Friday, July 24, 2015

कमरेड लोकेन्द्र विष्टको राजिनामा






www.nepaliheadlines.com बाट साभार 

'हजार वर्षपछि पृथ्‍वीमा प्राणी रहदैनन्'- मदन राई


हालै वैज्ञानिकहरूले ठूलो शोधपछि एउटा भविष्यवाणी गरेर पृथ्वी छैटौं महाप्रलयको युगमा प्रवेश गरेको बताएका छन्।
 
स्टानफोर्ड उड्स इन्स्टिच्युट फर इन्भारोमेन्टका प्राध्यापक तथा शोधकर्ता पाउल इर्लिचको टोलीले यस्तो भविष्यवाणी गरेको हो। यो भविष्यवाणी 'साइन्स एड्भान्स जर्नल'मा छापिएको छ।
 
यो शोधबारे समाचार प्रकाशन र प्रसारण भएपछि मानिसमा त्रास फैलिएको देखियो। मानिसले प्रकृतिबाट प्रशस्त फाइदा उठाएर प्रकृतिलाई नै हेप्न थालेपछि यस्तो अवस्था आउन लागेको हो।
 
म तर्कसहित भन्छु, अबको एक हजार वर्षपछि यो पृथ्वीमा प्राणीजगत् र वनस्पतिको अस्तित्त्व रहनेछैन। 
 
यदि पृथ्वीमा प्राणीजगत्को अस्तित्त्वको अवस्थालाई अलि लम्ब्याउने हो भने माटोबाट जुन तत्त्व हामीले लिन्छौं, त्यो अर्को तत्त्वमा रूपान्तरित हुन्छ।
 
त्यो रूपान्तरित तत्त्वलाई माटोमै लगाउने हो भने प्राणीजगत्को अस्तित्त्वको अवस्थालाई केही अरू वर्ष लम्ब्याउन सकिन्छ।
 
पञ्चतत्त्वले अडिएको छ, यो पृथ्वी। अग्नि, जल, वायु, आकाश र माटो नै पञ्चतत्त्व हुन्। तत्त्व सिर्जना हुँदैन, न नष्ट नै हुन्छ। 
 
यो त रूपान्तरितमात्रै हुन्छ। यही तत्त्व रूपान्तरण हुने चक्र खल्बलिएपछि कसरी प्राणीजगत् यो संसारमा टिकिरहन सक्छ? 
 
यसरी चक्र खल्बलिइरहेको अवस्था देख्दा र वैज्ञानिकहरूले प्रमाणित गरिरहेको तथ्य देख्दा लाग्छ, भविष्यमा मानिसलगायत प्राणीजगत् डुबेर, डढेर र सुकेर मर्नेछन्।
 
तत्त्व रूपान्तरणको उदाहरणका लागि माटोमा मल र पानीबाट धान फस्टाउँछ। माटोबाटै उत्पन्न धानको भात र पानी खाएर मानिस बाँच्छ। त्यो भात र पानी दिसा, पिसाब र पसिनामा परिणत हुन्छ। 
 
दिसा, पिसाब र पसिना मलमा परिणत हुन्छ। यी तत्त्व हाम्रो सेफ्टी ट्यांक वा ढलबाट खोलानाला हुँदै समुद्रतिर पठाउनुको सट्टा तिनीहरूलाई माटैमा मिलाइदिन सके प्राणीजगत्को अस्तित्वको आयुलाई केही लम्ब्याउन सकिन्छ।
 
डुबेर मर्नेछन् मानिस
मान्छेले प्रयोग गर्ने गरेको खानेकुरा, लगाउने लुगा, घर, चलाउने सामग्री आदि नै ती तत्त्व हुन्। 
 
तिनीहरू प्राय: वनस्पतिको रूप बदलिएर बनेका अर्का तत्त्वहरू हुन्। धातुको रूप बदलिएर बनेका हुन्छन्, मानिसले प्रयोग गर्ने कतिपय सामग्री। 
 
चाहे त्यो वनस्पति होस् वा धातु, ती सबै माटोबाट आएका हुन्।
 
मानिसको अज्ञानता, लोभ र भयका कारण मानिसले भोगचलन गर्दै आएको सामग्री अर्थात् रूपान्तरित तत्त्व विभिन्न तरिकाले माटैमा फर्काउनुपर्नेमा माटोमा नफर्काई खोला, खोल्सा, नदीमा फ्याँक्ने गरिएको छ। 
 
गाउँघरमा खाएर पिएर निस्केको दिसापिसाब खोलाखोल्सामा बगिरहेको देखिन्छ। काठमाडौं उपत्यकाको हकमा फोहर तत्त्व ढलमार्फत बागमतीमा फालिन्छ। दिसापिसाबमात्रै होइन; लुगाफाटा, प्लास्टिक, कागज अर्थात् खेर जाने सबै सामग्री खोलानाला, नदी हुँदै समुद्रमा पुग्छन्।
 
नेपाल सरकारले खुला दिसापिसाब मुक्त क्षेत्र कार्यक्रम त ल्याएकै हो। 
 
सहरमा शौचालयमा दिसापिसाब गर्ने गरिएकै हो। तर ती सबै दिसापिसाब वा नुहाउँदा र लुगा धुँदा निस्कने पानी त माटोमा मिल्नुपर्नेमा त्यसो त हुन सकेन। 
जहाँ त्यसको आवश्यकता छैन, त्यो त समुद्रमा पो मिसिने भयो त !
 
यदि यी रूपान्तरित तत्त्वहरू माटोमै रहने थिए भने चक्र मिल्ने थियो, तर ती सामग्री त समुद्रमा पुगिरहेका छन्। यस्तो चलन नेपालमा मात्रै होइन, संसारभर छ। 
 
काठमाडौंको मात्रै कुरा गरौं न ! यहाँ ५० लाख मानिस बस्छन्। तिनीहरूले दिनमा ६० लाख लिटर पिसाब फेर्छन्, १२ लाख किलो जति दिसा गर्छन्। 
 
६० लाख लिटरजति नै लुगा धोएको र नुहाएको पसिना पानी पनि निस्कन्छ। त्यो कहाँ पुग्छ, त्यो त नदीनालामार्फत सीधै समुद्रमा पुग्ने हो। 
 
नेपालको एउटा ठाउँको कुरा गर्दा त यस्तो अवस्था छ भने संसारभरका मानिसका दिसा, पिसाब र पसिना पानी पुग्ने ठाउँ त समुद्र नै हो। समुद्रमा यति धेरै मात्रामा ठोस र तरल वस्तु पुगेपछि त्यहाँको सन्तुलन बिग्रिँदैछ। त्यहाँका कतिपय प्राणी लोप भएर गइरहेका छन्।
 
भौतिक वस्तु समुद्रमा पुगेपछि त्यो त्यहीँ जम्न थाल्छ। यसरी भौतिक वस्तु समुद्रमा जम्दै गएपछि समुद्रको सतह माथि उठ्दै आउने नै भयो। हरेक सय वर्षमा समुद्र एक मिटर माथि उठ्दै आएको अनुमान गरिएको छ। 
 
यही अनुपातमा समुद्रको सतह माथि उठ्दै जाने हो भने एक हजार वर्षमा १० मिटर समुद्र सतह माथि उठ्छ। त्यस अवस्थामा कति डुबान होला, अनुमान गरौं त ! त्यस बेला कति मानिस विस्थापित हुन्छन्।
 
के जमिनमा बस्ने मानिस, अन्य प्राणीजगत् र बिरुवाका लागि ठाउँ होला? यस्तो असन्तुलनले समुद्रमा रहने प्राणी बाँच्लान्? समुद्रमा आधारित खानेकुरा बाँकी रहला?
 
डढेर मर्नेछन् मानिस
अहिलेको युग हो, प्रविधिको। प्रविधि चलाउन इन्धन/ऊर्जा आवश्यक हुन्छ। यसका लागि कोइला, डिजेल, पेट्रोल र दाउरा बाल्ने गरिएको छ। 
 
यसरी ऊर्जाका लागि इन्धन बाल्दा र अर्कातिर एअर कन्डिसन चलाउँदा त्यसबाट निस्कने रसायन क्लोरोफ्लोरो कार्बनले पनि अर्को समस्या ल्याइरहेकै छ।
 
पहिले महाप्रलय हुँदा बिरुवा जमिनमुनि गएर रूपान्तरित हुँदा त्यो ठोसमा कोइला र तरलमा डिजेल पेट्रोल भयो। 
 
यस्तै ग्याँस पनि बन्यो। त्यो इन्धनलाई मानिसले आफ्नो बुद्धिले जमिनमा निकालेर प्रयोग गर्न सिके।
 
आज एक वर्षमा नौ अर्ब किलो कोइला बालिन्छ। वैज्ञानिक नियमअनुसार एक किलो इन्धन बाल्दा २० किलो कार्बनडाइअक्साइड निस्कन्छ। 
 
अब भन्नोस्, नौ अर्ब किलो कोइला बाल्दा कति किलो कार्बनडाइअक्साइड निस्केला? अर्कातिर कोइला निकाल्दा पृथ्वीमा त खाल्डो पर्दै जान्छ। 
 
नौ अर्ब किलो कोइला निकाल्दा त नेपालजत्रो खाल्डो खनिन्छ भने एक हजार वर्षमा कत्रो खाल्डो पर्ला? 
 
समुद्र उचालिँदै जाँदा समुद्रको पानी त्यो खाल्डोमा पनि पर्दै जान्छ। यसमा डिजेल र पेट्रोलले सिर्जना गर्ने कार्बन डाइअक्साइडको कुरा छोडौं।
 
यो संसारमा कैयौं जनावर र पन्छीहरू छन्। तिनीहरूको मलमूत्रमाथि घामको प्रकाश पर्दा त्यो वाफका रूपमा मिथेन ग्याँस बनेर आकाशमा फैलन्छ। 
 
किनकि पशुपन्छीको मलमूत्र व्यवस्थित नहुँदा त्यो वाफका रूपमा आकाशमा फैलिरहेको छ।
 
 यसले पनि पृथ्वीलाई तताइरहेको छ। हाम्रो गाउँघरमा रहने अव्यवस्थित रछ्यान मिथेन ग्याँसको स्रोत हुन पुगेको छ।
 
हामीले माटोबाट उत्पादन हुने खानेकुरा खाएर उत्पन्न भएको अर्को तत्त्व माटोमै नमिलाइदिँदा माटो रूखो हुन थाल्यो। 
 
बिरुवा सप्रन छाडे। मल र जल नपाउँदा बिरुवा जिम्लन लागे। यस्तो अवस्थामा उत्पादन त घट्ने नै भयो। खान नपुग्ने अवस्था आइपर्‍यो। त्यसपछि उत्पादन बढाउनुपर्ने भयो।
 
वैज्ञानिकहरूले पत्ता लगाए- नाइट्रोजन, पोटास र फस्फोरसजस्ता तत्त्वको अभावमा उत्पादन घटेको। धेरै र सजिलोसँग हावाबाट नाइट्रोजन प्राप्त हुने पत्ता लाग्यो, अनि खानीबाट फस्फोरस र पोटास। 
 
तर विडम्बना के भयो भने हावाबाट नाइट्रोजन र खानीबाट पोटास र फस्फोरसलाई ठोस मलमा परिणत गर्न त इन्धन नै बाल्नुपर्ने भयो।
 
 संसारमा हरेक वर्ष चार अर्ब टन उपभोग्य वस्तु उत्पादन हुन्छ। 
कृषि वैज्ञानिक मदन राई आफ्‍नै दिसापिसाबबाट बनेको जैविक मल देखाउँदै। तस्बिर:  अन्‍नपूर्ण
त्यसका लागि ३० करोड टन रासायनिक मल उत्पादन गर्न पर्छ। यसका लागि ३० करोड टन नै कोइला बाल्नुपर्ने हुन्छ। 
 
३० करोड टन कोइला बाल्दा ६ अर्ब टन कार्बनडाइअक्साइड उत्पादन हुन्छ र त्यसले आकाश ढाक्छ।
 पञ्‍चत्‍व रुपान्तरण हुने चक्र खल्बलिइएपछि कसरी प्राणीजगत यो संसारमा टिकिरहन सक्छ? यसरी चक्र खल्बलिइरहेको अवसथा देख्दा र वैज्ञानिकहरुले प्रमाणित गरिरहेको तथ्‍य देख्दा  लाग्छ,  भविष्‍यमा मानिसलगायत प्राणीजगत् डुबेर, डढेर र सुकेर मर्नेछन्। 
फेरि नाइट्रोजनयुक्त मल असन्तुलित तरिकाले प्रयोग गर्दा त्यसबाट फेरि मिथेन, नाइट्रोस अक्साइड, आइट्राइट गरी तीन ग्याँस आकाशतिर फैलन्छ। यी ग्याँसले कार्बनडाइअक्साइडभन्दा सैयौं गुणा बढी आकाशलाई तातो बनाउँछ।
 
वैज्ञानिकहरूले हरेक सय वर्षमा पृथ्वीमा दुई सेल्सियसको दरले तापक्रम वृद्धि भइरहेको पत्ता लगाइसकेका छन्। 
 
यही अनुपातमा तापक्रम वृद्धि हुने हो भने हरेक हजार वर्षमा त २० डिग्री सेल्सियस तापक्रम बढ्छ।
 
 त्यति तापक्रम बढेपछि यो संसारमा प्राणीजगत् र वनस्पति डढेर खरानी हुँदैन त?
 
सुकेर मर्नेछन् मानिस
तापक्रम वृद्धि हुँदा पानीको चक्रीय प्रणाली नै तोडिन्छ। पृथ्वी तातिँदै जाँदा पानी पर्ने सम्भावना कम हुँदै जान्छ।
 
पानी पर्नका लागि शून्य डिग्री चाहिन्छ। 
 
अहिलेको तापक्रम वृद्धि हुने क्रम यही रूपले जारी रहने हो भने संसारमा बरफ नै हुँदैन। 
 
अबको एक हजार वर्षमा त पृथ्वीमा तातो र सुक्खा वाफमात्रै हुन्छ। तातो र सुक्खा हावाबाट वर्षा हुँदैन।
 
यस्तै ताजा पानीको स्रोत भनेको हिउँ हो। हेर्नुस् त हाम्रा हिमाल, कालापत्थरमा परिणत हुँदै गइरहेका छन्। 
 
पानीको स्रोत सुक्दै गएको छ। भविष्यमा समुद्रले पृथ्वीलाई ढाक्दै जाँदा जमिनमुनिको पानी पनि खान अयोग्य हुन्छ। 
 
यस्तो अवस्थामा मानिस सुकेर मर्दैनन् त?
 
मानिसलाई बाँच्न हावा चाहिन्छ। श्वासप्रश्वासका लागि बढीमा चार सय पीपीएम कार्बनडाइअक्साइड हुन्छ। 
 
ताजा हावामा दुई सय ५० देखि तीन सय पीपीएमसम्म कार्बनडाइअक्साइड हुन्छ। 
 
वायु प्रदूषणको यही अनुपात कायम रहने हो भने मानिस निस्सासिएर पनि मर्छन्।
 
अब के गर्ने?
सामान्य रूपमा हामीले प्राणीजगत्को अस्तित्वको आयुलाई लम्ब्याउन सक्छौं। हामीले खाएर पिएर निस्केको दिसा, पिसाब र पसिना बिरुवामार्फत बाटोबाट प्राप्त गरेको तत्त्व हो। 
 
ती तत्त्वलाई माटोमा फर्काउन सक्नुपर्छ। हामीले र पशुपन्छीले खानेपिउने कुरामा केही भिन्नता छैन, जस्तो हामी छानेर खान्छौं।
 
हामी धानको चामल खान्छौं, पशुले पराल र भुस खान्छ। 
 
हामी काउलीको फूल खान्छौं, पशुपन्छीले पात र डाँठ खान्छ। 
 
पानीको हकमा हामी मूलको पानी, तातोपानी, फिल्टर र बोतलको पानी पिउँछौं, पशुपन्छीले जस्तो पानी भेट्छ त्यही खान्छ।
 
खाएको र पिएको खाना र पानी ठोस र तरल रूपमा शरीरबाहिर निस्कन्छ। 
 
हामीले जुन कुरा ठोस रूपमा निकाल्छौं त्यो दिसा हो, पशुपन्छीले निकालेको गोबर, सुली र बड्कौला हो।
 
हामीले निकालेको यही तत्त्वलाई माटोमा मिलाए त्यो समुद्रमा जानबाट रोकिन्छ र समुद्रको सतहको उचाइ पनि बढ्ने अनुपात कम हुन्छ। 
 
यस्तै ती तत्त्व बिरुवाले खान्छ, बिरुवा हुर्कन्छ र त्यसले हामीलाई अक्सिजन दिन्छ, कार्बनडाइअक्साइड आफूले लिन्छ। 
 
यसो भयो भने कार्बनडाइअक्साइड आकाशमा फैलने अनुपात पनि कम हुन्छ। 
 
बिरुवामार्फत माटोबाट प्राप्त भएको तत्त्व हामीले खाएर हाम्रो शरीरबाट निस्केको रूपान्तरित तत्त्वले मल र जलको रूपमा माटोमै मिलाउँदा रासायनिक मलको प्रयोग गर्नु पर्दैन।
 
यसले चक्रीय प्रणाली खल्बलिनुबाट जोगाउँछ। के हामी यति काम गर्न सक्दैनौं? यसो भयो भने मानिस डुब्न, डढ्न, सुक्न र निस्सासिनबाट जोगिँदैनन्?
 
म गर्छु
हो, माथि मैले जे भने त्यो म गर्छु। तपाईं पनि गर्न सक्नुहुन्छ। म बिहानै उठेर दुई गिलास पानी पिउँछु। 
 
पानी पिएको १० मिनेटपछि दिसा गर्ने बानी छ मेरो। म दिसा कहाँ गर्छु थाहा छ तपाईंलाई? म त मेरो कार्यालयमा दिसा गर्छु। अचम्म नमान्नुहोस्, म यसै गर्छु।
 
म प्लास्टिकको बाल्टिनमा पोलिथिन ब्याग राखेर दिसा गर्छु। 
 
अस्पतालमा बिरामीले प्रयोग गर्ने प्वाल भएको कुर्सी ल्याएको छु, त्यसमा बस्छु र बाल्टिनमा दिसा गर्छु। 
 
अनि एउटा बोतल हुन्छ, त्यसमा पिसाब फेर्छु। टेलिभिजन हेर्दै आनन्दले दिसापिसाब गर्छु।
 
दिसा गरिसकेपछि त्यो नगनाओस् भनेर प्राय: खरानी, नभए काठको धूलो र त्यो पनि नभए मसिनो सुकेको एक टोकरी धूलो हाल्छु।
 
दिसा गरिसकेपछि मलद्वार र हात धुनका लागि पौने लिटर पानी बाटामा प्रयोग गर्छु। 
 
साबुनले हात धुन्छु। यो पानी पनि हामी मलका रूपमा प्रयोग गर्छौं।
 
दिसा गरेको बाल्टिन भरिएपछि खाडलमा लगेर झारपात, गोबर, सुलीसँग मिसाएर सडाउँछौं। 
 
त्यो सडेपछि मल हुन्छ। त्यो मल हिजो जुन रूपमा माटोबाट आएको छ, त्यहीँ मिलाइदिन्छौं। 
 
त्यो मल बिरुवाले पाउँछ र बिरुवाले हामीलाई फल दिन्छ। त्यो फल खाएर हामी बाँच्छौं।
 
मेरो घर, कार्यालय तथा विद्यालयमा जम्मा भएको दिसा, पिसाब र पसिनापानीलाई हामी खेर जान दिन्नौं। 
 
हाम्रोमा त शौचालय पनि कस्तो छ भने एकातिरबाट दिसा र अर्कोतिरबाट पिसाब जान्छ र त्यो हामी ड्रममा जम्मा गर्छौं।
 
अलगअलग ठाउँमा थुपार्छौं। पिसाब ड्रममा राखेको एक महिनामा कीटाणु मरिसक्छ र त्यो झोल मल बन्छ।
 
 त्यसलाई हामी माटोमै मिसाउँछौं। दिसा पनि यसरी नै कुहाएर मल बनाउँछौं र माटोमै मिलाउँछौं। 
 
जसरी ठोस मलले माटोलाई नरम बनाउनुका साथै अन्य तत्त्व दिन्छ, झोल मलले बिरुवालाई हलक्क बढ्न मद्दत गर्छ। 
 
त्यसैले पिसाबबाट निस्केको झोल मललाई बिरुवाका लागि दूध भन्छु म त।
 
तपाईंले पनि यसो गरेर पृथ्वीलाई माया गर्ने हो भने प्राणीको अस्तित्वको आयु लम्ब्याउन सकिन्छ। 
 
यसो नगर्ने हो भने हामी यो संसारबाट लोप भएर जाने समय धेरै लामो छैन, होश गरौं।

(कृषि वैज्ञानिक राईसँग अन्नपूर्णकर्मी राजकुमार दिक्पालले गरेको कुराकानीमा आधारित)
२०७२ असार १९ शनिबार
http://annapurnapost.com बाट साभार 

Wednesday, July 22, 2015

इतिहासको क्रुर सत्यः भारतीयहरु यस्तो अवस्थामा पुग्दा पनि ब्रिटिसले लुट्न छाडेका थिएनन्


‘म इन्डियनलाई घृणा गर्छु, तिनीहरु पशुजस्ता छन्, तिनीहरुको धर्म पनि त्यस्तै छ । खरायोले झै सन्तान जन्माउने तिनीहरुकै बुद्धिले अनिकाल निम्तिएको हो’–विन्सटन चर्चिल

Abandoned


एजेन्सी– बेलायतीहरुले जब भारतमा शासन गर्न थाले तिनीहरुले भारतबाट जसरी भए पनि आय गर्ने सोच बनाएका थिए । त्यो शासन क्रुर र भारतीयहरुप्रति अलिकति पनि सहानुभूति जगाउने खालको थिएन । ब्रिटिस राज हुञ्जेल भारतमा अनगिन्ती अनिकाल परे । वर्षात नहुँदा सुख्खाको कारण सिर्जना हुने अनिकालले सबैभन्दा बढी प्रभाव चाहिँ बंगालमा पार्यो । सन १७७० मा पहिलो अनिकाल देखियो । त्यसपछि १७८३ , १८६६, १८७३, १८९२, १८९७ र १९४३–४४ मा घातक अनिकालको सामना भारतीयहरुले गरे । ब्रिटिस राज अघि जब अनिकाल देखा पथ्र्यो, त्यसबेलाका राजाहरुले तुरुन्तै त्यस्ता समस्याको समाधान गर्न पहल गर्थे । ब्रिटिस राज सुरु भएपछि प्राकृतिक स्रोत साधनहरुलाई बेलायतीहरुले आफ्नो फाइदाको लागि प्रयोग गरे । जसका कारण समयमा वर्षा हुन छाड्यो, त्यहि कारण अनिकाल उत्पन्न हुन्थ्यो । सुख्खासँग जुध्न ब्रिटिसहरुले केही त गर्थे, तर उनीहरु भारतबाट हुने आयमा आएको अवरोधका कारण धेरै क्रुद्ध हुन्थे ।
१७७० को पहिलो अनिकालले निर्ममतापूर्वक धेरैको ज्यान लियो । मानिसहरु खान नपाएकै कारण मरे । १७६९ मा सुरु भएको अनिकालले १७७३ सम्म धेरैको ज्यान लिएको बताइन्छ । यो अनिकालले करिब १ करोड मानिसलाई मृत्युको मुखमा पुर्यायो । बंगालमा उत्पन्न यो अनिकालले एक तीहाई जनसंख्या कम गरिदियो । जोन फिस्केको ‘द अनसिन वल्र्ड’मा यसबारे उल्लेख छ । १७७० को बंगलाको अनिकाल १४ औ शताब्दीको यूरोपको प्लेग भन्दा पनि घातक रहेको सो पुस्तकमा उल्लेख छ । मुगल राज हुञ्जेल किसानले आफ्नो उब्जनीको १०–१५ प्रतिशत कर सरकारलाई बुझाउनु पथ्र्यो । त्यो कर बुझाउनको मतलव भविष्यमा आइपर्ने समस्याको समाधान राज्यले गर्ने भन्ने बुझिन्थ्यो ।
Churchills-man-made-famine

१७६५ मा अलहवादले इस्ट इन्डिया कम्पनीसँग एक सम्झौतामा हस्ताक्षर गर्यो । मुगल सम्राट शाह अलाम द्धितियसँग भएको सो सम्झौतापछि इस्ट इन्डियाले नै कर संकलन गर्ने अधिकार प्राप्त गर्यो । त्यसपछि इस्ट इन्डियाले ५० प्रतिशतसम्म कर वृद्धि गर्यो । तर पनि किसानहरुले आफूहरुले बुझाएको कर आफ्नै शासकलाई जान्छ ठानेर उब्जनी बुझाइरहे । ५० प्रतिशत उब्जनी सरकारलाई बुझाउनु परेपछि किसानहरुको जीवन प्रभावित भयो । हजारौं मानिसहरु बाँच्नका लागि अन्यत्र लागे । धेरै मानिसहरु खान नपाएर मरे । जसले बंगाल छाडेनन् ती धेरैजसो मरे । खेतिका लागि छुट्टयाइएको जमिन छाडेर धेरै हिँडे । तिरहुत, चम्पारन र बेठिया पनि नराम्रोसँग प्रभावित भए ।
त्यसपछि इस्ट इन्डिया कम्पनीले अनिकालमा मरेका मानिसका परिवारलाई क्षतिपूर्ति दिन भनेर फेरि भूमिकरमा ६० प्रतिशत वृद्धि गर्यो । जीवित किसानहरुले ब्रिटिस राजको लागि दोब्बर कर तिर्नु पर्ने भयो । यसो गर्नुको कारण चाहिँ बेलायतीहरुले आफ्नो आय नघटाउने उपाय थियो । त्यो बेला भारतीयहरुले मकै, गहुँ तरकारी उब्जाउ गर्थे । ब्रिटिस शासकहरुले नगदे बाली लगाउन उर्दी जारी गरे । ती बालीको मूल्य राम्रो आउने भन्दै बाली परिवर्तन गर्न लगाए । त्यसो गर्न लगाएर बेलायतीहरुले सन १७६८ मा भन्दा बढी आय अनिकाल लागेकै वर्ष १७७१ मा प्राप्त गरे । बेलायती शासकले आफ्नो नाफाका लागि बालि परिवर्तन गर्न लगाएको तथ्य बंगालीहरुले बुझ्न सकेनन् । सन १७७१ को अनिकाल पछि सन १९४३ को अनिकालले ३० लाख मानिसहरु मरे । त्यसबेला बाँच्नकालागि मानिसहरु घाँस र मान्छेकै मासु पनि खाएको बताइन्छ ।

nepali-sena1_20130715064935_20140304110312

त्यसबेलाका बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिलले भारत जान लागेको औषधि र खाद्यसामग्री सुविधा सम्पन्न यूरोपका सैनिकहरुलाई पठाए । जब भारत सरकारले अनिकालले छटपटाएका मानिसहरुको फोटो चर्चिललाई पठायो, त्यसपछि उनले भने,‘उसो भए गान्धी अहिलेसम्म किन मरेको छैन ? ’

http://kathmandutoday.com बाट साभार 

एलियन्सले मानिसको नामोनिशान मेट्न सक्छ - स्टेफन हकिङ्ग

stephen-hawking
लण्डन । भौतिकशास्त्रका महान वैज्ञानिक स्टेफन हकिङ्गले एलियन्स (अर्को ग्रहका मानिस) ले पृथ्वीबाट मानिसको नामोनिशाना मेट्न सक्ने बताएका छन् । उनी भन्छन्, ‘एलिएन्सले मानिसलाई त्यसरी नष्ट गर्न सक्छ, जसरी मानिसले समूह–समूहमा कमिला मार्दछ ।’
दुई दिन पहिला हकिंगले एलियन्सको खोजमा मद्दत गर्ने घोषणाका साथ १० करोड डलर मूल्य पर्ने वैज्ञानिक खोजी अभियानको सुरुवात गरेका थिए । यो अभियान दश वर्षसम्म चल्ने बताइएको छ ।
उक्त अभियानलाई अमेरिकी अरबपति, सिलिकन भ्यालीका लगानीकर्ता तथा भौतिकशास्त्री युरी मिलनरले सघाइरहेका छन् । यसलाई अहिलेसम्मको सबैभन्दा महंगो वैज्ञानिक खोजी परियोजना बताइएको छ । यो परियोजना लण्डनको रोयल सोसाइटीमा सुरुवात गरिएको हो ।
यो अभियानबाट पृथ्वीबाट नजिक रहेका लाखौं ताराहरुबाट आउने संकेतलाई सुनिने छ।  हकिंङले ब्रमाह्ण्डको कुनै ग्रहमा हामीभन्दा पनि बढी बुद्धिमान मानिसहरु हाम्रा क्रियाकलापको जानकारी पाइरहेको पनि हुन सक्ने बताए। यो अभियानमा यसभन्दा पहिलाका अभियानमा भन्दा १० गुणा बढी आकाशलाई समेटिनेछ। अभियानका लागि संसारका सबैभन्दा शक्तिशाली दुई दुरबिनको प्रयोग गरिनेछ।
उक्त कार्यक्रममा हकिंगले आशंका गर्दै भनेका छन्, ‘कुनै आधुनिक एलियनलाई हूलका हूल मानिस नष्ट गर्नु कुनै मुस्किल हुँदैन ।’ उनले  भने, ‘मानिसको प्रविधिले कम विकसित मानब बस्तीमाथि दुव्र्यवहार, यहाँसम्म कि भयंकर नरसंहार गरेको त्रासदीपूर्ण इतिहास छ । यस्तो मामिलामा एलिएनको समूह कसरी फरक हुनसक्छ ?’

७३ वर्षीय हकिंगले भनेका छन्, ‘हामीलाई पृथ्वीमा मानिसको जीवन अनायास सुरु भएको थियो भन्ने विश्वास छ । यसैगरी यो अनन्त ब्रम्हाण्डमा अर्को दुनियाँ पनि सम्भव छ । के थाहा, हामी भन्दा विकसित जीवन ब्रह्माण्डको अर्को कुनामा बसेर हाम्रो जीवन नियालिरहेको पो छ कि ?’ एजेन्सी
http://www.sajhapost.com बाट साभार 

बलिदानी गर्नेहरु भन्दा ल्यारक्यारहरु प्यारा किन भए?- नबराज सिखंडा “जिज्ञासु”

छातिमा बन्दुक थाप्नेहरु पराई  हुँदै गएपछि सफल, हुन्छन् लक्ष्यहरु।

ल्यारक्यार लामाहरु असली क्रान्तिकारी भएपछी, सफल हुन्छन् लक्ष्यहरु।।

संघर्ष योगदान अनि बलिदानिहरु लाई रद्दिको टोकरीमा मिल्काएर।
बिबादित र अवसरबादिहरुलाई नेतृत्वमा लगेपछि सफल हुन्छन् लक्ष्यहरु।।
सधैभरी यस्तै यस्तै गर्दै जानु नेताहरु।
जनतामा बितृष्णाको बीउ छर्दै जानु नेताहरु।।
क्रान्तिकै निम्ति बलिदानी दिनेहरुलाई लत्याएर।
आफ्ना आफ्ना मान्छेले पार्टी भर्दै जानु नेताहरु।।
कहाँबाट शुरु गरौ कताबाट शुरु गरौ कस्लाइ के भनौ आफू त सानो मान्छे।सबै कुरा छाडेर आफ्नो जिविका चलाउनै निम्ति परदेश हानिएको  मान्छे बोल्नु र भन्नू त राम्रो हैLarkyal-Lama-400न होला तर भन्न मन लाग्यो कसैलाई  ठिक लाग्ला कसैलाइ बेठिक लाग्ला जस्लाइ जे लागे पनि देखेको कुरा  भन्न मन लाग्यो र आज यसै ईन्टरनेटको माध्यमबाट केही चित्त  नबुझेको कुरा एमाओबादि समक्ष भन्न मन लाग्यो।देश अहिले  सन्क्रमन्कालिन अवस्थामा छ। प्रतिक्रान्ती मौलाउदै छ।हिजो  राजाद्वारा मिल्काइएकाहरु देशको शाशक बनि सत्ता हातमा लिएर  बसिरहेका छन।देश २०४७ तिर फर्कने अवस्थामा छ।जनताको सदियौ  देखिको सम्बिधानसभाबाट जनमुखी सम्बिधान पाउने आशाहरु  निराशामा परिणत भैसकेको छ।प्रतिक्रान्तिले जरो गाडेको बेला  जनताका अधिकारहरु लाई मिल्काएर प्रतिकृयाबादिहरुले राज गर्न  लागेको बेला हिजोका शान्ती सम्झौतालाइ तोडेर सन्ख्याको बलमा  जनयुद्ध जनआन्दोलन लगायतका उपलब्धिलाइ सिध्याएर देशमा  हिजोकै जस्तो निरङ्कुश एकात्मक परिबर्तन बिरोधी तत्वहरु ले देश  कब्जामा लिन लागे को बेला माओबादिले जनतामा गयर  प्रतिकृयाबादिहरुको षड्यन्त्रलाई पर्दाफास गर्दै उनिहरुका कर्तुतलाइ  भन्डाफोर गर्दै नेता जनता र कार्यकर्ताको मन जितेर उनिहरुलाइ पनि  आन्दोलनलाइ शशक्त बनाएर अगाडि बढ्नुपर्ने बेला अहिले  सभासदको पदस्थापन सम्बन्धमा  माओबादी नेतृत्वबाट जुन निर्णय  भयो यो एकदम दुखद हो यसले क्रान्तिका निम्ति जागरुक  कार्यकर्ताको भावना माथि बज्र प्रहार  मात्र गरेको छैन पार्टी नेतृत्वको नियत माथी नै प्रश्न गर्ने शंका गर्ने प्रसश्त आधारहरु निर्माण गरेको छ।यसको मतलब यो हैन कि ल्यारक्यार हरु सभासद बन्नु हुदैन हो बन्नु पर्छ तर सिङ्गो पार्टी चरम आन्दोलनमा रहेको बेला आम कार्यकर्ताहरु फेरि एकपटक बलिदानी दिन पनि तत्पर रहेको बेला हिजो बिवादमा रहेका मान्छेलाइ सभासदमा सिफारिस गर्नुले ती कार्यकर्ता र जनताको भवनामा कति असर परेको होला?के आधरले होमिने ती कार्यकर्ता आन्न्दोलनमा?यस्ता धेरै सोचनिय प्रश्नहरु छन्।
बिश्वास नलाग्दा नलाग्दै पनि चाहना नहुदा नहुदै पनि म र म जस्ता हजारौ क्रान्तिकारी मनहरु अनि एमाओबादिमा आस्थावान साथिहरुलाई सोच्न बाध्य बनाएको छ कतै नेतृत्वले हामिलाई बुज्रुक बनाएर हामिलाई प्रयोग गरेर आफ्नो स्वार्थ सिद्ध गर्न खोजेका त हैनन.?कतै ती महान हाम्रा आशा भरोसा  माथी हाम्रैबाट कुठाराघात भैरहेको त छैन।आखिर नेतृत्वलाइ बलिदानि दिनेहरु योद्धाहरु सदैब पार्टी र देशको निम्ति आफ्ना सारा स्वार्थ त्यागेर लाग्नेहरु भन्दा चुनाबको केहि दिन अघि मात्र पार्टी प्रबेश गर्ने ल्यारक्यारहरु किन प्यारा भए?यो प्रश्नको जवाफ हामिलाइ चाईएको छ।के ल्यारक्यार लामा जस्ता बिज्ञ मान्छे एमाओबादिमा अरु कोहि थिएनन्। सभासद बनाउन?सकिएकै हुन त हिजो योगदान गर्नेहरु?किन बिबादमा मुछिएकालाई बनाउन पर्यो?हाम्रो प्रश्न छ नेतृत्वलाई?यस निर्णय बाट जनतामा कस्तो सन्देश जाला भनेर एकपटक सोच्ने हिम्मत किन गरेन नेतृत्वले?हाम्रो चित्त दुखाई  छ।एकातिर देश प्रतिगमनतिर जान लाग्यो जनताका मुद्धाहरुलाई रद्धिको टोकरीमा मिल्काउन लागियो हाम्रा उदेश्यहरु माथी प्रहार भयो संघीयता र पहिचान धरापमा पर्यो प्रतिगामिहरुले सम्बिधानसभा अपहरनणगरे भन्दै  पार्टी ले ३० दलिय मोर्चालाई पनि साथमा लिएर देशब्यापी आन्दोलनको घोषणा गरेर नेताहरु देश दौडमा धाईरहका छन टाउको फुटाएर रगत बगाएर चोखिन तयार रहेको घोषणा गरेका छन अनि अर्कोतिर यस्तो बेलामा फेरि बिबादमा मुछिएकाहरुलाई सभासद बनाउने दुष्प्रयास गरेका छन।यो दोहोरो रोलबाट जनतालाई कार्यकर्तालाई आसन्कित बनाएको छ।आन्दोलनको निम्ति फेरि उठेका जुर्मुराएका मनहरु माथी अलिकति ह्रास पैदा गराएको छ।सहिद घाईते अपाङ्ग हरुको भावना माथी खेलवाड भएको हो कि भन्ने आशान्का पैदा गरेको छ?हिजो नेतामाथी गोलि हान्न लाग्दा आफ्नो छाती थाप्ने महान बिरहरुलाई खिन्न बनाएको छ।आखिर ती शहिदहरुले के का निम्ति रगत बगाए? ती अपाङगहरु के को निम्ति आफ्नो शरीर अङ्ग भङ्ग बनाउन बाध्य भए?आखिर ती योद्धा के को निम्ति लडे? भन्ने प्रश्न उठेको छ।यसरी नै जनताको पक्ष्यमा लड्नेहरु अपमानित भएर हिजो अवसर खोज्दै पार्टी प्रबेश गर्नेहरु नेतृत्वको नजरमा नजिक भएपछी अब फेरि हामिके के का लागि आन्दोलन गर्ने?के का लागि लड्ने?के को लागि रगत बगाउने?जस्ता गम्भीर प्रश्नहरु खडा भएका छन्।
त्यसैले जनता र कार्यकर्तामा देखिएका निराशा शन्काहरुको उत्तर नेतृत्वले दिने प्रयत्न गरोस मिल्छ भने निर्णय सच्चाउने प्रयत्न गरोस।यसको मतलब पछि आउनेहरुलाई अवसर दिनै नहुने भन्ने हैन तर के हो भने यो उपयुक्त समय हैन भन्ने मात्र हो।समयको मागलाई सहि समयमा सम्बोधन गर्न सके मात्र हाम्रो लक्ष्य र उदेश्यहरु पूरा हुन्छन् ।नत्र के हो हो भन्ने मात्र मेरो भनाइ हो।यदि मेरो कसैलाई नराम्रो लागेमा क्षमाप्रार्थी छु, यसबाट पर्न गएको असरको लागी माफ गरिदिनु होला धन्यबाद।
लाल सलाम।
http://www.majdooronline.com बाट साभार 

कान्छीबाट छोरी जन्माएका एमाओवादी नेता भन्छन, 'प्रचण्डलार्इ धनाढ्य बनाउनेकाे पाेल खाेल्छु'


काठमाडौं, ६ साउन । हेमन्तप्रकाश ओली एकीकृत नेकपा माओवादीका कुनै समयका प्रभावशाली नेता हुन् । तर, अहिले उनी यौन काण्डका कारण विवादमा फसेका छन् । यही ३ गते आइतबार कान्छी श्रीमती अम्बिका चन्दबाट राप्ती उपक्षेत्रीय अस्पताल दाङ घोराहीमा बिहान ७ बजे छोरीको बाबु बनेका उनी हाल पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएर रुकुमस्थित घरमा बसेका छन् ।

जनयुद्धका विभिन्न योजनाकार, विचार बहसका अग्रज, सहिदका पिता उनी पोलिटब्यूरो सदस्य, केन्द्रीय सदस्य, मगरात, जनआन्दोलन समितिका इन्चार्ज, केन्द्रीय स्कूलिङ विभागका सचिव, बुद्धिजिवी संगठनका इन्चार्ज लगायत सबै पदबाट मुक्त छन् । प्रचण्डका भक्तका रुपमा परिचित उनले प्रचण्डपथबारे पुस्तक नै लेखे ।

प्रचण्डको महान वाणीलाई स्थापित गर्न निक्कै कष्ट गरे । तर, अहिले प्रचण्डले अरुलाई आशिर्वाद दिंदै आफूलाई गलहत्याएपछि दुख्नसम्म चित्त दुखेको छ । जनयुद्ध सुरु गर्दाका सुरुका तीन आक्रमणमध्ये राडी चौकी बन्चरोको भरमा फत्ते गर्ने कुशल योजनाकार र नेतृत्वकर्ता अहिले त्यही पार्टीबाट प्रताडित छन् ।

उनै सुदर्शनले भने, ‘सबै कुरा माओवादीले नै गर्छ भनेर पार्टीमा त्यसरी हिडेको मान्छे अहिले घरमै गुमनाम किन रु’ यस्तो जिज्ञासा राख्दा मनको तितो पोख्दै भने, ‘पार्टीमा इमान्दारहरुले बाझो मार्ने चंखे, धुर्तहरुले खेतीबाली उठाउने काम भयो । पार्टी नवधनाढ्यहरुको हातमा पर्यो । लिन प्याओवादीहरुले प्रचण्डपथलाई बमले उडाउने काम गरे । फकाउने धक्क्याउने सूत्र प्रयोग गर्नेहरुको हालीमुहाली भयो । धनकुवेरहरुको बाहुल्यता रह्यो ।’

जनआस्था साप्ताहिक लेख्छः पार्टीले बदनामीसहित जिम्मेवारी मुक्त गरे पनि उनले प्रचण्डको गुण गाउन भने छाडेका छैनन । 
नेता सुदर्शन भन्छन्, 'प्रचण्डपथबारे छलफलै नगरी हटाइयो । प्रचण्डलाई समेत नवधनाढ्य बनाए । मुखले राम राम बन्दै बगलीमा छुरा बोक्नेहरु हावी भए । जसलाई काँधमा बोकेर हिडियो उनैले त्यहाँ दिसा गरिदिए ।'

कान्छी भित्र्याएकोले कारवाही भोग्नु परेको कुरा गर्दा चाही निकै रसिक भएर उनले बोले, 'जीवन रसिलो हुनुपर्दोरहेछ । फेरि कम्युनिस्टहरु भनेका जोगी हुँदैनन् । माओले पनि त ४ पटक विवाह गरेका थिए । त्यस्ता आदर्श पुरुषहरुको जीवन पनि हेरेको छु ।' 

उनले खुल्दै थपे, 'लामो सहकार्यमा महिला पुरुषसँगै हुँदा शंकै शंकाले मेरो जरा काट्नेहरुले यसैलाई आधार बनाएर गलत प्रचार गरी पार्टी हेर्डक्वार्टरमा समेत रिपोर्ट हाले । यही कारणले जेठी श्रीमतीसँग सम्बन्ध बिग्रदै गयो । हामी भने थप प्रेरित हुँदै गयौं । कुराकानी हुन थाल्यो । परिवार र पार्टीबाट त समस्या भएन तर जनार्दन शर्माहरुलाई भने औडाहा भयो ।' 
जनार्दनप्रतिको आक्रोश थपिदै थियो, 'अब सकिने दिन तिनीहरुको आउँदैछ । यौनको सवालमा मेरो कमजोरी होला तर उनीहरुले यौन राजनीति गर्दैछन् । सेनाको कमाण्ड र कमिसार हुँदा उनीहरुका थुप्रै त्यस्ता कुरा छन् । पहिलो कुरा त जनार्दन वैचारिक मान्छे नै होइनन । विचार बोकेको मान्छे आयो भने आफू सकिन्छु भनेर नै यसो गर्दैछन् ।' 

उनले भने, 'यिनैले हो संविधानसभा निर्वाचनमा झापा २, रुकुम १ र ३ मध्ये एक ठाउँबाट मलाई उठाउन महराले प्रचण्डलाई सिफारिस गरे वमोजिम आदेश आइसकेपछि पनि मेरो नाम काटेको । प्रचण्डलाई धाकधम्की दिएर बोगटी आयोगले सेना सम्बन्धी ल्याएको दस्तावेज लुकाएको वेपत्ता पारेको । शेरचन आयोगमा मात्रै जनार्दनका २१ वटा आर्थिक भ्रष्टाचार सम्बन्धी मुद्दा छन् । ती सबै छताछुल्ल भएको दिन यिनको हविगत हुन्छ ।' 

प्रचण्ड आफूहरुलाई न्याय दिन डराएको, विदेशमोह बढेको आरोप लगाउँदै उनले अब पनि सुनुवाई नभएको आफूले राजीनामा पत्रमा उल्लेख गरेको कुरा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने बताए । 

एमाओवादीको भविष्यबारे सुदर्शन भन्छन, 'अब प्रचण्ड हट्दै जान्छन । उनी सक्रिय राजनीति गर्ने विचारमा पनि छैनन । उस्तै परे भारत र चीनले पार्टीबाट अलग बनाउन उनलाई राष्ट्रपति बनाउन र साम्राज्यवादीहरुले झुन्डाउन बेर छैन ।'
 
आफूलाई कसैले पछि नपारेको बरु अझ अघि बढेको धारणा राख्दै सुदर्शनले भने, 'अहिलेसम्म कुराको ठेली तयार पार्छु । जानेजति भाषामा उल्था गर्छु र अन्तर्राष्ट्रियकरण गर्छु । बल्ल ५० वर्षमा मेरो बुद्धि बंगारो पलाएको छ ।'

पार्टीले ४ वर्षदेखि नहेरेकोले अहिले आफूले अदुवा खेती गरेर सामान्य किसानसरह गुजारा चलाइरहेको उनको बताए ।

 http://www.nonstopkhabar.com बाट साभार 

उफ माओवादी - शैलेन्द्र घिमिरे


गजुरमा पिसाब फेरेर ‘म मन्दिर लाई मान्छु’ भन्ने हो भने त्योभन्दा महाझुट अरु केही हुँदैन । प्रेम गरेकालाई सराप्न सकिँदैन । यो विज्ञान हो तर माओवादी आन्दोलनमा यो विज्ञानलाई तिनका मस्तिष्कमा हालिएको विचारको काउछोले अपभ्रंस गराएको छ । माओवादी कार्यकर्ता भनिएकाहरुको दिमागमा प्रवेश गरेको पछिल्लो ब्रह्मज्ञान माओवादी आफैंका लागि सबैभन्दा ठूलो अभिशाप हो ।

विगतमा कार्यकर्ता भएका भनिएका तर वर्तमानमा एमाओवादीका विरुद्ध दिनरात विषवमन गर्ने तर आफूले नै स्वास फेरेका कारण माओवादी धानिएको भ्रम पाल्नेहरुका कारण यो आन्दोलनले बिस्तार र संगठनको टुसो समेत देख्न पाएको छैन । सारमा आन्दोलन पुराना भनिएकाहरुले पुछिरहेका छन् ।
बजार पुरानाहरुको बहसमा बहकिएको छ । तिनीहरु आन्दोलन छाडेको घोषणा पनि गर्दैनन् र माओवादी आन्दोलनको अवन्नतिमा खुच्चिङ पनि गरि रहन्छन् । तिनलाई यो आन्दोलनले किनारा लगाउनु पर्ला कि नपर्ला ? आन्दोलनले त्यो सक्ला कि नसक्ला ? अर्कै विषय भए पनि जबसम्म पार्टीमा गुटहरु र हन्छन्, ती बन्चराहरु थप धारिला बनिरहने छन् । तिनलाई सके धुनु, नसके उनीहरुबाट मुक्त हुनु पार्टीका लागि हितकर हुनेछ ।
आन्दोलन कसैको बपौती होइन । यो आन्दोलनबाट कसैका सपना सकिएका छन् भने पनि यसैमार्फत् आफ्ना सपना साकार पार्ने उद्देश्यसहित आउने पुस्ताका लागि पुराना भनिएकाहरुले ढोकामै आचीको थुप्रो राखिदिने प्रचलन बिल्कुल बेठीक हो । यसले माओवादी आन्दोलनको शुभचिन्तामा गत्यावरोध जन्माएको छ । आन्दोलनमा खडा रहनु अर्को कुरा हो । यो आन्दोलनमा मबाहेक अरु छैनन् र भए पनि ती भुसुना वा निचला हुन् भनेर सदैव जेष्ठ बन्ने चाहना राख्नु र अरुको यो आन्दोलनमा सहभागिता, निरन्तरता र आशामा आक्षेप लगाउनु सरासर अपराध हो ।
यो आन्दोलनमा हजारौं सहिद भए, कयौंले जेल–नेल र यातना भोगे, यो नै यो आन्दोलनको ऊर्जा हो । तर , त्यही ऊर्जाका कारण माओवादी आन्दोलनमा सहभागी भएकाहरुले आजका दिनमा सोही बमोजिमको यातना भोगिरहेको कुरामा गरिने नजर अन्दाज राजनीतिक बचपना हो । आज गाउँमा एक जना सामान्य कार्यकर्ता भएर जे मनोवैज्ञानिक आतंकमा बाँचिरहेको छ, त्यो सामान्यतया हिजोको युद्धको आतंकभन्दा कम छैन । हिजो सम्बन्धित सबै प्रश्नको जवाफसँग ऊ निरन्तर जुधिरहेको मात्र छैन, आज पनि केही सपनाहरु जे जनस्तर वाट देखिन्छन्, ती पूरा हुनेछन् भन्ने विश्वासमा बाँचिरहेको छ ।
माओवादी भएवापत आजको एक युवाले हिजोको ‘किलो सेरा टु’ कै हविगत भोगिरहेको छ । फरक यत्ति हो, हिजो बन्दुक बोल्दथ्यो, ज्यान जोखिममा हुन्थ्यो– आज कांग्रेस–एमालेका निरन्तर षड्यन्त्रहरु छन् । माओवादी भएकै कारण स्कुलको शुल्क एक दिन ढिलो तिरिंदा स्कुलमा नानीहरुलाई अपमानित गरिन्छ । बाटो समिति, विद्यालय व्यवस्थापन समितिबाट हटाइन्छ, अकारण मुद्धा लगाइन्छ र पुलिस कार्यालयमा हाजिर गराइन्छ । यो गोली खाएर मर्नु जत्तिकै छ । तर , यसमा ज्यान जाँदैन, जे पीडा दिन्छ– ज्यान नजाने कुराले दिन्छ ।
हिजो माओवादी हुने कुरा कतिपय सन्र्दभमा ‘सान’ समेत थियो । भोकै भएको भए पनि जनताको अपेक्षा थियो र ज्यु ज्यु थियो, त्यसमा एक सन्तुष्टि थियो । आजको माओवादी आन्दोलनमा सन्तुष्टि पाउन पहाडमा तिल खोज्नु बराबर हो, कम्तिमा हिजोका सपनाको तुलनामा । आज बजारमा माओवादी आन्दोलनका बारेमा जबर्जस्त भ्रम छ, बेलुकीको टेलिभिजन माओवादी आन्देलनका बारेमा उखर माउलो बहस सिर्जना गर्छ । कतिपय हिजो माओवादी आन्दोलनमै लागेका भनिएका अग्रजहरु माओवादी आन्दोलनको बिलो लगाउँछन्, कोही चर्का कुुरा गर्छन्, कोही तर्कको कुरा गर्छन् । के सत्य, के झुट– जनता भ्रमित हुन्छन् । जनता र स्थानीय निकायका कार्यकर्तासँग तर्क हुँदैन । उनीहरु तर्क जानेर नेता भएका पनि होइनन् ।
यो सामाजिक सञ्जालको युग हो, विश्वमा सामाजिक सञ्जालकोे प्रयोग ठूलठूला परिवर्तनलाई केन्द्रित गर्न भइरहेको छ । तर , माओवादी आन्दोलन सामाजिक सञ्जालमा कार्यकर्ता भनिएकाहरुबाटै विकृत पारिएको छ । कोही फेसबुकबाटै पार्टी बिग्रिएको घोषणा गर्छन्, कोही नेतृत्वका बारेमा अराजनीतिक टिप्पणी छाप्छन् । टिप्पणी छाप्नेहरुको फोटो हिजो बन्दुक बोकेर हिँडेकाहरुकै हुन्छ । हिजोको बन्दुकले दुस्मनलाई ताक्दथ्यो आजको फेसबुकले नेता र संगठनको अस्तित्वलाई ताक्दछ । आजको जनताले व्यवहार हेर्छ, व्यवहारमा सबैभन्दा निचला देखिनेहरु फेसबुकमा अब्बल छन् । फेसबुके आतंकका विरुद्ध लड्न अर्को मोर्चा माओवादी कार्यकर्ताका लागि कम्तिमा अहिलेलाई उपलब्ध छैन, त्यसकारण त्यसको जवाफ पनि फेसबुक नै बन्छ, यस्तो लाग्दछ– पार्टी अन्तर्संघर्षको मैदान नै फेसबुक हो ।
हिजो तास च्यातेको चेतनाले संगठनमा छाएकाहरु तासको खालमा १० रुपैयाँ प्वाइन्टको ‘म्यारिज’ खेल्छन् र प्राप्त ‘ज्ञान’ को श्रेष्ठता पुष्टि गर्न नेता र संगठनलाई गाली गर्छन् । हिजो तास खेलेकै आरोपमा तास खान बाध्य पारिएकाहरु माओवादी कार्यकर्तालाई ढिलो गरी प्राप्त यो ‘ब्रह्मज्ञान’ ले दंग पर्छन् । पुराना भनिएकाहरु नै अहिले पार्टी काममा भन्दा ‘लक्ष्मी प्राप्तिको यज्ञ’ मा बढ्ता तल्लिन देखिन्छन् । यिनै ब्रह्मज्ञानीहरु नेता बिग्रिएको भनेर पत्रिकामा लेख लेख्छन् । नेता सिद्धान्तले बिग्रिन्छ वा अरु केहीले ? यी ‘ज्ञानी’ हरुलाई थाहा हुँदैन । यिनीहरु हिजो पढेको माक्र्सवाद सर्लक्क निलेर बुर्जुवा आदर्शमा व्यवहार खोज्छन् । लेखमा ‘जुन थालमा खायो, त्यसैमा छाद्यो’ भने झैं हजम नहुने परिकार । त्यसैलाई आधार बनाएर कांगे्रस र एमालेहरु माओवादी आन्दोलन सकिएको दावी पछार्दै चियापसलमा खुशी मनाउँछन् । हिजोको एक क्रान्तिकारी आफ्नै आदर्श खुइल्याइएकोमा विजय मनाउँछ ।
हिजोको पार्टी नेताहरुले बनाएका थिएनन्, यो त जनता तथा कार्यकर्ताको सिर्जना थियो । त्यतिबेला प्रचण्डले दारु पिउँदाहुन् कि नपिउँदा हुन् ? तर , कार्यकर्ताले रक्सी खाएर मनपरी गर्नेलाई चोकमा उतार्थे । त्यसैमा आकर्षण थियो र पार्टीको जग पनि त्यही थियो । हिजो माओवादी कार्यकर्तालाई घर जिम्मा लगाएर हप्तौं कतै गए पनि घर को आलमारी सुरक्षित हुन्थ्यो र त्यही विश्वासमा आन्दोलन मौलाउँथ्यो । त्यतिबेला बाबुराम चाहियो कसैले भनेको थिएन, कसैले प्रचण्ड वा किरणलाई सोधेको थिएन । मानिसहरु सरासर क्रान्ति भनेर मर्न तयार हुन्थे । सत्य यही थियो । आज हिजोका नायकहरु आफैं नायकत्वबाट तल ओर्लेका छन्, जो ओर्लेका छैनन्– तिनीहरुसँग राजनीतिलाई निरन्तर धान्ने मेसो छैन । अझ भनौ, ती अर्थिक संकटको गहिरो खाडलमा डुबेका छन् । आन्दोलनमा भातको पनि अर्थ हुने रहेछ, भातयोग्य पैतृक सम्पत्ति वा त्यसको मेसोविनाको राजनीतिले पनि जनतामा विश्वास पैदा नगर्दो रहेछ । माओवादी आन्दोलनमा दुई अतिहरु छन्– एक, भातका लागि जे पनि गर्ने र अर्को, भातको सामान्य व्यवस्था पनि गर्न नसक्ने । यो माओवादी राजनीतिको एउटा अनौठो उल्झन हो । नेताहरु यसलाई सानो देख्छन् तर पार्टी निर्माणको आधार भूततत्व यहींनेर अल्मलिएको छ ।
नेता–नेतामा विभाजनको र डाको मच्चाउन उक्साउनेहरु नै छापामा असल क्रान्तिकारी देखिन्छन् । संगठनमा साँध लाउँछन् र रिपोर्ट गर्छन्– यिनका रिपोर्टले नेताको आँखामा मोतियाविन्दु उम्रिन्छ । ख्वामित भन्ने बानीले नेता बिग्रेको सही हो तर यसमा ख्वामित भन्नेहरु नभएका भए शायद नेताका तन्तुहरु पनि त्यति धेरै उत्तेजित हुँदैनथे । त्यो उत्तेजनामा बाबुराम र प्रचण्डको भन्दा अरुको स्वार्थ बढी र हन्छ ।
यो निरन्तर ताको आन्दोलन हो । यसमा आराम गर्ने छुट सबैलाई छ र हुनुपर्दछ तर आराम पनि गर्ने, सर्वहारा आन्दोलनको उर्दी पनि ओकल्दै बठ्याइँको चर मतामा पुगेर आन्दोलनका नाममा मनग्गे ऐसआरामको बाटो पनि खोज्ने दवै छुटले माओवादी आन्दोलनलाई नै बर्बाद बनाउने बाहेक अरु केही गर्दैन । जसले यो आन्दोलनमा जिन्दगी देखेका छन्, तिनलाई सपना देख्न र जीवनको लगानी गर्न कसैले नरोक । लगानी तिम्रो पनि जरुर छ तर ‘थियो’ भनेर नयाँ लगानीको निषेध बोल्ने हक कसैलाई छैन । त्यो आवश्यक छ भने आन्दोलन छाडेको वा राजीनामा ठोकेको घोषणा गर । गद्धार घोषणा गर्ने कि नगर्ने ? त्यो घर स्याहारि रहेकाको जिम्मा हो ।

http://www.onlinechautari.com बाट साभार