Tuesday, May 26, 2015

एमालेका रजौटाहरू श्री ३ भन्दा क्रुर – कमल कोइराला



दीपकचन्द्र अमात्यभन्दा अघि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री भीमप्रसाद आचार्य नवौं महाधिवेशनद्वारा प्रतिनिधिहरूको मतदानका आधारमा निर्वाचित पार्टी सचिव थिए । तर, उनी बडो बेइज्जतीपूर्ण राणाकालीन पजनीलाई पनि माथ गर्नेगरी खोसुवा गरिए । उनीसंँग राजीनामा माग्नेसम्मको न्यूनतम शिष्टाचार प्रदर्शन गर्न एमाले नेतृत्वले आवश्यक ठानेन । उनलाई थाहै समेत नदिई खोसुवा गरियो ।
क्याबिनेट सिस्टम भएको देशहरूको शासन शिष्टाचार बमोजिम प्रधानमन्त्रीले मन्त्रीसँग राजीनामा माग्दछन् र नदिए मात्र हटाउँछन् । तर, नेपालमा न त आज प्रजातन्त्र छ, न त संसदीय पद्धति छ, न त क्याबिनेट सिस्टम नै छ । अहिलेका छोटे राजा–रजौटा नेताहरूमा प्रजातान्त्रिक संस्कार र संस्कृतिको न्यूनतम मानसिकता पनि देखिंदैन । प्रधानमन्त्री सुशील कोइरालाले पनि एमालेका नेताझैं प्रजातान्त्रिक संस्कारविहीनताको प्रदर्शन गरे । एमालेका नेताले आफू सरहका नेतृत्वदायी निकायका ठूला नेताहरूलाई स्थायी कमिटी सदस्यहरूलाई र अस्थायी कमिटीका सदस्यहरूलाई समेत सुइँको नदिई मध्ययुगीन राणाकालीन पजनी झैं उछिन्दै निर्वाचित पार्टी सचिवलाई खोसुवा गर्दै आफ्ना निजी सचिवलाई मन्त्री बनाइदिए । सर्वाेच्च स्थायी कमिटीका नेताहरूले पनि शक्तिहीन निरीह झैं यो सबै हेरेर, सहेर केही नबोली मौन रहे ।


तर, दीपकचन्द्र अमात्य पार्टी सचिव नभएर कुनै बखतका व्यक्तिगत बफादार निजी सचिव भएकाले होला नेताले राजीनामा गर्नेसम्मको इज्जत उनका ‘प्रभु’बाट बकस भएछ । राणाकालमा खोसुवा हुनेलाई बकाइदा पूर्जी पठाएर श्री ३ महाराजपछिका दोस्रो नम्बरवालाले सही गरेर पूर्वसूचना दिँदै लेखेर पठाउँदथे कि ‘फलानो बर्षको पजनीमा तिमी नआउनु ।’ तर, वर्तमान नेपालका राजा–रजौटाहरूले राणाकालीन हुकुमी शासनको जतिपनि सामन्ती शिष्टता प्रदर्शन गर्न छाडिसकेको उदाहरण नेपालका जनताले सभ्य संसारको एक्काइसौं शताब्दीको १५ औं बर्षमा पनि टुलुटुलु हेर्नु परिराखेको छ । बौद्धिकता पनि ठूलो अंशमा दलगत र गुटगत नेताहरूको घुमाइफिराई पक्षधरता प्रदर्शन गर्दै बसेको छ । सीमित मात्रामा केही पत्रकारहरू मात्र स्वतन्त्रताका साथ कलम चलाइरहेका पाइन्छन् । कुनै बखत जनवाद नामक कुनै चरा थियो कम्युनिष्ट पार्टीमा । केन्द्रीय कमिटी पूर्ण तथा निर्वाचित हुन्थ्यो तथा दुई महाधिवेशन माझ सर्वाेच्च निकाय मानिन्थ्यो । यसले मन्त्रीहरू र प्रधानमन्त्री चुन्दथ्यो र कुनै अभियोग भए कुनै पनि पार्टी नेतामाथि कारबाही राख्ने अधिकार राख्दथ्यो । तर, आज जनवाद विसर्जन गरी नेताको राजा–रजौटे व्यक्तिवाद कायम गरिएको छ । केन्द्रीय कमिटी श्री ३ महाराज मोहन शमशेरको भारदारीभन्दा पनि तल्लो स्तरमा पुर्‍याइएको छ । महाराजा त्रिभुवनलाई हटाउँदा र ज्ञानेन्द्रलाई श्री ५ बनाउँदा सबै भारदारहरूको पूर्वस्वीकृतिको सही गराइएको थियो । तर, अब पजनी खोसुवा र व्यक्तिगत तजबिजी नियुक्तिको सुँइको समेत केन्द्रीय कमिटी त के स्थायी समितिलाई समेत दिइन छाडिएको छ ।


दीपकचन्द्र अमात्यको राजीनामा पत्रको बारेमा मैले अखबारहरूमा पढें, पार्टी सचिव र प्रचार विभाग प्रमुख स्थायी समिति सदस्य योगेश भट्टराई भन्दछन्–‘किन हटाउनु परेको हो । कसरी हटाउनुपर्ने परिस्थिति आयो, के कारणले हटाइयो, पार्टीमा सल्लाह भएको पनि छैन र मलाई कारण थाहा पनि छैन ।’ २०७२ जेठ ९ गते शनिबारको नयाँ पत्रिका भन्दछ–‘भूकम्पका बेला अन्तर्राष्ट्रिय विमानस्थल र अन्य विमानस्थल भारतीय सेनाले कब्जा जमाएर परिचालनको विषयमा सरकारको आलोचना भएको थियो ।’ मैले दीपकचन्द्र अमात्यको राजीनामा पत्रका अंशहरू अरु दैनिकमा पनि पढें । अर्को एक दैनिकमा पत्रकार दुर्गा खनाल र सुरज कुँवरको संवाद भन्छ–‘कार्यक्षमता नेता र शक्तिकेन्द्रका स्वार्थअनुसार नचलेको लगायत कारण उनको राजीनामासँग जोडिएका छन् । उनले विषम स्थितिमा नेपालको संविधान, कानून तथा देशको स्वाधीनता र स्वाभिमानमा समेत कतै आँच नपुगोस् भन्ने निस्वार्थ इमान्दार प्रयास गर्दागर्दै त्यस अनुसार काम गर्ने अवस्था नरहेकोले राजीनामा दिएको उल्लेख गरेका छन् ।’

अमात्यले राजीनामा पत्रमा लेखेका शब्दहरू ‘तर जनता देश र लोकतान्त्रिक मान्यताको उक्त उद्देश्य तथा आदर्श अनुरुप अघि बढ्न सकिने परिस्थिति नदेखिदा मन्त्रिपरिषद्मा रहिरहन उचित नलागेकाले आजैका मितिदेखि लागु हुनेगरी राजीनामा दिएको छु’ । मलाई लाग्दछ दीपकचन्द्र अमात्यले सही लेखेर राजीनामा दिए र राम्रो गरे । नेपालका जनताले भूकम्पको दिनदेखि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका प्रधानमन्त्री र मन्त्रीहरूलाई समेत निरीह पार्दै अरुहरूकै हालीमुहाली चलेको तथ्य विभिन्न संचार माध्यमहरूबाटै प्रकट भएकै छ ।


साँघु साप्ताहिक, ११ जेष्ठ २०७२ 

प्रगतिशील लेखक सङ्घका केन्द्रीय सदस्य अशोक सुवेदी चोरीको अभियोगमा लेखक सङ्घबाट निलम्बित
















===========================================================


अशोक सुवेदीलाई साहित्यिक चोरीको आरोप

अन्नपूर्ण पोष्ट दैनिक सम्बद्ध पत्रकार अशोक सुवेदीलाई साहित्यिक चोरीको आरोप लागेको छ । प्रगतिवादी समालोचक प्रा. राजेन्द्र सुवेदी पनि चोरीलाई संरक्षण तथा प्रोत्साहनको आरोपमा मुछिएका छन् । वैशाख १५ गते पर्यटन बोर्डमा आयोजित एक कार्यक्रममा वरिष्ठ साहित्यकार कमल दीक्षितले सुवेदी द्धयमाथि यस्तो आरोप लगाएका हुन् ।
ऐतिहासिक मकै पर्वका नायक सुब्बा कृष्णलाल अधिकारीका सालासमेत रहेका कवि साम्बभक्त सुवेदी ‘मुरारि’ को ‘सुवेदी वंशावली’ नामक कृति चोरी गरेर अशोक सुवेदीले ‘सुवेदीका पुख्र्यौँली’ शीर्षक राखेर आफ्ना पिता हितप्रसाद सुवेदीका नाममा छपाएको आरोप लागेको छ । अशोक सुवेदी सम्पादित पुस्तकको भूमिका लेखेर प्रा. राजेन्द्र सुवेदीले अपराधलाई प्रोत्साहन गरेको चर्चा साहित्य वृत्तमा चल्ने गरेको भए पनि यसरी खुलेर आरोप लगाइएको यो पहिलोपटक हो । कार्यक्रममा वितरण गरिएको पुस्तक ‘साम्बभक्त सुवेदीः सृजना र सम्झना’ नामक कृतिका सम्पादक रोचक घिमिरेले त पुस्तकको आफ्नो सम्पादकीयमा फोनमार्फत् जानकारी गराउँदासमेत सुवेदी द्धयले अटेर गरी पटकपटक ती सामाग्री छाप्ने काम गरेको आरोप लगाएका छन् । कार्यक्रम स्थलमा रहेका अशोक सुवेदीलाई चोरीको वातमा मुद्दा हाल्नुपर्ने दिक्षितले बताएपछि उनी लुसुक्क बाहिरिएका थिए ।
राष्ट्रकवि माधव घिमिरेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रा.डा. मोहनहिमांशु थापा, स्रष्टाहरु जगदिश घिमिरे, मोदनाथ प्रश्रति आदिले कविको व्यक्तित्व र उनका कृतिका बारेमा चर्चा गरेका थिए । कार्यक्रम समालोचक डा. तारानाथ शर्माको सभापतित्वमा भएको थियो ।
कवि शाम्बभक्त पन्चायतकालका नेता तथा मन्त्री नवराज सुवेदीका पिता हुन् । पिताको मृत्युको समयमा पुस्तक छाप्छु भनी दिएको वचन तीस वर्षपछि पूरा गर्न पाएकोमा सुवेदीले गर्व गरेका थिए भने केही वक्ताले यति ढीलो गरेकोमा उनको खुलेरै खिसी उडाएका थिए । जानकारहरुका अनुसार पंण्डित र गुरुका रुपमा रामेछापमा असाध्यै लोकपि्रय रहेका पितालाई नवराजले चुनाव जित्ने हतियारको रुपम प्रयोग गर्थे र चुनाव जिते लगत्तै बाचा बिर्सन्थे । जसका कारण साम्बभक्तले नवराजलाई ‘कुपुत्र’को उपमा दिएका थिए ।
सायद त्यही भएर आफ्ना रचना संरक्षण र प्रकाशनको जिम्मा २०३८ सालमा मृत्यु हुनु एक महिनाअघि साथीका छोरा रोचक घिमिरेलाई जिम्मा लगाएका थिए ।

==========================================================

साहित्यमा चोरेर स्रष्टा बन्नेको चर्तिकला 


maniraj-pustak
नेपाली साहित्यिक बृत्तमा बेलाबेलामा कुनै न कुनै किसिमका हल्लाहरु आउँछन् । कुनै हल्ला आउछन् र जान्छन् । कुनै हल्लाले निकै लामो समयसम्म साहित्यिक स्तम्भलाई हल्लाउछन् । कवि श्रवण मुकारुङ कांग्रेस पार्टीमा प्रवेश गरेपछि विभिन्न टीका टिप्पणीको ओइरो दैनिक पत्रिकाहरु देखियो । २०७० असारको मधुपर्कमा कवि अमर गिरीको ‘चटामरी’ पढेपछि राजु उप्रेतीले पाठक प्रतिक्रिया छपाए । ‘चटामरी’ गिरीको कविता हिन्दीका प्रगतिशिल कवि आलोक धन्वाको चर्चित कविता ‘किसने बचाया मेरी आत्माको’ ठाडो नक्कल हो भन्ने दाबी गरे । ‘चोरीको श्रेणीमा राख्दा कुनै आपत्ति ठहर्ने देखिदैन’ पनि भने ।

कवितामा प्रयोग भएको ‘चटामरी’ र ‘आलु’ एकै अर्थ र भावमा भएकोले नक्कल भएको कुरा उठ्यो । हालै नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित ‘कविता’ अंक ९५ मा ‘चन्द्रमा’ शिर्षकको कविता टहल दाहाल ‘नवकिरण’ ले कवि मणिराज सिंहको कविता हुबहु नक्कलगरि छापेको कुरा प्रमाणसहित बजारमा आयो । मिर्मिरे मिडिया क्लबको कवि गोष्ठीमा उक्त निन्दनीय कार्यको चौतर्फी विरोध समेत भएको थियो । प्रमुख अतिथी प्राज्ञ बूँद राणाले भने, ‘यो कुरा प्रज्ञामा ‘कविता’ सम्पादन मण्डलमा कुरा राख्छु ।’ उनले भने, ‘कविताले यसबारे सच्याउनुपर्छ ।’ अर्का कवि एवं समालोचक रामप्रसाद ज्ञावलीले सबै कविको कविता सबैले पढेको हुदैन अब आउने ‘कविता’मा प्रज्ञाले ‘चन्द्रमा’ कविताबारे सम्बोधन गर्नैपर्छ भन्नुभयो, ‘अब के हुन्छ ? चोर पक्रिएको छ । चोर काल्पनिक नाम होइन । कविता नलेख्ने पनि होइन । कवि मणिराज सिंहकै ज्योति प्रतिष्ठान र अन्य कार्यक्रममा कविता पढेर हिँड्ने व्यक्ति हो ।’ ‘मैले के गरेको भने’ उसले ‘उस्तै रहेछ र ?’ भन्यो र फोन काटिदियो पछि फोन गर्दा सम्पर्क हुन सकेन भन्ने जवाफ मोबाइलले दियो ।
मणिराजको कथन थियो । अब त कविताको लाइनका लाइन चोरी हुन थालेको छ । यस्तो चोरीलाई दण्ड सजाय कस्ले तोक्ने ? प्रज्ञाले अब के गर्छ ? हेर्न बाँकी छ । टहल दाहाल ‘नवकिरण’ले एक दुई शब्द झिक्ने र थप्ने बाहेक नयाँ काम केहि भएको छैन । साहित्यमा बेलाबेलामा नयाँ प्रयोग र वादहरु भित्रिने गरेका छन् । यो कस्तो प्रयोग र बाद हो जसले ठाडै नक्कल मात्रै होइन चोरी नै गरेका छन् । यहाँ राजु उप्रेती र अमर गिरीको विषय भन्दा फरक कुरा उठेको छ । पहिला पहिला नेपाली साहित्यमा रसियाको लेख रचना चोरी भएका कुरा चर्चामा हुन्थ्यो । पे्रमचन्दका काहनीबाट मुल चुरो र कुरो टिपिएको चर्चा हुन्थ्यो । यस पटक भएको यो चोरीले साहित्यीक क्षेत्रमा ठूलै भूइचालो गएको छ ।

मुरारि सिग्देलबाट

http://onlinepatrika.com बाट साभार 

Sunday, May 24, 2015

दरबार हत्याकाण्डको रहस्य बल्ल खुल्यो… सबैभन्दा पहिले मारिएका थिए ‘दीपेन्द्र’

birendra king madan


अज्ञात व्यक्तिले गोली चलाएर वीरेन्द्रको वंशनाश गरेको दाबी गरेका छन् । १९ जेठ २०५८ मा नारायणहिटीको त्रिभुवन सदन (घटनास्थल) मा ड्युटीमा रहेका तत्कालीन सैनिक हवल्दार लालबहादुर लम्तेरी मगरका अनुसार हत्याराले पहिलो गोली नै दीपेन्द्रलाई हानेको थियो ।
दरबार हत्याकान्डको तीन महिनापछि हत्याको अभियोगमा मुद्दा चलेर अहिले नख्खु कारागारमा रहेका लम्तेरी मगरले गत साता नयाँ पत्रिकासित लामो कुराकानी गरे । उनले यतिसम्म भने, ‘दीपेन्द्रको ढाडमा ६ राउन्ड र बायाँ कन्चटमा एउटा ब्रस्ट फायर भएको हो ।’




हरेक महिनाको अन्तिम शुक्रबार ‘गुड फ्राइडे’ मनाउने क्रममा त्यस रात (१९ जेठ २०५८) भोजमा सरिक तत्कालीन राजा वीरेन्द्रसहित उनको परिवारका पाँचैजना र नातेदारको पनि हत्या भएको थियो । सरकारले पहिले स्वचालित हतियार पड्किएको बताएको थियो भने पछि दीपेन्द्रले गोली चलाएर आफ्नै बाबु, आमा, भाइ र बहिनी मारेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
दीपेन्द्रले गोली चलाएका होइनन्, षड्यन्त्रपूर्वक वंश नै नाश गरेर दीपेन्द्रलाई दोषी बनाइएको हो भन्ने चर्चा जनमानसमा भए पनि घटनाका कुनै पनि प्रत्यक्षदर्शीले दीपेन्द्र हत्यारा होइनन् भनेर बयान दिएका थिएनन् । ‘दीपेन्द्रले होइन, नकाव लगाएर उनको जस्तै अनुहार बनाएको हतियारधारीले’ गोली चलाएको थियो भन्ने लम्तेरी घटनाको पहिलो ‘प्रत्यक्षदर्शी’ हुन् । उनका अनुसार नकावधारी तत्कालीन शाहजादा पारस शाहसँगै भित्र आएका थिए । ‘भोज चलिरहेको बेला पारस गाडीमा बाहिरए,’ लम्तेरीले भने, ‘केहीबरेपछि त्यही गाडीमा दीपेन्द्रको मुखुन्डोधारी भित्र आएको हो ।’
लम्तेरीले घटना हुँदा दीपेन्द्र आफ्नै खोपीमा रहेको पनि बताए । ‘मलाई नै थाहा छ- दीपेन्द्र सरकार नसा लागेर खोपीमा सुतेका थिए, नकावधारीले पहिलो गोली त्यहीँ चलाएका हुन्, त्यसपछि चारैतिरबाट गोली चल्यो, मचाहिँ केराघारीमा ल्यान्ड पोजिसनमा बसेर बचेँ ।’
लम्तेरी मगरका अनुसार दीपेन्द्र आफ्नै खोपीमा मरेका हुन् । ‘दुईजना एडिसीले लास उठाएर सैनिक प्रहरीको गाडीमा छाउनी पुर्‍याएका हुन् । दीपेन्द्र त्यतिबेलै मरिसकेका थिए,’ उनले भने ।
वीरेन्द्र र नीराजनको लास आफूले पनि उठाएको उनले बताए । ‘मैले पनि वीरेन्द्र र नीराजन सरकारको लास उठाएको हुँ,’ उनले भने, ‘वीरेन्द्र सरकारको लास लिएर सैनिक अस्पताल जानेमा म पनि थिएँ । सैनिक प्रहरीको गाडीमा म पछाडि बसेको थिएँ । बाटोमा वीरेन्द्रले सानो स्वरमा दुख्यो, दुख्यो भनेको मैले सुनेको हुँ । अस्पताल पुगेपछि के भयो थाहा छैन ।’
गोलीको वषर्ात्पछि सन्नाटा छाएको घटनास्थलमा पारस खालीखुट्टामै आएको उनले बताए । ‘ल अब हस्पिटल लैजानुपर्‍यो भनेका थिए पारसले,’ लम्तेरीले भने, ‘पारस र उनका परिवारलाई केही पनि भएको थिएन ।’
खोपीमा सुतेका दीपेन्द्र त्यहीँ मारिएको देखेका लम्तेरीले पछि दीपेन्द्र नै हत्यारा हुन् भन्दै प्रतिवेदन आएपछि आश्चर्यमा परेको बताए । दीपेन्द्र निर्दोष हुन् भन्दै उनले दरबारमा बिन्तीपत्र पनि हालेका थिए । ‘घटनाको साता दिनभित्रै जेठ २५ गते मसहित लेसनायक नरेन्द्र थापामगर, हवल्दार शिव कुँवर, नायक गुणबहादुर पुन र एउटा सिपाही भएर दरबारको प्रमुख सचिवालयमा बिन्तीपत्र हाल्यौं,’ लम्तेरीले भने, ‘हामीले बेनामी बिन्तीपत्रमा दीपेन्द्रबाट घटना भएको होइन, यसको निष्पक्ष छानबिन होस् भन्यौं ।’
आफ्नो अभिभावकजस्तो मान्छे दीपेन्द्र मारिएपछि ‘त्यतिसम्मको दुस्साहस’ गरेको उनले बताए । तर ‘कतैबाट पोल खुलेपछि २९ जेठमै आफ्नै हाकिमहरूद्वारा समातिएको’ उनले बताए । ‘पहिले दरबारमा आतंक मच्चाएको भन्दै समातियो, पछि एउटा होटलमालिकलाई मारेको भन्ने झुटो केस चलाएर मुद्दा हालियो ।’
आफू कलाकार पनि भएकोले दीपेन्द्रको प्यारो मान्छे भएको दाबी गर्दै उनले भने, ‘म सांगीतिक क्षेत्रको मान्छे, बाजा बजाउन, नाच्न, गाउन र खेल खेल्न सधैं अघि सर्थें, त्यसैले पनि दीपेन्द्र सरकारका लागि म निकै प्यारो मान्छे थिएँ ।’
उनले दीपेन्द्रलाई मुड भएको बेला खोपीमै गएर गीत गाउने गरेको पनि बताए । ‘गीत सुन्नुपर्‍यो भने त्यो डल्लुलाई बोलाऊ भन्ने हुकुम हुन्थ्यो । म खोपीमै जान्थें । गीत सुनाएर खुसी पार्थें,’ उनले भने ।
उनका अनुसार संगीतकार प्रवीण गुरुङलाई गाडीले किचेर मारेको आरोपमा तत्कालीन राजा वीरेन्द्रले पारसलाई कारबाही गर्न खोजेका थिए । ‘तर पारसको चुनौतीका कारण उनी (वीरेन्द्र) पछि हटे,’ उनले भने । लम्तेरी मगरका अनुसार प्रवीण गुरुङ मारिनुअघि श्रुतिले चलाएको कारको ठक्करले दरबारभित्रै तनहुँ घर भएका पुरानो गोरखगणका सिपाही मारिएका थिए । ‘ऊ ड्युटीमै उभिएको बेला गाडीको ठक्करले मर्‍यो । पछि बाहिर तालिमका बेला एम्बुसमा परेर मारियो भनेर परिवारलाई क्षतिपूर्ति दिइयो ।’ पारसले आफूलाई भन्दा अघि श्रुतिलाई कारबाही गर्न वीरेन्द्रलाई चुनौती दिएपछि वीरेन्द्र मत्थर भएको लम्तेरीले बताए ।

दरबार हत्याकान्ड दीपेन्द्रले नगराएको भन्ने बिन्तीपत्र लेखेको चार दिनमा पक्राउ गरिएका लालबहादुर सोह्रखुट्टेस्थित आरामदायी लजका मालिक उत्तमराज पाण्डेको हत्या अभियोगमा जेल परेका हुन् । उनी जन्मकैदको सजाय नख्खु जेलमा बसेर भोगिरहेका छन् । ‘म निर्दोष छु,’ उनले भने, ‘मलाई जेल हाल्ने कुनै आधार थिएन, तर म गरिबको छोरोलाई कानुनले पत्याएन ।’
उनको मुद्दा हेरेका अधिवक्ता भूमिनन्द चुँडालले पनि लम्तेरी निर्दोष रहेको जिकिर गरे । ‘लालबहादुरलाई जेल हाल्नुपर्ने कुनै आधार छैन,’ उनले नयाँ पत्रिकासँग भने, ‘उनलाई हत्याको अभियोग लगाइएको छ, तर त्यसको कुनै पनि प्रमाण छैन । ऊ सफाइ पाउनुपर्ने मान्छे हो ।’
नख्खु कारागारका जेलर चन्द्रप्रसाद देवकोटाले लालबहादुर कर्तव्य ज्यान मुद्दामा जेलमा रहेको बताए । देवकोटाका अनुसार उनी २ भदौ २०५८ देखि जेल छन् । जेलको रेकर्डअनुसार लम्तेरी पुरानो गोरखगणका सैनिक हुन् । लालबहादुरले आफूलाई सैनिक प्रहरीबाट नक्कली कागजात बनाएर पुरानो गोरखगणमा सरुवा मात्र होइन, घटुवा गरेर जेलमा हालिएका बताए ।


लम्तेरीको बयान
म लालबहादुर लम्तेरी मगर, घर पाल्पाको ठिमुरे हो । २०४९ सालमा सेनामा भर्ती भएर दरबारको सैनिक प्रहरीमा काम गर्न थालेको हुँ ।
म खेलाडी पनि थिएँ, गीत-संगीतमा त च्याम्पियन । ‘रोयल फेमिली’सँग एकदमै नजिक । दीपेन्द्र सरकारले मलाई यति माया गर्ने कि म कसरी भनौं ! कतिसम्म भने मेरी श्रीमती डेलिभरी हुँदा दीपेन्द्रबाट १० हजार रुपैयाँ बक्सिस प्रदान भएको थियो ।
दरबारमा काम गर्दा त मोजमस्ती थियो, खर्चको अभाव हुँदैनथ्यो । केही पर्‍यो भने पैसा पाइहाल्थें । दीपेन्द्र सरकारले त मलाई खोपीमै बोलाएर बाजा बजाउन लगाउने, पैसा दिने, बडो माया गर्ने ।
जागिर खाएको नौ वर्षमा मेरो जीवनमा ठूलो चोट पर्‍यो, मैले अनाहकमा दुःख पाएँ । महिनाको अन्तिम शुक्रबार शाही परिवारले जलपान गरेर ‘गुड प|mाइडे’ मनाउने चलन थियो । १९ जेठ २०५८ मा पनि जलपान आयोजना भयो दरबारमा । त्यो दिन म पनि बाहिरी ड्युटीमा थिएँ । दौरा, सुरुवाल, कोट र कालो टोपी लगाएर पेस्तोल भिरेर म ड्युटी गरिरहेको थिएँ । त्यतिबेला मलाई याद छ- नेपाल टेलिभिजनमा सन्तोष पन्तको ‘हिजो आजका कुरा’ कार्यक्रम आउँथ्यो ।
अबेरसम्म जलपान भइरहेको थियो । त्यहीबीचमा पारस गाडीमा बाहिरिए । एकैछिनपछि उनको गाडीमा केही मान्छे भित्र छिरे, पारस पनि छिरे । यो दृश्य त्रिभुवन सदनमा गार्ड बस्ने अरू सैनिकले पनि देखेका छन् । त्यसपछि फायरिङको आवाज आयो ।
दीपेन्द्र सरकार नसाले लठ्ठ भएर आफ्नै खोपीमा सुतेको मलाई पनि थाहा छ । भित्र जान हामीलाई अनुमति थिएन । आदेशबिना दायाँबायाँ गर्न पनि नपाइने । दरबारको ड्युटी फेरि निकै कडा हुन्छ क्या ! मैले थाहा पाएँ, पहिलो फायर दीपेन्द्र सरकारको खोपीमा भयो । त्यहाँ सात फायर भएपछि त जलपान भएको ठाउँमा एकैचोटि गोली चल्यो । बाहिर पनि । दीपेन्द्रको मुखुन्डो लाएको हतियारधारीले गोली चलायो । वीरेन्द्रका परिवारलाई ताकी-ताकी हान्यो उसले । दीपेन्द्रलाई त ब्रस्ट फायर भयो । बाहिरसमेत गोली चलेपछि ज्यान जोगाउन मुस्किल भो । म त्रिभुवन सदनअगाडि बगैंचामा लुकें ।
गोली रोकिएपछि पारस खालीखुट्टा आइपुगे, खुट्टामा जुत्ता, चप्पल केही थिएन । उनले आउनेबित्तिकै भने- ल भाइ हो, हस्पिटल लानुपर्छ । त्यसपछि घाइते र लास उठाउन थालियो । म पनि लास उठाउन गएको थिएँ । मैले वीरेन्द्र सरकार र नीराजनलाई उठाएँ । ऐश्वर्यको चिउँडो छेडेर गोली चलेको रहेछ । चिउँडो त पंखामा झुन्डिएको रहेछ ।
अस्पताल जाँदासम्म सास भएको अवस्थामा वीरेन्द्र सरकार र श्रुति थिए । धीरेन्द्रको बारेमा मलाई थाहा भएन । वीरेन्द्रको मृत्यु भइसकेको थिएन । वीरेन्द्रलाई हालिएको सैनिक प्रहरीको गाडीमा पछाडि बसेर म पनि छाउनी अस्पताल गएको थिएँ । म सम्झिन्छु, अस्पताल पुग्ने बेलासम्म वीरेन्द्र दुख्यो, दुख्यो भनेर सानो स्वरमा भनिरहेका थिए ।
सैनिक अस्पताल पुर्‍याइए पनि वीरेन्द्र सरकारलाई तत्कालै उपचार गरिएन, ऐश्वर्यको मुख नभएकोले प्लास्टिक सर्जरी भयो । हामीले धेरै हेर्न पाएनौं । हामी त हाकिमको आदेशअनुसार अस्पतालबाट फक्र्यौं । त्यसपछि के गरियो थाहा भएन ।
मैले आफैं देखेको, दीपेन्द्रको पहिले नै हत्या भइसकेको थियो । तर, दीपेन्द्रलाई दोषी बनाएपछि मेरो मन धेरै रोयो । म र साथीहरूले जेठ २५ गते १२ बजेतिर बिन्तीपत्र तयार गर्‍यौं र ४ बजेतिर प्रमुख सचिवालयमा दर्ता गर्‍यौं । सायद हाम्रो रेकर्ड सचिवालयमा होला अहिले पनि । बिन्तीपत्र हाल्नेमा म अगुवा थिएँ । बिन्तीपत्र दिनेमा लेसनायक नरेन्द्र थापामगर, हवल्दार शिव कुँवर, नायक गुणबहादुर पुन र अर्का एक सिपाही थियौं ।
हामीले बिन्तीपत्र दिएपछि त त्यहाँ हलचल भएछ । हामीले भनेका थियौं- दरबार हत्याकान्डमा युवराज दीपेन्द्र सरकार दोषी होइनन् । पहिलो फायर नै उनीमाथि भएको हो । त्यसकारण निष्पक्ष छानबिन होस् ।
बिन्तीपत्र हालेको चार दिनमा दरबारमा आतंक मच्चाएको भन्दै मलाई पक्राउ गरियो । २९ जेठमा ड्युटी सकेर खाना खाएर कोठामा पल्टिन लाग्दा निर्मल निवास (सदन- हाम्रो भाषामा) को फौज आएर मलाई समात्यो ।
मलाई आँखामा कालोपट्टी बाँधेर क्वार्टर गार्डमा (हिरासतमा) राखियो । जबकि मेरो दोष केही पनि थिएन । आँखामा पट्टी बाँधेर नेपाली कागजहरूमा ल्याप्चे लगाउन लगाइयो ।
एक सातापछि मलाई हनुमानढोकामा लगेर बुझाइयो । त्यसपछि मलाई एक महिनाजति झुलाइयो । कहिले सैनिक हेडक्वार्टर, कहिले प्रहरी हेडक्वार्टर, कहिले कता लगेर एक महिना झुलाइयो ।
दरबारभित्रको सैनिक हिरासतमा रहँदा मलाई ल्याप्चे लगाउन लगाइयो । पछि थाहा भयो, मलाई पुरानो गोरखगणमा सरुवा गरेर सिपाहीमा घटुवा गरेको कागज बनाइएछ । र, सैनिक प्रहरीमा रहेको मेरो कागजात सबै खतम पारिएछ । एक महिनाअघि समातेर मलाई एक महिनापछि भएको घटनामा फसाइयो ।
२ साउन २०५८ मा सोह्रखुट्टेको आरामदायी लजका मालिक उत्तमराज पाण्डेको हत्या भएको रहेछ । मैले जेलमा बसेपछि सुनेअनुसार दरबारका एक क्याप्टेनले पाण्डेलाई गोली ठोकेर मारेका रहेछन् । पाण्डे नवलपरासीका रहेछन् भन्ने मलाई फसाइएको नक्कली कागज हेरेर थाहा पाएँ । तर, कुन केसमा पाण्डेलाई किन मारियो भन्ने मलाई केही थाहा थिएन किनकि म त एक महिनाअघि नै पक्राउ परिसकेको थिएँ ।
मलाई ५ भदौ २०५८ मा पुर्पक्षका लागि भनेर जेल हालियो । जेलमा बसेर मुद्दा लडें । सुरुमा वकिल भूमिनन्द चुँडाल र पछि तारा खनालको सहयोग लिएँ । १३ फागुन २०६० मा काठमाडौं जिल्ला अदालतले मलाई दोषी ठहर गर्‍यो । र, म जेल परें ।
म हिरासतमा बस्दा शाही रक्षक बाहिनीका बाहिनीपति सुदर्शन खड्का, पारसका हितैषी अनुप सिंह मलाई भेट्न आइरहन्थे । उनीहरू भन्थे- दरबार तिमीप्रति पोजिटिभ छ । हामी छुटाउन पहल गरिरहेका छौँ ।
तर, दरबारले मेरो जिन्दगी बर्बाद बनाइदियो । बिन्तीपत्र हाल्ने मेरा साथीहरूलाई पनि समातियो भन्ने थाहा पाएँ, तर उनीहरू अहिले मरे-बाँचेको मलाई थाहा छैन ।
यो पनि लेखिदिनुस्- दरबार हत्याकान्डमा सैनिकहरू पनि मारिएका छन् । मलाई यकिन विवरण त छैन, तर छानबिन गरे थाहा हुन्छ । मारिएका परिवारलाई अरू केही वहानामा क्षतिपूर्ति दिइएको हुन सक्छ, तर हत्याकान्डमा सैनिक मारिएका छन् । सत्यतथ्य खोजी गर्ने हो भने पारसलाई समातेर बयान लिनुपर्छ । सबै कुरा थाहा हुन्छ । सरकारले चाहने हो भने दरबार हत्याकान्डको बारेमा निष्पक्ष छानबिन गर्न अझै पनि सक्छ

http://ictonlinekhabar.com बाट साभार 

नेपाल–भारतः हिन्दु सांस्कृतिक परम्पराका उद्गमस्थल- दीर्घराज प्रसाई।

नेपाल–भारतः हिन्दु सांस्कृतिक परम्पराका उद्गमस्थल
दीर्घराज प्रसाई
 पूर्वमा ब्रम्हपुत्र पश्चिममा हिन्दुकुश, उत्तरमा कैलाश–मानसरोवर र दक्षिणमा गंगासम्मको भूभागलाई नैं ‘हिमवत्खण्ड’ र गंगादेखि हिन्दमहासागरसम्मको भूभागलाई भारतखण्ड भनिन्छ। संसारमा हिन्दुअस्मिता बोकेका राष्ट्रहरुमा खासगरेर ‘हिमवतखण्ड नेपाल’ र ‘भारतखण्ड’ हुन्। यी दुबै राष्ट्रबाट विश्वभर हिन्दु–दर्शन, संस्कृति र सभ्यताको विस्तार भएको हो। प्राचीन समयदेखि हिमवतखण्ड नेपाल तथा भारतको सभ्यतालाई विश्वले ठूलो महत्व राख्दै आएको छ। हिमवतखण्ड नेपाल तथा भारत बिचमा युगौंयुगदेखि गहन तादाम्यता कायम छ। इतिहासविद् योगी नरहरिनाथले उल्लेख गर्नु भएकोछ– ‘कैलास–मानसरोवरदेखि हिन्दमहासागरसम्म जसको राज्य र घर छ त्यो हिन्दु हो।’ वैदिक हिन्दु नीति र सिद्धान्तलाई विश्वका अनेकौं देशहरुमा पुर्‍याएर विश्वलाई मानव परिवारलाई सभ्य बनाउनमा ऋषि महर्षिहरुबाट अनेकौं योगदानहरु भएका थिए। वैदिक–हिन्दुसभ्यता विस्तार गर्ने क्रममा ऋषिहरु भन्थे–‘कृण्वन्तो विश्वमार्यम्’ अर्थात विश्वलाई सभ्य बनाऔं। यसरी यसक्षेत्रका अनेकौं ऋषिहरुबाट संसारको सभ्यतामा मानवीयताबाट सिंचित भएको हो।

यसले सभ्यताको विमास र बिस्तारबाट नेपाल–भारत हिन्दुहरुको लागि पवित्र पूण्यभूमि मानिन्छ।तर लगभग हजार बर्षसम्मको मुसलमानी र अंग्रेज सम्राज्यवादीहरुको अतिक्रमणको कारणले भारतमा हिन्दुअस्मिता नष्ट गराउने काम भयो। तथापि भारतका स्वाभिमानी हिन्दुहरुले आफ्नो अस्मिता र सभ्यता बचाउन मुसलमानी आक्रमणसँग मुकाविला गरिरहे।

भारतमा अंग्रेरजहरुबाट हिन्दुअस्मिता माथि आक्रमण बढ्दो अवस्थामा पुगेपछि नेपाल पनि अछुतो हुने स्थिति थिएन। गोर्खाका राजा पृथ्वीनारायण शाहबाट विक्रम संवत् १८०० मा बनारसको भ्रमण गरेको अवस्थामा कासीमा अवस्थित विश्वनाथको मंदिरलाई मुसलमान सम्राट औरङ्गजेबबाट भत्काएकोबेलादेखि नैं भग्नावसेसको रुपमा नैं रहेको थियो। मुसलमानको साम्राज्पयछि भारतमा अंग्रेजी साम्राज्य स्थापित भएको अवस्था थियो। त्यसबेलामा भारतका हिन्दुहरु माथि इसाईृहरुले आक्रमण गरेको दयनीय अवस्था देख्दा पृथ्वीनारायण शाहबाट हिमवतखण्ड क्षेत्रको हिन्दु तथा बौद्ध अस्मिता बचाउन आवश्यकता महसुस गरेर बनारसबाटै हतियार बनाउने मुसलमान कालिगढहरु साथमा लिएर ठूलो हिम्मत र आाटकासाथ गोर्खा फर्केका थिए।

भारतमा धेरै प्रकारबाट हिन्दु पहिचान समाप्त गर्नमा अनेकौं काण्डहरु मच्चाएता पनि राजा पृथ्वीनारायणले मुसलमाननसँग मिलेर हिन्दु अस्मिता बचाउने जुन योगदान भयो यसको परिणाम अहिलेसम्म नेपालमा हिन्दु तथा मुसलमान बीच कुनै बैमनष्यता देखापर्ने गरेको छैन। धार्मिक सहअस्तित्वको भावना हिन्दु र मुसलमानको बिचमा कायम हुनु यो एउटा ठूलो उदाहरण हो। तर गोरखाका राजा पृथ्वीनारायण शाहले स–साना टुक्राहरुमा विभाजीत हिमवतखण्डका राज्यहरुको एकीकरण गरेर समयमैं विश्वभरमा हिन्दुहरुको सार्वभौम अस्तित्व र प्रतिष्ठा जोगाएर राख्ने काम गरे।

यही हिसाबले भारतले हिमवतखण्ड नेपाललाई ठूलो महत्व दिदै आएको हो। नेपाल र भारत बीचको सांस्कृतिक एकतालाई निरन्तरता दिनेक्रममा नेपालका राजा र दुबैदेशका जनताबाट लिच्छविकालदेखिनैं मलजल गर्ने कार्य हुँदै आएको छ। भारतका अनेकौं धामहरु–रामेश्वर, जगन्नाथ, विश्वनाथ, बद्रीनाथ, केदारनाथ, गया, कामाक्ष कामरुप आदिमा नेपालका राजाहरुको विशेषाधिकार रहिआएको भन्ने कुरा ‘…माई कामाक्ष शरणकरे …स्वर्गेस वंशउद्भवः भूपनिर्मित मन्दिरमिदम्’ आसामको कामाक्ष कामरुपमा तत्‍कालीन श्री ५ गिर्वाणयुद्ध विक्रम शाहको पालामा शिलालेख राखी लालमोहोरिया पण्डा खडा गरी १२ गाउँ बिर्ता दिई लालमोहोर गरी दिएको थियो। मनुले विध्य र हिमालको वीचको भागलाई आर्यवर्त मान्नुको साथै प्रयागदेखि सिधा उत्तर हिमालयसम्मको भागलाई ब्रम्हर्षि देशमा गणना गरेकाछन्।

जर्मनका विद्वान भोल्टेयरले भनेका थिए–‘हिन्दुशास्त्र पश्चिमी जगतको लागि पूर्वीय जगतको सबैभन्दा उपहार हो।’ वेलायतका विद्वान जर्ज वर्नाड साले भनेका थिए– ‘हिन्दुधर्म संसारको सर्वाधिक र उदार धर्म बन्नगएको छ।’

पच्चिससय बर्षअगाडि इरानको फारसी पोलिसनगरमा ईशाभन्दा ४८६ बर्ष पुरानो दारा हस्तास्पको स्मारकको शिलालेखमा ‘हिन्दु’ र हिन्दुस दुबै उल्लेख छ भन्ने कुरा ‘इन्साइक्लोपिडिया अफ रिलिजन्स एण्ड एथिक्स’ मा उल्लेख भएको र इरान देशको फार्सी साम्प्रदायको प्राचीन ग्रन्थ ‘शातीर’मा ब्यास ऋषिको वाक्यलाई उद्धृत गर्दै– ’म हिन्दु देशमा जन्मिएको सच्चा हिन्दु हुँ” भन्ने कुरा उल्लेख छ। यसबाट यो स्पष्ट हुन्छ भने हिन्दूत्वको महीमा पच्चिससय बर्षअगाडिदेखि विश्वका विभिन्न देशहरुमा फैलिइसकेको थियो।

इतिहासमा उल्लेख छ–इशापूर्व ३०० अगाडि चन्द्रगुप्त मौर्यको शासनकालमा मेगस्थनीज तथा फाइहानका यात्रा वृतान्तमा उल्लेख छ– ‘हिन्दुरुको लामोज्यु लामोआयु, निरोगी, नसानखाने, सरलस्वभाव, प्रतिभाशाली, झुठो नबोल्ने, लेनदेनमा साक्षी नराख्ने, आफ्नो घरमा ताल्चासम्म नलाउने, चोरी भन्ने कहीं सुनेनौं’ भन्ने कुराले हिन्दुधर्म कति पुरानो र परिस्कृत छ भन्ने कुराको बोध हुन्छ। किरातकालमा गौतमबुद्ध जन्मिएको ठाउँ पत्ता लगाएर भारतबर्षबाट राजा अशोक नेपाल आएर–‘यहाँ भगवान जन्मिएका थिए’ भनेर ठूलो ढुङ्गाको स्तम्भ खडा गरेको कुरा लुम्बिनीको अशोक स्तम्भले बताउँदछ।

प्राचीन समयदेखि हिमवतखण्ड नेपालको महत्वलाई दक्षिणका देशहरु (अहिलेको भारत) ले ठूलो महत्व राख्दै आएको छ। हिमवतखण्ड पुस्तकको ७१ अध्यायको श्लोक १६मा उल्लेख छ– मार्कण्डेय, अशोस्थामा, वली,व्यास, हनुमान, कृप, प्रशुराम र विभूषणले यही तपस्या गरेर चिरंजीवी भएका हुन्। पशुपत क्षेत्रको महत्व बुझेर मरिची, अंगिरा, पुलह, भृगु र अत्री जस्ता ऋृषिहरु र प्रह्लाद जस्ता भक्त यही रहेर अष्टमूर्ति महेशको पूजा गर्छन्’ भनेर उल्लेख छ।

भारविले यस क्षेत्रलाई नैं केन्द्रीत गरेर ‘किराँतार्जुनीयम्’ महाकाव्य लेखेको कुरालाई पनि यहाँको सभ्यताको विकासमा स्रोतको रुपमा लिइन्छ। अर्जुनले धनुर्विद्याको विशेष ज्ञान किरात प्रदेशमैं प्राप्त गरेको कुरा महाभारतमा उल्लेख छ। महाभारतमा– ‘नेपाल विषय राजन्’ भनेको कुरा उल्लेख छ। ‘मूल सर्वस्तीवाद विनयसंग्रह’ बौद्ध गन्थ र नेपाल माहात्म्य जस्ता ग्रन्थहरुले यसक्षेत्रको पौराणिक अवस्था कस्तो थियो भन्ने कुराहरुको चित्रण गरेको पाइन्छ।

पशुपति, गहेश्वरी, स्वयम्भु, वौद्ध आदि जस्ता तीर्थस्थलहरुबाट हिन्दु र बौद्ध मार्गीहरु वीचमा समन्वयात्मक बाटो स्थापित हुन गएको कुरालाई चिनिया यात्री हुयाङसाङले उल्लेख गर्दै हिन्दु मन्दिरहरु र बौद्ध संघहरु साथसाथ बनेका र यिनको एकात्म्य भएको कुरा आफ्नो यात्रा वृतान्तमा उल्लेख गरेका थिए।

तर नेपाल तथा भारतमा पश्चिमाहरुले यहाँको सांस्कृतिक पहिचान र मान्यताहरु माथि धावा बोल्दै आएका हुनाले हिन्दु तथा बौद्धहरु असंतुष्ट छन्। क्रिस्चियनहरुले आफ्नो उदगम कहाँबाट भएको हो, हामी को हौं बुझ्न चाहेर अरुहरुको धार्मिक पहिचान तथा उदगम् बारेमा अध्ययन गरेर हिमवतखण्डको पहिचान र यहाँका सम्पत्तिको रुपमा पूजनीय हिन्दु अस्मिताको सम्मान गर्नसक्नु पर्दछ। वैदिक हिन्दु सनातन धर्म सभ्यताको उद्गम हो। वैदिक हिन्दु सनातन धर्म पञ्चदेवका उपाशक हुन्छन्। ॐ कार जगत नै वैदिक हिन्दु पञ्चदेवका उपाशक हुन्।

वैदिक सनातन हिन्दु धर्मको आडमा रहेर हामी एकले अर्कोका सम्मान गछौं। हिन्दु धर्म भन्दा धेरै पछि जन्मिएका धर्महरु– मुस्लिम, क्रिस्चियन हुन्। हिन्दु र बौद्धहरु अत्यन्त उदार भएर क्रिस्चियन होस् वा मुस्लिम् आदर गर्छन्। तर हिन्दु र बौद्धको आधिकारिक थलोमा आएर यहाँको धर्म माथि नैं आक्रमण गर्ने र धर्म परिवर्तन गराउन इसार्इहरको चासो बढ्दो रहेकोमा नेपालका हिन्दुहरु असहिष्णु बनेका छन्। नेपालमा मुसलमानहरुप्रति हिन्दु र बौद्धको कुनै चित्त दुःखाई छैन। किनकि मुसलमानहरु आफ्नो धर्म मान्छन् र नेपालका हिन्दु तथा बौद्धप्रति सम्मान गर्छन्, आक्रमक हुँदैनन्। त्यसैले हामी मुसलमानप्रति आक्रोशित छैनौं।

तर भारतमा ठीक त्यस्को उल्टो छ। भारतमा मुसलमान सम्राज्यले हिन्दुहरु माथि अनावश्यक आक्रमण र अपदस्त गर्न खोजेकाले भारतमा हिन्दु र मुसलमान बीचमा सँधै झगडा छ। एकले अर्कोको अस्तित्वको कदर गर्दैनन्। तर क्रिस्चियनहरुप्रति नेपालमा हिन्दुहरु सशंकित र आक्रोशित छन्। क्रिस्चियनहरु नेपालको पहिचानलाई ध्वस्त बनाउन चाहान्छन्। सन् १७६८ भन्दा अगाडि नेपालका मल्ल राजाहरुलाई प्रभाव पारेर केही नेपालीलाई क्रिस्चियन बनाइएको र पछि सन् १७६८ मा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले क्रिस्चियन धर्म प्रचारक केपुचीन पादरीहरुलाई यहाँबाट लखेटेकाले क्रिस्चियनहरु हिन्दु तथा नेपालका पहिचानहरुप्रति नकारात्मक बनेका हुन्।

तर क्रिस्चियनहरुले त्यसरी नेपाललाई नहेरेर नेपालको प्राचीनता, सार्वभौमिकता र महानतालाई चिन्नसक्नु पर्दछ। पहिला नेपाल अहिलेको भन्दा ठूलो थियो। हिमवतखण्ड नेपाल विभिन्न टुक्रामा विभाजित हुँदै आएको अवस्थामा चन्द्रगुप्त विक्रमादित्यका छोरा समुन्द्रगुप्तको प्रयागको अभिलेखमा–‘कामरुप (आसाम) र कर्कपुर (कुमाऊँ र गडवाल क्षेत्र सबै)को वीचको देशलाई ‘नेपाल’ भनी लेखिएको छ। यसक्षेत्रको संरक्षणको प्रेरणस्रोत पृथ्वीनारायण शाह हुनपुगे। गोरखा एउटा राज्य थियो। यसक्षेत्रका ससाना हिन्दु–राज्यहरुको एकीकरण गरेर पृथ्वीनारायण शाहबाट ‘नेपालअधिराज्य’को सिर्जना गरेर यसक्षेत्रको अस्मिता जोगाउने काम गरे। पृथ्वीनारायण शाहका पुरोहित शक्तिवल्लव अर्यालले मुक्तकण्ठले प्रशंन्सा गरेका थिए– ‘जौन नेपालराज्य विषये हिमाल पर्वतका कन्दरादेखि…चारैतिरबाट मुनिजनहरुले सेवा गरिएका कौसिकीका धारा वेगले बहन्छन्, जहाँ प्रख्यात भएका नीलकण्ठ विराजमान भयाका छन्, सोही नेपाल देश हो।

जहाँ हिमालपर्वतकी पुत्री गुह्रेकाली विराजमान भयाकी छन्, जहाँ पूण्या भयाकी बागमती छन् जहाँ पशुपतिका प्रत्यक्ष भयाका शिवलिङ्ग छन्, जहाँ चाँगुनारायण छन्, जहाँ सम्पूर्ण भयकन हर्न्या बज्रयोगिनी छन्,जहाँ पञ्च लिङ्गेश्वर पचली भैरव छन्।’ दुईसय पचास बर्ष अगाडि यसरी उल्लेखित वाक्यहरुको मनन् गरियो भने पनि नेपालको सही परिचय प्राप्त हुन्छ।

फलतः विश्वमा हिन्दु तथा बौद्धको पहिचान चिरस्थायी बनाई राख्न नेपाल–भारत दुबै देशका धाम, मठ, मन्दिर, गुम्बाहरुको संरक्षण गर्न दुबै देशले खास योजना बनाएर यो क्षेत्रको सांस्कतिक पहिचान बचाएर विश्वभर यो क्षेत्रको महत्व बुझाउन सक्नुपर्ने अत्यावश्यक छ।

यसको लागि नेपाल र भारत बीचमा उच्चस्तरीय संयुक्त धार्मिक–सांस्कृतिक समिति गठन गरिनुपर्छ। यसक्षेत्रका सास्कृतिक मान्यताहरु बीच सौहार्दता कायम गर्न दुबै राष्ट्रका राजदूताबासमा उच्चस्तरीय नियोगको व्यवस्था गरेर दुबै राष्ट्रका धार्मिक स्थल् धाम, मंन्दिर, पीठ तथा गुम्बाहरुमा तीर्थयात्रीहरु र पर्यटकहरुको आवतजावतमा सुव्यवस्था कायम गर्न धार्मिक सुव्यवस्थापन समितिहरु गठन गरी विश्वभरका ॐ कार हिन्दु परिवारको तीर्थ यात्रामा सुरक्षा, आवास, खानपिनको सुव्यवस्था गरी त्यस्ता धार्मिक क्षेत्रको अस्मितालाई अरु सुदृढ राख्न सक्नुपर्ने आवश्यकता छ। यसो भएमा नेपाल तथा भारत बीचमा उठ्न जाने आपसी गलत फहमीहरु परास्त गर्न पनि सजिलो हुन जान्छ।

http://www.yatradaily.com/ बाट 

Saturday, May 23, 2015

मदन पुरस्कार ‘घटिया’ किन ?- पंकज चौधरी


असल र उत्कृष्ट कृतिलाई कमैमात्र पुरस्कृत गरिने मदन पुरस्कारलाई कवि हरि अधिकारीले ‘एउटा घटिया पुरस्कार’को संज्ञा दिएका छन् । अधिकारीले भनेका छन, ‘मदन पुरस्कारबारे चर्चा गर्नु नै बेकार छ । मेरो नजरमा यो कुनै महत्वको नभएर घटिया पुरस्कार हो । यसमा छनोटको कुनै मापदण्ड छैन । कमलमणि दिक्षितले जसलाई इच्छा लाग्छ, खल्तीबाट फुत्त निकालेर दिन्छन् । जुन किताबलाई दिँदा आफूलाई फाइदा हुन्छ भन्ने सोच्छन्, त्यसैलाई दिन्छन् ।’ कवि अधिकारीको यो आरोप सत्यताको धेरै निकट छ । केही वर्षयता मदन पुरस्कार एउटा बदनाम, अलोकप्रिय र साहित्यकार माझ साख गिरिसकेको पुरस्कारमा दरिइसकेको छ । तैपनि, एकाध लाख रुपैयाँका लागि साहित्यकारले र्‍याल चुहाउन भने छाडेका छैनन् । प्रस्तुत छ, मदन पुरस्कारको असलियत अपरेशन ।
  • पंकज चौधरी

चन्द्रशमसेरको पालामा नेपालमा पैसा अर्थात पुँजी संकलनको श्रोत खासै थिएन । तैपनि उनका छोरा मदन शमसेरसँग अकुत धन कसरी आयो ? यो गम्भीर प्रश्न हो । यसको कारण खोज्दा पहिलो विश्व युद्धतिर पुग्नुपर्ने हुन्छ । नेपालका राणा शासक श्री ३ चन्द्र शमसेरले लाखौं नेपाली युवालाई जर्बजस्ती विश्वयुद्धमा लड्न पठाएका थिए । गाउँमा गल्लावाल पठाएर जनजाती युवालाई जर्बजस्ती भर्ती गरेर युद्धमा पठाइयो । युद्धमा लाखौं नेपाली जनजाती युवा मारिए । नेपालमा जनजाती पछाडी पर्नुको खास कारण उनीहरुको ठुलो तप्का युद्धमा मारिनु पनि हो ।madan samsher
विश्वयुद्धमा फौज पठाएबापत अंग्रेजहरुले चन्द्रशमसेरलाई करोडौं रुपैया दिए । त्यही करोडौं रुपैयाँ चन्द्रशमसेरका सन्तानले बाँडेर लिए । मदन शमसेरको भागमा त्यसबेलाको आठ–नौ करोड रुपैयाँ र अकुत हिरा जवहारात परेको पुराना जानकार बताउँछन् । यसरी नेपालका जनजातीलाई युद्धमा पठाएर, तिनका चेलीलाई विधवा बनाएर अनी उनीहरुलाई माथि उठन नदिएर अंग्रेजबाट कमाएको पैसाबाट स्थापित ‘मदन पुरस्कार’ यसपाली जनजाती हक हितका लागि लड्दै आएका लेखक राजन मुकारुङको कृति ‘दमीनी भीर’ले पाएको छ । राजनले पुरस्कार खुशी, गर्व र हर्षका साथ स्वीकार गरेकाले उनलाई बधाइ !
अपुतालीको कथा
चन्द्रशमसेरका प्यारा छोरा लेफ्टीनेन्ट जर्नेल मदनशमसेर राणा रसिक पाराका थिए । दिउँसै मदिरामा मस्त रहन्थे । उनको विवाह भारत, उत्तरप्रदेश, बलरामपुरकी रानी जगदम्बा कुमारीसँग भयो । विवाहको पहिलो रात पनि मदन शमसेर रक्सीको नशामै थिए । आफ्नो पति सुहागरातमा पनि मदिरामा मस्त भएर आएको थाहा पाएपछि रानी जगदम्बाले मदनशमसेरलाई आफ्नो छेउमै पर्न दिइनन् । मदन आक्रोशित भए । उनले भने, ‘अबदेखी म तिमिलाई छुन्न, आजदेखी तिमी मेरी आमा बराबर भयौ ।’
राणा शासकहरुलाई परस्त्री गमनका लागि नपुग्दो के नै थियो र ? मदन शमसेर सुरा सुन्दरीमा मस्त रहन थाले । उता, जगदम्बाको एकलास जीवनमा खुसीको बहार बोकेर केदारमणि दिक्षित नाम गरेका ब्राम्हणको प्रवेश भयो । खाइलाग्दो ज्यानको आर्यन केटोतर्फ जगदम्बाको पनि अनुकम्पा र आकर्षण बढ्दै गयो । रानी जगदम्बाका निराशाका दिन हराउन थाले । यता केदारमणिले रानी जगदम्बाको सेवा सुसारमा कुनै कमी गरेनन् । रानीका हरेक चाहना पुर्ती गर्दै गए, उता मदनशमसेर पनि आफ्नै बेहोसी, बेपरवाह र बेकार जिवन बिताउँदै गए ।rani jagadamba
विसं २०१० मा करिब ४५ वर्षको उमेरमै मदनशमशेरको भारत, बनारसमा निधन भयो । त्यसपछि केदारमणिको भूमिका अझ वृहत, आत्मीय र घनिष्ठ बन्दै गयो । रानी जगदम्बाले विसं २०११ मा ललितपुर जिल्लाको पुल्चोकमा २६ रोपनी जग्गामा मदन मेमोरियल गल्र्स हाईस्कूल (हाल मदन स्मारक विद्यालय)को स्थापना गरिन् । दुइवटा भवन र नगद पाँच लाख रुपैयाँ दिइन् । २०१२ साल असोज १० गते मदन पुरस्कार गुठीको स्थापना भयो ।
रानी जगदम्बाको निधनपछि उनको अपुताली आइलाग्यो, केदारमणि दिक्षीत र उनका सन्तानलाई । अहिले केदारमणिका छोरा कमलमणि र उनका पनि छोरा कनकमणि दिक्षित र कुन्द दिक्षित मात्र हैन, नाती कपिलमणिसम्मले चन्द्रशमसेरले नेपाली युवालाई लड्न पठाएर कमाएको अकुत सम्पत्तीमा रजाईं गरिरहेका हुन् । सम्पत्ती कति थियो, त्यसको कुनै हिसाब किताब छैन । दोश्रो विश्वयुद्धमा जापानले कलकत्तामा विमानबाट बम खसाउन थालेपछि मदनशमसेरले कलकत्ताको बैंकमा रहेको सुन बनारस सारेका थिए । त्यसबेला कलकत्ताबाट १२ जनाले बोकाएर बनारस ल्याएको सुन कति थियो होला ? पछि अशंबन्डा हुँदा दिक्षित परिवारले सुनका थालसमेत काटेर लिएका थिए भन्ने चर्चा अझै सेलाएको छैन ।
मदन पुरस्कारको औचित्य
यी त पुराना किस्सा भए । मुलुकमा गणतन्त्र आइसकेको छ । यस अर्थमा पनि एउटा जहानिया शासकको नाममा स्थापित पुरस्कारको कुनै औचित्य छैन । कुनै पनि व्यक्तिको नाममा पुरस्कार स्थापना गरिदा त्यो व्यक्तिको व्यक्तित्वले महत्व राख्छ । जस्तै, पुलिट्जर पुरस्कार पत्रकार पुलिट्जरसँग सम्बन्धित छ । नारायण गोपाल सँगीत पुरस्कार गायक नारायण गोपालको नाममा स्थापित गरिएको छ । पुरस्कार पाउनलेलाई पनि गर्व हुन्छ, यस्ता पुरस्कार पाउँदा । तर, चौबिसै घन्टा रक्सीको नशामा डुब्ने, चन्द्रशमसेरका पुलपुलिएका सन्तान मदनशमसेरको नामसँग साहित्यको गोरु बेचेको पनि साइनो छैन । तैपनि हाम्रा नाम चलेको साहित्यकार अपुताली स्याहार्न उनकै नाममा स्थापित पुरस्कार बाँड्दै आएका कमलमणिहरुको चाकडी गरेर पुरस्कार पाउन मरिहत्ते गर्छन् । अनी पुरस्कार पाउँदा नोबेल पुरस्कार पाएजस्तो गर्व गर्छन् । गणतन्त्र नेपालमा सामन्ती शासकको नाममा रहेको पुरस्कार खारेज किन नगर्ने ? अब साहित्यकार यो बसहमा पो लाग्नुपर्छ ।
जनपक्षीय साहित्यकारले पाउँदैनन्
मदन पुरस्कार खासमा जनपक्षीय साहित्यकारले कहिल्यै पाउँदैनन् । पाएका छैनन् । यो पँक्तीकारले एकपटक साहित्यकार नारायण ढकाललाई भनेको थियो, ‘दाई तपाइको प्रेतकल्प उपन्यास मदन पुरस्कार पाउन योग्य छ । तर, तपाईलाई दिदैनन् । किनकी, तपाईले चन्द्रशमसेर महाराजको धज्जी उडाउनुभएको छ । चन्द्रशमसेरको अपुताली खानेले कसरी दिन्छन् पुरस्कार ?’ नारायण दाइले भनेका थिए, ‘तपाईले ठिक भन्नुभयो, मलाई दिदैनन् ।’
हुन पनि कमलमणि एन्ड कम्पनीले ढकाल मात्र हैन, धेरै चर्चित साहित्यकारको अपमान गरेको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटा, कविशिरोमणि लेखनाथ पौड्याल, नाट्य सम्राट बालकृष्ण सम, विश्वेश्वरप्रसाद कोइराला, कवि चित्तधर हृदय, सिध्दिचरण श्रेष्ठ, लैनिसंह बाङ्देल, केदारमान व्यथित, माधव घिमिरे, भूपि शेरचन, युद्धप्रसाद मिश्र, विजय मल्ल, गोविन्द गोठाले, इन्द्रबहादुर राई, केशवराज पिंडाली, प्रेमा शाह, गोविन्द भट्ट, देवकुमारी थापा, परशु प्रधान, विश्वम्भर चाचल, मनु ब्राजकी, भाउपन्थी, बेन्जु शर्मा, भागीरथी श्रेष्ठ, खगेन्द्र संग्रौला, भुवन ढुंगाना, पूर्ण विराम, मजु काँचुली, ध्रुव सापकोटा, नारायण ढकाल, माया ठकुरी, पद्मावती सिंह, सुधा त्रिपाठी, गोविन्द वर्तमानदेखी अहिले आएर शारदा शर्मासम्मलाई मदन पुरस्कार दिएनन् । किनकी, यी जनताका साहित्यकार थिए । साहित्यकार केदारमान व्यथितलाई मदन पुरस्कार दिइएन, तर कृष्णचन्द्र प्रधानले लेखेको ‘केदारमानको काब्यसाधना’ले भने २०२७ सालको मदन पुरस्कार पायो । यो भन्दा ठुलो नौटंकी अर्को के हुनसक्छ ?
युद्धप्रसाद मिश्रका कृतिहरू करोडों न्यायप्रेमी जनताका बीचमा चर्चीत थिए । उनले मदन पुरस्कार पाएनन् । नेपालको प्रजातान्त्रिक आन्दोलनमा उनकै साहित्यले ऊर्जा भरेको थियो । न्याय र समानताका लागि उद्गार थियो, मिश्रको साहित्य । तर, पनि मिश्र कहिल्यै मदन पुरस्कारका धनी हुन पाएनन् । यतिमात्र होइन, क्रान्तिकारी जनावाज उराल्ने नौलो साहित्यका सर्जक कृष्ण सेन ‘इच्छुक’ पनि कमका साहित्यकार थिएन । जनकवि गोकुल जोशीले पुरस्कार पाएनन् । यस्ता सर्जकले मदन पुरस्कार नपाउने तर, पुलिसका एक अधिकारी महेशविक्रम शाहजस्ताले पुरस्कार पाउनुबाट पनि यो पुरस्कारको नियत स्पष्ट हुन्छ, यसले परिवर्तन पक्षधरलाई पुरस्कृत गर्दैन ।
मदन पुरस्कारको असलियत
मदन पुरस्कारका बारेमा पत्रकार कृष्ण अविरलको एउटा लेख निकै चर्चित भएको थियो । मदन पुरस्कारको असलियत उदांग गर्दै कृष्णले लेखेका थिए, ‘औपचारिकताका लागि हरेक वर्ष गठन गरिने गुठिको निर्णायक समितिमा दुईपटक परेका एकजना सदस्यको भनाइमा कमल दिक्षितले सुरुमै, ल है सर्वसम्मत निर्णय गर्नुस्, विवाद भयो र गुठीले हस्तक्षेप गर्नुप¥यो भने तपाईँहरुकै बेइज्जत हुन्छ भनेर विवेकिय अधिकार कुन्ठित बनाउँछन् । उनको भनाईमा बैठकमा दिक्षित परिवारले राखेको प्रस्तावमा कमिटीका अन्य सदस्यले असहमति राख्नुको कुनै अर्थ नै हुँदैन । विडम्बना भन्नुपर्छ मदन समशेरको पुरानो तबेलामा बर्षमा एकचोटि पाक्ने जिलेबी र बैठक भत्ता एक हजार रुपैयाँका लागिसमेत आफ्नो विवेक र स्वाभिमान कमल दिक्षितको पाउँमा चढाउन लालयित हुनेहरुको खाँचो साहित्य वृत्तमा पटक्कै छैन ।’
कवि हरि अधिकारी भन्छन्, ‘मेरो अनुभवमा पहिला धेरै किताबलाई लोभ देखाउँछन् । उनीहरूले । अरू किताबका बारेमा हल्ला गराउँछन् । अनि सबैलाई आश्चर्यमा पार्न चर्चामै नआएको किताबलाई पुरस्कार दिन्छन् । यो उनीहरूको एउटा बजारीकरणको ट्रिक हो । अहिले पनि शारदा शर्मालाई पहिले हात्ती बनाएर हिँडाइयो, र पछि राजन मुकारुङरूपी झिँगो फालियो । शारदालाई मदन पुरस्कार दिनुपर्छ भनेर मदनमणि दिक्षितले एक साहित्यिक कार्यक्रममा घोषणा नै गरेका थिए नि ।’
प्रेस बचाउन ‘पल्पसा क्याफे’
नारायण वाग्लेको साहित्य लेख निम्नकोटीकै हो । पत्रिकाको भाषामा कफी गफ लेखेर चर्चामा आएका वाग्लेले त्यसैलाई अलि लामो लेखे, अनी उपन्यासको लेवल लगाएर बजारमा ल्याए । कान्तिपुर एफएममा ‘काठमाडौं बिट’ कार्यक्र चलाएर तरुनीसँग अश्लील कुराकानी गर्ने किरणकुमार श्रेष्ठले त्यो प्रकाशित गरे । पछि ‘पल्पसा क्याफे’लाई २०६१ सालको मदन पुरस्कार दिइयो । कृष्ण अविरल लेख्छन, ‘त्यसका पछाडिको प्रमुख कारण जगदम्बा प्रेसको घाटा हो । कान्तिपुर एफएममा कार्यक्रम चलाउँदा अश्लिल बोलेवापत घोक्राइएका किरणकृष्ण श्रेष्ठले सुरु गरेको नेपालय त्यसबेला प्रचारको तुजुक लिएर बजारमा देखापरेको थियो । घाटामा जान थालेको उक्त प्रेसलाई चलाउने अन्तिम उपाय स्वरुप दिक्षित परिवारले उनीसँग गोप्य सहमति गरेको थियो । जगदम्बा प्रेसमा किताब छाप्नुपर्ने र साङ्गीतिक कार्यक्रम माकुराले जालो लगाएको गुठीको सभाहलमा गरेर दुवैलाई स्थापित हुन मद्दत गर्ने । यसले दुवैका हातमा लड्डु पारेरै छाड्यो । यही निकृष्ट स्वार्थबाहेक त्यस वर्ष सर्वाेत्कृष्ट मानिएको गोविन्द वर्तमानको सोह्र साँझहरुलाई उपेक्षा गर्नुपर्ने कुनै आधार देखिँदैन ।’
‘पल्पसा क्याफे’ यस्तो कृति हो, जसमा बुर्जुवावर्गको धारणालाई प्रतिनिधि बनाएर क्रान्तितर्फ व्यापक घृणा जन्माउने कोसिश गरिएको छ । वाग्लेको पल्पसा क्याफे महेशविक्रम शाहको ‘छापामारको छोरो’जस्तै प्रतिगामी सोचमा आधारित छ । सत्ताद्वारा प्रताडित, दमित, उपेक्षीतहरूले गरेको वर्गसंघर्षलाई घिनलाग्दो छविमा दर्शाएर सामन्तबादको पक्षपोषण गरिएको छ । चाउचाउकोजस्तो विज्ञापन छापेर हल्लै हल्लाले चर्चामा आउको ‘पल्पसा क्याफे’, ‘छापामारको छोरा’लाई आम पाठकले बुझेनन् मात्र हैन, पढ्दै पढेनन् । तर, हजारौं विक्री भएको प्रायोजित हल्ला चलाइयो ।
पुरस्कारकै विक्री
कमलमणि र उनका छोरा कनकमणि मदन पुरस्कारको विक्री गर्न पनि पछी पर्दारहेनछन् । यो २०५५ सालको प्रसँग हो । दिक्षितका अनन्य मित्र लक्ष्मीदास मानन्धरले साल्ट ट्रेडिङ संचालनको मामलामा उनलाई घात गरेपछि गीतकार दिनेश अधिकारीको पासा पल्टियो । शेयरको ठूलो हिस्सा दिक्षीत परिवारको स्वामित्वमा रहेको यो संस्थाभित्रको भ्रष्टाचार मुद्दा अदालतमा विचाराधिन रहेका बेला संयोगले दिनेश अधिकारी महान्यायाधीवक्ताको कार्यालयमा थिए । मुद्दा जिताइदिएवापत मदन पुरस्कार पाइने भएपछि उनले हतार हतार पुराना कविता संकलन गरेर ‘अतिरीक्त अभिलेख’ नामक कृति प्रकाशित गरे र त्यही कृतिले २०५६ सालको पुरस्कार पायो । जवकि त्यसअघि फुटकर रुपमा छापिएका रचनाको सँगालोलाई पुरस्कार नदिने भनी गुठी आफैँले मापदण्ड बनाएको थियो ।
चाकडीको फल
आफ्नै दाजु विष्णुप्रसाद धिताल मदन पुरस्कार गुठीको सदस्यसचिव भएका बेला विनोदप्रसाद धितालले २०५२ सालमा मदन पुरस्कार पाएबाट पनि यो निष्पक्ष छैन भन्ने स्पष्ट हुन्छ । २०५३ मा लोकेन्द्रबहादुर चन्दले बिर्सजन कथासङ्ग्रहका लागि पुरस्कार पाउँदा प्रेमा शाहदेखि धु्रव सापकोटासमेतका दर्जन बढी कथाकारको अपमान गरियो । चन्दलाई यो पुरस्कार राजेश्वर देवकोटाको भनसुनपछि हात लागेको हो । किनकि गुठीका तात्कालिन सदस्यसचिव धिताल र देवकोटा फुपुचेला–मामाचेला हु्न् । उता २०४१ मा कञ्चन पुडासैनीको ‘प्रत्यागमन’ यो पुरस्कार पाउनुको कारण चै उनकी भाइबुहारी अर्थात डा. सोम पुडासैनीकी पत्नी दिक्षितकी फुपूकी छोरी हुन् ।
२०४४ सालमा जगदम्बाश्री पुरस्कार दिन थालियो । यो पुरस्कार छनोटको मापदण्ड पनि चाकडी नै प्रमुख भएको देखिन्छ । २०२५ सालमा मदन पुरस्कार पाइसकेका धर्मराज थापाले २०५७ सालमा फेरि जगदम्बाश्री पाए । डायमण्डसमशेर राणाले पनि चाकडी गरेरै पुरस्कार हात हार्नुप¥यो । उनले कमल दिक्षितसँग आफुले मदन पुरस्कार नपाएको, जगदम्बाश्री भए पनि दिए हुन्थ्यो भनेर याचना गरेपछि २०५८ मा उनले पुरस्कार पाएका थिए । धर्मराज थापाले त सार्वजनिक रुपमै भनेका थिए, ‘पुरस्कार पाउन मैले एकवर्षसम्म कमलमणिको पाउ मोलेको छु ।’ २०४५ सालमा नारायणगोपालले जगदम्बाश्री पुरस्कार पाए । तर नातिकाजीलाइ दिइएन । अम्बर गुरुङलाई पनि १० वर्षपछि अर्थात २०५४ सालमा मात्रै दिइयो । तर नारायण गोपालभन्दा १० वर्ष पछि दिएकाले अम्बर रुष्ट थिए । कवि माधव घिमिरेले पनि जगदम्बाश्री पुरस्कार अस्वीकार गरेका थिए ।
महाकवि देवकोटाको अपमान
कमल दिक्षित आफुलाई महान सावित गर्न आफ्नो ‘गुरुभेटी’ नामक पुस्तकमा महाकवि लक्ष्मीप्रसाद देवकोटालाई गुरु नै बताएका छन् । तिनै महाकविलाई कमलमणिले क्रुर अपमान गरेका तथ्यहरु पनि रातोपाटीलाई प्राप्त भएका छन् । एकपटक महाकवि देवकोटा रानी जगदम्बालाई भेट्न गएका थिए । त्यसबेला कनकका बाबु कमलमणिले देवकोटालाई अपमानजनक ढंगले गलहत्याएर निकालेका थिए । रानी जगदम्बाको सचिव भएर मनमौजी पैसा खर्च गरिरहेका कमलमणिले महाकवि देवकोटा आर्थिक संकटबाट गुज्रिरहेका बेला एक पैसा खर्च गरेनन् ।


http://www.ratopati.com बाट साभार 

मदिरा, सहबास र रुवाबासको डायरी - रामकुमार एलन

नेकपा माओवादीको द्वन्द्वकालीन समयमा लडिएका बंकर युद्धका एक साक्षी अनि नेकपा एमाले प्रवेशलगत्तै स्थायी कमिटी सदस्य एवम् मन्त्रीसमेत बन्ने अवसरको जामा भिरेका राजनीतिक प्राणी हुन् रविन्द्र श्रेष्ठ । नेकपा माओवादीको जनयुद्ध विस्तारै कोष्ठभित्र कैद हुँदै गर्दा माओवादीमा विद्रोह गरेर एमालेमा आएका श्रेष्ठको राजनीतिक जीवन पनि यतिखेर कोष्ठ, कमा र अरु कुनै उपमाले लेपिएको छ । उनको सक्रिय राजनीतिक जीवन यतिखेर ओझेलमा छ । उसो त कुनै पनि बेला नेताका पुच्छर बनेर सत्ताको भ¥याङ चढ्न सकिने ‘विज्ञ’ कोटाका वैकल्पिक उपायहरुले भरिपूर्ण नेपाली राजनीतिमा श्रेष्ठलगायतका अरु जो कसैलाई पनि कुनै पनि बेला सक्रिय राजनीतिको खुलामञ्चमा रोक्न सक्ने कुरै भएन ।
उनै श्रेष्ठले उपन्यास ‘उदास शनिबार’ बजारमा ल्याएका छन् । युद्ध र प्र्रेमका विषयमा लेखिएको उपन्यासमा १२ अध्याय तिनै उदास आइतबार अर्थात् ‘ग्लुमी सन्डे’ वरिपरि घुमेर भारतलाई अंग्रेजले गरेको अपमान र नेपालमा तीन पुस्ता विदेशिँदा पनि नआएको खुशीलाई उधिन्न सफल छ । नेकपा माओवादीका नेताहरुको वैयक्तिक चरित्र पनि चित्रण गरिएको यो उपन्यासले यथास्थितिको दैनन्दिनीलाई त उधारेको छ नै तर, सपाटसँग नेपाली धूरीमा सन्तोषको बलो राखेर खुशीको जस्ता, प्रेमको मानो र समृद्धिको छानो छाउन सक्ने राजनीतिक दल र नेताको भने सर्वथा अभावलाई केही आँसु र केही उद्वेगका रिकापीमा राखेर दुखिया परिकारका भेषमा पनि पस्कने जमर्को श्रेष्ठले गरेका छन् ।
उपन्यासका नायक सञ्जय माओवादी युद्धका साक्षी हुन् । पश्चिम नेपालको दुर्गम मगर गाउँमा जन्मिएका सञ्जय जनयुद्ध लडेका युवा हुन् । माओवादीले हतियार राज्यलाई बुझाएको भनिए पनि सञ्जय त्यस्ता पात्र हुन्, जसले आफूसँग भएको एसएलआर गाउँमै खाल्डो खनेर गाडेका थिए । उसो त उनी माओवादी बनेर युद्धमा लडेका पात्रमात्र होइनन्, निरास नेपाली मनहरुको खुम्चिएको निधारमा खुशीको धर्साको वर्षा गराउने हो भने आफ्ना पार्टीका नेताहरुलाई लाइन लगाएर मार्दा फड्के किनारामा साक्षी बस्न तयार विद्रोही युवा हुन् । सञ्जय माओवादीप्रति वितृष्णित भएर काठमाडौंमा भौँतारिइरहेका बेला भेटिन्छिन् उपन्यासकी नायिका अनुराधा । जो काठमाडौंमा मूलधारको पत्रिकामा वरिष्ठ संवाददाताको हैसियत राख्छिन् र प्रेमी उदयले धोका दिएर अष्टे«लिया गएपछि बारम्बार आत्महत्याको पयो बुनिरहेकी हुन्छिन् तर डोरी नबनिसकेकाले आत्महत्या गर्न पनि सकिरहेकी हुन्नन् । उनी रेष्टुराँमा हुन्छिन्, जहाँ उनको उदयले लैजान्थ्यो । मदिरा पिलाउँथ्यो, मांशहारी मायाको कबड्डी खेल्थ्यो र बिहे गर्छु भन्दै बिहेपछिका सबै क्रियाकलाप गथ्र्यो । ग्लुमी रेष्टुराँमा भेटिएका सञ्जयसँग सुरुमा तपाईंको पार्टीको १० वर्षे युद्धका कारण आत्महत्या गर्ने भएँ भनेर झगडा गर्न गएकी अनुराधा अन्ततः उनै सञ्जयको प्रेमिका हुन्छिन्, उनकै घरमा रात बिताउँछिन् । गाउँमा नायक सञ्जय झाडापखालाले चिरनिद्रामा पुग्दा अनुराधा भने एक्लो रात बिताउन गाह्रो भएको सुनाउँछिन्, प्रेमिको अँगालोमा निदाउने आदत जो परेको छ ।
हो युद्ध सकिएको छ । पहिलोमात्र होइन, दोस्रो संविधानसभाको निर्वाचन पनि सकिएको छ । नेकपा माओवादी जनताबाट बहिस्कृत भइसकेको अवस्था छ । गाउँबाट नेता भेट्न आएका कार्यकर्तालाई लोकेन्द्र विष्टले चुनाव हारेको रिस फेर्छन् । जनार्दन शर्माले पनि चुनावमा खर्च धेरै भएको र ऋण लागेको सुनाएर राहतको आसामा आएकालाई निरास पारेर फर्काएका कथा बुनएिका छन् । त्यतिमात्र होइन, उपन्यासकार श्रेष्ठले आफ्नै बारे पनि लेखेका छन्, ‘प्रचण्ड र बाबुरामहरु दक्षिणपन्थी भएकोमा असन्तुष्टि देखाउँदै मणि थापा र रविन्द्र श्रेष्ठले विद्रोह गरेर गए । मोहन वैद्यहरुले पार्टी फुटाए ।’ अनि माओवादीमै रहेका उपन्यासका नायक सञ्जय भन्छन्, ‘नेताहरुलाई लाइन लगाएर गोली हान्ने बेला भएकै हो भने म साक्षी बस्न तयार छु ।’ युद्ध लडेका रोशनको दुवै आँखा गुमेका छन् र भन्छन्, ‘आँखा फुटेर राम्रै भयो, कम्तीमा प्रचण्ड गद्धार भएको यी आँखाले देख्न परेन ।’ अर्की युद्ध छापामार कल्पना आफ्ना जीवनका उहापोह सुनाउँछिन्, ‘सेन्ट्रीमा बस्ने बेला हतियार देखाएर बलात्कारको प्रयास ग¥यो, लुगा खोलेको नाटक गरेर राइफलले फटाफट धडिदिएँ, केटो ठाउँको ठाउँ माटो भयो ।’
१२ अध्याय सकाउँदै गर्दा अधिकांश समय श्रेष्ठले माओवादीका नेताहरुको दक्षिणपन्थी र सुधारवादी भासलाई उधिन्न खोजेका छन् । उपन्यासका नायक सञ्जयले अनुराधालाई माओवादीका पुराना कुरा सूचना दिएर समाचार बनाउन लगाएकी छिन् । समाचार नबन्ने विषयलाई उनले कथा बनाउन उत्साहित गरेका छन् । पहिलो अध्यायमा कमरेड मनसरा जो, युद्ध छापामार विक्रमसँग प्रेम गर्छिन् र पार्टी केन्द्रीय सदस्य जितमानसँग विवाहमा बाँधिएपछि विक्रम आफूसँग भएको ग्रेनेडले जीवन सिध्याउँछ । माओवादी युद्धभित्रको एउटा कथा पटाक्षेप गर्छन् श्रेष्ठ सञ्जय मार्फत ।
दोस्रो अध्यायमा श्रेष्ठ माओवादी नेता सुबोधका पत्नी र छोरीलाई प्रहरीले पक्रेर बलात्कार गरेको घटनालाई उधिन्छन् । तेस्रो अध्यायमा श्रेष्ठ राजधानीमा प्रचण्ड बसेका घरहरुमा अनुराधालाई पु¥याउँछिन् । प्रचण्डप्रति बढी नै आक्रोशित उनले नायक सञ्जयमार्फत बोलेका छन्, ‘यो ज्याकेट मलाई साथीहरुले दिएका हुन् तर म जनसेनामा गएकाले प्रचण्डलाई दिएँ । यो महंगो ज्याकेट किन लगाउने भनेर नेतालाई दिएँ ।’ पार्टीमा बढ्दो बुर्जुवाकरणको संकेत प्रचण्डलाई पठाएको हाँसेर लगाए ।
उनले भनेका छन्, ‘प्रचण्डको महंगो ज्याकेटले १० जनसेनालाई डे«स पुग्थ्यो । पासाङ र हितमानले बोक्ने झाला र मोबाइल फोनले अरु २० जनालाई डे«स पुग्थ्यो । त्यतिमात्र होइन, उनीहरुले हरेक दिन पिउने विदेशी मदिराले सायौँ जनसेनालाई डे«स पुग्थ्यो ।’ नायक सञ्जयले चराका कथा सुनाएर पूर्व नेपालका तराईका गरिबका आँसुलाई पनि गजबले प्रस्तुत गरेका छन् । उनले सांकेतिक रुपमा चरालाई पात्र बनाएर मुलुकको दुःखका ऐठनलाई जीवन्तता दिन प्रयास गरेका छन् ।
प्रकाशित मिति: २०१४-११-१५

माओबादीले आदिबासी जनजाति माथि गद्धारी गरेकै हुन


उत्पीडित जातिको मुक्तिको लागि पहिचान सहितको सङ्घियता भन्दै माओबादीले उत्पिडित समुदायलाई जनयुद्धमा बन्दुक बोकाएर अन्तमा आदिबासी जनजाती माथि  धोका र गद्धारी गरे ति मुख्य गद्धारी यसप्रकार छन ।


१. अन्तरिम संबिधानमा धर्म निरपेक्ष राष्ट्र घोषणा गरे पनि राष्ट्रिय जनावर गाई नै राख्नु पर्ने हिन्दूबादी एमाले काङ्ग्रेसको अडानमा माओबादीले लुसुक्क सहमती गर्न पुग्यो के यो गद्धारी होइन र ?



२. जनयुद्ध कालमा ताम्सालिङ लिम्बुवान आदी राज्यहरुको घोषणा गरेर ति राज्यहरुको अभ्यास गर्दै समानान्तर सरकार चलाऊने माओबादीले अन्तरिम संबिधान बनाउदा अन्तरिम  संबिधानमा सङ्घिय भन्ने एउटा शब्द पनि उल्लेख  गरेन जुन एमाले काङ्ग्रेसले सङ्घियता चाहेको थिएन । अन्तरिम संबिधानमा सङ्घिय भन्ने शब्द नराखेको भन्दै मधेश आन्दोलन चर्क्यो आन्दोलनमा चार दर्जन भन्दा बढी मधेशी जनताले बलिदान गरे मधेशी जनताको रगतको खोलीबाट अन्तत एमाले काङ्ग्रेस माओवादीले घुडा टेक्न पुग्यो र अन्तरिम संबिधान प्रथम पटक सङ्सोधन गरेर सङ्घिय भन्ने शब्द राख्न वाध्य हुन पुग्यो । सङ्घियताको लागि मधेश आन्दोलनलाई इतिहासले कहिल्यै बिर्सिनु हुदैन



३. संबिधानसभाको ६०१ सभासद मध्ये दुई तिहाइ सभासदले पहिचान सहितको सङ्घियताको लागि लिखित हस्ताक्षर गरेर एमाले काङ्ग्रेस माओबादी सबैलाई बुझाईयो पहिचान बिरोधी एमाले काङ्ग्रेस पहिचान सहितको सङ्घियता कुनै हालतमा चाहदैन थिए उनीहरुकै पक्षमा लागेर माओबादीले अन्तत सहमती मै संबिधान सभाको हत्या गर्न पुगे । यसरी आदिबासी जनजातिको मुद्धाहरु जतिमा माओबादीले एमाले र कांग्रेससंग सहमति गर्दै आइरहेको छ
के यि सब कदमहरु आदिबासी जनजाती बिरुद्धको होइन र ? के यो धोका होइन र ? के यो गद्धारी होइन र ?

http://tamangsagar.blogspot.com बाट साभार 

२१ वर्षअघि प्रचण्डले एउटा सुन्दर सपना दिए । तर, आज...

२१ वर्षअघि प्रचण्डले एउटा सुन्दर सपना दिए । तर, आज उनी लाखौँ मान्छेको जिन्दगी बर्बाद 

पारेर महलमा बसिरहेका छन् । नेपालको अहिलेको कानुनमा एकजना मानिस मार्‍यो भने २०

 वर्ष जेल बस्नुपर्छ । प्रचण्डको आदेशमा १४ हजार माओवादी मारिए । सेना, पुलिस, कांग्रेस,

 एमालेलगायत गरी बीसौंँ हजार मारिए । हिसाब गर्नुहोस् त कति वर्ष जेल बस्नुपर्छ प्रचण्डले ? 


प्रचण्डले त राजनीतिक रूपमा धोखा मात्रै दिएका छैनन्, राजनीतिक हिसाबले बेइमानी र गद्धारी मात्रै गरेका छैनन्, लाखौँको सिउँदो पुछिएको छ । हजारौँको काख रित्याएका छन् । के प्रचण्ड प्रधानमन्त्री हुनकै लागि उनीहरूको जिन्दगी बर्बाद पारिएको हो ? प्रचण्डले आलिसान महलमा भव्य जिन्दगी बाँच्नका लागि उनीहरूलाई बिल्लीपाठ पारिएको हो ? हामीजस्ता युवाको जिन्दगीलाई अन्धकार बनाएका हुन् ? त्यो अधिकार छ प्रचण्डलाई ? यसकारण म त प्रचण्डलाई एउटा गम्भीर प्रकारको अपराधी भन्छु । एकदिन त्यो अपराधको कहालीलाग्दो दण्ड प्रचण्डलाई मिल्नेछ ।