Tuesday, August 23, 2016

द्रुतमार्गपछि के-के बेच्दैछ पुष्पकमल गठबन्धनले? - भरत दाहाल

AM

एउटा कुरुप प्रहसन गर्दै भारत लगायतका साम्राज्यवादी शक्तिहरुका हातमा सार्वभौमसत्ता, अखण्डता, स्वतन्त्रता र श्रोत–साधनहरु सुम्पिने अत्यन्त घिनलाग्दो योजनामा खडा गरिएको पुष्पकमलको सरकार यतिबेला नेपालको अस्मिता दिल्लीका हातमा बुझाएर नेपाललाई भुटानको भन्दा गएगुज्रेको अवस्थामा पुर्याउने अन्तिम कसरतमा लागिपरेको छ । नेपालले आफै बनाउने भनि केपी ओली नेतृत्वको सरकारले गरेको निर्णयलाई उल्ट्याएर निजगढदेखि काठमाडौंसम्मको ‘फास्ट ट्रयाक’ निर्माणको जिम्मा भारतीय कम्पनीलाई दिनेगरि ‘रअ’का सुराकी विमलेन्द्र निधिले दिल्लीबाटै गृहकार्य अघि बढाएको समाचार सार्वजनिक भएको छ । यसको एकमात्र कारण भारतको बुई चढेर ‘जनयुद्ध’को आवरणमा आफूले गरेका अपराधहरुबाट उन्मुक्तिका लागि आशिर्वाद खोज्नु र साम्राज्यवादीहरुको आडमा नेपाल र नेपालीबाट लुटेको धन जोगाउनु बाहेक अर्को कुनै कुरा छैन भन्ने तथ्य जाहेर छ । ओलीको सरकार ढाल्न सहयोग नगरे हेग पुर्याईदिने भनि धम्की दिएर दिल्लीले ओली नेतृत्वको सरकार ढाल्ने शिखण्डीका रुपमा उनलाई प्रयोग गरेको यथार्थता कसैका आँखाबाट लुकेको छैन ।

साम्राज्यवादी शक्तिहरुले कुत्सीत स्वार्थका लागि छट्पटाएर बसेका मानिसहरुलाई प्रलोभन देखाएर अपराध गर्न उक्साउँछन् र त्यसपछि तिनै अपराधहरुलाई वार्गेनिङको ढाल बनाएर आजीवन अर्को अपराधहरुका लागि उपयोग गर्दछन् भन्ने तथ्यको जीवन्त नमुना पुष्पकमल दाहाल र बाबुराम भट्टराइहरु हुन् । यसरी प्रयोग भएका बिन लादेन जस्ता स्वाभिमानी अपराधीहरु साम्राज्यवादका प्रत्येक स्वार्थमा उपयोग हुन मान्दैनन् र त्यसको सामना गर्न तयार हुन्छन् तर, लेण्डुप दोर्जे जस्ता अपराधीहरु आफ्नो वैयक्तिक स्वार्थलाई सर्वोपरि राखेर देश बेच्न तयार हुन्छन् । लेण्डुपभन्दा निकृष्ट स्तरका पुष्पकमल र बाबुराम जस्ता अपराधीहरुले विदेशीको सहयोगमा देशभित्र हमला गर्छन्, हजारौं निर्दोष नागरिकहरुको ज्यान लिएर मानव कङ्कालको ब्यापार गर्छन् र देशको अस्मितालाई साम्राज्यवादीहरुको हातमा बुझाउने दुस्वप्न पनि देख्छन् । पुष्पकमल दाहालले हिजो तिनै साम्राज्यवादीहरुको सहयोगमा गरेका अपराधहरुबाट उन्मुक्ति पाउन नेपाल बेचिनु पर्ने र नेपालीहरु देश छोडेर खाडीका मरुभूमिमा रोएर दिन बिताउनु पर्ने माग कुनै नेपालीका लागि स्विकार्य हुँदैन ।

पुष्पकमल दाहालले हिजो तिनै साम्राज्यवादीहरुको सहयोगमा गरेका अपराधहरुबाट उन्मुक्ति पाउन नेपाल बेचिनु पर्ने र नेपालीहरु देश छोडेर खाडीका मरुभूमिमा रोएर दिन बिताउनु पर्ने माग कुनै नेपालीका लागि स्विकार्य हुँदैन ।

अब इतिहासको तथ्यपरक समीक्षा हुन जरुरी भैसकेको छ । दाहाल र बाबुरामको नेतृत्वमा बन्ने झुण्डहरु राजनीतिक दल हुन् वा अराष्ट्रिय असामाजिक जत्था ? दाहाल र बाबुरामहरु राजनीतिक मानिसहरु हुन् वा साम्राज्यवादले परिचालन गरेका क्रुर हत्यारा ? यीनीहरुको कथित अग्रगमन परिवर्तन हो कि नेपाल मास्ने साम्राज्यवादी रणनीति ? यीनीहरुको कथित राज्य पुनर्संरचना समस्याको निकास हो कि वैदेशिक चक्रब्युह ? यीनीहरुले बकबास गर्ने गरेको शान्ति प्रकृया भनेको देशमा स्थिरता र जनताको अमनचैन हो कि साम्राज्यवादका शिखण्डिहरुको सत्तारोहण ? यी प्रश्नहरुको जबाफ इतिहासलाई अगाडि राखेर खोजिनु पर्छ । आफ्नो देशको स्वतन्त्रताका लागि लड्ने काश्मीरी, लिवियाई, इराकी, अफगानिहरु आतङ्कवादी हुने तर बुख्याँचाका रुपमा खडा गरेर सबैसँग कहिले लडाउँदै र कहिले वार्गेनिङ गराउँदै संसदीय सत्तामा उठाईएका पुष्पकमल र बाबुरामहरु राजनीतिक मानिस हुने साम्राज्यवादी व्याख्यालाई अब दृढताका साथ अस्वीकार गर्नु पर्दछ । उनीहरुले इतिहासमा के गरे भन्ने तथ्यको लेखाजोखाले मात्र उनीहरुको अबको भूमिकाको ठोस आँकलन गर्न सकिन्छ ।

आफ्नो देशको स्वतन्त्रताका लागि लड्ने काश्मीरी, लिवियाई, इराकी, अफगानिहरु आतङ्कवादी हुने तर बुख्याँचाका रुपमा खडा गरेर सबैसँग कहिले लडाउँदै र कहिले वार्गेनिङ गराउँदै संसदीय सत्तामा पुर्याइएका पुष्पकमल र बाबुरामहरु राजनीतिक मानिस हुने साम्राज्यवादी व्याख्यालाई अब दृढताका साथ अस्वीकार गर्नु पर्दछ ।

माओवादीको छनौट के आधारमा भयो ?
जनयुद्धको खोलमा भएका माओवादी वितण्डाका बारेमा वास्तविक बहस नै भएको छैन नेपालमा । पुष्पकमलको नेतृत्वको समुहले माक्र्सवाद–लेनिनवादसँग चीनमा माओले आफै विरोध गरेको ‘माओवाद’ पदावली किन जोड्यो र नेपालको विध्वंश गर्न साम्राज्यवादीहरुले माओवादीकै छनौट किन गरे भन्ने प्रश्नको जबाफको खोजी निकै रोचक हुन सक्छ । ‘वाद’ भनेको सार्वभौम सिद्धान्त हो, जसले सैद्धान्तिक मार्गदर्शन मात्र गर्दछ । यसलाई स्थानीय ठाउँ विशेषमा व्यावहारिक राजनीतिका रुपमा मूर्तिकरण गर्ने काम ‘विचार’ (थट) वा ‘पथ’ (पाथ)ले गर्दछन् । माओवादीले ब्यावहारिक राजनीतिको प्रस्तावित दिशाका रुपमा ‘प्रचण्डपथ’लाई अघि सारेको यथार्थता सबैलाई थाहा छ । यसको बुझिने अर्थ के हो भने माओवादको सैद्धान्तिक खोल ओढेर उनीहरु ‘प्रचण्डपथ’का रुपमा कम्युनिष्ट आन्दोलनलाई मनपरी ब्याख्या गरेर साम्राज्यवादीकरण गर्न चाहन्थे । संसदीय प्रणाली र साम्राज्यवादी शक्तिहरुका अगाडिको नग्न आत्मसमर्पणलाई यो गिरोहले जसरी ‘क्रान्ति’का रुपमा अपव्याख्या गर्दै आएको छ, यसबाट पनि पुष्पकमल–बाबुराम गिरोहको अभिष्टलाई राम्ररी बुझ्न सकिन्छ ।

चीनको नयाँ जनवादी क्रान्ति विश्वका गरिब किसान र मजदूरहरुका लागि वर्गिय मुक्तिको ठूलो आकर्षण हो । त्यसको सफल नेतृत्व गर्ने माओ त्सेतुङ नेपालमा आदर्श नायकका रुपमा रहेका छन् । नेपालका गरिब मजदूर किसानहरुको रगत उमाल्न साम्राज्यवादीहरुलाई यी दुई वटा हतियारहरुको उपयोग गर्न जरुरि थियो । जनताको रगतलाई बलिदानका नाममा सडकमा पोखेर भजाउने काम गर्न संसदवाद अङ्गिकार गरिसकेका दलहरुबाट संभव थिएन । त्यसैले माओवादको खोलमा लुकाईएका दाहाल र भट्टराइलाई अगाडि सारेर हिंसाको योजना संगठित गर्नु नै उपयुक्त देख्यो । बडो सुझबुझका साथ गरिएको यस्तो छनौट नेपाललाई अन्त्यहीन अस्थिरतामा धकेलेर असफल राज्य बनाउने र यहाँको कमजोर भू–राजनीतिमा खुट्टा जमाएर चीन समेतलाई निशाना बनाउने यूरो–अमेरिकी तथा भारतीय सत्ताको साझा रणनीतिमा आधारित थियो भन्ने तथ्य दर्जनौं घटनाक्रमहरुले साफ पारिसकेका छन् । दाहाल–बाबुरामको प्रयोग मार्फत् साम्राज्यवाद विरुद्ध जन्मेको, हुर्केको, सफल भएको र विश्वभरी स्थापित भएको माओको विचारलाई बदनाम गर्न समेत साम्राज्यवादीहरु सफल भएका छन् ।

भरत दाहाल 

एक पटक इतिहास हेरौं
माओवादीले ‘क्रान्ति’का नाममा कसलाई चलाएको थियो ? त्यसले देशका धमिराका रुपमा रहेका माथिल्लो वर्गका तस्कर, काला बजारिया, विदेशी सुराकी, राजनीतिक तथा कर्मचारी वृत्तका भ्रष्टाचारी आदि कसैलाई पनि छोएन । केवल ५ प्रकारका श्रेणीहरु त्यसको शिकार भएका छन् । पहिलो हुन् सर्वसाधारण नागरिक र भारतको ‘मोष्ट वान्टेड’ सूचीमा रहेका मुश्लीम नेपालीहरु । दोश्रो हुन् देशका भौतिक संरचनाहरु । तेश्रो हुन् वैदिक धार्मिक÷सांस्कृतिक स्थलहरु । चौथो हुन् नेपाल पुनर्एकिकरणसँग सम्बन्धित संग्रहालयहरु र पाँचौं हुन् माओवादीभित्रकै सचेत युवाहरु । यी ५ श्रेणीहरुलाई छानीछानी मार्न वा ध्वंश गर्न भारतको उत्तराखण्डको चक्रातामा भारतीय सेनाबाट तालिम लिएको थियो र कांग्रेस, एमाले, सेना, प्रहरीका तल्लो दर्जाको निरपराध पंक्तिको घाँटी रेटेर भोज खाईरहँदा त्यसले तिनै मारिने जनताको नेतृत्व पंक्तिसँग सत्ता सौदाबाजीका लागि ‘सौहाद्र्रपूर्ण’ वार्ता गरिरहेको हुन्थ्यो । जसका विरुद्धमा युद्धको नाटक गरेको छ, त्यससँग कहिल्यै कुनै प्रकारको शत्रुता नदेखिएको र सर्वसाधारण जनता भेट्यो कि एउटा आरोपमा घाँटी रेट्ने यस्तो अपराधी जत्था विश्व इतिहासमैं भेटिन्न ।


अहिले फाष्ट ट्रयाक बेच्यो, बिस्तारै यसले कोशीको शिर चतरा बेच्छ, कर्णालीको चिसापानी बेच्छ र पूर्वी तथा पश्चिमका सबै पहाडी जिल्लाहरुलाई भारतीय उच्च बाँधको ताल बनाउँछ । संविधान संसोधनका बहानामा संसदमा भारतीय प्रस्ताव दर्ता गरेर तराइ टुक्य्राउने योजना बनाउँछ । पैसा नभएको नाटक गरेर चीनसँगका सम्झौताहरु कार्यान्वयनमा आलटाल गर्छ । सुरक्षा मामिलामा भारतीय पहुँच बढाउँछ र भारतीयहरुलाई नेपालीकरण गर्ने अभियानलाई तिब्र बनाउँछ ।

माओवादको खोलमा सजाईएको यो अराष्ट्रिय तत्वले हिजो जे गरेको थियो, अब पनि त्यहि गर्छ । हिजो यसलाई जे कामका लागि उठाईएको थियो, त्यसैकामका लागि सत्तामा पुर्याईएको छ । अहिले फाष्ट ट्रयाक बेच्यो, बिस्तारै यसले कोशीको शिर चतरा बेच्छ, कर्णालीको चिसापानी बेच्छ र पूर्वी तथा पश्चिमका सबै पहाडी जिल्लाहरुलाई भारतीय उच्च बाँधको ताल बनाउँछ । संविधान संसोधनका बहानामा संसदमा भारतीय प्रस्ताव दर्ता गरेर तराइ टुक्य्राउने योजना बनाउँछ । पैसा नभएको नाटक गरेर चीनसँगका सम्झौताहरु कार्यान्वयनमा आलटाल गर्छ । सुरक्षा मामिलामा भारतीय पहुँच बढाउँछ र भारतीयहरुलाई नेपालीकरण गर्ने अभियानलाई तिब्र बनाउँछ । जुन अपराधीले आफूलाई देशभन्दा माथि राखेर राजनीतिको आवरणमा जुवा खेल्छ, त्यो अपराधीले गर्ने कामहरु यीनै हुन् । ओली नेतृत्वको सरकारले भारतसँग सम्बन्ध बिगारेको ढोल बजाउने यो देशद्रोही जमात न तराइमा भारतीय बाँधको डुबानमा पर्ने नेपालीहरुका बारेमा बोल्नेछ न त कालापानी, सुस्ता लगायतका नेपाली जमिनका बारेमा । भारतीय नाकाबन्दीको सामना गर्नुलाई ‘सामन्ती राष्ट्रवाद’ भन्ने अराष्ट्रिय जत्थाबाट होसियार !

http://www.chakrapath.com बाट साभार 

No comments:

Post a Comment