Thursday, November 10, 2016

नेपालको इतिहास


नेपालको भूमिको उत्पति विश्वकको उत्पति हुदा सवै महादेश एउटै थिए जसलाइ पान्जीया भनिन्छ । उ पान्जीया फुटेर ७ महादेश वनेपछि साइवेरिया र गण्डवान भूमिका विचमा टेथिस सागर रहेको थियो । यी दुइ भुमिका नदिहरुले वगाएर ल्याएको सेडीमेन्टले उक्त क्षेत्रमा दवाव सृजना हुन गयो । दक्षिण तर्फवाट आएको आन्तरिक दवावले दक्षीणभाग उत्तर तर्फ धकेलिदै जादा ठूलो मैदान तथा हिमालय भहाभारत तथा चुरै पर्वतका सृंखला वनिए । गंगा को मैदान लगायत नेपालको भूभि यसै अवधिमा वनेको हो । सय सिद्धान्तलाइ प्लेट टेक्टोनिक सिद्धान्त भनिन्छ ।

नेपालको स्थापना : प्रामाणिक रुपमा यसको जानकारी नभए पनि महाचीनवाट आएका मन्जुश्रीले चोभारको डाडोलाइ आफ्नो चक्रलै काटी पोखरीको रुपमा रहेको काठमाण्डौलाइ वस्न योग्य वनाइ धर्माकरलाइ राजा वनाएका थिए । यस पूर्व सय यूगमा विपश्वी वुद्ध सवै भन्दा पहिले नेपाल आई पोखरीका विचमा कमलको फूल रोपेका र आफ्ना २ शक्ती वरदा र मोक्षदालाइ फुलोच्य र ध्यानोच्य डाडामा स्थापना गरेका थिए । ६ पहिना पछी त्यहा कमलको फुल फुलेर स्वयंभु भगवानको उत्पति भयो । मन्जुश्री ले वस्ती योग्य वनाइ पछि त्यस ठाउको नाम देवपत्तन राखेका थिए । पछि सम्राट अशोककी छोरी चारुमतिले त्यसलाइ देउपाटन नामाकरण गरिन् ।



नेपालको नामाकरण


  • किराती भाषामा "ने " को अर्थ मध्य र " पा " को अर्थ ऊन हों । नेपालमा अत्याधिक ऊन उत्पादन भई ऊनबाट निर्मित सामाग्रीहरु प्रचिन्कालादेखी नै क्षिमेकी राष्ट्र हरुमा निर्यात गर्दै आएको र ऊनको प्रचुर उत्पादनले यसको नाम नेपाल (ऊनको घर ) रहनगएको हो ।
  • नेवारहरुले यस भूमिलाई "नेपा " भन्ने गर्थे पछी गएर नेपाल हुन गएको हो ।
  • लिम्बु भाषामा नेपालको अर्थ "समतल मैदान" हो । यहाँ कुनै-कुनै ठाउमा समतल फाटपनि भएको ले नेपाल भन्ने भन्ने पनि भनाइ 
  • लेप्चा र लामा भाषामा "नेपाल " को अर्थ पबित्र गुफा वा पुण्यभूमि हुन्छ ..
  • संस्कृत शब्दमा नीप (पहाडको काखा ) मा आल (ठाउँ ) प्रत्यय जोडी नेपाल रहन गएको हो ।
  • यहाँ पहिला ने नाम गरेका ऋषि ले जनताको लालन पालन गरेकोले यस देश को नाम नेपाल रहन गएको हो । ने मुनि को आश्रम पहिले दुम्जामा र पछी चन्द्रचुडपर्बत मा तपस्या गरेका थिए भन्ने गरिन्छ ।
  • नेपालका प्राचिन शासक गोपालबंशमा नेप नाम गरेका प्रतापी राजा थिए ।उनकै नामपछी एस को नाम नेपाल रहन गएको पनि भन्ने गरिन्छ ।



नेपालका राजवंशहरु


गोपाल वंश


·         नेपालमा पहिला शासन गर्ने बंश गोपलबंश हो । गोपाल भन्नाले गाई पालक समुदायबुझाउछ ।

·         गोपाल हरु ले उपत्यकाका प्राचिन नाग जाति लाइ पराजित गरेका थिए । उनीहरु पराजयपश्च्यात दक्षिण भेग तर्फा लागे ।

·         गोपलाहरुको पालामा पशुपति ज्योतिर्लिङ्ग प्राप्त भएको थियो ।

·         आफ्नो नामको पछाडी गुप्त जोड्ने यो बंश लै गुप्त बंश पनि लेख्दथे ।

·         टेकु दोभानमा तपस्या गर्ने ने मुनिले भुक्तमान (भुमिगुप्त) लाई राजा नियुक्त गरे ।

·         गोपालहरु निप जातिका रहेको  ने मुनिले यिनिहर्लाई स्थापना गरेकोले यस देशको नाम नेपालरहन गएको पनि भन्ने गरिन्छ ।

·         यस वंशमा ८ राजाले ५५१ बर्ष भन्दाबढी राज गरेका थिए ।

·         यिनीहरुको शासन केन्द्र मातातिर्थ थियो ।

·         अन्तिम गोपाल बंशी राजा जीतागुप्त नि :सन्तान भइ उनका कोहि नभएकाले दक्षिण(भारत ) बाट आएका आभिर्बंशी बरसिहाले नेपालको राज्यसत्तामा अधिकार जमाएका थिए तर जितागुप्तलाई महिषपाल (बरसिहा )ले युद्धमा पराजित गराई राज्य शासन मा कब्जाजमाएको कुरा गोपलाबंशाबली मा उल्लेख छ ।



महिषपाल ( अमिर वंश )


·         प्रथम राजा बरसिह (भूलसिह ) , जय सिंह तथा  अन्तिम राजा भुवानसिह गरि जम्मा 3जना राजाले १०० वर्ष शासन गरे ।

·         भूबन सिह किरात हरु द्वारा पराजित भए ,जसका नाइके यलम्बर थिए ।

·         यीनीहरुको शासन केन्द्र पनि मातातिर्थ नै थियो ।



किरात वंश


·         यस वंशमा ३२ राजाले ५२६ वर्ष राज्य गरे ।

·         सातौं किराती राजा जितेदास्तीका पालामा वुद्ध तथा चौधौ राजा स्थुंकोको पालमा सम्राट अशोक नेपाल आएका थिए ।

·         पन्ध्रौ राजाले अशोकको डरले मातातिर्थ छाडी गोकर्णमा सरी त्यही वाट राज्य गरे ।

·         २८औं राजाले त्यहावाट पनि सरेर शंखमुल निर राजधानी वनाए ।

·         अन्तीम राजा गस्तीलाइ हराइ सोम वंशका निमिषले राज्य गर्न थालेका थिए ।



लिच्छवी वशं


·         लिच्छवीहरु भारतको वैशालीवाट आएका थिए ।पछी यिनीहरुले यहानै राज्य स्थापना गरे । यस पालमा नै इतिहासको प्रामाणिक जानकारी पाइन्छ । यो वंशमा गुणकामदेव मानदेव अशुवर्मा जस्ता राजा भएका थिए ।

इतिहास केही जानकारी (चलन चलाउने निरमाण गर्ने)

मानगृह,चाँगुनारायणको मन्दिर : मानदेव

कैलाशकुट भवन :अंशुवर्मा

भद्राधिवास :नरेन्द्रदेव

नुवाकोटको सात तले दरबार र तिलंगा घर : पृथ्वीनारायण शाह

वसन्तपुरको नौतले दरबार:   पृथ्वीनारायण शाह

भक्तपुरको ५५ झ्याले दरबार,न्यातपोल देवल,भैरव मन्दिर      भुपतीन्द्र मल्ल

काठमाडौंको रानीपोखरी           प्रताप मल्ल

असन केलटोलको तिलंगा घर           अभिमानसिंह बस्नेत

दत्तात्रेयको मन्दिर(भादगाउँ;)      यक्ष मल्ल

धरहरा,सुन्धारा,वागदरबार   भीमसेन थापा

जगन्नाथ मन्दिर(टुँडीखेल;)    रणबहादुर शाह

घण्टाघर र पुस्तकालय-           वीरशमशेर

सिंहदरबार,मिलिट्री अस्पताल,रोपवे    चन्द्रशमशेर

बालाजुको २१ धारा       जयप्रकाश मल्ल

तलेजु भवानीको मन्दिर(काठमाडौं;)        महेन्द्र मल्ल

पशुपतिनाथको मन्दिर अगाडिको ठुलो बसाहा          जगतजंग

पशुपतिनाथको मन्द            प्रचण्डदेव

काठमाडौं सहरको स्थापना- कृष्ण जात्रा लाखे जात्रा            गुणकामदेव(लक्ष्मीकामदेव )

ललितपुरको स्थापना        वीरदेव

भक्तपुरको स्थापना-            आनन्ददेव

कोर्ट फि र लिफाको चलन       जुद्ध समसेर

नाग रवासुकीको पुजा           मानदेव

झ्यालमा वुट्६ हाल्ने            नरेन्द्र देव

हनुमानढोका दरबारको निर्माण सुरुआत-    प्रताप मल्ल

हनुमानढोका दरबारको सुनको ढोका            गिर्वाणयुद्दविक्रम शाह

हनुमानढोका दरबारको गद्दि बैठक     चन्द्रशमशेर

हनुमानढोका दरबारको हनुमानको मुर्ति       प्रताप मल्ल

पशुपतिलाई स्वर्णमय बनाउने           भाष्कर वर्मा

कुमारी मन्दिर            जयप्रकाश मल्ल

पशुपतिनाथको हालको मुर्ति         जयसिंह देव

जनकपुर-जयनगर रेलसेवा---------------------------जुद्दशमशेर

नेपालमा बैंकिङ प्रणालीको सुरुआत(तेजारथ अड्डा;)-----------> रणोद्दिप सिंह

पाटनको कृष्ण मन्दिर------------------------------सिद्धिनरसिंह मल्ल

लुम्बिनीस्थित अशोक स्तम्भ--------------------------सम्राट अशोक

गोकर्णेश्वरको मन्दिर--------------------------------जयप्रकाश मल्ल

विस्केट जात्रा           जगज्योति मल्ल

मोहर                 महेन्द्र मल्ल

छालाको मुद्रा            सिद्धनरसिं मल्ल

शनिवार विदा           भिम समसेर


टोपीमा व्याज            चन्द्र सम्सेर

सुनको असर्फी            रण वहादुर शाह

कागजी नोट             श्री ५ त्रिभुवन

मानापाथी                राम शाह


दक्षिणकाली-            प्रताप मल्ल

सिम्रौनबाट तुलजा भवानीको मुर्ति काठमाडौं ल्याउने            हरसिंह देव

दत्तात्रेयको ३ तले मन्दिर           विश्व मल्ल

मृगस्थलीको विश्वरुप मन्दिर   जंगबहादुर राणा

पाल्पाको नारायण मन्दि               अमरसिंह थापा

चाँगुनारायणस्थित शिलालेख               मानदेव

वाराही र वैष्णवीको मन्दिर           भुपतिन्द्र मल्ल

त्रिपुरेश्वरस्थित सत्यनारायणको मन्दि             जंगबहादुर राणा

लव पोखरी            जगज्योति मल्ल

मरुटोल(काठमाडौं स्थित नमस्कार मुद्रामा रहेको गरुडको मुर्ति      भुपालेन्द्र मल्ल

नक्सालको सन्तानेश्वर महादेव-         नुवाकोटे ठकुरी राजा शंकरदेव

शंखमूलको जगतनारायण मन्दिर       जगतशमशेर

युधुनियम राजदरबार          राजा रुद्र मल्ल

जैसीदेवल        लक्ष्मीनारायण शर्मा

टेकुस्थित भीम-भुवनेश्वरीको मन्दिर         माथवरसिंह थापा

हनुमानढोका दरबारको उत्तरपट्टीको पशुपतिनाथको मन्दिर            महेन्द्र मल्ल

नेपालमा पहिलो

शाह उपाधि धारण गर्ने
कुलमण्डन खान
आभीरवंशी राजा
वरसिंह
कर्णाटवंशी राजा
नान्यदेव
नेपाल उपत्यकाका राजा
धर्माकर
सुर्यवंशी राजा
भूमि वर्मा
किराँतवंशी राजा
यलम्बर
गोपालवंशी राजा
भुक्तमान
लिच्छिविवंशी राजा
जयदेव प्रथम
सोमवंशी राजा
निमिष
भक्तपुरका मल्ल राजा
राय मल्ल
मल्लवंशी राजा
अरिदेव
पाटनका मल्ल राज
रण मल्ल
ठकुरवंशी राजा
भाष्करदेव
राष्ट्रबैंकका गभर्नर
हिमालयशमशेर जबरा
त्रि.वि.का कुलपति
कान्ती राज्यलक्ष्मी
त्रि.वि.का उपकुलपति
सुवर्णशमशेर जबरा
राजसभा स्थायी समितिका सभापति
डा.के आई.सिंह
निर्वाचन आयुक्त
सुरेन्द्र ब.बस्नेत्
न्यायाधिवक्ता
कालीप्रसाद उपाध्याय
महालेखा परीक्षक
चन्द्रबहादुर थापा
लोकसेवा आयोगका अध्यक्ष
अनिरुध्दप्रसाद सिंह
पब्लिक सर्भिस कमिसनका सभापति
सरदार नगेन्द्रमान सिंह
प्रधान सेनापति
विराज थापा मगर
एकिकरणकालका प्रधानमन्त्री
कालु पाँडे
एकिकरणपछिका प्रधानमन्त्री
भीमसेन थापा


अ.दु.अ.आ. का अध्यक्ष
अनिरुध्दप्रसाद सिंह
श्री ५ को नायवी भई शासन चलाउने
राजेन्द्रलक्ष्मी
म्याट्रिक पास गर्ने राणा प्रधानमन्त्री
चन्द्रशमशेर
महिला मन्त्री
द्वारिकादेवी ठकुरानी
सहिद
लखन थापा
विश्व भमण गर्ने
केशरशमशेर जबरा
सल्लाहकार सभाका स्पिकर
कृष्णप्रसाद भट्टराई
शिलालेख स्थापना गर्ने
मानदेव
यूरोप जाने
राजा त्रिभुवन
एक्का चढ्ने व्यक्ति
भिमसेन थापा
परिचारिका (नर्स)
विद्दावती,धर्मदेवी,राधादेवी
काठमाण्डौं गौचरमा हवाईजहाज उत्रेको
२००६ वैशाख ११
त्रिभुवन विमानस्थलमा जेट उत्रेको
२०२३ फाल्गुन २५
राणा उपाधि पाउने
जंगबहादुर कुँवर
शमशेर उपाधि पाउने
धीरजंग कुँवर
शमशेर ज.ब.रा. उपाधि पाउने
वीरशमशेर र उनका भाईहरु
सं.रा. सङ्घमा नेपालको स्थाई प्रतिनिधि
ऋषिकेश शाह
विदेशी बैंकमा रुपैयाँ जम्मा गर्ने व्यक्ति
वीरशमशेर जबरा
सगरमाथा चढ्ने
तेन्जि नोर्गे शेर्पा र एड्मण्ड हिलारी
नेपालमा मोटर चढ्ने व्यक्ति
वीरशमशेर जबरा
पत्रिका
सुधासागर
पर्वतारोहणको लागि खुलेको हिमाल
अन्नपुर्ण हिमाल
वैज्ञानिक
गेहेन्द्र शमशेर
नेपालले ओलम्पि खेलमा भाग लिएको
सन १९६४
बजेट पेश गर्ने
मातृकाप्रसाद कोईराला
भिक्टोरिया क्रस पाउने
कुलवीर थापा
सर्वसाधारण जनताबाट प्रधानमन्त्री
मातृकाप्रसाद कोईराला
जननिर्वाचित प्रधानमन्त्री
वी.पी.कोईराला
विनाअक्सिजन सगरमाथा आरोहण गर्ने
पीटर ह्यब्लर तथा रायनहोल्ड मेस्नर


अन्टार्कटिका पुग्ने नेपाली
भुवनसिंह विश्वकर्मा
संस्कृत विश्वविद्दालयका उपकुलपति
डा. हरिदेव मिश्र
विद्दालय निरिक्षक
सूर्यप्रसाद ढुंगेल
दरबार हाइस्कूलको हेडमास्टर
मिस्टर क्य़ानिङ
दैनिक पत्रिका
आवाज (२००७ फागुन ८ )
गुणराज पुरस्कार पाउने
कोषनाथ देबकोटा
राजा वीरेन्द्रबाट विज्ञान तथा प्रविधि प्रज्ञा पुरस्कार पाउने
डा.समनबहादुर राजभण्डारी
कविता महोत्सव पुरस्कार पाउने
भैरव अर्याल
वीरेन्द्र प्रज्ञालङकार पाउने
प्रो.किस्टोफर्,स्युरर हाइमन डोर्फ
मदन पुरस्कार पाउने
सत्यमोहन जोशी,चित्तरञ्जन नेपाली र बलराम जोशी
साझा पुरस्कार पाउने
भूपी शेरचन
त्रिभुवन पुरस्कार पाउने
नरबहादुर भारती
पृथ्वी प्रज्ञा पुरस्कार पाउने
बालकृष्ण सम
महेन्द्र प्रज्ञा पुरस्कार पाउने
दौलतविक्रम विष्ट
इन्द्र राज्यलक्ष्मी पुरस्कार पाउने
उस्ताद गणेशलाल
रा.प.का अध्यक्ष
विश्ववन्धु थापा
मौलिक आधुनिक उपन्यास
रुपमती (रुद्रराज पाण्डे )
"महाराजाधिराज " उपाधि लिने
अंशुवर्मा
नेपाली चलचित्र
सत्य हरिश्चन्द्र
राज्य त्याग गर्ने राजा
रणबहादुर शाह
विमान अपहरण
२०३० जेष्ठ २८
मुलुकी ऐन लागू गर्ने
राजा सुरेन्द्र शाह
भारतका लागि नेपाली राजदुत
सिंहशमशेर
एक व्यक्तिको आँखा अर्को व्यक्तिमा सार्ने
रामप्रसाद पोखरेल


वीरवीक्रम पदवी अलङ्कृत गर्ने
राजा गिर्वाणयुध्द
पर्यवेक्षकका रुपमा ओलम्पिक खेलमा भाग लिएको वर्ष
सन १९५२
घरमा रेडियो राख्ने
जुध्दशमशेर
कृतिम गर्भाधान कार्य सम्पन्न
वि.स.२०२०
अमेरिका पुग्ने प्रथम नेपाली नागरिक
जय पृथ्वी ब. सिंह
नेपाल आउने प्रथम विदेशी राष्ट्रपति
डा. राजेन्द्रप्रसाद (भारत)
नेपाल आउने प्रथम विदेशी प्रधानमन्त्री
जवाहरलाल नेहरु (भारत)
त्रिपिटकाचार्य पास गर्ने
भिक्षु कुमार कश्यप
हिस हाइनेस पदवी पाउने
केशरशमशेर जबरा
दुरबिन प्रयोग गर्ने
प्रताप मल्ल
चस्मा लगाउने
राजा सुरेन्द्र शाह
सवारी चालक इजाजतपत्र पाउने
कुलबहादुर नकर्मी
मोहम्मद अयुब खाँ
प्र.जि.अ. को नियुक्ति
वि.स.२०२२ पौष १ गते


प्राचिन इतिहासको जानकारी

१) राजा राजदेवको समयमा वि सं १४०६मा वंगालका सुल्तान समसुद्दीन ले नेपालमा आक्रमण गरी पशुपतिको मन्दीर भत्काउने तथा चत्यमा तोड फोड गरेका थिए । ७ दिन सम्म वसी उनी फर्के पछी राजदेन पुन राजा वनेका थिए ।

२) गुणकामदेवले १ लाख खर्चेर कान्तीपुरको निर्माण गरेकाले उनलाइ काडमाण्डौको संस्थापक मानिन्छ ।

३) मानदेवले वि सं ५२१ देखी ५६१ सम्म राज्य गरेका थिए ।

४) क्राचल्ल ले १२०६।७ ताका कर्णाली को सिंजालाइ राजधानी वनाइ खस राज्यको स्थापना गरेका थिए । यसमा २८ पुस्ताका राजाले २२३ वर्ष सम्म शासन गरेका थिए । यो राज्य टुक्रीएर वाइसे राज्य वनेका थिए ।

५)विक्रम सम्वत ११५४ राजा नान्यदेवले सिम्रौनगढमा केन्द्र वनाइ तिरहुत वा डोय राज्यको स्थापना गरेका थिए । २३० वर्ष पछी यो राज्यको पतन भएको थियो ।

५) रुद्रसेनले तराइको माकन्दपुर (मकवानपूर) लाइ केन्द्र वनाइ सेन वंशी राज्यकोस्थापना गरेका थिए । १५०७ मा हरिहर सेनका पालामा मकवानपुर र विजयपुरमा टुक्रीएको थियो ।

एकिकरण पछीको नेपाल

१) राणाकालमा शुद्ध क्षेत्रीतर्फका वाट जन्मेका स्वस्नी तर्फवाट जन्मेका  र ल्याइते तर्फवाट जन्मेकालाइ  वर्गमा विभाजन गरिएका थिए ।

२) शुक्रराज शास्त्रीको नेतृत्वमा २१ जनाको नेपाली नागरिक अधिकार समिति गठन भएको थियो । इन्द्रचोकमा प्रवचन दिइरहेका वेलामा उनी पक्राउ परे र मुरलीधरले पोल खोली दिएकाले धेरै गसफ्तारिमा पनि परे । केदारमान ष्यथित समेत यसका सदस्य थिए ।

सतिप्रथाको अन्त : जैग वहादुरले मुलुकी ऐन १९१० मार्फत दास प्रथा अन्त गर्न केहि कडाइ गरेका थिए । तर यसले सफलता नपाए पछि १९७७ असारमा चन्द्र सम्सेरले पूर्णत रोक लगाए । यसै गरी जंग वहादुरको दास प्रथा विरोधि कार्य पनि सफल नभएकोले १९८१ असोजमा टुडीखेलमा दास प्रथा उन्मुलनका लागी घोषणा गरे ३६७०००० रकम राज्यकोषवाट खर्च गरी १९८२ वैशाख १ वाट दास प्रथा पूर्णत उन्मुलन भयो ।

३) नेपाल प्रजा परिषद १९९३ जेष्ठ धर्मभक्तको घरमा कार्यालय स्थापना गरी खोलिएको थियो । यसका कृयाकलाप सन्चालन हुन थालेपछी यसकै सदस्य रामजी जोशीले पोल खोली दिएकाले करिव सवै सदस्य पक्राउ परि कतिलाइ मृत्यु दण्ड र कतिलाइ अन्य सजाय दिइएको थियो ।

४) १९४६ अक्टोवर ३१ (२००३ कार्तिक १५ ) नेपाली राष्ट्रिय कांग्रेसको स्थापना भयो । यसैको नेतृत्वमा २००३ चैत्रमा विराटनगर जुट मिलमा हड्ताल सुरुभयो तर यसको दमन भएकाले २००४ वैशाख ( १३ अप्रिल१९४७) मा पहिलो जन आन्दोलन सुरुभयो । यसको १२ दिन मै पद्म सम्सेरले वैधानिक कानुन लागु गर्ने प्रतिवद्धता जारी गरे ।

५) २००५ मा त्रीपुवर सिंहगोपाल रिमाल विजय वहादुर मल्ल लगायतले नेपाल प्रजा पन्चायत नामक संस्था स्थापना गरे । तर विना अभियोगनै अनिश्चीतकाल सम्म जेल हाली यसको दमन गरियो ।

६) २००५ असार १ देखी संस्कृत पाठशालाका विद्यार्थीहरुले पढाइमा भूगोल राजनीति आदि विषय समावेश गर्नु पर्ने माग राखी आन्दोलन सुरु गरे । यसलाइ जयतु संस्कृतम आन्दोलन पनि भनिन्छ । यसको दमन स्वरुप कतिपयलाइ उपत्यका निकालिएको हुदा काशी गइ नेपाली राष्ट्रीय कांगर्समा मिले ।

७) नेपाली राष्ट्रीय कांग्रेश संग असहमत पक्ष डिल्ली रमण रेग्मी सुवर्ण सम्सेर लगायतले २००५ श्रावण १ गते नेपाली प्रजातन्त्र कांग्रेश गठनगरे र नेपाल पुकार नामक मुखपत्रको प्रकाशन् सुरु गरे ।यसको पहिलो कार्यालय कलकत्ता थियो पछि पटनामा सारियो । २००६ चैत्र २७मा कलकत्तमा भएको प्रतिनिधि सम्मेलनको निर्णय अनुसार दुवै कांग्रेस उकिकरण भइ नेपाली कांग्रेसको स्थापना भयो । रेग्मी असन्तुष्ट भएकाले यसवाट वाहिरिए । २००७ को वैगानिया सम्मेलनवाट कांग्रेसले विराटनगर र विरगन्ज केन्द्रवनाइ शसस्त्र आन्दवलन गर्ने निर्णय गर्यो ।

८) २००६ असोजमा पुष्पलालले नेपाल कम्युनिष्ट पार६को स्थापना गरेका थिए ।

९) २००७ पौष २५ गते एउटा संझौता भयो ।कुराकानी पछी माघ १ गते वाट कांग्रेसले संघर्ष वन्द गर्ने आदेश दियो । त्रीभूवन फाल्गुण ४ गते दिल्लीवाट फर्किएर ७ गते नया मनेत्री मण्डल घोषणा भयो । राणाका मतियारले चैत्र २४ गते सदरजेल पुगी भरत सम्सेर तथा रणधर सुव्वालाइ वेल वाट छुटाइ वि पी कहा पुगे । विपिले रिभल्भरवाट एकजनाको हत्या गरेपछि उनीहरु पछाडी हटेकाले पछाडीको ढोकावाट नारायणीहिटिमा पुगे । यो विद्रोहलाइ खुकुरीदलको विद्रोह भनिन्छ ।

१०) नेपाल प्रजा परिषद: २०११ माघ २१ अभ्यक्ष वालचन्द्र शर्मा

१२)अखिल भारती नेपाली राष्ट्रीय कांग्रेस:२००३ कार्ति १५ देवी प्रसाद सापकोटा

१३) राष्ट्रवादी गोर्खा परिषद्:२००९ चैत्र ९ अध्यक्ष रणधिर सुव्वा । यसैले २०१५मा प्रमुख विपक्षी दलको मान्यता प्राप्त गरेको थियो । १९ सिट ल्याएर ।

१४) २००७ पछी मोहन सम्सेर मातृका प्रसाद कोइराला तथा परामर्श दात्री सरकार मात्रीका कोइराला प्रत्यक्ष शासन टंक प्रसाद आचार्यतथा के आइ सिंको तथा सुवर्ण सम्सेरको नेतृत्वमा मन्त्री मण्डल गठन भए ।२०१४ चैत्र ३ गते भगवती प्रसाद सिंहको नेतृत्वमा संविधान मस्यौदा समिति गठन भयो ।२०१५ फाल्गुण १ गते नेपाल अधिराज्यको संविधा२०१५ जारी भइ यसै अनुसार आम निर्वाचन समेत भयो ।

१५)२०१७ पौष १ गते राजाले शासन हातमा लिए र आफ्नै अध्यक्षतामा मन्त्री मण्डल गठन गरे ।०४२ सालमा ने का ले सत्याग्रह र ३०३६ सालमा विद्यार्थीको आन्दोलन पछी जनमत संग्रह धयो ।२०३७ वेशाख २० गते भएको यो चुनावमा ५५ जिल्लामा पन्चायत र २२ जिल्लामा वहुदलले जितेको थियो । समग्रमा पन्चायतले ५४…७९% मत ल्याइ विजय हासिल गर्यो ।यस पछि २०३८ २०४३ २०४८ तथा २०५१ मा अरु आम निर्वाचन सम्पन्न भए । यस विचमा मनमोहन अधिकारिको सरकारले जेठ २६ २०५२ मा गरेको संसदको विघटन सम्वन्धी आदेश सर्वोच्च अदालतले भाद्र १२ मा सव आदेश वदर गर्यो ।


नेपाल इतिहासका प्रमुख युद्धहरु

१)केरुङ युद्ध पूर्व शर्त अनुसारका मुद्रा नपठाइको तिव्वतले सिक्किमको अर्को वाटो खोलेको तथा दाजु संग वेमनस्यता भएका श्यामर्पालामा लाइ नेपालले शरण दिएकोले १७८८(वि सं १८४५) मा दामोदर पाण्डेको नेतृत्वको फौजले आक्रमण गरी कुति केरुङ झुङ र सिकारजुङ कव्जा गरेकाले नेपाल र तिव्वत विच १८४६ जेठमा केरुङ सन्धी भयो ।

२)वेत्रावती युद्ध: केरुङ सन्धी अनुसार वर्षेनी ५७६०० नदिनु तिव्वतले नर्पाली सामानको भन्सार वढाउनुनुनमा धुलो मिसाउनु जस्ता कारणले लेपालले १८४८ श्रावणमा दामोदर पाण्डेको नेतृत्वमा फोज गइ तिव्वत लुटेर नेपाल पठायो । पछि चिनले लुटेको धन र श्यामर्पा लामा फिर्ता माग्दा नेपालले नपठाएकाले चिनले सेना पठायो ।अन्तमा १८४९ मा वेत्रावतिमा ठूलो लडाइ पश्चात वेत्रावती संधि भयो ।

नेपाल अङग्रेज युद्ध वुटवल स्युराज लगायतका भूमिमा खिचलो झिकेर लर्ड हेस्टीङले १८७१ कार्तिकमा युद्धको घोषणा गरे । त्यसवेला भिमसेन थाप नेपालका प्रधान मन्त्री थिए ।यसमा निम्नानुसार लडाँइ भए ।

   क) खलङगा नालापनी : वलभद्र कुवर (जिलेस्पी)


   ख) जैथक : जसपाउ थापा र रणजोर थापा (लड्लो ) नेपालले हाएको थियो ।


   ग) देउथल : भक्ती थापा विरगती प्राप्त गरे(स्ट्रोवेस)


   घ) मलाउ : अमरसिं थापा (अक्टरलोनी )


   ङ) जितगढी : उजिर सीं थापा । नेपालले विजय गररेको ।


   च) अल्मोडा : अमरसिंलाइ सहयोग गर्न गएको टोली माथी आक्रमण हुदा हस्तीदल थापा मारिए र वमशाह अल्मोडा सुम्पीएर उम्किए ।


युद्ध नेपालको विपक्षमा भएकाले गुरु गजराज मिश्र तथा चन्द्र शेखर गए । नेपालले तराइका अधिकांश भूमि छाड्न पर्यो । १८७२ मार्गमा यो सन्धी भएको थियो ।


 


४) नेपाल तिव्वत युद्ध  नेपाली व्यापारी माथी द्रव्यवहार लगायतका कारण झिकी जंग वहादुरले सेना पठाएका थिए ।तिव्वतले प्रत्याक्रमण गरे पनि कव्जा गरेका भूभाग फिराउन सकेनन् । पछि तिव्वतले वार्षिक १००००दिने कुरा जनाए पछी कुराकानी भइ १९१२ माघमा थापाथली सन्धी भयो ।


५) पहिलो विश्वयुद्ध : भारतले १८४७को सैनिक विद्रोह दवाउन सघाए वापत नया मुलुक प्राप्त गर्यो भने ५६५८० युवा र ववर तेज तथा पद्म समसेरको नेतृत्वमा २२००० सेना चन्द्रसमसेरले पठाएका थिए ।लडाइ जिते पछि चन्द्र सम्सेरको माग अनुसार राजालाइ हिज मजेस्टी तथा प्र म लाइ हिज हाइनेस भन्न थालियो ।


६) दोश्रो विश्व युद्ध : जुद्ध सम्सेरले ८००० सेना १४००० नया सेना भर्ना गर्ने स्वीकृति तथा ३६०००० नगद सहयोग गरे। युद्धको समापन पछी नेपाललाइ एकमुष्ठ १०लाख र विपत्तीमा काम लगाउन ३ लाखको फन्ड प्राप्त भयो ।


ईतिहासका केही प्रमुख घटनाहरु


   वासठ्ठीहरण : वनारसमा वस्दा अंग्रेजले सहयो नगरेको तथा लागेको ऋण मोचनका लागी १८६२मा रण वहादुरले वाहुनहरुलाइ दिएको विर्ता राइहरुको किपट फिर्ता गर्ने घोषणा गरे । यसलाइ वासठ्ठी हरण र वाहुनहरु तथा राइले मिलेर माझ किरातमा विद्रोह गर्दा उनीहरुको दमन गरियो जसलाइ "वाग्यानवा ६४सालको पर्व भनिन्छ ।

कोतपर्व: राजा सुरेन्द्रकि कान्छी रानी राज्य लक्षमीले आफ्ना विश्वास पात्र गगन सिंको हत्यारा पत्ता लगाउन १९०३ आश्वीन २ गते सवै भारदारलाइ वोलाइन । जंगवहादुर सेना सहित त्यहा पुगे । रानीले मेरा सत्रुको नाश गर भन्नासाथ जंगवहादुर रउनका भारदारले ४० जना जतिको हत्या गरे । यसैलाइ कोत पर्व भनिन्छ ।


भण्डारखाल पर्व: जंग वहादर प्रधानमन्त्री वनेपछि रानीले जेठी महारानी साम्राज्यलक्षमी का छोरा युवराज सुरेन्द्र र उनका भाइ उपेन्द्रलाइ मारी रणेन्द्रलाइ राजा वनाउन भनेको कुरा नमान्दा भण्डारखालमा भोजमा विष खुवाइ जंग वहादुरलाइ मार्ने योजना वनाइन तर यो कुराको पोल खुलेकाले जंग वहादुरले १९०३ कार्तीक १२ गते भण्डारखाल गइ वाकी लाइ पनि सखाप पारी रानीर छोरालाइ देश निकाला गर्ने व्यवस्था समेत मिलाए । यसैलाइ भण्डारखाल पर्व भनिन्छ ।


अलौ पर्व: जंगवहादर लाइ समाप्त गर्न फत्तेजंगका भाइ गुरु प्रसाद लगायतले विरगन्ज नजिकै अलौमा सानो सेना तयार गरे तर यस सेनाले काम गर्न नसके पछि राजाले सैनिक विद्रोह गर्न खोजे । तर जंग वहादुरले सनक सिं र वम वहादुरको नेतृत्वमा सेना पठाइ राजा वाहेक सवैको हत्या गरे राजा समातिए । १९०४ श्रावणको यो घटनालाइ अलौ पर्व भनिन्छ ।


३८ सालको पर्व: युवराज नरेन्द्रको नेतृत्वमा रणोद्दीपलाइ गुह्येश्वरी पुजा गर्न जादा मार्ने योजना वनाएकोमा यसको भेद खुली यो योजना सफल हुन सकेन ।


४२सालको पर्व: १९४२ मा रावलपिडीमा सैनिक प्रदर्शनी भाग लिन जान दिउको सेना प्रयवगरी डम्वर सम्सेरद्वारा रणोद्दीपको हत्या गरियो । यस पछी धीर सङ्ग्सेरङ्कँ १७ भाइ छोराको रोलक्रम तयार भयो । जंग वहादुरका छोरा जगतजंगको यसै घटनामा हत्या भउको थियो ।


मकैको खेती :कौशल अड्डाका सुव्वा कृष्णलाल अधिकारीले १९७३ लेखको मकैको खेती नामक पुस्तकको भूमिकाले राजाको गाथ ताकेको आरोपलागाइ किताव जफत तथा उनलाइ ९ वर्ष र सहयोगी ४५ जनालाइ ५ वर्षको कैद सुनाइयो ।


छिन्ताङ कान्ड :२०३६ साल कार्तीक १७ गते प्र म सूर्य वहादरु थापाका पाला धनकुटाको छिन्ताङमा १५ जना अनिकालले गर्स्त विद्रोहकारी लाइ मारिएको घटना ।


पिस्कर हत्याकाण्ड : २०४० माघ १ गते सिन्धुपाल्चोक पिस्करको महादेन स्थानमा सक्रान्ति मेला मनाउन भरेला भएका मानिस माथी गोली प्रहार गरि दमन गरिएको घटना ।


 


केही ऐतिहासिक व्यक्तिहरु


 मानदेव: (५२१…५६२) पहिलो प्रामाणीक राजा । यीनको समयको चागु नारायणको १९ श्लोकको अभिलेख सवै भन्दा   पुरानो । गोकर्णमा मानगृह वनाएका ।


अंशुवर्मा:(६२२…६७८) कैलाशकुट भवन । प्रथम महाराजाधिराज पद्वी धारक तथा युवराज घोषणा गर्ने चलन ।"पशुपति पादानुगृहित"पलवी लिएका तथा शव्द विद्या नामक ग्रन्थका लेखक ।वालकको सालनाल काट्ने चलन ।


भुक्तमान : वहुरी नामको गाइलेदुध चढाउने ठाउ खनेर हेर्दा भष्म भएका गोपाल सरदारको छोरा जसलाइ ने मुनीले राजा वनाएका थिए ।यसैले यीनी प्रथम गोपाल वंशी राजा वने ।


नरेन्द्र देव :परम भट्टारक पदवी। भद्राधिवास निर्माण ।यीनको आसनमा सीहको आकृति भएकोले सिंहासन लोकप्रीय । रातो मच्छिन्द्रनाथको रथ यात्रा ।


अरिदेव मल्ल : मल्ल वंशका संस्थापक ।


जयस्थीति मल्ल : महान सुधारक ।आर्यघाटमा लवकुश सहितको राम मन्दीर ललितपतनको कुम्भेश्वर मनदिर गोरखनाथ र गोकर्णेश्वर को पुजाको चलन उन्मत्त भैरव स्थापना ।रामाङ्क र भैरवानन्द नाटिका ।


जगज्योति मल्ल : साहित्य प्रेमी हरगौरी विवाह तथा कुन्ज विहारी नाटक । भवानी संग पाशा खेल्ने ।


गुणाकामदेव :इन्द्रजात्रा कुमारी वनाइ पुजा गर्ने


भूपतिन्द्र मल्ल: ५५ झ्याले दरवार न्यातपोल सिद्भि लक्षमफ देवल र भैरव मन्दिर


सिद्धिनरसिं मल्ल: पाटनको कृष्ण मन्दिर कार्तिकेय नाचको चलन नरसिं अवतार नृत्य।


रत्न मल्ल : मुसलमान प्रवेश गराउने तथा चितलाङ वाट तामा झिकाइ तामाको मुद्रा चलनमा ल्याउने ।


महेन्द्र मल्ल :सवैले खाए पछी खानेराजा । महेन्द्र मल्ली नामक मोहर र तलेजू भवानी ।


प्रतापमल्ल : कविन्द्र ।गेह्येश्वरी पत्ता लगाउने ।सेतो मच्छिन्द्रनाथको रथ यात्रा चलाउने ।रानी पोखरी र वुढा निलकण्ठको दर्शन गर्न वन्द ।


लखन थापा: १९३२ मा गोरखामा जंग वहादुरको विनास गर्नै वरपाएको भनि विद्रोह गर्नै पूर्व सैनिक ।


माथवर सीं थापा : जंगवहादुरका मामा जसले भिमसेन थापा माथी लागेका आरोप उल्टाएका थिए तर पछी १९०२ मा जैग वहादुरले नै उनको हत्या गरे तर राजा राजेन्द्रले यसको जिम्मा आफैं लिए ।


http://binodkdahal.blogspot.com बाट साभार 

No comments:

Post a Comment