Tuesday, December 13, 2016

प्रकाशका कारण रेखाले प्रचण्ड छोडेका रहेछन् !

प्रधानमन्त्रीका स्वकीय सचिव प्रकाश दाहालको हर्कतका कारण उनले माओवादी छाडेको राप्रपाका एक नेताले बताएका छन् ।

‘लालुपाते नुह्यो भुइ‘तिर, कि लाऊ माया मैतिर…’ भन्ने चर्चित लोकगीतमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सग कम्मर मर्काइमर्काइ नाचेर चर्चामा आएकी अभिनेत्री रेखा थापाले माओवादी परित्याग गरेकी छिन् ।
आफ्नी आमास‘गै अभिनेत्री थापा राप्रपा प्रवेश गरेकी हुन् ।  प्रचण्डसँग निकट रहेकी थापा अचानक राप्रपा प्रवेश गर्नुको कारण माओवादी पार्टी मन नपरेर भने होइन, अर्कै कारण रहेछ ।

rekha-thapa-and-prachanda-8प्रधानमन्त्रीका स्वकीय सचिव प्रकाश दाहालको हर्कतका कारण उनले माओवादी छाडेको राप्रपाका एक नेताले बताएका छन् । केटीको मामलामा एकदम कमजोर प्रकाश दाहालले निकै लामो समयदेखि थापालाई फोन गरेर ‘सेक्सुअल ह्यारेसमेन्ट’ गर्न थालेपछि थापा दिक्क मान्दै आएकी थिइन् ।
तर, पनि प्रकाशको बानी व्यहोरा नसुध्र्रिएपछि उनी माओवादी छाडेर राप्रपा प्रवेश गर्न बाध्य भएकी हुन् ।
प्रकाशको अर्काे लफडा  स्वकीय सचिवहरुको टिम कमजोर हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बेला बेलामा बदनाम हुने गर्दछन् । कहिले अंग्रेजी नै नजानेका व्यक्तिलाई अंग्रेजीमा प्रेस रिलिज निकाल्न लगाउँछन् भने कहिले सचिवालयका व्यक्तिहरुको मर्यादाविपरीतका गतिविधिका कारण उनको आलोचना हुने गरेको छ ।
भारतको गोवामा भएको ब्रिक्स सम्मेलनमा स्वकीय सचिव रहेका छोरा प्रकाश दाहालले मर्यादाविपरीत गतिविधि गर्दा प्रचण्डको बेइज्जती भएको थियो । तर पनि प्रकाशका त्यस्ता गल्तीहरु रोकिएका छैनन् ।
व्यक्तिहरुको मर्यादाविपरीतका गतिविधिका कारण उनको आलोचना हुने गरेको छ । भारतको गोवामा भएको ब्रिक्स सम्मेलनमा स्वकीय सचिव रहेका छोरा प्रकाश दाहालले मर्यादाविपरीत गतिविधि गर्दा प्रचण्डको बेइज्जती भएको थियो । तर पनि प्रकाशका त्यस्ता गल्तीहरु रोकिएका छैनन् ।  आइतबार जन्मदिनको दिनमा पनि प्रकाशले आफ्नो बुबाको शिर झुकाउने काम गरे ।
गत आइतबार प्रचण्डको ६२ औं जन्मदिन थियो । जन्मदिनको दिन बिहानै जनयुद्धका  सहयोद्धा तथा नेकपा(क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन बैद्य उनलाई भेट्न बालुवाटार गएका थिए । भेटघाटमा बैद्यले प्रचण्डलाई जन्मदिनको शुभकामना दिएको भन्दै प्रकाशले प्रचण्डको बेबसाइटमा फोटोसहित समाचार राखे । तर, बैद्यलाई प्रचण्डको जन्मदिनबारे कुनै जानकारी नै रहेनछ ।
दिउँसो नै उक्त कुरा झुट भएको वैद्यले नै खोलिदिए । जसका कारण प्रचण्डलाई अप्ठेरो प¥यो ।  आफूले प्रचण्डलाई जन्मदिनको शुभकामना दिएको कुरा झुटो भएको नेता बैद्य बताउँछन् ।
खासमा उनी पार्टी कार्यालयसम्बन्धी विवादको विषयमा कुरा गर्न प्रचण्डलाई भेट्न गएका रहेछन् । बैद्य भन्छन्–‘जन्मदिनको शुभकामना दिएको कुरा वाहियता हो, मलाई जन्मदिनबारे थाहा पनि थिएन, फेरि हामी जन्मदिन मनाउने व्यक्ति पनि होइनौं ।’ तर, प्रकाशले  बैद्यले शुभकामना दिन गएको भनेर झुटको खेती गरे ।
जसकारण आइतबार वालुवाटार मात्र होइन प्रधानमन्त्री कार्यालयमा पनि हल्लीखल्ली मच्चियो । यस्तै उटपट्याङ गतिविधिका कारण प्रकाश बेला बेलामा विवादमा आउने गर्दछन् ।
दृष्टी साप्ताहिकबाट ।

http://www.janapati.com बाट साभार 

No comments:

Post a Comment