– सावित्री सुबेदी
क्रान्तिकारी आन्दोलन र केन्द्रीय सदस्यताको रुपमा मलाई बारा जिल्लाबाट अगाडि बढाईसकेपछि मेरो पनि सामाजिक महत्वकांक्षा पूरा हुने सपना थियो तर विडम्बना व्यक्तिको निजि विचार,तर्क,चिन्तन र परिवेशलाई गलत ढङ्गबाट निलम्बन सम्म पुराएर साधारण सदस्य समेत नरहेको व्यक्तव्यबाजि पश्चात् त्यो संगठन प्रति मेरो नैतिक समर्थन रहने कुरा भएन ।
भनिन्छ, मस्तिष्कलाई बन्दी बनाउन सकिदैन तर साथीहरु व्यक्तिको निजी जीवनलाई कैदी बनाएर पितृसत्तात्मक राज्यको ध्वास देखाउन खोज्छन्। जो उनीहरुकै लागि आत्मघाती सावित हुनेछ।
म हिजो पनि स्वतन्त्र ढङ्गबाट आवाज बुलन्द गर्ने समाजिक अगुवा थिए र यात्रा निरन्तर चल्नेछन,त्यसमा पुर्णविराम लाग्दैन् ।
गौरवशाली पार्टीका अध्यक्ष कमरेड प्रचण्डज्युलाई केही सोध्न मन लागेको छ ।
-फरक विचार,फरक मतलाई स्वीकार्न नसकेर युद्कालमा बाबुरामलाई कार्वाही गरियो,अन्तत,आत्म आलोचना गर्न लगाएर कार्वाही फिर्ता गरियो,के यहि हो जनवादी केन्द्रीयता ? अधिनायकवादी र तानाशाहीको कुनै सीमा हुन्छ र? माओवादी भित्र व्यक्तीको स्वतन्त्रता नभएको भनी आजको यो कार्वाहीले पुष्टि गरेको छ।
-जातका नाममा आरक्षण,सेवा,सुविधा लिदाँ गर्व गर्ने अनि कसैले फलानो जाति भन्यो भन्दा रोई कराइ गरेर सर्वस्व नै गुम्यो भन्ने सोच्नु के उचित हो? आफ्नो जाती आफ्नो गर्व हो।
-आजसम्म ब्राह्मणलाई टपरे,चुच्चे,काट्टे,ढोगी भन्दा ब्राह्मणले आपत्ति जनाएका छैनन् त ? माओवादीले जातीवादी आन्दोलनलाई बढवा दिदाँ धुलो चाटेको ईतिहास नबिर्सदा राम्रो हुन्छ। सक्षम र सबल व्यक्तिलाई निस्तेज पार्ने माओवादी कार्यशैली नै हो।माओवादीले गलत ढङ्गबाट स्थापित गरेको आलोक प्रवृत्ति माथि सुक्ष्म अध्ययन गर्नु भयो भने सत्यता त्यहीँबाट प्रकाश हुन्छ।
-एउटा संगठनमा एउटा सदस्यको मन लाग्दा टीका लगाएर नियुक्ति गर्यो,चित्त नबुझ्दा आफ्नै ढङ्गबाट विना स्पष्टीकरण,विना नियम र पद्धति आउट गरिन्छ ,के त्यो संगठन हो ? के त्यसलाई संगठनको रुपमा परिभाषित गर्न मिल्छ ?
-भजन गाउने ओठभन्दा कर्म गर्ने हातहरु महान् हुन्छन्ूम निम्न वर्गीय गरीब किसानकी छोरी मिहेनत र संघर्ष मेरो जीवन हो,मैले कुनै नेताको साथमा बैशाखी बनेर भजन गाउन सकिन्।दुधलाई दूध र पानीलाई पानी भने जुन कलियुगका दानवहरुलाई पच्ने कुरा भएन।
http://www.news24nepal.tv बाट साभार
No comments:
Post a Comment