Monday, December 26, 2016
Thursday, December 22, 2016
बल्ल बोले लोकमान, जनताले चाहे भ्रष्टको बस्त्र उतार्ने उद्घोष
काठमाण्डौ । सर्वोच्च अदालतको पेशी कक्ष जस्तो संवेदनशील ठाउँमै आफूमाथि दुुव्र्यवहार भएपछि अख्तियार दुुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले मुख खोलेका छन् ।
उनले आफूविरुद्ध भ्रष्टहरुले षड्यन्त्रमूलक ढंगले महाअभियोगको प्रस्ताव दर्ता गराएका र चौतर्फी आफूूमाथि प्रहार भएको भन्दै भ्रष्टाचारविरुद्ध राम्रो काम गरेकै कारण आफूविरुद्ध सुनियोजित माहौल बनाएको दाबी गरेका छन् ।
‘म यतिवेला धेरै तथ्यपूर्ण रहस्यका पोकाहरु खोल्न चाहँन्न, तर जनताले चाहेको, देशले मागेको उपयुक्त समयमा सम्पूर्ण तथ्य विवरण जनसमक्ष प्रस्तुत गर्न म हिचकिचाउने छैन ।’
केहीबेरअघि लोकमानले देशबासीको नाममा एक अपील जारी गर्दै कानून पालना गराउने दायित्व बोकेकाहरुले आफ्नो कर्तव्य निर्वाह गरेबापत दण्डित हुनुपर्ने र भ्रष्टाचार नियन्त्रण गरी सुशासन प्रवद्धन गर्ने दायित्व बोकेका व्यक्तिले भ्रष्टाचार नियन्त्रणका निम्ति कदम चालेकै कारण अपमानित र अपहेलित हुनुपर्यो भने त्यसबेला कैयन सीमाहरु भत्कनसक्ने भन्दै भ्रष्टहरुलाई चेतावनी दिएका छन् ।
‘म यतिवेला धेरै तथ्यपूर्ण रहस्यका पोकाहरु खोल्न चाहँन्न, तर जनताले चाहेको, देशले मागेको उपयुक्त समयमा सम्पूर्ण तथ्य विवरण जनसमक्ष प्रस्तुत गर्न म हिचकिचाउने छैन ।’ लोकमानले अपीलमा भनेका छन् –‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखका रुपमा भ्रष्टाचार नियन्त्रणका निम्ति गरिएका प्रयासलाई अवरोध पुर्याईन्छ भने सचेत नेपाली नागरिकका रुपमा भ्रष्टाचार बिरुद्धको अभियान चलाउनु मेरो स्वभाविक कर्म हुनेछ । त्यसबेला कतिको शरीरमा वस्त्र बाँकी रहला समयले नै बताउने छ।’
लोकमानले आफूमाथिको प्रहारलाई शितलता प्रदान गर्ने वृक्षलाई ढाल्न खोजिएको, अँध्यारोमा प्रकाश छर्ने दियोले फुटाउन खोजिएको र मालीले कुटाई खानुपरेको अवस्थासँग तुलना गरेका छन् । ‘गृष्म याममा शितलता प्रदान गरेबापत वृक्षले फेदै देखि ढालिनु पर्ने, अँध्यारोमा प्रज्वलित भएर प्रकाश छरे बापत दियोले फुट्नु पर्ने, फूलको स्याहार सम्भार र संरक्षण गरेबापत मालीले कुटाई खानुपर्ने जस्तो अवस्था पैदा भए कस्तो होला ?’ अपीलमा भनेका छन्–‘भ्रष्टाचार नियन्त्रणका निम्ति गठित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त म लोकमान सिंह कार्की यतिबेला यस्तै प्रश्नको जवाफ बन्नु परेको छ ।’
उनले आफूूविरुद्ध कस–कसले अभियान चलाएका छन् भन्ने बिषयको पनि सनसनीपूर्ण खुलासा गरिदिएका छन् । यो क्रममा उनले एनजीओ, आइएनजीओ, बचत तथा सहकारी संस्था, ट्रेड युनियन, व्यवसायी, पत्रकार, केही संचारगृहका मालिक, व्यापारी, सांसद बनाउने व्यक्ति, भोकहड्ताल बस्ने डा. गोविन्द केसी, केही मन्त्री र नेताहरु भ्रष्टाचारमा लिप्त भएका र उनीहरुले नै सुनियोजित रुपमा आफूमाथि प्रहार गरेको दाबी गरेका छन् ।
‘आश्चर्यजनक र दुःखद संयोग नै मान्नु पर्छ, दक्षिण कोरियामा भ्रष्टाचार गर्ने राष्ट्रपति बिरुद्ध महाअभियोग लाग्दा नेपालमा चाहिँ भ्रष्टाचार बिरुद्ध निडरतापूर्वक कदम चाल्ने मैले आफ्नै बिरुद्ध महाअभियोगको सामना गर्नु परिरहेको छ।’
उनको अपीलमा भनिएको छ–‘राज्यको बजेट बराबरको समानान्तर बजेट अपारदर्शी र मनोमानी ढङ्गबाट परिचालन गर्ने एन.जि.ओ. आइ.एन.जि.ओ.हरु, सर्वसाधारणलाई ठूलठूला सपना देखाई भ्रममा पारेर अर्बौं रुपैयाँ बचत गर्ने सहकारी संस्थाहरु, सरकारी, अर्धसरकारी निकायहरुमा आफ्नो बाहुल्य र दवाब सिर्जना गरी आफू अनुकुल निर्णय गराउन बाध्य पार्ने ट्रेड युनियनका नाममा सक्रिय कतिपय व्यक्तिहरु, राज्यलाई ठगी गरी विलासी जीवन बिताउने व्यक्तिहरु, सिण्डीकेट र कार्टेलिङ्ग गर्ने व्यवसायी र सस्तो लोकप्रियताका निम्ति पत्रकारिताको आधारभूत मूूल्य मान्यता बिपरित जस्तो सुकै सामाग्री समाचारका रुपमा प्रकाशित गरी राष्ट्रलाई नै दिग्भ्रमित गर्न खोज्ने केही संचारगृहहरु, सञ्चार व्यवसायीको आवरणमा रही विभिन्न भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न केही सञ्चारगृहका मालिकहरु, जनताबाट ठूलो भ्याट बापतको धनराशी उठाई राज्यमा दाखिला नगर्ने राष्ट्रिय स्तरका भनिने व्यापारीहरु, सांसद बनाउनका लागि बिभिन्न व्यक्तिहरुबाट करोडौँ रुपैयाँ उठाई सांसद नियुक्त गर्ने गराउने व्यक्तिहरु, राष्ट्रिय स्वार्थ भन्दा एनजीओ र आइएनजिओ ाट ठूलो धनराशी लिई तिनीहरुकै स्वार्थका लागि अनेकौं गैह्र कानूनी माग राखी रहस्यमयी तवरबाट भोक हड्ताल, अनसन गर्ने व्यक्तिहरु, मन्त्रालयलाई प्राप्त अधिकारलाई समेत प्रयोग नगरी मन्त्रीपरिषदमा लगेर गराइने नीतिगत बाहेकको अन्य निर्णयमा संलग्न मन्त्रीहरु र अकुत सम्पत्ति सम्बन्धी सम्पूर्ण छानबिन प्रक्रिया गरी मुद्दा दायर हुनै लागेका राष्ट्रिय स्तरका केही नेताहरुले क्यानाडाबाट म फर्केकै दिन अप्रत्याशित र छापामार शैलीबाट रातको ९ बजे षडयन्त्रपूर्वक ल्याईएको मेरा बिरुध्दका महाअभियोग प्रस्तावको बारेमा कस्तो दृष्टिकोण बनाउने हो सोको जिम्मेवारी मैले समस्त नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा सुम्पिएको छु । निर्दोष हुंदा हुंदै म माथी अहिले गैरकानूनी प्रक्रियाबाट राज्यका अति उच्च अङ्गमा पदासिन केही व्यक्तिहरुले पूर्वाग्रह राखी गरेको प्रहारको मूल्यांङ्कन गर्ने जिम्मेवारी पनि मैले ईतिहासलाई नै छोडिदिएको छु, इतिहासको कुनै न कुनै कालखण्डमा ममाथि भएको यो गैरकानूनी आक्रमणको मूल्यांङ्कन अवश्य हुने छ भन्ने विश्वास गरेको छु ।’
उनले अपीलमा दक्षिण कोरियाका राष्ट्रपतिमाथि भ्रष्टाचारमा लिप्त भएकै कारण महाअभियोग लागेको दृष्टान्त प्रस्तुत गर्दै भनेका छन–‘आश्चर्यजनक र दुःखद संयोग नै मान्नु पर्छ, दक्षिण कोरियामा भ्रष्टाचार गर्ने राष्ट्रपति बिरुद्ध महाअभियोग लाग्दा नेपालमा चाहिँ भ्रष्टाचार बिरुद्ध निडरतापूर्वक कदम चाल्ने मैले आफ्नै बिरुद्ध महाअभियोगको सामना गर्नु परिरहेको छ।’
==========================================
लोकमानको जारी गरेको अपील यस्तो छ :
आदरणीय दाजुभाई दिदीबहिनीहरु,
देश संक्रमणकालिन अवस्थाबाट गुज्रिरहँदा मैले सुशासनको प्रत्याभूति दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तको जिम्मेवारी प्राप्त गरेको यहाँहरु सबैमा अवगत नै छ । अख्तियार प्रमुखका रुपमा मैले आफ्नो भूमिका निर्वाह गरि रहँदा जे जस्ता अड्चन र अप्ठ्याराहरुको सामना गर्नुपर्यो र परिरहेको छ, त्यस सम्बन्धमा केही कुराहरु स्पष्ट गर्नु मैले उचित र आवश्यक ठानेको छु ।
गृष्म याममा शितलता प्रदान गरेबापत वृक्षले फेदै देखि ढालिनु पर्ने, अँध्यारोमा प्रज्ज्वलित भएर प्रकाश छरे बापत दियोले फुट्नु पर्ने, फूलको स्याहार सम्भार र संरक्षण गरेबापत मालीले कुटाई खानुपर्ने जस्तो अवस्था पैदा भए कस्तो होला ? भ्रष्टाचार नियन्त्रणका निम्ति गठित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त म लोकमान सिंह कार्की यतिबेला यस्तै प्रश्नको जवाफ बन्नु परेको छ ।
मैले राष्ट्रसेवकको रुपमा देश र जनताको सेवामा समर्पित भई कार्य गरिरहँदा पनि विगतदेखि नै विभिन्न अवरोध र चुनौतिको सामना गर्नु नपरेको होइन । तथापी विभिन्न अवरोधका बावजुद म आफ्नो कर्तव्यप्रति सदा अविचलित रही जिम्मेवारी निर्वाह गर्न प्रतिबद्ध रहेँ, रहने छु । पछिल्लो समयमा म माथि नियोजित ढङ्गले लगाईएका लाञ्छना, आरोप र दोषारोपणका श्रृंखलाहरु मलाई हतोत्साहित गर्ने कुत्सित् प्रयासका उपज हुन् भन्ने मलाई लागेको छ ।
लोकतन्त्र कसैका प्रति पूर्वाग्रही रहँदैन र यो व्यवस्थामा योग्यता र क्षमताको उच्च मूल्याङ्कन हुन्छ भन्ने विश्वास मलाई त्यस बेला भयो जब सबै राष्ट्रिय राजनीतिक दलहरुको सिफारिस र सर्वोच्च अदालतका तत्कालीन सम्माननीय प्रधानन्यायाधिश आफैले नेतृत्व गर्नुभएको सरकारको निर्णयमा सम्माननीय राष्ट्रपतिज्यूबाट प्रमुख आयुक्त पदमा मलाई नियुक्त गरियो । राजनीतिक दलहरु भ्रष्टाचारमुक्त शासन प्रशासन चाहन्छन् र पारदर्शिता तथा सुशासन कायम गरेर लोकतन्त्रप्रति जनताको विश्वास एवम् भरोसा जगाउन खोज्छन भन्ने मैले ठानेको हुँ । जनताको प्रतिनिधित्व गर्ने राजनीतिक दल र न्यायिक सर्वोच्चताका प्रतिबिम्ब बनेको सर्वोच्च अदालतका प्रधानन्यायाधिश नेतृत्वको सरकारले म माथी गरेको विश्वासलाई मैले सुखद् चुनौतिका रुपमा लिएको हुँ । जुन दिन मेरो नियुक्ति भयो त्यसै दिन मैले यो देशबाट अनियमितता र भ्रष्टाचार उन्मूलन गरी म माथी भरोसा राख्ने जनता, सरकार तथा राजनीतिक दलहरुको सपना पुरा गर्ने अठोट गरेको थिएँ । अख्तियार प्रमुखको कार्यभार सम्हालेयता यसको भूमिकालाई सक्रिय, सशक्त, निष्पक्ष र पारदर्शी तुल्याउने दिशामा म केन्द्रित रहेँ । भ्रष्टाचारको जालो यत्रतत्र सर्वत्र थियो र छ, देशमा यस्तो क्षेत्र देखिएन जहाँ स्वच्छता र भ्रष्टाचारको शुन्यता होस् । तलदेखि माथिसम्म फोहोर देखिए पछि कहिं न कहींबाट हामीले कुचो लगाउनैपर्थ्यो । तलदेखि माथीसम्म सफाईका निम्ति निडरतापूर्वक अभियान चलाईयो । हामीले यसरी सक्रियता दर्शाउँदा जनता प्रसन्न भएकै हुन् र भ्रष्टाचारीहरु थर्कमान र निरुत्साहित पनि अवश्य बनेका हुन् । भ्रष्टाचार बिरुध्दको काम कारवाहीलाई सघन र सशक्त बनाउन खोज्दा खास दलका नेता र कतिपय माननीय सांसदज्यूहरु के कति कारणले मेरा विरुध्द महाअभियोगको वाण हान्न अग्रसर हुनु भएको हो यो मैले बुझ्न सकेको छैन।
कुनै समय अख्तियारव्दारा निश्चित समूह वा क्षेत्रमाथी मात्र आँखा लगाउने गरिएको भन्ने जनगुनासो समेतलाई दृष्टिगत गरी हामीले अनुसन्धान, छानबिन र कारवाहीको दायरालाई फराकिलो बनाएका हौं । यसरी अनुसन्धान र कार्यवाहीको दायरा विस्तार गरिएसंगै मेरा विरुध्दको गतिविधिमा तीब्रता आउनु र महाअभियोग लगाउने सम्मको प्रपञ्च रचिनुलाई संयोग मात्र मान्न मैले सकिरहेको छैन ।
देश भन्दा ठूलो कुनै वाद विचार र जनता भन्दा महान अर्को कुनै शक्ति हुन सक्दैन भन्ने विचार दर्शनबाट अभिप्रेरित मैले राष्ट्रिय दायित्वका विभिन्न जिम्मेवारी निर्वाह गर्ने क्रममा कानून र संविधानलाई पछ्याउन कहिल्यै चुकिन र भविष्यमा पनि संविधान र कानून निर्देशित पथबाट विचलित नहुने प्रतिवध्दता एवम् आत्मविश्वास आफू भित्र छ । मैले अहिलेसम्म आफ्नो कर्तव्य र निष्ठामा कुनै प्रकारले कसैसंग सम्झौता गरिन, अब पनि गर्ने छैन ।
राज्यको बजेट बराबरको समानान्तर बजेट अपारदर्शी र मनोमानी ढङ्गबाट परिचालन गर्ने एन.जि.ओ. आइ.एन.जि.ओ.हरु, सर्वसाधारणलाई ठूलठूला सपना देखाई भ्रममा पारेर अर्बौं रुपैयाँ बचत गर्ने सहकारी संस्थाहरु, सरकारी, अर्धसरकारी निकायहरुमा आफ्नो बाहुल्य र दवाब सिर्जना गरी आफू अनुकुल निर्णय गराउन बाध्य पार्ने ट्रेड युनियनका नाममा सक्रिय कतिपय व्यक्तिहरु, राज्यलाई ठगी गरी विलासी जीवन बिताउने व्यक्तिहरु, सिण्डीकेट र कार्टेलिङ्ग गर्ने व्यवसायी र सस्तो लोकप्रियताका निम्ति पत्रकारिताको आधारभूत मुल्य मान्यता बिपरित जस्तो सुकै सामाग्री समाचारका रुपमा प्रकाशित गरी राष्ट्रलाई नै दिग्भ्रमित गर्न खोज्ने केही संचार-गृहहरु, सञ्चार व्यवसायीको आवरणमा रही विभिन्न भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न केही सञ्चारगृहका मालिकहरु, जनताबाट ठूलो VAT बापतको धनराशी उठाई राज्यमा दाखिला नगर्ने राष्ट्रिय स्तरका भनिने व्यापारीहरु, सांसद बनाउनका लागि बिभिन्न व्यक्तिहरुबाट करोडौँ रुपैयाँ उठाई सांसद नियुक्त गर्ने गराउने व्यक्तिहरु, राष्ट्रिय स्वार्थ भन्दा NGO र INGO बाट ठूलो धनराशी लिई तिनीहरुकै स्वार्थका लागि अनेकौं गैह्र कानूनी माग राखी रहस्यमयी तवरबाट भोक हड्ताल, अनसन गर्ने व्यक्तिहरु, मन्त्रालयलाई प्राप्त अधिकारलाई समेत प्रयोग नगरी मन्त्रीपरिषदमा लगेर गराइने नीतिगत बाहेकको अन्य निर्णयमा संलग्न मन्त्रीहरु र अकुत सम्पत्ति सम्बन्धी सम्पूर्ण छानबिन प्रक्रिया गरी मुद्दा दायर हुनै लागेका राष्ट्रिय स्तरका केही नेताहरुले क्यानाडाबाट म फर्केकै दिन अप्रत्याशित र छापामार शैलीबाट रातको ९ बजे षडयन्त्रपूर्वक ल्याईएको मेरा बिरुध्दका महाअभियोग प्रस्तावको बारेमा कस्तो दृष्टिकोण बनाउने हो सो को जिम्मेवारी मैले समस्त नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा सुम्पिएको छु । निर्दोष हुंदा हुंदै म माथी अहिले गैरकानूनी प्रक्रियाबाट राज्यका अति उच्च अङ्गमा पदासिन केही व्यक्तिहरुले पूर्वाग्रह राखी गरेको प्रहारको मूल्यांङ्कन गर्ने जिम्मेवारी पनि मैले ईतिहासलाई नै छोडिदिएको छु, इतिहासको कुनै न कुनै कालखण्डमा म माथी भएको यो गैरकानूनी आक्रमणको मूल्यांङ्कन अवश्य हुने छ भन्ने विश्वास गरेको छु ।
साठीको दशकसम्म नेपालकै जस्तो हालतमा रहेको दक्षिण कोरियाले आजको सम्पन्नता हासिल गर्नुका पछाडी अनेक कारण हुन सक्छन्, तर समुन्नतिको प्रमुख कारणका रुपमा लगानी मैत्री वातावरण र भ्रष्टाचार नियन्त्रणमुखी व्यवहारलाई लिन सकिन्छ । पदको दुरुपयोग गरी आफ्नो एक साथीलाई विशेष लाभ पुर्याएर भ्रष्टाचार गरेको आरोपमा दक्षिण कोरियाको राष्ट्रपति बिरुध्द महाअभियोग प्रस्ताव पारित हुनुले पनि उक्त मुलुक सुशासन र पारदर्शिताप्रति सम्वेदनशील छ भन्ने दर्शाउँछ । आश्चर्यजनक र दुःखद संयोग नै मान्नु पर्छ, दक्षिण कोरियामा भ्रष्टाचार गर्ने राष्ट्रपति बिरुध्द महाअभियोग लाग्दा नेपालमा चाहिँ भ्रष्टाचार बिरुध्द निडरतापूर्वक कदम चाल्ने मैले आफ्नै बिरुध्द महाअभियोगको सामना गर्नु परिरहेको छ।
हालसम्मका नियोजित चालहरुको सूक्ष्म अध्ययन गर्दा अख्तियार प्रमुखबाट जसरी भएपनि मलाई विस्थापित गरिछाड्ने नियत सतहमा प्रकट भएको मैले ठानेको छु । म लोकमान सिंह कार्की कुनै जिम्मेवारीमा रहनु या नरहनु मुख्य र महत्वपूर्ण कुरा होईन, तर मेरो प्रश्न छ– विधिको शासन सुदृढ तुल्याउने, जनतामा सुशासनको प्रत्याभूति दिलाउँदै स्वच्छ र जनमुखी प्रशासन बनाउने, जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउदै समृध्द राष्ट्र निर्माण गर्ने भनी राजनीतिक तहमा भएका प्रतिबध्दता पुरा गर्न अख्तियार प्रमुखको रुपमा हामीले लिएको अठोटमा खोट कहाँनेर भयो ? गैह्र सरकारी संस्थाका नाममा जालसाजीपूर्ण तरिकाले अर्वौ रुपैयाँ भित्र्याउने र सोही नगदको बलमा जनता बीचको एकता भाँड्ने र राज्यलाई चुनौति दिनेहरुलाई अनुसन्धान र कारवाहीको दायरामा ल्याउनु मेरो त्रुटी कसरी भयो ? स्वदेशमा आर्जित धन गैह्रकानूनी रुपले विदेशी बैंकमा जम्मा गर्ने र राज्यको प्रचलित कानून बिपरित विदेशमा लगानी गर्नेहरुलाई कानून बमोजिम कारवाही प्रक्रिया शुरु गरेर मैले के गल्ती गरें ? लोकतन्त्रप्रति जनतामा आस्था र भरोसा जगाउन प्रयत्न गर्नु मेरो गल्ति हो या उपल्लो तहबाट हुने भ्रष्टाचारलाई समेत नियन्त्रण गर्न अख्तियारलाई सक्रिय बनाउनु नै मेरो गल्ती हो ?
कुनै पनि अनुसन्धानात्मक तथा न्यायिक कारबाही प्रक्रियामा अभियोग लगाउने व्यक्ति वा निकाय स्वयं न्यायाधिश हुन सक्दैन । तर मेरा बिरुद्ध महाअभियोग प्रस्ताव गर्ने कतिपय राजनीतिक नेता अनुसन्धानको दायरामा रहेका, मेरा बिरुद्ध सार्वजनिक रुपमा निरन्तर अभिव्यक्ति दिने केही राजनीतिक नेताहरु समेत महाअभियोग सिफारिस समितिमा भएका र निजहरुले प्रक्रिया शुरु हुनु पूर्व नै विभिन्न सार्वजनिक मञ्चहरुमा मलाई महाअभियोग लगाइ छाड्ने उदघोष गरेकोले उहाँहरुले दिने न्याय कस्तो हुन सक्ला भन्ने प्रश्न उठेको छ । महाअभियोग सिफारिस समितिका ५ जना माननीय सदस्यहरु नै १५७ जना प्रस्तावकहरु मध्ये हुनुबाट समितिले निष्पक्ष न्याय सम्पादन गर्ने विषय शंकास्पद बन्न पुगेकोछ ।
राज्यका जिम्मेवार पदाधिकारीबाट मैले देशको कार्यकारी प्रमुख बन्न खोजेको या बनेको भन्ने सम्मका आरोप पनि व्यहोर्नु पर्यो, परिरहेको छ । भ्रष्टाचार नियन्त्रण गरी सुशासनको अनुभुति जनतालाई दिलाउन कानून बमोजिम मलाई दिईएको बाहेक मैले कहिले कुन अधिकार प्रयोग गरें या गर्न खोजें त्यसको प्रमाण प्रस्तुत होस् भन्ने म चाहन्छु । मैले मन्त्रीहरुको नियुक्तिमा हस्तक्षेप गरें कि ? न्यायाधिश, सचिव, अध्यक्ष, महाप्रबन्धक, सञ्चालक या सरकारले नियुक्त गर्नुपर्ने पदहरुमा मैले आफ्ना कसैलाई चयन गर्न भनें कि आफैले नियुक्त गर्न थालें ? कि मैले समानान्तर प्रशासनिक संरचना खडा गरे ? सरकारले गर्ने कुनचाहिँ काममा मैले बाधा पुर्याएँ वा हस्तक्षेप गरें भन्ने कुराको तथ्य विवरण प्रस्तुत नगरी म माथी जुन प्रकारको आरोप लगाइयो र मेरा बिरुध्द जसरी प्रचारबाजी गरिएको छ, यसले पनि म माथीको पूर्वाग्रह जाहेर गरेको छ ।
अहिले मलाई जुन महाअभियोगको चक्रव्युहमा अल्झाईएको छ, ईश्वरको अनुकम्पाले म यो चक्रव्युहबाट मूक्त हुने छु भन्ने विश्वास छ । पुन: आफ्नो पदीय दायित्व निर्वाह गर्ने अवस्थामा भ्रष्टाचार निर्मूल पार्नका लागि मैले जुन अठोटका साथ राष्ट्रको सेवा गर्ने प्रतिज्ञा गरेको छु त्यो सबै पुरा गरेर देखाउने छु । कथंकदाचित आसुरी इच्छा बमोजिम असत्यको विजय भई मैले उपरोक्त बमोजिमको कार्य गर्न असमर्थ भएको अवस्थामा म सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु समक्ष करबद्ध भई भ्रष्ट प्रवृतिको उजागर गर्न भ्रष्टाचार बिरुद्धको अभियानलाई निरन्तरता दिने प्रण समेत गर्दछु ।
निरङ्कुशतन्त्र कसैको पेवा हुनसक्ला, तर लोकतन्त्र कसैको पेवा हुनसक्दैन । जनता नै लोकतन्त्रको आधार हुन्–पहरेदार हुन् । लोकतन्त्रमा जनईच्छा नै सर्वोपरि हुन्छ र जनताको ईच्छा मुलुकबाट भ्रष्टाचार र अनियमितता अन्त्य होस, भ्रष्टाचारमा संलग्न साना ठूला सबै ओहोदाका व्यक्ति माथी कानूनी कारवाही होस भन्ने छ । मैले अख्तियार प्रमुखका रुपमा गरेको काम पनि संविधान र कानूनको सीमा भित्र रहि जनताकै ईच्छालाई सर्वोपरि मानेर गरेको हुँ । राज्य सञ्चालन र त्यसका प्रक्रियाहरुको बारेमा अनुभव प्राप्त भएपनि देशमा अनियमितता र भ्रष्टाचार कसले, कसरी र कतिसम्म गर्दा रहेछन् भन्ने तथ्यज्ञान चाहीं मैले पनि अख्तियार प्रमुख भएपछि नै प्राप्त गरेको हुँ । हामीले राज्य संयन्त्रका सबै निकाय माथी निगरानी बढाउँदा अनेकौं रोचक तर दुःखद तथ्यहरु देखा परेका छन् । यसक्रममा कैयन व्यक्तिमाथी अख्तियारले निगरानी बढाएको, कैयनलाई अनुसन्धानको दायरामा ल्याएको र कतिपय माथी आवश्यक कानूनी कारवाही शुरु भएको म जानकारी गराउँछु ।
म यतिवेला धेरै तथ्यपूर्ण रहस्यका पोकाहरु खोल्न चाहन्न, तर जनताले चाहेको, देशले मागेको उपयुक्त समयमा सम्पूर्ण तथ्य विवरण जनसमक्ष प्रस्तुत गर्न म हिचकिचाउने छैन । कानून पालना गराउने दायित्व बोकेकाहरुले आफ्नो कर्तव्य निर्वाह गरे बापत दण्डित हुनुपर्ने र भ्रष्टाचार नियन्त्रण गरी सुशासन प्रवर्धन गर्ने दायित्व बोकेका व्यक्तिले भ्रष्टाचार नियन्त्रणका निम्ति कदम चालेकै कारण अपमानित र अपहेलित हुनुपर्यो भने त्यसवेला कैयन सीमाहरु भत्कन सक्छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखका रुपमा भ्रष्टाचार नियन्त्रणका निम्ति गरिएका प्रयासलाई अवरोध पुर्याईन्छ भने सचेत नेपाली नागरिकका रुपमा भ्रष्टाचार बिरुध्दको अभियान चलाउनु मेरो स्वभाविक कर्म हुनेछ । त्यसवेला कतिको शरीरमा वस्त्र बाँकी रहला समयले नै बताउने छ।
लोकमान सिंह कार्की
प्रमुख आयुक्त
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल, काठमाण्डौ ।
http://www.bizshala.com बाट साभार
Friday, December 16, 2016
डोरबहादुर बिष्ट भन्छन्, ‘अहिले जातीय कुरा गर्नु स्वभाविक हो’
समाजशास्त्री डोरबहादुर विष्टसँग २०५२ जेठ २० शनिबार दिउँसो चर्चित पत्रकार/सम्पादक गुणराज लुइटेलले विष्टकै घर ललितपुरमा यो अन्तर्वार्ता लिएका थिए । त्यसबेला राजतन्त्र ढलिसकेको थिएन । मुलुकमा भर्खर प्रजातन्त्र पुनःस्थापना भएयता जातीय चिनारी (पहिचान)को राजनीतिले विस्तारै गति लिन थालेको थियो । प्रजातन्त्रको खुलापनमा विस्तारै खुल्न थालेको नेपाली समाजमा रहेको ‘बाहुनवाद’सम्बन्धी धारणा सार्वजनिक गरेर विष्टले यसलाई छलफलमा ल्याइदिएका थिए । मुलुकमा प्रजातन्त्र आइसकेको भए पनि अझै धेरै विषयमा हाम्रो राजनीति र समाज खुलिसकेको थिएन ।
अन्तर्वार्ताका क्रममा विष्टले सामाजिक विशिष्टताको चर्चा गर्ने क्रममा ‘अहिलेका राजाका पुर्खा मगर हुन्’ भनेका थिए । जनआस्था साप्ताहिकले सोही भनाइलाई शीर्षक बनाएर यो अन्तर्वार्ता प्रकाशित गरेको थियो । चर्चा झन् चुलियो । प्रजातन्त्र आए पनि राजदरबार अझै एउटा टापुजस्तै थियो । अहिलेको परिस्थितिबाट हेर्दा त्यसबेला विष्टले व्यक्त गरेका यी बिचार, तर्क र उनको यो अन्तर्वार्तामा व्यक्त धारणा विस्फोटक लाग्छन् । विष्टका ‘फेटलिज्म एन्ड डेभलपमेन्ट’, ‘पिपुल्स अफ नेपाल’, ‘सोताला’लगायत पुस्तक प्रकाशित छन् ।
दुई दशकअघि यो अन्तर्वार्ता दिएको केही दिनमै विष्ट बेपत्ता भए वा पारिए । त्यसयता उनको खोजी भइरहेको छ । लुईटेल र फोटो पत्रकार सन्तोष पोखरेलले विस्टसँग गरेको यो अन्तर्वार्ता अहिलेको सन्दर्भमा पनि सान्दर्भिक हुने ठानेर (दुईवर्षअघि अन्नपूर्णमा शिर्षक परिवर्तन गरी प्रकाशित) साभार गरी यहाँ प्रस्तुत गरिएको छ । यहाँ यस अन्तर्वार्तालाई प्रस्तुत गर्दा शिर्षक परिवर्तन गरिएको छ ।
नेपालमा अहिले ‘नाक चुच्चे’ र ‘नाक थेप्चे’ अर्थात् ‘आर्य’ र ‘अनार्य’ भन्नेजस्ता साम्प्रदायिक चिन्तन हावी हुन थालेको छ । यसको कारण के होला ?
अहिले मानिसहरूले जातीय कुरा गर्नु अति स्वाभाविक हो। नेपालका दुई जाति खस र किराँतमध्ये खस बढी बसाई सरेको जाति हो। खस—आर्यहरू पशुपालन गर्ने घुमन्ते हुन्। उनीहरूले छिटो हिँड्ने जनावरहरू गाई, घोडा, भेडाबाख्रा, कुकुरजस्ता जनावरहरू लिएर हिँड्दा घाँसेमैदानमा धेरै चाँडो हिँडे। किराँत जातिहरू चाहिँ हाम्रो हिमालको पुछार, दक्षिण चीन, बर्मा, थाइल्यान्डजस्तो बढी पानी पर्ने, घनाजंगल भएको ठाउँमा बस्ने भएकाले उनीहरूको जीवनशैली छिटो नहिँडेर ढिलो भयो। त्यही भएर उनीहरूले भैंसी, सुंगुरजस्ता छिटो नहिँड्ने जनावर पाले। किरात वर्गको पश्चिमतिर बढ्ने प्रवृत्ति ढिलो हुँदै गएको देखिन्छ। खस पूर्व्तिर लाग्दा छिटो हिँड्ने हुनाले बाटामा भेटिएका सानातिना समूहलाई पेल्दै मिच्दै आफ्नो आधिपत्य कायम गर्दै अगाडि बढ्ने वर्ग गर्यो ।
किरात भनेको ढिलो जाने भएकोले काठमाडौं आएर केही पश्चिमतिर गएको देखिन्छ । त्यसले गर्दा खस—आर्यहरूको दबदबा बढ्दै गएको हो। इतिहासमा को, कसरी अगाडि बढ्यो भन्ने कुरा नसिकाइएपछि, हाम्रा विद्यालयहरूमा यो कुरा नपढाइएपछि नाक चुच्चे—सेतो धोती लाउनेले पेलेर खायो भन्ने कुरा देखा परेको हो
किरात भनेको ढिलो जाने भएकोले काठमाडौं आएर केही पश्चिमतिर गएको देखिन्छ । त्यसले गर्दा खस—आर्यहरूको दबदबा बढ्दै गएको हो। इतिहासमा को, कसरी अगाडि बढ्यो भन्ने कुरा नसिकाइएपछि, हाम्रा विद्यालयहरूमा यो कुरा नपढाइएपछि नाक चुच्चे—सेतो धोती लाउनेले पेलेर खायो भन्ने कुरा देखा परेको हो ।
तपाईंले भन्ने गरेको ‘बाहुनवाद’ कतिजनाले बुझे त ?
धेरै नै युवा बाहुनहरूले यो कुरा बुझ्न थालेकाले म अहिले असाध्यै खुसी छु । मैले ‘बाहुनवाद’ भनेपछि बाहुनलाई गाली गर्यो भन्ने अर्थ लगाए । अनि बाहुनलाई गाली गरेपछि हिन्दू धर्म पनि बच्दैन, हिन्दूहरू नबाँचे हामी बाँच्दैनौं भन्ने सोचाइ पुरानो वर्गमा रह्यो । तर त्यसो होइन, नेपाली भएर बाँच्नुपर्यो । नेपाली मान्छे भएपछि मन लागेको धर्म पछ्याउनोस्, मन लागेको दाल, तरकारी खानोस्, मन लागेका ठाँटको घर बनाउनोस्, मन लागेको पार्टनर छानेर विवाह गर्नोस् र मन लागेका कम्पनीको मोटरसाइकल चढ्नोस्, कसले के भनेको छ र?
यथार्थमा ‘बाहुनवाद’ भनेको के हो ?
ब्राम्हणवाद भनेको यस्तो कुरा हो जसले निरन्तर भाग्यवादको प्रचार गरिरहन्छ । अहिले जे जति भएको छ अघिल्लो जन्मको कमाइले भएको हो, अहिले तिम्रो पौरखले केही गर्दैन । सबै कुरा ईश्वरले गरिसकेको छ भनेर जबसम्म भाग्यवादी सिद्धान्तलाई विश्वासमा लिन्छौं, हामी पौरखहीन हुन्छौं । पौरख नगर्ने हामी कहिले खुसी हौंला त रु अर्काले कहिले दिन्छ र खाउँला भनेर सहायताको ठूलो थैलो लिएर संसारभरि घुम्ने चलन जुनसुकै सरकार आए पनि त्यो गरिरहेको छ, त्यो लाजमर्दो कुरो हो, पौरखशून्य नेपाली भएकाले त्यसो भएको हो । हामीलाई बाहुनहरूको भाग्यवादले पौरखशून्य बनायो । त्यसैले त्यसको नाम मैले ‘बाहुनवाद’ भनेको हुँ । ‘बाहुनवाद’ नफालेसम्म देशले पौरख गर्दैन । पौरख गर्ने जनता नहुन्जेल देशले उन्नति गर्दैन ।
तपाईं त संस्कृत राम्रोसँग बुझ्ने र पढ्ने मान्छे हुनुहुन्छ । एमाले सरकारको पालामा रेडियोबाट संस्कृतमा समाचार आउँदा त निकै राम्रो लाग्यो होला ?
संस्कृतमा समाचार दिनुपर्ने बिल्कुलै आवश्यकता थिएन । गलत परम्परा तोड्ने मार्क्सवादी सरकार आएको बेलामा पनि संस्कृतको प्रतिरक्षा गर्ने काम भयो । केही अदूरदर्शी पण्डितहरूले संस्कृतलाई कतै न कतै झुन्ड्याइदिए बाहुन वर्गको कल्याण र हिन्दू धर्मको रक्षा हुन्छ कि भन्ने सोचाइ राखे र त्यो गलत सोचाइको कारण संस्कृतमा समाचार दिन थाले । संस्कृत भाषा आज विकास गर्न बाँकी भाषा होइन ।
कसैकसैले त्यसलाई ‘मृतःभाषा’ पनि भन्छन् किनभने संस्कृत भाषामा बोल्ने चलन कहीँ पनि छैन । यसभित्र अनन्त ग्रन्थ छन्, आवश्यकता ती ग्रन्थहरू पढ्नु र त्यसबाट शिक्षा लिनुमात्र हो । संस्कृत भाषाकै विकास गर्नु होइन । चेपाङ भाषामा खबर दिएको भए दुइटा चेपाङले त देशको कार्यक्रम बुझ्थे । अब यो संस्कृत समाचार दिएर कसलाई शिक्षित बनाउन खोजिएको हो ?
खस जाति शोषित, गरिब र उपेक्षित कुनै पनि वर्ग नेपालमा छैन । खस सबैभन्दा ठूलो समूह भएको जनजाति हो । आजको नेपाली भाषा (खस कुरा) धेरै भाषाको सम्मिश्रणले आदिकालको ‘खस’ कुरासँग मिल्दैन । त्यसकारण आफ्नै भाषा भएको, आफ्नै भौगोलिक क्षेत्र भएको, आफ्नै चालचलन भएको, देवीदेवता कुनै पनि पूजा नगर्ने, बाहुन पुरोहित हुँदै नभएको ‘खस’ लाई जनजाति नभने कसलाई भन्ने ? अहिले मैले जुम्लामा बसेर गरिरहेको काममध्ये एउटा खसहरूलाई जनजाति हौ भनेर चिनाउनु पनि हो
तपाईं ‘खस’ हरूलाई पनि जनजातिको दर्जा दिन थाल्नुभएको छ । यसको कारण चाहिँ के हो ?
खस जाति शोषित, गरिब र उपेक्षित कुनै पनि वर्ग नेपालमा छैन । खस सबैभन्दा ठूलो समूह भएको जनजाति हो । आजको नेपाली भाषा (खस कुरा) धेरै भाषाको सम्मिश्रणले आदिकालको ‘खस’ कुरासँग मिल्दैन । त्यसकारण आफ्नै भाषा भएको, आफ्नै भौगोलिक क्षेत्र भएको, आफ्नै चालचलन भएको, देवीदेवता कुनै पनि पूजा नगर्ने, बाहुन पुरोहित हुँदै नभएको ‘खस’ लाई जनजाति नभने कसलाई भन्ने ? अहिले मैले जुम्लामा बसेर गरिरहेको काममध्ये एउटा खसहरूलाई जनजाति हौ भनेर चिनाउनु पनि हो । अहिले पूर्वतिर धमाधम जनै लगाएर किरातीलाई बाहुन बनाउने काम डा. प्रपन्नाचार्य र पं. छविलाल पोख्रेलजस्ता विद्वानहरूले गरिरहनुभएको छ । जनजातिलाई कसरी भविष्यमुखी बनाउने भन्ने आजको समस्या हो । तर, मान्छेहरू दुई सयको जनै लगाउन हुरुरु कुदेका छन् । आज त यो स्थिति छ भने आजभन्दा ६ सय वर्षअघिका बाहुनहरूलाई कस्तो भयो होला ?
पहिले विशाल साम्राज्यका शक्तिशाली खसहरूलाई तिमी ठकुरी हौ भन्दै जनै लगाइदिदा तिनै खस बडा सम्मानित भए । पछि बाँकी खसलाई शुद्र हौ भनिरहे । जनै लाउनेले आफ्नै खस दाजुभाइलाई तल्लो जातको ठान्न थाल्यो । पुर्खाले ठगेको त्यही कुरालाई सच्याउन नै म त्यहाँ गएको हुँ ।
तपाईं आफ्नो पुस्तक ‘फेटलिज्म एन्ड डेभलपमेन्ट’ को प्रयोग गर्ने भनेर जुम्लाको चौधबीसमा काम गरिरहनुभएको छ । अहिले प्रयोग कति सार्थक हुँदैछ?
बाहुनहरूले कहिल्यै परिस्कृत कुरा गरेनन् । सधैं मलाई दान देऊ, तिमी बैकुण्ठ जान्छौ भन्ने मिथ्या प्रचार गरिरहे । बैकुण्ठ छ भन्ने विश्वास भएको भए ती बाहुनहरू आफैं जान्थें । भाग्यवादले गर्दा हामी पौरखशून्य भयौं । बाहुनवादले मानिसको प्रतिभालाई कुण्ठित बनाइदियो । त्यो कुण्ठित पारिएको वर्गमा खसभन्दा बढी कसैलाई नोक्सान भएन । त्यसकारण खसहरूलाई उठ्न असाध्यै गाह्रो प¥यो । ‘फेटलिज्म एन्ड डेभलपमेन्ट’ लेखिसकेपछि पूर्वतिर जाउँ कि भन्ने सोचें । तर, पूर्वतिर एउटा सकसकी आइसकेको छ, किरात वर्गमा । त्यसैले म खसान क्षेत्रतिर गएँ । योगी नरहरिनाथ पनि खस हुन् । उनी आफू बाहुन भएर हिँड्छन् । तर, मैले खसको जुन कुरा गरेको छु उनले त्यो कुरा गरेका छैनन् । योगी नरहरिनाथमा पनि हिन्दू धर्मको वर्णाश्रम व्यवस्थालाई हेर्ने कमजोरी छ ।
नेपाल आदिकालदेखि गाईखाने देश पनि हो । अहिलेसम्म पनि हामीले गाई खाइरहेको देखिरहेका छौं, खान्छन् । नेपालभित्र गाई काटेर खाने परम्परा नभएको होइन । नेपाल हिन्दू—अधिराज्य बन्यो र कानुनका हिसाबले गाई काट्नु हुन्न, काटे सजाय हुने भन्ने कानुन बनेपछि त्यो कामले अन्डरग्राउन्ड हुनुपर्यो
खसमा किन अवन्नति आयो भन्ने कुरालाई योगीले राजनीतिक ढंगले मात्र हेरेका छन्, ऐतिहासिक ढंगले हेरेका छैनन् । तर, मैले सामाजिक, आर्थिक, सांस्कृतिक ढंगले किन खसलाई लात्ती हानियो भनेर हेरेको छु । जबसम्म खसभित्र हामी पनि उठ्नुपर्छ भन्ने चेतना हुन्न, त्यतिन्जेल नेपाल ज्यान गए पनि बन्ने छैन । बरु नेपाललाई जनजातिको राजनीतिले जर्जर बनाइरहनेछ । मेरो उद्देश्य साम्प्रदायिक होइन । खसहरूलाई जनजाति बनाउनु हो । अहिले नेपालमा ‘गाईखाने’ कुराको विवाद निकै चर्केको छ । यो विवाद तपाईंलाई कस्तो लाग्यो रु यो कुनै मुद्दा होइन ।
पद्मरत्न तुलाधरले पहिले बोल्दा र पछि माफी माग्दा दुवैपटक राजनीतिक बोली बोलेका हुन् । यथार्थ कुरा के हो भने नेपाल आदिकालदेखि गाईखाने देश पनि हो । अहिलेसम्म पनि हामीले गाई खाइरहेको देखिरहेका छौं, खान्छन् । नेपालभित्र गाई काटेर खाने परम्परा नभएको होइन । नेपाल हिन्दू—अधिराज्य बन्यो र कानुनका हिसाबले गाई काट्नु हुन्न, काटे सजाय हुने भन्ने कानुन बनेपछि त्यो कामले अन्डरग्राउन्ड हुनुपर्यो ।
राणाशासनमा राजनीतिले अन्डरग्राउन्ड जानुपर्थ्यो, पञ्चायती व्यवस्थामा दलीय कुरामा विश्वास गर्नेले अन्डरग्राउन्ड जानुपरेजस्तो गाई काटेर खानेकुरा अन्डरग्राउन्ड भएको थियो । यथार्थमा मूल कारण गाई होइन, गाईखाने कुरा पनि अहिले यही मौकामा भन्यो भनेर साम्प्रदायिक हिसाबले पद्मरत्नलाई लेखट्ने एउटा वर्ग निस्कियो । यही मौकामा हामीले पनि कति लुकेर खानु भनेर उनीहरू पनि बढ्ता उपद्रो गर्न थालेका छन् । स्याङ्जा, दोलखामा गाई खाएका कुरा आएका छन्, त्यो पद्मरत्नको भाषण सुनेर होइन, गाई खाइरहेकै मानिसले खाएका हुन् । यो झगडा गर्ने एउटा निहुँ मात्र हो, यो नभए अर्को निहुँ निस्कन्छ ।
राणाशासनमा राजनीतिले अन्डरग्राउन्ड जानुपर्थ्यो, पञ्चायती व्यवस्थामा दलीय कुरामा विश्वास गर्नेले अन्डरग्राउन्ड जानुपरेजस्तो गाई काटेर खानेकुरा अन्डरग्राउन्ड भएको थियो । यथार्थमा मूल कारण गाई होइन, गाईखाने कुरा पनि अहिले यही मौकामा भन्यो भनेर साम्प्रदायिक हिसाबले पद्मरत्नलाई लेखट्ने एउटा वर्ग निस्कियो । यही मौकामा हामीले पनि कति लुकेर खानु भनेर उनीहरू पनि बढ्ता उपद्रो गर्न थालेका छन् । स्याङ्जा, दोलखामा गाई खाएका कुरा आएका छन्, त्यो पद्मरत्नको भाषण सुनेर होइन, गाई खाइरहेकै मानिसले खाएका हुन् । यो झगडा गर्ने एउटा निहुँ मात्र हो, यो नभए अर्को निहुँ निस्कन्छ ।
योगी नरहरिनाथले गाई काट्ने कुरालाई बहुतै उचाल्नुभएको छ । तपाईं योगीजीको गतिविधिलाई कुन रूपमा हेर्नुहुन्छ ?
म भए त्यसरी उचाल्ने थिइनँ । जेसुकै कुरालाई पनि बढी उचाल्नुको अर्थ हो— बढी दंगा मच्चाउनु । दंगा भोलि हिंस्रक पनि हुन सक्छ । व्यक्तिले दीर्घकालीन कुरा गर्नुपर्छ । एकै छिनलाई पनि नहुने कुरा गर्न हुँदैन ।
पुरोहितका छोराहरूलाई भन्ने गरेको छु— तिमीहरूको पुरानो पुस्ता बदलिन सक्दैन । त्यसैले सिदा बटुलेर खानुभन्दा पौरख गरेर खान सिक । पुराण भनेर र फटाहा कुरा गरेर ‘दान देऊ, तिमी भुर्र उडेर स्वर्ग जान्छौ’ भन्नुभन्दा उत्पादनशील काममा लाग्नुपर्छ
तपाईं बाहुन युवाहरूलाई के सल्लाह दिनुहुन्छ?
पुरोहितका छोराहरूलाई भन्ने गरेको छु— तिमीहरूको पुरानो पुस्ता बदलिन सक्दैन । त्यसैले सिदा बटुलेर खानुभन्दा पौरख गरेर खान सिक । पुराण भनेर र फटाहा कुरा गरेर ‘दान देऊ, तिमी भुर्र उडेर स्वर्ग जान्छौ’ भन्नुभन्दा उत्पादनशील काममा लाग्नुपर्छ ।
नेपालका शाह राजाहरूलाई मगरका सन्तान भन्दै आउनुभएको छ । यसलाई प्रमाणित गर्ने कुरा के हुन्?
नेपालका एकीकरण गर्ने राजा क्षेत्रीय नै हुनुपर्छ भन्ने व्याख्या पढाइ नभएका बाहुनहरूले गरे । राजालाई राज्य जोगाउनुछ, जे नाउँ राखे पनि पुगिहाल्यो । म विकासको इतिहास हेर्छु राजसत्ता र सत्ता परिवर्तनको इतिहाससँग मलाई चासो छैन । हाम्रो राजाका पुर्खामा मिचा, खान्चा भन्ने थिए । नाम देख्नेबित्तिकै यहाँ मुस्लिम भने । तर, मगर भाषामा ‘मिचा’ ‘खान्चा’ को अर्थ ‘जेठा’, ‘कान्छा’ हो । पछि मुस्लिम प्रभाव परेपछि सिंह, खाँ, आदि राखे । चितौनगढबाट भागेर आएका हुन् भनेर हिन्दुस्थानका राजपुतले किन आफ्नो छोरालाई जेठा (मिन्चा), कान्छा (खन्चा) भन्नुपथ्र्यो ? पृथ्वीनारायण शाहका मावली दिग्वन्धन सेन मगर हुन् । उनकी आमा पनि मगर हुन् ।
नेपालमा तीन देवीका मन्दिर छन्— पाल्पाको लसर्गादेवी, गोरखाको गोरखकाली र मनकामना । त्यहाँका पुजारी मगरमात्र छन्, अरूले प्रवेश गर्न पाउँदैनन् । त्यहाँ अझ पाल्पाको लसगीदेवीमा सुँगुर काट्नुपर्छ र जाँडरक्सी पनि जान्छ । अहिले सुँगुरको साटो बनेल जान्छ । यहाँ आएर राजा भएको भनेर लंगडो तर्क दिइएका छन् । राजपाठ छोडेर भागेर आएको कुनै व्यक्तिलाई आउनासाथ यहाँ कसले ‘ओ हो ! तँ आइछस्, राजा हो’ भन्छ ? न त यहाँ आएर नेपालको राजालाई परास्त गरेको छ । यसकारण नै मैले अहिलेका राजाका पुर्खा मगर हुन् भनेको हुँ । मैले कुनै नयाँ कुरा गरेको होइन ।
http://kiratsansar.com बाट साभार
Wednesday, December 14, 2016
कमरेडहरूका अनुहारका कुरुप दाग
बीस वर्षअघिको एमालेको नौ महिने शासनको नतिजाबाट कुरा थाल्छु । एमाले नेताहरु सत्ताशीन भए र भ्रष्ट सत्ताको चरित्रमा अंगीकृत हुँदै वा पच्दै गए । र, तिनको आदर्श, चरित्र र नैतिकतामा हठात भयानक स्खलन देखा पर्यो । मन्त्री भइखाएका नेताहरु काठमाण्डुमा एकाएक घर ठड्याउन थाले । नचिताएको त्यो दृश्य देखेर आफ्ना लागि एमालेले केही गर्ला कि भनी आशा गर्ने जनसाधारण झस्किए ।
आम्मामामा, सर्वहारा पार्टीका नेताहरुका यत्रायत्रा घर । त्यो पनि सुनसरी महँगो राजधानी काठमाण्डुको नाभिस्थलमै । गाँठ्ठे, यिनले यत्रोविध पैसा कताबाट हात पारे ? पक्का पनि यिनले कतै लामा हात गरेर लुँड्याए । हिजो साथीका लुगा सापट मागेर चप्पल पड्काउँदै सिंहदारबार पसेका थिए, सिंहदरबाट निस्कँदा यी फेरिएको औतारमा देखापरे । क्रान्तिकारी कमरेडहरुमा देखापरेको यो विपरित, यो विचलन, यो पतन, यो सब के हो ? अखबारहरूमा सर्वहाराका नेताहरुका नवनिर्मित महलका विस्मयकारी तस्बिरहरु छापिए । चमकदार महलको भित्तोमा प्रदीप नेपाल झुल्किए, मैनाली बन्धु सीपी–आरके प्रकट भए, मोदनाथ प्रश्रित गोचर भए ।
‘ओहो, कम्युनिस्ट नेताहरूका महल’ भन्दै धेरै मानिसले जिब्रो टोके । मिडियामा कटाक्षयुक्त टीकाटिप्पणी भए । पुरेतले तोत्र जपेझैं ‘सादा जीवन उच्च विचार’को रटना गर्ने नेताहरुलाई लोकले कुरिकुरी ग¥यो । एमाले नेताहरु भर्खरै भ्रष्टाचारपथमा लागेका थिए । त्यसबखत थोरै भए पनि तिनमा लाजको भावना थियो । त्यसैले तिनले आप्mनो कमाइका नक्कली श्रोतहरु हावादारी कथा कथे । एउटा कल्पनाशील अन्तरेले मेरो घर पुस्तक विक्रीबाट आएको पैसाको परिणाम हो भन्यो । अर्को धूर्तमति प्यारेलालले मेरो घर मेरी लच्छिनकी गृहलक्ष्मीको बोर्डिङको आयस्ताको फल हो भन्यो । झन् अर्को कपटकामी चतुरेले यो मेरी जीवन सङ्गिनीको दाइजोको कमाल हो भन्यो । सरासर ढाँटेकै भए पनि एमालेका उपरवाले अन्तरेहरुले अलिकता लज्जाबोध त गरे नै ।
थेत्तरो हुँदै समय फेरिएको छ । र, आफूलाई कम्निस्ट नेता भन्नेहरुमा लज्जाको भावना झनै निख्रिँदै गएको छ । यो माओवादी महलको कथा हो । उही माओवादी जसले दश वर्ष अकल्पनीय जनयुद्ध चलायो । उही माओवादी जसले बन्दुकमाथि एकाधिकार गरिबसेको शोषक सत्तालाई बन्दुकैले हाँक दियो । उही माओवादी जसले बलिदानी संग्रामको विस्फोटक आवाजद्वारा निमुखाहरुका मुख खोल्यो, उत्पीडितहरुका आँखा खोल्यो, दमितहरुका कान खोल्यो । उही माओवादी जसले थरिथरिका दलितहरुका जड मस्तिष्कमा विद्रोहका जीवन्त तरङ्ग जगायो । उही माओवादी जसले खूनी राजतन्त्रलाई सिंहासनबाट मिल्कायो । उही माओवादी जसले प्रगतिशील परिवर्नतका रहरलाग्दा मुद्दाहरु उठायो ।
थेत्तरो हुँदै समय फेरिएको छ । र, आफूलाई कम्निस्ट नेता भन्नेहरुमा लज्जाको भावना झनै निख्रिँदै गएको छ । यो माओवादी महलको कथा हो । उही माओवादी जसले दश वर्ष अकल्पनीय जनयुद्ध चलायो । उही माओवादी जसले बन्दुकमाथि एकाधिकार गरिबसेको शोषक सत्तालाई बन्दुकैले हाँक दियो । उही माओवादी जसले बलिदानी संग्रामको विस्फोटक आवाजद्वारा निमुखाहरुका मुख खोल्यो, उत्पीडितहरुका आँखा खोल्यो, दमितहरुका कान खोल्यो । उही माओवादी जसले थरिथरिका दलितहरुका जड मस्तिष्कमा विद्रोहका जीवन्त तरङ्ग जगायो । उही माओवादी जसले खूनी राजतन्त्रलाई सिंहासनबाट मिल्कायो । उही माओवादी जसले प्रगतिशील परिवर्नतका रहरलाग्दा मुद्दाहरु उठायो ।
हो, माओवादीले त्यत्रो पराक्रम गरेर त्यत्रो गौरव प्राप्त गरेको थियो । तर जब सत्ताशीन भयो, भ्रष्ट सत्ताले माओवादीलाई अङ्गीभूत गर्दै लग्यो अर्थात् आफ्ना फोहोरी पेटमा हुलेर पचाउन थाल्यो । पहिले भ्रष्ट पथमा उन्मुख एमालेका नेताहरु कमसेकम लाजगाल मुख छोप्थे । आपूm निष्कलङ्क छु भन्ने देखाउन केही न केही ढोँग गरिटोपल्थे । तर अहिले माओवादी त्यति पनि गर्दैनन् । यसो अखबार पढ्यो, कुरो एकपछि अर्को भ्रष्ट माओवादीकै आउँछ । फलानो माओवादी नेताले छोराको बिहामा बुहारीलाई भारु पाँच सयको अजङ्गको माला टर्क्यायो । सुनै नाथेका गहना त कति कति । चिया पसलमा गयो, चर्चा भ्रष्ट माओवादीकै हुन्छ ।
फलाना माओवादीले आफ्नाे बिहामा लाखै नाथे त कति कति उडायो । आम्मामामा, यिनको तामस कस्तो ? यिनको रोवरबाफ कस्तो ? मानौँ यी माओवादी होइनन्, सनातनी खाओवादी हुन् । कुरा सुन्दा मलाई अचम्म लाग्छ । कसोकसो घीन पनि लाग्छ । हिजोको आजै कता कसको के लुटेर बटुले यिनले रैरकमको यत्रो थैलो ?
भनिसकेँ, एमाले जनवाद छाडेर धनवादतिर लहसियो र गरिखाने जनताबाट अलग्गियो । एमालेका नेताहरु नवधनाढ्य भए । ती भोगी भए । ती विलासी भए । ती ठालु भए । र, हुँदाहुँदा ती माक्र्सवाद–लेनिनवाद बेचीखाने भए । एमालेको शिरमा इतिहासको उत्रो ऋणभार थिएन । केटौले विद्रोहको मेसोमा झापामा केही मान्छे काटिएका थिए । बस् । माओवादीका शिरमा क्रान्तिकालमा उता र यताबाट मारिएका १५/१६ हजार मानिसका जीवनको ऋणभार छ । सयौं बेपत्ताको दारुण कथाको ऋणभार छ । सयौं विकलांग, कथित ‘अयोग्य’ र विघटित परिवारका अपार आँसुको ऋणभार छ । गरिएका सहस्र वाचाहरुको ऋणभार छ । बाँडिएका रङ्गीन सपनाहरुको ऋणभार छ । विडम्बनावश, यत्रोबिधि ऋण चुक्ता गर्नुुपर्ने माओवादीको वैचारिक स्खलन, नैतिक क्षयीकरण र लज्जाहीनताको हेरिनसक्नु छ ।
व्यक्तिको निष्ठा र चरित्र कदापि स्थिर हुँदैन । त्यो नित्य गतिमा हुन्छ । हर्दम् बन्ने वा बिग्रने प्रक्रियामा हुन्छ त्यो । एक विशाल पार्टीमा केही व्यक्तिको आदर्श, नैतिकता र लज्जाशीलतामा ह्रास देखिनु अचम्मको कुरा होइन । त्यो त भइनै रहन्छ । तर अचम्मको कुरा अर्कै छ । म सुन्छु, बाबुरामका अन्तरङ्ग सहयोगी विश्वदीप पाण्डेले आफ्ना बिहामा पैसाको खोलो बगाएर लोकलाई सामन्ती तडकभडकको निर्लज्ज तमासा देखाए । बाबुराम पथकै टोपबहादुर काजीले आफ्ना छोराको बिहामा जगत् जिल् पर्ने गरी महासामन्तको जस्तो ठाँटबाँट प्रदर्शन गरे । अलि अघि प्रचण्ड महलका प्रकाश काजीको बिहाको उत्पात तामझामबारे कताकता सुनेझैं लाग्छ ।
भनिसकेँ, एमाले जनवाद छाडेर धनवादतिर लहसियो र गरिखाने जनताबाट अलग्गियो । एमालेका नेताहरु नवधनाढ्य भए । ती भोगी भए । ती विलासी भए । ती ठालु भए । र, हुँदाहुँदा ती माक्र्सवाद–लेनिनवाद बेचीखाने भए । एमालेको शिरमा इतिहासको उत्रो ऋणभार थिएन । केटौले विद्रोहको मेसोमा झापामा केही मान्छे काटिएका थिए । बस् । माओवादीका शिरमा क्रान्तिकालमा उता र यताबाट मारिएका १५/१६ हजार मानिसका जीवनको ऋणभार छ । सयौं बेपत्ताको दारुण कथाको ऋणभार छ । सयौं विकलांग, कथित ‘अयोग्य’ र विघटित परिवारका अपार आँसुको ऋणभार छ । गरिएका सहस्र वाचाहरुको ऋणभार छ । बाँडिएका रङ्गीन सपनाहरुको ऋणभार छ । विडम्बनावश, यत्रोबिधि ऋण चुक्ता गर्नुुपर्ने माओवादीको वैचारिक स्खलन, नैतिक क्षयीकरण र लज्जाहीनताको हेरिनसक्नु छ ।
व्यक्तिको निष्ठा र चरित्र कदापि स्थिर हुँदैन । त्यो नित्य गतिमा हुन्छ । हर्दम् बन्ने वा बिग्रने प्रक्रियामा हुन्छ त्यो । एक विशाल पार्टीमा केही व्यक्तिको आदर्श, नैतिकता र लज्जाशीलतामा ह्रास देखिनु अचम्मको कुरा होइन । त्यो त भइनै रहन्छ । तर अचम्मको कुरा अर्कै छ । म सुन्छु, बाबुरामका अन्तरङ्ग सहयोगी विश्वदीप पाण्डेले आफ्ना बिहामा पैसाको खोलो बगाएर लोकलाई सामन्ती तडकभडकको निर्लज्ज तमासा देखाए । बाबुराम पथकै टोपबहादुर काजीले आफ्ना छोराको बिहामा जगत् जिल् पर्ने गरी महासामन्तको जस्तो ठाँटबाँट प्रदर्शन गरे । अलि अघि प्रचण्ड महलका प्रकाश काजीको बिहाको उत्पात तामझामबारे कताकता सुनेझैं लाग्छ ।
तहतहका र तालतालका माओवादी कमरेडीहरु मानौँ लूटको धनले अभिजातीय ठाँटबाँट प्रदर्शन गर्नमा तल्लीन छन् । तर तिनलाई केही हुँदैन । तिनलाई फाँटवाला निकायबाट न कुनै सोधनी हुन्छ, न कुनै नसिहत हुन्छ, न कुनै कुरिकुरी हुन्छ । मानौँ ती जे गर्दैछन्, पार्टीको गौरव त्यसैमा छ । माओवादीभित्र आदर्शको स्खलन र नैतिकताको क्षयीकरणको यो कुरुप रुप देख्दा अचेल मलाई त्यसैत्यसै दिगमागि लागेर आउँछ । अहो, लोकले यसरी गतिछाडा हुँदै गएको पार्टीलाई लोकले माओवादी पार्टी मानिदिइरहनु पर्ने ? माओ कतै शून्यबाट प्रकट भए गोर्खे माओवादी पार्टीका यस्ता कमरेडीहरुलाई के भन्दा हुन् ? कुन्नि, बूढाले ‘झ्याङझुङ, पतीत अन्तरे झ्यामझ्याम चुनवाङ’ पो भन्दा हुन् कि ?
http://kathmandutoday.com बाट साभार
ओलीबारे भारतकै खुलासाः भारतीय लगानीमै यसरी उदाएका थिए ओली
उपचार खर्चदेखि पार्टी अध्यक्ष बन्नसम्म भारतीय लगानी
२८ मंसिर २०७३ , काठमाडौं । सरकारले अघि सारेको संविधान संशोधन प्रस्तावलाई भारतको प्रस्ताव भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूलाई अहिले उच्च राष्ट्रवादी दावी गरिरहेका छन् । उनको भनाइअनुसार सरकारको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस भारतको इसारामा चलिरहेका छन् । तर, अहिले राष्ट्रवादी दावी गरिरहेका केपी ओली नै भारतको इसारामा चल्ने गरेको र भारतकै लगानीमा एमालेको अध्यक्षसमेत बनेको भारतले नै खुलासा गरेको छ ।
भारतीय पत्रकार प्रशान्त झाले हिन्दुस्तान टाइम्समा लेखेको समाचारमा ओलीको उपचार, आन्तरिक पार्टी प्रतिस्पर्धा र भारतले अघि सारेका महत्वपूर्ण विषयमा समर्थन जनाउन भारतले उनीमाथि ठूलो लगानी गरेको छ । समाचारमा उल्लेख गरिएअनुसार माओवादीलाई भारतको पक्षमा उभिन पनि ओलीले ठूलो रकम बुझेका थिए । तर, ओलीले भनेअनुसार माओवादी भारतको पक्षमा नउभिएपछि उनले माओवादीलाई कमजोर बनाउने रणनीति लिन भारतलाई सुझाएको समाचारमा उल्लेख छ । यस्तै नेपाल–भारतबीच भएको महाकाली सम्झौतालाई संसदबाट पारित गराउन पनि ओलीले भारतबाट पैसा बुझेको समाचारमा उल्लेख छ । उक्त कुरा एमालेकै युवा नेता योगेश भट्टराई, धनश्याम भुसाललगायतले ‘राष्ट्रघाती विसर्जनवादी एमाले नेतृत्व गुटका ५१ अपराध’ नामक पुस्तकमा खुलासा गरिसकेका छन् । यस्तै भारतको दिल्लीस्थित एपोलो अस्पतालमा दुवै मिर्गौला प्रत्यारोपण गराएका ओलीको उपचारमा समेत भारतले ठूलो लगानी गरेको छ । भारतीय विदेश मन्त्रालय र खुफीया ऐजेन्सी ‘रअ’को स्रोतलाई उदृत गर्दै लेखिएको समाचारमा केपी ओली भारतीय लगानीमै एमालेको अध्यक्ष बनेको समेत दावी गरिएको छ । आन्तरिक पार्टी प्रतिस्पर्धाका लागि तथा कार्यकर्ताको खर्च व्यवस्थापनका लागि भारतको विदेश मन्त्रालय र रिसर्च एण्ड एनालाइसिस विंग (रअ)ले विभिन्न प्रोजेक्टमार्फत ओलीमाथि लगानी गरेको समाचारमा उल्लेख छ । ओलीले मदन भण्डारी फाउण्डेशनका नाममा समेत भारतबाट करोडौं रुपैयाँ बुझेको यसअघि पनि सार्वजनिक भएको थियो ।
भारतीय पत्रकार प्रशान्त झाले हिन्दुस्तान टाइम्समा लेखेको समाचारमा ओलीको उपचार, आन्तरिक पार्टी प्रतिस्पर्धा र भारतले अघि सारेका महत्वपूर्ण विषयमा समर्थन जनाउन भारतले उनीमाथि ठूलो लगानी गरेको छ । समाचारमा उल्लेख गरिएअनुसार माओवादीलाई भारतको पक्षमा उभिन पनि ओलीले ठूलो रकम बुझेका थिए । तर, ओलीले भनेअनुसार माओवादी भारतको पक्षमा नउभिएपछि उनले माओवादीलाई कमजोर बनाउने रणनीति लिन भारतलाई सुझाएको समाचारमा उल्लेख छ । यस्तै नेपाल–भारतबीच भएको महाकाली सम्झौतालाई संसदबाट पारित गराउन पनि ओलीले भारतबाट पैसा बुझेको समाचारमा उल्लेख छ । उक्त कुरा एमालेकै युवा नेता योगेश भट्टराई, धनश्याम भुसाललगायतले ‘राष्ट्रघाती विसर्जनवादी एमाले नेतृत्व गुटका ५१ अपराध’ नामक पुस्तकमा खुलासा गरिसकेका छन् । यस्तै भारतको दिल्लीस्थित एपोलो अस्पतालमा दुवै मिर्गौला प्रत्यारोपण गराएका ओलीको उपचारमा समेत भारतले ठूलो लगानी गरेको छ । भारतीय विदेश मन्त्रालय र खुफीया ऐजेन्सी ‘रअ’को स्रोतलाई उदृत गर्दै लेखिएको समाचारमा केपी ओली भारतीय लगानीमै एमालेको अध्यक्ष बनेको समेत दावी गरिएको छ । आन्तरिक पार्टी प्रतिस्पर्धाका लागि तथा कार्यकर्ताको खर्च व्यवस्थापनका लागि भारतको विदेश मन्त्रालय र रिसर्च एण्ड एनालाइसिस विंग (रअ)ले विभिन्न प्रोजेक्टमार्फत ओलीमाथि लगानी गरेको समाचारमा उल्लेख छ । ओलीले मदन भण्डारी फाउण्डेशनका नाममा समेत भारतबाट करोडौं रुपैयाँ बुझेको यसअघि पनि सार्वजनिक भएको थियो ।
http://www.newssewa.com बाट साभार
Tuesday, December 13, 2016
प्रकाशका कारण रेखाले प्रचण्ड छोडेका रहेछन् !
प्रधानमन्त्रीका स्वकीय सचिव प्रकाश दाहालको हर्कतका कारण उनले माओवादी छाडेको राप्रपाका एक नेताले बताएका छन् ।
‘लालुपाते नुह्यो भुइ‘तिर, कि लाऊ माया मैतिर…’ भन्ने चर्चित लोकगीतमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सग कम्मर मर्काइमर्काइ नाचेर चर्चामा आएकी अभिनेत्री रेखा थापाले माओवादी परित्याग गरेकी छिन् ।
आफ्नी आमास‘गै अभिनेत्री थापा राप्रपा प्रवेश गरेकी हुन् । प्रचण्डसँग निकट रहेकी थापा अचानक राप्रपा प्रवेश गर्नुको कारण माओवादी पार्टी मन नपरेर भने होइन, अर्कै कारण रहेछ ।
प्रधानमन्त्रीका स्वकीय सचिव प्रकाश दाहालको हर्कतका कारण उनले माओवादी छाडेको राप्रपाका एक नेताले बताएका छन् । केटीको मामलामा एकदम कमजोर प्रकाश दाहालले निकै लामो समयदेखि थापालाई फोन गरेर ‘सेक्सुअल ह्यारेसमेन्ट’ गर्न थालेपछि थापा दिक्क मान्दै आएकी थिइन् ।
तर, पनि प्रकाशको बानी व्यहोरा नसुध्र्रिएपछि उनी माओवादी छाडेर राप्रपा प्रवेश गर्न बाध्य भएकी हुन् ।
प्रकाशको अर्काे लफडा स्वकीय सचिवहरुको टिम कमजोर हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बेला बेलामा बदनाम हुने गर्दछन् । कहिले अंग्रेजी नै नजानेका व्यक्तिलाई अंग्रेजीमा प्रेस रिलिज निकाल्न लगाउँछन् भने कहिले सचिवालयका व्यक्तिहरुको मर्यादाविपरीतका गतिविधिका कारण उनको आलोचना हुने गरेको छ ।
भारतको गोवामा भएको ब्रिक्स सम्मेलनमा स्वकीय सचिव रहेका छोरा प्रकाश दाहालले मर्यादाविपरीत गतिविधि गर्दा प्रचण्डको बेइज्जती भएको थियो । तर पनि प्रकाशका त्यस्ता गल्तीहरु रोकिएका छैनन् ।
व्यक्तिहरुको मर्यादाविपरीतका गतिविधिका कारण उनको आलोचना हुने गरेको छ । भारतको गोवामा भएको ब्रिक्स सम्मेलनमा स्वकीय सचिव रहेका छोरा प्रकाश दाहालले मर्यादाविपरीत गतिविधि गर्दा प्रचण्डको बेइज्जती भएको थियो । तर पनि प्रकाशका त्यस्ता गल्तीहरु रोकिएका छैनन् । आइतबार जन्मदिनको दिनमा पनि प्रकाशले आफ्नो बुबाको शिर झुकाउने काम गरे ।
गत आइतबार प्रचण्डको ६२ औं जन्मदिन थियो । जन्मदिनको दिन बिहानै जनयुद्धका सहयोद्धा तथा नेकपा(क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन बैद्य उनलाई भेट्न बालुवाटार गएका थिए । भेटघाटमा बैद्यले प्रचण्डलाई जन्मदिनको शुभकामना दिएको भन्दै प्रकाशले प्रचण्डको बेबसाइटमा फोटोसहित समाचार राखे । तर, बैद्यलाई प्रचण्डको जन्मदिनबारे कुनै जानकारी नै रहेनछ ।
दिउँसो नै उक्त कुरा झुट भएको वैद्यले नै खोलिदिए । जसका कारण प्रचण्डलाई अप्ठेरो प¥यो । आफूले प्रचण्डलाई जन्मदिनको शुभकामना दिएको कुरा झुटो भएको नेता बैद्य बताउँछन् ।
खासमा उनी पार्टी कार्यालयसम्बन्धी विवादको विषयमा कुरा गर्न प्रचण्डलाई भेट्न गएका रहेछन् । बैद्य भन्छन्–‘जन्मदिनको शुभकामना दिएको कुरा वाहियता हो, मलाई जन्मदिनबारे थाहा पनि थिएन, फेरि हामी जन्मदिन मनाउने व्यक्ति पनि होइनौं ।’ तर, प्रकाशले बैद्यले शुभकामना दिन गएको भनेर झुटको खेती गरे ।
जसकारण आइतबार वालुवाटार मात्र होइन प्रधानमन्त्री कार्यालयमा पनि हल्लीखल्ली मच्चियो । यस्तै उटपट्याङ गतिविधिका कारण प्रकाश बेला बेलामा विवादमा आउने गर्दछन् ।
दृष्टी साप्ताहिकबाट ।
http://www.janapati.com बाट साभार
Sunday, December 11, 2016
टोपबहादुरले खोलेको रहस्यमा देउवा–दाहाल–बाबुरामको नयाँ कनेक्सन
काठमाडौं, २५ मंसिर–माओवादी संसदीय दलका उपनेता टोपबहादुर रायमाझी बाबुराम भट्टराई निकट नेता मानिन्थे । बाबुरामले संविधान जारी भए लगत्तै असन्तुष्टि जनाएर पार्टी छोडे । टोपबहादुर भने त्यस लगत्तै बनेको सरकारमा उपप्रधानमन्त्री भए । अहिले भारतले चाहेजस्तो नेपालको संविधान संशोधन गर्न खोजिएका बेला माओवादी संसदीय दलका उनै नेता रायमाझीले आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र पार्टी छोडेका नेता बाबुराम भट्टराई भारतका लागि काम गर्ने नेता भएको रहस्य खोलेका छन् ।
शुक्रवार नेपाल अध्ययन केन्द्रले बानेश्वरमा आयोजना गरेको कार्यक्रममा टोपबहादुरले बाहिर ल्याएको यो तथ्यले भारतको गुलामका रुपमा काम गर्दै आएका पुष्पकमल–बाबुरामलाई त नराम्ररी उजागर गर्यो नै, भारतको रणनीतिक स्वार्थलाई मधेसी जनताको अधिकार सावित गर्न मेहेनत गरिरहेका नेपाली सञ्चार माध्यममा कार्यरत लेखनदासहरुलाई पनि उत्तेजित बनाइदियो । मुलधारका कतिपय सञ्चारकर्मीले त रायमाझीले गरेको खुलासालाई ‘रायमाझी पथ’ भनेर तीतो पोख्दै आफूले अपनाएको ‘रन्जित रे पथ’को वचाउमा ट्वीट गर्न वाध्य भए ।
संविधान जारी गर्दा बाबुराम जस्तै भारत पनि खुब रिसाएको थियो । संविधान रोक्न विदेश सचिव एस जयशंकरलाई विशेष दूतका रुपमा पठाएर त्यसबेला भारतले संविधानमा सहमति जनाएका माओवादी अध्यक्ष दाहाललाई हेग पठाइदिने र लडाकु शिविरको हिनामिनामा जेल हालिदिने धम्की दिएको स्वयं दाहालले सार्वजनिक गरेका थिए । बाबुराम मार्फत भारत झेलिरहेका दाहालले त्यसबेला रिसाएर चर्चित भाषण नै दिएका थिए– ‘हामी एसम्यान हुँदैनौं ।’
दाहाललाई तर्साउन केहिदिनपछि बाबुरामले अर्काे भाषण गरेका थिए–‘प्रचण्ड अव जेल जान्छन् ।’ पार्टी छोडेर नयाँ शक्ति गठन गरेका बाबुरामको पार्टीलाई अहिले जनजाति र मधेसीका नाममा भारतले तयार गरेको रणनीतिक उद्धेश्यको छहारी दिने छाताका रुपमा विकास गर्न खोजिएको छ । एक वर्षअघि संविधान जारी गर्न सहमति जनाएका पुष्पकमललाई पनि प्रधानमन्त्री बनाइदिएर भारतले संविधान विरोधी आफ्नो बाटोमा फर्काएको छ र भारतको त्यही सर्त पूरा गर्न दाहालले संविधान संशोधन प्रस्ताव ल्याएका पनि छन् । नाकाबन्दी लगाएर नेपालीलाई गाल्न नसकेको भारतले एक वर्षयता नेपालले भूराजनीतिमा प्राप्त गरेका उपलब्धी भत्काउन दाहाललाई भरपुर प्रयोग गरेर केही सफलता हासिल गरिसकेको छ ।
पुष्पकमल, बाबुराम, अमेरश, महन्थ ठाकुर, उपेन्द्र यादव र अहिले आएर कांग्रेस सभापति शेरबहादुर समेत, यिनीहरु अलग अलग पार्टीमा रहे पनि एउटै मास्टरले ट्युसन पढाएका विद्यार्थी झैं फरक फरक कोणबाट एउटै भविश्यवाणी गरिरहेका छन्– नेपाल टुक्रिन्छ ।
भारतका रणनीतिक स्वार्थलाई नेपाली जनताको संबैधानिक असन्तुष्टिको रुपमा प्रचार गर्न यहाँका आमसञ्चारलाई पनि प्रयोग गरिरहेका बेला शुक्रबार माओवादी संसदीय दलका उपनेता रायमाझीले खुलासा गरेको रहस्य ठूलो चोट बन्न पुगेको छ ।
रायमाझीले उक्त कार्यक्रममा यसो भने– संविधान जारी भएलगत्तै स्थायी कमिटी बैठकमा बाबुरामजीले भन्नुभयो- संविधान त जारी भयो, तर यो कुनै पनि हालतमा लागु हुँदैन । मधेसमा आन्दोलन हुन्छ, भारतले त्यसलाई सघाउँछ । त्यसैले आजै विज्ञप्ति जारी गरेर मधेस आन्दोलनलाई सघाउने भनौं । भोलि हामीलाई त्यताबाट फाइदा हुन्छ ।
बाबुरामजीले त्यसो भनिरहँदा प्रचण्डजी चुप लाग्नुभयो । बाबुरामजीले अझ कुरा खोलेर भन्नुभयो- हिजो १२ बुँदे सम्झौतादेखि भारतको सहयोग बिर्सने ? भारतलाई धोखा दिन मिल्छ ? तर पनि प्रचण्डले त कुनै जवाफ दिनुभएन ।
यो कुरा त गम्भीर थियो । मैले तुरुन्तै प्रश्न गरेँ- त्यसो भए तपाई संवैधानिक संवाद समितिको अध्यक्षले उनीहरुका एजेण्डा किन हाल्नुभएन संविधानमा ? हामीले भारतले गुन लाएको भनेर ब्याज तिर्नुपर्ने ? कसैको दास बनिरहनुपर्ने ?
यो प्रश्नको जवाफ प्रचण्डले दिनुभएन, बाबुरामजी त्यसपछि झोला बोकेर हिँड्नुभयो । आजभोलि कहिले चाइना कार्ड प्रयोग गर्न १२ बुँदे सम्झौता भारतमा गर्नु गल्ती भयो भन्नुहुन्छ । कहिले उपेन्द्र यादवलाई बोकेर संविधान संशोधन तुरुन्त गर्नुपर्योग भन्दै प्रचण्डलाई दबाब दिन बालुवाटार पुग्नुहुन्छ । राजनीति यस्तो छ हेर्नुस् ।’
रायमाझीले त्यसबेला पार्टी स्थायी समितिको बैठकमा भएका भन्दै शुक्रवार सार्वजनिक गरेका यी कुरा र त्यसबेलाका घटनाक्रमले वताउँछ– माओवादीलाई त्यसबेला संविधान जारी गर्नबाट रोक्न नसकेको भारतले बाबुरामलाई चुँडेर लगेको थियो र अहिले सिंगै माओवादीलाई आफ्नो पोल्टामा हालिसकेको छ । देउवा यसै पनि भारत परस्त छंदै थिए । दाहाल समेत भारतको पोल्टामा पुगेपछि दाहाल, देउवा र भट्टराई अलग पार्टीमा भए पनि दिल्लीको मिसनमा इमान्दार छन् ।
त्यसबेला बाबुरामका केही गतिविधि र अभिब्यक्तिबारे ध्यान दिने हो भने संविधान जारी गर्दा भारत जस्तै बाबुराम निकै क्रुद्ध थिए । संविधान जारी हुनु भन्दा २६ दिन पहिले टीकापुरमा भएको क्रुर घटना बाबुरामलाई अगाडि नै थाहा थियो । भदौ ७ गते भएको सो घटनाको केही दिनअघि उनले फेसबुकमार्फत संकेत गरेका थिए– संविधान जारी गर्नबाट नरोके देश टुक्रिनबाट रोकिने छैन । यस्तै भविश्यबाणि आजभोलि महन्थ ठाकुरले गरिरहेका छन् । पुष्पकमल, बाबुराम, कांग्रेस संसाद अमेरशकुमार सिंह, तमलोपा अध्यक्ष महन्थ ठाकुर, फोरम नेता उपेन्द्र यादव र अहिले आएर कांग्रेस सभापति देउपा पनि, यिनीहरु अलग अलग पार्टीमा रहे पनि एउटै मास्टरले ट्युसन पढाएका विद्यार्थी झैं फरक फरक कोणबाट एउटै भविश्यवाणी गरिरहेका हुन्छन् ।
संबैधानिक समितिको सभापति रहंदा पनि बाबुरामले जातीय क्षेत्रीय आन्दोलनलाई धाप दिंदै उकास्न मुख्य भूमिका खेलेका थिए । उनले जनजाति अगुवा, मधेसी अगुवा आदि आदि नाममा गोलमेच गर्दै दलहरुबीच भएको सहमति बिरुद्ध उकास्ने काम मात्रै गरेका थिएनन्, प्रतिबन्धित ठानिएका तराई पृथकतावादी सीके राउतलाई संबैधानिक समितिको तर्फबाट मान्यता दिएर पत्राचार समेत गरेका थिए ।
संविधान जारी भएको एक वर्षपछि भारतले आफ्नो इसारामा चल्ने कठपुतली सरकारका रुपमा पुष्पकमल र शेरबहादुरको गठबन्धन बनायो । उनीहरुको गठबन्धनले भारतको रणनीति अनुरुप नै संविधान संशोधन गरी नेपालको अखण्डता खण्डित गर्न लागिरहेका बेला माओवादी नेता रायमाझीले सार्वजनिक गरेका रहस्यहरु डर लाग्दा छन् ।
http://www.chakrapath.com बाट साभार
Wednesday, December 7, 2016
सुशासनको खिल्ली उडाउँदै वालुवाटारमा प्रचण्डद्धारा १९ जना सल्लाहकार चयन
सचिवालयमा प्रकाशको दादागिरीका कारण विवाद बढेको छ । उनले पार्टीका कार्यकर्ताहरुलाई प्रधानमन्त्रीसमक्ष जान नदिने तर दलाल तथा तस्करहरुलाई भने भेटाउने गरेको वालुवाटार स्रोतको भनाई छ ।
सुशासनको खिल्ली उडाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो सचिवालयमा १९ जनालाई नियुक्ति दिएका छन् ।
सल्लाहकारदेखि स्वकीय सचिव गरी प्रचण्डले सुशासन नियमावलीविपरीत १९ जनालाई नियुक्त गरेका छन् । १० जना कार्यकर्तालाई त स्वकीय सचिव पदमा नियुक्ति दिइएको छ ।
प्रचण्डको सल्लाहकार समूहमा आठ जना छन् । प्रमुख राजनीतिक सल्लाहकारमा चक्रपाणि खनाल (बलदेव), जनसम्पर्क सल्लाहकारमा रामदीप आचार्य, प्रेस सल्लाहकारमा गोविन्द आचार्य छन् । त्यस्तै डा.ऋषिराज अधिकारी परराष्ट्र, डा.श्रीराम पौडेल आर्थिक विकास, नारायप्रसाद दाहाल प्रशासकीय, डा.रविन्द्र ढकाल विज्ञान प्रविधि सल्लाहकारमा नियुक्त गरिएको छ ।
त्यस्तै निजी चिकित्सक डा.युवराज शर्मालाई पनि सल्लाहकारकै पद दिइएको छ । स्वकीय सचिवतर्फ ११ जनालाई नियुक्त गरिएको छ । जोखबहादुर महरालाई प्रमुख स्वकीय सचिवको पद दिइएको छ भने अन्य १० जनालाई स्वकीय सचिव बनाइएको छ । छोरा प्रकाशसहित रमेश मल्ल, रामनन्दन प्रसाद(चन्दन), जीवन बुढा, कृष्ण केसी, बलबहादुर महता, गणेशकुमार प्रधान, दिनेश श्रेष्ठ, पूर्णबहादुर कार्की, मनहरि शर्मालाई स्वकीय सचिव बनाइएको छ ।
उनीहरु सबैजना माओवादीका नेताहरु हुन् । जबकि उनीहरुको कुनै जिम्मेवारी तोकिएको भने छैन । छोरा प्रकाशले ठेक्कापट्टा मिलाउने र सरुवा बढुवामा असुल्ने धन्दालाई व्यापक बनाएका छन् । उनलाई कान्छीपत्नी बिना मगरले सघाएकी छन् । प्रकाशले विभिन्न व्यक्तिलाई फोन गर्ने र बिनारकम असुल्न जाने गरेको स्रोतको भनाइ छ । जसका कारण प्रधानमन्त्रीको सचिवालयभित्रै भाँडभैलो मच्चिएको छ ।
कर्मचारीहरुलाई बस्ने कोठाको अभाव भइरहेका बेला स्वकीय सचिवको भीड लागेपछि प्रधानमन्त्री कार्यालय अस्तव्यस्त बन्न पुगेको छ । हरेक जसो मन्त्रीपरिषद्को बैठकबाट प्रचण्डले स्वकीय सचिव थप्दै लगेका छन् । जागिर खुवाउनकै लागि प्रचण्डले आफ्ना आसेपासेलाई स्वकीय सचिव बनाएका छन् । जिम्मेवारी नभएका उनीहरु ठेक्कापट्टा तथा कर्मचारी सरुवामा दलालीको काम गर्दछन् ।
सल्लाहकार र सहयोगीहरु नियुक्त गर्दा अघिल्लो सरकारले सुशासन नियमावली संशोधन गरी कडा मापदण्ड बनाएको थियो । लोकसेवा आयोगको मापदण्डअनुसार शैक्षिक योग्यता आबश्यक हुने मापदण्ड थियो । तर प्रचण्डले त्यसलाई संशोधन जथाभावी सल्लाहकार र स्वकीय सचिव नियुक्त गर्दै आएका छन् ।
आफन्तलाई नियुक्त गर्न नपाइने पार्टीकै आचारसंहिता विपरीत उनले भाइ नारायण दाहाल र छोरा प्रकाशलाई नियुक्त गरेका छन् । सल्लाहकार र स्वकीय सचिव धेरै नियुक्त गरे पनि प्रचण्डले ठूला ‘डिल’हरु भने उपसचिव झंक ढकालमार्फत् गर्दै आएको स्रोत बताउँछ । लामो समयदेखि माओवादी निकट कर्मचारी संगठनमा लागेका उनी आर्थिक कारोबारमा प्रचण्डका बिश्वासपात्र व्यक्ति हुन् ।
जो प्रचण्ड प्रधानमन्त्री भएलगत्तै निजी सचिवमा नियुक्त भएका थिए । उनै ढकालको सिफारिसमा प्रचण्डले धेरै निर्णय गर्दै आएका छन् । अरुको सिफारिस नमान्ने र ढकालले जे भन्यो त्यही मान्ने भएकाले पनि प्रचण्ड सचिवालयमा विवाद बढेको स्रोत बताउँछ ।
सचिवालयमा प्रकाशको दादागिरीका कारण समेत विवाद बढेको हो । उनले पार्टीका कार्यकर्ताहरुलाई प्रधानमन्त्रीसमक्ष जान नदिने र दलाल तथा तस्करहरुलाई भने भेटाउने गरेको वालुवाटार स्रोतको भनाई छ ।
http://www.janapati.com बाट साभार
Sunday, December 4, 2016
प्रचण्डलाई राष्ट्रघाती भन्ने साथीहरु हाम्रै पार्टीभित्र छन् -मातृका यादव, नेता,नेकपा माओवादी केन्द्र,
मलाई के लाग्छ, भने कांग्रेस,एमाले र राप्रपा भन्दापनि हामी बिग्रेका छौं । साथीहरुको ध्यान कसरी मालामाल बन्ने, कसरी पद ओगट्ने ? भन्नेमा छ,भने कुरा मालेमावाद छ । प्रधानमन्त्री प्रचण्डले हामी सबै कार्यकर्तालाई बोलाएर सुझाव दिनुहुन्छ । साच्चै भन्नुपर्दा हामी मालेवाद हौ तर व्यवहारमा छैंनौ ।
एमालेले संविधान संशोधनमा अधिकार नदिए देश टुक्रिन्छ, दिएर त टुक्रिदैन । त्यसैले एमालेले संविधान कार्यन्वयन नगर्ने पक्षमा उभिदैन जस्तो मलाई लाग्दैन । उहाँहरु संविधान कार्यन्वयनको बाटो मै हुनुहुन्छ । त्यसैले जनतालाई अधिकार दिने हो भने संविधान संशोधनको पक्षमा उभिनुपर्छ । तर जनजाति र मधेसीहरुलाई अधिकार दिने कुरामा विपक्षी दलहरुले विरोध गरिरहेका छन् । त्यसैले एमालेले यसप्रति गम्भीरतापूर्ण सोच्न जरुरी ठान्दछु ।
हामीले उठाएका विषयहरु पाउँन छलफल गरेर होइन क्रान्ति नै गर्नुपर्छ । त्यसैले सबैले कम्प्रमाइज नै गरेर यो संविधान संशोधन पेश गरिएको हो । देशमा कलह त संविधान प्रस्तावले भएको होइन संशोधन नगरेर भएको हो । यस्तो काम गर्दा एकपटक कलह त निम्तिन्छ ।
यता, प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रघाती भन्ने साथीहरु पनि हाम्रै पार्टीभित्र छन् । उहाँ पार्टी, जनता र देशलाई कसरी अगाडि लाने भन्ने विषयमा सोच्नुहुन्छ । तर साथीहरु यसको फाइदा उठाउने खेलतिर लागेका छन् । यस विषयमा हामीहरुबीचमा टकराब पनि बढेको छ ।
साथीहरुलेृ संशोधनमाथि असन्तुष्टि राख्नुमा स्वभाविकै ठान्दछु । तर पोलिटब्युरो बैंठकबाटै छलफल गरेर हामीले संशोधन प्रस्ताव पेश गरेका हौं । तर, अहिले बाहिर ठिक विपरीत कुराहरु आइरहेका छन् । त्यसैले हामी नेता बिग्रिएपनि जनता तथा कार्यकर्ता देश परिवर्तन र क्रान्तिकै पक्षमा छन् ।
http://yeskathmandu.com बाट साभार
माओवादीका मन्त्रीको कस्तो कमाई ? प्रकाश खर्च गर्न उदार, नारायणकाजी आउट
काठमाडौं, २० मंसिर । मन्त्रीहरू कमाउधन्दामा लागेपछि माओवादीभित्र असन्तुष्टि बढेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल मात्रै होइन, माओवादीका प्रयाः सबै मन्त्री अब फेरि कहिल्यै सरकारमा जाने पालो आउँदैन कि भनेझैं पारिवारिक बन्दोबस्तीमा जुटेका कारण असन्तुष्टि बढेको हो ।
प्रधानमन्त्री दाहाल आफ्ना परिवारका सदस्यहरूको जालो पार्टीको भागमा परेका सबै मन्त्रालयमा फिट गरेपछि त्यसको देखासिखी मन्त्रीहरूले पनि गरेका छन् । तरुण साप्ताहिकले समाचार छापेको छ ।
स्रोतका अनुसार प्रचण्डले आफ्ना भाइ नारायण दाहाललाई कर्मचारी फाँटको जिम्मा लगाइका छन् । उनी प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार हुन् । कमाइ हुने सरकारी कार्यालयहरूमा सुब्बा तहसम्म र अन्य निकायमा सहसचिवसम्मका कर्मचारीहरूसँग दाहालले सिधै सम्पर्क गरेर रकम संकलन गर्ने गरेको स्रोतको दाबी छ ।
गत दसैंमा उनले दसैं खर्च भन्दै ठूलो रकम जम्मा गरेका थिए । कर्मचारी संयन्त्रमा सरुवा बढुवालगायतमा पैसा उठाउने गिरोह पहिल्यैदेखि सक्रिय थियो । यतिवेला यही गिरोहको सल्लाहमा नारायण दाहालले काम गर्ने गरेका छन् ।
पार्टी फन्ड कलेक्सन गर्ने भन्दै रकम उठाइने गरिए पनि उक्त रकम पार्टी काममा प्रयोग नभएको माओवादीका नेता नारायणकाजी श्रेष्ठले आफ्ना निकटस्थहरूलाई बताउने गरेका छन् ।
प्रचण्डकी माइली छोरी रेणु दाहाल र ज्वाइँ अर्जुन पाठक तुलनात्मक रुपमा इमान्दार देखिएका छन् । छोरा प्रकाश दाहाल र बुहारी विना मगरले सरुवाको काम ल्याउन दुई–चार जना केटाहरू परिचालन गरेको बुझिएको छ ।
केही कर्मचारीहरूले कबोल गरेअनुसारको रकम नदिएका कारण अग्रिम पैसा लिएर मात्रै सरुवाका लागि सिफारिस गर्न प्रकाशले विनालाई दिर्नेशन दिएको स्रोतको भनाइ छ ।
यसरी कलेक्सन भएको रकम प्रकाशले साथी भाइ बोलाएर मोजमस्तीमा पनि खर्च गर्ने गरेका छन् ।
वरिष्ठ नेता नारायणकाजीको कुरा प्रचण्डको किचेन क्याबिनेटमा सुनुवाइ हुन छाडेको छ । आफ्नो कुरा सुनुवाइ हुन छाडेपछि गोरखा जिल्लाका कर्मचारीहरूको सरुवा तथा राजनीतिक नियुक्तिबोहक नारायणकाजीले खासै चासो लिएका छ्रनन् ।
नारायणकाजीले आफ्नो गृह जिल्ला गोरखाका बाबुकाजी पन्तलाई कृषि विकास मन्त्रालयअन्तर्गतको दुग्ध विकास संस्थानमा अध्यक्ष नियुक्तिका लागि निकै ठूलो प्रयास गरेका थिए । तर प्रचण्डको परिवारले रोकिदियो । यति बेला नारायणकाजीको ध्यान सिटीइभीटीको सदस्य सचिव नियुक्तिमा छ ।
http://www.dainiknepal.com बाट साभार
Subscribe to:
Posts (Atom)