Sunday, August 6, 2017

रत्नाकर डाकुबाट वाल्मीकि ऋषि अर्थात् प्रचण्ड

Indira Prasai Narendra Raj Prasai 

•••
"आउनुहोस्, हामी सबै एकै ठाउँमा उभिएर राजनीतिलाई भावना र उत्तेजना होइन, आर्थिक वृद्धिमा केन्द्रित गरौँ । सपनाहरूको क्रान्ति धेरै भयो, अब हामीलाई उपलब्धिहरूको क्रान्ति चाहिएको छ । राजनैतिक प्रतिवद्धता, व्यवस्थापकीय कुशलता र राष्ट्रप्रति इमानदारी भयो भने राष्ट्रको सम्वृद्धि र परिवर्तन हामीबाटै र अहिले नै सम्भव छ भन्ने तथ्य लोडसेडिङको समाप्ति र तीव्र आर्थिक वृद्धिले प्रमाणित गरि नै सकेको छ ।

आउनुहोस्, विभेद र वहिष्करणलाई अस्वीकार गर्दै राष्ट्रिय एकतालाई मजबुत पारौँ । आर्थिक क्रान्तिका लागि साझा संकल्प गरौँ, समृद्ध र न्यायपूर्ण राष्ट्र निर्माण गरौँ ।"
• पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'
~~
अहिलेको अवस्थामा कुनै पनि देशभक्त नेपालीले उपरोक्त विचारको कार्यान्वयन भन्दा बढी केही चाहेका छौँ र ? 
~~
दश महिने प्रचण्ड सरकारले राष्ट्रका कतिपय क्षेत्रमा देखाएको शान्त, सौम्य तथा सकारात्मक राष्ट्रवादी गतिविधि र सुदृढ व्यवस्थापकीय कार्यका कारण जाँदा जाँदैका उनका यी वाणीमा पनि विश्वास गर्ने कि भन्ने अवस्थामा हामी नेपालीले पूर्वाग्रह र स्वार्थ रहीत भएर एक पटक कमरेड प्रचण्डलाई पुष्पकमलका रूपमा हार्दिक सम्मान गर्नुपर्छ कि भन्ने मेरो नीजि विचार हो ।
~~
आखिर हामी पनि डाकु रत्नाकरकै रूपान्तरणवाट निर्मित वाल्मीकि ऋषिका आराधक नै हौँ ।