मुटु कम्जोर हुनेहरुले यो पोस्ट नहेर्नु होला अग्रिम सुझाब सहित बिगतका ईतिहास फेरिपनी पल्टाउने जमर्को गर्दैछ भैरे स्मरण रहोस् छिटफुट छुटेका घटनाक्रम हरुलाई जोड्ने कोषिस गरि दिनुहोला ???
वि.स. २०५२ देखि २०६३ साल सम्म माओवादी जनयुद्का ऐतिहासिक साछी ईतिहासका पान्नामा कैद छ्न् नितान्त दु:खको कुरोको चुरो भने तल लेखिएका दुई लाइन भाबुक शब्दकोष बिपरित हुन सक्दैन ।
छोराछोरी आउने दिन गन्दैछन्,मेरो बाबा खै आमा भन्दैछ्न्
सलाम तिमीलाई सहिद तिम्रो सपना बाँकी छ पुरा गर्नलाई !!!
२०५२ फाल्गुन १ गते - रोल्पा , रुकुम र सिन्धुली जिल्लाको एक एक वटा प्रहरी चौकी आक्रमण ।
२०५३ पुस १९ गते - रामेछापको बेथान प्रहरी चौकी मा आक्रमण , दुई प्रहरी र तीन माओवादी को मृत्यु ।
२०५५ पुस १८ गते - ललितपुरको भट्टे डाडा प्रहरी चौकिमा आक्रमण ।
२०५५ फल्गुन २० गते - दाङ को चिराघाट ईलाका प्रहरी कार्यलयमा आक्रमण , ७ प्रहरिको मृत्यु ।
२०५५ फाल्गुन २१ गते - रुकुम को एमाले साम्सद उमेदवार यदु गौतामको हत्या ।
२०५६ जेठ ३१ गते - माओवादी द्वार रुकुमको लह १ प्रहरी चौकिमा आक्रमण ।
२०५६ पुस १९ गते - जुम्लाको रारालिमा आक्रमण , ९ प्रहरिको मृत्यु ।
२०५७ जेठ २५ गते - जाजरकोटको पाँच कटरिया प्रहरी चौकी मा आक्रमण ।
२०५७ असोज ९ गते - डोल्पा दुनै मा आक्रम्ण , १४ प्रहरी को मृत्यु , ४० घाईते ।
२०५७ मङ्सिर १४ गते - कालिकोटको कोटबाडा प्रहरी चौकीमा आक्रमण , ११ प्रहरिको मृत्यु , ८ घाईते ।
२०५७ माघ २१ गते - प्रध्यानान्यायाधिस केशब प्रसाद उपध्यायको भ्रमण दल सुर्खेत जान लाग्द असफल आक्रमण ।
२०५७ माघ २१ गते - सुर्खेत को बिरेन्द्र नगर बाट
प्रध्यान्यायाधिस को भ्रमण दल लाई जिल्ला सिमाना बबई नदि पुल सम्म स्वागत गर्न गएका पुनरबेदन अदालत सुर्खेतका रजिस्टार बलदेब धिताल सहित ५ सुरक्षा कर्मी को मृत्यु ।
२०५७ चैत २० गते - रुकुम को रुकुमकोट ठाटी डाडामा
आक्रमण , ३० प्रहरिको घटना स्थलमानै मृत्यु ।
२०५७ चैत्र २१ गते - दोलखा मैन पोखरी चौकी मा आक्रमण , ५ प्रहरी सहित ३ माओवादी को मृत्यु ।
२०५७ चैत २४ गते - नौ मुले ईलाका प्रहरी कार्यलय दैलेख तोलि गा.बि.स. ५ मा आक्रमण ' ३२ प्रहरी र १ नागरिक को मृत्यु ।
२०५८ असार २३ गते - लमजुङ , नुवाकोट र गुल्मी प्रहरी चौकी हरु माथी एकसाथ आक्रमण । ४१ प्रहरिको मृत्यु ।
२०५८ असार २६ दाङ को भरतपुर क्याम्पस उप प्रा नारायण सल्यानिको अपहरण गरि हत्या ।
२०५८ असार २८ गते - माओवादी द्वार ७१ जना प्रहरिको अपहरण ।
२०५८ साउन ७ गते - बाजुराको पाण्डुसेन प्रहरी चौकिमा आक्रमण ।
२०५८ मङ्सिर ८ गते - पहिलो पटक सैनिक ब्यारेक मा आक्रमण , दाङको सदरमुकाम घोराही मा आक्रमण , १४ सैनिक सहित ३७ सुरक्षाकर्मिको मृत्यु ।
२०५८ मङ्सिर १० गते - सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरिमा आक्रमण ,प्रजिअ बुद्धिसागर त्रिपाठि लगाएत २७ प्रहरी सहित ३ सेनाको मृत्यु ।
२०५८ फाल्गुन ४ गते - अछामको सदरमुकाम मंगलसेन र साफेबगर स्थित बिमनास्थल मा एकैसाथ आक्रमण , प्रमुख जिल्ला अधिकारी मोहन सिंह खत्री सहित ५७ जना सेना तथा ७९ प्रहरी सहित १५० जनाको मृत्यु ।
२०५८ चैत ३० गते - पुर्व पश्चिम को राजमार्ग को दाङ खण्डमा तीन ठाउमा एकै साथ आक्रमण , सशस्त्र जनपद का अधिकृत सहित ४६ प्रहरिको मृत्यु ।
२०५९ बैशाख २४ गते - रोल्पा गामस्थित सुरक्षा फौजको अस्थायी शिविरमा आक्रमण ।
२०५९ जेठ १० गते - रुकुमको खारा मा नेपाली सेनाको ब्यारेक माथी असफल आक्रमण ।
२०५९ भदौ २३ गते सिन्धुलिको भिमानमा आक्रमण , प्रहरी निरीक्षक सहित ४९ को मृत्यु ।
२०५९ भदौ २४ गते - अर्घाखाची को सदरमुकाम सन्धिखर्कमा आक्रमण , ६५ सुरक्षा कर्मी सहित १ सर्बसाधरण को मृत्यु ।
२०५९ कात्तिक १० गते - ओखलढुङगा को रुम्जाटार विमनास्थल मा आक्रमण , आक्रमणमा नेपाली सेनाका क्याप्टेन दिनेश थापा सहित ३ जना सैनिक को मृत्यु ।
२०५९ कात्तिक २९ गते - जुम्लाको सदरमुकाम खलङगा र गोरखाको ताकुकोटमा आक्रमण , प्रमुख जिल्ल अधिकारी सहित ६१ सुरक्षा कर्मी र २ सर्बसाधरण को मृत्यु ।
२०५९ कात्तिक २४ गते - काठमाडौं विराटनगर जान लागेको अग्नि दिवा बसलाई सर्लाहिको रानिगन्जमा दिउँसो ३ बजे यात्रु उतारी आगजनी , सर्लाहिमै विरगन्ज जान लागेको भाडाको जिप एम्बुसमा परि दुई जनाको मृत्यु ।
२०५९ माघ १२ गते - ललितपुर मा सशत्र प्रहरी महानिरीक्षक कृष्णमोहन श्रेष्ठ , उहाकी पत्नी नुडुप श्रेष्ठ र अंगरक्षक स.हि. सुर्य बहादुर रेग्मी को गोलि प्रहार गरि हत्या , घटनास्थल बाट अस्पताल पुर्याइएका तिघ्रामा गोलि लागि घाईते कृष्ण हरि सैजु पक्राउ ।
२०६० भदौ २१ - दोलखाको मैनपोखरी मा यात्रुबाहक बसमा आक्रमण, चरिकोट बाट काठमाडौ तर्फ आउन लागेको यात्रु बस चरिकोटमै विद्युतीय धराप्मा पर्दा २ जना यात्रुको मृत्यु , त्यस्तै काठमाडौ बाट सिन्धुली गएको सिद्धबाबा बस सेवाको ना२३ख ५८३७ नम्बरको यात्रु बाहक बस सिन्धुलिको सदरमुकाम कमलामाई पुग्न १२ किमि अगाबै करकरेमा बिहान ७:३० मा एम्बुस म परि ५ यात्रु को घटनास्थलमानै मृत्यु , १४ घाईते ।
२०६० चैत्र ७ गते - म्याग्दिको सदरमुकाम बेनिमा आक्रमण , सैनिक सहित ५१ जनाको मृत्यु ।
२०६१ जेठ ६ गते - डोटिको घण्टेश्वोरमा नेपाली सेना माथी आक्रमण , डेढ दर्जन जति नेपाली सेनाको मृत्यु ।
२०६१ मंसिर १ गते - माओवादी द्वार धादिङ को कृष्णभिरमा एम्बुस थापी आक्रमण ।
२०६१ पुस ३ गते - काठमाडौ को साखु ईलाका प्रहरी कार्यलयमा आक्रमण ।
२०६२ बैशाख २३ गते - माओवादी द्वार वाचन शीरोमणी पण्डित नारायण पोखरेलको गोलि हानी हत्या ।
२०६२ साउन २३ गते - कालिकोट को पिलिमा आक्रमण , ५० भन्दा बढी सैनिक को मृत्यु ।
२०६२ जेठ २३ गते - चितवनको बादरमुडेमा यात्रु बाहक बसमा आक्रमण , ३९ सर्बसाधरण को मृत्यु ।
२०६२ जेठ २९ गते - कैलालिको अत्तेरियामा सशस्त्र प्रहरिको ७ परिवारको हत्या ।
२०६२ माघ २ गते - थानकोट प्रहरी चौकिमा आक्रमण , प्रहरी निरीक्षक सहित ११ जना प्रहरिको मृत्यु ।
२०६२ चैत्र ७ गते - काभ्रेको दाप्चा मा आक्रमण , १३ सैनिक को मृत्यु ।
२०६२ चैत्र २३ गते - सर्लाहिको मलङ्गवा मा आक्रमण , सैनिक हेलिकप्टर ध्वोस्त , १० सैनिक सहित २३ को मृत्यु ।
२०६३ बैशाख १० गते - सिन्धुपाल्चोक को सदरमुकाम चौतारामा अन्तिम आक्रमण, ५ माओवादी सहित १ सुरक्षा कर्मिको मृत्यु ।
अन्तत:नेपालका लागि माओवाद अथवा माओवादी आन्दोलन बिगतका बर्षहरुमा पनि निकै अभिसाफका रुपमा देखा परेको थियो । माओवादी आन्दोलनले देशको अस्तित्वनै धरापमा पार्ने काम गरेको थियो । राष्ट्रिय सुरक्षा पुरै अस्तब्यस्त बनाएको थियो । हजारौ युवा युवतीहरुको जीवन समाप्त पार्ने काम गरिएको थियो । ति होनहार युवाहरुको रगतले बाबुराम र प्रचण्ड जस्ता पतित मानिसहरुलाई जन्माउनु बाहेक राष्ट्र र जनताका लागि कुनै ठोस् उपलब्दी भएन । नेत्र बिक्रम चन्द बिप्लव क्रान्ति सकिएको छैन भन्दै फेरी युवा युवतीहरुलाई खुल्ला मन्चमा ल्याएर नचाउँदै छन ! कहिले पनि नसकिने क्रान्तिको आगोमा गरिव नेपाली युवा युवतीका जीवन पोल्ने कुकर्मलाई अव राजनीतिक आवरण दिनु अपराध मानिनु पर्छ । बाबुराम र प्रचण्ड सँगै कुम जोडेर भारतीय बिस्तारवाद सँग शुरुङ्ग युद्ध गर्ने हावादारी गफ हाक्ने बिप्लवहरु नेपालको राजनीतिमा पत्तासाफ भएका नालायक प्राणी हुन । नालायक यस कारण हुन कि यिनीहरुले प्रचण्ड र बाबुरामलाई सत्तामा पुगाउनका निमित्त निकै ठुलो जनताको बलीदानी गराउने कुरामा नेपाली युवाहरुलाई उक्साए ! बाबुराम र प्रचण्ड सँग बदला लिने उनिहरुको योजनामा नेपाली युवा युवतीहरुले फेरी बलीदान दिनु कुनै पनि अर्थमा जाहेज मानिने छैन । गरिवी,अन्याय,अत्याचार र बिभिन्न कारणले अभाव र दुखको जीवन बाँची रहेका जनतालाई उचालेर स्वदेश वा बिदेशका बिरुद्ध जनतालाई उत्तेजित गराउने र आफ्नो राजनीतिक अभिष्ट पुरा गर्ने घटिया खेल अव बन्द गरिनु पर्छ । बिप्लवहरुले अरु १५ २० हजार नेपाली युवाको जीवन समाप्त पारेर तिनै बाबुराम,प्रचण्ड र बाँची रहे भने केपी वली सँग हात मिलाएर क्रान्ति समाप्त भएको घोषणा गर्ने छन यो सत्य हो । कसैलाई अरुकै लागी मर्नुमै आनन्द आई रहेको छ भने मेरो भन्नु केही छैन ! भारतीयहरुका उक्साहटमा बिप्लवले हुँकार दिएका हुन भने फेरी पनि क्रान्ति होला र नेपालीहरुले मर्नु पर्ला । हेक्का रहोस् यदी भारतीयहरुको मिलेमतो छैन भने झल्ला क्रान्तिकारीहरुको श्रीलङ्कामा लिट्टेको के हालत भयो ? अन्तत: त्यही हालत हुने निश्चित छ अग्रिम सुझाब दिन्छ भैरे चेतना भया !
No comments:
Post a Comment