Tuesday, October 28, 2014

निनु चापागाईं- टिप्पणि

सातौं केन्द्रीय समितिको आठौं बैठकमा प्रस्तुत भएको क. प्रचण्डको विशेष राजनैतिक एवम् संगठनात्मक प्रस्तावका सम्बन्धमा निनु चापागाईंले जनवरी २३, २०१४ का दिन व्यक्त गरेको विचार

अध्यक्ष लगायत यस बैठकमा उपस्थित कमरेडहरू
अभिवादन ।
१. दस्तावेजको विषयमा प्रवेश गर्नु अघि म आप्mनै बारेमा र पार्टीका बारेमा आफुलाई लागेका केही           विचारहरू राख्तैछु । 
२. यहा“हरू सबैलाई थाहै छ म लामो समयको अन्तरालपछि यस बैठकमा उपस्थित भएको छु, यसबीचमा म धेरै भेला र बैठकहरूमा सामेल भइन“ । सङ्घर्षबाट भागेर कुनै पनि समस्याको समाधान हुन्छ भन्ने मलाई विश्वास छैन । तर जहा“ मालेमावादी सङ्गठनात्मक सिद्धान्त लागु हुने वातावरण र अवस्था छैन, जहा“ आप्mना कुरा खुलस्त राख्न र खुलेर विचार विमर्श गर्न सक्ने स्थिति हु“दैन, त्यहा“ स्वस्थ वैचारिक सङ्घर्षको सम्भावना पनि रहन्न । यही कारण बैठकमा आउने कसरत मैले गरिरहिन“ । 
३. यस बीचमा क. उत्तमले केही पटक बैठकका लागि अनुरोध गर्नु भएको थियो । पोस्टबहादुर कमरेडले विस्तारित बैठकको कार्य विभाजन गर्ने दिन बिहान बैठकमा सहभागी हुन बोलाउनु भएको थियो । मैले बैठकमा नआउने कुरा व्यक्त गरेपछि उहा“ले राजिनामा आउनु प¥यो नि त भन्नु भयो । मैले तत्कालै ‘ढीलो चा“डो राजिनामा आउ“छ’ भन्ने जवाफ फर्काए“ । रमाइलो कुरो के छ भने मैले केन्द्रीय सदस्यबाट राजिनामा दिएकोले एक महिने अभियानमा समावेश नगरिएको भन्ने परिपत्र २०७० । ४ । ०७ मा पार्टीमा जारी गरियो ।  केन्द्रीय कार्यालयले बैठकमा आउन्न भन्नासाथ मसित राजिनामा किन मागेको होला ? मैले नदिएको राजिनामा स्वीकृतै नगरी विधि विपरीत मलाई अभियानमा किन समावेश नगरिएको होला ? भन्ने मैले अहिलेसम्म बुभ्mन सकेको छैन । संयोगवश म यस केन्द्रिय समितिको सबभन्दा पुरानो सदस्य हुनुले उहा“हरूलाई अप्ठ्यारो पारेको त होइन ? मैले निश्चित गर्न सकेको छैन ।  आप्mनै बारेको एउटा कुरा यो हो । 
४. अर्काे कुरो, एकाध वर्षअघिदेखि पार्टी र नेतृत्वप्रति मोहभङ्ग भएको स्थितिमा म छु । यसलाई एक किसिमले वितृष्णाको अवस्था नै भने पनि हुन्छ । यो मेरो मात्र स्थिति होइन, धेरै केन्द्रीय सदस्यहरू यस्तै स्थितिमा हुनुहुन्छ होला भन्ने मलाई लागेको छ । जरो कारण त अध्यक्षले प्रस्तुत गरेको प्रस्तावमा पनि नपरेको होइन । सर्वहारा वर्गको अग्रदस्ताको पार्टी र त्यसको नेतृत्वका बारेमा मेरो जे बिम्ब छ, जे बोध छ र जे जस्तो सोच छ अहिलेको हाम्रो पार्टी र नेतृत्व त्यसको एकदमै विपरीत छ, उल्टो छ । विडम्बनाको विषय यही नै हो । 
५. डेढ दुइ वर्षअघि नै मैले क.प्रकाशसित मेरो मानसिकता व्यक्त गर्दै आएको हु“ । पर्खनोस्, छाड्नै परे सबैले एकसाथ छाडौंला भन्दै उहा“ले मलाई रोक्ने प्रयास गर्दै आउनु भएको हो । अहिलेको नेतृत्वले पार्टीलाई सर्वहाराको अग्रदस्ताका रूपमा रूपान्तरण गर्ला र त्यसले आफुलाई त्यस अनुरूप ढाल्ला भन्नेमा म एकदमै कम आशावादी छु । नेतृत्वले मलाई यसमा गलत साबित गरिदिएको खण्डमा म वास्तवमै अत्यन्त आनन्दित हुनेछु । 
६. पार्टीलाई अहिलेको वर्गीय दृष्टिकोणबाट विचलनको स्थितिमा ल्याइपु¥याउनमा मूल नेतृत्व नै जिम्मेवार छ । नेतृत्वको वर्ग उत्थानले मात्र होइन, त्यसमा हावी भएको संसद्वाद, साम्राज्यवादी चिन्तन र साम्राज्यवादी शक्तिको प्रभावले समेत भूमिका खेलेको छ भन्ने मलाई लागेको छ । 
७. हाम्रा नेताहरूको कार्यशैली, कतिपय चिन्तन, आचरण, रहन सहन पूर्णतया संसदीय ढर्राका छन् भन्ने तथ्य मैले दोहो¥याइरहनु पर्दैन । 
८. उहा“हरूको सोचलाई साम्राज्यवादले फैलाएको सांस्कृतिक अध्ययन भन्ने गरिएको चिन्तनले प्रत्यक्ष, अप्रत्यक्ष प्रभाव पारेको छ । उत्पीडित वर्गको वर्गीय एकतालाई भा“ड्नका लागि वर्गको ठाउ“मा त्यसलाई विभिन्न ससाना समूहमा विभाजित गरेर ती ससाना समूहका समस्यालाई महिमामण्डित गर्नु र वर्गीय एकता हुन नदिनु यसको मुख्य उद्देश्य रहेको छ । यसभित्र पहिचानको राजनीति लगायत अन्य धेरै कुरा पर्दछन् । पहिचान सहित सङ्घीयताका बारेमा पार्टी बाहिर मात्र होइन, भित्र पनि प्रस्ट हुन नसक्नु वा बनाउन नसक्नुको एउटा कारण यो नै हो भन्ने मेरो धारणा छ । 
९. नेपालको कम्युनिस्ट आन्दोलनको विशेषता भनेकै राष्ट्रियता, जनजीविका र जनतन्त्रका सवालमा निरन्तर सङ्घर्ष गर्नु हो । तर हाम्रो नेतृत्वले अघिल्ला दुइ पक्षलाई सर्वथा परित्याग गरेको छ र पछिल्लोलाई पनि राम्ररी समातेको छैन । राष्ट्रियताको सवालमा कमजोरी भएको तथ्यलाई दस्तावेजले समेत स्वीकारी सकेको छ । गत वर्षहरूमा जनताका जनजीविकासित गा“सिएका सवाललाई लिएर सङ्घर्ष गर्ने विषयलाई नेतृत्वले उपेक्षा गरेको जग जाहेर छ । नया“ संविधानको निर्माणको सवाललाई जनतन्त्रसित सम्बद्ध सवाल मान्ने नै हो भने पनि जनतालाई व्यवहारमै सार्वभौम बनाउने, महŒवपूर्ण सवालहरूका बारेमा जनमतसङ्ग्रहका माध्यमबाट निर्णय लिन पाउने प्रावधान राख्ने, मजदुर वर्ग, किसान जन समुदायको वर्गीय प्रतिनिधित्वको निश्चित हिस्सालाई नीति निर्माणको तहमा सुनिश्चित गर्ने, जनप्रतिनिधिलाई फिर्ता बोलाउने अधिकार सुनिश्चित गर्ने जस्ता जनतान्त्रिक सवालका बारेमा नेतृत्वको उपेक्षाभाव नै बढी देखिन्छ  । यस सबका पछि परम्परागत संसदीय ढर्रा र साम्राज्यवादको प्रभावले नै काम गरेको छ भन्ने मलाई लागेको छ ।
१०ं अन्तर्राष्ट्रियतावादसित सम्बन्धित अर्काे एउटा पाटो पनि यसबाट प्रभावित छ । उत्पीडक राष्ट्रहरूले उत्पीडित राष्ट्रहरूमाथि गरेका हस्तक्षेप र उत्पीडनका बारेमा हाम्रो पार्टी मौन रहने गरेको छ ।  
११. पार्टी कार्यकर्ताको वर्गीय दृष्टिकोणलाई भुत्ते बनाउने प्रक्रियामा पनि यस्ता कामले भूमिका खेलेका छन् । थप, निम्न पु“जिपति वर्गबाट आएको अधिकांश कार्यकर्ताको वर्ग रूपान्तरण गर्न आवश्यक सैद्धान्तिक, वैचारिक प्रशिक्षण चलाउने कार्यप्रति पनि नेतृत्व उदासीन जस्तै छ । तत्कालका राजनीतिक विषयमा भएका सस्ता भाषणलाई नै प्रशिक्षण ठान्ने रोग नेताहरूमा पर्याप्त छ । विरोधी वर्ग र विचारलाई जथाभावी पार्टीमा प्रवेश गराएर पार्टीलाई प्रदूषित पार्ने काम नेतृत्व तहबाट नै बढी भएको छ । 
१२. पार्टीभित्र गुट सञ्चालन गर्ने, तिनलाई प्रश्रय दिने काम नेताहरूले नै गर्दै आउनु भएको छ । पार्टीको विघटनमा यसले अत्यधिक नकारात्मक प्रभाव पारेको छ । अध्यक्ष कमरेडले नै गुट चलाउने गर्नु भएको छ । बाबुराम कमरेडका विभिन्न किसिमका क्रियाकलाप हेर्दा गुट सञ्चालन र संबद्र्धन गरिएन भने आप्mनै अस्तित्व समेत खतरा पर्न सक्छ भन्ने उहा“ले ठान्ने गर्नु भएजस्तो लाग्दछ । क. प्रकाशले आफु गुटबाट मुक्त नभएको स्वीकारिनै सक्नु भएको छ । अध्यक्ष र बाबुराम कमरेड मिलेर निर्णय गर्ने र कतिपय कुरा क.प्रकाशलाई थाहा नहुने जुन अभिव्यक्ति यस बैठकमा क. पोस्टबहादुरले व्यक्त गर्नु भएको छ त्यसले यसलाई अझ छर्लङ्ग पारेको छ । जनयुद्धमा भाग लिएका र नलिएका भनेर पार्टीभित्र भेदभाव गरिने तलसम्मको एकखालको प्रवृत्तिलाई यसले प्रश्रय दिएकै देखिन्छ । एकातिर गुटको अन्त गर्ने कुरा गर्दै अर्कातिर निरन्तर गुट पनि चलाइरहने व्यवहारले नेताहरूको विश्वसनीयता र इमानदारीमाथि मात्र प्रश्न उभ्याएको छ । 
१३. सांस्कृतिक रूपान्तरणको सवाल नेताहरूका लागि गफ गर्ने विषय भन्दा बढी केही भएको छैन । रूपान्तरण भन्ने कुरा सुन्यो कि नेताहरूलाई एलर्जी हुन्छ कि जस्तो लाग्दछ । महान् सर्वहारा सांस्कृतिक आन्दोलनका शिक्षालाई अहिलेदेखि नै लागु गर्ने र प्रतिक्रान्तिबाट शिक्षा लिने हो भने सांस्कृतिक पक्षमा एक किसिमको नियमावली बनाएर त्यसलाई अनुशासनको विषय बनाउनुपर्छ भन्ने कुरालाई नेतृत्वले उपेक्षा मात्र गर्दै आयो । पार्टीभित्र सांस्कृतिक विचलन आएको कुरा भट्याइरहने र त्यसलाई निराकरण गर्न थोरै मात्र पनि पहलकदमी लिन नचाहने प्रवृत्तिले नै सांस्कृतिक विचलनलाई दिन परदिन प्रश्रय दिएको छ । महाधिवेशनले समाजवादले धक्का खानुको एउटा कारण सांस्कृतिक रूपान्तरणमा ध्यान दिन नसक्नु भनेर किटान त ग¥यो, तर आफुमा भएका विचलन हटाउने दिशामा कुनै पहल गरेन । अझ महाधिवेशनले पारित गरेको दस्तावेजमा संस्कृतिसम्बन्धी कार्यक्रम समेत छैन । यसबाट के निष्कर्ष निस्कन्छ ? सांस्कृतिक विभाग बारे नेतृत्वले लिएको उपेक्षाका बारेमा म यहा“ केही भन्नु आवश्यक समेत देख्तिन“ ।
१४. अब म प्रस्तावका बारेमा केही भन्न चाहन्छु । अप्ठ्यारो पर्दा जे पनि बोल्न तत्पर रहने, तर त्यसलाई कहिल्यै क्रियान्वयन नगर्ने एक किसिमको तदर्थवादबाट हाम्रो नेतृत्व राम्ररी नै ग्रस्त छ । यो दस्तावेज पनि त्यसरी नै आएको हो भने यसका बारेमा छलफल गर्नुको म कुनै औचित्य देख्तिन । त्यस्तो नहोस् म यही चाहन्छु । 
१५. प्रस्तावले संविधान सभाको दोस्रो निर्वाचनको पराजयका बारेमा मूल रूपमा समीक्षा गरेको छ ।  समीक्षामा  कतिपय ठाउ“मा घात, अन्तर्घात, विकृति र पैसालाई प्रधानता दिने प्रवृत्ति देखिएको उल्लेख गरिएको छ । तर यस्ता क्रियाकलाप गर्नेहरूलाई के गर्ने भन्ने बारेमा भने यो मौन छ । यसको अर्थ तिनलाई खुला छुट दिनु हो । यो भ्रष्टाचारलाई प्रश्रय दिने प्रवृत्ति हो । त्यस्ता व्यक्तिलाई अनुशासनको कारबाही गर्न आवश्यक छ । म त्यसको माग गर्दछु । 
१६. समीक्षामा एक ठाउ“मा के पनि भनिएको छ भने जनतामाथि जतिसुकै शोषण, उत्पीडन र दमन गरेको व्यक्ति भए पनि मौखिक रूपले स्वार्थवश पार्टीलाई समर्थन गर्छु भनेमा पार्टी सदस्य हुन पाउने स्थिति भन्दा ठूलो वर्ग चरित्रको ह्रास अरू के हुन सक्तछ ? तर यस्तो स्थितिको अन्त कसरी गरिन्छ ? यस्ताहरूलाई के गरिन्छ ? केही भनिएको छैन । यस्तो स्थितिलाई समाप्त पार्न ठोस प्रस्ताव प्रस्तावित गर्न आवश्यक छ । 
१७. प्रस्तावमा रोगका लक्षणका बारेमा भनिएका कुराहरू एक हदसम्म ठीकठीकै छन्, तर निदानका बारेमा भनिएका कुराहरू अपर्याप्त, अमूर्त, परम्परागत र भन्नका लागि भनिएका जस्ता लाग्दछन् । प्रायः सबै विषयमा मूर्तताको, कार्ययोजनाको आवश्यकता देखिन्छ ।
१८. उदाहरणको लागि गुटको अन्तकै कुरा गरौं । यो कसरी हुन्छ ? कुन प्रक्रियाबाट हुन्छ ? कहा“बाट सुरु हुन्छ ? केही पनि उल्लेख छैन । यति कुरा त पहिले पनि भन्ने गरिएकै हो । कुरा दोहो¥याउ“दैमा समस्या समाधान हुने त होइन होला ?
१९. कार्यशैली र आचरणमा सुधारबारेमा जे भनिएको छ त्यो पनि अपर्याप्त छ । भारिभरकम आचारसंहिताको कुरा अहिले अव्यवहारिक होला । तर केही न केही आचार सम्बन्धी नियमहरू बनाइनै पर्दछ र तिनलाई सम्पूर्ण पार्टीमा अनुशासनको विषयका रूपमा क्रियान्वयन गरिनै पर्दछ । अन्यथा समाजवादको पतनमा सांस्कृतिक रूपान्तरणमा ध्यान दिन नसक्नु कारण रहेको थियो भन्नुको कुनै औचित्य रह“दैन । यस्तो कामले पार्टीभित्रकै सांस्कृतिक विचलनलाई सर्वथा छुट दिनु, उपेक्षा गर्नु हुन्छ । यो पार्टी निर्माण गर्ने होइन, विघटन गर्ने काम हो । 
२०. मालेमावादी पार्टी सङ्गठनात्मक सिद्धान्तको पालनाका लागि कमिटीहरू साना बनाउनै पर्दछ । केन्द्रीय समिति ५५ देखि ६५ जनाको बनाउनु पर्याप्त हुन्छ । त्यही अनुरूप तल्ला सङ्गठनहरू पनि साना बनाइनु पर्दछ । तर यसो गर्दा प्रस्ट, मानदण्ड निर्माण गरेर गरिनु पर्दछ, हचुवा गुटवादी मूल्याड्ढनका आधारमा होइन । तर मलाई भने त्यस्तै पो हुने हो कि भन्ने शड्ढा बढी छ । 
२१. प्रस्तावले हेटौंडा महाधिवेशनको कार्यदिशा र एक्काइसौं शताब्दीको जनवाद सम्बन्धी अवधारणामाथि  निकै जोड दिएको देखिन्छ । तिनका सकारात्मक पक्षमाथि जोड दिनु स्वाभाविक छ । तर तिनमा रहेका नकारात्मक पक्षप्रति पनि ध्यान जान आवश्यक छ । उदाहरणका रूपमा हेटौंडा महाधिवेशनले पारित गरेको दस्तावेजको सन्दर्भमा कुरा गर्दा राष्ट्रियताको सवाल, संस्कृतिको सवाल, रूपान्तरणको सवाल, वर्ग विश्लेषणको सवाललाई उपेक्षा गरेकै छ । प्रधान अन्तर्विरोधको सवाल, अन्य पार्टीहरूको वर्ग विश्लेषणको सवाल आदिका विषयमा  त्यसले उपेक्षा गरेको वा गोलमटोल कुरा गरेकै छ । एक्काइसौं शताब्दीको जनवादमा पनि संसद्वादको अवशेष रहेकै देखिन्छ । बहुदलीय प्रतिस्पर्धालाई जनवादको अन्तिम रूप सम्झने जस्ता कुरा यसमा पर्दछन् । 
२२. अब केही कुरा नेतृत्व परिवर्तनका बारेमा गरौं । हेटौंडा महाधिवेशनले पारित गरेका कमी कमजोरी र अहिलेको पार्टीको समीक्षालाई हेर्दा पार्टीले नया“ नेतृत्वको माग गरेकै देखिन्छ । तर विडम्बना भन्नु पर्छ पार्टीभित्रको मानसिकता र वातावरण त्यस अनुरूपको देखिन्न । किन यस्ता डरलाग्दा कमी हाम्रो नेतृत्वबाट भएका होलान् भन्ने आलोचनात्मक विवेकका साथ हेर्न हामी तयार छैनौं । केन्द्रीय समितिका अधिकांश कमरेडहरू अहिलेकै नेतृत्वलाई निरन्तरता दिन चाहनु हुन्छ र कमरेड प्रचण्डको पनि मानसिकता त्यही देखिन्छ । पार्टीलाई विघटनको स्थितिसम्म त उहा“ले ल्याइनै सक्नु भएको छ, यस अपजसबाट बच्न उहा“लाई एउटा अन्तिम मौका दिनुको विकल्प अहिले देखिन्न । मलाई विश्वास त छैन, तर उहा“ले यसलाई आप्mनो जीवनमा लाग्ने कलड्ढबाट बच्ने अन्तिम चुनौतीका रूपमा लिन सकेको खण्डमा असम्भवै चाहि“ छैन । 

(एकीकृत ने.क.पा. (माओवादी) का अध्यक्ष क. प्रचण्डले ‘संविधान सभाको निर्वाचन २०७० र पार्टी पुनर्निर्माणको ऐतिहासिक आवश्यकता शीर्षकको प्रस्ताव’ केन्द्रीय समितिमा छलफलका लागि प्रस्तुत गर्नु भएको थियो । यो त्यस बारे व्यक्त प्रतिक्रिया हो ।)        
    

Sunday, October 12, 2014

नेकपा –माओवादी समान्तवादको विर्ता हो ?:ऋषीराज बराल

नेकपा –माओवादी समान्तवादको विर्ता हो ?:ऋषीराज बराल

चुनाव बहिस्कारको नाटक रचेर आर्थिक उपार्जन गरेको आरोप
 

rishirajनेकपा–माओवादीका केन्द्रीय सदस्य डा. ऋषिराज बरालले एक दैनिक पत्रिकामा लेख लेख्दै नेकपा–माओवादी पार्टी सामन्तवादको विर्ता जस्तो भएको भन्दै आक्रोस पोखेका छन् । उनले आफ्नो लामो लेखमा, नेकपा–माओवादी क्रान्तिकारी पार्टी नरहेर एमाओवादी जस्तै गद्धार पार्टीमा रुपान्तरण हुँदै गएकाले सुनको सिंहासनमा बसेका नेकपा–माओवादीको हालको नेतृत्वबाट सर्वहारावादी क्रान्ति हाँक्न सम्भव नभएको जिरह पेश गरेका छन् ।
तत्कालीन एमाओवादीको नेतृत्वले गद्धारीको बाटो रोजेपछि मालेमाको झन्डा झुक्न नदिन नेकपा–माओवादी गठन गरे पनि उसले पनि उस्तै गद्धारीको बाटो समातेको उनको दाबी छ । केही गर्ने उत्साहका साथ नेकपा–माओवादी गठन गरेर केही गर्ने सपना साँचे पनि बितेका २ वर्षमा ती सबै सपनाहरु खुइलिएको गुनासो बरालको छ । ‘प्रचण्ड–बाबुरामले गद्धारीको बाटो समातेपछि मालेमाको झन्डा झुक्न नदिने प्रणको साथ हामीले मोहन बैद्य ‘किरण’को नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी–माओवादी गठन गरेका थियौं । हामीमा केही गर्ने उत्साह र प्रतिवद्धता थियो’, अन्नपूर्ण पोष्ट दैनिकमा उनले किरण–बादलतर्फ लक्ष्य गर्दै लेखेका छन्,‘परन्तु,यताका करिब दुई वर्षमा हामीले जेजस्ता भोगाइहरु भोयौं,देख्यौं,जे बुझ्यौं र बुझ्दैछौं,यसले हामीलाई गम्भिर तुल्याएको छ । र,नयाँ किसिमले सोच्न बाध्य तुल्याएको छ ।’बरालले नेकपा–माओवादीको नेतृत्वले हाल देखाएको रबैयालाई गाइजात्राको संज्ञा दिँदै यसले आफूसहित कैयन क्रान्तिकारी योद्धाहरुलाई गम्भिर र चिन्तित बनाएको बताएका छन् ।
बरालले क्रान्ति सम्पन्न गर्न भनेर गठन भएको पार्टीले नेपाली क्रान्ति कसरी सम्पन्न गर्ने,कार्यदिशालाई नेपाली समाजको वस्तुस्थिती र आवश्यकताअनुसार विकसित गर्दै कसरी व्यवहारमा लैजाने भन्नेमा सिन्कोसम्म नभाँचेको जिकिर गर्दै नेतृत्वको आलोचना गरेका छन् । उनले ‘राइट म्यान इन दि राइट प्लेस’ र ‘थ्रि इन वान’को मालेमावादी संगठनात्मक नीति र सिद्धान्तलाई व्यवहारमा अवलम्बन गरेर अघि बढ्नु पर्नेमा नेतृत्वले माक्र्सवादकै धज्जी उडाउने गरी आफ्नै सहकर्मीलाई समाप्त पार्न लागेको आरोप लगाए । ‘कसैलाई मनपरी लेख्न र बोल्न छुट छ । कसैमाथि आफ्नो कुरा राख्नसमेत नदिई सामन्त शैलीमा बन्चरो उज्याइएको छ र यसैलाई मालेमावादी पद्धती भनेर दुनियाँलाई मुर्ख बनाउने दुष्प्रयास गरिएको छ ’ बरालले पार्टीभित्रको बेथितीप्रति कटाक्ष गर्दै लेखेका छन् ।
उनले क्रान्तिकारी संस्कृति र जनवादी संस्कारका कुरा जोडतोडसँग उठाउँदै आफूलाई सौन्दर्यशास्त्री ठान्नेहरुले नै पार्टीमा गलत संस्कारको विजारोपण गर्दै गएको जिकिर गरेका छन् । ‘यहाँ त माक्र्सवादलाई उभिन्डो पारेर झुन्डाइएको छ र हेगेल र फायरबाखसित रमाउँदै ककटेल पार्टी मनाइएको छ’ बरालले भनेका छन् ।
बरालले ‘माओवादीमा गए न्याय पाइन्छ’ भन्ने मान्यता स्थापित गरेको पार्टी अहिले आफैं चरम विकृति र विसंगतीको सिकार भएर पतनको मार्गतर्फ डोरिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । माओवादीमा गए छिट्टै न्याय निसाफ पाइन्छ भन्ने मान्यता स्थापित गरेर एक आदर्श पार्टी बनेको माओवादीमा अहिले आफैं अन्याय भोगेर जनअदालत गुहार्ने स्थितीमा पुगेको भन्दै उनले नेतृत्वप्रति चर्को विषवमन गरेका छन् । ‘एक समय माओवादीकहाँ गए न्याय पाइन्छ भन्ने समय थियो । एकाध विसंगत पक्ष भए पनि माओवादीले छिटोछरितो र न्यायपूर्ण निसाफ दिन्छन् भन्ने प्रभाव जनमानसमा पार्न हामी सफल भएका थियौं,’ माओवादी पार्टीको अहिलेको नेतृत्व पीडक बन्दै गएको दाबी गर्दै उनले लेखमा अगाडि भनेका छन्,‘तर दुःख र पीडाका साथ भन्नैपर्ने हुन्छ–यतिखेर हामीहरु आफैं न्यायका लागि जनअदालत गुहारिरहेका छौं । यो आफैंमा विडम्बनाको स्थिती हो ।’
cpn-maoistबरालले ओरालो लाग्दै गएको विश्वको कम्युनिष्ट आन्दोलनका लागि नेपालको कम्युनिष्ट आन्दोलन कुनै बेला विश्व समुदायकै लागि उदाहरणीय र उर्जा बने पनि नेतृत्वको गैरजिम्मेवारपूर्ण हर्कतले यो दुनियाँलाई चकित पार्ने आन्दोलन विसर्जन हुने स्थितीमा पुगेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले विगतको गर्भिलो इतिहासमा नै बञ्चरो प्रहार गरेर आफ्नैबाट क्रान्ति समाप्त पार्ने खेल भइरहेको भन्दै खिन्नता व्यक्त जनाएका छन् । ‘एक समय हामी आदर्शका पात्र थियौं,सबैले नेपालतिर देखाएर विरोधीलाई तर्कपूर्ण उत्तर दिन्थे – ‘हिमालयतिर हेर नयाँ सुर्य उदाइरहेछ । तर अब हामीसँग इतिहास मात्र छ ,अनुभव छ । शिक्षा छ र वर्तमानको अमिलो पीडा छ । हामीसँग जनसेना छैनन्,जनसत्ता छैन । अब त त्यो इतिहास र अनुभव र इतिहासलाई पनि जोगाउन धौधौ परेको छ हामीलाई । त्यो अनुभव र इतिहासमाथि नै खुकुरी बजार्न थालिएको छ’ उनले लेखमा भनेका छन् ।
यसैबीच, डा. बरालले नेकपा–माओवादीको नेतृत्वले चुनाव बहिस्कारको नाममा ठुलो रकम हत्याएको खुलासा गरेका छन् । विपक्षीहरुबाट नेकपा–माओवादीले रकम एमाओवादीबाहेकका दलमा मतदान गराएको आरोप लागिरहेका बेला उनले आफ्नो लेखमा भनेका छन्,‘हामीसित गुडाउने गाडी छैनन्,बंगला पनि छैनन्,खासा व्यापार र कमिसनतन्त्र छैन र ‘चुनाव बहिस्कार ‘अभियान’मा आर्जन’ गरेको बैंक व्यालेन्स पनि छैन । हामी बेलुका ‘नलगाई’ निद्रा नलाग्ने संसारमा पनि छैनौं । नेकपा–माओवादी कुनै सामन्तको विर्ता होइन ।’
- See more at: http://www.ratopati.com/2014/10/12/173522.html#sthash.L6qjjcVe.DwQqOLjW.dpuf

Sunday, September 7, 2014

ह्वेलजत्रै क्षुद्रग्रह पृथ्वीको नजिक आउँदै, ठोक्किने डर छैन : खगोलविद

ह्वेलजत्रै क्षुद्रग्रह पृथ्वीको नजिक आउँदै, ठोक्किने डर छैन : खगोलविद

२०७१ भदौ २२ गते ११:१४ मा प्रकाशित








asteroid



ह्वेल माछाको जत्रै आकारको क्षुद्रग्रह आज पृथ्वीको निकै नजिक आउदैछ । सन् २०१३ को फेब्रुअरीमा रुसमा खसेर क्षति पूराएको उल्कापिण्ड जत्रै आकारको क्षुद्रग्रह पृथ्वीको निकै नजिकबाट गुज्रने भएपनि यसबाट पृथ्वीमा कुनै क्षति नपुग्ने नासाले जनाएको छ ।
२०१४ आर सी नाम दिइएको क्षुद्रग्रह पृथ्वीबाट झण्डै २५ हजार माइलको दूरीमा आउनेछ । यो दूरी पृथ्वी र चन्द्रमाको दूरीको एक दशांश हो ।
यसको सानो आकार तथा भयंकर मार्गका कारण खगोलविद्हरुले यो क्षुद्रग्रहलाई ‘पिटबुल’ को संज्ञा दिएका छन् ।
यो झण्डै ६० फिट लामो हुने खगोलविदहरुको भनाइ छ । जसलाई पृथ्वीबाट दुरविनले सहजै देख्न सकिनेछ । नेपाली समय अनुसार आइतबार राति झण्डै १ बजेतिर न्युजिल्याण्ड माथिको आकाशमा आइपुग्दा यो क्षुद्रग्रह र पृथ्वीको दूरी सबैभन्दा कम हुनेछ ।
यो क्षुद्रग्रह गएको अगष्ट ३१ म्ाा पत्ता लगाइएको हो ।
यो क्षुद्रग्रह पृथ्वीमा ठोक्किने सम्भावना नरहेको भन्दै खगोलविद्हरुले यसको कक्ष स्थापित हुँदा यो क्षुद्रग्रह भविष्यमा पृथ्वीको छिमेकी पिण्ड बन्ने बताएका छन् ।
कतिपय खगोलविद्हरुका अनुसार भने यी र यस्तै क्षुद्रग्रहहरु पृथ्वीमा ठोक्किएर ठूलै प्रलय आउन सक्छ । गएको मार्चमा पनि झण्डै यात्रुवस आकारको एक क्षुद्रग्रह पृथ्वीको निकै नजिकबाट गुजि्रएको थियो ।
नासाका अनुसार यस्ता सम्भावित जोखिमयुक्त क्षुद्रग्रहको संख्या झण्डै १४ सय छ ।
वैज्ञानिकहरुले सन् २८८० को मार्च १६ का दिन पृथ्वीमा एउटा ठूलो क्षुद्रग्रह ठोक्किने र भयंकर प्रलय हुने भविष्यवाणी गरिरहेका छन् । १९५० डिए नामको उक्त क्षुद्रग्रह आन्ध्र महासागरमा ३८ हजार माइल प्रतिघण्टाको वेगले खस्दा त्यसले उत्पन्न गर्ने ठूलो परिमाणको उर्जाले पृथ्वीमा प्रलयकारी दुर्घटना निम्त्याउन सक्ने जोखिम रहेको खगोलविदहरुको भनाइ छ ।


- See more at: http://www.onlinekhabar.com/2014/09/187161/#sthash.Y3BrutKz.dpuf


Saturday, September 6, 2014

के थियो ‘अपरेसन मुस्ताङ ?’

के थियो ‘अपरेसन मुस्ताङ ?’



‘जासुसीको जालो : विदेशी गुप्तचरको नेपाल चलखेल’



अपरेसन मुस्ताङ (सर्वप्रथम यो खुलासा लेखक सरोजराज अधिकारीले २०६४ भदौ २ मा नेपाल राष्ट्रिय साप्ताहिकमार्फत गरेका थिए । त्यसपछि यो सामाग्री केही थपघटसहित २०६५ असोजमा प्रकाशित लेखक अधिकारीकै पुस्तक ‘जासुसीको जालो’मा समावेश गरियो । तल प्रस्तुत सामाग्री पुस्तकको नयाँ संस्करणका लागि २०७१ वैशाखमा संशोधन गरिएको हो ।यसलाई पुस्तकको रुपमा साग्रीला प्रकाशनले बाहिर ल्याउदै छ।

मुस्ताङ जान लागेको ।
विदेशी साथीहरुले मुस्ताङमा बोलाएका छन् 
मुस्ताङमा बैठक छ ।
नेपाल सरकारको प्रमुख गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभाग (राअवि) का केही गुप्तचरहरुबीच २०६० देखि २०६३ सम्म यस किसिमको संवाद चल्थ्यो । तर, उनीहरुको मुखैमा झुन्डिएको ‘मुस्ताङ’ नेपालको हिमाली जिल्लाको नाम भने थिएन । यो त तत्कालीन विद्रोही नेपाल कम्युनिस्ट पार्टी माओवादीविरूद्ध सञ्चालित यस्तो ‘कभर्ट अपरेसन’ थियो, जुन २०६३ मङ्सिरमा सरकार र माओवादीबीच शान्ति सम्झौता हुुनुअघिसम्म चार वर्षभन्दा बढी अवधि सञ्चालित रह्यो । आश्चर्य त के छ भने, करिब ३२ करोड रूपैयाँ खर्च गरिएको यो अपरेसन आफ्नो राजधानी
लन्डनमै विश्वभरका विद्रोही कम्युनिस्टहरुको छाता सङ्गठन ‘रिम’ को कार्यालय खोल्न दिने बेलायत सरकारको सहयोगमा सञ्चालित थियो ।
कामको प्रकृतिले पनि आफैँमा गुप्त संस्था राअविभित्रै गोप्य रुपले सञ्चालित थियो, यो अभियान अर्थात् ‘अपरेसन मुस्ताङ’ । “हामीले पनि अपरेसनबारे धेरैपछि मात्र थाहा पाएका हाँै,”
राअविका पूर्वअनुसन्धान निर्देशक (डीआईजी) भागवत चौधरी भन्छन्, “कालो सिसा भएको गाडीमा विदेशीहरु, सरसमान विभागमा आउँथे तर तत्कालीन प्रमुखसँग गोप्य रुपमा भेटेर फर्कने भएकाले धेरै थाहा भएन । तत्कालीन राजनीतिक नेतृत्व मात्र होइन, सम्भवत: सेनालाई पनि यसबारे केही थाहा थिएन ।”
विभागमा निर्मित नयाँ घर निर्माणदेखि अपरेसनका लागि आवश्यक सबै साधन–स्रोत बेलायत सरकारले उपलब्ध गराएको चौधरी बताउँछन् । अनुसन्धानका क्रममा यस संवाददाताले फेला पारेका कागजपत्र, जुन मसँग सुरक्षित छन्, ले पनि चार वर्षभन्दा बढी चलेको यो अपरेसन पूर्ण रुपमा बेलायती सहयोगमा सञ्चालित रहेको पुष्टि गर्छ ।
एमआई–६ को संलग्नता
राअविका एक उच्च अधिकृतका अनुसार ०५८ सालमा माओवादीविरूद्ध संयुक्त सुरक्षा फौज (सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राअवि सम्मिलित) परिचालनसँगै तत्कालीन बेलायती राजदूत रोनाल्ड पी नाससँग गुप्तचरी सहयोगका लागि आग्रह गरेको थियो राअवि नेतृत्वले । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पनि यसका लागि आवश्यक पहल गरिदिएका थिए । औपचारिक सहमति भने किथ ब्लुमफिल्ड राजदूत बनेर आएपछि मात्र भयो । त्यसपछि बेलायतको वैदेशिक जासुसी विभाग (एमआई–६) का गुप्तचर अधिकारीहरु त्यो प्रोजेक्टमा संलग्न भए । राअविका तर्फबाट अपरेसनको डिजाइन र नेतृत्व तत्कालीन प्रमुख देवीराम शर्माले गरेका थिए । उनी प्रारम्भदेखि समाप्तिको केही महीनाअघि ०६३ वैशाख २९ गते निलम्बित नहुँदासम्म अपरेसनका निर्देशक तथा राअविका प्रमुख थिए ।

०५८ सालदेखि नै प्रक्रिया अगाडि बढाइएको भए पनि अपरेसनको विधिवत् शुरुवात भने आर्थिक तथा भौतिक सहयोग आइसकेपछि ०६० फागुन ७ बाट गरिएको थियो । अपरेसन अवधिभर राजधानीभित्र तीन ठाउँमा ‘सेफ हाउस’ हरु बनाइएका थिए । त्यसमध्ये एउटा बालुवाटार, नयाँबस्तीमार्ग–३०३ मा थियो भने अर्को महाराजगन्जस्थित थाई दूतावासनजिक सल्लाघारीमार्ग–१००/८९ (क) नम्बरको घरमा । महाराजगन्जमै नेपाली काङ्ग्रेस प्रजातान्त्रिकको कार्यालयनजिकको घर बेलायती कर्मचारीको आवास प्रयोजनका लागि भाडामा लिइएको थियो ।

अपरेसन मुस्ताङका लागि शुरुमा १० लाख पाउन्ड र वार्षिक पाँच करोड रूपैयाँ बराबरको आर्थिक तथा भौतिक सहयोग दिन सहमत भएको थियो बेलायत सरकार । आर्थिक अन्तर्गत अपरेसनमा संलग्न बेलायती अधिकारीहरुको तलब, भत्ता, आवास खर्च सबै पथ्र्यो भने भौतिक सहयोग अन्तर्गत नाइटभिजन वाइनाकुलर, सवारीसाधन र अपरेसनसम्बद्ध ३५ गुप्तचरको व्यक्तिगत सुरक्षाका लागि एकएक थान पेस्तोलसमेत उपलब्ध गराइएको स्रोतको दाबी छ । तर, अपरेसनसम्बद्ध एक उच्च अधिकारीका अनुसार, हतियार बेलायतको नभई नेपाल सरकारको पैसामा किनिएको हो ।

अपरेसन मुस्ताङ जब शुरु गरिँदै थियो, एमआई–६ का एक जासुस एन्ड्रयु म्याकस भर्खरै अफगानिस्तानबाट नेपालको मोर्चा सम्हाल्न आइपुगेका थिए । महाराजगन्ज, चक्रपथस्थित भूपू शिक्षामन्त्री हरिबहादुर बस्नेतको घर भाडामा लिइबसेका म्याकस औपचारिक रुपमा बेलायती दूतावासको फस्ट सेक्रेटरी (पोलिटिकल) थिए तर भित्रभित्रै राअविको प्रोजेक्टलाई सघाउने विदेशी सल्लाहकार/योजनाकार पनि । उनकी श्रीमती मलैका, जसले पत्रकारिता र फोटोग्राफीमा पनि रुचि राख्थिन्, उनले चाहिँ संयोगवश राअवि मुख्यालयनजिकै बबरमहल रिभिजिटेडमा बुटिक पसलसमेत खोलेकी थिइन् ।

म्याकस आउनुअघि नेपाल एमआई–६ का दिल्लीस्थित स्टेसन चिफकै कार्यक्षेत्रमा पथ्र्यो । म्याकस ०६२ पुसतिर काठमाडौँबाट सरुवा भई दमास्कस गएपछि उनको ठाउँमा जेमी मिलर नामका अर्का बेलायती जासुस उही फस्ट सेक्रेटरीकै आवरणमा आएका थिए, जसले अपरेसन मुस्ताङलाई निरन्तरता दिए । सो अपरेसनमा खास गरी बेलायती दूतावासको राजनीतिक विभाग अन्तर्गत क्रियाशील एमआई–६ का प्रतिनिधिहरु संलग्न थिए ।

दूतावासका सैन्य सहचरी पिटर बुलोक र हावर्ड सिमले पनि नेपाली गुप्तचरलाई सैन्य तालिमसमेत दिएका थिए । त्यसै गरी राजनीतिक सहचरीको आवरणमा रहेका एमआई–६ का गुप्तचरहरु क्रिस्टोफर ग्ल्यान जोन्स र लेस सिम, जो यस अपरेसनमा शुरुदेखि अन्तसम्म स् थायी कर्मचारीका रुपमा थिए, ले जासुसी, आतङ् कवादका प्रकार आदिबारे नेपाली गुप्तचरलाई नियमित प्रशिक्षण दिए । अलि ठूलो समूह हुँदा कहिलेकाहीँ यस्ता तालिम याक एन्ड यती वा एम्बेसडर होटलमा समेत दिइन्थ्यो, अन्यथा यस्ता काम ‘सेफ हाउस’ हरुमै गरिन्थे ।

राअविका तत्कालीन सह–अनुसन्धान निर्देशक (एसएसपी) देवराज भट्ट तालिमको कुरा स्वीकारे पनि समग्र अपरेसनका बारेमा आफूलाई कुनै जानकारी नभएको बताउँछन् । उनीसमेत तालिमका क्रममा करिब दुई साता बेलायती टोलीसँग थिए । दक्षिण एसिया हेर्ने बेलायती अधिकारीहरु पनि यदाकदा दिल्लीस्थित आफ्नो ‘रिजनल स्टेसन’ बाट काठमाडौँ आई तालिम दिन्थे ।
एनजीओको आवरणमा जासुसी
बेलायती सहयोगको प्रशिक्षण अत्याधुनिक उपकरण र साधनस्रोतले सुसज्जित नेपाली गुप्तचरको प्रमुख कार्य थियो, माओवादी र माओवादीसँग सम्बन्धित सूचनाहरु सङ्कलन गर्नु । यसरी प्राप्त सूचना माओवादीविरूद्ध परिचालित संयुक्त सुरक्षा फौजलाई उपलब्ध गराइन्थ्यो, जसले त्यसको कार्यान्वयन गथ्र्यो । कतिपय अवस्थामा यस्ता सूचना अमेरिकी सहयोगमा माओवादीविरूद्ध ‘कभर्ट अपरेसन’ गरिरहेको नेपाल प्रहरीको प्रति–आतङ्कवाद एकाइ (एटीसी) लाई पनि उपलब्ध गराइन्थ्यो ।

तालिममा चीन, कम्बोडिया, पेरु, जिम्बाबे लगायतका मुलुकमा कस्ता प्रकारका ‘कम्युनिस्ट आतङ्कवाद’ थिए, तिनलाई कसरी तह लगाउने, त्यसविरूद्ध कसरी सूचना सङ्कलन गर्ने जस्ता विषयहरु समावेश थिए । अपरेसनकै सिलसिलामा अनुसन्धान निर्देशक (डीआईजी) जयबहादुर खड्का र उप–अनुसन्धान निर्देशक (एसपी) गणेश अधिकारीले बेलायतमै पुगेर पनि तालिम लिएका थिए । यहाँ परिचालित अपरेसनसम्बद्ध अङ्ग्रेजी नजान्ने गुप्तचरलाई ‘ब्रिटिस काउन्सिल’ मा अङ्ग्रेजी सिकाएर पनि तालिम दिइएको थियो ।

काठमाडौँ लगायत नेपालका मुख्य सहरहरुमा आतङ्कको स्थिति सिर्जना नहोस् भन्ने नै बेलायतको प्रमुख उद्देश्य भएको अपरेसनसम्बद्ध एक अधिकारी बताउँछन् । त्यसबाहेक आफ्ना दूतावास, विकास नियोग र ‘वेलफेयर’ का कर्मचारीलाई माओवादीबाट कत्तिको र कस्तो ‘थ्रेट’ छ भन्ने जानकारी चाहन्थे बेलायतीहरु । उनीहरुले पनि माओवादी ‘जनयुद्ध’ दबाउने नाममा नेपालमा सुरक्षा अधिकारीहरुबाट मानव अधिकारको चरम उल्लङ्घन भएको भन्दै ‘स्क्यान्डेनेभियाली’ मुलुकमा माओवादीका पक्षमा वकालत गर्ने व्यक्ति तथा समूहबारे पनि नेपाली गुप्तचरहरुलाई जानकारी दिन्थे ।

अपरेसन सञ्चालनका लागि २०६३ मा अनुसन्धान निर्देशक बनेका तत्कालीन एसएसपी जयबहादुर खड्काको संयोजकत्वमा छ सदस्यीय विशेष समिति नै बनाएका थिए तत्कालीन राअवि प्रमुख शर्माले । समितिको सह–संयोजक तत्कालीन सह–अनुसन्धान निर्देशक मोती गुरुङ (जो पछि राअवि प्रमुख भए) थिए । सदस्यहरुमा सह–अनुसन्धान निर्देशक कपिलसिंह आले, उप–अनुसन्धान निर्देशक रमेश भण्डारी, गणेश अधिकारी र अर्जुन केसी थिए । समग्र अपरेसनमा यीबाहेक प्रमुख अनुसन्धान अधिकृत लथा अनुसन्धान अधिकृतहरु राम कार्की, दिनेशलाल श्रेष्ठ, टेकेन्द्र कार्की, लक्ष्मण गुरुङ, सुनील ढकाल, जनार्दन सिजापति, रवीन खत्री, मधु कार्की, वासु भट्ट, प्रजेश हमाल, नवीन कार्की, मुकुन्द मरहठ्ठा, हुत्तराज थापा, समिर महर्जन, चैतन्य कक्षपति, इन्द्रसिंह लामा लगायत ३५ गुप्तचर परिचालित थिए ।

यसरी परिचालित गुप्तचरका मोबाइल महसुल, खाना, खाजा खर्च बेहोर्ने मात्र होइन, उनीहरुलाई विशेष भत्तासमेत उपलब्ध गराइएको थियो । अपरेसनसम्बद्ध सबै वाकीटकी बोक्थे, त्यसका लागि राअवि हाताको नवनिर्मित भवनमाथि र फुल्चोकीमा एफएम स्टेसनजत्तिकै शक्तिशाली ‘वेभ’ को दुई टावरसमेत निर्माण गरिदिएको थियो बेलायत सरकारले । अपरेसनसम्बद्ध एक अधिकृतका अनुसार, केहीलाई त ‘बगिङ्’ र ‘इन्टरसेप्सन’ उपकरणसमेत दिएको थियो बेलायत सरकारले । ‘बगिङ्’ भनेको एउटा यस्तो सूक्ष्म यन्त्र हो, जुन कुनै एक ठाउँमा जडान गरिदिए त्यहाँ भएका संवाद अर्को कुनै ठाउँमा बसेर सुन्न सकिन्छ । त्यस्तै ‘इन्टरसेप्सन’ उपकरण टेलिफोन ‘ट्याप’ गर्न प्रयोग गरिन्छ ।

अपरेसन यतिसम्म गोप्य थियो कि, गृहमन्त्रालय मातहत रहे पनि धेरैजसो सम्बद्ध व्यक्तिहरु यसबारे नै अनभिज्ञ थिए । तत्कालीन समयका गृहमन्त्री पूर्णबहादुर खड्का, गृहसचिव केशवराज राजभण्डारी, राअविकै पूर्वअतिरिक्त मुख्य अनुसन्धान अधिकृत श्रीपुरुष ढकालसमेतले यसबारे आफू बेखबर बताए । “राअवि हाताको घर बेलायती सहयोगमा बनेको सम्म सुनेको थिएँ, अपरेसनबारे त थाहा भएन,” पूर्वगृहसचिव चण्डीप्रसाद श्रेष्ठले यति मात्र भने । अपरेसनले त्यतिबेला अर्को मोड लियो, जब प्रधानमन्त्री शेरबहादुर देउवालाई बर्खास् त गरी राजा ज्ञानेन्द्रले शासनसत्ता हातमा लिए ।

त्यसपछिका दिनमा यो अपरेसन उच्च हिमाली अनुसन्धान केन्द्र (हाई अल्टिच्युड रिसर्च सेन्टर– हार्क) नामक गैरसरकारी संस्थाको आवरणमा सञ्चालन हुन थाल्यो । तत्कालीन प्रमुख शर्माले अपरेसनको यही परिमार्जन सम्बन्धमा अपरेसन संयोजक खड्कालाई एक पत्रसमेत लेखेका थिए । राअविकै तल्लोस्तरका कर्मचारी सम्मिलित गरी ०६१ कात्तिक २६ गते जिल्ला प्रशासन कार्यालय (जिप्रका) मा दर्ता गरिएको हार्कको दर्ता नम्बर २३५।०६१–६२ हो । राअविकै सहायक सूचक (सिपाही) विजयराज अधिकारीको अध्यक्षतामा गठित हार्कका सबै सदस् य मात्र होइन, उनीहरुका साक्षी बस्ने व्यक्तिसमेत राअविका कर्मचारी हुन् । हार्कको प्रमाणपत्रमा पनि राअविबाटै जिप्रकामा खटिएका अनुसन्धान अधिकृत (प्रहरी निरीक्षक) धर्मानन्द भट्टको दस्तखत छ । यस सम्बन्धधमा काठमाडौँका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी कमलकान्त रेग्मीले आश्चर्य प्रकट गर्दै भने, “यो कसरी भयो, भट्टजी जिप्रकाका कर्मचारी नै होइनन्, प्रमाणपत्रमा उनले कुन आधारमा दस्तखत गरे ?” कुनै आधिकारिक कागजपत्र, सम्बन्धित निकायको जानकारीबेगर यत्रो अपरेसन हुन सक्छ भने रेग्मीको आश्चर्य सानो कुरा हो । अपरेसनसम्बद्ध अधिकारीहरुका अनुसार, हार्कको आवरणमा काम गर्नु निकै चुनौतीपूर्ण थियो । यस आवरणमा काम गर्दा कतिपय गुप्तचरहरुलाई सेनाले माओवादी पो हो कि भनेर कुटपिटसमेत गरेको उनी बताउँछन् ।

जानकारहरुका अनुसार, खासमा राजाको प्रतिगामी कदमपछि कुनै अपरेसनका नाममा राअविलाई सहयोग गर्न बेलायत सरकारलाई गाह्रो हुने भएकाले संस्थामार्फत काम गर्न हार्कको गठन भएको हो । राअविका एक उच्च अधिकृत त राजाको ‘माघ १९’ को कदमबारे प्रमुख शर्मालाई अग्रिम जानकारी भएकाले त्यही ‘डिजाइन’ को एक हिस्साका रुपमा हार्क दर्ता गरिएको बताउँछन् । माघ १९ पछिका दिनमा अपरेसन अन्तर्गत आठ राजनीतिक दलका विरूद्ध पनि गुप्तचरी शुरु गरिएको उनको दाबी छ । तर, अपरेसनसम्बद्ध एक अधिकारी भन्छन्, “मुस्ताङ अपरेसन कुनै पनि प्रजातान्त्रिक शक्तिविरूद्ध कहिल्यै परिचालित भएन ।” जनआन्दोलन–२ मार्फत राजाको शासन ढलेर लोकतन्त्रको स्थापना भएपछि भने अपरेसनको औचित्यमाथि नै प्रश्न खडा भयो । यद्यपि, सो अपरेसन ०६३ मङ्सिर ५ गते माओवादी र सरकारबीच शान्ति सम्झौता नहुँदासम्म जारी रहेको स्रोतको दाबी छ ।

“अब माओवादी शान्ति प्रक्रियामा आइसकेकाले हामी सहयोगलाई पूर्णविराम दिने निष्कर्षमा पुगेका छौँ,” तत्कालीन ‘डेपुटी चिफ अफ मिसन’ जेमी मिलरले भनेको उद्धृत गर्दै सम्बद्ध एक अधिकृत भन्छन्, “त्यसपछि यो अपरेसन समाप्त भयो ।” उनी सञ्चालन अवधिभर अपरेसन सफल भएको दाबीसमेत गर्छन् । लगातारका विस्फोट र आतङ्कबाट त्रस्त राजधानीको अवस्था नियन्त्रण गर्न संयुक्त सुरक्षा फौजलाई अपरेसन टोलीको सूचनाबाट ठूलो सहयोग पुगेको उनको तर्क छ । “हिजो जसरी राष्ट्रको आवश्यकता अनुरुप यो अपरेसन माओवादीविरूद्ध सञ्चालित थियो, अहिलेको नेतृत्वले आज त्यसरी नै संविधानसभा चुनावविरोधी शक्तिविरूद्ध सञ्चालन गर्न सक्नुपथ्र्यो,” अपरेसन समाप्तिप्रति उनी टिप्पणी गर्छन् ।

यो अपरेसनमार्फत राअविले राम्रै अन्तर्राष्ट्रिय ‘एक्सपोजर’ पाएकाले पनि यसलाई बन्द गरिन नहुने अपरेसनसम्बद्ध अधिकारी बताउँछन् । अपरेसनमा असंलग्न राअविकै केही कर्मचारीहरु अपरेसनका नाममा व्यापक रुपमा आर्थिक घोटाला भएकाले पनि यसलाई केही समय स्थगित गरी पुनरावलोकन गरिनु आवश्यक भएको तर्क गर्छन् । उनीहरुका अनुसार, गोपनीयताका लागि बेलायतीले तालिम र तालिममा संलग्न आफ्ना कर्मचारीका लागि भनेर राअवि हातामा निर्माण गरिदिएको भवनदेखि उपलब्ध स्रोत–साधनमा व्यापक भ्रष्टाचार गरिएकाले उनीहरु स्वयम् यो अपरेसन स्थगित गर्ने अवस्थामा पुगेका हुन् ।
मोटर, मोटरसाइकल र घोटाला
राअवि हाताको भवन निर्माणका लागि धनसिंह कार्की (जो पछि राअवि प्रमुख भए) को संयोजकत्वमा एक समिति बनाइएको थियो । भवन निर्माण खर्च एक करोड ३५ लाख रूपैयाँ देखाई त्यसमा करिब ५० लाख बराबर भ्रष्टाचार गरिएको राअविभित्रैका गुप्तचरहरुको दाबी छ । त्यस अतिरिक्त बेलायत सरकारबाट प्राप्त भौतिक सामग्री पनि अपरेसन सम्बद्धहरुले भारतसम्म पुर्‍याएर आफूखुसी बिक्री गरिसकेका छन् । अपरेसनका नाममा भएको भ्रष्टाचारको विवरणसहितको एक २४ पृष्ठको प्रतिवेदन नै तयार गरेका छन्, राअविका केही कर्मचारीले । यस संवाददातालाई पनि उपलब्ध गराइएको सो प्रतिवेदन प्रधानमन्त्री, गृहमन्त्री, संसद्को सार्वजनिक लेखा समिति, विभिन्न सांसदहरु, सबै राजनीतिक दलका कार्यालयमा पुर्‍याइसकेका छन् ।

अपरेसन सञ्चालनका क्रममा बेलायत सरकारले उपलब्ध गराएको सवारी साधनमा देखिने गरी अनियमितता भएको छ । अनुसन्धानबाट सहयोगस्वरुप आएको १४ गाडी र ३५ मोटरसाइकल अपरेसनसम्बद्ध अधिकारीहरुले आफ्ना नाममा दर्ता गरेको तथ्य फेला परेको छ । यातायात व्यवस्था कार्यालय काठमाडौँबाट प्राप्त विवरणबाट राजधानीबाहिरका जिल्लामा पठाइएकोबाहेकका सवारी साधन क–कसको नाममा दर्ता छ भन्ने छर्लङ्ग हुन्छ । उप–अनुसन्धान निर्देशक रमेश भण्डारीकी श्रीमती उषा भण्डारी केसीका नाममा चार वटा गाडी हुनु, त्यसमा पनि तीन वटा ०६१ वैशाख १० गते एकै दिन दर्ता हुनुले अनियमितताको पुष्टि गर्छ ।

राअविकै कर्मचारीद्वारा अपरेसनका नाममा भएको भ्रष्टाचारको विवरण विभिन्न निकायमा पठाइन थालेपछि लगभग सबै गाडीहरु अर्कैलाई बिक्री गरिसकिएको छ । समाचार सङ्कलनकै क्रममा पनि केही सवारी साधनहरु अरुका नाममा नामसारीका क्रममा भेटिए । अनुसन्धान निर्देशक मोती गुरुङकी पत्नी सुनीताका नाममा रहेको बा४च ७११९ नम्बरको मारुती कार्गो भ्यान ०६४ साउन ३ गते मात्र हामा बहुउद्देश्यीय सहकारी संस् थाका नाममा नामसारी भइसकेको छ । अनुसन्धान निर्देशक खड्कापत्नी उर्मिलाको नाममा रहेको बा२च ८६६८ नम्बरको कोरियन कार ०६३ मङ्सिर २८ मा उनकै दिदी शर्मिलाका नाममा दर्ता भएको छ । सुविधाको सो कार तत्कालीन शाहज्यादी पूजा राज्यलक्ष्मीदेवीबाट किनिएको थियो ।

अपरेसनसम्बद्ध अधिकारीहरु अपरेसन र त्यसका नाममा भएका सबै कामकारबाही विभागलाई प्राप्त कानुनी अधिकार प्रयोग गरेर नै भएको दाबी गर्छन् । राअविको नेपाल विशेष सेवा नियमावली–०४४ मै ‘कभर्ड अपरेसन’ सञ्चालनका लागि नागरिकता, राहदानीसम्म पनि फर्जी बनाउन सकिने व्यवस्था छ । गोप्य राखिने नियमावलीको परिच्छेद १ को १.२ को (च) र परिच्छेद २ को २.३ मा ‘प्रमुख अनुसन्धान निर्देशकले आवरणयुक्त कर्मचारीलाई पद र परिचय गोप्य राखी कुनै पनि सरकारी, अर्धसरकारी, गैरसरकारी, आयोग, नियोगमा घुसाई काम गराउन सकिने व्यवस्था छ ।

राअविका केही अधिकृतहरु तत्कालीन प्रमुख शर्माले यही व्यवस्थाको दुरुपयोग गरी अपरेसनका नाममा भ्रष्टाचारलाई बढावा दिएको बताउँछन् । नेपाली काङ्ग्रेसका नेता रामवरण यादव (पछि राष्ट्रपति) एक गुप्तचर अधिकृतले आफूलाई पनि यो अपरेसन र भ्रष्टाचार सम्बन्धधी जानकारी गराए पनि स्पष्ट प्रमाणको अभावमा संसद्मा कुरा उठाउन नसकिएको बताउँछन् । यादवले ०६३ पुसको पहिलो साता संसद्मा राअविका वर्तमान प्रमुख कार्कीको पदावधि थपेर सरकारले मधेसी मूलका अतिरिक्त प्रमुख अनुसन्धान निर्देशक सुखचन्द्र झालाई प्रमुख हुनबाट रोकी समावेशीको अवधारणामा आँच पुर्‍याएको टिप्पणी गरेका थिए । अपरेसन प्रकरणमा गृह मन्त्रालयमा परेको उजुरीबारे केही छानबिन भइरहेको छ कि भन्ने जिज्ञासामा तत्कालीन गृहसचिव उमेश मैनालीले भने, “नियमावलीसमेत गोप्य रहने भएकाले राअविले सम्पादन गरेका कामका बारेमा मैले औपचारिक प्रतिक्रिया दिन मिल्दैन ।”

सम्बन्धित सरकारी निकाय मात्र होइन, दाता बेलायत सरकारसमेत यस विषयमा मुख खोल्न चाहँदैन । “यस विषयमा बेलायती दूतावासको कुनै प्रतिक्रिया छैन,” राअविलाई बेलायती सहयोग सम्बन्धधमा राखिएको जिज्ञासामा नेपालस्थित बेलायती दूतावासका तत्कालीन तृतीय राजनीतिक सचिव सेवा रोजरले यस्तो लिखित प्रतिक्रिया दिइन् ।

त्यसो त सहयोग सम्बन्धमा मौन बेलायत सरकारको रवैया माओवादीप्रति पनि द्वैध रहँदै आएको छ । विद्रोहकाल (०६१ साल) मै माओवादी विदेश विभाग प्रमुख सीपी गजुरेल बेलायत भ्रमणमानिस्केका थिए । परिचय लुकाउन राहदानी फेरे पनि गजुरेलको बेलायतको प्रवेशाज्ञा सक्कली नै थियो । भारतीय प्रहरीले टाङ् नअडाइदिएको भए गजुरेल त्यतिबेलै बेलायती उच्च अधिकारीसँग भेटिरहेका हुन्थे, जतिबेला त्यही बेलायत सरकारको सहयोगमा नेपालका गुप्तचरहरुले माओवादीविरूद्ध विशेष अपरेसन चलाइरहेका थिए । चेन्नाई विमानस्थलमा नक्कली राहदानी बोकेको अभियोगमा भारतीय प्रहरीले पक्राउ गरेपछि लामो समय थुनामा रहेका गजुरेलले अन्तत: ०६३ चैत ५ गते बेलायत भ्रमण गरी छाडे । विद्रोहकालमै पनि काठमाडौँस्थित बेलायती दूतावासका एक फस्ट सेक्रेटरीले दिल्लीमै गई माओवादी नेतृत्वलाई भेटेका थिए ।

भित्रभित्रै सही, विद्रोही माओवादीसँग एक प्रकारको सम्बन्ध राखिरहेको बेलायतले नेपालमा त्यही शक्तिविरूद्धको अभियानमा किन अन्ध सहयोग गर्‍यो त ? पूर्वअनुसन्धान निर्देशक चौधरी आफ्ना कर्मचारी र नागरिकको सुरक्षाबाहेक नेपालमा बेलायतको अन्य कुनै ठूलो स्वार्थ भए जस्तो आफूलाई नलाग्ने बताउँछन् । तर, अमेरिकाको भने नेपालसँग स्वार्थ जोडिएको छ । विगतका दिनमा नेपाली भूमिसमेत प्रयोग गरी तिब्बतमार्फत चीन घेर्ने अमेरिकी अभियान त्यति सफल भएन । नेपालमार्फत चीनमाथि निगरानी राखिरहन चाहन्छ अमेरिका । “त्यसमाथि माओवादी–चीनबीचको सम्बन्ध पनि उसको चासोको विषय बनेको छ,” चौधरी थप्छन्, “बेलायतको हकमा चाहिँ जसरी उसले इराकविरूद्धको अभियानमा अमेरिकालाई सघाएको थियो, नेपालको सन्दर्भमा पनि त्यही हो ।”

http://www.ratopati.com/2014/09/04/164786.html#.VAmJt0JpqLU.facebook

प्रचन्डको जीवनशैली एशियाकै सवैभन्दा उच्च : द टेलिग्राफ

 प्रचण्ड बस्ने घरको कम्पाउण्डभित्र १५ वटा स्वीट रुम, अफिस र पारिवारिक आवासगृह मात्र छैन दशवटा कार
 अट्ने पार्किङ छ ।
त्यहीँभित्र ब्याडमिन्टन कोर्ट पनि छ । परिवारका अनुसार त्यो भवन प्रतिमहिना आठसय डलरमा भाडामा लिइएको
 छ । जुन रकम नेपालीहरूको औसत मासिक कमाई २ सय डलरको चौबर हो ।’ यद्यपि त्यो भवन प्रचण्डले किनिसकेको
 बताइएको छ ।
त्यस्तै एमाओवादी पार्टीकी नेतृ हिसिला यमी नेपालकै सबैभन्दा भ्रष्ट महिला भएको  समाचार पनि सार्वजनिक 
भएको छ । यी समाचार नेपालका संचारमाध्यमले वा एमाओवादी बिरोधीहरूले प्रवाह गरेका होइनन् । विश्वकै चर्चित
र तथ्यमा आधारित समाचार तथा बिचार प्रवाह गर्ने चर्चित अमेरिकी अखवार न्युयोर्क टाइम्स र बेलायतको
टेलिग्राफ पत्रिकाले लामो अध्ययन, अनुसन्धान र प्रमाणपछि यो तथ्य खुलासा गरेका हुन् ।
यसबाट एमाओवादी अध्यक्ष प्रचण्डमाथि लागेको अरबौं रुपैयाँ भ्रष्टाचार तथा बिलासिताको आरोपमात्र पुष्टि
भएको छैन, बाबुराम भट्टराई पत्नी हिसिला यमी दक्षिण एशियाकै भ्रष्ट महिलाको सूचीमा चढेको चर्चाले पनि
सत्यता पाएको छ । करीव एक साताको नेपाल बसाइ र बिभिन्न व्यक्ति तथा संस्थासँगको छलफल तथा अध्ययनपछि
न्युयोर्क टाइम्सका संवाददाताले हिसिला यमी नेपालकै भ्रष्ट महिलामा परेको प्रष्ट पारेको छ । न्युयोर्क टाम्इसका
 गार्डिनर ह्यारिसले हालै नेपाल सन्दर्भमा लेखेको विश्लेषणमूलक समाचारमा हिसिला यमी स्वयंले आफू नेपालकै
 भ्रष्ट महिला भएको आरोप लागेको र जनतालाई खण्डन गर्दा पनि नपत्याएको स्वीकार गरेकी छन् ।
Hisila Yami
उनले विगतमा आफूहरूले धम्क्याएर, लुटेर तथा जबर्जस्ती गरेर पैसा उठाएको भएपनि अहिले त्यो अवस्था नरहेको र आफूहरूले पैसा नउठाएको दावी गरेकी छन् । नेपालकी पूर्व प्रथम महिला हिसिला यमीमाथि दक्षिण एशियाकै भ्रष्ट महिलाको आरोप लागिरहेको सन्दर्भमा न्युयोर्क टाइम्सले उनैलाई सोधेको रहेछ । यमी भन्छिन् ‘तपाईहरूले अखबरहरू हेर्नुभयो होला, मान्छेहरूसँग कुरा गर्नुभयो होला मलाई नेपालकै भ्रष्ट महिला भन्छन् ।
मैले त्यसो होइन भनेर जनतालाई भन्दा पनि उनीहरू पत्याउँदैनन्’। त्यसो त यमीलाई काठमाडौं ७ का मतदाताले भोट माग्न जाने क्रममा भ्रष्टाचारी भनेर दुत्कारेपछि उनले कान समातेर माफी समेत मागेको फोटो नै सार्वजनिक भएको छ । हिसिला यमीले आफू मन्त्री हँुदा भन्दा पति बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा करोडौं रकम जम्मा गरेको आरोप लाग्ने गरेको छ ।
प्रहरी हवल्दार सरुवा गर्दा समेत घुस लिएकोदेखि प्रहरीका ठूला हाकिमको सरुवा बढुवामा करोडसम्म असुलेको
आरोप उनीमाथि छ । त्यतिमात्र होइन बिभिन्न संस्थानका हाकिम नियुक्तिमा पनि उनले लाखौं रुपैयाँ असुलेको
र पैसा बिना कार्यकर्ताको कामसमेत नभएको भनेर त्यतिबेलै एमाओवादीमा चर्को कुरा उठेको थियो ।
यही बिषयलाई न्युयोर्क टाइम्सले पनि अनुन्सधानको दायरामा राखेको थियो । हालै केही नेपाली संचारमाध्यमले
हिसिलालाई दक्षिण एशियाकै भ्रष्ट महिलाको सूचीमा राखेपछि उनको चर्चा चुलिएको हो । तर हिसिलाको
स्पष्टीकरण भने यस्तो रहेछ ‘मान्छेहरू मलाई भ्रष्ट भन्छन्, मसँग करोडौं रुपैयाँ छ, कार र बंगला छन् भनेर सोच्छन् ।
मैले मेरो पति प्रधानमन्त्री हुँदा सघाएकी हुँ तर मान्छेहरूले पैसा उठाई भने ।’
http://nepalkanoon.com/nep/2014/08/16/4980#.VAuzbsKSy8B

Nepali Maoist leader adopts millionaire's lifestyle

The leader of Nepal's ruling Maoists, who led the country's downtrodden masses in the guerrilla war which eventually overthrew its monarchy, has provoked a row among his comrades after acquiring a luxury mansion with a swimming pool and badminton court.

The leader of Nepal's ruling Maoists, who led the country's downtrodden masses in the guerrilla war which eventually overthrew its monarchy, has provoked a row among his comrades after acquiring a luxury mansion with a swimming pool and badminton court.
Unified Communist Party of Nepal Chairman Pushpa Kamal Dahal Photo: PRAKASH MATHEMA/AFP/Getty Images


Pushpa Kamal Dahal, whose nom de guerre 'Prachanda' once struck fear into the heart of the country's military and political elites, appears to have adopted the lifestyle of the billionaire royals he once loathed.
The home is in Kathmandu's exclusive Lazimpat where his wealthy neighbours once lived in fear of his Maoists coming to power and seizing their property.
Instead, Prachanda has moved in among them, into a red-brick mansion next to a home owned by one of his former class enemies, General Shanta Kumar Malla (Rtd), a former military adviser to the late King Birendra.
The compound includes a 15 room suite of offices and a private family residence and parking space for ten cars.
According to his family he has rented the mansion for just over £800 per month – a vast sum in Nepal where the average salary is less than £200 per month.
His son has said on his Facebook page that he had moved for security reasons and to live somewhere more befitting a "man of Prachanda's stature".
But it has compounded the resentment of some of his comrades who have noticed his designer suites, expensive watches and luxury cars.
Pashupati Shumsher Rana, former minister and the head of the royal Rana clan said the news of Prachanda's new luxury mansion had highlighted the divide between the rich and poor within his Maoist movement.
"Comrade Prachanda has a war chest of more than a billion rupees (£8 million) and has achieved his own particular proletarian dream. It's just too bad for the rest of his supporters. The whole problem with the Maoist party is that within it are the haves and the have nots. The differences between them are quite remarkable," he said.

TELEGRAPH.CO.UK

http://www.telegraph.co.uk/news/worldnews/asia/nepal/9049032/Nepali-Maoist-leader-adopts-millionaires-lifestyle.html

Wednesday, August 6, 2014

माओ विचारधाराको परित्याग

माओ विचारधाराको परित्याग

माओ विचारधाराको परित्याग
२०३७ सालमा जनमत संग्रह सकिएको केही समयपछि हामीहरुले गोरखापुरमा एउटा सम्मेलन आयोजना गर्‍यौं । पूर्वतिरबाट मनमोहन अधिकारी, भरतमोहन अधिकारी, म, रामप्रसाद खनाल, राजेशराम दली, ज्जावा रेग्मी, माधवजीबहादुर थापा, काठमाडौंतिरबाट सिद्धिलाल सिंह र अरुहरु, पोखराबाट खेमनारायण ढुंगाना र एमएस थापा, बुटवलतिरबाट नेत्र पन्थी, केशवप्रसाद, मोहनलाल, बाँके–बर्दियातिरबाट माधवप्रसाद ज्ञवाली (मधु गुरु), शुकदेव जोशी, गुल्मी परासीतिरबाट केशरमणि र अरुहरु धेरै त्यसमा उपस्थित थिए । त्यो गोरखपुरको चित्रगुप्ता धर्मशालामा आयोजित थियो ।
हामीहरुले जनमत संग्रहका परिणामहरुको सिंहावलोकन गर्‍यौं । हामीहरुले राखेका पाँच पूर्वाधारहरुमध्ये पञ्चायतको निलम्बन, सुरुमै बहुदल पक्षका नेता र कार्यकर्ताहरुको रिहाई, मतदाताको उमेर १८ वर्ष इत्यादिका लागि सुरुमै आन्दोलन गरेको भए र यसमध्ये दुईवटा पनि पूरा भएको भए बहुदलको पक्षमा ठूलो मनोवैज्ञानिक जित हुने थियो र निर्दल पक्षको मनोबल कमजोर हुने थियो । तर पञ्चायतहरुको निलम्बन नहुँदा र प्रधानपञ्चहरुलाई तलब समेत दिने थप व्यवस्था हुँदा गाउँघरहरुमा पञ्चायतको पक्ष संगठित नै रह्यो । साथै व्यापकरुपले सरकारी खजानाको निर्दलको पक्षमा खुलेआम दुरुपयोग भएको थियो ।
हामीहरुले त्यस गोरखपुर सम्मेलनमा अर्को निर्णय के गर्‍यौं भने हाम्रो पार्टीको मार्गदर्शक सिद्धान्तहरुमा माओत्सेतुङ विचारधारा पनि थियो । तर त्यस सम्मेलनबाट हामीहरुले माओत्सेतुङ विचारधारालाई हाम्रो मार्गदर्शक सिद्धान्तहरुको सूचीबाट हटाउने निर्णय गर्‍यौं । गोरखपुर सम्मेलनपछि हामीहरु बुटवल हुँदै काठमाडौं र अन्यत्र फर्कियौं । निर्दल पक्षको जितपछि पञ्चेहरु झन् नांगो नाच गर्न थाले । राष्ट्रिय पञ्चायतका चार सदस्यहरुलाई लछारपछार गर्दै राजीनामा गर्न लगाए । जसमाथि यो आरोप थियो कि उनीहरुले बहुदल पक्षमा काम गरेका थिए । त्यसैगरी जिल्ला–जिल्ला र गाउँ पञ्चायतहरुसम्म पनि यसैगरी बहुदल पक्षमा लागिरहने कैयौंलाई बेइज्जत, कुटपिट, लछारपछार गर्दै राजीनामा गराइयो ।
२०३७ सालमा एक वर्षको लागि बहुदल पक्षले पाएको प्रचार र सभाहरु गर्ने स्वतन्त्रता पनि खोसियो । प्रेस र  पत्रपत्रिकाहरुलाई पनि बहुदल पक्षमा लेख्न नपाउने गरी बन्देज पार्ने अध्यादेश जारी गरियो । तर एउटा कुरा के भयो भने निर्दलीयता स्वीकार गरेर सरकारी पाँच संगठनहरुमध्ये कुनैको सदस्यता लिए राष्ट्रिय पञ्चायतसम्मको चुनाव लड्न पाइने भयो । राष्ट्रिय पञ्चायतको चुनाव क्षेत्रहरु निश्चित नभए पनि जिल्लाव्यापी रुपले कुनै जिल्लाबाट दुई र कुनैबाट एक गरी बालिग मताधिकारको आधारमा निर्वाचित हुने व्यवस्था भयो । नेपाली कांग्रेस, हाम्रो पार्टी, साहनाहरुको समूह र अरु राजनीतिक दलहरुले यस्तो चुनावको बहिस्कार गरे । तर २०३७ सालपछि पनि विद्यार्थीहरु र क्याम्पसहरुमा विद्यार्थीहरुले आफ्ना मागहरुको लागि हडताल, सहरमा जुलुस र सभाहरु आयोजना गर्ने कार्य जारी राखे ।
एक वर्षको वाक् स्वतन्त्रता र सभाहरु गर्ने स्वतन्त्रताले एउटा सकारात्मक कुरा चाहिँ के भयो भने बहुदलको पक्षमा एउटा ठूलो मतदान भएको तथ्यले राजनीतिक दलहरुको मनोविज्ञानलाई तल जान दिएन । भूमिगतरुपमा विभिन्न पार्टीका कार्यहरु, भेटघाटहरु, कोठाका बैठकहरु, नेपाल बार एसोसिएसनका शाखाहरुद्वारा आयोजित कार्यक्रमहरु र विद्यार्थीहरुको सभामा बहुदल पक्षका नेताहरुलाई बोलाउने कार्यहरु भने फाट्टफुट्ट भइनैरहे । साउनतिर सहाना प्रधानलाई कुनै सभा गरेको आरोपमा केही दिनलाई पक्राउ गरियो । अखबारहरुलाई पनि २०३७ को नयाँ वाक् प्रकाशन अध्यादेशको उल्लंघन गर्‍यो भने प्रमुख जिल्ला अधिकारी र अञ्चलाधीश कार्यालयहरुद्वारा कारवाहीहरु पनि गरिए । तर यस्ता पक्राउहरु अब लामा–लामा नभएर केही दिनहरु या दुई चार दिनहरुका लागि हुनथाल्यो । सभाहरु गर्न भने प्रमुख जिल्ला अधिकारीको पूर्व अनुमति अनिवार्य हुने व्यवस्था गरियो । राजनीतिक दलहरु थिए तर प्रतिबन्धित थिए । यो तथ्य अब स्वीकृतझैं भयो ।
वीपी कोइराला, मनमोहन अधिकारी र अरु नेताहरुको भेटघाट र सम्पर्कहरु व्यापक हुन थाल्यो । यसले पनि क्रमश: प्रजातन्त्रको पक्षमा सुक्ष्मरुपले भए पनि देशव्यापीरुपमा जनतामा जागरण ल्याउँदै गयो । हामीहरु एक ठाउँबाट अर्को ठाउँ जाने र भेटघाट गर्ने कार्यहरु गर्न थाल्यौं । साथै प्र. नेपाल कम्युनिस्ट पार्टी वा प्रतिबन्धित नेपाली कांग्रेसका फलाना नेताले यस्तो बोल्नुभयो, फलाना नेताले यस्तो भन्नुभयो भनी पत्रपत्रिकाहरुले छाप्नथाले । तर राजनीतिक दलहरु भने कानुनी रुपले प्रतिबन्धित नै रहे । बेलाबेला विद्यार्थी वा अन्य माग भन्दै जुलुस प्रोडक्सनहरु गर्ने प्रयास गर्दा पक्राउ गरी केही दिन थुन्ने स्थिति भने रहिरह्यो । तर अब २०१७ सालपछिका सुरुका दिनहरुको जस्तो आतंक वातावरण क्रमश: कम हुँदै थियो । अब सुरक्षा कानुनअन्तर्गत थुन्ने, अवधिहरु पनि लामा–लामा नभई केही दिन वा दुई चार दिनमा सीमित हुनथाल्यो ।
यसबीच अनेरास्ववियुहरुका नाममा पर्चा बाँड्ने, सभाहरु क्याम्पसहरुमा मात्र होइन, सहर बजारमा पनि आयोजित हुनथाले । समष्टिमा भन्नुपर्दा बीस वर्षसम्म रहेको डर, त्रासको ठूलो वातावरण २०३६/३७ सालको एक वर्षमा धेरै अर्थमा हट्दै गएको थियो ।
- See more at: http://www.ebudhabar.com/

Tuesday, August 5, 2014

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथको visitors Book मा लेख्नु भएको comments .

भारतीय प्रधानमन्त्री  नरेन्द्र मोदीले पशुपतिनाथको visitors  Book  मा लेख्नु भएको comments .