नेकपा माओवादीको द्वन्द्वकालीन समयमा लडिएका बंकर युद्धका एक साक्षी अनि नेकपा एमाले प्रवेशलगत्तै स्थायी कमिटी सदस्य एवम् मन्त्रीसमेत बन्ने अवसरको जामा भिरेका राजनीतिक प्राणी हुन् रविन्द्र श्रेष्ठ । नेकपा माओवादीको जनयुद्ध विस्तारै कोष्ठभित्र कैद हुँदै गर्दा माओवादीमा विद्रोह गरेर एमालेमा आएका श्रेष्ठको राजनीतिक जीवन पनि यतिखेर कोष्ठ, कमा र अरु कुनै उपमाले लेपिएको छ । उनको सक्रिय राजनीतिक जीवन यतिखेर ओझेलमा छ । उसो त कुनै पनि बेला नेताका पुच्छर बनेर सत्ताको भ¥याङ चढ्न सकिने ‘विज्ञ’ कोटाका वैकल्पिक उपायहरुले भरिपूर्ण नेपाली राजनीतिमा श्रेष्ठलगायतका अरु जो कसैलाई पनि कुनै पनि बेला सक्रिय राजनीतिको खुलामञ्चमा रोक्न सक्ने कुरै भएन ।
उनै श्रेष्ठले उपन्यास ‘उदास शनिबार’ बजारमा ल्याएका छन् । युद्ध र प्र्रेमका विषयमा लेखिएको उपन्यासमा १२ अध्याय तिनै उदास आइतबार अर्थात् ‘ग्लुमी सन्डे’ वरिपरि घुमेर भारतलाई अंग्रेजले गरेको अपमान र नेपालमा तीन पुस्ता विदेशिँदा पनि नआएको खुशीलाई उधिन्न सफल छ । नेकपा माओवादीका नेताहरुको वैयक्तिक चरित्र पनि चित्रण गरिएको यो उपन्यासले यथास्थितिको दैनन्दिनीलाई त उधारेको छ नै तर, सपाटसँग नेपाली धूरीमा सन्तोषको बलो राखेर खुशीको जस्ता, प्रेमको मानो र समृद्धिको छानो छाउन सक्ने राजनीतिक दल र नेताको भने सर्वथा अभावलाई केही आँसु र केही उद्वेगका रिकापीमा राखेर दुखिया परिकारका भेषमा पनि पस्कने जमर्को श्रेष्ठले गरेका छन् ।
उपन्यासका नायक सञ्जय माओवादी युद्धका साक्षी हुन् । पश्चिम नेपालको दुर्गम मगर गाउँमा जन्मिएका सञ्जय जनयुद्ध लडेका युवा हुन् । माओवादीले हतियार राज्यलाई बुझाएको भनिए पनि सञ्जय त्यस्ता पात्र हुन्, जसले आफूसँग भएको एसएलआर गाउँमै खाल्डो खनेर गाडेका थिए । उसो त उनी माओवादी बनेर युद्धमा लडेका पात्रमात्र होइनन्, निरास नेपाली मनहरुको खुम्चिएको निधारमा खुशीको धर्साको वर्षा गराउने हो भने आफ्ना पार्टीका नेताहरुलाई लाइन लगाएर मार्दा फड्के किनारामा साक्षी बस्न तयार विद्रोही युवा हुन् । सञ्जय माओवादीप्रति वितृष्णित भएर काठमाडौंमा भौँतारिइरहेका बेला भेटिन्छिन् उपन्यासकी नायिका अनुराधा । जो काठमाडौंमा मूलधारको पत्रिकामा वरिष्ठ संवाददाताको हैसियत राख्छिन् र प्रेमी उदयले धोका दिएर अष्टे«लिया गएपछि बारम्बार आत्महत्याको पयो बुनिरहेकी हुन्छिन् तर डोरी नबनिसकेकाले आत्महत्या गर्न पनि सकिरहेकी हुन्नन् । उनी रेष्टुराँमा हुन्छिन्, जहाँ उनको उदयले लैजान्थ्यो । मदिरा पिलाउँथ्यो, मांशहारी मायाको कबड्डी खेल्थ्यो र बिहे गर्छु भन्दै बिहेपछिका सबै क्रियाकलाप गथ्र्यो । ग्लुमी रेष्टुराँमा भेटिएका सञ्जयसँग सुरुमा तपाईंको पार्टीको १० वर्षे युद्धका कारण आत्महत्या गर्ने भएँ भनेर झगडा गर्न गएकी अनुराधा अन्ततः उनै सञ्जयको प्रेमिका हुन्छिन्, उनकै घरमा रात बिताउँछिन् । गाउँमा नायक सञ्जय झाडापखालाले चिरनिद्रामा पुग्दा अनुराधा भने एक्लो रात बिताउन गाह्रो भएको सुनाउँछिन्, प्रेमिको अँगालोमा निदाउने आदत जो परेको छ ।
हो युद्ध सकिएको छ । पहिलोमात्र होइन, दोस्रो संविधानसभाको निर्वाचन पनि सकिएको छ । नेकपा माओवादी जनताबाट बहिस्कृत भइसकेको अवस्था छ । गाउँबाट नेता भेट्न आएका कार्यकर्तालाई लोकेन्द्र विष्टले चुनाव हारेको रिस फेर्छन् । जनार्दन शर्माले पनि चुनावमा खर्च धेरै भएको र ऋण लागेको सुनाएर राहतको आसामा आएकालाई निरास पारेर फर्काएका कथा बुनएिका छन् । त्यतिमात्र होइन, उपन्यासकार श्रेष्ठले आफ्नै बारे पनि लेखेका छन्, ‘प्रचण्ड र बाबुरामहरु दक्षिणपन्थी भएकोमा असन्तुष्टि देखाउँदै मणि थापा र रविन्द्र श्रेष्ठले विद्रोह गरेर गए । मोहन वैद्यहरुले पार्टी फुटाए ।’ अनि माओवादीमै रहेका उपन्यासका नायक सञ्जय भन्छन्, ‘नेताहरुलाई लाइन लगाएर गोली हान्ने बेला भएकै हो भने म साक्षी बस्न तयार छु ।’ युद्ध लडेका रोशनको दुवै आँखा गुमेका छन् र भन्छन्, ‘आँखा फुटेर राम्रै भयो, कम्तीमा प्रचण्ड गद्धार भएको यी आँखाले देख्न परेन ।’ अर्की युद्ध छापामार कल्पना आफ्ना जीवनका उहापोह सुनाउँछिन्, ‘सेन्ट्रीमा बस्ने बेला हतियार देखाएर बलात्कारको प्रयास ग¥यो, लुगा खोलेको नाटक गरेर राइफलले फटाफट धडिदिएँ, केटो ठाउँको ठाउँ माटो भयो ।’
१२ अध्याय सकाउँदै गर्दा अधिकांश समय श्रेष्ठले माओवादीका नेताहरुको दक्षिणपन्थी र सुधारवादी भासलाई उधिन्न खोजेका छन् । उपन्यासका नायक सञ्जयले अनुराधालाई माओवादीका पुराना कुरा सूचना दिएर समाचार बनाउन लगाएकी छिन् । समाचार नबन्ने विषयलाई उनले कथा बनाउन उत्साहित गरेका छन् । पहिलो अध्यायमा कमरेड मनसरा जो, युद्ध छापामार विक्रमसँग प्रेम गर्छिन् र पार्टी केन्द्रीय सदस्य जितमानसँग विवाहमा बाँधिएपछि विक्रम आफूसँग भएको ग्रेनेडले जीवन सिध्याउँछ । माओवादी युद्धभित्रको एउटा कथा पटाक्षेप गर्छन् श्रेष्ठ सञ्जय मार्फत ।
दोस्रो अध्यायमा श्रेष्ठ माओवादी नेता सुबोधका पत्नी र छोरीलाई प्रहरीले पक्रेर बलात्कार गरेको घटनालाई उधिन्छन् । तेस्रो अध्यायमा श्रेष्ठ राजधानीमा प्रचण्ड बसेका घरहरुमा अनुराधालाई पु¥याउँछिन् । प्रचण्डप्रति बढी नै आक्रोशित उनले नायक सञ्जयमार्फत बोलेका छन्, ‘यो ज्याकेट मलाई साथीहरुले दिएका हुन् तर म जनसेनामा गएकाले प्रचण्डलाई दिएँ । यो महंगो ज्याकेट किन लगाउने भनेर नेतालाई दिएँ ।’ पार्टीमा बढ्दो बुर्जुवाकरणको संकेत प्रचण्डलाई पठाएको हाँसेर लगाए ।
उनले भनेका छन्, ‘प्रचण्डको महंगो ज्याकेटले १० जनसेनालाई डे«स पुग्थ्यो । पासाङ र हितमानले बोक्ने झाला र मोबाइल फोनले अरु २० जनालाई डे«स पुग्थ्यो । त्यतिमात्र होइन, उनीहरुले हरेक दिन पिउने विदेशी मदिराले सायौँ जनसेनालाई डे«स पुग्थ्यो ।’ नायक सञ्जयले चराका कथा सुनाएर पूर्व नेपालका तराईका गरिबका आँसुलाई पनि गजबले प्रस्तुत गरेका छन् । उनले सांकेतिक रुपमा चरालाई पात्र बनाएर मुलुकको दुःखका ऐठनलाई जीवन्तता दिन प्रयास गरेका छन् ।
प्रकाशित मिति: २०१४-११-१५
No comments:
Post a Comment