बीस वर्षअघिको एमालेको नौ महिने शासनको नतिजाबाट कुरा थाल्छु । एमाले नेताहरु सत्ताशीन भए र भ्रष्ट सत्ताको चरित्रमा अंगीकृत हुँदै वा पच्दै गए । र, तिनको आदर्श, चरित्र र नैतिकतामा हठात भयानक स्खलन देखा पर्यो । मन्त्री भइखाएका नेताहरु काठमाण्डुमा एकाएक घर ठड्याउन थाले । नचिताएको त्यो दृश्य देखेर आफ्ना लागि एमालेले केही गर्ला कि भनी आशा गर्ने जनसाधारण झस्किए ।
आम्मामामा, सर्वहारा पार्टीका नेताहरुका यत्रायत्रा घर । त्यो पनि सुनसरी महँगो राजधानी काठमाण्डुको नाभिस्थलमै । गाँठ्ठे, यिनले यत्रोविध पैसा कताबाट हात पारे ? पक्का पनि यिनले कतै लामा हात गरेर लुँड्याए । हिजो साथीका लुगा सापट मागेर चप्पल पड्काउँदै सिंहदारबार पसेका थिए, सिंहदरबाट निस्कँदा यी फेरिएको औतारमा देखापरे । क्रान्तिकारी कमरेडहरुमा देखापरेको यो विपरित, यो विचलन, यो पतन, यो सब के हो ? अखबारहरूमा सर्वहाराका नेताहरुका नवनिर्मित महलका विस्मयकारी तस्बिरहरु छापिए । चमकदार महलको भित्तोमा प्रदीप नेपाल झुल्किए, मैनाली बन्धु सीपी–आरके प्रकट भए, मोदनाथ प्रश्रित गोचर भए ।
‘ओहो, कम्युनिस्ट नेताहरूका महल’ भन्दै धेरै मानिसले जिब्रो टोके । मिडियामा कटाक्षयुक्त टीकाटिप्पणी भए । पुरेतले तोत्र जपेझैं ‘सादा जीवन उच्च विचार’को रटना गर्ने नेताहरुलाई लोकले कुरिकुरी ग¥यो । एमाले नेताहरु भर्खरै भ्रष्टाचारपथमा लागेका थिए । त्यसबखत थोरै भए पनि तिनमा लाजको भावना थियो । त्यसैले तिनले आप्mनो कमाइका नक्कली श्रोतहरु हावादारी कथा कथे । एउटा कल्पनाशील अन्तरेले मेरो घर पुस्तक विक्रीबाट आएको पैसाको परिणाम हो भन्यो । अर्को धूर्तमति प्यारेलालले मेरो घर मेरी लच्छिनकी गृहलक्ष्मीको बोर्डिङको आयस्ताको फल हो भन्यो । झन् अर्को कपटकामी चतुरेले यो मेरी जीवन सङ्गिनीको दाइजोको कमाल हो भन्यो । सरासर ढाँटेकै भए पनि एमालेका उपरवाले अन्तरेहरुले अलिकता लज्जाबोध त गरे नै ।
थेत्तरो हुँदै समय फेरिएको छ । र, आफूलाई कम्निस्ट नेता भन्नेहरुमा लज्जाको भावना झनै निख्रिँदै गएको छ । यो माओवादी महलको कथा हो । उही माओवादी जसले दश वर्ष अकल्पनीय जनयुद्ध चलायो । उही माओवादी जसले बन्दुकमाथि एकाधिकार गरिबसेको शोषक सत्तालाई बन्दुकैले हाँक दियो । उही माओवादी जसले बलिदानी संग्रामको विस्फोटक आवाजद्वारा निमुखाहरुका मुख खोल्यो, उत्पीडितहरुका आँखा खोल्यो, दमितहरुका कान खोल्यो । उही माओवादी जसले थरिथरिका दलितहरुका जड मस्तिष्कमा विद्रोहका जीवन्त तरङ्ग जगायो । उही माओवादी जसले खूनी राजतन्त्रलाई सिंहासनबाट मिल्कायो । उही माओवादी जसले प्रगतिशील परिवर्नतका रहरलाग्दा मुद्दाहरु उठायो ।

हो, माओवादीले त्यत्रो पराक्रम गरेर त्यत्रो गौरव प्राप्त गरेको थियो । तर जब सत्ताशीन भयो, भ्रष्ट सत्ताले माओवादीलाई अङ्गीभूत गर्दै लग्यो अर्थात् आफ्ना फोहोरी पेटमा हुलेर पचाउन थाल्यो । पहिले भ्रष्ट पथमा उन्मुख एमालेका नेताहरु कमसेकम लाजगाल मुख छोप्थे । आपूm निष्कलङ्क छु भन्ने देखाउन केही न केही ढोँग गरिटोपल्थे । तर अहिले माओवादी त्यति पनि गर्दैनन् । यसो अखबार पढ्यो, कुरो एकपछि अर्को भ्रष्ट माओवादीकै आउँछ । फलानो माओवादी नेताले छोराको बिहामा बुहारीलाई भारु पाँच सयको अजङ्गको माला टर्क्यायो । सुनै नाथेका गहना त कति कति । चिया पसलमा गयो, चर्चा भ्रष्ट माओवादीकै हुन्छ ।
फलाना माओवादीले आफ्नाे बिहामा लाखै नाथे त कति कति उडायो । आम्मामामा, यिनको तामस कस्तो ? यिनको रोवरबाफ कस्तो ? मानौँ यी माओवादी होइनन्, सनातनी खाओवादी हुन् । कुरा सुन्दा मलाई अचम्म लाग्छ । कसोकसो घीन पनि लाग्छ । हिजोको आजै कता कसको के लुटेर बटुले यिनले रैरकमको यत्रो थैलो ?
भनिसकेँ, एमाले जनवाद छाडेर धनवादतिर लहसियो र गरिखाने जनताबाट अलग्गियो । एमालेका नेताहरु नवधनाढ्य भए । ती भोगी भए । ती विलासी भए । ती ठालु भए । र, हुँदाहुँदा ती माक्र्सवाद–लेनिनवाद बेचीखाने भए । एमालेको शिरमा इतिहासको उत्रो ऋणभार थिएन । केटौले विद्रोहको मेसोमा झापामा केही मान्छे काटिएका थिए । बस् । माओवादीका शिरमा क्रान्तिकालमा उता र यताबाट मारिएका १५/१६ हजार मानिसका जीवनको ऋणभार छ । सयौं बेपत्ताको दारुण कथाको ऋणभार छ । सयौं विकलांग, कथित ‘अयोग्य’ र विघटित परिवारका अपार आँसुको ऋणभार छ । गरिएका सहस्र वाचाहरुको ऋणभार छ । बाँडिएका रङ्गीन सपनाहरुको ऋणभार छ । विडम्बनावश, यत्रोबिधि ऋण चुक्ता गर्नुुपर्ने माओवादीको वैचारिक स्खलन, नैतिक क्षयीकरण र लज्जाहीनताको हेरिनसक्नु छ ।
व्यक्तिको निष्ठा र चरित्र कदापि स्थिर हुँदैन । त्यो नित्य गतिमा हुन्छ । हर्दम् बन्ने वा बिग्रने प्रक्रियामा हुन्छ त्यो । एक विशाल पार्टीमा केही व्यक्तिको आदर्श, नैतिकता र लज्जाशीलतामा ह्रास देखिनु अचम्मको कुरा होइन । त्यो त भइनै रहन्छ । तर अचम्मको कुरा अर्कै छ । म सुन्छु, बाबुरामका अन्तरङ्ग सहयोगी विश्वदीप पाण्डेले आफ्ना बिहामा पैसाको खोलो बगाएर लोकलाई सामन्ती तडकभडकको निर्लज्ज तमासा देखाए । बाबुराम पथकै टोपबहादुर काजीले आफ्ना छोराको बिहामा जगत् जिल् पर्ने गरी महासामन्तको जस्तो ठाँटबाँट प्रदर्शन गरे । अलि अघि प्रचण्ड महलका प्रकाश काजीको बिहाको उत्पात तामझामबारे कताकता सुनेझैं लाग्छ ।

तहतहका र तालतालका माओवादी कमरेडीहरु मानौँ लूटको धनले अभिजातीय ठाँटबाँट प्रदर्शन गर्नमा तल्लीन छन् । तर तिनलाई केही हुँदैन । तिनलाई फाँटवाला निकायबाट न कुनै सोधनी हुन्छ, न कुनै नसिहत हुन्छ, न कुनै कुरिकुरी हुन्छ । मानौँ ती जे गर्दैछन्, पार्टीको गौरव त्यसैमा छ । माओवादीभित्र आदर्शको स्खलन र नैतिकताको क्षयीकरणको यो कुरुप रुप देख्दा अचेल मलाई त्यसैत्यसै दिगमागि लागेर आउँछ । अहो, लोकले यसरी गतिछाडा हुँदै गएको पार्टीलाई लोकले माओवादी पार्टी मानिदिइरहनु पर्ने ? माओ कतै शून्यबाट प्रकट भए गोर्खे माओवादी पार्टीका यस्ता कमरेडीहरुलाई के भन्दा हुन् ? कुन्नि, बूढाले ‘झ्याङझुङ, पतीत अन्तरे झ्यामझ्याम चुनवाङ’ पो भन्दा हुन् कि ?
http://kathmandutoday.com बाट साभार
No comments:
Post a Comment