सहज होस् । भूकम्प मापन गर्ने काम खर्चिलो छ । सिस्मोग्राफहरू बारम्बार बिगि्ररहने हुनाले तिनको मर्मत सम्भार गरिरहनुपर्छ । ती राखिएका केन्द्रमा गएर निरन्तर निगरानी पनि गर्नैपर्‍यो । त्यसबाहेक हामी अन्य अनुसन्धानका काम पनि गर्छौं । हाम्रो एनालाइसिस डिपार्टमेन्ट एन्ड इन्भाइरोमेन्टल सर्भिलियन्स (डिएएसई)ले सहकार्य गर्छ नेपालसँग ।
    भूकम्प कहिले, कसरी र कस्तो तरिकाले जाला ? गएपछि के हुन्छ ? हामीले कहिलेसम्म पर्खिनुपर्ला ठूलो भूकम्प ? भूकम्पलाई कसरी स्पष्ट बुझ्न सकिन्छ ? भूकम्पको भविष्यवाणी गर्न हामी धेरै घोत्लिने गरेका छौँ । भूकम्प गयो भने कसरी बाँच्ने भनेर हामी गाउँलेलाई भेला गराएर ज्ञान पनि दिने गर्छौं ।
    लौ है सतर्क रहनू !
    हामीले काठमाडौंमा भवन निर्माणबारे सतर्क गराउन थालेको दस वर्ष भइसक्यो । तर, जुनसुकै तरिकाले पनि भवन ठड्याउने क्रम चलिनैरहेको छ । काठमाडौंमा भवन निर्माणको तरिका पूर्णरूपमा परिवर्तन गर्नु जरुरी छ । तर, काठमाडौंका मानिसलाई त्यसबारे बुझाउन सकिएको छैन । हामीले पर्खिरहेको भूकम्प गयो भने काठमाडौंका केही ठाउँमा त कुनै पनि भवन बाँकी रहने छैनन् । ढलेका भवनले बाटो छेकेर उद्धार गर्न जाने ठाउँ पनि हुने छैन । ठमेलदेखि टेकुसम्म त सारा भवन ध्वस्तै हुनेछन् । त्यस क्षेत्रका मानिसका जीवन असाध्यै जोखिममा छ । हामीले यो कुरा वर्षौंदेखि भन्दै आएको हो । तर, कसैले सुनेका छैनन् । एक/दुई गर्दागर्दै साततलेसम्म घर ठड्याएका छन् मानिसहरूले, जब कि त्यहाँ भुइँतले घर मात्रै बनाउनुपर्छ । एउटा वास्तविकता के हो भने अब नेपालमा जाने ठूलो भूकम्प जताबाट गए पनि सबैतिर क्षति गर्नेछ ।

    यही वेलामा जान्छ भन्न त कठिन छ, तर एक/दुई वर्षपछि हामी महाभूकम्प जान सक्ने सम्भावनातिर अगाडि बढ्छौँ र त्यो नयाँ कुरा पनि होइन । किनभने दस वर्षदेखि अमेरिकी प्राध्यापक रोजर बिलाँले ‘सतर्क रहनू, लौ है नेपालमा अब महाभूकम्प जान सक्छ’ भन्दै जनताको ध्यान तान्ने कोसिस गर्दै आएका हुन्, तर कसैले पनि टेर-पुच्छर लगाएको छैन ।
    नेपालमा भवन निर्माणका नियम कानुन र आचारसंहिता नै नभएको भने होइन । तर, कसैले सम्मान गरेको छैन । अर्को कारण के भने नेपालमा तत्कालै नगरी नहुने कामले सरकारलाई व्यस्त बनाएको छ । भविष्यबारे सोच्ने फुर्सद नै छैन । सरकारलाई हतारो त निर्वाचनको हुन्छ । किनभने निर्वाचनको निश्चितता हुन्छ, तर भूकम्पको हुँदैन ।
    अर्को कारण त भ्रष्टाचार पनि हो । तर, सबै कारण भ्रष्टाचार भने पक्कै होइन । भ्रष्टाचार त फ्रान्समा पनि हुने गर्छ । फ्रान्सको दक्षिणमा पर्ने निस भन्ने भागतिर सानाखाले भूकम्प जाने गर्छन् । त्यहाँ भवन तथा विमानस्थल निर्माणका लागि नियम बनाइएको थियो । तर, मानिसले पालना गरेनन् । मानिस आफ्नै हितका लागि बनाएका कानुन पनि मान्दैनन् । अनि क्षति भइसकेपछि सरकारलाई दोष दिन्छन् । कसले दबाब दिएको छ र काठमाडौंमा ६ तले घर बनाउन ? सरकारलाई मात्रै दोष दिने ?
    मैले त काठमाडौंको बारेमा सोचेको छु । गाउँको बारेमा सोच्ने हो भने त झन् कहाली लाग्छ । उद्धारकर्मी पुग्दैनन् । भएका पनि सहर-बजारमै केन्दि्रत हुन्छन् । सडकहरू छिन्न-भिन्न भएका हुन्छन् । फोनका तार छिनेर गाउँ पूरै सम्पर्कविहीन हुन्छ । पानीका पाइप फुट्छन् । अस्पताल भवन ढल्छन् । भएका ठाउँमा पनि घाइते राख्ने ठाउँ हुँदैन । औषधिको अभाव हुन्छ । उद्धार गर्ने मानिस हुँदैनन् । अनि के गर्ने ? नेपालमा जाने महाभूकम्पपूर्व नै हामी सबै जानकारी लिने प्रयास गरिरहेका छौँ ? तर, भोलि नै गयो भने ? त्यसैले, हरेकपटक रेडियोमा भूकम्प गयो रे भन्ने सुन्नासाथ म झसंग हुन्छु । अन्तै गएको भन्ने थाहा पाएपछि ‘ए नेपालमा होइनरहेछ’ लामो सास फेर्छु । यसपटक बँचियो भनेर अलि ढुक्क हुन्छु । तर, एकदिन त भूकम्पको सामना गर्नु नै छ ?
    पढिसकेपछि नेपाल बिर्सिने ?
    नेपालमा युवाशक्ति पलायन भएर पनि समस्या भएको छ । अध्ययन गर्ने दक्ष जनशक्तिको अभाव छ । युवा नेपालीहरू नेपालमा बस्दैनन् । नेपालमा अध्ययन गर्छन् अनि क्यानाडा, अमेरिका वा फ्रान्सतिर भाग्छन् । नेपालको ठूलो समस्या हो यो । शिक्षित पिँढी त्यसरी भागिदिएपछि को बस्ने त नेपालमा ? हामी त नेपालका लागि सधैँ काम गर्न सक्दैनौँ, सहयोग गर्ने मात्रै हो । काम त नेपालीले नै गर्ने हो । यो विषयमा म एकदम निराशावादी छु । हुन त नेपालीका लागि पनि गाह्रो छ । भूशास्त्र पढ्यो, काम नै पाइँदैन । काम नपाएर निराश भएका वेला विदेशमा मौका देख्छन्, अनि भाग्छन् ।

    त्यति मात्रै हुन् र समस्या ?
    नेपालका हिमालका अर्को समस्या भनेको बढ्दो तापक्रम हो । सय वर्षदेखि नै पृथ्वीको तापक्रम विस्तारै-विस्तारै बढ्न थालेको हो । तीव्र रूपमा बढ्न थालेको गत दस वर्षदेखि मात्रै हो । अहिले वर्षको शून्य दशमलव एक डिग्रीका दरले बढिरहेको छ । तैपनि नेपालमा त्यत्ति धेरै बढिसकेको छैन । तर, नेपालमा वर्षा भने एकदम परिवर्तन भइरहेको छ । कहिलेकाहीँ मनसुन अति कम हुन्छ । अहिले नेपालमा पहिलेभन्दा वर्षा कम हुन्छ ।

    नेपालमा चिन्ता के भने भारत र चीनमा तीव्र गतिमा विकास हुँदै छन् । त्यसरी विकास हुँदा बढ्ने सवारीसाधन र कलकारखानाले गर्दा झन् तापक्रम बढाउनेछ । नेपालमा हिउँ र बरफसम्बन्धी काम गर्नेले हिमालमा बरफ पग्लिइरहेको पाएका छन् । बरफ पग्लेर ताल बन्छ । उचाइमा त्यसरी ताल बन्नु ज्यादै खतरा हो किनभने त्यो प्राकृतिक बाँधजस्तो हुन्छ । अनि त्यहाँ बढी पानी जम्मा भएपछि त्यो भत्किन्छ । तापक्रम वृद्धिले हिमालको बरफ पगाल्नु नेपालका लागि ठूलो खतरा हो ।
    प्रस्तुति : दधिराम सापकोटा/पेरिसबाट
    (फ्रेदेरिक पेरिय भूकम्पविद् हुन् । लामो समयदेखि उनी भूकम्पीय र ज्वालामुखीय जोखिमको अध्ययन गरिरहेका छन् । पेरिसको जुस्यू विश्वविद्यालयका प्राध्यापक पेरियले नेपालको भूकम्पीय जोखिमबारे विभिन्न अध्ययन गरेका छन् । पेरियसँग दधिराम सापकोटाले प्रकाशोन्मुख नयाँ पुस्तकका लागि यो कुराकानी गरेका हुन् । पुस्तक केही महिनाभित्रै बजारमा आउँदै छ ।)

    www.nepalplus.com बाट साभार 

    No comments:

    Post a Comment