काठमाडौं, १३ भदौ । नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले टीकापुर हत्या काण्ड केही राजनीतिक दलका नेताहरुको योजना घटेको बताएका छन् । एमाले प्रचारविभागद्धारा आयोजित कार्यक्रममा सचिव भट्टराईले एमाओवादी नेता बर्षमान पुन, जनार्दश शर्मा, नेकपा माओवादीका नेता देव गुरुङ नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंह र मधेशबादी दलका नेताको सामुहिक योजनामा हत्या काण्ड भएको बताए ।
‘हाम्रो सुचना स्रोतले भन्छ, कैलाली हत्याकाण्ड बर्षमान, जनार्दन, देव गुरुङ, मधेशी मोर्चा, अमेरशकुमार र अपराधिकको सामुहिक योजनामा बुनिएको थियो’ सचिव भट्टराईले भने ‘त्यहाँ दुर्भाग्यबस प्रहरी मारिए, पहाडी मुलका ब्यक्तिको नरसंहार गर्ने उनीहरुको योजना थियो ।’
सचिव भट्टराईले विप्लव नेतृत्वको माओवादी, पूर्वलडाकु र अपराधीक समुह मिलेर कैलालीको टीकापुर हत्याकाण्ड मच्चाएको बताए । उनीहरुले थरुहट आन्दोलनलाई प्रयोग गरि तराईका क्षेत्रमा बसोबास गर्ने पहाडिया मुलका ब्यक्तिलाई तर्साउन खोजेको आरोप लगाए । ‘कैलाली हत्याकाण्डमा राजनीति गरिरहेका दलका नेताहरुको सहभागिता मात्र छैन, अपराधिक समुहको पनि सलग्नता छ’ उनले भने ‘हाम्रो पार्टीमा आएको सुचनामा  आपराधीक समुहले राजनीतिक दलका नेताको योजनामा हत्याकाण्ड मच्चाए ।’
कैलालीको टीकापुरमा एकसाता अघि एक वालकसहित ८ प्रहरीको हत्या गरिएको थियो । हत्या अभियोगमा ७ जना पक्राउ परेका छन् । ‘उनीहरुको बयानबाट पनि राजनीतिक दलहरुको योजनालाई पुष्टी गर्दछ’ भट्टराईले भने ।
एमाले प्रचारविभाग प्रमुख भट्टराईले संविधान निर्माण जारी गर्न राष्टपति डा.रामवरण यादव, नेपाली कांग्रेसको संस्थापन पक्ष, भारतमा रहेका केही राजनीतिक समुहहरु बाधक भएको बताए । उनले विभिन्न बहानामा संविधान जारी गर्न अलमल्याईरहेको बताए ।