Tuesday, August 23, 2016

प्रचण्ड पार्टीको भ्रष्टाचार बाहिर ल्याए कम्युनिस्टकै इज्जत सकिन्छ: शेरचन


एकीकृत माओवादीकै एक स्थायी समिति सदस्यले आफ्नो पार्टी सबैभन्दा ठूलो भ्रष्टाचारको केन्द्र भएको बताएका छन् । साथै उनले पार्टीका नेताहरु विरुद्ध कडा आक्रोश समेत पोखेका छन् । 
 
एकीकृत माओवादी पार्टी र यसका नेताहरु कम्युनिस्ट नरहेको निष्कर्ष निकाल्दै छुट्टै वैचारिक समूह संचालनतिर अघि बढेका स्थायी समिति सदस्य अमिक शेरचनले यस्तो बताएका हुन् । उनले एमाओवादी भित्रको भ्रष्टाचार कम्युनिस्ट पार्टीको अस्तित्वमाथि नै संकट ल्याउने गरी भएको दावी गरेका छन् । 
 
शनिवार राजधानीमा आफ्नो वैचारिक समूहको छुट्टै भेला गरेर सो भेलालाई सम्वोधन गर्ने क्रममा नेता शेरचनले यस्तो दावी गरेका हुन् । शेरचन एमाओवादी भित्र भ्रष्टाचार र अकूत सम्पती कमाएको भन्नेबारे लागेको आरोपको अध्ययन तथा छानविन गर्न बनेको कार्यदलका संयोजक समेत रहेका थिए । सोही प्रसंग कोट्याउँदै शेरचनले पार्टीभित्र भ्रष्टाचार र गलत काम धेरै बढेको आफूले पाएको बताए । उनले भने, “पार्टीभित्रको भ्रष्टाचार र गलत कार्य यतिविधि छन् कि जुन सार्वजनिक गरियो भने कम्युनिस्ट पार्टीमाथि नै गम्भीर धक्का लाग्ने स्थिति छ ।”
 
उनले समग्र कम्युनिस्ट पार्टी र आन्दोलनमै गम्भीर असर पुग्ने देखेर आफूले अध्ययन कार्यदलका बेला पाएका तथ्यहरु र प्रतिवेदन समेत सार्वजनिक नगरेको बताए । उनले कम्युनिस्ट पार्टीमा सबैभन्दा डरलाग्दो भ्रष्टाचार एमाओवादीभित्रै रहेको बताए । आफू उपप्रधानमन्त्री भएका बेलाको एक प्रसंग कोट्याउँदै शेरचनले त्यो बेला एकजना नेता पैसाको बिटो बोकेरै घरमा आएको बताए । तर, आफूले त्यो बिटो दिनेलाई हपारेर पठाएको र पछि उनीमाथि कारवाही गर्न पार्टीमा कुरा उठाएको जानकारी दिए । आफूले पटक पटक कुरा उठाउँदा पनि ती व्यक्तिलाई पार्टीले कुनै कारवाही नगरेको भन्दै त्यतिबेलाको नेतृत्व समेत त्यसमा मुछिएको संकेत गरे । तर, आफूले भने ती व्यक्तिलाई आफ्नो विभागबाट भने कारवाही गरेको बताए । उनले त्यतिबेला ती भ्रष्टलाई कारवाही गरेको भए कम्युनिस्ट पार्टीका बारेमा राम्रो छाप बस्ने थियो भन्ने आफूले सोचेको तर पार्टीले कारवाही नगरेको भन्दै दुःख व्यक्त गरे । 
 
सोही कार्यक्रममा बोल्ने एमाओवादीका अर्का स्थायी समिति सदस्य विश्वभक्त दुलाल आहुतीले कडा शब्दमा एमाओवादी अब कम्युनिस्ट नरहेको बताए । उनले एमाओवादी अब सच्चिन पनि नसक्ने ठोकुवा गरे । उनले एमाओवादी सच्चिने कुरा ९९ प्रतिशत नै असम्भव भएको बताउँदै यो पार्टीबाट क्रान्ति हुने कुरा सोच्ने मात्र होइन, चर्चा गर्न समेत योग्य नरहेको बताए । 
 
यसरी आफ्नै पार्टीका विरुद्ध लाग्नेहरु मध्ये अधिकांश एमाओवादी शान्ति प्रक्रियामा आएपछि जोडिएको पार्टी एकताकेन्द्र मशालका नेता कार्यकर्ताहरु रहेका छन् । शनिवार करिव एक सय जति कार्यकर्ताहरु काठमाडौंको सोल्टीमोडमा रहेको एभरेष्ट कलेजमा जम्मा भएर यो छलफल गरेका थिए । सोही छलफलमा नेताहरुले आफ्ना कुरा राखेका हुन् । उक्त छलफलमा कार्यकर्ताहरुले समेत फ्लोरबाट आफ्ना सुझाव र धारणा राखेका थिए । 
 
यो छुट्टै भेलामा एके मशालका पूर्व महामन्त्री नारायणकाजी श्रेष्ठ भने उपस्थित हुन नसकेको बुझिएको छ । तर, उनी यो अभियानप्रति भने सहमत भएको नेताहरु बताउँछन् । यो अभियानका युवा नेताहरुले यसलाई एउटा वैचारिक अभियान भनेका छन् । अहिलेका लागि यसलाई समाजवादका लागि वैचारिक अभियान नाम दिइएको छ । साथै यसको नेतृत्व पनि तल्लो तहका युवा नेताहरुलाई दिइएको छ । जसको नेतृत्व अहिले एमाओवादीका केन्द्रीय सदस्य प्र्रकाश पोखरेलले गरेका छन् । भेलामा नारायणकाजी श्रेष्ठ समेत आउने भनिएको थियो । तर, उनी अर्को कार्यक्रममा व्यस्त भएका कारण अन्तिम समयमा आउन नसकेको बताइएको छ । उनले अन्तिमसम्म पनि आफू आउने बताइरहेका थिए । 


=====================================

एमाओवादीका असन्तुष्ट स्थायी समिति सदस्यसहितकाे छुट्टै भेला
एमाओवादी कम्युनिस्ट पार्टी नरहेको घोषणा, विद्रोहको तयारी


प्रचण्ड अब रुपान्तरण नहुने पूर्ण निष्कर्षसहित एमाओवादी भित्रको एउटा ठूलो समूहले विद्रोह गर्ने संकेत देखाएको छ । उक्त समूहले प्रचण्ड र बाबुरामबाट नेपालमा जनवादी क्रान्ति नहुने ठोकुवा नै गरेको छ । 
 
पूर्व एकताकेन्द्र मशाल, एमाले, माले र विभिन्न पार्टीबाट आएका नेता कार्यकर्ताहरुको बाहुल्यता रहेको सो समूहमा एमाओवादीका जनयुद्धको पृष्ठभूमी भएका पुराना नेताहरु समेत छन् । 
 
समाजवादका लागि वैचारिक अभियान भनेर नाम दिइएको उक्त समूहले नयाँ पार्टी गठन गर्नेसम्मका छलफल चलाएको छ । शनिवार राजधानीको सोल्टीमोड स्थित एभरेष्ट कलेजमा भेला नै आयोजना गरेर यो छलफल अगाडि बढाइएको छ । 
 
भेलामा एमाओेवादीका नेताहरु अमिक शेरचन, लिलामणी पोखरेल, विश्वभक्त दुलाल आहुती, घनश्याम शर्मा पौड्याल, डिआर पौडेल, अन्जना विशंखे, रामकुमार यादव, पेशल खतिवडा, दिनेश पन्थी, प्रकाश पोखरेल, जागृत रायमाझीसहित बिभिन्न जनवर्गीय संगठनका केन्द्रीय नेताहरुको उपस्थिति रहेको थियो । भेलामा एकताकेन्द्रका पूर्व महामन्त्री तथा एमाअाेवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश अाउने भनिए पनि उनी अन्तिममा नगएकाे स्राेतले बतायाे । तर, उनले अरु नेताहरुलार्इ अाफू पनि अाउने बताएका थिए । स्राेतका अनुसार उनी अर्काे कार्यक्रममा व्यस्त भएका कारण अाजकाे कार्यक्रममा नपुगेका हुन् । 
 
 
भेलामा बोल्दै एमाओवादी स्थायी समिति सदस्य अमिक शेरचनले कम्युनिस्ट पार्टीमा सबैभन्दा डरलाग्दो भ्रष्टाचार एमाओवादीभित्र भएको बताए । आफूले नजिकबाट पार्टी भित्रको भ्रष्टाचारको अनुसन्धान गरेको तर त्यसलाई सार्वजनिक नगरेको जानकारी दिए । उनले यदि त्यो भ्रष्टाचार सार्वजनिक गरेको भए समग्र कम्युनिस्ट आन्दोलनमा नै ठूलो वितृष्णा पैदा हुने भन्दै त्यसलाई आफूले सार्वजनिक नगरेको बताए । उनले एमाओवादी भ्रष्टाचारको केन्द्र भएको दावी गरे ।
 
त्यसैगरी लिलामणी पोखरेलले एमाओवादीले अब केही पनि गरी नखाने बताए । उनले पार्टी पूरै सकिएको बताउँदै आफूले यो अभियानलाई पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता गरे । 
त्यसैगरी अर्का नेता आहुतीले एकीकृत नेकपा माओवादी कम्युनिस्ट पार्टी नै नरहेको दावी गरे । उनले यो पार्टीर् सच्चिने सम्भावना पनि ९९ प्रतिशत नै नरहेको दावी गरे । साथै उनले कम्युनिस्ट आदर्श रहेका सबै नेता कार्यकर्ताहरुलाई यो अभियानमा जोडिन आग्रह गरे । 
 
याे अभियानकाे संयाेजन भने अहिले तलका युवा नेताहरुले गरेका छन् । समाजवादका लागि वैचारिक अभियान नाम दिइएकाे उक्त अभियानकाे संयाेजक केन्द्रीय सदस्य प्रकाश पाेखरेललार्इ ताेकिएकाे छ । बाँकी माथिका नेताहरु वैचारिक निर्देशन दिनका लागि मात्र गएकाे जस्ताे गरेका थिए । तर बाेल्ने क्रममा भने नेताहरुले एमाअाेवादीमा बस्न सकिने अवस्था नभएकाे र अर्काे पार्टी बनाउनै पर्ने गरी बाेलेका थिए । एमाअाेवादी पार्टी र प्रचण्ड र बाबुराम विरुद्ध उनीहरुकाे कडा अाराेप लगाएका थिए । जसमा उनीहरुले महाभ्रष्टचारी देखि पुँजीवादीकाे हद भएकाेसम्म अाराेप लगाएकाे स्राेतले बताएकाे छ । 
 
 
 
 
 
 
 
 
 
 
 


http://www.nonstopkhabar.com बाट साभार 

No comments:

Post a Comment