हुन त नेपालको संसद हो । नेपाली जनताले चुनेका प्रतिनिधि बस्ने थलो । तर सभापतिज्यू(ब्यवस्थापिका संसद राज्य ब्यवस्था समितिका सभापतिलाई संबोधन गर्दै) सांसद नेपाली मात्र छैनन् । कति विदेश मन भएका कति विदेश घर र थर भएका ब्यक्ति नेपालको संसदमा छन् । भन्नलाई उनीहरुलाई नेपालको सांसद भनिन्छ तर उनीहरु विदेशी हुन् ।
विदेशलाई डाडु पुन्य दिए उसले मन चाहेको गर्छ, नाम र थर विदेशी भएकाले जन्म थलोका लागि काम गर्छ । नेपालका संसदले नेपालीका लागि मात्र काम गर्नु पर्ने हो तर यहाँ अर्काे देशका नागरिक पनि संसद भएकोले नेपालीको हित हुने काम मात्र संसदबाट हुँदैन । मैले यो आरोप लगाएको होइन । भारतको गाजियाबादमा चुनाव लड्रे हार्ने ब्यक्ति अहिले नेपालको संसदमा छन् । गाजियाबादमा चुनाव लड्ने ब्यक्ति नेपाली हो भन्न कसरी सकिन्छ, तर पनि उनीहरु यो मन नेपाली नै हो भनेर सांसद भएका छन् । बेला बेलामा भ्यागुताले हिलाम्य खेतबाट पानी मागे झै देश अलग्याउने र जन्म थलोमा गाभ्न ट्वार…. ट्वार…. अभिब्यक्ति दिन्छन् ।
भारतको गाजियाबादबाट चुनाव लडेका ब्यक्तिलाई विदेशी मन भएका ब्यक्तिले कसरी कारवाही गर्छन र ? कारवाही नहुँने भएपछि उनीहरुले अराजक अभिब्यक्ति दिन्छन् नै । हामी टुलुटुलु हेरेर मात्र बस्न बाध्य हुन्छौ । नेपाली सांसदभन्दा हाली मुहाली उनीहरुकै छ । गृहमन्त्रीज्यू तपाई अहिले कारवाही गर्नु पर्छ भन्नुहुन्छ, विदेश मन भएकाहरुले आदेश दिए तपाई चुप लागेर बस्नु हुन्छ । अमरेशजीले यही कारवाही गर्न चुनौति दिनु भयो । गोलघरमा राख्न धम्कि पनि दिनु भयो । जो चोर उसैको ठुलो स्वर हुँदा पनि तपाई कारवाही गर्न सक्नु हुन्न । त्यो मलाई मात्र हैन, मान्यज्यूहरु सवैलाई थाहा छ । नेपाली जनतालाई थाहा छ ।

 (ब्यवस्थापिका संसदको राज्य ब्यवस्था समितिमा जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीको भनाई)