लण्डन । भौतिकशास्त्रका महान वैज्ञानिक स्टेफन हकिङ्गले एलियन्स (अर्को ग्रहका मानिस) ले पृथ्वीबाट मानिसको नामोनिशाना मेट्न सक्ने बताएका छन् । उनी भन्छन्, ‘एलिएन्सले मानिसलाई त्यसरी नष्ट गर्न सक्छ, जसरी मानिसले समूह–समूहमा कमिला मार्दछ ।’
दुई दिन पहिला हकिंगले एलियन्सको खोजमा मद्दत गर्ने घोषणाका साथ १० करोड डलर मूल्य पर्ने वैज्ञानिक खोजी अभियानको सुरुवात गरेका थिए । यो अभियान दश वर्षसम्म चल्ने बताइएको छ ।
उक्त अभियानलाई अमेरिकी अरबपति, सिलिकन भ्यालीका लगानीकर्ता तथा भौतिकशास्त्री युरी मिलनरले सघाइरहेका छन् । यसलाई अहिलेसम्मको सबैभन्दा महंगो वैज्ञानिक खोजी परियोजना बताइएको छ । यो परियोजना लण्डनको रोयल सोसाइटीमा सुरुवात गरिएको हो ।
यो अभियानबाट पृथ्वीबाट नजिक रहेका लाखौं ताराहरुबाट आउने संकेतलाई सुनिने छ। हकिंङले ब्रमाह्ण्डको कुनै ग्रहमा हामीभन्दा पनि बढी बुद्धिमान मानिसहरु हाम्रा क्रियाकलापको जानकारी पाइरहेको पनि हुन सक्ने बताए। यो अभियानमा यसभन्दा पहिलाका अभियानमा भन्दा १० गुणा बढी आकाशलाई समेटिनेछ। अभियानका लागि संसारका सबैभन्दा शक्तिशाली दुई दुरबिनको प्रयोग गरिनेछ।
उक्त कार्यक्रममा हकिंगले आशंका गर्दै भनेका छन्, ‘कुनै आधुनिक एलियनलाई हूलका हूल मानिस नष्ट गर्नु कुनै मुस्किल हुँदैन ।’ उनले भने, ‘मानिसको प्रविधिले कम विकसित मानब बस्तीमाथि दुव्र्यवहार, यहाँसम्म कि भयंकर नरसंहार गरेको त्रासदीपूर्ण इतिहास छ । यस्तो मामिलामा एलिएनको समूह कसरी फरक हुनसक्छ ?’
७३ वर्षीय हकिंगले भनेका छन्, ‘हामीलाई पृथ्वीमा मानिसको जीवन अनायास सुरु भएको थियो भन्ने विश्वास छ । यसैगरी यो अनन्त ब्रम्हाण्डमा अर्को दुनियाँ पनि सम्भव छ । के थाहा, हामी भन्दा विकसित जीवन ब्रह्माण्डको अर्को कुनामा बसेर हाम्रो जीवन नियालिरहेको पो छ कि ?’ एजेन्सी
http://www.sajhapost.com बाट साभार
No comments:
Post a Comment