Monday, February 9, 2015

माओवादीबाट सभासद् बनेका लारक्यालको रामकहानी

एकीकृत माओवादी सांसद ल्यारक्याल लामा पक्राउ


२०७२ फागुन ३०, काठमाडौं । 

प्रहरीले एमाओवादीका सांसद् ल्हारक्याल लामालाई पक्राउ गरेको छ । अकुत सम्पित आर्जनमा अख्तियारले अनुसन्धान गरिरहेको लामाको दरबारमार्ग स्थित इन्भेस्टमेन्ट बैंकको लकरमा १४ वटा गोली भेटेको हो । अकुत सम्पत्ति कमाएको आरोपमा लामा विरुद्ध अनुसन्धान गरिरहेको अख्तियारले दरबारमार्गस्थित इन्भेस्टमेन्ट बैंकको  लकरमा जाँच गरेको थियो । लामालाई अख्तियारले काठमाडौं जिल्ला प्रहरीको जिम्मा लगाएको छ । उनीमाथि हातहतियार तथा खरखजाना ऐन अन्र्तगत अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ । 
http://radiokantipurdiary.ekantipur.com/kantipur-diary  बाट साभार 

दोहोरो नागरिकताका विवादीत ल्यारकाल लामा मानव तस्कर पनी

किशोर पन्थी 
Lharkyal-Lama

नक्कली राहदानी बनाउनेदेखि अन्य फर्जी काम गर्नमा माहिर विवास्पद छविका ल्यारक्याल लामा एमाओवादीको सिफारिसमा सभासद भएका छन्। गत संविधानसभा निर्वाचनमा एमाओवादीका तर्फबाट समानुपातिकतर्फका सभासद शम्भु पासवान हजारी राष्ट्रिय दलित आयोगको सदस्य रहेकै अवस्थामा राजीनामा स्विकृत नगराई समानुपातिकतर्फ बन्द सूचीमा नाम समावेश गरेको भन्दै सर्वोच्च अदालतले कात्तिक ५ गते पासवानको सभासद पद खारेज गरेको थियो। पासवानको सभासद पद खारेज भएपछि रिक्त पदमा एमाओवादीको सिफारिसमा ल्यारक्याल लामालाई ल्याइएको हो ।
झलनाथ खनाल नेतृत्वको सरकारमा अर्थ राज्यमन्त्रीसमेत बनेका लामाले पछि मन्त्रीबाट राजिनामा दिएका थिए। त्यसपछि उनी एमाओवादीमा प्रवेश गरेका थिए। ल्यारकाल लामाले भारतीय पासपोर्ट र तिब्बती शरणार्थीको परिचय पत्र बनाएका खबर त पहिलेदेखि आएकै हुन् । तर उनले नेपालबाट अमेरिकामा गरेको मानवतस्करीको रामकहानी हजार जिब्रा भएका शेषनागले पनि बयान गर्न नसक्लान् । धार्मिक भेषमा उनले नेपालबाट अमेरिकामा कसरी मानवतस्करी गरे भन्नेबारेमा सुरु गरियो विशेष खोज । अनि खुले यस्ता रहस्यहरु ।
कसैले महादेव भन्लान्, कसैले शिवजी भन्लान्, कसैले भोलेनाथ भन्लान् जस्ले जे नामले पुकारेपनि उनी हिन्दुहरुका देवता र पार्वतीका पति हुन् । ठ्याक्कै त्यस्तै कसैले सभासद् ल्यारक्याल लामा भन्लान् , कसैले वाङचुक रिन्पोछे भन्लान् , कसैले खेम्पो छिमे रिन्पोछे भन्लान्, कसैले लामा छिमे छिरिङ भन्लान् , जस्ले जे नामले पुकारे पनि उनी मानवतस्कर र धन्दावालका रुपमा परिचित एउटै व्यक्ति हुन् । जसले विभिन्न धन्दा संचालन गर्नुका साथै अमेरिकाको सरकारलाई झुक्याएर अमेरिकामा नेपालीहरु पठाउने मानवतस्करको काम समेत गरे ।
मानव तस्करीका लागि तीन देशको नागरिक
अर्थराज्यमन्त्रीसमेत पड्काइसकेका ल्यारक्याल लामाले नेपालमा भइरहेको चीन विरोधी तिब्बती आन्दोलनलाई सघाउन तिब्बती शरणार्थी परिचय पत्र लिएका थिए । चीनबाट भागेर नेपाल छिर्ने तिब्बतीहरुलाई भारतसम्म लैजान सजिलो होस् भनेर भारतीय पासपोर्ट बनाए । तर कुरा त्यतिमात्र होइन । उनले अमेरिकी सरकारलाई झुक्याएर नेपालीहरुलाई नक्कली कागजपत्रका साथ अमेरिका छिराउनका लागि समेत विभिन्न हर्कतहरु गरे ।
ल्यारक्याल लामासंग नेपाली नागरिकको हैसियतबाट नेपालको परराष्ट्र मन्त्रालयबाट लिएको ११२१५८८ नम्बरको पासपोर्ट छ । भारतको गुहावटीबाट भारतीय नागरिकको हैसियतमा लिएको २१२९८१२ नम्बरको पासपोर्ट छ । सन् १९६९ मा तिब्बती नागरिकको हैसियतमा लिएको तिब्बती शरणार्थीको परिचयपत्र पनि छ । नेपाली राहदानीमा उनको नाम वाङचुक रिम्पोछे छ भने भारतीय राहदानीमा खेम्पो छिमे छिरिङ । तिब्बती शरणार्थी परिचयपत्रमा उनको नामा लामा छिमे छिरिङ छ ।
श्रोत भन्छ – “जहांजहां जे जे नाम भएपनि उनलाई सिन्धुपाल्चोकदेखि नै सबैले चिन्दै आएको धार्मिक नाम छिमे छिरिङ र प्रशासनिक नाम ल्यारक्याल लामाबाट हो । उनका अरु सबै नाम नक्कली हुन् । धन्दा चलाउनका लागि हुन् । र मानवतस्करीका लागि हुन् । ”
मानवतस्करीको अजबको काइदा
ल्यारक्याल लामाले सिधै आफ्नो सम्पर्कबाट कमै व्यक्ति अमेरिका पठाए । तर उनले आफ्ना दलालहरुमार्फत भने दर्जनौं व्यक्तिलाई अमेरिका पठाइसकेका छन् । काठमाडौंमा उनको कुनै म्यानपावर एजेन्सी त थिएन । तर उनले अमेरिका आउन चाहनेहरुलाई मोटो रकम असुलेर अमेरिका छिराउनका लागि काठमाडौं र ह्योल्मो क्षेत्रमा आफ्ना दलालहरु सकृय बनाएका थिए ।
अमेरिका आउन चाहनेहरुले सुरुमा उनका दलालहरुलाई सम्पर्क गर्नुपथ्र्यो । दलालहरुसंग पैसाको कुरा मिलेपछि मात्र बांकी कामका लागि ल्यारक्याल लामाले प्रकृया सुरु गर्थे । लामाले तत्काल नक्कली कागजपत्र तयार गरिदिन्थे, अमेरिका आउन चाहनेहरुका लागि । गुम्बा विकास समितिमा रहंदा उनलाई यस्ता कागजपत्र बनाउन कुनै आइतवार कुर्नैपर्दैनथ्यो ।
उनले तयार पारेका नक्कली कागजपत्रका आधारमा अमेरिकी दूतावासमा भिसाको लागि आवेदन दिइन्थ्यो । कतिपयले अमेरिकी दूतावासलाई झुक्याएर भिसा पाइहाल्थे । अनि ल्याक्यार लामालाई रकम बुझाएर अमेरिकाका लागि उडिहाल्थे । तर अमेरिकी दूतावासले भिसा नदिएको खण्डमा भने ल्यारक्याल लामासंग अर्को काइदा पनि थियो । अमेरिकाको लागि मल्टिपल भिसा हानिएको पासपोर्ट प्रयोग गरेर पनि लामाले कैयनलाई अमेरिका छिराएका छन् । लामाका मंगोलियन अनुहार मिल्दाजुल्दा हुने भएकाले अर्कैको पासपोर्ट प्रयोग गरी अमेरिकालाई झुक्याएर मानवतस्करीको काम गर्न सफल भइरहेका थिए, ल्यारक्याल लामा ।
rAy65Amतबसम्म यसरी उनले दोश्रो व्यक्तिको पासपोर्ट प्रयोग गरेर मंगोलियन अनुहारका व्यक्तिलाई अमेरिका छिराइरहे, जबसम्म अमेरिका आउनका लागि आंखाको तस्विर र औंलाको छाप लिने व्यवस्था थिएन । आंखाको तस्विर र औंलाको छाप लिने व्यवस्था भएपनि भने लामाले अमेरिकालाई झुक्याउने हिम्मत गर्न सकेनन् ।
रेट १० लाखसम्म
ल्यारक्याल लामाले नेपालीहरुलाई अमेरिका छिराएबापत ५ लाखदेखि १० लाख रुपैयासम्म लिने गर्थे । नेपालीहरुलाई नै नक्कली तिब्बती शरणार्थी बनाएर तिब्बती शरणार्थीको नक्कली परिचयपत्र र कागजपत्र मार्फत् होस वा अमेरिकाको भिसा हानिएको आफ्नै र आफ्ना दलालहरुको पासपोर्ट प्रयोग गरेर होस् , ल्यारक्याल लामाले अमेरिका छिराएबापत एकजनाबाट पांचलाख देखि १० लाखसम्म रकम असुल्ने गर्थे ।
श्रोत भन्छ – “सुरु सुरुमा लामाले पांचलाख रकम लिएर अमेरिका छिराएपनि पछिल्ला दिनमा उनले रेट बढाएर १० लाखसम्म पु¥याएका थिए । अर्कैको पासपोर्टबाट अमेरिका छिराउने क्रम अहिले रोकिएपनि तिब्बती शरणार्थीको नक्कली परिचयपत्र बनाइदिएर अमेरिका छिराउने काममा भने लामा पछिसम्मै सकृय रहे ।”
यसरी लामालाई रकम बुझाएर अमेरिका छिर्नेहरु नेपालीहरुमात्र छैनन्, तिब्बतीहरु पनि छन् । ल्यारक्याल लामाले नेपालको ह्योल्मो क्षेत्रका झण्डै तीनदर्जन लामाहरुलाई अमेरिका छिराइसकेका छन् । त्यो बाहेक ल्यारक्याल लामाले अमेरिका छिराइसकेका व्यक्तिको संख्या पांच दर्जन बढी रहेको श्रोतले दावी गरेको छ ।
अमेरिका आइसकेपछि एसाइलम
ल्यारक्याल लामा मार्फत अमेरिका छिर्नेहरुले अमेरिकामा आइसकेपछि शरणार्थीका रुपमा ग्रिन कार्डका लागि आवेदन दिने गरेका छन् । तिब्बती शरणार्थीको नक्कली कागजपत्र बनाएर आउनेहरुले तिब्बती शरणार्थीकै रुपमा ग्रिन कार्डका लागि आवेदन दिने गरेका छन् । यस्ता अधिकांश आवेदन अमेरिकी अदालतको फैसलापछि स्वीकृत हुने गरेका छन् । यसरी अमेरिकामा तिब्बती शरणार्थी बनेर ग्रिन कार्ड लिने नेपालीहरु पनि बाक्लै छन् ।
लामा र उनका व्यक्तिको पासपोर्ट दुरुपयोग गरेर आउनेहरुले नेपालमा माओवादीका कारण बस्न नसकेको वा माओवादीले आक्रमण गरेको जस्ता नक्कली कथा बनाएर ग्रिन कार्डका लागि शरणार्थीको आवेदन दिने गरेका छन् । श्रोतका अनुसार अधिकांशले माओवादीले लखेटेका वा अपहरण गरेका कथा बनाएर ग्रिन कार्ड लिइरहेका छन् । कतिपयको आवेदन भने अस्वीकृत समेत हुने गरेको छ । लामामार्फत अमेरिका आउनेहरु कतिपय भने गैरकानुनी रुपमा अमेरिकामा बसोबास गरिरहेका छन् ।
लामाले अमेरिकनलाई समेत छोडेनन्
नेपालमा मानवतस्करी लगायतका धन्दा चलाउदै आएका ल्यारक्याल लामाले अमेरिकन नागरिकलाई समेत फसाइदिए, केही वर्ष अगाडि । अमेरिकाको न्युयोर्कमा मेडिटेसन सेन्टर खोलेर लामाले एकजना अमेरिकनबाट रकम लिएका थिए ।
मेडिटेसन सेन्टरका लागि भन्दै लामाले एकजना अमेरिकन महिलासंग पचास हजार डलर लिएका थिए । तर त्यो रकम फिर्ता नगरेपछि ति महिला अदालतको शरणमा समेत पुगेकी थिइन् । लामाले पछि ति महिलाको रकम फिर्ता दिएको दाबी गर्दै आएका छन् । मेडिटेसन सेन्टर चलाउने भन्दै लामाले पेमाथल डटकम नामको वेभसाइट पनि संचालनमा ल्याएका थिए । पछि न्युयोर्कको मेडिटेसन सेन्टरसंगै वेभसाइट पनि गायब भएको थियो ।
अमेरिकन महिलालाई नै ठगेपछि लामालाई अमेरिकी सरकारले भिसा दिन अस्वीकार गरेको थियो । त्यसैले लामोसमय देखि ल्यारक्याल लामा अमेरिका आउन पाएका थिएनन् । तर लामा पहिलोपटक सभासद् भइसकेपछि भने उनी सभासद्को पासपोर्टबाट सन् २०१० तिर अमेरिका आएका थिए ।
सम्मान गर्न खोज्दा विवाद
सन् २०१० मा संयुक्त राष्ट्रसंघको इन्डिजिनियस पिपुल्स फोरममा भाग लिन अमेरिकाको न्युयोर्कमा आएका थिए, सभासद् ल्यारक्याल लामा । त्यतीबेला उनले आफूले अमेरिका छिराएका केही व्यक्तिलाई समेत भेटेका थिए ।
अमेरिकामा आउंदा उनलाई ह्योल्मो सोसाइटी अफ अमेरिकाका तर्फबाट सम्मान गर्नुपर्ने प्रस्ताव पनि आएको थियो केही व्यक्तिबाट । तर सोसाइटीभित्रैबाट ल्यारक्याल लामा जस्तो विवादास्पद मान्छेलाई सम्मान गर्न नहुने भन्दै विरोध भएको थियो । लामा मानवतस्करीमा संलग्न भएकाले नै उनलाई सम्मान गर्न ह्योल्मो सोसाइटी हच्किएको थियो ।
अधिकांशको विरोधपछि सोसाइटीका तर्फबाट ल्यारक्याल लामालाई सम्मान गरिएन । तर केही व्यक्तिको समुहले भने उनलाई सम्मान पनि गरेको थियो । यसरी गरिएको सम्मानको अमेरिकामा विरोध पनि भएको थियो, केही ह्योल्मो समुदायका व्यक्तिबाट ।
विरोधका बाबजुत भएको सम्मानपछि ल्यारक्याल लामा अमेरिका आएका छैनन् । खेन्पो पदको दुरुपयोग गरेको भन्दै ह्योल्मो समुदायबाट निकै पहिलेदेखि नै ल्यारक्याल लामाका गतिविधिको विरोध समेत हुंदै आएको छ ।
तस्करीका लागि नक्कली रिन्पोछेको आवरण
ल्यारक्याल लामाले आफ्नो धार्मिक नाम खेन्पो छिमे रिन्पोछे लेख्दै आएका छन् । बौद्ध धर्ममा खेन्पो भनेको पीएचडी डक्टरेट सरहको उपाधी हो । ल्यारक्याल यो उपाधी सन् १९९९ मा पाएको दावी गर्दै आएका छन् । उनका अनुसार बौद्ध धर्मगुरु पेनोर रिन्पोछे र पेमा नोर्बु रिन्पोछेबाट उनले खेम्पोको उपाधी पाएका थिए ।
तर ल्यारक्याल लामाले खेन्पोको उपाधी पाउनुभन्दा अगाडि नै उनले आफ्नो नामका अगाडि खेन्पो लेख्न थालिसकेका थिए । ह्योल्मो क्षेत्रमा पुगेर उनले ह्योल्मो जातिको पहिलो खेन्पो भनेर ह्योल्मो समुदायबाट सम्मान पनि थाप्न भ्याए, जतिबेला उनलाई खेन्पोको उपाधी नै मिलेको थिएन ।
यिनै झुठका सरदार ल्यारक्याल लामाले अहिले आफ्नो नामका पछाडि रिन्पोछे लेख्दै आएका छन् । जबकी उनले अहिलेसम्म रिन्पोछको उपाधी नै पाएका छ्रैनन् । उनको आधिकारिक वेभसाइटमा पनि उनले रिन्पोछेको उपाधी कहिले र कहांबाट पाए भन्ने कुरा कतै उल्लेख गरिएको छैन । रिन्पोछे बौद्ध धर्मका गुरुहरुले पाउने उच्च पद हो ।
ल्यारक्याल लामाले रिन्पोछेको उपाधी नपाइकनै मानव तस्करी र अन्य धन्दालाई सजिलो बनाउनका लागि यो उपाधीको दुरुपयोग गरे । उनलाई रिन्पोछे पदको दुरुपयोग गर्नबाट रोक्न र खेन्पो उपाधीको समेत दुरुपयोग गरेकाले खेन्पोको उपाधी समेत खोस्नुपर्ने बताउन थालेका छन्, बौद्ध धर्मालम्बीहरु । धर्मका नाममा बदमासी गर्नेलाई छोड्न नहुने उनीहरुको भनाइ छ ।
दैनिक नेपालबाट साभार
http://www.khabardabali.com बाट साभार


========================


ल्यारक्याल लामा ठगीका ‘फरार आरोपी’ भएको खुलसा



lyarkyal lama (1)काठमाण्डु,२८, फागुन– दोहोरो नागरिकता र राहदानी विवादमा आलोचित एकीकृत माओवादीका सभासद ल्हारक्याल लामा र्वैदेशिक रोजगारीका लागि मकाउ पठाइदिने भन्दै म्यानपावर संचालक र सयौं युवासँग करोडौं रकम ठगी गरेको मुद्दाका फरार आरोपी रहेको खुलेको छ ।
ल्हारक्यालले मकाउको कामदार भिसा मगाउने खर्च र कमिसन वापत आफूसँग पटक पटक गरी २ करोड १९ लाख रुपैयाँ लिएर ठगी गरेको भन्दै काठमाण्डु बुढानिलकण्ठका केशबहादुर गुरुङले हालेको मुद्दा वैदेशिक रोजगार विभागमा अलपत्र छ ।
गुरुङको जाहेरीमा विभागको उजुरी तथा अनुसन्धान शाखाले लामासहित उनका आफ्न्तहरु खिना लामा, फूर्वा लामा र छिरिङ डोल्मा लामालाई वैदेशिक रोजगार कसुर मुद्दामा अनुसन्धानका लागि खोजी गरी विभागमा बुझाउन २०७० भदौ १० मा महानगरीय प्रहरी परिसर, काठमाण्डुलाई पत्रचार गरेको थियो ।
नागरिक दैनिकबाट
http://kathmandutoday.com बाट साभार 

========================

ल्यारक्याललाई सभासद् बनाएकोमा एमाओवादीमा असन्तुष्टी

फिर्ता बोलाउन माग

Lyarkyal-400
काठमाडौं, एमाओवादी केन्द्रीय समिति बैठकमा ल्यारक्याल लामालाई समानुपातिकतर्फ सभासद् बनाएकोमा केन्द्रीय सदस्यले विरोध जनाएका छन ।
राजधानी दैनिकमा खबर छ–लामाको सभासद् प्रकरणलाई केन्द्रीय समिति बैठकको एजेण्डा बनाई छलफल गराउन केन्द्रीय सदस्य देवेन्द्र पराजुलीले माग गरेका हुन् ।
‘महासचिवज्यू, बैठकमा मेरो एउटा महत्वपूर्ण एजेण्डा छ’ बैठकको एजेण्डा प्रस्तुत गर्नुअघि नै केन्द्रीय सदस्य पराजुलीले लामालाई सभासद् बनाएको विषय छलफलको एजेण्डा बनाउन माग गर्दै महासचिव कृष्णबहादुर महराको ध्यानाकर्षण गराएका थिए ।
‘लामालाई पार्टीका तर्फबाट सिफारिस र मनोनयन गर्ने विषय पार्टी पुनर्गठनको मूल्य र मान्यता विपरीत छ, स्वयं नेताले सर्वहारा वर्गसँगको सम्बन्ध टुटेको र धनाढ्य वर्गप्रति हिमचिम रहेका कारण पार्टी बिग्रिएको भनेर गरेको आत्मालोचना विपरीत छ र केन्द्रीय समिति बैठक चल्दाचल्दै बैठकलाई छलेर जाने काम भएको छ’ पराजुलीले भने, ‘उत्पीडितको कोटामा आफ्नो वर्गलाई छाडेर नवधनाढ्यर्ला च्याप्प समातेर सभासद् बनाउने काम भयो, यो गलत छ, नेताहरुले आत्मालोचना गर्दै निर्णय सच्चाउनुपर्छ र उनलाई फिर्ता बोलाउने निर्णय गर्नुपर्छ ।’
पराजुलीको सो मागपछि अध्यक्ष प्रचण्डले यस विषयलाई आगमी बैठकको एजेण्डा बनाउने आश्वासन दिएका थिए ।
बैठकमा कतिपय नेताले ५ माघमा संविधानसभा भवनमा भएको तोडफोडको विषयमा पनि पार्टीको ध्यानाकर्षण गराएका थिए ।


www.khabardabali.com बाट साभार 
========================================================


माओवादीबाट सभासद् बनेका ल्यारकालको अमेरिकामा मानव तस्करीको रामकहानी - किशोर पन्थी




Lharkyal-Lama

न्युयोर्कबाट विशेष रिपोर्ट

किशोर पन्थी

काठमाडौँ, २६ माघ । नक्कली राहदानी बनाउनेदेखि अन्य फर्जी काम गर्नमा माहिर विवास्पद छविका ल्यारक्याल लामा एमाओवादीको सिफारिसमा सभासद भएका छन्। गत संविधानसभा निर्वाचनमा एमाओवादीका तर्फबाट समानुपातिकतर्फका सभासद शम्भु पासवान हजारी राष्ट्रिय दलित आयोगको सदस्य रहेकै अवस्थामा राजीनामा स्विकृत नगराई समानुपातिकतर्फ बन्द सूचीमा नाम समावेश गरेको भन्दै सर्वोच्च अदालतले कात्तिक ५ गते पासवानको सभासद पद खारेज गरेको थियो। पासवानको सभासद पद खारेज भएपछि रिक्त पदमा एमाओवादीको सिफारिसमा ल्यारक्याल लामालाई ल्याइएको हो ।
झलनाथ खनाल नेतृत्वको सरकारमा अर्थ राज्यमन्त्रीसमेत बनेका लामाले पछि मन्त्रीबाट राजिनामा दिएका थिए। त्यसपछि उनी एमाओवादीमा प्रवेश गरेका थिए। ल्यारकाल लामाले भारतीय पासपोर्ट र तिब्बती शरणार्थीको परिचय पत्र बनाएका खबर त पहिलेदेखि आएकै हुन् । तर उनले नेपालबाट अमेरिकामा गरेको मानवतस्करीको रामकहानी हजार जिब्रा भएका शेषनागले पनि बयान गर्न नसक्लान् । धार्मिक भेषमा उनले नेपालबाट अमेरिकामा कसरी मानवतस्करी गरे भन्नेबारेमा सुरु गरियो विशेष खोज । अनि खुले यस्ता रहस्यहरु ।
कसैले महादेव भन्लान्, कसैले शिवजी भन्लान्, कसैले भोलेनाथ भन्लान् जस्ले जे नामले पुकारेपनि उनी हिन्दुहरुका देवता र पार्वतीका पति हुन् । ठ्याक्कै त्यस्तै कसैले सभासद् ल्यारक्याल लामा भन्लान् , कसैले वाङचुक रिन्पोछे भन्लान् , कसैले खेम्पो छिमे रिन्पोछे भन्लान्, कसैले लामा छिमे छिरिङ भन्लान् , जस्ले जे नामले पुकारे पनि उनी मानवतस्कर र धन्दावालका रुपमा परिचित एउटै व्यक्ति हुन् । जसले विभिन्न धन्दा संचालन गर्नुका साथै अमेरिकाको सरकारलाई झुक्याएर अमेरिकामा नेपालीहरु पठाउने मानवतस्करको काम समेत गरे ।
मानव तस्करीका लागि तीन देशको नागरिक !
अर्थराज्यमन्त्रीसमेत पड्काइसकेका ल्यारक्याल लामाले नेपालमा भइरहेको चीन विरोधी तिब्बती आन्दोलनलाई सघाउन तिब्बती शरणार्थी परिचय पत्र लिएका थिए । चीनबाट भागेर नेपाल छिर्ने तिब्बतीहरुलाई भारतसम्म लैजान सजिलो होस् भनेर भारतीय पासपोर्ट बनाए । तर कुरा त्यतिमात्र होइन । उनले अमेरिकी सरकारलाई झुक्याएर नेपालीहरुलाई नक्कली कागजपत्रका साथ अमेरिका छिराउनका लागि समेत विभिन्न हर्कतहरु गरे ।
ल्यारक्याल लामासंग नेपाली नागरिकको हैसियतबाट नेपालको परराष्ट्र मन्त्रालयबाट लिएको ११२१५८८ नम्बरको पासपोर्ट छ । भारतको गुहावटीबाट भारतीय नागरिकको हैसियतमा लिएको २१२९८१२ नम्बरको पासपोर्ट छ । सन् १९६९ मा तिब्बती नागरिकको हैसियतमा लिएको तिब्बती शरणार्थीको परिचयपत्र पनि छ । नेपाली राहदानीमा उनको नाम वाङचुक रिम्पोछे छ भने भारतीय राहदानीमा खेम्पो छिमे छिरिङ । तिब्बती शरणार्थी परिचयपत्रमा उनको नामा लामा छिमे छिरिङ छ ।
श्रोत भन्छ – “जहांजहां जे जे नाम भएपनि उनलाई सिन्धुपाल्चोकदेखि नै सबैले चिन्दै आएको धार्मिक नाम छिमे छिरिङ र प्रशासनिक नाम ल्यारक्याल लामाबाट हो । उनका अरु सबै नाम नक्कली हुन् । धन्दा चलाउनका लागि हुन् । र मानवतस्करीका लागि हुन् । ”
मानवतस्करीको अजबको काइदा
ल्यारक्याल लामाले सिधै आफ्नो सम्पर्कबाट कमै व्यक्ति अमेरिका पठाए । तर उनले आफ्ना दलालहरुमार्फत भने दर्जनौं व्यक्तिलाई अमेरिका पठाइसकेका छन् । काठमाडौंमा उनको कुनै म्यानपावर एजेन्सी त थिएन । तर उनले अमेरिका आउन चाहनेहरुलाई मोटो रकम असुलेर अमेरिका छिराउनका लागि काठमाडौं र ह्योल्मो क्षेत्रमा आफ्ना दलालहरु सकृय बनाएका थिए ।
अमेरिका आउन चाहनेहरुले सुरुमा उनका दलालहरुलाई सम्पर्क गर्नुपथ्र्यो । दलालहरुसंग पैसाको कुरा मिलेपछि मात्र बांकी कामका लागि ल्यारक्याल लामाले प्रकृया सुरु गर्थे । लामाले तत्काल नक्कली कागजपत्र तयार गरिदिन्थे, अमेरिका आउन चाहनेहरुका लागि । गुम्बा विकास समितिमा रहंदा उनलाई यस्ता कागजपत्र बनाउन कुनै आइतवार कुर्नैपर्दैनथ्यो ।
उनले तयार पारेका नक्कली कागजपत्रका आधारमा अमेरिकी दूतावासमा भिसाको लागि आवेदन दिइन्थ्यो । कतिपयले अमेरिकी दूतावासलाई झुक्याएर भिसा पाइहाल्थे । अनि ल्याक्यार लामालाई रकम बुझाएर अमेरिकाका लागि उडिहाल्थे । तर अमेरिकी दूतावासले भिसा नदिएको खण्डमा भने ल्यारक्याल लामासंग अर्को काइदा पनि थियो । अमेरिकाको लागि मल्टिपल भिसा हानिएको पासपोर्ट प्रयोग गरेर पनि लामाले कैयनलाई अमेरिका छिराएका छन् । लामाका मंगोलियन अनुहार मिल्दाजुल्दा हुने भएकाले अर्कैको पासपोर्ट प्रयोग गरी अमेरिकालाई झुक्याएर मानवतस्करीको काम गर्न सफल भइरहेका थिए, ल्यारक्याल लामा ।
तबसम्म यसरी उनले दोश्रो व्यक्तिको पासपोर्ट प्रयोग गरेर मंगोलियन अनुहारका व्यक्तिलाई अमेरिका छिराइरहे, जबसम्म अमेरिका आउनका लागि आंखाको तस्विर र औंलाको छाप लिने व्यवस्था थिएन । आंखाको तस्विर र औंलाको छाप लिने व्यवस्था भएपनि भने लामाले अमेरिकालाई झुक्याउने हिम्मत गर्न सकेनन् ।
रेट १० लाखसम्म
ल्यारक्याल लामाले नेपालीहरुलाई अमेरिका छिराएबापत ५ लाखदेखि १० लाख रुपैयासम्म लिने गर्थे । नेपालीहरुलाई नै नक्कली तिब्बती शरणार्थी बनाएर तिब्बती शरणार्थीको नक्कली परिचयपत्र र कागजपत्र मार्फत् होस वा अमेरिकाको भिसा हानिएको आफ्नै र आफ्ना दलालहरुको पासपोर्ट प्रयोग गरेर होस् , ल्यारक्याल लामाले अमेरिका छिराएबापत एकजनाबाट पांचलाख देखि १० लाखसम्म रकम असुल्ने गर्थे ।
श्रोत भन्छ – “सुरु सुरुमा लामाले पांचलाख रकम लिएर अमेरिका छिराएपनि पछिल्ला दिनमा उनले रेट बढाएर १० लाखसम्म पु¥याएका थिए । अर्कैको पासपोर्टबाट अमेरिका छिराउने क्रम अहिले रोकिएपनि तिब्बती शरणार्थीको नक्कली परिचयपत्र बनाइदिएर अमेरिका छिराउने काममा भने लामा पछिसम्मै सकृय रहे ।”
यसरी लामालाई रकम बुझाएर अमेरिका छिर्नेहरु नेपालीहरुमात्र छैनन्, तिब्बतीहरु पनि छन् । ल्यारक्याल लामाले नेपालको ह्योल्मो क्षेत्रका झण्डै तीनदर्जन लामाहरुलाई अमेरिका छिराइसकेका छन् । त्यो बाहेक ल्यारक्याल लामाले अमेरिका छिराइसकेका व्यक्तिको संख्या पांच दर्जन बढी रहेको श्रोतले दावी गरेको छ ।
अमेरिका आइसकेपछि एसाइलम
ल्यारक्याल लामा मार्फत अमेरिका छिर्नेहरुले अमेरिकामा आइसकेपछि शरणार्थीका रुपमा ग्रिन कार्डका लागि आवेदन दिने गरेका छन् । तिब्बती शरणार्थीको नक्कली कागजपत्र बनाएर आउनेहरुले तिब्बती शरणार्थीकै रुपमा ग्रिन कार्डका लागि आवेदन दिने गरेका छन् । यस्ता अधिकांश आवेदन अमेरिकी अदालतको फैसलापछि स्वीकृत हुने गरेका छन् । यसरी अमेरिकामा तिब्बती शरणार्थी बनेर ग्रिन कार्ड लिने नेपालीहरु पनि बाक्लै छन् ।
लामा र उनका व्यक्तिको पासपोर्ट दुरुपयोग गरेर आउनेहरुले नेपालमा माओवादीका कारण बस्न नसकेको वा माओवादीले आक्रमण गरेको जस्ता नक्कली कथा बनाएर ग्रिन कार्डका लागि शरणार्थीको आवेदन दिने गरेका छन् । श्रोतका अनुसार अधिकांशले माओवादीले लखेटेका वा अपहरण गरेका कथा बनाएर ग्रिन कार्ड लिइरहेका छन् । कतिपयको आवेदन भने अस्वीकृत समेत हुने गरेको छ । लामामार्फत अमेरिका आउनेहरु कतिपय भने गैरकानुनी रुपमा अमेरिकामा बसोबास गरिरहेका छन् ।
लामाले अमेरिकनलाई समेत छोडेनन्
नेपालमा मानवतस्करी लगायतका धन्दा चलाउदै आएका ल्यारक्याल लामाले अमेरिकन नागरिकलाई समेत फसाइदिए, केही वर्ष अगाडि । अमेरिकाको न्युयोर्कमा मेडिटेसन सेन्टर खोलेर लामाले एकजना अमेरिकनबाट रकम लिएका थिए ।
मेडिटेसन सेन्टरका लागि भन्दै लामाले एकजना अमेरिकन महिलासंग पचास हजार डलर लिएका थिए । तर त्यो रकम फिर्ता नगरेपछि ति महिला अदालतको शरणमा समेत पुगेकी थिइन् । लामाले पछि ति महिलाको रकम फिर्ता दिएको दाबी गर्दै आएका छन् । मेडिटेसन सेन्टर चलाउने भन्दै लामाले पेमाथल डटकम नामको वेभसाइट पनि संचालनमा ल्याएका थिए । पछि न्युयोर्कको मेडिटेसन सेन्टरसंगै वेभसाइट पनि गायब भएको थियो ।
अमेरिकन महिलालाई नै ठगेपछि लामालाई अमेरिकी सरकारले भिसा दिन अस्वीकार गरेको थियो । त्यसैले लामोसमय देखि ल्यारक्याल लामा अमेरिका आउन पाएका थिएनन् । तर लामा पहिलोपटक सभासद् भइसकेपछि भने उनी सभासद्को पासपोर्टबाट सन् २०१० तिर अमेरिका आएका थिए ।
सम्मान गर्न खोज्दा विवाद
सन् २०१० मा संयुक्त राष्ट्रसंघको इन्डिजिनियस पिपुल्स फोरममा भाग लिन अमेरिकाको न्युयोर्कमा आएका थिए, सभासद् ल्यारक्याल लामा । त्यतीबेला उनले आफूले अमेरिका छिराएका केही व्यक्तिलाई समेत भेटेका थिए ।
अमेरिकामा आउंदा उनलाई ह्योल्मो सोसाइटी अफ अमेरिकाका तर्फबाट सम्मान गर्नुपर्ने प्रस्ताव पनि आएको थियो केही व्यक्तिबाट । तर सोसाइटीभित्रैबाट ल्यारक्याल लामा जस्तो विवादास्पद मान्छेलाई सम्मान गर्न नहुने भन्दै विरोध भएको थियो । लामा मानवतस्करीमा संलग्न भएकाले नै उनलाई सम्मान गर्न ह्योल्मो सोसाइटी हच्किएको थियो ।
अधिकांशको विरोधपछि सोसाइटीका तर्फबाट ल्यारक्याल लामालाई सम्मान गरिएन । तर केही व्यक्तिको समुहले भने उनलाई सम्मान पनि गरेको थियो । यसरी गरिएको सम्मानको अमेरिकामा विरोध पनि भएको थियो, केही ह्योल्मो समुदायका व्यक्तिबाट ।
विरोधका बाबजुत भएको सम्मानपछि ल्यारक्याल लामा अमेरिका आएका छैनन् । खेन्पो पदको दुरुपयोग गरेको भन्दै ह्योल्मो समुदायबाट निकै पहिलेदेखि नै ल्यारक्याल लामाका गतिविधिको विरोध समेत हुंदै आएको छ ।
तस्करीका लागि नक्कली रिन्पोछेको आवरण
ल्यारक्याल लामाले आफ्नो धार्मिक नाम खेन्पो छिमे रिन्पोछे लेख्दै आएका छन् । बौद्ध धर्ममा खेन्पो भनेको पीएचडी डक्टरेट सरहको उपाधी हो । ल्यारक्याल यो उपाधी सन् १९९९ मा पाएको दावी गर्दै आएका छन् । उनका अनुसार बौद्ध धर्मगुरु पेनोर रिन्पोछे र पेमा नोर्बु रिन्पोछेबाट उनले खेम्पोको उपाधी पाएका थिए ।
तर ल्यारक्याल लामाले खेन्पोको उपाधी पाउनुभन्दा अगाडि नै उनले आफ्नो नामका अगाडि खेन्पो लेख्न थालिसकेका थिए । ह्योल्मो क्षेत्रमा पुगेर उनले ह्योल्मो जातिको पहिलो खेन्पो भनेर ह्योल्मो समुदायबाट सम्मान पनि थाप्न भ्याए, जतिबेला उनलाई खेन्पोको उपाधी नै मिलेको थिएन ।
यिनै झुठका सरदार ल्यारक्याल लामाले अहिले आफ्नो नामका पछाडि रिन्पोछे लेख्दै आएका छन् । जबकी उनले अहिलेसम्म रिन्पोछको उपाधी नै पाएका छ्रैनन् । उनको आधिकारिक वेभसाइटमा पनि उनले रिन्पोछेको उपाधी कहिले र कहांबाट पाए भन्ने कुरा कतै उल्लेख गरिएको छैन । रिन्पोछे बौद्ध धर्मका गुरुहरुले पाउने उच्च पद हो ।
ल्यारक्याल लामाले रिन्पोछेको उपाधी नपाइकनै मानव तस्करी र अन्य धन्दालाई सजिलो बनाउनका लागि यो उपाधीको दुरुपयोग गरे । उनलाई रिन्पोछे पदको दुरुपयोग गर्नबाट रोक्न र खेन्पो उपाधीको समेत दुरुपयोग गरेकाले खेन्पोको उपाधी समेत खोस्नुपर्ने बताउन थालेका छन्, बौद्ध धर्मालम्बीहरु । धर्मका नाममा बदमासी गर्नेलाई छोड्न नहुने उनीहरुको भनाइ छ ।
पन्थी न्युयोर्कबाट प्रकाशित हुने खसोखास साप्ताहिकका प्रधान सम्पादक हुन् 

http://dainiknepal.com बाट साभार 

===================================================

१. डा. लामाको नागरिकता त नयाँ पो रहेछ!  

२. यहाँ पढ्न नागरिकता चाहिन्छ, बाहिर पढ्न पासपोर्ट; PhD कहाँ र कसरी गरेछन्?

=======================================================





काठमाण्डौ -एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विवादीत छवि भएका व्यक्ति ल्यारकाल लामालाई आर्थीक सहयोग लिएर सभासद बनाएको खुलासा भएको छ ।

लामा प्रचण्ड पुत्र प्रकाश दाहाल र स्वकिय सचिव चुडामणी खड्काको पहलमा प्रचण्डलाई भेटन् लाजिम्पाट पुगेको र त्यही नै उनले आर्थीक सहयोग गर्ने वचन दिएपछि प्रचण्डले उनलाई सभासद बनाउने आश्वासन दिएको स्रोतले बताएको छ । एमाओवादी उच्च स्रोतले दिएको जानकारीअनुसार प्रचण्डले लामाबाट पाच करोड नगद र एउटा गाडी लिएका छन् ।

माओवादी अध्यक्ष प्रचण्ड पुत्र प्रकाशले पार्टीको पदाधिकारीले लामालाई सभासद बनाउने लिखित निर्णय गरेको बताउने गरेपनि उनलाई प्रचण्डको एकल निर्णयमा सभासद बनाइएको बताइएको छ ।

प्रचण्डले पार्टीका वरिष्ठ नेता बावुराम भट्टराईसंग पार्टीले पहिचानको आन्दोलन उठाइरहेको बेला लामालाई बनाउदा के हुन्छ भनी परामर्श गरेको भएपनि आर्थीक लेनदेनबारे भने कुनै छलफल नगरेको उनि निकट स्रोतले जानकारी दियो । लामालाई सभासद बनाउने विषयमा भने अर्का वरिष्ट नेता नारायणकाजी श्रेष्ठ भने असन्तुष्ट बनेका छन् । उनले आफ्नो टिवटमार्फत लामाको नाम नलिईकन असन्तुष्टी पोखेका छन् ।

प्रचण्डले नै लामालाई बावुरामलाई भेटेर माहोल बनाउन आग्रह गरेपछि उनले भट्टराईलाई दुई साता अघि राजधानिको रेडिसन होटलमा भेटवार्ता गरेका थिए । लामा चिनीया दुतावासका डिसीएमको गाडीमा हिड्ने गरेको र चिनको लागी समेत नेपालमा काम गर्ने व्यक्ति हुन् । उनीसंग विभिन्न देशको नागरीकता र राहदानी समेत रहेको छ ।

http://coloradokhabar.com बाट साभार 

================================================
================================================



पूर्वलडाकु कमाण्डर भन्छन्, ‘पार्टीलाई ल्हारक्यालै प्यारो, अब हामी सडकमा आउँदैनौं’



devi 2


मेरो घर सिन्धुपाल्चोक जिल्लाको बाँसबारी– ४ ढकालथोक हो । पोखरामा होटलमा मजदुरी गर्ने क्रममा स्थानीय माओवादी नेताहरुसँग सम्पर्क भयो । उनीहरुकै सरसंगतले पछि माओवादीप्रति आकर्षण बढ्यो । खास गरी माओवादीको ‘वर्गीय मुक्ति’ को नाराले मलाई बढी आकर्षित गरेको थियो । मजदुरी र पार्टीको काम सँगसँगै गर्दै थिएँ । प्रहरीले म माओवादीको सहयोगी भन्ने पत्ता लगाए । पोखरामा बसेर दुवै काम एकैसाथ गर्न नसक्ने भएपछि म २०५६ सालमा पार्टीको पूर्णकालिन कार्यकर्ता भएँ । पार्टीमा लागेको दिनदेखि फौजी गतिविधिमा सक्रिय भइयो ।

सैन्य फर्मेशनमा गर्ने सिलसिलामा कास्की, पर्वत, तनहुँ, स्याङजा, गोरखा, लमजुङ, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोकदेखि अर्घाखाँची रुकुम, रोल्पा र जाजरकोटसम्म पुगियो । लमजुङको बिचौरदेखि रुकुमको खारासम्म साना–ठूला गरेर करिब ३० वटा फौजी कारबाहीमा सहभागी भएको छु । स्पेशल टास्क फोर्समा काम गर्ने क्रममा ०६० कात्तिक १८ गते पोखराबाट साथीहरुसहित गिरफ्तार भएँ । हेलिकोप्टरमा धादिङको गजुरी ल्याइयो र बेपत्ता अवस्थामा राखियो । हातमा हत्कडी र टाउकामा पट्टी बाँधिएकै अवस्थामा ०६१ कात्तिक २ ९ गते भाइटीकाको राति हामीलाई राखिएको स्थानमा ड्युटीमा बसेको सेनालाई नियन्त्रणमा लिएर उसैलाई बाटो देखाउन लगाएर ब्यारेकबाट भाग्यौं । प्रकाश खनाल, बुद्धि पाण्डे, कृष्ण पन्त, राजु श्रेत्री, बद्री खड्का र ठाकुरसिंह तामाङसहित हामी सात जनाले सेनाको तीन थान एसएलआर र ६ वटा हाते बम लिएर भागेका थियौं । त्यो घटनाको शीर्ष नेताहरुबाटै तारिफ भएको थियो । १० वर्षे जनयुद्धकै इतिहासमा त्यसलाई गौरवपूर्ण घटनाका रुपमा व्याख्या गरिएको थियो ।
पार्टी शान्ति प्रक्रियामा आएदेखि नै आफ्नो वर्गबाट टाढा हुन थालेको हो । नेताहरु ‘टाउकामा टेकेर ढाडमा हान्ने’ भन्दै सहर पसे । सहरको वातावरणले उनीहरु यति छिट्टै परिवर्तन भए कि नेताहरुले आफूलाई १० वर्षसम्म सेल्टर दिएर राखेका जनता, ज्यान हत्केलामा राखेर लडेका कार्यकर्ता सबै बिर्सिए । पार्टी, कार्यकर्ता र जनताको मतलब गरेनन् । अधिकांश नेता व्यक्तिगत धन्धामा तल्लिन भए । प्रचण्ड, बाबुराम, झलनाथ र खिलराज गरी चारवटा सरकार हाम्रै बने । तर जनयुद्धमा गरिएको बाचाअनुसार जनताको पक्षमा काम भएनन् । नेताहरुको गतिविधिले कार्यकर्ता विस्तारै साइड लाग्दै गए वा पार्टीलाई लामो समयसम्म कार्यकर्ता चाहिएन । सबैतिर हाइहाई हुन थालेपछि हामीजस्ता दुःख पाएका कार्यकर्ता र जनयुद्धका क्रममा सघाएका गरिब जनताको नेताहरुले मतलब गरेनन् ।

दोश्रो संविधानसभामा जनताले देखाइदिए । पहिलोबाट फिल्मी शैलीमा तेश्रो पार्टीमा गिरेपछि नेताहरु झस्किए । चुनावमा भएको हार स्वीकार गर्ने आँट नेताहरुमा भएन । बरु पराजयको दोष एकअर्कालाई लगाएर आफू चोखिन खोज्ने खेल लामै समय चल्यो । जब सरकारमा रहेका काँग्रेस–एमालेले लादी आउने गरी पेल्न थाले, त्यसपछि नेताहरुले फेरि सम्झिए हामीजस्ता कार्यकर्ता र जनता । नेताहरुले विगतमा आफूहरुले आफ्नो वर्ग बिर्सिएको, कार्यकर्ताको बिजोग पारेको र जनताको अपेक्षा पूरा गर्ने चेष्टा नगरेको भन्दै माफी मागे । विगतमा नेताहरुबाट जनता र कार्यकर्तामाथि पटकपटक धोका भएको हो । यस्ता नेताहरुबाट केही हुँदैन भन्ने निष्कर्षमा पुगिएको थियो । तर नेताहरुले गल्ती भयो, हामीले वर्ग छाडेका छैनौं, तपाईंहरुकै साथमा छौं भनेपछि हामीले पत्यायौं । जेजस्तो भए पनि आफ्नै नेताहरु हुन्, वर्गलाई अप्ठेरो परेका बेलामा चुप लागेर बस्नु हुन्न भन्ने लागेर सुतेका कार्यकर्ता जागेका थिए ।

एकपटक आफ्नो वर्गका निम्ति अन्तिम संघर्ष गर्नुपर्छ भन्ने मलाई पनि लागेको थियो । त्यही भएर गत साता भृकुटी मण्डपमा भएको प्रशिक्षणमा भाग लिएँ । नेताहरुले कुरा राम्रै गरे । बाबुराम रोए पनि । प्रचण्डले आफू टाउको फुटाउन तयार रहेको घोषणा गरे । हामीलाई लाग्यो कि ‘नेताहरुको बुद्धि फिरेछ, अब केही हुन्छ ।’ पूर्वजनमुक्ति सेनाका साथीहरु धेरै साउदी, मलेसिया, दुबै र कतारमा छन् । उनीहरुसँग नियमित सम्पर्कमा छु । सबैले नेताहरुले विगतमा गल्ती गरे, अब साँच्चै सुध्रन चाहेकै हुन् भने मजदुरी छाडेर आन्दोलनमा आउने भनेका थिए । विस्तारै माहोल तात्दै थियो । माओवादी भन्नेहरुलाई हेपिएकामा जनयुद्ध लडेको पिंढी केपी ओली र सुशील कोइरालाहरुसँग आक्रोशित थिए । त्यो आक्रोश विपक्षी मोर्चाको आन्दोलनमा उर्जा बन्न सक्थ्यो । तर ‘दुश्मनप्रति’ एक भएर आक्रमण गर्नुपर्छ भनेर जागेका कार्यकर्तालाई ल्हारक्लाय लामाजस्तो विवादास्पद व्यक्तिलाई सभासद बनाएर नेताहरुले फेरि निराश बनाएका छन् । आन्दोलनको माहौल बन्दै गएकामा एक किसिमको खुसीयाली थियो । ‘अन्तिमपटक एकचोटि साथ दिनुपर्छ’ भन्ने मनस्थितिमा पुगेकाहरु नेताहरुबारे फेरि पुरानै निष्कर्षमा फर्कन बाध्य भएका छन् । नेताहरुलाई चिन्न नसकेकामा सबैलाई खिन्नता महसुस भएको छ । ल्हारक्याललाई माननीय बनाएर नेताहरुले तातेको माहोलमा पानी खन्याउने काम गरेका छन् । अब हामीले कसका पक्षमा लड्ने ? किन लड्ने ? सडकमा आएर किन टाउको फुटाउने ?

राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान दिएका धेरै मानिसहरु छन् । माओवादीलाई माया गर्ने पनि त्यस्ता थुप्रै छन् ।  तिनीहरुमध्येबाट सभासद् बनाउन कसले रोकेको थियो ? समानुपातिकको बन्द सूचीमा जनयुद्धमा घाइते भएका धेरैको नाम थियो । पार्टीको आकार घटेपछि उनीहरु छुटेका थिए । तीमध्येबाट एकजना कसैलाई सभासद बनाएको भए पार्टीले लडेकाहरुको सम्मान गरेको ठानिन्थ्यो । कहाँबाट र के स्वार्थले यस्ता गन्हाएका मानिसलाई सभासद बनाइएको हो त्यो हामी जान्दैनौं । तर एउटा कुराको चाहिं पक्कै भविष्यबाणी गर्न सकिन्छ कि नेताहरुले ल्हारक्लाललाई अंगालो मारेर वर्ग र आफ्नै खुट्टामा बञ्चरो हानेका छन् । भृकुटी मण्डपमा गरेको रुवाबासी र बाचा सबै ढोंगबाहेक केही रहेनछ भन्ने पुष्टि भएको छ ।

पार्टीले आफ्नो वास्तविक वर्ग छाडेकै रहेछ भन्नेमा भ्रम छैन । किन भने हाम्रो वर्ग र ल्हारक्यालहरुको वर्ग एउटै होइन । उनीसँग हाम्रो वर्गको कुनै साइनो छैन । अब हामीहरु पार्टीलाई चाहिएको छैन । मेरो शुभकामना छ, ल्हारक्याल र ल्हारक्याल प्रवृत्तिका मानिसहरुले सडक संघर्षमा मानिस ल्याउँछन् र नेताहरुलाई फेरि सत्तामा जान बाटो खुल्नेछ ।

(लेखक माओवादी पूर्वलडाकुका बटालियन स्तरका कमाण्डर हुन् )

www.http://kathmandutoday.com बाट साभार 


  • Bijay Sakya · 
    प्रचण्डे र लार्केकेल लाई लाल सलाम

    शेर हुने मेरो धोको
    काम चाँही जस्तो श्याल
    पैसामा चुहाई रहन्छु सधैंभरी रयाल
    त्यसैले त मैले ल्याए लामा लार्क्याल
    पार्टिमा शेर हुँदै मैले छाने स्याल
    अा।दोलन्कारी मलाई नपार सधैं हायलकायल
    ५ करोड र फोर्ड गाडी लिएर मैले बनाए लरक्याल
    सभासद्लाई नबनाउ है अब बिबादस्पद
    अर्को चोटि हुनेछ ३ बाट ६ टौ हुने यही पार्टी पद

    आन्दोलनकारीको भावना र मर्म मा ठेस लगाएर कुख्यात तीन देशका नागरिक भएका लार्केल लाई सभासद बनाए पछि आजको मितिबाट एमाओबादि पार्टी छाडेको घोषणा गर्दछु लाल सलाम ।;
    जो रकम छोरा प्रकाश र चुडमणी खडका भन्ने निजी सचिब मार्फत लिएको बुझिन्छ । अब काम गरेर होईन कालो धन्धा गरेर कमाएर मात्र नेता हुने रहेछ सर्बहाराको पार्टी रहेन ।

    बाध्यता पाच् करोड्को हो । अपुष्ट रुपमा ११ करोड खाएको कुरा यसर्थ यो पैसा पार्टी कोषमा रहोस् प्रन्डेको खल्टिमा होईन ।

    • Bijay Sakya · 
      प्रचण्डे र लार्केकेल लाई लाल सलाम
      शेर हुने मेरो धोको
      काम चाँही जस्तो श्याल
      पैसामा चुहाई रहन्छु सधैंभरी रयाल
      त्यसैले त मैले ल्याए लामा लार्क्याल
      पार्टिमा शेर हुँदै मैले छाने स्याल
      अा।दोलन्कारी मलाई नपार सधैं हायलकायल
      ५ करोड र फोर्ड गाडी लिएर मैले बनाए लरक्याल
      सभासद्लाई नबनाउ है अब बिबादस्पद
      अर्को चोटि हुनेछ ३ बाट ६ टौ हुने यही पार्टी पद
      आन्दोलनकारीको भावना र मर्म मा ठेस लगाएर कुख्यात तीन देशका नागरिक भएका लार्केल लाई सभासद बनाए पछि आजको मितिबाट एमाओबादि पार्टी छाडेको घोषणा गर्दछु लाल सलाम ।;
      जो रकम छोरा प्रकाश र चुडमणी खडका भन्ने निजी सचिब मार्फत लिएको बुझिन्छ । अब काम गरेर होईन कालो धन्धा गरेर कमाएर मात्र नेता हुने रहेछ सर्बहाराको पार्टी रहेन ।

      • Ngwang Sherpa · 
        कमरेट प्रचण्ड र लारकेल लामा लाई बधाई

        बन्न बनाउन सफल हुनु भो । राजनीतिमा या बन्ने हो या बनाउने हो दुबैको मकसद पुरा भए पछि के चाहियो र ? जसरी बनाए बने नि भो ।
        मान्छे एक्चोटी अन्जानमा फस्छ रे कांग्रेस फसे खुम, सुजाता , फसे तर त्यो ईनोसेन्टली फसे एक्चोटिको फसाई माफि हुन्छ । दोस्रो चोटि एमाले फसे जसमा अमृत बोहोरा र झलनाथ फसे अली बढी मुर्खता भए पेपरले नि मज्जाले लेखे । तेस्रो चोटि एमाओबादी फसे नमज्जाले फसे । भनिन्छ नेताहरु हामीलाई बाध्यता छ् खोई के छ् त्यस्तो बाध्यता ? बैना भट्टाको हो कि ? अब एमाओ नै फस्ने रि हो कि । अब यसो नगरौ है कमरेड ।
      ==============================================
      ==============================================

      ल्हारक्याललाई सभासद् बनाएपछि एमाओवादीमा रँडाको



      Lharkyalw












      काठमाण्डु, २६ माघ– विवादास्पद छविका ल्हारक्याल लामालाई सभासद बनाएकामा एमाओवादीभित्र शीर्ष नेतृत्वको चर्को आलोचना भएको छ ।
      पार्टी पदाधिकारीभित्रैबाट त्यसको विरोध हुन थालेको छ । श्रोतका अनुसार उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सबैभन्दा बढी आक्रोशित बनेका छन् । महासचिव कृष्णबहादुर महरा पनि त्यसको विरोधमा छन् ।
      ‘यो निर्णयबाट हामी केही गरे पनि सुध्रने पक्षमा छैनौं भन्ने सन्देश दिन खोजिएको हो’, लामालाई सभासद बनाइएकामा असन्तुष्ट एक नेताले व्यंगात्मक शैलीमा काठमाण्डु टुडेसँग भने ।
      अर्का एक पदाधिकारीले भने लामालाई बाध्यताबस सभासद बनाउनुपरेको जिकिर गरे । ‘उनलाई सभासद सिफारिस गर्दा विरोध हुन्छ भन्ने हामीलाई थाहा थियो’, उनले भने, ‘तर बनाउनै पर्ने बाध्यता आइलग्यो ।’ तर कस्तो बाध्यता भन्ने जिज्ञाशामा ती नेताले केही खुलाउन चाहेनन् ।
      एमाओवादीले मन्त्रिपरिषदबाट नियुक्त हुने २६ मध्ये पार्टीको कोटामा लामालाई सिफारिस गरेको हो । त्यसबारे निर्वाचन आयोगले सूचना जारी गरेपछि विरोध भएको हो ।
      नेपाली सुरक्षा निकायले लामा चीनविरोधी गतिविधमा लाग्दै आएको रिपोर्ट तयार पारेर राखेका छन् । तर राजनीतिक पहुँचका कारण उनलाई कसैले छुन सकेको छैन ।
      स्वतन्त्र तीब्बतको पक्षमा रहेको खुलेपछि लामालाई एमालेले पार्टीबाट निष्काशन गरेको थियो । एमालेले निकालेपछि लामा दोश्रो संविधानसभाको मुखैमा प्रचण्डको हातबाट टीका लगाएर एमाओवादी छिरेका थिए ।

       http://kathmandutoday.com बाट साभार 
      ====================================================
      ====================================================


      ल्हाक्र्याल लामालाई सभासद बनाएर आन्दोलनमा कस्तो उर्जा आउला कमरेड ?



      -विष्णु रिजाल


      lyarkal-lama


      एमाओवादीले संविधानसभामा रिक्त एक सिटमा ल्हाक्र्याल लामालाई सभासद् बनाएपछि अहिले सबभन्दा चर्को विरोध उसैका कार्यकर्ताले गरिरहेका छन् । अघिल्लो संविधानसभामा एमालेबाट सभासद् रहेका ल्हाक्र्याल एमालेले एकपटक समानुपातिकबाट सभासद् भएकालाई नदोहोर्याउने नीति पारित गरेपछि चुनावको मुखमा रातारात एमाओवादीमा छिरेका थिए ।
      उनलाई त्यहाँ समानुपातिक सूचीमा पनि राखियो तर निर्वाचनमा एमाओवादीको आकार खुम्चिएका कारण उनले त्यतिबेला मौका पाएनन् । एमाओवादी पराजित हुनुमा अरु धेरै कारणहरुका अलावा उसका कार्यकर्ताले भन्दै आएका छन्, पार्टी ठूलो बनाउने नाममा झारपात भित्र्याइयो, त्यसबाट पार्टीको आकार ठूलो नभएर सुन्निएको रहेछ । चुनावमा त्यही परिणाम देखियो ।
      एमाओवादीले आन्दोलन घोषणा गरेको छ । नेताहरुको कार्यविभाजन गरेर मोर्चामा खटाएको छ । र, भनिँदैछ, जो आन्दोलनमा आउँदैन, त्यसको सदस्यता खारेज गरिनेछ । अझ उक्त पार्टीका अध्यक्ष पुष्पकमल दाहाल आफ्नै टाउकोबाट रगत बगाउन तयार रहेको भन्दै कार्यकर्तालाई उत्तेजित पारेर सडकमा निकाल्ने भगीरथ प्रयत्नमा छन् । यस्तो बेलामा विवादास्पद ल्हाक्र्याललाई सभासद् बनाउन किन खोजियो होला ? यसबाट आन्दोलनमा कस्तो ऊर्जाको अपेक्षा एमाओवादी नेतृत्वले गरेको होला ? आइतबार ल्हाक्र्याल सभासद् नियुक्त भएयता सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा व्यक्त प्रतिक्रिया मात्रै हेर्दा पनि एमाओवादी नेतृत्वले आफ्नो निर्णय कस्तो रहेछ भन्ने थाहा पाउनुपर्ने हो ।
      सबभन्दा बढी दुःख पाएका कार्यकर्ता एमाओवादीका छन् । मूल नेतृत्वले भारतको दिल्ली र नोयडा वरपर आरामदायी जीवन बिताइरहेको बेला तिनले गाउँघरमा त्रासदीपूर्ण जीवन बिताएका छन् । राम्रो नराम्रो आफ्नो ठाउँमा छ, तिनले लडेका छन्, भिडेका छन् । कतिले हातखुटटा गुमाएका छन्, कतिले सन्तान गुमाएका छन्, कतिले अभिभावक गुमाएका छन् । अवसर आउँदा प्राथमिकतामा ती नपर्दा स्वाभाविक रुपमा आक्रोश उत्पन्न हुन्छ । हेमन्त वलीहरुलाई पाखा लगाएर रविन्द्रप्रताप शाहहरुले अवसर पाउँदा नेतृत्वको विवेकमाथि स्वाभाविक प्रश्न उठ्छ । हिजो ज्यान दिन तयार भन्दा ज्यान लिन प्रयासरतहरु कसरी एमाओवादीको प्राथमिकतामा पर्छन् ?
      एमाओवादीका एकजना कार्यकर्ता छन्, गंगाबहादुर लामा । कहिलेकाहीँ उनीसँग बागबजारतिर भेट पनि हुन्छ । युद्धमा लागेर खुटा गुमाएका ती योद्धाले आफ्ना दुःखका सुस्केरालाई समेटेर एउटा किताव पनि लेखेका छन् । त्यस्ता कार्यकर्ताको सायद आज प्रचण्डसँग भेट पनि दुर्लभ हुन्छ होला ।
      राजतन्त्र छउञ्जेल हालीमुहाली गरेका सूर्यबहादुर सेन ओलीदेखि एमाओवादीविरुद्ध सैनिक कारवाहीका योजनाकार कुमार फुदोंगसम्मले एमाओवादीबाट सभासद् हुने मौका पहिल्यै पाइसकेकै हुन् ।
      ल्हाक्र्याल लामाका कारण एमालेमा पनि ठूलो विवाद भएको थियो । ०६४ सालको संविधानसभाको निर्वाचनका बेला उनको नाम समानुपातिक सूचीमै राख्नु हुँदैन भनेर एमालेका जनजाति कार्यकर्ताले ठूलै दवाव दिएका थिए । उनी शंकास्पद व्यक्ति हुन् र उनी एमालेसँग आवद्ध नै छैनन् भन्ने आवाज नेतृत्वसम्म पनि नपुगेको होइन । तर, के कारणले हो, उनी एमाले नेतृत्वको नजरमा परे र सभासद् भइछाडे । उनको प्रगति त्यतिमा सीमित भएन । जब झलनाथ खनाल प्रधानमन्त्री बने, त्यसपछि उनले दुनियाँलाई नै आश्चर्यमा पर्ने गरी अर्थराज्यमन्त्री पड्काए । पार्टीमा त खनालले कुनै कुरा पनि छलफल गर्दैनथे नै, स्वयम् उनलाई साथ दिइरहेका नेताहरुले पनि त्यो कुरा थाहा पाएनन् । त्यतिबेला निकै प्रश्न उठेपछि खोइ, रविलक्ष्मी चित्रकार (खनालपत्नी) ले बनाउनुभएको रहेछ, हामीलाई थाहा भएन भन्ने जवाफ सुन्न पाइन्थ्यो । पछि साह्रै भएपछि उनी राजीनामा दिन बाध्य भएका जिथए ।
      आज तिनै पात्र पुष्पकमल दाहालका लागि पनि प्रिय बनेर सभासद् चयन भएका छन् ।
      आवरणमा उनी भिक्षु जस्ता देखिन्छन् । पोशाक पनि त्यस्तै लगाउँछन् । तर, उनका धन्दा एक होइन, अनेक छन् । होटलदेखि अनेक अरु क्षेत्रमा उनको लगानी छ । भारतदेखि अमेरिकासम्मका विभिन्न प्रकारका संस्थाहरुमा उनको संलग्नता छ । सारमा, उनीसँग अकूत पैसा छ । अदृश्य स्रोतबाट जम्मा भएको त्यही पैसाको मोहनीमा आफूलाई क्रान्तिकारी पार्टी भन्नेका नेताहरु पनि परेका देख्दा आज सबभन्दा बढी चित्त एमाओवादीका कार्यकर्ताको दुःखेको छ ।
      जब नेतृत्व प्रत्यक्ष रुपमा आर्थिक पक्षसँग जोडिन्छ, तब उसमाथिको आस्था स्वतः स्खलित हुन्छ । हिजो बाबुराम भटराई प्रधानमन्त्री हुँदा हिसिला यमीले बालुवाटारमा गड्यौला धन्दा नचलाएको भए सायद उनकै सहयात्रीले साथ छोड्ने थिएनन् । अनि पुष्पकमल दाहालको आर्थिक जीवन पारदर्शी भएको भए उनीमाथि यति धेरै आरोप पनि लाग्ने थिएनन् । अजय सुमार्गीदेखि मीनबहादुर गुरुंग र उपेन्द्र महतोसम्मको उनको सामिप्यता कुन वर्गीय प्रेम अन्तर्गत पर्छ ?
      सबै गतिविधि हेर्दा लाग्छ, पुष्पकमल दाहाललाई कुनै मनोबैज्ञानिक त्रासले लखेटिरहेको छ । शाहीकालीन मुख्यसचिव लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाउन दाहालको कुन इन्द्रिय किन सक्रिय भयो होला ? रुक्मांगद कटवाललाई कारबाही गर्दा जनआन्दोलनको दोषीको हवाला दिने दाहालले त्यही जनआन्दोलनका दोषीलाई नै अख्तियारमा राख्ने के बाध्यता पर्यो होला ?
      आज पार्टीले एउटा मात्र अवसर पाउँदा ल्हाक्र्यालले प्राथमिकता पाउनुपर्ने आर्थिक लाभबाहेक अरु कुनै कारण देखिँदैन । विभिन्न देशका नागरिकता धारणा गरेको, गुप्चतर संस्थाहरुसँग हिमचिम रहेको, अपारदर्शी र रहस्यमय जीवनशैली भएको एकजना विवादास्पद पात्रका पछाडि एमाओवादी सती जानुपर्नाको अरु कारण के हुन सक्छ र ?
      पुष्पकमल दाहालले अर्को वर्षबाट एमाओवादीको नेतृत्व छोड्ने घोषणा गरेका छन् । यस आधारमा हेर्दा उनी अब राजनीतिको शीर्ष स्थानमा रहने छैनन् । राजनीति सकिँदै जान थालेपछि नेताहरुमा अन्तिममा आफ्ना लागि केही गरिहालौँ भन्ने हुँदोरहेछ जस्तो लाग्छ । झलनाथ खनालले पार्टी सचिवलाई हटाएर आफ्नो स्वकीय सचिवलाई त्यसै मन्त्री बनाएका होइनन् होला ।
      निष्कर्षमा भन्दा, पुष्पकमल दाहालमा राजनीतिक पक्ष गौण र आर्थिक पक्ष हाबी हुँदै गएको देखिन्छ । उनका अपारदर्शी आर्थिक सम्बन्धका कडीहरु यसरी नै एकपछि अर्को गर्र्दै खुस्किँदै गएका छन् । थाहा छैन, यस यात्राको अन्तिम पटाक्षेप कहाँ पुगेर हुने हो ?

      www.kathmandutoday.com बाट साभार 
      ========================================
      ========================================



      एमाओवादी पार्टीलाई सहयोग गरेको, समानुपातिकमा परेको अनुहार हेरौँ

      आफू डाक्टर रहेको प्रमाण उनले यसलाई देखाउने गरेका छन्-

      भर्ना नम्बर १०० हुनु, डक्टरेट उपाधि दिइयो भन्ने प्रमाणपत्रमा नै डाक्टर ल्हारक्याल लामा भनी ब्राकेट भित्र नाम लेखिनुले यसमा शंका गर्नुपर्ने ठाउँ देखिन्छ। उनले पढेको यो इन्स्टिच्युटमा पढ्नका लागि न्युनतम योग्यता स्कूलमा कक्षा आठ पास गरेको हुनुपर्ने रहेछ।
      महान् ‘कान-तिखारी’ तीन पटक फुटिसकेको एकीकृत माओवादीले एक महान् व्यक्तित्वलाई समानुपातिक सभासद्का लागि सिफारिश गरेको छ। देशै भर आन्दोलन गर्ने तयारीमा रहेका कामरेडहरु पेरिसडाँडामा झण्डै हात हालाहालको स्थितिमा पुगेको समाचार नसेलाउँदै आज एउटा अर्को समाचार आयो- कामरेडहरुले डा. ल्हारक्याल लामालाई समानुपातिक सभासद्‌‌मा सिफारिश गरेछन्। यसले संविधान सभा छाडेर हिँड्छु भनेर धम्क्याइरहेको पार्टीको असली नियत खुलासा गरिदिएको छ। को हुन् त यी लामा ? माइसंसारका पुराना पाठकलाई थाहै होला। नभए पुराना ब्लग फेरि एक पटक।
      अघिल्लो संविधान सभामा उनी एमालेको समानुपातिक सभासद बनेका थिए। समानुपातिक सभासदका लागि नाम सिफारिश गर्दा सिन्धुपाल्चोक जिल्लाबाट दुई जनाको नाम पठाइएको थियो, डोल्मा तामाङ र ल्हारक्याल लामा। पार्टीको सदस्य नै नरहेका अपरिचित व्यक्तिलाई सभासद सिफारिश गरिएपछि उतिबेला पनि जिल्लाका नेता-कार्यकर्ताले विरोध गरेका थिए। गाइँगुँइ सुनिएको थियो- आर्थिक लेनदेनका कारण उनले सभासद पद पड्काएका हुन्। नत्र कांग्रेसका खुँखार खुमबहादुर खड्का स्थानीय विकास मन्त्री हुँदा गुम्वा विकास तथा व्यवस्थापन समितिको अध्यक्ष बनेर विवादमा आइसकेका व्यक्तिलाई सजिलै एमालेको सभासद् पद किन चिठ्ठा पर्थ्यो र !
      ल्हारक्याल लामालाई एमालेमा भित्र्याउन महत्वपूर्ण भूमिका खेलेका थिए, एमाले अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा र काठमाडौं महानगरपालिका सव–इन्जिनियर गम्भीरलाल श्रेष्ठले। एमाले सिन्धुपाल्चोकका नेता समेत रहेका गम्भीरलालको भेट ल्हारक्यालकै घरको नक्सा पास गर्ने बेलामा भएको थियो। उनै श्रेष्ठले नै ल्हारक्याललाई बोहोरासित भेटाइदिएका थिए। त्यसपछि उनी खाँट्टी एमाले कार्यकर्ता बने।
      बोहोरा कै सिफारिशमा उनी समानुपातिक सभासदमा सिफारिस भए। सभासद भइसकेपछि मात्रै उनले एमालेको संगठित सदस्यता लिएका थिए। संगठित सदस्यहरुले सामूहिक रुपमा शपथ लिने परम्परा छ। तर ‘दाम’को अगाडि ‘साम’को के जोर चल्नु ! उल्टै उनले एमालेका केही उच्च नेतालाई आफ्नै निवास महाराजगन्जमा निम्त्याए। अनि त्यहीँ सपथ लिए।
      झलनाथ खनालको प्रधानमन्त्री कालमा उनी अर्थ राज्यमन्त्री बने।
      अर्थ राज्यमन्त्री नेपालको भए पनि भारतको नागरिक भनी A2129812 नम्बरको भारतीय पासपोर्ट र तिब्बतको नागरिक भनी भारतबाटै तिब्बती शरणार्थी कार्ड लिएका उनको नेपाली नागरिकताको विवरण पनि फेला परेको छ। उनको नेपाली नागरिकतामा यस्तो विवरण रहेको छ-
      नाम: चारक्याल लामा ,
      ठेगाना: सिन्धुपाल्चोक जिल्ला, हेलम्बु गा.बि .स., वार्ड नम्बर ६ , मेलम्ची गाउँ
      नागरिकता नम्बर: ६३६९, जारी मिति: २०५०/१०/१९
      बुवाको नाम: पासांग फुपा

      उनको भारतीय पासपोर्ट
      नागरिकता विवादमा परेपछि लामाले अर्थ राज्यमन्त्रीबाट राजीनामा दिएका थिए। त्यसपछि दोस्रो संविधान सभामा अचानक उनी एमाओवादी समानुपातिक सूचीमा परे। अनि आज अचानक उनैलाई सिफारिश गरेर समानुपातिक सभासद् बनाइदिए।
      बिचरा युद्धकालमा ज्यान जोखिममा राखेर हिँडेका एमाओवादीका कार्यकर्ताहरु फेसबुकमा यसरी तीतो पोखिरहेका छन्-
      17 comments to एमाओवादी पार्टीलाई सहयोग गरेको, समानुपातिकमा परेको अनुहार हेरौँ

      • Nandalal
        यसको कुरा गरेर के साध्य छ र ? थुप्रै तिब्बतीलाई अमेरिका लैजान्छ भनि करोडौं कुम्ल्यायो, भक्तपुरका सल्ला काटेर बेच्यो, रक्तचन्दनको नाइके पनि यो हो / यसको पुर्ख्यौली सम्पति, आयश्रोत, अहिले मौज्दात सम्पति जाँच्ने हो भने यो सिधै जेल जानु पर्छ / पसलमा समान किनेर नतिरेका पनि थुप्रै पसल छन् / यसले अमेरिका चाइनाको दोहोरो एजेन्ट भएर दुवै तिर बात पैसा खाएको छ /
        लोकमानको आँखा यसमा पनि परोंस /
        मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0
      • Bishnu acharya
        ल्यारक्याल लामा , उनी महान पनि हुन, नेपाल को राजनीति मा नेपाली कांग्रेश , एमाले , र माओवादी सबै बाट नाफा लिने, सबै लाई प्रभाव पर्न सक्ने सबै बाट साना ठुला नियुक्ती लिना सक्ने उन्को तारिफ जती गरे पनि कम् हुन्छ, बरु कसरी त्यसो गर्न सकिन्छ त्यो सिकौ, बिचरा प्रचन्ड लाई यो मुद्दा मा एक्लो नपारौ, झलनाथ खनाल, खुम बहादुर अनी सुजाता कोइराला लाई पनि सोधौ , उनी आज मात्र होइन हिजो पनि बिवादित् थिय, अरुले सवासद एवम मन्त्री नियुक्ती गर्दा हो हल्ला नहुने, प्रचन्ड ले सवासद मात्र नियुक्त गर्दा मात्र किन यस्तो?? यो नियुक्ती मात्र होइन समग्र नेपाली राजनीति को एक आम प्रब्रिती होइन र?? सबै ले यो प्रब्रिती को अाफ्नो पार्टी मा बिरोध गरौ , अर्काको पाटि को कमेन्ट बन्द गरौ
        मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0
      • subash
        कस्तो गणतन्त्र प्रजातन्त्र हो नेपालमा ! यो समानुपातिक सभाषद नै खारेज गरिनु पर्छ र सबै सभासद चुनावनै जितेर आउनु पर्छ |
        मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 0
      • ekraj
        ल्हारक्याल लामा त कांग्रेस, एमाले र मावोबादी का कुख्यात फटाहा र जाली हरु को पनि गुरु होला जस्तो रहेछ र इनिहरुलाई किन्न सक्ने क्षमता भएको जस्तो देखिन्छा|
        कतै ओली लाई उछिनेर प्रधान मन्त्रि नै पड्काउने त होइन?
        तर एमाले भित्र नभएको ले साएद ओली ले दिने ८-१० अरब को केहि हिस्सा लिन मायोबादी
        पसेको होला?
        कसरि पार्टीहरु स्खलित हुदैछन यस्तै फटाहा र जलिहरुको जमात भएर|
        मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0
      • shyam
        लार्क्यल लामा कांग्रेसको एमालेको हुदै एमाओबादीको कोटामा पर्न सफल कुकुर बाट स्याल हुदै ब्वाँसो बनेछ | कुकुर बफादार हुन्छ तर कांग्रेस बफादार छैन, स्याल धुर्त हुन्छ एमाले चतुर र धुर्त छ एमाओबदि ब्वासो थियो तर आज उसको दारा बंगारा काटिएको छ|
        मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0
      • xyz
        एस्लाई भानिन्छा “क्रम्भंगतामा निरन्तरता र निरन्तरतामा क्रमभंगता” Now, this will awaken the Maoists who have gone into deep slumber. Thuuka, Maobadi, you people are nothing more than a big kalanka of Nepali people, shame on you, shame on Dr Baburam Bhattarai. Thukka, Thukka, Thukka
        मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 0
      • KHAGENDRA
        ओली ले माओबादी लाई पैसा मा बिक्ने पार्टी भनेको ठिकै होकी के हो ?
        मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 1
      • Sisir
        अर्को पटक सद्भावना पार्टी बाट संसद हुन्छन यी लामा . राजेन्द्र महतोलाई पनि पैसाको सख्त जरुरत छ .
        मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 0
      • Samyam
        A doctor degree certificate is not like Ga.BI.Sa. sipharis in a letter pad. It is with special printing.
        This certificate is 1000% fake.
        Maobadi pani fake nai ho huna ta.
        मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 1
      • hridaya
        काल तीन प्रकारका हुन्छन्- १. सङ्कटकाल, २. वर्तमानकाल, र ३. ल्यारकाल !
        बिट्टाको अगाडि बगिहाल्छ र्याल !
        अनि लालसलाम कमरेड ल्यारक्याल !!
        किन गर्नुपर्यो बिबेकको ख्याल !!
        यस्तै तालले त डमरु बन्छ स्याल !!
        “टाउको फुटाएर गल्ती सच्याउन चाहन्छु, घाउको चिन्ता छैन लारक्यालले उपचार गरिदिनेछन्! “-मिस्टर योद्दा
        यसै पोस्टको अन्त्यमा उल्लेखित मित्र Manarishi Dhital ज्यु को facebook बाट साभारhttps://www.facebook.com/manarishi.dhital?fref=nf&locale2=en_GB&__tn__=C
        मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0
      • Netra Prasad Paudyal
        सायद जनयुद्धमा हतियार बोकेका कार्यकर्ताबाट प्रचण्डलाई नै खतरा भयो। बन्दुक नेता तिर नै सोझिन लागे भन्ने एकपटक खबर अाएको थियो नि केहि बर्ष अघि। त्यसैले होला, अब यस्तै बहुनाम धारी, ल्यारकाल लामा जस्तालाई नेता बनाए पछि प्रचण्ड-बाबुराम समुहको कर्तुतको रक्षा हुन्छ भनेर होला।
        —–
        प्रचण्ड-बाबुराम समुहलाई फ्रिमा एउटा सानो सुझाव:
        पहिलो संबिधान सभाको चुनावमा, काठमाण्डौंबाट माधव नेपाललाई हराएर माअोवादीका एकदम साधारण, कुनै चर्चामा नरहेका नेता झक्कु सुबेदीले जितेका थिए। झक्कुले चुनाव जित्दा, जन्ता पनि खुसि भए, माअोवादीका हिजो बन्दुक बोकेका कार्यकर्ता पनि खुसि भए। यस्ले पार्टीमा केहि जीवन प्रवाह गर्न सहयोग गर्यो। तर बिस्तारै माअोवादी बिगरियो। यस्ले अाफ्ना पार्टीमा जीवन अर्पित गरेका कार्यकर्तालाइ बिर्सन लाग्यो र कहिले एमाले कै राम चन्द्र झा र कहिले अब ल्यारकाल जस्ता एकदम बिवादित मान्छेलाई सभासद सम्म बनाउदै छ। होईन कति सस्तो भयो यो सभासद पद पनि! यस्तै हुदै गयो भने, कार्यकर्ताको मनोबल झन घट्न जान्छ भन्ने कुरा कति नबुझेका होलान! प्रचण्डेको अलिकति पनि बुद्धि भएको भए उस्ले पार्टी भित्र अरू झक्कुहरूको पहिचान गर्ने थियो र उनिहरूलाई अगाडि बढाउने थियो। तर उस्ले त बाहिर बाट भक्कु हसुरेकाहरूलाई पार्टीमा छिराउदै, अाफ्नो पार्टीमा दश बर्ष सम्म लडेका कार्यकर्तालाई कतार र खाडि मुलुक तिर मजदुरि गर्न पठाउन लाग्यो। बेलौमा होस गरौ है राजनितीलाई पेशा बनाएका कमरेडहरूले!(अाजको मेरो कमेन्ट अलि असभ्य लेखेकोमा म अाफै दुखित छु, माफ पाउँ है साथिहरू!)
        मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 0
      • कमी लामा
        यो सर्टिफिकेट चाहिं यो व्यक्तिले उक्त स्कुल भनौ या गुम्बाको लेटर प्याड चोरेर आफै बनाएको हो रे ! पढेकै होइन रे ! सम्पर्क गरेर सोध्दा पनि थाहा हुन्छ |यो कुरा नेपालका धेरै लामालाई पनि थाहा छ |यो डुप्लिकेट कागज भन्ने प्र.बि.का बिद्यार्थी ले पनि सजिलै भन्न सक्छन |
        मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 0
      • bibek dhakal
        माओवादी पार्टिको नैतिक विचलनको पराकाष्ठा हो यो. धिताल जी के सदस्यता खोसिने भनेर डराउनु हुन्छ, अब यस्तो पार्टीको सदस्य भैराख्नु को मतलब पनि के र? बरु प्रचण्ड चाही डराउनु पर्छ कुन दिन तपाइँ हरु मध्ये एकबाट पहिलेको जस्तै झापड खानु पर्ने हो कि भनेर.
        मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 0
      • madan bajracharya
        नेपालको बहुसंख्यक नागरिकहरुले चाहे अनुसार होइन हामीले चाहे अनुसारनै संबिधान बन्नु पर्छ/ नेपाल भोलि असफल भय होस् अहिले हाम्रो पार्टीनै सफल बनाउनु पर्छ/नेपालको ईतिहास मिते मितोस नेपालको भूगोल बिग्रे बिग्रोस, तर हाम्रो इत्तिहास मितिनु हुँदैन हाम्रो पोजिसन बिग्रनु हुँदैन/ हाम्रो लोकतन्त्रमा हाम्रो समर्थकहरु मात्रै “लोक” भयको हामि ठान्छौं/हामीलाई मत नदिनेको मत बहुमत हामि मान्दैनौ/ हाम्रो लोकतन्त्रमा हामीलाई समर्थन गर्ने मात्रै नेपालको नागरिकहो/हामीलाई समर्थन गर्नेको हामि नागरिकता हेर्दैनौ/ हामीलाई दिनेले नेपालको तराइ लिय पनि हामि बिरोध गर्दैनौ/ हामि नअट्ने न समेटिने नचुनिने केहि पनि हामि मान्दैनौ/ यस्तो नीति लिने बात………..के आश्चर्य गर्ने?
        मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0
      • Kedar
        ::::::::::गरिब जनता र जातिय मुक्तीको नारा दिएर नथाक्ने, एमालेलाई सराप्नु नै धर्म हो भन्ने माहान क्रान्तीकारी कामरेडहरु अब भन्नुहोस के हो ? कसका र के का लागी लड्नु हुँदैछ ?
        ::::::::::घरी घरी छोड्ने र घरी घरी यो र उ नभए सम्म संबिधानसभा फर्किंदैनौ भन्दैछ एकातिर अनी अर्को तिर आफैंले खैरो खनेको ल्हारक्याल लामालाई येतीखेरै संबिधानसभा सदश्य मनोनयन किन गर्दैछ |
        :::::::::::कसरी यो मनोनयन माहान पार्टीले भने जस्तो गरिब जनता, आदीबासी जनजाती, मधेशी र पार्टीको लागी मरी मेट्ने कार्यकर्ताको पक्षमा छ भनेर प्रमाणित गर्न सक्नु हुन्छ ? हुती भएको कोही क्रान्तीकारी हुनुहुन्छ भने सम्झाउनुहोस् हामीलाई |
        मन परे हरियो नपरे रातो ! Thumb up 13 Thumb down 1
        • bibek dhakal
          अरु सबै ठिक छ तपाइको कमेन्टमा तर ‘….एमालेलाई सराप्नु नै धर्म हो भन्ने माहान क्रान्तीकारी कामरेडहरु….’ लेख्नुको अर्थ के?
          एमाले मात्रै के चोखो र राम्रो हो र माओवादी भन्दा ? कि कार्यकर्ता पर्नु भो एमालेको र चित्त दुख्यो सारै ? :D गुण्डाहरुको संरक्षक अध्यक्ष हुने र गुण्डा लाइ मन्त्रि बनाउने पार्टीलाई सराप्न क्रान्तिकारी वा माओवादी नै हुनु पर्दैन जस्तो लाग्छ है …म त एक आम नागरिक को हिसाबले नै सराप्छु. माथिको कामको लागि चाही माओवादीलाई र उसको अध्यक्ष कमरेडलाई सराप्छु.
          मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 4
      • jasmine
        यिनीहरुको भनाइ र गराई को अन्तर देख्दा पनि “……..भन्दा देख्ने लाइ लाज” भन्ने उखान तेसै त बनेको होइन रहेछ भन्ने लाग्छ…नकचराहरू…यस्ताले अझै आन्दोलन गरेर जनता लाइ अधिकार दिने अरे ..नेपालका पिलोहरु जसले कहिलै चैन संग बस्न दिन्न नेपाली जनता र नेपाल लाइ…
        मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 0





      www.mysansar.com बाट साभार

      ==================================
      ==================================


      साभार ...


       ( अाहुतिकाे फेसबुक वालबाट )


      प्रिय पोष्टबहादुर"दिवाकर",
      तिमी भन्थ्यौ,"दुइटा हात्ती मिले पनि नमिले पनि तोरी बारी ध्वस्त पार्छन्!" तर यसपाली तिम्रो यो आरोपलाई छल्न होला सायद हात्तीहरूले मिलेर तोरीबारीतिर ध्यानै दिएनन् बरू मिस्टर माननीय लारक्याललाई पो जन्म दिए! तिमी पनि छक्क हामी पनि छक्क!!




      ==========================================================
      ==========================================================


      ( मातृका पोखरेलकाे फेसबुक वालबाट ) 


      कम्युनिस्ट आन्दोलनमा लाग्दा सपनाका केही जुलुसहरू थिए आफ्नो अघिल्तिर। आखिर सपनाहरू त अहिले पनि ज्युदै छन्। तर आफू हिड्ने बाटोको अघिल्तिर आफ्नो सपनालाई भताभुङ्ग बनाउने नयाँ नयाँ दृश्यहरू एक पछि अर्को गर्दै आईरहेका छन्। केही वर्षदेखि सपनाहरू बिग्रिरहेका छन्। आज फेरि बिग्रिएको सपनाको एउटा नयाँ दृश्य अघिल्तिर आयो। आजको यो दृश्यमा बडेमाको शरीर भएको एउटा मान्छेले नेपालको प्रगतिशील समाज रूपान्तरणका निम्ति आफ्नो सम्पूर्ण जीवन अर्पिएका अमिक शेरचन, शक्ति लम्साल, निनु चापगाईं, घनश्याम शर्मा पौडेल , रामेश , रायन , गङ्गा लामाहरू बसिरहेको ठाउँ बाट गलहत्याउदै बाहिर निकालेर बाबुराजा ओझा , शम्भुलाल श्रेष्ठ , रेखा थापा , ल्यारक्याल लामा लगायतको एउटा समुदायलाई फूलमाला र अबिरले स्वागत गरिरहेको थियो। सपनामै ल्यारक्याल लामाले हामीलाई प्रशिक्षण दिदै भन्दै थिए ……… " अब हाम्रो महान तथा गौरवशाली पार्टीले समाजवादी क्रान्ति सम्पन्न गर्नका यो यो बाटोबाट हिड्नुपर्छ ………………………. . । "
       त्यसैबेला कुनै साथीले मलाई झकझक्याउदै व्युझायो र भन्यो - " अब ढिला भयो उठ्नु पर्छ। "


      ===============================================
      ===============================================
      (डी.आर. पौडेल  काे फेसबुक वालबाट) 
      ताको विवेकमा बिर्को लागेपछि लारक्याल लामाजस्ता व्यक्ति सभासद् बनाइन्छन् । जीवनभर निष्ठाको राजनीति गर्नेहरु पाखा पारिन्छन् र अपमानित हुन्छन् । शम्भु पासवान हजारा, जो मधेसी दलित समुदायका व्यक्ति थिए, सर्वहारावर्गका प्रतिनिधिपात्र थिए, उनलाई विस्थापन गरेर पार्टीका नेताले लारक्याललाई उभ्याए ।

      ==============================================
      ==============================================
      ( नारायणकाजी श्रेष्ठको फेसबुक वालबाट) 
      ल्हार्क्याल लामा लाई सभासद बनाउने गलत निर्णय सर्बसम्मतिमा भएको भनी गरिएको प्रचार झुठो हो। पार्टीभित्र मेरो गम्भीर बिरोध तथा असहमतिका बाबजुद बहुमत बाट यो निर्णय भएको हो। म अझै पनि यो निर्णय गलत छ भन्नेमा द्रिढ छु।
      ================================================
      ================================================
      (जागृत रायमाझीको फेसबुक वालबाट) 
      पहिचान + सामर्थ्य = संघीयता
      पहिचान = बहुपहिचान
      बहुपहिचान = ३ देशको पासपोर्ट
      ३ देशको पासपोर्ट = ल्यार्‍क्याल लामा
      ल्यार्‍क्याल लामा = बहुपहिचान !
      सामर्थ्य = अर्थ
      अर्थ = कालो धन + तस्करी
      कालो धन + तस्करी = ल्यार्‍क्याल लामा
      ल्यार्‍क्याल लामा = सामर्थ्य !
      पहिचान = ल्यार्‍क्याल लामा,
      सामर्थ्य = ल्यार्‍क्याल लामा !
      पहिचान + सामर्थ्य = ल्यार्‍क्याल लामा !!

      (जागृत रायमाझीको फेसबुक वालबाट) 

      बिट्टाको अगाडि बगिहाल्छ र्‍याल !
      अनि लालसलाम कमरेड ल्यारक्याल !!
      किन गर्नुपर्‍यो बिबेकको ख्याल !!
      यस्तै तालले त डमरु बन्छ स्याल !!
      ===========================================================
      ===========================================================
      (सुरेश नेउपानेको फेसबुक वालबाट) 
      १.  समाजबादी क्रान्ति को पहिलो चरण पूरा ।बधाई लार्क्याल लामा ।बधाई क.प्रचण्ड ।
      . यो हो पहिचानको राजनीति ।जतिसुकै बिबादास्पद भयपनी लर्क्याल लामालाई सभासद बनाइ छाड्यो पार्टिले।क्याबात क.प्रचण्ड !!!!
      ===================================================
      ===================================================




      हस्ताक्षर कीर्ते गरेर ‘मालदार’लाई सभासद बनाइयो : प्रभु साह

      'मधेसी, गरीब र दलितको साह्रै उपहास भयो'

      २७ माघ, काठमाडौं । एमाओवादीका पोलिटब्यूरो सदस्य प्रभु साहले ल्यारक्याल लामालाई सभासद बनाउँदा केन्द्रीय सदस्यहरुको हस्ताक्षर कीर्ते गरिएको भन्दै आपत्ति जनाएका छन् ।
      Prabhu Shah
      प्रभु साह
      सिंहदरबारमा मंगलबार पत्रकार सम्मेलन गर्दै एमाओवादी नेता साहले मधेसी दलितको कोटा खोसेर ‘मालदार’ एवं विवादास्पद व्यक्तिलाई सभासद बनाइएको भन्दै एमाओवादी नेतृत्वको आलोचना गरेका छन् ।
      ‘पार्टी केन्द्रीय समितिको बैठकमा प्रस्ताव एवं छलफल त के, सामान्य जानकारी नै नगराएको विषयलाई केन्द्रीय समितिको निर्णय भनेर केन्द्रीय सदस्यको हस्ताक्षरसहितको पुस्तिका निर्वाचन आयोगमा पेश गर्नुलाई चरम लापरवाही, अविश्वास एवं भद्दा छलछामबाहेक अरु के भन्ने ?’ साहद्वारा जारी वक्तव्यमा भनिएको छ, यसले केन्द्रीय समितिको अपमानमात्र गरेको छैन, सिंगै पार्टीलाई नै नैतिक कठघरामा उभ्याइदिएको छ  ।’
      एमाओवादी नेता साहले भनेका छन्- ‘मधेसी त्यसमा पनि दलित कोटालाई जबरजस्ती खोसी मालदार एवं विवादास्पद व्यक्ति ल्यारक्याल लामालाई गरेको नियुक्तिको सिफारिसले सिंगै पार्टीको मधेसीप्रतिको प्रतिवद्धता एवं गरीब दलित प्रतिको प्रतिवद्धताको साह्रै उपहासमात्रै गरेको छैन, प्रचलित कानूनको समेत उल्लंघन भएको छ ।’
      पार्टीले यसअघि पूर्वमन्त्री एवं पूर्व सभासदलाई सिफारिस नगर्ने भनी गरेको निर्णय उल्लंघन भएको साहले बताएका छन् । साहले ल्हारक्याललाई सभासद बनाउने निर्णय तत्काल सच्याउन नेतृत्वसँग माग गरेका छन् ।
      laharcal-lama
      ल्यारक्याल लामा
      नेताले जे पनि गर्न सक्दारहेछन्
      ल्यारक्यालविरुद्ध आयोजित पत्रकार सम्मेलनमा साहले एमाओवादीविरुद्ध तराई मधेसमा ठूलो माहोल बन्दै गैरहेका बेला पार्टीको यो निर्णयले त्यसलाई थप बल पुर्‍याएको बताएका छन् ।
      उनले मधेसी दलित कोटामा गरिएको यो नियुक्तिलाई स्वीकार्न नसकिने बताए । यो घटनाले  कीर्ते हस्ताक्षर गरेर नेताहरुले जे पनि गर्न सक्दा रहेछन् भन्ने कुरा देखिएको भन्दै उनले आफ्नै नेतृत्वको आलोचना गरे ।
      हेर्नुहोस् साहको विज्ञप्ति-
      lyarkal

























      http://www.onlinekhabar.com बाट साभार
      २०७१ माघ २७ गते १५:४३ मा प्रकाशित

      ==========================================
      ==========================================



      ल्यारक्यालबारे एमाओवादीका तीन उपमा : जुम्रो, विज्ञ र ‘मालदार’

      पार्टीभित्र यसरी सल्कियो अन्तरविरोधको आगो


      २७ माघ, काठमाडौं । एमाओवादी नेताहरुले ल्यारक्याल लामाबारे मंगलबार तीन किसिमका विम्ब र उपमा सार्वजनिक गरे । कसैले यो विवादलाई जुम्रोसँग तुलना गरे भने कसैले उनलाई ‘विज्ञ’को संज्ञा दिए ।

      Lharkyal-Lama















      फाइल फोटोः ल्यारक्याल लामालार्इ पार्टी प्रवेश गराउँदै प्रचण्ड


      एमाओवादी नेता डा. बाबुराम भट्टराईले सभासदमा ल्यारक्याल लामाको नियुक्तिसम्बन्धी विवादलाई ‘जुम्रा’को संज्ञा दिए भने पार्टी प्रवक्ता दीनानाथ शर्माले उनी विज्ञ भएकाले सभासद बनाइएको भन्दै विज्ञप्ति निकाले । अर्का नेता प्रभु साहले चाँहि लामालाई ‘मालदार’ व्यक्तिको संज्ञा दिए ।
      विवादास्पद छविका लामालाई पार्टीले अकस्मात् मधेसी दलितको सीटमा सभासद बनाएपछि यो निर्णयलाई लिएर एमाओवादीभित्र अन्तरविरोध चर्किएको छ ।
      तर, कांग्रेस र एमालेले सिंगै संविधानसभामा अपहरण गर्दा पनि ध्यान नजानु तर, एमाओवादीले गरेको एक सभासदको नियुक्तिलाई लिएर बढी चर्चा गर्नु सही नभएको तर्क एमाओवादी नेता डा. बाबुराम भट्टराईको छ ।

      कागको पछि नदौडौं  : डा. भट्टराई
      Baburam-Bhattarai

      नेता डा. भट्टराईले यो प्रकरणमा कागको पछि नदौडिन आग्रह गर्दै कांग्रेस र एमालेले संविधासनभाकै अपरण गर्न लागेका बेला एक सभासदको नियुक्ति ठूलो कुरा नभएको बताएका छन् ।
      सामाजिक सञ्जाल ट्वीटरमार्फत भट्टराईले भनेका छन्-‘एउटा सभासद नियुक्तिको प्रश्न संविधानसभाकै अपहरण गरेर ०४७ को संविधान नयाँ गातासहित जारी गर्ने प्रतिगामी हर्कतभन्दा ठूलो हो त ? कागको पछि नदौडौं ।’

      ल्हारक्याल प्रकरणलाई नै संकेत गर्दै डा. भट्टराईले धनगढीबाटै अर्को ट्वीट पनि गरेका छन् । उनले एमाओवादीको आङको जुम्रो खोज्नेहरुले कांग्रेस एमालेको आङको भैंसी देख्न नचाहेको गुनासो गरेका छन् ।


      ‘एमाओवादीको आङको जुम्रो खोज्नेहरुले संयुक्तरुपमा देशको ब्रम्हलुट गरिरहेका कांग्रेस र एमालेको आङको भैंसी किन नदेखेका वा नदेखे झैं गरेका होलान् ?’ डा.भट्टराईको प्रश्न छ ।

      प्रभु साहको आपत्ति
      Prabhu-Saha

      डा. बाबुराम भट्टराई समूहकै नेता प्रभु साहले पत्रकार सम्मेलन नै गरेर ल्हारक्यालका बारेमा पार्टीले गरेको निर्णय तत्काल सच्याउन माग गरेका छन् ।
      मधेसी दलितको कोटा खोसेर मालदार व्यक्तिलाई सभासद बनाइएको साहको आरोप छ । केन्द्रीय समितिमा छलफल नै नगरी हस्ताक्षर कीर्ते गरेर उनलाई नियुक्त गरिएको साहको आरोप छ ।
      मधेसमा एमाओवादीप्रति आकर्षण घटिरहेका बेला गरिएको यस्तो निर्णयले मधेसमा पार्टी कमजोर हुने भन्दै साहले मधेसी, गरीब र दलितहरु यो निर्णयबाट मर्माहत भएको गुनासो सहित वक्तव्य जारी गरेका छन् ।
      प्रवक्ता भन्छन् : ल्यारक्याल विज्ञ हुन्
      एमाओवादीका प्रवक्ता दीनानाथ शर्माले मंगलबार पार्टीका तर्फबाट विज्ञप्ति जारी गर्दै ल्यारक्याल लामा बुद्धिष्ट समुदायका विज्ञ भएकाले उनलाई सभासद बनाइएको जिकिर गरेका छन् ।
      ल्यारक्यालमाथि लागेको आरोपमा उनले सफाइ पाइसकेका उनलाई विवादास्पद व्यक्ति भन्न नमिल्ने प्रवक्ता शर्माको तर्क छ ।
      ‘पोष्टबहादुर पनि छक्क, हामी पनि छक्क’
      aahuti

      उता एमाओवादीका अर्का नेता आहुतीले फेसबुकमा स्टाटस लेख्दै ल्यारक्याललाई सभासद बनाइएकोमा आफू छक्क परेको बताएका छन् ।
      आहुतीले दिवंगत भइसकेका एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटी दिवाकरलाई सम्बोधन गर्दै फेसबुकमा लेखेका छन्-‘प्रिय पोष्टबहादुर दिवाकर, दुईवटा हात्ती मिले पनि नमिले पनि तोरीबारी ध्वस्त पार्छन् । तर, यसपालि तिम्रो यो आरोपलाई छल्न होला, सायद हात्तीहरुले मिलेर तोरीबारीतिर ध्यानै दिएनन् । बरु मिस्टर माननीय ल्यारक्याललाई पो जन्म दिए । तिमी पनि छक्क, हामी पनि छक्क ।’

       http://www.onlinekhabar.com बाट साभार 

      ========================================
      ========================================

      अन्तर्वार्ता 

      ‘प्रचण्डले महादेव र गौतम बुद्धलाई सभासद बनाए पनि विरोध हुने बेला छ’ - ल्यारक्याल लामा




      lyarkyal lama (5)

      तपाईं त एकदमै शक्तिशाली मान्छे हुनुहुँदोरहेछ है ?
      होइन । म त्यस्तो मान्छे होइन, सामान्य नेपाली हुँ ।
      घटनाक्रमहरुले तपाईंको दाबीलाई सत्य मान्दैन । यदि तपाईं सामान्य मान्छे भइदिएको भए छोटै समयमा राजनीतिको केन्द्रमा पुगेर चर्चा र विवाद दुवैमा आउनु हुने थिएन नि ?
      मानिसहरुले त्यस्तै खालको परिस्थितिमा पु¥याइदिए । बास्तवमा जे चर्चा र विवाद भइरहेको छ । म त्यस्तो थिइन र छैन ।
      आफू विवादमा आउनुमा खाली अरुकै कारण मात्र जिम्मेवार ठान्नु हुन्छ ? केही प्रतिशत पनि आफ्नो कर्मले त्यस्तो भएको ठान्नु हुन्न ? 
      कर्म पनि भयो होला, बनाए पनि होलान् । यी दुइवटै कारण हुन सक्छ ।
      २०६४ सालमा एमालेभित्रैबाट चर्को विरोध हुँदाहुँदै सभासद बन्नुभयो । पार्टीका नेताले सुइँको नपाउने गरी झलनाथ खनाल सरकारको अर्थराज्यमन्त्री बन्नुभयो, त्यसमा पनि विवाद भएपछि राजीनामा दिनुभयो । फेरि एमाओवादीबाट सभासद् बन्नुभयो । यो सबै गर्ने तपाईंको शक्ति के हो ?
      (हाँस्दै..) अहिले ६०१ जना सभासद सबै नेपाली हुन् । प्रधानमन्त्री मन्त्री सबै नेपाली नै हुन् । संघर्ष गरेर उहाँहरु त्यहाँ पुग्नुभएको हो । त्यसमा एउटा नेपाली लामाको छोरा थपियो यसमा कसैको आपत्ति नहरनुपर्ने हो । मैले पनि सभासद् हुन मुलुकका लागि गर्नुपर्ने दायित्व निर्वाह गर्दै आएको छ । जो मान्छेले दुःख र मिहेनत गर्छ, त्यो एक दिन ठाउँमा पुग्छ । कुनै नयाँ कुरा होइन ।
      तपाईं त नेपाली मात्र नभएर विदेशी पनि हो भन्ने आरोप छ नि ?
      यो सरासर झुटो कुरा हो । यो चरित्र हत्या गर्ने उद्देश्यले ममाथि लगाइएको अनावश्यक र झुठ आरोप हो ।
      मैले विभिन्न देशको नागरिकता र कागजपत्र बोकेर हिंड्ने गरेको भन्ने आरोप सरासर झुठो हो । यो प्रमाणित पनि भइसकेको छ । झलनाथ खनालको नेतृत्वको सरकारमा अर्थराज्यमन्त्री भएपछि एमालेभित्रैका केही साथीहरुले फर्जी कागजपत्र बनाउने र आरोप लगाउने काम गर्नुभयो । गम्भीर प्रकारको आरोप लागेपछि नैतिक रुपमा पदमै बसिरहनु ठीक होइन भनेर राजनीनामा दिएँ । राजनीमापछि सर्वोच्चका पूर्वन्यायाधीशको नेतृत्वमा गठित उच्चस्तरीय छानबिन समितिले मेरोबारेमा दुई महिना लगाएर छानबिन गरेको हो । आयोगको छानबिनबाट ममाथिको आरोप गलत सावित भइसकेको हो । यो कुरा तत्कालिन सरकारका प्रवक्ता गंगागाल तुलाधरले सञ्चारमाध्यमलाई औपचारिक रुपमै जानकारी गराउनुभएको थियो । आयोगले देशका ७५ वटै जिल्ला र विदेशमा समेत छानबिन ग¥यो । तर आरोप सिद्ध गर्ने केही प्रमाण नपाएपछि सफाई दिएको त सबै नेपालीलाई थाहै छ । मलाई अचम्म लाग्छ मिडियाले यो कुरा चाहिं किन नलेखेको होला ? पत्रकारिता पेशाको पनि धर्म हुन्छ होला । सञ्चार माध्यमले पनि आफ्नो सीमामा रहेर गर्नुप¥यो नि । एकपक्षीय रुपमा कसैको फाइदाका लागि कसैलाई हुँदै नभएको बनावटी आरोप तयार गरेर लेख्न मिल्छ ? मिडियाले मेरो चरित्र हत्या गर्ने काम गर्दै आएको छ । म चुनौती दिन चाहन्छु कि मैले विदेशी मुलुकको नागरिकता धारणा गरेको कुरा कसैले प्रमाणित गर्छ भने एक वर्षको ठाउँमा दस वर्ष जेल जान तयार छु । सरकार र अदालतले कानून बमोजिम अपराधी ठहर गरेमा एकको दश र दसको सय वर्ष सजाय भोग्न तयार छु ।

      lyarkyal lama (1)

      अनावश्यक आरोप लगाइएको हो । संविधानसभामा बुद्धधर्म सम्बन्धमा पिएचडी गरेको म पहिलो व्यक्ति हो र यो क्षेत्रबाट सपथ खाएको पनि म पहिलो व्यक्ति हो, त्यसकारणले पनि हाम्रो समाजमा यो कस्तो व्यक्ति हो भनेर सोचेका हुन् । हामीजस्तो मान्छे कहिल्यै सदन र सरकारमा देखिदैनथ्यो, त्यसैले पनि यो सोचेका हुन् ।
      तपाईं सभासद सिफारिस भएकामा एमाओवादीमै विवाद छ । तपाईं राम्रो मान्ने भए एउटा व्यक्तिमाथि यसरी सबै खखिनु पर्ने कारण के थियो होला त ?
      सबैलाई थाहा छ, मेरो नाम दोश्रो संविधानसभा निर्वाचनमा समानुपातिक उम्मेदवारको सूचीमा थियो । पार्टीको केन्द्रीय सल्लाहकारका रुपमा भूमिका निर्वाह गर्दै आएको छु । पार्टीको सल्लाहकार हुँदा र समानुपातिक उम्मेदवार हुँदा विवादित मान्छे नहुने, सभासद भएपछि मात्र विवाद हुने ? यो कुरा मैले बुझ्न सकेको छैन । म गलत मान्छे थिएँ भने त्यतिबेलै विरोध गर्नुपथ्र्यो । अहिले विरोध गर्ने पार्टीका मान्छेहरु त्यतिबेला के हेरेर बसेका थिए ? हिजो म स्वतन्त्र रुपले काम गर्दा केही कुरा नआउने जब सभासद भएँ, यो हल्लीखल्ली किन भएको छ ? ममाथि सरासर झुठो र चरित्र हत्या गर्ने उद्देश्यले गलत आरोप लगाइएको छ । यसमा मेरो घोर आपत्ति छ । म एउटा नेपाली जनताको छोरा हुँ, मेरो जीवन जहिले पनि खुला छ । म कुन ठाउँमा जन्मेको हुँ, कुन ठाउँमा मेरो दाजुभाई छन्, मेरो जिल्ला कुन हो, म अहिलेसम्म के काम गर्दै आइरहेको छु, सबै जनताले हेर्न सक्छन् । अहिले हाम्रो पार्टी एमाओवादी आन्दोलनमा छ । त्यो आन्दोलनलाई कमजोर पारेर शक्ति घटाउन र अध्यक्ष प्रचण्डलाई प्रहार गर्नका निम्ति मलाई हतियारका रुपमा प्रयोग गरिएको छ ।
      तर तपाईं सभासद बनेका कारण आन्दोलन कमजोर हुन्छ पो भनिंदै छ त ?
      म एमाओवादी प्रवेश गरेको डेढ वर्ष भयो । त्यसमा सिंगो पार्टीले निर्णय गरेको छ । म पार्टीप्रति गौरब गर्छु र पार्टीलाई धन्यवाद दिन चाहन्छु । एउटा नेपालीको छोरा र पढेलेखेको व्यक्तिका हैसियतले पार्टीलाई पनि सहयोग पुगोस् र संविधान निर्माणमा सहयोग पुगोस् भनेर म संविधानसभा सदस्य भएको हुँ । मेरो कुनै जातिवादको पक्षमा लाग्ने चाहना छैन । सन्तुलित संविधान बन्नुपर्छ भन्ने मान्यता मेरो छ । माओवादी शत्ति परिवर्तनकारी शक्ति हो । अहिले संविधानसभामा ६ सय १ सदस्य छन् । त्यसमा थुप्रै समानुपातिक सदस्यहरु रहेका छन्, ती सबै पैसाले सदस्य भएका हुन त ? पैसा तिरेर सभासद बन्ने हो भने त नेपालमा हामीभन्दा धेरै अर्बपतिहरु छन्, उनीहरु सबै भैहाल्थे नि ।
      तपाइँले भनेजस्तो पार्टीभित्र कहाँ सर्वसम्मत भएको छ र ? उपाध्याक्ष नारायणकाजी श्रेष्ठले नोट अफ डिसेन्ट नै जनाएका छन् ?
      बाहिर कसले के भन्दै हिंडेको छ त्यसमा मलाई विश्वास छैन । नारायणकाजी श्रेष्ठ हाम्रो पार्टीको उपाध्यक्ष हुनुहुन्छ । उहाँप्रति मेरो सम्मान छ । सभासद नियुक्तिका लागि पार्टीले निर्वाचन आयोगमा पठाएको पत्र हेर्न सकिन्छ । पत्रमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महारा र टोपबहादुर रायमाझी सबैले हस्ताक्षर गर्नुभएको छ । संसदीय दलको कार्यालयमा सबैले हस्ताक्षर भएको मेरै आँखाले देखेको हो । नपत्याए निर्वाचन आयोग गएर पत्र हेर्न सकिन्छ ।
      तपाईं पनि लामा, माओवादीमा लागेर दुवै खुट्टा गुमाएका गंगा लामा पनि लामा, लामा भएर त ल्हारक्याल हुनु नि दुर्भाग्यपूर्ण जीवन बिताउने गंगा किन भएको होला ?
      गंगाजीको जनयुद्धका क्रममा दुवै खुट्टा गुमेको हो । उहाँले आफ्नो ठाउँबाट गरेको योगदान अतुलनीय छ । त्यसको सबैले सम्मान गर्नुपर्छ । मैले पनि आफ्नो ठाउँबाट पार्टीमा सक्दो योगदान गरेको छु । म स्वार्थ लुट्न नभई परिवर्तनकारी विचार र सिद्धान्त मन परेर एमालेबाट एमाओवादीमा गएको हुँ । विशेष गरी अध्यक्ष प्रचण्ड र नेता बाबुराम भट्टराईको विचार मलाई असाध्यै मन पर्छ । अर्को कुरा युद्धकालमा लडेका १०–१२ हजार सेनाले मात्र पार्टी त थेग्न सक्दैन होला नि ? विभिन्न खालका मानिसहरु पनि पार्टीलाई चाहिन्छ होला ।
      किन ढाँट्नुुप¥यो र एमालेले सभासद नहोदो¥याउने निर्णय गरेपछि समानुपातिक सूची बुझाउनुभन्दा केही घण्टा अगाडि हतारहतार पेरिस डाँडामा प्रचण्डको हातबाट टीका थाप्न जानुभएको दुनियाँले देखेको छ नि ?
      त्यो कुरा होइन, विचार मिलेरै म एमाओवादीमा प्रवेश गरेका हुँ । यो डेढ वर्षअघिको कुरा हो । यदि स्वार्थ बोकेरै गएको थिएँ भने यतिखेरसम्म उत्तेजित भएर धेरै कुरा भनिसक्थें होला । डेढ वर्षसम्म म पार्टीको कुनै उच्चस्तरीय पदमा रहिन । कुनै लाभको अवसर पनि खोजिन । कोही साथीहरु भन्नुहुन्छ होला, ल्यारक्याल एमालेबाट आएकाको मानिसलाई सभासद बनाइयो, मलाई किन बनाएन ? फेरि भोलि एमालेबाट आएको कोही मन्त्री होला ? म त्यसको विरोधमा उत्तेजित भएर बहुलाउँदै हिड्ने ? त्यो त राजनीतिक नैतिकता भएन नि ।
      तपाईंले जतिपटक माओवादी र उसका नेता मन पराएर आएको भने पनि अर्थराज्यमन्त्रीबाट राजीनामा दिनुपरेपछि एमाओवादीमा आएको कुरा सबैलाई थाहा छैन र ?
      मुख्य कुरा विचारको हो । म परिवर्तनकारी शक्तिसँग लागेको हुँ । ग्यारेण्टीका साथ भन्न सक्छु कि एमालेमा बसिरहेको भए मैले यो भन्दा बढी असर पाउँथे । संविधानसभामा नभए पनि म पार्टीको केन्द्रीय समिति वा कुनै देशको राजदूत भैसकेको हुन्थें । त्यो पार्टीमा विचार र केही नेतासँग कुरा मिलेन र एमाओवादीमा प्रवेश गरे । यो क्रम मानिसको जीवनमा चलिरहन्छ । आफ्नो पार्टीमा छँदा मन्त्री बनाउने अनि अर्को पार्टीमा गएपछि गद्धार भन्न मिल्छ ?

      lyarkyal lama (4)

      पैसा त डरलाग्दो गरी कमाउनु भएको छ रे ? के काम गर्नुहुन्छ त्यस्तो ?
      मैले गलत काम गरेर पैसा कमाएको भए राज्यले छानबिन गरोस् । छानबिन गर्ने निकाय धेरै छन् । बरु म सहयोगै गरौंला ।
      छानबिन गर्ने ठाउँमै पैसा दिनुहुन्छ होला ?
      के नेपालमा सबै पैसामा बिक्ने मात्र मान्छे होलान र ? पैसाभन्दा सत्य ठूलो कुरा हो । महामहिम राष्ट्रपतिदेखि पियनसम्म सबै मानिस पैसामा बिक्ने होलान त ? कोही न कोही त सत्यमा विश्वास गर्ने पनि त होलान नि ।
      तपाईंमाथि पार्टीभित्रैबाट टन्न पैसा दिएर सभासद् भएको आरोप छ, कति बुझाउनुभयो ?
      यो प्रश्न मलाई होइन । आरोप लगाउनेलाई नै सोध्नुस् । म चुनौती दिन चाहन्छु कि एक रुपैयाँ कसैलाई दिएर सभासद भएको भए प्रमाणित गर्नेलाई त्यसको दुई भाग बढी पैसा दिन्छु र त्यही दिनबाट राजनीति र समाजसेवा छाड्छु । सबै कुरालाई पैसामा तुलना गर्ने ‘मनी माइण्डेड’ मानिसहरुले लगाएको आरोपमा कुनै तुक छैन । कम्तिमा आफ्नो पार्टी नेतृत्वमा त भरोसा गर्नुस् । म भर्खरै आएको मानिसलाई त एमाओवादी नेता त्यति तल गिर्दैनन् भन्ने विश्वास छ भने यत्रो वर्ष सँगै राजनीति गरेर आएका, मन्त्री भइसकेका मानिसहरुले नेताहरुमाथि भरोसा गर्न नसक्नु ठूलो दुर्भाग्य हो । नेता भइएर यस्तो अप्रमाणित हावादारी कुरा गर्नु भएन भन्ने मेरो उहाँहरुलाई आग्रह छ । आरोप लगाउनेले त्यो पैसा कहाँबाट आयो, कसरी आयो, पाँच करोड दिएको आरोप लगाइएको छ । एउटै चेकमा त्यत्रो पैसा कसरी दिन मिल्छ होला ?
      धेरै चेक दिनुभयो होला नि त ?
      यो सरासर झुठ कुरा हो । ममाथि लागेको आरोपबारे छानबिन गरियोस् । अरु सबै पैसा नदिई सभासद् हुन सक्ने म चाहिं पैसा दिएरै सभासद हुनुपर्ने ? म चाहिं पैसा दिएरै मन्त्री हुनुपर्ने ? मेरो क्षमता छैन सभासद हुन सक्ने ?
      कहिले काहीं असीमित पैसा कमाउनु आफ्नो दुर्भाग्यजस्तो लाग्दैन ?
      मेरो दुर्भाग्य होइन । म अल्पसंख्यक, पढेलेखेको र वुद्ध जन्मेको ठाउँबाट बुद्ध दर्शनमा विद्यावारिधि गरेको व्यक्ति संविधानसभामा जाँदा सबैले झुठा आरोप लगाउने यो मेरो मात्र दूर्भाग्य होइन । यो धेरैका लागि दूभाग्र्यको विषय हो । देशकै लागि दुर्भाग्यको विषय हो । अहिले राजनीतिमा ध्रुवीकरण भइरहेको छ । दलहरुबीचको विवाद कसरी मिलाउने, संविधान कसरी निर्माण गर्ने भन्ने विषयमा केन्द्रित रहेर छलफल हुनुपर्ने हो । जुन व्यक्तिले स्पष्ट विचारका साथ मिलेर जानुपर्छ भनिरहेको छ, त्यसलाई यसरी प्रहार गर्ने हो भने मेरो मात्र दूर्भाग्य होइन, सबैको दूर्भाग्य हुने निश्चित छ । मेरो पार्टी एनेकपा माओवादी र अध्यक्षको मात्र दुर्भाग्य होइन, यो सबैको लागि दुर्भाग्य हो ।
      माले छाडेका कारण वा माओवादीमा आफ्नो भाग खोसियो भन्ने कारणले मात्र विरोध भएको तपाईंको दाबी सही मान्ने हो भने सामाजिक सञ्जालमा सामान्य मानिसले समेत तपाईंविरुद्ध आक्रोश पोखेकामा के भन्ने ?
      फेसबुक त अहिले ७ वर्षको बच्चाले समेत चलाउँछ । उनीहरुले जे भन्यो त्यसकै आधारमा पछि लाग्न सकिन्छ त ? अर्को कुरा सबै मानिसको चित्त बुझाउन सकिँदैन । काँग्रेसकै कुरा गरौं न त्यत्रो ठूलो पार्टी बनेको दलमा सभासद बनाउँदा कत्ति असन्तुष्टिहरु देखिए । एमालेमै भनौ, त्यहाँ पनि असन्तुष्टि थुपै देखिने गरेका छन् । हाम्रो पार्टी एमाओवादीमा साइजमा सानो भयो, सभासदमा आउने चाहना धेरैको थियो । आफू नपरेपछि असुन्तुष्ट हुनु स्वाभाविकै हो । अध्यक्ष प्रचण्डले गौमम बुद्धलाई सभासद बनाए पनि मानिसहरुले आलोचना गर्ने अवस्था छ । शिवजी आएर सभासद् बनेपनि उहाँप्रति समेत असन्तुष्टि जनाउने बेला हो अहिले । केही मानिसले फेसबुकमा जे लेख्यो त्यही सत्य ठान्ने हो भने त यहाँ कोही पनि सज्जन मानिस नभेटिन सक्छ ।
      आरोपलाई गलत सावित गर्ने जिम्मेवारी तपाइँकै होइन र ?
      होइन भनेर पुष्टि गर्ने जिम्मेवारी मेरो होइन । सबैले विश्वास गरेको उच्चस्तरीय छानबिन आयोगले नै प्रमाणित गरिसकेपछि म बाहिर मगज बिग्रिएको जसरी कराउँदै हिड्ने ? छानबिन आयोग त आधिकारिक र अधिकार सम्पन्न निकाय हो । त्यसकै निमित्त गठन गरेको एउटा आयोग हो । त्यसले पनि भएन भने अब कुन आयोग गठन गर्ने ?
      भनेपछि तीनवटा नागरिकता बोकेको भन्ने आरोप लगत हो ?
      यी सबै निराधार र गलत हुल्ला हुन् । सरासर झुठो आरोप हो । जुन साथीहरुले मलाई ती आरोप लगाउनभयो । ती साथीहरुले सबै जिल्लामा गएर छानबिन गर्नसक्नुहुन्छ । प्रमाणित भए साजय भोग्न तयार छु । अहिले एमाओवादीले एउटा अल्पसंख्यक लामा, एउटा बुद्धिष्ट धर्माबलम्बीलाई सभासद बनाएको छ, यो सिंगो मुलुकको हितको लागि भएको छ । म गौरबवान्वित पनि भएको छु । संविधानसभा गइसकेपछि पनि मेरो त्यो भूमिका रहन्छ । एमाओवादीको नीति, विचार र कार्यक्रममा सय प्रतिशत समर्थन गर्दै परिवर्तनकारी शक्तिलाई सहयोग गर्दै संविधानसभाभित्र पनि सबैलाई मान्य हुने खालको संविधान निर्माणका लागि प्रयास हुनेछ । म एमाओवादीबाट सभासद हुनुअघि र अघिल्लोपटक मन्त्री हुनुभन्दा अघि यसरी आरोप नलगाउने तर अहिले किन यस्तो आरोप लगाइएको हो मैले बुझ्न सकेको छैन । अर्थराज्यमन्त्री हुँदासम्म लेख्नेहरुले त्यसबाट राजीनामा दिनासाथ किन लेखेनन् ? मुलुकका लागि धेरै ठूलो क्षति पु¥याएको छ भने त कुनै पदमा नहुँदा पनि निरन्तर खेद्न सक्नुप¥यो नि । मैले गरेको कामहरु पुष्टि गर्नुप¥यो नि ।

      lyarkyal lama (3)


      अरुले भनेजस्तो अदृष्यवाद, शक्तिवाद र अर्थवादको समायोजन होइन, तपाईं सभासद् हुनु भनेको माक्र्सवाद, माओवाद र बुद्धवादको समायोज रहेछ ?
      हो, यो समायोजन हो । माक्र्सवाद आएको पनि वुद्धिज्मबाट आएको हो । म निष्पक्षता, विकास र गरिबीसँग जोडिएको एउटा वुद्ध दर्शनको अध्ययन गरेको व्यक्ति हुँ । मलाई अध्यक्ष प्रचण्डले बारम्बार बुद्धिज्मको विकास गर्नुपर्छ । शान्ति स्थापनाको निम्ति व्यक्ति–व्यक्तिको आत्मामा घुसाउनुपर्छ र सिकाउनुपर्छ भन्दै आउनुभएको छ । त्यही कारण म एमाओवादीम प्रवेश गरें । कुनै एउटा ठूलो पार्टी भनेर त्यसबेला आएको होइन । डेढ वर्षबिवना पदमा बसेकै हुँ ।
      तपाइँले आफै मलाई चाहियो भनेर जानुभएको कि उहाँहरुले नै तपाईलाई संविधानसभामा लैजान प्रस्ताव गर्नुभएको हो ?
      संविधानसभाको सूची लिएर उहाँहरु आउनुभयो । पार्टी अलि सानो भएपछि ठाउँ पाइएन । डेढदुई वर्षसम्म पार्टीले कुनै जिम्मेवारी दिएन र अहिले संविधानसभा सदस्यमा जिम्मेवारी दियो । त्यसमा पनि केही आशा त होला नि ? पैसाले मात्र हुने हो भने त अरु पनि हुन सक्थ्यो होला नि । पैसा दिएर हुने भए त अरु रामे, श्यामे सबै आउन सक्थे होलान नि । जाने ठाउँ एउटा छ, जान चाहाने साथीहरु थुप्रै छन्, यो हुँदैमा मान्छेलाई झुठ्ठा आरोप र चरित्र हत्या गर्ने काम गर्नुभएन ।
      तपाइँको यत्रो विरोध भइरहेको छ, यो बीचमा अब सपथ लिनुहुन्छ कि आरोपको छानबिन होस, मलाई क्लिन चीट पाएपछि मात्र सपथ लिनुहुन्छ ?
      पार्टीले जे निर्देशन दिन्छ, त्यही गर्न तयार छु ।
      तपाईले भन्नुभयो कि मेरा लागि सभासद ठूलो कुरा होइन, यतिधेरै विवाद र विरोध भएपछि मलाई चाहिँदैन भन्न सक्नु हुन्न 
      ?
      हो, त्यही विचार लिएर संविधान लेख्नुप¥यो नि त । बुद्ध जन्मेको देशमा एकजना लामा संविधानसभाको सदस्य हुँदा सबैले गौरब गर्नुपर्दैन र ।
      अरु पनि लामा छन् नि संविधानसभामा ?
      ठीक छ । उहाँहरु पनि हाम्रो एजेण्डामा आउनसक्नुहुन्छ भने स्वागत छ ।
      बधाई पनि आएको छ कि गाली मात्र ?
      बधाई पनि आएको छ । राजनीतिमा लागेपछि गाली र ताली त दुवै आइहाल्छ नि ।
      तपार्ईं शक्तिमा तपाई यति छिटै स्थापित हुनुमा त केही न केही कारण छ–छ ?
      त्यो मेरो कर्म होला, वुद्धको आशिर्वादले होला । म मुलुकका लागि मर्न तयार छु । मैले सयौं लामा विद्यार्थीहरु मेरो आफ्नो मिहेनतले पढाइरहेको छु । शान्ति र विकासका निम्ति मैले उनीहरुलाई अध्ययन गराइरहेको छु । देश र जनताका निम्ति म मर्न तयार छु । त्यसले एउटा परिणाम त ल्याउँछ ।
      तपाईंले गरेको काम राम्रो होला, तर त्यसका निम्ति पैसा कहाँबाट ल्याउनुहुन्छ ?
      म व्यापार गर्छु, पढाउने गर्छु, मैले पुस्तकहरु लेखेको छु । पैसा ज–जसले कमाए, ती सबैले धन्दा गरेको हो र ? पैसा हुनेबित्तिक्कै कालो चस्माले हेर्ने ?
      तपाइँ सभासद भएपछि एमाओवादीको आन्दोलन झिसमिस भयो,अब त्याग गरेका मानिस कोही पनि सडकमा आउँदैनन् भन्ने चर्चा छ ?
      हाँस्दै.. आन्दोलन सकियो भन्ने मानिसहरु मात्र छन र ? त्यसो नभन्ने मानिसहरु पनि त हज्जारौं छन नि ।
      ल्यारक्यालले नै ल्याओस् सडकमा मानिस भनिरहेका छन नि ?
      ल्याउन सक्छु नि त म पनि । हाम्रो पनि समुदाय छ, त्यसको नेतृत्व हामी गर्छौं ।

      http://kathmandutoday.com बाट साभार 

      =========================================
      =========================================


      लामालाई सभासद बनाउन श्रेष्ठको असहमति थियोप्रचण्ड

      एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले ‘बिबादस्पद ब्यक्ति’ 
      ल्यारकाल लामालाई पार्टीका तर्फवाट समानुपातिक सभासदमा मनोनित गर्ने 
      पार्टी नेतृत्वको निर्णयमा ‘नोट अफ डिसेन्ट’ लेखेको बताएका छन् । 
      केन्द्रीय कार्यालयको हैसियतमा रहेको बैचारिक ब्यवस्थापन समितिले 
      माघ २ गते लामालाई सभासद बनाउने प्रस्ताव गर्दा आफुले अस्विकार 
      गरेको जनाउँदै श्रेष्ठले त्यसमा अन्तिम समयमा दाहालको बिशेष आग्रहमा 
      ‘नोट अफ डिसेन्ट’ लेखेर हस्ताक्षर गरेको बताएका छन्  । 


      ‘उहाँ (ल्यारकाल) लाई सभासदमा मनोनित गर्ने भनेर अध्यक्षजीले प्रस्ताव 
      गर्नु भएको थियोे, मैले त्यसमा पुरै बिमति जनाएर हस्ताक्षर गर्न नै मानिन्, 
      सो निर्णय भएको आठ– नौ दिनसम्म पनि मैले हस्ताक्षर गर्न मान्दै मानिन्’ 
      श्रेष्ठले भने, ‘तपाईले हस्ताक्षर नगरे निर्वाचन आयोगले नमान्ने भयो, आयोग
      लाई बुझाउने पत्रमा चाँही हस्ताक्षर गर्नुहोस, पार्टीमा चाँही ‘नोट अफ डिसेन्ट’
       दर्ज गराउनुहोस भन्नु भए पछि मात्र मैले हस्ताक्षर गरेको हुँ ।’ 
      उनका अनुसार पार्टी ‘माइनुटिङ’मा लामालाई सभासद बनाउने प्रस्तावमा ‘नोट अफ 
      डिसेन्ट’ दर्ज गरिएको छ । लामालाई सभासद बनाउन हुन्न भनेर आफुले पार्टी भित्र 
      संघर्ष गरे पनि बहुमतको बलमा सो निर्णय भएको श्रेष्ठको स्पोष्टोक्ती छ ।
      माघ २ गते लामालाई सभासद बनाउने निर्णय नेतृत्वले गरे पनि श्रेष्ठले भने माघ १९ 
      गते मात्रै ‘नोट अफ डिसेन्ट’ सहित हस्ताक्षर गरेको जनाएका छन् । ‘मैले हस्ताक्षर 
      नगरेका कारण लामालाई मनोनित गर्ने कार्य रोकिने भन्ने कुरा भए पछि अन्तिममा
       हस्ताक्षर गरेको हुँ, सर्बसम्मत निर्णय भएको भन्ने चाँही हुदैँ होइन् ।’ उनका 
      अनुसार लामालाई सभासद बनाउन नेतृत्व तहमा सर्बसम्मत निर्णय भएको
       भन्ने प्रचारबाजी भए पछि अध्यक्ष दाहाललाई फोन गरेर आपत्ति जनाएका थिए । 

      त्यसपछि आइतवार खन्ना गार्मेन्टमा भएको पार्टी प्रशिक्षण कार्यक्रममा अध्यक्ष
       दाहालले लामालाई सभासद बनाउने बिषयमा असहमति मात्रै होइन, नोट 
      अफ डिसेन्टसमेत लेखेको जानकारी गराएका थिए । ‘उहाँ 
      (लामा)लाई सभासद बनाउन नारायणकाजीजीको पुरै 
      असहमति थियो, उहाँले लामोसम्म पनि हस्ताक्षर गर्न 
      मान्नु भएन, पछि नोट अफ डिसेन्ट लेखेर हस्ताक्षर 
      गर्नु भयो’ दाहालले खन्ना गार्मेन्टमा स्पष्टीकरण दिएका 
      थिए । 

      केन्द्रीय सदस्यहरुलाई पनि ‘गुमराह र झुक्काएर’ ‘बिबादस्पद ब्यक्ति’
       लामालाई एमाओवादी नेतृत्वले सभासदमा मनोनित गरे पछि 
      त्यसको पार्टी भित्रवाट ब्यापक आलोचना भइरहेको छ । 
      बरिष्ठ नेता बाबुराम भट्टराईले सामाजिक सञ्जालवाट 
      लामाको सभासदको प्रतिरक्षा गरे पनि भट्टराई निकट 
      मानिएका नेताहरु बाट नै बढी आलोचना भएको छ । 
      उनी निकट पोलिटब्युरो सदस्य प्रभु साहले त पत्रकार
      सम्मेलन नै गरेर आपत्ति जनाए भने अर्का स्थायी 
      समिति सदस्य देवेन्द्र पौडेलले 
      पनि आपत्ति जनाई सकेका छन् ।

      http://prakashujyalo.blogspot.com बाट साभार 

      ==========================================
      ==========================================


      एमाओवादीमा ल्हारक्याल नृत्य


      • खगेन्द्र संग्रौला

      Khagendra Sangraula 2

      एमाओवादी विचित्रको पार्टी हो । यसमा घरिघरि तालतालका दृश्य र चरित्रहरु प्रकट हुन्छन् । पछिल्लो प्रकरणमा ल्हारक्याल लामा झ्यास्स उदाए । जब यी औतारी उदाए, जगतैले एमाओवादी नेतृत्वलाई कुरिकुरी गर्‍यो

      हैन, यो नेतृत्वको लज्जाग्रन्थी नै नभएको हो कि, ग्रन्थीमा लज्जा निख्रिएको हो कि, थेत्तरो भएर लाज लाग्नै छाडेको हो कि बुझिनसक्नु छ । एक पटक नकाम गरेर दुनियाँले बेस्मारी गिज्जाएपछि फेरि त्यस्तै नकाम त नदोहोरिनु पर्ने हो । यसो हेर्‍यो, एमाओवादी घुम्दैफिर्दै फेरि उही रुम्जाटार पुगिहाल्छ ।

      ल्हारक्याल लामाका तालुमा आलु फल्यो र एमाओवादी नेतृत्वका तालुमा दाग लाग्यो । बेमौसममा बाजा बजाउँदै ल्हारक्याल लामा सभासद बनाइए । पार्टी खुम्चिएको छ । सभासद पद दुर्लभ छन् । सभासद हुन मन गर्ने रैथाने माओवादीहरुको बगालै छ ।
      तैपनि नवप्रवेशी ल्हारक्याल किन ? जुनै कोणबाट तर्क गर्दा पनि कुराको छेउटुप्पो क्यै बुझिएन । तसर्थ सत्य–तथ्य सूचनाको शिकार गर्ने मनसुवाले म सूचनाको श्रोत खोज्नपट्टि लागेँ । खोज्दै जाँदा एमाओवादीका एक मझौला नेता फेला परेँ । तिनलाई मैले ल्हारक्यालको पृष्ठभूमि स्मरण गराएँ । यी ल्हारक्याल पहिले कांग्रेसको चरीचरनमा चर्न पसेका थिए । त्यसपछि कांग्रेसलाई छाडेर एमालेको चरीचरनमा चर्न पसे ।

      अहिले एमालेलाई छाडेर एमाओवादीको चरीचरनमा चर्न आइलागेका छन् । सिद्धान्तनिष्ठा, अडान र नैतिकताका हिसाबले चरीचरनको यो घरिघरि फेराइ सरासर औसरवाद भएन ? जता मल्खु उतै ढल्कु भन्यास्तो क्या । मेरो जिज्ञासाको जबाफमा एमाओवादीका मझौला श्रीमान्ले जे भने त्यो सुन्दैमा चित् परिने खालको छ । कुरो केरे भने संविधानसभा नाउँको संसदमा मल्लयुद्धको याम छ रे । जसले जति धेरै चरीचरनमा चर्ने मौका पाएको छ ऊ त्यति नै तगडा लडाकु हुन्छ रे । यस अर्थमा ल्हारक्याल अब्बल लडाकु हुन् रे । र नै उनका भाग्यमानी तालुमा ढ्याके आलु फलेको हो रे ।

      मैले एमाओवादीक अर्का मझौला नेतालाई भेटेँ । र तिनलाई मैले ल्हारक्यालको अर्को विलक्षण विशेषताबारे स्मरण गराएँ । यो पढिजानेको कुरा हो । ल्हारक्यालका झोलीमा देशदेशावरका नागरिकता र राहदानीहरु थुप्रा छन् । के यो आफ्नो देशमाथिको प्रेम र बफादारीप्रति विश्वासघात होइन ? प्रत्युत्तरमा मिस्टर मझौलाले जे भने त्यो झनै चित् परिने खालको छ । तिनले भने— कम्युनिस्ट अन्तर्राष्ट्रिय जातिको समर्थक हो । कम्युनिस्ट देश–देशबीचका रक्तरञ्जित सिमानालाई शाश्वत मान्दैन । यो त केवल अस्थायी कुरा हो ।

      कम्युनिस्टको काम त सिमाना तोड्दै मानवजातिको विश्वगृह बनाउनु पो हो । यस अर्थमा श्री ल्हारक्याल अन्तर्राष्ट्रिय तहमा विस्तारित हुँदै गएका मानव हुन् । उनका नागरिकता र राहदानीहरुलाई यसरी हेरे कुरो सकारात्मक हुन्छ । यति भनेर मझौला एमाओवादी एकाएक जङ्गिए— लोकका लठ्ठकहरु ल्हारक्याल महात्म्य बुझ्दै नबुझी बित्थामा कुरा काट्छन् ।


      larkyal lama (4)
















      ल्हारक्याल मेरा आँखाअगाडि छन् । हिजोको कम्युनिस्ट रीतिथिति र काइदाको सम्झना मेरो मथिङ्गल पछाडि छ । हिजो कुरै अर्कै थियो । कसैले कम्युनिस्ट बन्नचाहेमा उसलाई पार्टीको परिक्षणमा राखिन्थ्यो । परिक्षण कम्तीमा काल दुई–तीन वर्षको हुन्थ्यो ।

      यो कालमा त्यो पात्रको वर्गीय उद्भव, वर्गस्थिति, रुचि, लत, कुलत, सरसङ्गत, आचर–विहार र यी सबै कुराका आधारमा उसको भविष्यको सम्भावित चिन्तन र चरित्रको दिशाको आकलन गरिन्थ्यो । परिक्षण काल पार गरेपछि पार्टीको तुलोमा योग्यताको तौल पुगे ऊ विधिवतरुपले कम्युनिस्ट पार्टीको सदस्य बन्न पाउँथ्यो । अन्यथा हिस्स हाब्रे हरियाँ दाँत हुन्थ्यो ।

      अनि अहिले ? अहिले बाटामा फेला पर्ने जुनसुकै झार, पात र पत्कर पनि सजिलै कम्युनिस्ट बनिहाल्छ । न योग्यताको नापो, न परिक्षण काल, न विचारको प्रस्टताको खाँचो, न इमानको आवश्यकता, न श्रमप्रति सम्मानको चासो, न नैतिकताको पर्बाह । तैपनि नाथे पार्टीको नामचाहिँ कम्युनिस्टै छ । यसलाई कम्युनिस्ट भन्ने हो कि कम्युनिस्टका नाममा कलङ्क भन्ने हो थाहा छैन ।
      यता ल्हारक्याल लामा ससम्मान सभासद बनाइए, उता कार्यकर्ताहरुमाझ असन्तोषको ज्वाला दन्क्यो । वर्षौँ, अझ दशकौँदेखि मरिमेटेर पार्टीमा लागिपर्नेहरुको एक वचन सोधनी–पुछनी छैन, नेतृत्व ल्हारक्याललाई शिरमा बोकेर हिँडेको छ ।

      अझ त्यसमाथि मधेसी दलितको भागमा छुट्याइएको कोटा खोसेर, ल्हारक्याल महोदयलाई पोसेर, जगत्लाई हँसाएर, कार्यकर्ताहरुलाई रुहाएर । आफ्ना आँखाले आफ्नो अनुहार देख्न सकिँदैन । आफ्ना मनिचिन्ते आँखामा त आफ्नो अनुहार सधैँ राम्रै देखिन्छ । आफ्नो वास्तविक अनुहार देख्ने आँखा अरुका हुन्छन् । पार्टी नेतृत्व कार्यकर्तागणका आँखाले आफूलाई हेर्ने चेष्टा गर्दैन । आफैँ आफूलाई स्वच्छ, उच्च, महान्, अनुपम र निर्विकल्प ठान्छ ।

      शायद कुरो यहीँनेर गडबड छ । मिस्टर ल्हारक्याल लामा यही गडबडीको गुफाबाट फुत्त बाहिर निस्केका हुन् । ल्हारक्याल महोदय एमाओवादी नेतृत्वको स्वेच्छाचारी प्रवृत्तिको उपज हुन् । प्वाक्क भन्न गाह्रो छ, कसैकसैले त माननीय ल्हारक्याल लेनादेनाका उपज हुन् पनि भनेका छन् है । प्रकृतिमा हावा नचली पात हल्लिँदैन ।


      : http://www.ratopati.com बाट साभार 

      No comments:

      Post a Comment