सातौं केन्द्रीय समितिको आठौं बैठकमा प्रस्तुत भएको क. प्रचण्डको विशेष राजनैतिक एवम् संगठनात्मक प्रस्तावका सम्बन्धमा निनु चापागाईंले जनवरी २३, २०१४ का दिन व्यक्त गरेको विचार
अभिवादन ।
१. दस्तावेजको विषयमा प्रवेश गर्नु अघि म आप्mनै बारेमा र पार्टीका बारेमा आफुलाई लागेका केही विचारहरू राख्तैछु ।
२. यहा“हरू सबैलाई थाहै छ म लामो समयको अन्तरालपछि यस बैठकमा उपस्थित भएको छु, यसबीचमा म धेरै भेला र बैठकहरूमा सामेल भइन“ । सङ्घर्षबाट भागेर कुनै पनि समस्याको समाधान हुन्छ भन्ने मलाई विश्वास छैन । तर जहा“ मालेमावादी सङ्गठनात्मक सिद्धान्त लागु हुने वातावरण र अवस्था छैन, जहा“ आप्mना कुरा खुलस्त राख्न र खुलेर विचार विमर्श गर्न सक्ने स्थिति हु“दैन, त्यहा“ स्वस्थ वैचारिक सङ्घर्षको सम्भावना पनि रहन्न । यही कारण बैठकमा आउने कसरत मैले गरिरहिन“ ।
३. यस बीचमा क. उत्तमले केही पटक बैठकका लागि अनुरोध गर्नु भएको थियो । पोस्टबहादुर कमरेडले विस्तारित बैठकको कार्य विभाजन गर्ने दिन बिहान बैठकमा सहभागी हुन बोलाउनु भएको थियो । मैले बैठकमा नआउने कुरा व्यक्त गरेपछि उहा“ले राजिनामा आउनु प¥यो नि त भन्नु भयो । मैले तत्कालै ‘ढीलो चा“डो राजिनामा आउ“छ’ भन्ने जवाफ फर्काए“ । रमाइलो कुरो के छ भने मैले केन्द्रीय सदस्यबाट राजिनामा दिएकोले एक महिने अभियानमा समावेश नगरिएको भन्ने परिपत्र २०७० । ४ । ०७ मा पार्टीमा जारी गरियो । केन्द्रीय कार्यालयले बैठकमा आउन्न भन्नासाथ मसित राजिनामा किन मागेको होला ? मैले नदिएको राजिनामा स्वीकृतै नगरी विधि विपरीत मलाई अभियानमा किन समावेश नगरिएको होला ? भन्ने मैले अहिलेसम्म बुभ्mन सकेको छैन । संयोगवश म यस केन्द्रिय समितिको सबभन्दा पुरानो सदस्य हुनुले उहा“हरूलाई अप्ठ्यारो पारेको त होइन ? मैले निश्चित गर्न सकेको छैन । आप्mनै बारेको एउटा कुरा यो हो ।
४. अर्काे कुरो, एकाध वर्षअघिदेखि पार्टी र नेतृत्वप्रति मोहभङ्ग भएको स्थितिमा म छु । यसलाई एक किसिमले वितृष्णाको अवस्था नै भने पनि हुन्छ । यो मेरो मात्र स्थिति होइन, धेरै केन्द्रीय सदस्यहरू यस्तै स्थितिमा हुनुहुन्छ होला भन्ने मलाई लागेको छ । जरो कारण त अध्यक्षले प्रस्तुत गरेको प्रस्तावमा पनि नपरेको होइन । सर्वहारा वर्गको अग्रदस्ताको पार्टी र त्यसको नेतृत्वका बारेमा मेरो जे बिम्ब छ, जे बोध छ र जे जस्तो सोच छ अहिलेको हाम्रो पार्टी र नेतृत्व त्यसको एकदमै विपरीत छ, उल्टो छ । विडम्बनाको विषय यही नै हो ।
५. डेढ दुइ वर्षअघि नै मैले क.प्रकाशसित मेरो मानसिकता व्यक्त गर्दै आएको हु“ । पर्खनोस्, छाड्नै परे सबैले एकसाथ छाडौंला भन्दै उहा“ले मलाई रोक्ने प्रयास गर्दै आउनु भएको हो । अहिलेको नेतृत्वले पार्टीलाई सर्वहाराको अग्रदस्ताका रूपमा रूपान्तरण गर्ला र त्यसले आफुलाई त्यस अनुरूप ढाल्ला भन्नेमा म एकदमै कम आशावादी छु । नेतृत्वले मलाई यसमा गलत साबित गरिदिएको खण्डमा म वास्तवमै अत्यन्त आनन्दित हुनेछु ।
६. पार्टीलाई अहिलेको वर्गीय दृष्टिकोणबाट विचलनको स्थितिमा ल्याइपु¥याउनमा मूल नेतृत्व नै जिम्मेवार छ । नेतृत्वको वर्ग उत्थानले मात्र होइन, त्यसमा हावी भएको संसद्वाद, साम्राज्यवादी चिन्तन र साम्राज्यवादी शक्तिको प्रभावले समेत भूमिका खेलेको छ भन्ने मलाई लागेको छ ।
७. हाम्रा नेताहरूको कार्यशैली, कतिपय चिन्तन, आचरण, रहन सहन पूर्णतया संसदीय ढर्राका छन् भन्ने तथ्य मैले दोहो¥याइरहनु पर्दैन ।
८. उहा“हरूको सोचलाई साम्राज्यवादले फैलाएको सांस्कृतिक अध्ययन भन्ने गरिएको चिन्तनले प्रत्यक्ष, अप्रत्यक्ष प्रभाव पारेको छ । उत्पीडित वर्गको वर्गीय एकतालाई भा“ड्नका लागि वर्गको ठाउ“मा त्यसलाई विभिन्न ससाना समूहमा विभाजित गरेर ती ससाना समूहका समस्यालाई महिमामण्डित गर्नु र वर्गीय एकता हुन नदिनु यसको मुख्य उद्देश्य रहेको छ । यसभित्र पहिचानको राजनीति लगायत अन्य धेरै कुरा पर्दछन् । पहिचान सहित सङ्घीयताका बारेमा पार्टी बाहिर मात्र होइन, भित्र पनि प्रस्ट हुन नसक्नु वा बनाउन नसक्नुको एउटा कारण यो नै हो भन्ने मेरो धारणा छ ।
९. नेपालको कम्युनिस्ट आन्दोलनको विशेषता भनेकै राष्ट्रियता, जनजीविका र जनतन्त्रका सवालमा निरन्तर सङ्घर्ष गर्नु हो । तर हाम्रो नेतृत्वले अघिल्ला दुइ पक्षलाई सर्वथा परित्याग गरेको छ र पछिल्लोलाई पनि राम्ररी समातेको छैन । राष्ट्रियताको सवालमा कमजोरी भएको तथ्यलाई दस्तावेजले समेत स्वीकारी सकेको छ । गत वर्षहरूमा जनताका जनजीविकासित गा“सिएका सवाललाई लिएर सङ्घर्ष गर्ने विषयलाई नेतृत्वले उपेक्षा गरेको जग जाहेर छ । नया“ संविधानको निर्माणको सवाललाई जनतन्त्रसित सम्बद्ध सवाल मान्ने नै हो भने पनि जनतालाई व्यवहारमै सार्वभौम बनाउने, महŒवपूर्ण सवालहरूका बारेमा जनमतसङ्ग्रहका माध्यमबाट निर्णय लिन पाउने प्रावधान राख्ने, मजदुर वर्ग, किसान जन समुदायको वर्गीय प्रतिनिधित्वको निश्चित हिस्सालाई नीति निर्माणको तहमा सुनिश्चित गर्ने, जनप्रतिनिधिलाई फिर्ता बोलाउने अधिकार सुनिश्चित गर्ने जस्ता जनतान्त्रिक सवालका बारेमा नेतृत्वको उपेक्षाभाव नै बढी देखिन्छ । यस सबका पछि परम्परागत संसदीय ढर्रा र साम्राज्यवादको प्रभावले नै काम गरेको छ भन्ने मलाई लागेको छ ।
१०ं अन्तर्राष्ट्रियतावादसित सम्बन्धित अर्काे एउटा पाटो पनि यसबाट प्रभावित छ । उत्पीडक राष्ट्रहरूले उत्पीडित राष्ट्रहरूमाथि गरेका हस्तक्षेप र उत्पीडनका बारेमा हाम्रो पार्टी मौन रहने गरेको छ ।
११. पार्टी कार्यकर्ताको वर्गीय दृष्टिकोणलाई भुत्ते बनाउने प्रक्रियामा पनि यस्ता कामले भूमिका खेलेका छन् । थप, निम्न पु“जिपति वर्गबाट आएको अधिकांश कार्यकर्ताको वर्ग रूपान्तरण गर्न आवश्यक सैद्धान्तिक, वैचारिक प्रशिक्षण चलाउने कार्यप्रति पनि नेतृत्व उदासीन जस्तै छ । तत्कालका राजनीतिक विषयमा भएका सस्ता भाषणलाई नै प्रशिक्षण ठान्ने रोग नेताहरूमा पर्याप्त छ । विरोधी वर्ग र विचारलाई जथाभावी पार्टीमा प्रवेश गराएर पार्टीलाई प्रदूषित पार्ने काम नेतृत्व तहबाट नै बढी भएको छ ।
१२. पार्टीभित्र गुट सञ्चालन गर्ने, तिनलाई प्रश्रय दिने काम नेताहरूले नै गर्दै आउनु भएको छ । पार्टीको विघटनमा यसले अत्यधिक नकारात्मक प्रभाव पारेको छ । अध्यक्ष कमरेडले नै गुट चलाउने गर्नु भएको छ । बाबुराम कमरेडका विभिन्न किसिमका क्रियाकलाप हेर्दा गुट सञ्चालन र संबद्र्धन गरिएन भने आप्mनै अस्तित्व समेत खतरा पर्न सक्छ भन्ने उहा“ले ठान्ने गर्नु भएजस्तो लाग्दछ । क. प्रकाशले आफु गुटबाट मुक्त नभएको स्वीकारिनै सक्नु भएको छ । अध्यक्ष र बाबुराम कमरेड मिलेर निर्णय गर्ने र कतिपय कुरा क.प्रकाशलाई थाहा नहुने जुन अभिव्यक्ति यस बैठकमा क. पोस्टबहादुरले व्यक्त गर्नु भएको छ त्यसले यसलाई अझ छर्लङ्ग पारेको छ । जनयुद्धमा भाग लिएका र नलिएका भनेर पार्टीभित्र भेदभाव गरिने तलसम्मको एकखालको प्रवृत्तिलाई यसले प्रश्रय दिएकै देखिन्छ । एकातिर गुटको अन्त गर्ने कुरा गर्दै अर्कातिर निरन्तर गुट पनि चलाइरहने व्यवहारले नेताहरूको विश्वसनीयता र इमानदारीमाथि मात्र प्रश्न उभ्याएको छ ।
१३. सांस्कृतिक रूपान्तरणको सवाल नेताहरूका लागि गफ गर्ने विषय भन्दा बढी केही भएको छैन । रूपान्तरण भन्ने कुरा सुन्यो कि नेताहरूलाई एलर्जी हुन्छ कि जस्तो लाग्दछ । महान् सर्वहारा सांस्कृतिक आन्दोलनका शिक्षालाई अहिलेदेखि नै लागु गर्ने र प्रतिक्रान्तिबाट शिक्षा लिने हो भने सांस्कृतिक पक्षमा एक किसिमको नियमावली बनाएर त्यसलाई अनुशासनको विषय बनाउनुपर्छ भन्ने कुरालाई नेतृत्वले उपेक्षा मात्र गर्दै आयो । पार्टीभित्र सांस्कृतिक विचलन आएको कुरा भट्याइरहने र त्यसलाई निराकरण गर्न थोरै मात्र पनि पहलकदमी लिन नचाहने प्रवृत्तिले नै सांस्कृतिक विचलनलाई दिन परदिन प्रश्रय दिएको छ । महाधिवेशनले समाजवादले धक्का खानुको एउटा कारण सांस्कृतिक रूपान्तरणमा ध्यान दिन नसक्नु भनेर किटान त ग¥यो, तर आफुमा भएका विचलन हटाउने दिशामा कुनै पहल गरेन । अझ महाधिवेशनले पारित गरेको दस्तावेजमा संस्कृतिसम्बन्धी कार्यक्रम समेत छैन । यसबाट के निष्कर्ष निस्कन्छ ? सांस्कृतिक विभाग बारे नेतृत्वले लिएको उपेक्षाका बारेमा म यहा“ केही भन्नु आवश्यक समेत देख्तिन“ ।
१४. अब म प्रस्तावका बारेमा केही भन्न चाहन्छु । अप्ठ्यारो पर्दा जे पनि बोल्न तत्पर रहने, तर त्यसलाई कहिल्यै क्रियान्वयन नगर्ने एक किसिमको तदर्थवादबाट हाम्रो नेतृत्व राम्ररी नै ग्रस्त छ । यो दस्तावेज पनि त्यसरी नै आएको हो भने यसका बारेमा छलफल गर्नुको म कुनै औचित्य देख्तिन । त्यस्तो नहोस् म यही चाहन्छु ।
१५. प्रस्तावले संविधान सभाको दोस्रो निर्वाचनको पराजयका बारेमा मूल रूपमा समीक्षा गरेको छ । समीक्षामा कतिपय ठाउ“मा घात, अन्तर्घात, विकृति र पैसालाई प्रधानता दिने प्रवृत्ति देखिएको उल्लेख गरिएको छ । तर यस्ता क्रियाकलाप गर्नेहरूलाई के गर्ने भन्ने बारेमा भने यो मौन छ । यसको अर्थ तिनलाई खुला छुट दिनु हो । यो भ्रष्टाचारलाई प्रश्रय दिने प्रवृत्ति हो । त्यस्ता व्यक्तिलाई अनुशासनको कारबाही गर्न आवश्यक छ । म त्यसको माग गर्दछु ।
१६. समीक्षामा एक ठाउ“मा के पनि भनिएको छ भने जनतामाथि जतिसुकै शोषण, उत्पीडन र दमन गरेको व्यक्ति भए पनि मौखिक रूपले स्वार्थवश पार्टीलाई समर्थन गर्छु भनेमा पार्टी सदस्य हुन पाउने स्थिति भन्दा ठूलो वर्ग चरित्रको ह्रास अरू के हुन सक्तछ ? तर यस्तो स्थितिको अन्त कसरी गरिन्छ ? यस्ताहरूलाई के गरिन्छ ? केही भनिएको छैन । यस्तो स्थितिलाई समाप्त पार्न ठोस प्रस्ताव प्रस्तावित गर्न आवश्यक छ ।
१७. प्रस्तावमा रोगका लक्षणका बारेमा भनिएका कुराहरू एक हदसम्म ठीकठीकै छन्, तर निदानका बारेमा भनिएका कुराहरू अपर्याप्त, अमूर्त, परम्परागत र भन्नका लागि भनिएका जस्ता लाग्दछन् । प्रायः सबै विषयमा मूर्तताको, कार्ययोजनाको आवश्यकता देखिन्छ ।
१८. उदाहरणको लागि गुटको अन्तकै कुरा गरौं । यो कसरी हुन्छ ? कुन प्रक्रियाबाट हुन्छ ? कहा“बाट सुरु हुन्छ ? केही पनि उल्लेख छैन । यति कुरा त पहिले पनि भन्ने गरिएकै हो । कुरा दोहो¥याउ“दैमा समस्या समाधान हुने त होइन होला ?
१९. कार्यशैली र आचरणमा सुधारबारेमा जे भनिएको छ त्यो पनि अपर्याप्त छ । भारिभरकम आचारसंहिताको कुरा अहिले अव्यवहारिक होला । तर केही न केही आचार सम्बन्धी नियमहरू बनाइनै पर्दछ र तिनलाई सम्पूर्ण पार्टीमा अनुशासनको विषयका रूपमा क्रियान्वयन गरिनै पर्दछ । अन्यथा समाजवादको पतनमा सांस्कृतिक रूपान्तरणमा ध्यान दिन नसक्नु कारण रहेको थियो भन्नुको कुनै औचित्य रह“दैन । यस्तो कामले पार्टीभित्रकै सांस्कृतिक विचलनलाई सर्वथा छुट दिनु, उपेक्षा गर्नु हुन्छ । यो पार्टी निर्माण गर्ने होइन, विघटन गर्ने काम हो ।
२०. मालेमावादी पार्टी सङ्गठनात्मक सिद्धान्तको पालनाका लागि कमिटीहरू साना बनाउनै पर्दछ । केन्द्रीय समिति ५५ देखि ६५ जनाको बनाउनु पर्याप्त हुन्छ । त्यही अनुरूप तल्ला सङ्गठनहरू पनि साना बनाइनु पर्दछ । तर यसो गर्दा प्रस्ट, मानदण्ड निर्माण गरेर गरिनु पर्दछ, हचुवा गुटवादी मूल्याड्ढनका आधारमा होइन । तर मलाई भने त्यस्तै पो हुने हो कि भन्ने शड्ढा बढी छ ।
२१. प्रस्तावले हेटौंडा महाधिवेशनको कार्यदिशा र एक्काइसौं शताब्दीको जनवाद सम्बन्धी अवधारणामाथि निकै जोड दिएको देखिन्छ । तिनका सकारात्मक पक्षमाथि जोड दिनु स्वाभाविक छ । तर तिनमा रहेका नकारात्मक पक्षप्रति पनि ध्यान जान आवश्यक छ । उदाहरणका रूपमा हेटौंडा महाधिवेशनले पारित गरेको दस्तावेजको सन्दर्भमा कुरा गर्दा राष्ट्रियताको सवाल, संस्कृतिको सवाल, रूपान्तरणको सवाल, वर्ग विश्लेषणको सवाललाई उपेक्षा गरेकै छ । प्रधान अन्तर्विरोधको सवाल, अन्य पार्टीहरूको वर्ग विश्लेषणको सवाल आदिका विषयमा त्यसले उपेक्षा गरेको वा गोलमटोल कुरा गरेकै छ । एक्काइसौं शताब्दीको जनवादमा पनि संसद्वादको अवशेष रहेकै देखिन्छ । बहुदलीय प्रतिस्पर्धालाई जनवादको अन्तिम रूप सम्झने जस्ता कुरा यसमा पर्दछन् ।
२२. अब केही कुरा नेतृत्व परिवर्तनका बारेमा गरौं । हेटौंडा महाधिवेशनले पारित गरेका कमी कमजोरी र अहिलेको पार्टीको समीक्षालाई हेर्दा पार्टीले नया“ नेतृत्वको माग गरेकै देखिन्छ । तर विडम्बना भन्नु पर्छ पार्टीभित्रको मानसिकता र वातावरण त्यस अनुरूपको देखिन्न । किन यस्ता डरलाग्दा कमी हाम्रो नेतृत्वबाट भएका होलान् भन्ने आलोचनात्मक विवेकका साथ हेर्न हामी तयार छैनौं । केन्द्रीय समितिका अधिकांश कमरेडहरू अहिलेकै नेतृत्वलाई निरन्तरता दिन चाहनु हुन्छ र कमरेड प्रचण्डको पनि मानसिकता त्यही देखिन्छ । पार्टीलाई विघटनको स्थितिसम्म त उहा“ले ल्याइनै सक्नु भएको छ, यस अपजसबाट बच्न उहा“लाई एउटा अन्तिम मौका दिनुको विकल्प अहिले देखिन्न । मलाई विश्वास त छैन, तर उहा“ले यसलाई आप्mनो जीवनमा लाग्ने कलड्ढबाट बच्ने अन्तिम चुनौतीका रूपमा लिन सकेको खण्डमा असम्भवै चाहि“ छैन ।
(एकीकृत ने.क.पा. (माओवादी) का अध्यक्ष क. प्रचण्डले ‘संविधान सभाको निर्वाचन २०७० र पार्टी पुनर्निर्माणको ऐतिहासिक आवश्यकता शीर्षकको प्रस्ताव’ केन्द्रीय समितिमा छलफलका लागि प्रस्तुत गर्नु भएको थियो । यो त्यस बारे व्यक्त प्रतिक्रिया हो ।)
No comments:
Post a Comment