Tuesday, October 3, 2017

एमाले, माओवादी केन्द्रको बाम तालमेल र पार्टी एकता प्रस्ताव र असहमतिका स्वरहरू :





-----------------------------------------------------------------------------



गोपाल किराँतीको  प्रेस विज्ञाप्ति

(१) मार्क्सवाद, लेनिनवाद, माओवाद र पहिचानको मुद्धालाई धरापमा पारेर श्री प्रचण्ड समूहले गरेको एमालेमा विलयको घोषणालाई खारेज गर्दै नेकपा माओवादी केन्द्र पूनरगठन भेला आयोजक समिति निर्माणको आह्वान गर्दछु ।
(२) पार्टीको कुनै पनि तहमा औपचारिक निर्णण नगराई माओवादी केन्द्र विघटन गरी एमालेमा विलय गराउने श्री प्रचण्ड समूहको कदम दक्षिपन्थी विसर्जनवादी मात्र नभएर अवैधानिक समेत छ । त्यसको चौतर्फी भण्डाफोर गर्न माओवादी क्रान्तिकारी कमरेडहरुमा विशेष आह्वान गर्दछु ।
(३) सम्भव भएसम्म लडाकु दस्ता निर्माण गरी आगामी चुनावमा पहिचान विरोधी उम्मेदवारलाई देशैभरी भाटे कारवाहीको तयारी गर्न युवा साथीहरुमा आह्वान गर्दछु ।
(४) भेला आयोजक समिति गठन अघि एक पटक श्री प्र्रचण्डसँग वार्ता गरिनेछ ।
(५) चुनावी तालमेलको नाटकबारे माओवादी विचार एवंम पहिचानको दुस्मन एमाले जत्थामा आत्मसमपर्ण गर्ने प्रचण्ड समूहको आत्मघाती निर्णयबाट आक्रोशित कमरेडहरुमा अन्यथा विचलित नहुन गम्भिर आह्वान गर्दछु । नयाँ आधारमा माओवादी केन्द्रलाई पूनरगठन गरी पहिचानको आन्दोलन जारी राख्न पुनः आह्वान गर्दछु ।

गोपाल किराँती
नेकपा माओवादी केन्द्र, सचिवालय सदस्य
हाल– आम्चोक गाउँपालिका, भोजपुर ।

---------------------------------------------------------------



Navin Khadka को फोटो।
-----------------------------------------------------------------------------

कम्रेड प्रचण्ड नेपालमा एउटा कम्युनिस्ट केन्द्र बनाउने कुरो ठिकै छ तर त्यो बनेको केन्द्र्ले आफु बन्नु भन्दा आगाडी यि प्रश्न हरुको जवाफ दिन जरुरी छ।
१ जन्युद्द जनयुद्ध नै रहन्छ कि आतंककारी गतिबिधी मा दर्ज हुन्छ?
२ जनयुद्ध का शहिद शहिद नै रहन्छ्न कि आतंकबादी मा दर्ज हुन्छ्न?
३ अबको यात्रा समाजबाद हुन्छ कि सोसल डेमोक्रेसी ?
४ अब समाजबाद को यात्रा मा बल प्रयोगको समाजबादी सिद्धान्तले ठाउ पाउछ कि पाउदैन?
५ अबको समाजबादको मोडेल कस्तो हुनेछ?
६ जन्युद्द्कालिन मुद्दाले लखेटेर हैरान पारिएका बालकृष्ण ढुंगेलहरु लाइ समाएर बुझाइन्छ कि रक्षा गरिन्छ ?
७ मधेसी दलित जनजाति आदिबासी र गरिबहरु को पहिचान के हुन्छ?
८ माक्र्सबाद लेनिनवाद माओबाद मान्न पाइन्छ कि पाइदैन।


- डि.पी.ढकाल 
-----------------------------------------------------------------------------

०६४ को चुनाव अघि एकता केन्द्र र माओवादीका बीच एकताको चर्चा भयाे । एकता भएन, मतदाताको मनाेविज्ञान फेरियो । परिणाम के आयो ? एकता केन्द्र २ सिट प्रत्यक्ष र ५ सिट समानुपातिकमा सीमित भयो । माओवादीले बहुमत ल्यायो । एकेलाई मत हाल्न ठिक्क परेका मतदाताले माअोवादीलाई हाले ।

भर्खरैको कुरा विद्यार्थीहरू सिसिको लागि चुनावमा थिए । नारायण काजी एमाले प्रवेशको हल्ला चलाइयो । विद्धार्थी मतदाताको मनोविज्ञान फेरियो । नारायणकाजी निकट मानिएका विद्यार्थी नेताहरू पराजित भए । मत प्रभावित भयो । 

यती बेला प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मुखमा एमाले र माअोवादीका बीचको एकताको चर्चा चलाएर चुनावपछि एकता गर्ने कुराले माओवादीलाई भोट हाल्न ठिक्क परेका मतदाताले एमालेलाई मतदान गर्ने निस्चित छ । 

०६५ मा त माअोवादीले विद्रोहको कुरा गरेको थियो । विद्रोहको लागि एकता भनिएको थियो । भोलि एमालेसँग माअोवादीले `अस्तित्वरक्षाको लागि एकता´ भन्नुको विकल्प रहने छैन । 

यदि पार्टीलाई पार्टी जस्तो बनाएर चलाउने हो भने माअोवादी केन्द्र कार्यदीशा, कार्यनीति, कार्यक्रम र नेतृत्वको हिसाबले 'अस्तित्व संकटमा परेको पार्टी´ होइन । 

तर जब नेताको दिमागमा पहिलो ठूलो संसदीय पार्टी भएकोमा घमण्ड भयो र फेरि पनि बनाउने भूत सवार भयो । बिग्रिएको त्यहीबाट हो । भलै माअोवादी एमाअोवादी भएदेखि बिग्रेको र एकता केन्द्रसँग पार्टी एकता गरेर बिग्रेको भन्ने अारोप अहिले पनि हामी लगाइरहेका छौं । नारायणकाजी श्रेष्ठ, हितमान शाक्य, प्रकाश दहालहरूको फेसबुक स्टाटस हेर्दा लाग्छ अहिलेसम्म एकेका साथीहर चैते माअोवादीको अारोपसहित माअाेवादीकरणको प्रकृयामा थिए । अब सबै माअोवादीहरू 'चैते एमाले´ बन्ने र एमालेकरणको दिशामा जाने भएछन् हो ?



- डि.आर. पौडेल 

-----------------------------------------------------------------------------

माओवादी केन्द्र र एमाले बीच एकता गर्ने र एमालेको घाम चिन्हमा चुनाव लड्नु पर्ने क. प्रचण्डको प्रस्ताव नेपालको आन्तरिक राष्ट्रियता (पहिचान) विरोधी र मार्क्सवाद - लेनिनवाद - माओवाद विरोधी छ। यो कथित एकता वस्तुत: एमालेमा माओवादीको विलय हो। 
- दक्षिणपन्थी आत्मासमर्पणवाद विरुद्ध - क्रान्तिकारीहरु एक जुट होऔ°!
- मार्क्सवाद - लेनिनवाद - माओवाद - जिन्दावाद !
- महान जनयुद्धका अमर शहिदहरु - लालसलाम!
- नेकपा (माओवादी केन्द्र) - जिन्दावाद !

- गोपाल किराती 
-----------------------------------------------------------------------------

फेरि एकपटक धोका खाने भए।सुर्य चिन्ह लिएर चुनाव लड्ने,हाम्रा आफ्नो बलबुतामा जित्ने पनि एमालेका,एमालेको बलबुता लागे सम्म हाम्रोलाई हराउने नै हो,इतिहास साक्षी छ २०४३ साल देखिको कुनै चुनावमा एमाले सङ्ग तालमेल गरेर कसैले काहीँ चुनाव जितेको छैन,आफ्नै गुट भित्र हराउन लागिपर्नेहरु हामीलाई जिताउन लाग्छन् ?हो कहिँ कतै इमान्दार चरित्र भएको सिमित ठाउँ बाहेक।कस कस्लाइ कता कताबाट ललिपप मिल्यो थाहा छैन,सपनाको लड्डु खादै गर,जब उठेर टेक्ने खुट्किलो र समात्ने हाङ्गा पनि पाउदैनौनी त्यति बेला ...........फेरि ०५१/फेरि ०५२ सम्झिनु नपरोस् ।यदि इमान्दारै भएर पार्टी एकताको कुरा हो भने चुनाव अगाडि नै गर्नुस् नेताहरु चेतना भया।सधैं खाल्डोमा परे पछि धुलो टक्टक्याउने अनि चेतने कहिले सम्म??।सुर्यबाट उठेपछि ,तपाईंहरुलाइ हराएपछी ती जितेका पनि उतै हुनेछन् ,पार्टी एकता एकादेशको कथा हुनेछ ,के पि ले भन्नेछन १२ सिट नजित्नेले ४०% खोज्ने ??१२ जना को को हो नाम दिनुस केन्द्रमा राखिदिने छु,त्यति बेला पनि तपाईहरुको अनुहार हेर्दै दया राख्दै ,हाम्रा आदर्श तपाईंहरुनै हो भन्दै फेरि नेकपा माओवादी केन्द्र जिन्दावाद भन्दै हिड्नु परेन भने यो देशले परिवर्तन पाउने छ,बिकाश पाउनेछ म र मेरो जस्तो इक्ष्या राख्ने सबै इमान्दार कार्यकर्ता ,सुभचिन्तक,सुभेक्ष्युक को हो।फेरि फेरि हामी जस्ता इमान्दारले रुनु नपरोस् ।

- सुदर्शन पराजुली 



-----------------------------------------------------------------------------
सवैले मनन गरौं !
********
अहिले वाम एकताबाट सुरु गरेर पार्टी एकतासम्म पुग्ने भनेर जुन अप्रत्यासित घटनाक्रम अघि बढेको छ , यो चानचुने कुरा छैन ।
वाम तालमेल स्वभाविक र अनिवार्य छ र त्यो ठीक छ त्यसको हामीले स्वागत गर्नु पर्छ ।

जहाँसम्म पार्टी एकताको कुरा छ , त्यसमा सय पटक सोचेर एक पटक काट्ने माओको भनाईलाई सम्झनु पर्छ । एउटै पार्टी बनाउनु नराम्रो कुरा होइन ।तर कस्तो पार्टी बनाउँने र त्यो यथार्थमा क्रान्तिकारी कम्युनिष्ट पार्टी बन्छ कि जनता झुक्याउँने ठग कम्युनिष्ट पार्टी बन्छ भन्नेमा सवै होसियार हुनै पर्छ । विना होसियारी "जसो जसो वाहुन वाजे उसै उसै स्वाहा "गर्यो भने त्यो ठग कम्युनिष्ट पार्टी नै बन्ने लगभग पक्का छ र हामीलाई नयाँ ठग पार्टी बनाउँने कुनै रहर र खाँचो छैन।ठग पार्टी त अहिले पनि गल्लीभरि छन् ।

हामीलाई संसदीय रछ्यानमा पौडी खेलेर जिन्दगीभर नअघाउँने मोटो सुँगुर पनि चाहिएको छैन । हामीलाई वाँकि बसेको अगुल्टो पनि पानीमा चोपलेर नानीहरूलाई सीतलहरमा मार्नु पनि छैन । हामीलाई क्रान्तिको मृत्युको घोषणा पत्र लेख्ने अपराध पनि गर्नु छैन। वरु विगतमा कम्युनिष्टको नाममा जान या अन्जानमा भएका गल्तिहरूप्रति माफी माग्दै भविष्यमा नदोहोर्याउँने र समाजवादको प्राप्तिकोलागि जस्तो संघर्षको जरुरत पर्छ त्यस्तै संघर्ष गर्न तयार रहने हो । जस्तो परे पनि हतियार उठाइन्न भनेर साम्राज्यवादका अगाडि ङिच्च दात देखाउने कम्युनिष्ट पार्टी बनाउँन नयाँ दुख नै गर्नु पर्दैन , अहिलै छ्यास्छ्यास्ती छन् । माथि चर्चा गरेजस्तै असली कम्युनिष्ट पार्टी निर्माण गर्ने संभावना देखियो भने पार्टी एकता पनि गर्ने हो र त्यस्तो देखिएन बरु भएको आगो पनि निभ्ने देखियो भने खुरुक्क अलग हुने हो ।

त्यसैले अहिलेको तालमेल र एकता वारे हल्का फुल्का टिप्पणी गर्ने होइन वरु हाम्रो गौरवपूर्ण इतिहास र त्यो इतिहासमा वलिदान गर्ने महान सहिदहरूलाई संझेर गंभीर भएर सोच्ने हो ।

हामीले क्रान्तिकारी चेतनाको आगो निभ्न नदिने र सर्वहारा वर्गको स्वतन्त्र पहलकदमी गुम्न नदिने सर्तमा एकता वारे बहस पनि गर्न सक्छौं र आधारभूत कुरा मिले एकता पनि गर्न सक्छौं ।तर हतार हतार ठूलो पार्टीका कार्यकर्ता वन्ने रहरमा हाम्रा प्रिय सपनाहरूको हत्या गर्न सक्दैनौं । यो कुरा हामीले सँधै संझिरहनु पर्छ ।

यो कुरा प्रचण्ड प्रकाश वादल 
के पी झलनाथ माधव 
र वावुरामले बुझे हुन्छ - कम्युनिष्ट कार्यकर्ता कसैले किनेर ल्याएका अन्जान खसी बाख्रा होइनन् जुन बधशालासम्मै लुरुलुरु डोरिन्छन।
तिनले आफ्नै आँखाले हेर्छन 
आफ्नै टाउकाले सोच्छन
सही लागे सहयात्रा गर्छन ( पछि लाग्छन होइन)
गलत लागे माओवादको प्रयोग गर्छन-"It is right to rebel !"

- बलराम तिमिल्सिना 'वीप्लव 



-----------------------------------------------------------------------------
माके सचेत कार्यकर्ता र अालाेचनाशील बाैध्दिकविनाकाे मुर्दा पार्टी ! एक पदप्रेमीले कठपुतली राष्ट्रपति बन्न पार्टी बेच्न खाेज्दा सबै मुर्दा माैन !

- खगेन्द्र संग्रौला 


-----------------------------------------------------------------------------


- बाब्रामले एमालेलाई लिङ्ग नभाकाे भन्थे क्यार ! के अब एमाले हर्काे लिङ्ग पलायाे ? हँ बाब्राम जी ?

००० 

- तिमी चैने सत्ताकाे चुलिमा, 
  हामी खाडी दरवान र कुल्लीमा । 
  कमरेट पर्चन्न, 
  चमत्कार तिमीलाइ गरिप खङरङ्ग !


००० 

सवाल - जवाफ
मैले भनें- याे ए-कता गर्नै हुन्नथ्याे ।
उसले भन्याे- नगर्या भा बीऊ रन्नथ्याे ।
मैले भनें- बिचारमा ढल्नु हुन्नथ्याे ।
उसले भन्याे - के का बिचार सबै शून्य थ्याे ।
मैले भनें- जनयुद्ध भुल्नु हुन्नथ्याे
उसले भन्याे - अपराधलाई किन जप्नु थ्याे ।
मैले भनें- श्रमिकजनलाई छाड्नु हुन्नथ्याे
उसले भन्याे- ती समाते नाेट हुन्नथ्याे ।
मैले भनें- सपनालाई छाड्न हुन्नथ्याे
उसले भन्याे - त्याे नभुलि एेश हुन्नथ्यो ।
मैले भनें- गन्हाकालाई च्याप्नु हुन्नथ्यो
उसले भन्याे- सुग्घरीचाहीँ भन कुन्थियाे ?
मैले भनें- याे एकता मुतकै न्यानाे हाे
उसले भन्याे -हैन मित्र याे नै प्रान हाे ।।
००० 
थाह चाहियाे !
बाम हाे कि
खामहरूकाे ए-कता हाे याे ?
दलकाे हाे कि
नेताहरूकाे ए-कता हाे याे ?
छिर्के हाे कि
भावनामै ए-कता हाे याे ?
टिक्ने हाे कि
घामछायाँ ए-कता हाे याे ?
जित्न हाे कि
हराऊनलाई ए-कता हाे याे ?
दह्रिन कि
कमजाेर पार्न ए-कता हाे याे ?
बिचार कि
लहडकाे ए-कता हाे याे ?
श्रमिक कि
पुजीपति ए-कता हाे याे ?
सुल्टाहरू कि
उल्टासुल्टा ए-कता हाे याे ?
समृद्धि कि
जनता चुस्न ए-कता हाे याे ?
ईमान कि
बेईमानीमा ए-कता हाे याे ?
अाफ्नै चेत कि
इसारामा ए-कता हाे याे ?
हताराे कि
संयाेगकाे ए-कता हाे याे
राम्रा हुन् कि
नराम्राकाे ए-कता हाे याे ?
भाैतिके कि
जाेतिषिकाे ए-कता हाे याे ?
मुलुक कि
अाफ्नै खातिर ए-कता हाे याे ?
मने छिन्कि
जुनिभरलाई ए-कता हाे याे ?
अन्तमा,
सप्रन कि
बिग्रनलाई ए-कता हाे याे ??
००० 

क्रान्तिकाे क्वाँ 

क्रान्तिकाे क्वाँ,
क्रान्ति स्रान्ति ट्वाँ ।
खाेई त क्रान्ति ?
अाेलि सामु ग्वाँ ।
खाेई त अाेलि बा ?
दीयाे निभाउन गैचन ।
काँ थ्याे र दीयाे ?
श्रमिकजनकाे मनमा ।
खै त श्रमिक ?
माैलान तिर गैचन ।
खै त माैलान ?
अागनी डिलमै छ ।
खै त अागन ?
साउकाे बन्दक छ ।
खै त साऊ ?
पाटीमा नेताे छ ।
खै त पाटी ?
अक्करे भीरमा छ ।
खै त त्याे भीर ?
खाेलाकाे डिलमा छ ।
खाेई त खाेला ?
अस्तिन त यहीँ थियाे, अहिलेलाई सुक्याे ।

००० 

जबतक शाेषण चलिरहन्छ
याे बर्ग युद्ध जारी रहन्छ ।
उत्पीडन जबतक चलिरहन्छ
तबतक संग्राम उठिरहन्छ ।
न त याे लहड हाे, न त अावेग नै हाे
न त उत्तेजना याे, याे अनिवार्यता हाे ।
जबतक दमन याे चलिरहन्छ
संगै प्रतिराेध भईरहन्छ
लाग्छन किनारा थाक्नेहरू चैं
बीरले संग्राम याे बढाईरहन्छ ।
न त याे रहर हाे, न त उत्सव नै याे
बरू याे कहरबाट बुझ उन्मुक्ति हाे ।
जबतक उचनिच भईरहन्छ
क्रान्ति अबिश्राम चलिरहन्छ ।
भाग्छन किनारा कायरहरू चैं
याेद्धा मैदानमा डटिरहन्छ ।।
००० 
कम्युनिस्ट कार्यकर्ताकाे नाऊँमा :

नेताले चै संधैभरी अादेश दिने भाे
कार्यकर्ता गाेठालाेभै तामेल गर्ने भाे
के हुँदैछ कता जाने साेच्नै नपर्ने
कार्यकर्ता भरिया झैं पछि हिंड्ने भाे
चुलाेचाैकाे छुनहुन्न नेताे बैष्णबी
कार्यकर्ता अागन डिल बसिखाने भाे
साम्यवाद ल्याऊने भन्ने कुम जाेरेर
कार्यकर्ता तर अाफ्नै घरमा अछुत भाे
तर पनि किन काेहि प्रश्न गर्दैन
माैनतालाई काखि च्यापि बरू दास भाे
यस्तै हाे त साम्यवाद ? भए चाहिएन
दल भित्र भित्रैपनि मालिक -नाेकर भाे
दासजस्तै बाँचिरेका कार्जेकर्ता हाे
कति खप्छाै दासता याे त अति भाे
बिद्राेहमा उठ अब शासन नखप
पार्टी भित्रै तिम्रो दर्जा केवल नाेकर भाे
नीति बन्ने ठाँऊहरूमा गर हस्तक्षेप
नत्र साेच जिऊँदैमा तिम्राे मृत्यु भाे ।

००० 

खालका जुवाडे जस्तै
मैमत्त केही नेताहरू
लडाईरहेछन खालमा काैडा
र, कराईरहेछन
जित्याैं जित्याैं ।
हाे, वर्षाैं देखि चलिरहेछ जुवाखाल
जुवाडेहरू फेरिईरहेछन
तर, जितिरहेछन
खालमा जमेका खालेहरूले
काैडा फ्याँकेका जुवाडे नेताहरूले ।
अनि हारिरहेछन् संधैभरि
पीधका मानिसहरूले
भुई मानिसहरूले सिङ्गै जीवन ।।

००० 

हामी धेरै ठुला छम्
हाम्राे पाटी ठुलाे छ,
याे ठूलाे पाटीमा
सप्पै अटाका छम् ।
माक्र्सवाद छाडेका,
रामनमी अाेढेका
धडधडी रहेका
सप्पै अटाका छम् ।
हामी धेरै ज्ञानी छम्
छिमेक रिझाका छम्
हामी उनकै तालमा
छमछम नाचेका छम् ।
पद पैसा महान हाे
प्रतिष्ठा चाहना हाे
जप्दैछाैं मिलिमलि
सत्ताकाे जाप याे ।।
हामी नामि नामि छम्
हामी दामी दामी छम्
हामी हामरै मुट्ठीमा
श्रमजीवी नचाम्ने छम्।
राष्टवाद घाेक्ने छम्
लम्पसार पर्ने छम
याे बिशाल पाटीमा
खाने पिउने छम् ।।
हामी शासन गर्ने छम
हामी पशासन गर्ने छम्
याे अजङ्गे ठाँटीमा
सबै साथै रमेका छम् ।
जनयुद्ध बिर्सिइयाे
सहिद नि बिर्सईयाे
बिर्सेरै बेपत्ता लाई
बल्ल पाे याे भैयाे ।
हामी धेेरै ठुला छम
तर धेरै लुला छम्
बाहिर राताे देखिन्छ
तर भित्र सेता छम् ।

000


संक्षिप्त पत्र : क. प्रकाशकाे नाऊँमा सबसे नेता काे हाै प्रकाश ,परचन्न कि अाेली ? अाँफैलाई ऊल्लु पार्दै कति फेर्छाै बाेली ! एकताकाे मातमा हाैला बाेल दिल खाेली झुक्याऊँछाै अरू भन्दा जाला तुम्बा झाेली ।। प्रकाशजी दक्षिणतिर हानिएकाे किन ? अवसरबादी पछ्याैरीनै अाेढ्नु पर्थ्याे किन ? संसदवादकाे हिलाेलाई उच्च ठान्याै किन ? के यहि हाे तिम्ले गाऊने अादर्शकाे दिन ? भन्थ्याै कैले एमाले त कम्युनिस्ट नै हैन । प्रतिष्ठा पद पैसा बाहेक अन्त ध्यानै छैन । अाज किन तेस्कै फेराे समातेर अायाै ? बिचार मिल्छ भन्दै किन बेसुरा गीत गायाै ? न त जन्ता मुक्त भाछ न त बन्धन गाकाे सत्ताका भाग खानमात्र किन मीत लाकाे ? तिमी देख्दा उदेक लाग्याे लेखें सानाे पत्र सक्छाै भने अझै सचिऊ नभत्किऊ मित्र ।। भुईमान्छेका सुस्केरालाइ सम्झ अझ पनि तिनका अर्तनाद र अाँशु सम्झ अझ पनि । लुटेरा काे याे सत्तामा के काे भागबण्डा ? कात्राे पनि छैन जहाँ पीँधका मान्छे मर्दा ।। सम्हालिँदै फेरि जुटाैं अाऊ मित्र अाऊ गरीबकाे राजका गीत संगसाथै गाऊँ । सकिएकाे छैन संग्राम अझै उचनिच छ वर्तमानले विप्लवीलाइ अझ पर्खेकाे छ ।। (मातृकाजी, सक्नुहुन्छ भने याे पत्र क, प्रकाशकहाँ पुर्याइदिनु हाेला )

- शरद पौडेल 

-----------------------------------------------------------------------------



अाज बिहान चिया पसलमा सुनेका कुरा 

एमाले कार्यकर्ता : ज्यान जाला म माके चाइँ हुन्न ।
माके कार्यकर्ता : याे गर्धन चट्ट चुडाइदिन्छन् भने पनि म एमाले हुन्न ।
चिया पसले : ल भाइ हाे झगडा नगर । तिमेर्काे पार्टी भर्सक नमिल्लान् । मिलिहाल्छन् भने बन्नेवाला पार्टी न एमाले हुन्छ, न माके हुन्छ ।
एमाले कार्यकर्ता : हाे है साँच्चै नेकपा मात्रै पाे हुन्छ रे नि ।
माके कार्यकर्ता : हाे त हामी किन झगडा गरेका हाेला । हामी दुवैका पार्टीको नाममा रहेको साझा कुरा "नेकपा" हाे । यसमा त के अापत्ती र होइन ?
एमाले कार्यकर्ता : ल अब हामी दुवै एउटै पार्टीका कार्यकर्ता हुने भयाैँ । अब मिलाैँ ।
चिया पसले : तिमेरु त कहिले नमिलेका हाै र, बिहान ताताे चियामा हाेस् वा बेलुका चिसो चियामा हाेस् । सँगै हुन्छौ । हुन त तिमेर्का नेता पनि चिया, भाेजभतेर सबै खाननपानमा सँगै हुन्छन् । खालि तिमेर्लाई अलगअलग बनाएर राजनीति गर्थे । अब भने एकै ठाउँ अाउने भनेछन् । छुट्टेकाे भन्दा मिलेकाे राम्रो ।


- धन प्रसाद सुवेदी


- माके र एमाले बिच पार्टी एकता त हुन्छ तर त्याे ५ वर्षपछि हाेला भन्ने लागेको थियाे । कम्तीमा प्रचण्ड र अाेलीकाे हैकम रहँदा सम्म एकता नहाेला भन्ने ठानेको थिएँ । 

-दुई वर्षअघि कार्की पार्टी प्यालेसबाट सुरु भएको र अस्ति एक महिनाअघि धुलिखेल रिसाेटमा भएकाे प्रशिक्षण यसैकाे तयारी थियाे ।

- अहिले एक्कासि कसरी एकताको हल्ला हुरी बनेर अायाे थाेरै अचम्म लागेकाे छ । 

तर - 
यी पार्टी बिचमा हिजो सैद्धान्तिक भिन्नता थियोे, अाज प्राविधिक र कार्यशैलीगत भिन्नता मात्रै बाँकी छ । तेसैले पार्टी एकता अनाैठाे भने हाेइन ।

- नेपालमा कामका कम्युनिस्ट पार्टी अब तत्काल बन्ने देखिदैन (भविष्यमा त बन्लान्) नामका कम्युनिस्टहरु ३, ४ अाेटा मात्र बाँकी रहने देखिन्छ ।


- माके कम्युनिस्ट पार्टीमा रुपान्तरण हाेला कि भन्ने झिनाे अाशा थियो अब समाप्त भयाे ।


- कम्युनिस्ट र क्रान्ति जनचाहना र वस्तुगत अावश्यकता दुवैको तालमेलबाट जन्मिने हाे । तेसैले निराश हुन अावश्यक छैन ।


-अब संसदीय पार्टीको झाेले कार्यकर्ता भने बनिदैन ।
- धन प्रसाद सुवेदी

----------------------------------------------------------

माओवादीको उल्टो यात्रा

१)पहिलो संविधानसभामा हासिल विजयको उन्माद।
२) क्रान्तिकारी पार्टीमा मण्डलले र कुन्डलेको बिगबिगि ।
३)नेताहरुमा आर्थिक र सांस्कृतिक बिचलन।
४) कार्यकर्ता संरक्षण र परिचालनमा गैर कम्युनिस्ट प्रवृत्ति ।
५)आर्थिक अपारदर्शीता ।
६)पार्टीमा नब राजाहरूको उदय
७)पद र पैसाको लागी गुट र फुटको राजनीति
८) विचार र व्यबहार बीचको अमेल
९)कम्युनिस्ट कार्यकर्ता भन्दा पनि दासहरुको कुम्भ मेला।
१०)नेतृत्वमा आफै र आफ्नै हुनुपर्छ भन्ने मनोबिज्ञान



- केवल विनाबी 


---------------------------------------------------------------


गोपाल किराँतीले रुदै भने : प्रचण्डको कारणले मेरो रक्तचाप बढ्यो, अब म ढल्छु |


------------------------------------------------------------

माओबादी र एमालेको एकताबारे मेरो मत:

१) यो एकता एउटै कम्युनिस्ट केन्द्र निर्माणका लागि भनिए पनि नेपालमा एउटा 'शक्तिशाली सामाजिक लोकतान्त्रिक' पार्टी बन्ने दिशातिर उद्देलित देखिन्छ ! 
यो पार्टीको आयुबारे भबिस्यबाणी गरेर लोकतान्त्रिक ज्योतिषी चाहिँ बन्न सकिएन ।
२) यो एकतापछि बन्ने पार्टीले बैज्ञानिक समाजबाद निर्माणलाई होईन संबिधानमा उल्लेख भए जस्तै अमुर्त समाजबादको शाब्दिक आवरणमा 'शास्त्रीय पूँजीबाद'कै अन्तर्यको राजनैतिक, आर्थिक, सामाजिक, साँस्कृतिक उनन्नयनलाई आफ्नो कार्यदिशा बनाउँछ !


३) रातारात घोर दक्षिणपन्थीहरु क्रान्तिकारी कम्युनिस्ट हुने र घोर उग्रवामपन्थीहरु क्रान्तिकारी कम्युनिस्ट हुने या रातारात मण्डले राष्ट्रबादीहरु सच्चा देशभक्त हुने र लम्पसारबादीहरु देशभक्त हुने, यस्तो चमत्कार मार्क्सबादमा सम्भब छैन । यो त कृष्णजीको महाभारतमा मात्र सम्भव होला ।

४) यो एकतामा दीर्घकालीन रणनैतिक ध्येय भन्दा पनि सन्निकट निर्वाचनमा आफ्नो बर्चश्व कायमका लागि तात्कालिक बस्तुगत अन्तर्बिरोधले जन्माएको बाध्यता हाबी छ। माओबादी र काँग्रेस चुनाबमा मिले एमाले पहिलो पार्टी नहुन पनि सक्ने, भए पनि लामो समयसम्म आफ्नो सरकार बनाउन नसक्ने एमालेको स्थिती बन्ने यता काँग्रेससंगको दीर्घकालीन तालमेलले माओबादीलाई आफ्नो कम्युनिस्ट परिचयमा धब्बा लाग्ने र अझ स्खलनको खतरा बढ्ने संकेतले यो निर्णयको तिथि नजिक्यायो । झन २ नम्बर प्रदेशको चुनाबको परिणामले त गर्नुगर्‍यो ।

५) यो एकता यति चाँडै यसरी चक्मा दिएर हुनुमा केही निर्णायक नेताहरुको क्रान्ती र आफ्नो पार्टीप्रतिको अबिश्वास, १ नम्बर पार्टी बनाउने रिटायर्ड रहर, एकबारको जुनिमा प्रधानमन्त्री बन्ने सपना, सत्ता लत, सुबिधा आचरणले पनि बेजोड काम गरेको देखिन्छ ।

६) यो एकताले नेपाली जनता र विश्व कम्युनिस्ट आन्दोलनको आजको अन्तर्बिरोध हल हुने भन्दा पनि नेपाली राजनीतिको सतहमा देखिएका केही तात्कालिक समस्याहरुको छिपछिपे समाधान मात्रै गर्छ ।

७) यो एकताले अलग-अलग पार्टीमा हुँदा राजनैतिक सँस्कारको परिधी नाघेर एकले अर्कालाई गाली गर्ने, होच्याउने, खिसिट्युरी गर्ने अराजनैतिक सँस्कृतीको आफै खण्डन चाहिँ गरेको छ ।

८) यो एकता दुई बिपरित स्कुल अझ एकले अर्कालाई निषेध गर्नेसम्म सँस्कृती बनाईसकेकाहरुलाई जोड्ने शाहसिक निर्णय चाहिँ हो । तर, यस्को बैचारिक धरातल असाध्यै निम्छरो देखिन्छ ।

९) अपितु, यो एकता गोबरले फलाम जोडेको जस्तो नहोस । बरु, रसायनले फलाम जोडेको जस्तै होस । शुभेच्छा नै प्रकट गरौं । 

१०) क्रान्तिकारी मार्क्सबादको रक्षा र बिकास, बैज्ञानिक समाजबादको अबको बाटो र कम्युनिस्ट पार्टी निर्माणको बहस, बैचारिक अभियान अनि आवश्यक पर्दा बिद्रोहको निम्ति युवाहरु तैयार हुने गजबको अवसर चाहिँ आयो ।
- जागृत रायमाझी 
-------------------------------------------------------------




माओवादी नेता नै भन्छन् 'एमालेसँग एकता मुस्किल छ' 

No comments:

Post a Comment