‘सगरमाथाकी छोरी’ नामको फेसबुकबाट चर्चा कमाउन शुरु गरेकी सावित्री सुवेदी पछिल्लो समय फेरि एकपटक चर्चाको शिखरमा पुगेकी छिन् । केहि समय अघिसम्म माओवादी र अझ प्रचण्डमाथि सामाजिक सञ्जालमा चर्को प्रहार गर्ने सुवेदी एकाएक माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी) को केन्द्रीय सदस्यमा मनोनित भएपछि उनको विषयमा विभिन्न किसिमका टिकाटप्पणी भए । पदका लागि मरिहत्ते गर्ने देश नेपालमा उनको पद भने एकमहिना पनि टिक्न सकेन । सामाजिक सञ्जालमा उनले राखेको मतकै कारण उनलाई अखिल(क्रान्तिकारी) का अध्यक्षले विज्ञप्ति नै जारी गरेर साधारण सदस्यसमेत नरहने गरि निलम्बन गरे । यहि विषयमा केन्द्रित रही नमस्ते पोस्टका लागि सन्तोष भट्टराईले गरेको कुराकानीमा आधारितः
राजनीतिक यात्रा सिधै केन्द्रीय सदस्यबाट
मैले आजसम्म अखिल(क्रान्तिकारी) को सदस्यता कहीँ कतैबाट पनि लिएकी छैन । मेरो परिवारपनि कहिल्यै माओवादी पार्टीसंग सम्बन्धित थिएन । म माओवादीको कथित जनयुद्धलाई ‘आतंक’ भन्दै आएकी एकजना महिला अधिकारकर्मी हुँ । तर तत्कालिन माओवादीको भोजपुरा राज्य अन्तर्गतका केहि नेताहरु मेरो व्यक्तिगत प्रशंसक थिए । निर्धक्क मनमा लागेका कुरा गर्ने, महिलाहरुलाई संगठित गर्ने, सार्वजनिक ठाउँमा अधिकारका पक्षमा बोल्दै हिँड्ने स्वभाव देखेर गत स्ववियुको चुनावमा अखिल(क्रान्तिकारी) ले मलाई रौतहटको जनज्योति बहुमुखी क्याम्पसमा सदस्यको टिकट पनि दिएको थियो । पछि चुनाव स्थगित भएपछि त्यो प्रसंग यत्तिकै सेलायो । त्यही चुनाव हुने भनिएको समयमा करिब एक महिनासम्म माओवादी पार्टी र यसका नेताहरुसंग चुनावी अभियानमा हिँड्ने बाहेक मैले अन्य कुनैपनि माओवादी पार्टी र अखिल(क्रान्तिकारी) को गतिविधिमा भाग लिएको छैन । प्रज्ञा भवनको अखिल(क्रान्तिकारी) एकता भेलामा केहि नेताहरुले मलाई जबर्जस्ति केन्द्रीय सदस्यको पद थमाइदिएका हुन् । त्यस समयमा सावित्री सुवेदी बैद्य निकट अखिल(क्रान्तिकारी) बाट बिद्रोह गरेर आएकी भन्ने मनगढन्ते तर्क बनाएर मलाई केन्द्रिय सदस्य बनाइएको हो । त्यसैले अखिल(क्रान्तिकारी) का कुनैपनि कमिटीहरुमा कहिलेपनि आवद्ध नभएकी मलाई एकाएक केन्द्रिय सदस्यको पद थमाइएको हो । कुनै लगानी, दुःख र त्यागबिना नै पाइएको पद भएका कारणले गर्दा यो प्राप्त हुँदापनि म त्यति खुसी र उत्तेजित भइन र अहिले यो पदबाट मलाई निष्कासन गरिँदापनि कुनै दुःख मनाउ छैन । मलाई किन र कुन आधारमा केन्द्रिय सदस्य बनाइयो अहिलेसम्म जानकारी छैन । उहाँहरु भित्र तिब्र गुटबन्दी भएका कारणले गर्दा मलाई क्षमतावान केहि साथीहरुलाई प्रभावित गर्न सक्छे भनेर आफ्नो भोट बढाउनका लागि केन्द्रीय सदस्यमा मनोनित गरिएको हुनसक्छ ।
रामकुमारी झाँक्रीलाई जिताउन पोखरा महाधिवेशनमा खटिएकी पुर्व अखिल कार्यकर्ता हुं

२०६४ सालसम्म म एमाले निकट अखिलको कार्यकर्ता थिएँ । पोखरा महाधिवेशनमा रामकुमारी झाँक्रीलाई जिताउन भोट मागेर हिँडे । अखिलको सदस्यता र प्रतिनिधी कार्ड अझैसम्म मसंग सुरक्षित छ । त्यसपछि पढाइ नै ठूलो हो भनेर अध्ययनतिर लागें । मैले राजनीतिशास्त्रमा मास्टर्स गरेको छु । अध्ययनको विषय पनि राजनीति नै भएकाले बेलाबेला सामाजिक सञ्जालमा लेख्दालेख्दै र सामाजिक विषयमा आवाज उठाउँदा–उठाउँदै क्रान्तिकारीहरुले हातैमा केन्द्रिय सदस्य राखिदिए ।
प्रकाश दाहाल र दिपेश पुनले मलाई कारबाही गरेका हुन्
प्रकाश दाहाल र दिपेश पुनले मलाई कारबाही गरेका हुन्
उपराष्ट्रपति पुत्र दिपेश पुनले केहि समय पहिला फेसबुकमा ‘सिके राउतलाई गोली हान्नुपर्छ’ भनेर स्टाटस लेखे । त्यसको जवाफमा मैले ‘तिम्रा बुवापनि हत्या गरेरै आएका हुन्’ भन्ने आशयको स्टाटस हालेकी थिएँ । त्यो स्टाटस फेसबुकमा भाइरल भयो । दिपेश पुनले ममाथि त्यही स्टाटसको रिस पोखेका हुन् । आफ्नो सँधै जयजयकार गरिदिउन् भन्ने धारणा राख्ने दिपेश पुनकै संलग्नतामा मलाई कारबाही गरिएको हो । महिलालाई चरम हिँसा गरेर जिन्दगी नै बरबाद पारिदिएका कारणले प्रचण्ड पुत्र प्रकाश दाहालविरुद्ध समेत मैले स्टाटसमा आगो ओकलेकी थिएँ । आजपनि मलाई प्रकाश दाहाल महिलाहरुका लागि दुश्मन नै हुन् भन्ने लाग्छ । अधिकारकर्मी भएको र महिलामाथिको हिँसा सहनै नसक्ने मेरो स्वभावका कारणले पनि प्रकाश दाहाललाई चाहिँ म त्यसै छाड्दिन । प्रकाशलाई बहुबिवाहको मुद्धा लगाउनुपर्छ । उनी पनि मलाई कारबाही गर्ने अर्को व्यक्ति हुन् । कानुनी र सामाजिक बाटोबाट प्रकाश दाहालविरुद्ध म लडिरहने छु । प्रकाशकी बैधानिक पत्नी सिर्जना त्रिपाठीलाई न्याय दिलाएरै छाड्छु, यो मेरो अठोट हो ।
पदप्रतिको मोहले केन्द्रिय सदस्य पदलाई स्वीकार गरें
पदप्रतिको मोहले केन्द्रिय सदस्य पदलाई स्वीकार गरें
आफैं जबर्जस्ति केन्द्रीय सदस्य बनाइदिने र स्पष्टिकरण सोध्ने साधारण राजनीतिक प्रकृयासमेत पुरा नगर्ने क्रान्तिकारीको कन्तबिजोग शैली देख्दाचाहिँ किन जबर्जस्ति सुम्पिएको पदलाई स्वीकार गरिएछ जस्तो लाग्छ । ह्याण्डसम, घडि बाँधेको अलि चिटिक्क परेको केटा माग्न आउँदा केटीलाई पनि एक प्रकारको ‘फिलिङ्स्’ आउँछ रे क्या । कसैकसैलाई किन महिनादिन कुर्ने अहिल्यै केटासंग जान पाए हुन्थ्यो जस्तो पनि हुन्छ रे । त्यस्तै भयो मलाई पनि यो क्रान्तिकारीको सस्तो केन्द्रिय सदस्यको पद । उनीहरुले पनि पद दिइहाले मैले पनि के के न पाइयो जस्तो गरेर लिइहालें ।
अब माओवादी पार्टीमा कहिल्यै आउँदिन, आफैं पार्टी खोल्छु
अब माओवादी पार्टीमा कहिल्यै आउँदिन, आफैं पार्टी खोल्छु
माओवादीको विचार, दर्शन र राजनीतिक गतिबिधीप्रति म कहिलेपनि सहमत भइन । बरु मैले माओवादीलाई आतंकको बलमा टिकेको पार्टी भनेर पटकपटक भनेकी छु । त्यसैले यसपालीको जसरी फेरि टिका लाएर पद दिएभने पनि म कहिल्यै त्यो पार्टीमा जाँदिन । म विप्लव, बैद्य, बाबुराम, पम्फा भुसाललाई एकदमै सम्मान गर्छु तर प्रचण्ड र उनको माओवादी पार्टीप्रति मेरो कहिले पनि सम्मान रहनेछैन । म फेमिनिष्ट हुं । महिला अधिकारका पक्षमा आफुलाई सँधै उभ्याउने छु । महिलालाई घरबाटै त्यसमाथि आमाबाटै आत्मबल गिराइएको छ । अब म यहि असमानता विरुद्ध लड्नेछु । म अब पार्टी खोलेरै राजनीतिमा आउनेछु । मेरो पार्टी भिन्न प्रकृतिको हुनेछ । यसको नाम पनि जुराइसकेकी छु– नेपाल आमा पार्टी । यो पार्टीको अवधारणा कस्तो भने विशुद्ध महिलाहरु मात्र यसमा संगठित हुन सक्नेछन् । र यहि पार्टीले नै नेपालको महिला हिँसा र लैङ्गीक असमानताविरुद्ध लड्नेछ । नेपालका आम महिलाहरुलाई सम्पूर्ण हिँसाबाट मुक्त गर्नेछ ।
http://namastepost.com बाट साभार
No comments:
Post a Comment