नेकपा –माओवादी समान्तवादको विर्ता हो ?:ऋषीराज बराल
चुनाव बहिस्कारको नाटक रचेर आर्थिक उपार्जन गरेको आरोप
नेकपा–माओवादीका केन्द्रीय सदस्य डा. ऋषिराज बरालले एक दैनिक पत्रिकामा लेख लेख्दै नेकपा–माओवादी पार्टी सामन्तवादको विर्ता जस्तो भएको भन्दै आक्रोस पोखेका छन् । उनले आफ्नो लामो लेखमा, नेकपा–माओवादी क्रान्तिकारी पार्टी नरहेर एमाओवादी जस्तै गद्धार पार्टीमा रुपान्तरण हुँदै गएकाले सुनको सिंहासनमा बसेका नेकपा–माओवादीको हालको नेतृत्वबाट सर्वहारावादी क्रान्ति हाँक्न सम्भव नभएको जिरह पेश गरेका छन् ।
तत्कालीन एमाओवादीको नेतृत्वले गद्धारीको बाटो रोजेपछि मालेमाको झन्डा झुक्न नदिन नेकपा–माओवादी गठन गरे पनि उसले पनि उस्तै गद्धारीको बाटो समातेको उनको दाबी छ । केही गर्ने उत्साहका साथ नेकपा–माओवादी गठन गरेर केही गर्ने सपना साँचे पनि बितेका २ वर्षमा ती सबै सपनाहरु खुइलिएको गुनासो बरालको छ । ‘प्रचण्ड–बाबुरामले गद्धारीको बाटो समातेपछि मालेमाको झन्डा झुक्न नदिने प्रणको साथ हामीले मोहन बैद्य ‘किरण’को नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी–माओवादी गठन गरेका थियौं । हामीमा केही गर्ने उत्साह र प्रतिवद्धता थियो’, अन्नपूर्ण पोष्ट दैनिकमा उनले किरण–बादलतर्फ लक्ष्य गर्दै लेखेका छन्,‘परन्तु,यताका करिब दुई वर्षमा हामीले जेजस्ता भोगाइहरु भोयौं,देख्यौं,जे बुझ्यौं र बुझ्दैछौं,यसले हामीलाई गम्भिर तुल्याएको छ । र,नयाँ किसिमले सोच्न बाध्य तुल्याएको छ ।’बरालले नेकपा–माओवादीको नेतृत्वले हाल देखाएको रबैयालाई गाइजात्राको संज्ञा दिँदै यसले आफूसहित कैयन क्रान्तिकारी योद्धाहरुलाई गम्भिर र चिन्तित बनाएको बताएका छन् ।
बरालले क्रान्ति सम्पन्न गर्न भनेर गठन भएको पार्टीले नेपाली क्रान्ति कसरी सम्पन्न गर्ने,कार्यदिशालाई नेपाली समाजको वस्तुस्थिती र आवश्यकताअनुसार विकसित गर्दै कसरी व्यवहारमा लैजाने भन्नेमा सिन्कोसम्म नभाँचेको जिकिर गर्दै नेतृत्वको आलोचना गरेका छन् । उनले ‘राइट म्यान इन दि राइट प्लेस’ र ‘थ्रि इन वान’को मालेमावादी संगठनात्मक नीति र सिद्धान्तलाई व्यवहारमा अवलम्बन गरेर अघि बढ्नु पर्नेमा नेतृत्वले माक्र्सवादकै धज्जी उडाउने गरी आफ्नै सहकर्मीलाई समाप्त पार्न लागेको आरोप लगाए । ‘कसैलाई मनपरी लेख्न र बोल्न छुट छ । कसैमाथि आफ्नो कुरा राख्नसमेत नदिई सामन्त शैलीमा बन्चरो उज्याइएको छ र यसैलाई मालेमावादी पद्धती भनेर दुनियाँलाई मुर्ख बनाउने दुष्प्रयास गरिएको छ ’ बरालले पार्टीभित्रको बेथितीप्रति कटाक्ष गर्दै लेखेका छन् ।
उनले क्रान्तिकारी संस्कृति र जनवादी संस्कारका कुरा जोडतोडसँग उठाउँदै आफूलाई सौन्दर्यशास्त्री ठान्नेहरुले नै पार्टीमा गलत संस्कारको विजारोपण गर्दै गएको जिकिर गरेका छन् । ‘यहाँ त माक्र्सवादलाई उभिन्डो पारेर झुन्डाइएको छ र हेगेल र फायरबाखसित रमाउँदै ककटेल पार्टी मनाइएको छ’ बरालले भनेका छन् ।
बरालले ‘माओवादीमा गए न्याय पाइन्छ’ भन्ने मान्यता स्थापित गरेको पार्टी अहिले आफैं चरम विकृति र विसंगतीको सिकार भएर पतनको मार्गतर्फ डोरिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । माओवादीमा गए छिट्टै न्याय निसाफ पाइन्छ भन्ने मान्यता स्थापित गरेर एक आदर्श पार्टी बनेको माओवादीमा अहिले आफैं अन्याय भोगेर जनअदालत गुहार्ने स्थितीमा पुगेको भन्दै उनले नेतृत्वप्रति चर्को विषवमन गरेका छन् । ‘एक समय माओवादीकहाँ गए न्याय पाइन्छ भन्ने समय थियो । एकाध विसंगत पक्ष भए पनि माओवादीले छिटोछरितो र न्यायपूर्ण निसाफ दिन्छन् भन्ने प्रभाव जनमानसमा पार्न हामी सफल भएका थियौं,’ माओवादी पार्टीको अहिलेको नेतृत्व पीडक बन्दै गएको दाबी गर्दै उनले लेखमा अगाडि भनेका छन्,‘तर दुःख र पीडाका साथ भन्नैपर्ने हुन्छ–यतिखेर हामीहरु आफैं न्यायका लागि जनअदालत गुहारिरहेका छौं । यो आफैंमा विडम्बनाको स्थिती हो ।’
बरालले ओरालो लाग्दै गएको विश्वको कम्युनिष्ट आन्दोलनका लागि नेपालको कम्युनिष्ट आन्दोलन कुनै बेला विश्व समुदायकै लागि उदाहरणीय र उर्जा बने पनि नेतृत्वको गैरजिम्मेवारपूर्ण हर्कतले यो दुनियाँलाई चकित पार्ने आन्दोलन विसर्जन हुने स्थितीमा पुगेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले विगतको गर्भिलो इतिहासमा नै बञ्चरो प्रहार गरेर आफ्नैबाट क्रान्ति समाप्त पार्ने खेल भइरहेको भन्दै खिन्नता व्यक्त जनाएका छन् । ‘एक समय हामी आदर्शका पात्र थियौं,सबैले नेपालतिर देखाएर विरोधीलाई तर्कपूर्ण उत्तर दिन्थे – ‘हिमालयतिर हेर नयाँ सुर्य उदाइरहेछ । तर अब हामीसँग इतिहास मात्र छ ,अनुभव छ । शिक्षा छ र वर्तमानको अमिलो पीडा छ । हामीसँग जनसेना छैनन्,जनसत्ता छैन । अब त त्यो इतिहास र अनुभव र इतिहासलाई पनि जोगाउन धौधौ परेको छ हामीलाई । त्यो अनुभव र इतिहासमाथि नै खुकुरी बजार्न थालिएको छ’ उनले लेखमा भनेका छन् ।
यसैबीच, डा. बरालले नेकपा–माओवादीको नेतृत्वले चुनाव बहिस्कारको नाममा ठुलो रकम हत्याएको खुलासा गरेका छन् । विपक्षीहरुबाट नेकपा–माओवादीले रकम एमाओवादीबाहेकका दलमा मतदान गराएको आरोप लागिरहेका बेला उनले आफ्नो लेखमा भनेका छन्,‘हामीसित गुडाउने गाडी छैनन्,बंगला पनि छैनन्,खासा व्यापार र कमिसनतन्त्र छैन र ‘चुनाव बहिस्कार ‘अभियान’मा आर्जन’ गरेको बैंक व्यालेन्स पनि छैन । हामी बेलुका ‘नलगाई’ निद्रा नलाग्ने संसारमा पनि छैनौं । नेकपा–माओवादी कुनै सामन्तको विर्ता होइन ।’
- See more at: http://www.ratopati.com/2014/10/12/173522.html#sthash.L6qjjcVe.DwQqOLjW.dpufतत्कालीन एमाओवादीको नेतृत्वले गद्धारीको बाटो रोजेपछि मालेमाको झन्डा झुक्न नदिन नेकपा–माओवादी गठन गरे पनि उसले पनि उस्तै गद्धारीको बाटो समातेको उनको दाबी छ । केही गर्ने उत्साहका साथ नेकपा–माओवादी गठन गरेर केही गर्ने सपना साँचे पनि बितेका २ वर्षमा ती सबै सपनाहरु खुइलिएको गुनासो बरालको छ । ‘प्रचण्ड–बाबुरामले गद्धारीको बाटो समातेपछि मालेमाको झन्डा झुक्न नदिने प्रणको साथ हामीले मोहन बैद्य ‘किरण’को नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी–माओवादी गठन गरेका थियौं । हामीमा केही गर्ने उत्साह र प्रतिवद्धता थियो’, अन्नपूर्ण पोष्ट दैनिकमा उनले किरण–बादलतर्फ लक्ष्य गर्दै लेखेका छन्,‘परन्तु,यताका करिब दुई वर्षमा हामीले जेजस्ता भोगाइहरु भोयौं,देख्यौं,जे बुझ्यौं र बुझ्दैछौं,यसले हामीलाई गम्भिर तुल्याएको छ । र,नयाँ किसिमले सोच्न बाध्य तुल्याएको छ ।’बरालले नेकपा–माओवादीको नेतृत्वले हाल देखाएको रबैयालाई गाइजात्राको संज्ञा दिँदै यसले आफूसहित कैयन क्रान्तिकारी योद्धाहरुलाई गम्भिर र चिन्तित बनाएको बताएका छन् ।
बरालले क्रान्ति सम्पन्न गर्न भनेर गठन भएको पार्टीले नेपाली क्रान्ति कसरी सम्पन्न गर्ने,कार्यदिशालाई नेपाली समाजको वस्तुस्थिती र आवश्यकताअनुसार विकसित गर्दै कसरी व्यवहारमा लैजाने भन्नेमा सिन्कोसम्म नभाँचेको जिकिर गर्दै नेतृत्वको आलोचना गरेका छन् । उनले ‘राइट म्यान इन दि राइट प्लेस’ र ‘थ्रि इन वान’को मालेमावादी संगठनात्मक नीति र सिद्धान्तलाई व्यवहारमा अवलम्बन गरेर अघि बढ्नु पर्नेमा नेतृत्वले माक्र्सवादकै धज्जी उडाउने गरी आफ्नै सहकर्मीलाई समाप्त पार्न लागेको आरोप लगाए । ‘कसैलाई मनपरी लेख्न र बोल्न छुट छ । कसैमाथि आफ्नो कुरा राख्नसमेत नदिई सामन्त शैलीमा बन्चरो उज्याइएको छ र यसैलाई मालेमावादी पद्धती भनेर दुनियाँलाई मुर्ख बनाउने दुष्प्रयास गरिएको छ ’ बरालले पार्टीभित्रको बेथितीप्रति कटाक्ष गर्दै लेखेका छन् ।
उनले क्रान्तिकारी संस्कृति र जनवादी संस्कारका कुरा जोडतोडसँग उठाउँदै आफूलाई सौन्दर्यशास्त्री ठान्नेहरुले नै पार्टीमा गलत संस्कारको विजारोपण गर्दै गएको जिकिर गरेका छन् । ‘यहाँ त माक्र्सवादलाई उभिन्डो पारेर झुन्डाइएको छ र हेगेल र फायरबाखसित रमाउँदै ककटेल पार्टी मनाइएको छ’ बरालले भनेका छन् ।
बरालले ‘माओवादीमा गए न्याय पाइन्छ’ भन्ने मान्यता स्थापित गरेको पार्टी अहिले आफैं चरम विकृति र विसंगतीको सिकार भएर पतनको मार्गतर्फ डोरिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । माओवादीमा गए छिट्टै न्याय निसाफ पाइन्छ भन्ने मान्यता स्थापित गरेर एक आदर्श पार्टी बनेको माओवादीमा अहिले आफैं अन्याय भोगेर जनअदालत गुहार्ने स्थितीमा पुगेको भन्दै उनले नेतृत्वप्रति चर्को विषवमन गरेका छन् । ‘एक समय माओवादीकहाँ गए न्याय पाइन्छ भन्ने समय थियो । एकाध विसंगत पक्ष भए पनि माओवादीले छिटोछरितो र न्यायपूर्ण निसाफ दिन्छन् भन्ने प्रभाव जनमानसमा पार्न हामी सफल भएका थियौं,’ माओवादी पार्टीको अहिलेको नेतृत्व पीडक बन्दै गएको दाबी गर्दै उनले लेखमा अगाडि भनेका छन्,‘तर दुःख र पीडाका साथ भन्नैपर्ने हुन्छ–यतिखेर हामीहरु आफैं न्यायका लागि जनअदालत गुहारिरहेका छौं । यो आफैंमा विडम्बनाको स्थिती हो ।’
बरालले ओरालो लाग्दै गएको विश्वको कम्युनिष्ट आन्दोलनका लागि नेपालको कम्युनिष्ट आन्दोलन कुनै बेला विश्व समुदायकै लागि उदाहरणीय र उर्जा बने पनि नेतृत्वको गैरजिम्मेवारपूर्ण हर्कतले यो दुनियाँलाई चकित पार्ने आन्दोलन विसर्जन हुने स्थितीमा पुगेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले विगतको गर्भिलो इतिहासमा नै बञ्चरो प्रहार गरेर आफ्नैबाट क्रान्ति समाप्त पार्ने खेल भइरहेको भन्दै खिन्नता व्यक्त जनाएका छन् । ‘एक समय हामी आदर्शका पात्र थियौं,सबैले नेपालतिर देखाएर विरोधीलाई तर्कपूर्ण उत्तर दिन्थे – ‘हिमालयतिर हेर नयाँ सुर्य उदाइरहेछ । तर अब हामीसँग इतिहास मात्र छ ,अनुभव छ । शिक्षा छ र वर्तमानको अमिलो पीडा छ । हामीसँग जनसेना छैनन्,जनसत्ता छैन । अब त त्यो इतिहास र अनुभव र इतिहासलाई पनि जोगाउन धौधौ परेको छ हामीलाई । त्यो अनुभव र इतिहासमाथि नै खुकुरी बजार्न थालिएको छ’ उनले लेखमा भनेका छन् ।
यसैबीच, डा. बरालले नेकपा–माओवादीको नेतृत्वले चुनाव बहिस्कारको नाममा ठुलो रकम हत्याएको खुलासा गरेका छन् । विपक्षीहरुबाट नेकपा–माओवादीले रकम एमाओवादीबाहेकका दलमा मतदान गराएको आरोप लागिरहेका बेला उनले आफ्नो लेखमा भनेका छन्,‘हामीसित गुडाउने गाडी छैनन्,बंगला पनि छैनन्,खासा व्यापार र कमिसनतन्त्र छैन र ‘चुनाव बहिस्कार ‘अभियान’मा आर्जन’ गरेको बैंक व्यालेन्स पनि छैन । हामी बेलुका ‘नलगाई’ निद्रा नलाग्ने संसारमा पनि छैनौं । नेकपा–माओवादी कुनै सामन्तको विर्ता होइन ।’
No comments:
Post a Comment