छातिमा बन्दुक थाप्नेहरु पराई हुँदै गएपछि सफल, हुन्छन् लक्ष्यहरु।
ल्यारक्यार लामाहरु असली क्रान्तिकारी भएपछी, सफल हुन्छन् लक्ष्यहरु।।
संघर्ष योगदान अनि बलिदानिहरु लाई रद्दिको टोकरीमा मिल्काएर।
बिबादित र अवसरबादिहरुलाई नेतृत्वमा लगेपछि सफल हुन्छन् लक्ष्यहरु।।
बिबादित र अवसरबादिहरुलाई नेतृत्वमा लगेपछि सफल हुन्छन् लक्ष्यहरु।।
सधैभरी यस्तै यस्तै गर्दै जानु नेताहरु।
जनतामा बितृष्णाको बीउ छर्दै जानु नेताहरु।।
क्रान्तिकै निम्ति बलिदानी दिनेहरुलाई लत्याएर।
आफ्ना आफ्ना मान्छेले पार्टी भर्दै जानु नेताहरु।।
जनतामा बितृष्णाको बीउ छर्दै जानु नेताहरु।।
क्रान्तिकै निम्ति बलिदानी दिनेहरुलाई लत्याएर।
आफ्ना आफ्ना मान्छेले पार्टी भर्दै जानु नेताहरु।।
कहाँबाट शुरु गरौ कताबाट शुरु गरौ कस्लाइ के भनौ आफू त सानो मान्छे।सबै कुरा छाडेर आफ्नो जिविका चलाउनै निम्ति परदेश हानिएको मान्छे बोल्नु र भन्नू त राम्रो हैन होला तर भन्न मन लाग्यो कसैलाई ठिक लाग्ला कसैलाइ बेठिक लाग्ला जस्लाइ जे लागे पनि देखेको कुरा भन्न मन लाग्यो र आज यसै ईन्टरनेटको माध्यमबाट केही चित्त नबुझेको कुरा एमाओबादि समक्ष भन्न मन लाग्यो।देश अहिले सन्क्रमन्कालिन अवस्थामा छ। प्रतिक्रान्ती मौलाउदै छ।हिजो राजाद्वारा मिल्काइएकाहरु देशको शाशक बनि सत्ता हातमा लिएर बसिरहेका छन।देश २०४७ तिर फर्कने अवस्थामा छ।जनताको सदियौ देखिको सम्बिधानसभाबाट जनमुखी सम्बिधान पाउने आशाहरु निराशामा परिणत भैसकेको छ।प्रतिक्रान्तिले जरो गाडेको बेला जनताका अधिकारहरु लाई मिल्काएर प्रतिकृयाबादिहरुले राज गर्न लागेको बेला हिजोका शान्ती सम्झौतालाइ तोडेर सन्ख्याको बलमा जनयुद्ध जनआन्दोलन लगायतका उपलब्धिलाइ सिध्याएर देशमा हिजोकै जस्तो निरङ्कुश एकात्मक परिबर्तन बिरोधी तत्वहरु ले देश कब्जामा लिन लागे को बेला माओबादिले जनतामा गयर प्रतिकृयाबादिहरुको षड्यन्त्रलाई पर्दाफास गर्दै उनिहरुका कर्तुतलाइ भन्डाफोर गर्दै नेता जनता र कार्यकर्ताको मन जितेर उनिहरुलाइ पनि आन्दोलनलाइ शशक्त बनाएर अगाडि बढ्नुपर्ने बेला अहिले सभासदको पदस्थापन सम्बन्धमा माओबादी नेतृत्वबाट जुन निर्णय भयो यो एकदम दुखद हो यसले क्रान्तिका निम्ति जागरुक कार्यकर्ताको भावना माथि बज्र प्रहार मात्र गरेको छैन पार्टी नेतृत्वको नियत माथी नै प्रश्न गर्ने शंका गर्ने प्रसश्त आधारहरु निर्माण गरेको छ।यसको मतलब यो हैन कि ल्यारक्यार हरु सभासद बन्नु हुदैन हो बन्नु पर्छ तर सिङ्गो पार्टी चरम आन्दोलनमा रहेको बेला आम कार्यकर्ताहरु फेरि एकपटक बलिदानी दिन पनि तत्पर रहेको बेला हिजो बिवादमा रहेका मान्छेलाइ सभासदमा सिफारिस गर्नुले ती कार्यकर्ता र जनताको भवनामा कति असर परेको होला?के आधरले होमिने ती कार्यकर्ता आन्न्दोलनमा?यस्ता धेरै सोचनिय प्रश्नहरु छन्।
बिश्वास नलाग्दा नलाग्दै पनि चाहना नहुदा नहुदै पनि म र म जस्ता हजारौ क्रान्तिकारी मनहरु अनि एमाओबादिमा आस्थावान साथिहरुलाई सोच्न बाध्य बनाएको छ कतै नेतृत्वले हामिलाई बुज्रुक बनाएर हामिलाई प्रयोग गरेर आफ्नो स्वार्थ सिद्ध गर्न खोजेका त हैनन.?कतै ती महान हाम्रा आशा भरोसा माथी हाम्रैबाट कुठाराघात भैरहेको त छैन।आखिर नेतृत्वलाइ बलिदानि दिनेहरु योद्धाहरु सदैब पार्टी र देशको निम्ति आफ्ना सारा स्वार्थ त्यागेर लाग्नेहरु भन्दा चुनाबको केहि दिन अघि मात्र पार्टी प्रबेश गर्ने ल्यारक्यारहरु किन प्यारा भए?यो प्रश्नको जवाफ हामिलाइ चाईएको छ।के ल्यारक्यार लामा जस्ता बिज्ञ मान्छे एमाओबादिमा अरु कोहि थिएनन्। सभासद बनाउन?सकिएकै हुन त हिजो योगदान गर्नेहरु?किन बिबादमा मुछिएकालाई बनाउन पर्यो?हाम्रो प्रश्न छ नेतृत्वलाई?यस निर्णय बाट जनतामा कस्तो सन्देश जाला भनेर एकपटक सोच्ने हिम्मत किन गरेन नेतृत्वले?हाम्रो चित्त दुखाई छ।एकातिर देश प्रतिगमनतिर जान लाग्यो जनताका मुद्धाहरुलाई रद्धिको टोकरीमा मिल्काउन लागियो हाम्रा उदेश्यहरु माथी प्रहार भयो संघीयता र पहिचान धरापमा पर्यो प्रतिगामिहरुले सम्बिधानसभा अपहरनणगरे भन्दै पार्टी ले ३० दलिय मोर्चालाई पनि साथमा लिएर देशब्यापी आन्दोलनको घोषणा गरेर नेताहरु देश दौडमा धाईरहका छन टाउको फुटाएर रगत बगाएर चोखिन तयार रहेको घोषणा गरेका छन अनि अर्कोतिर यस्तो बेलामा फेरि बिबादमा मुछिएकाहरुलाई सभासद बनाउने दुष्प्रयास गरेका छन।यो दोहोरो रोलबाट जनतालाई कार्यकर्तालाई आसन्कित बनाएको छ।आन्दोलनको निम्ति फेरि उठेका जुर्मुराएका मनहरु माथी अलिकति ह्रास पैदा गराएको छ।सहिद घाईते अपाङ्ग हरुको भावना माथी खेलवाड भएको हो कि भन्ने आशान्का पैदा गरेको छ?हिजो नेतामाथी गोलि हान्न लाग्दा आफ्नो छाती थाप्ने महान बिरहरुलाई खिन्न बनाएको छ।आखिर ती शहिदहरुले के का निम्ति रगत बगाए? ती अपाङगहरु के को निम्ति आफ्नो शरीर अङ्ग भङ्ग बनाउन बाध्य भए?आखिर ती योद्धा के को निम्ति लडे? भन्ने प्रश्न उठेको छ।यसरी नै जनताको पक्ष्यमा लड्नेहरु अपमानित भएर हिजो अवसर खोज्दै पार्टी प्रबेश गर्नेहरु नेतृत्वको नजरमा नजिक भएपछी अब फेरि हामिके के का लागि आन्दोलन गर्ने?के का लागि लड्ने?के को लागि रगत बगाउने?जस्ता गम्भीर प्रश्नहरु खडा भएका छन्।
त्यसैले जनता र कार्यकर्तामा देखिएका निराशा शन्काहरुको उत्तर नेतृत्वले दिने प्रयत्न गरोस मिल्छ भने निर्णय सच्चाउने प्रयत्न गरोस।यसको मतलब पछि आउनेहरुलाई अवसर दिनै नहुने भन्ने हैन तर के हो भने यो उपयुक्त समय हैन भन्ने मात्र हो।समयको मागलाई सहि समयमा सम्बोधन गर्न सके मात्र हाम्रो लक्ष्य र उदेश्यहरु पूरा हुन्छन् ।नत्र के हो हो भन्ने मात्र मेरो भनाइ हो।यदि मेरो कसैलाई नराम्रो लागेमा क्षमाप्रार्थी छु, यसबाट पर्न गएको असरको लागी माफ गरिदिनु होला धन्यबाद।
लाल सलाम।
http://www.majdooronline.com बाट साभार
No comments:
Post a Comment