Saturday, April 4, 2015

प्राचीन नेपालका शासकको रुपमा कहलाइएका महिषपाल, गोपाल, किराँत, लिच्छवि र मल्ल समुदायका अवशेषहरु के नेवार समुदायमा यत्रतत्र छरिएर रहेकै हुन् त ?

प्राचीन नेपालका शासकको रुपमा कहलाइएका महिषपाल,

गोपाल, किराँत, लिच्छवि र मल्ल समुदायका अवशेषहरु

के नेवार समुदायमा यत्रतत्र छरिएर रहेकै हुन् त ?

–ज्वज्वलपा सकसित–को कलमबाट
मैले केही वर्षअगाडि छोटो टिप्पणी लेखेको थिएँ-
‘प्राचीन र मध्यकालीन नेपालको इतिहासमा उल्लेखित महिषपाल, गोपाल, किराँत, लिच्छवि र मल्लकाल सबै नेवार-समुदायको अस्तित्व रहेको इलाका र सामाजिक जीवनवरिपरि सीमित इतिहास मात्रै हुन् । यो इतिहास अपूरो छ । यो इतिहासमा पश्चिमी वा पूर्वी इलाकामा अस्तित्व रहेका खस, राई, लिम्बू आदिको भूमिका खासै स्पष्ट छैन । नेवारको इतिहास पनि खुलेको छैन । त्यहाँ उल्लेख भएका छोटोमोटो लडाइँका कुरा छाडौं, युगान्तकारी परिवर्तनहरुमा समेत नेवार समाजको संलग्नता के कस्तो थियो‚ केही पनि खुलेको छैन । त्यो इतिहास हेर्दा क्षत्रिय दाबी गर्ने (हालका ठकुरी क्षत्रीका पूर्वजहरु वा त्यस्तै समूहका सन्काहा रजौटाहरु)को बहादुरी गाथा र सत्ता छिनाझप्टीको आलेखजस्तो मात्रै देखिन्छ । जबकि इतिहासको कुनै पनि संगीन घटनाक्रममा त्यहाँ अस्तित्वमा रहेको समाज, याने कि नेवार समाजको भूमिका जबर्दस्त हुनैपर्दछ । तर खोई त त्यो भूमिका दस्तावेजीकरण भएको ?’
माथिको यो टिप्पणीलाई केही स्वनामधन्य नेवार उपबुज्रुकहरुले समेत हाँसोमा उडाए । केही खस-बाहुन चाटुकारहरुले दस्तावेजीकरण गरेको तथाकथित इतिहासमा प्राचीन गोपाल शासकलाई विस्थापन गर्न किराँत आए, किराँतलाई विस्थापन गर्न लिच्छवि आए, लिच्छविलाई विस्थापन गर्न मल्ल आए भन्ने सन्देश छ । त्यो जानकारी त्यसरी प्रस्तुत गरिनुको उद्देश्य के हो भने शासकहरुको विस्थापनक्रमकै निरन्तरताको रुपमा मल्ल विस्थापन गर्न शाह शासकहरु आएका हुन् भन्ने हो । तर मल्ललाई विस्थापन गर्ने शाह शासकहरु नेवार शासक नभई खस-शासक हुन् भन्ने फरक जानकारी कहीँ कतै पनि दिइएको छैन । बरु सकेसम्म लुकाउन खोजिएको छ ।
नेपालको पुरानो इतिहासमा रुचि राख्ने खोजकर्ताहरु खालि आर्कियोलोजिकल अन्वेषण, पुराण, कहावतजस्ता बनिबनाउ कुराको मात्रै आधार लिन्छन् र मनोगत विश्लेषण तेर्स्याउँछन् । शिलालेख, ताम्रपत्र, वंशावली, ताडपत्रहरु खोतल्नु र तिनको आधारमा राजामहाराजाहरुको जीवनकाल वर्णन गर्नुमै नेपालको इतिहास अध्ययन सीमित रहेको छ । संस्कृति, संस्कार, भाषा, सामाजिक मान्यता, रहनसहन आदिको अध्ययन गरिएकै हुँदैन । पछिल्लो समयमा सहरी विकास तथा वास्तुकलाबारे केही सार्थक अन्वेषण हुन थालेको देखिन्छ ।
प्राचीन नेपालका शासकको रुपमा कहलाइएका महिषपाल, गोपाल, किराँत, लिच्छवि र मल्ल समुदायका अवशेषहरु हालसम्म पनि नेवार समुदायमा यत्रतत्र छरिएर रहेका छन् । गोपालवंशी शासकहरुको विस्तृत विवरण नभेटिए तापनि तिनीहरु नेवार समाजकै एक अभिन्न अंग हुन् भन्ने कुरा निर्विवाद छ । हाल आफूलाई गोपालीको रुपमा परिचित गराउने उक्त समूहका भाषा, परम्परा, सामाजिक मान्यता, रहनसहन आदि सबै नेवार समुदायसितै एकाकार भएर रहेका छन् । आधुनिक विकासबाट प्रदूषित नभइसकेको गोपाली वस्तीहरु घुमेर हेर्ने हो भने तिनीहरु कति हदसम्म नेवार सभ्यताकै अंग रहे भन्ने स्पष्ट छ । तिनको इतिहास नलेखिए पनि मेटिइसकेको अवस्था भने होइन ।
महिषपाल समुदाय लगभग नष्ट भइसकेको शंका लागेता पनि पूर्वी चितवनमा रहेको महिष (राँगा भैंसी) पालन गर्ने एक खास चेपाङ प्रजातिका समूहका पूर्वज महिषपाल वंशकै हुनुपर्ने मेरो दह्रो विश्वास छ । तिनको सामाजिक मान्यता नेवारसित निकै मिल्दाजुल्दा छन् भने नेवारले मात्रै अँगाल्ने केही विशिष्ट परम्परागत मान्यताहरु तिनीहरुसित पनि हुनुजस्ता कुरा अचम्मको संयोग मात्रै होइन । गोपाल शासकभन्दा अगाडि उपत्यकाको मानववस्ती के कस्तो संरचनामा रहेको थियो होला भन्ने विवेचना र विश्लेषण भएको उदाहरण छैन । तर उपत्यकाका नजिक रहेका चेपाङ, थारुलगायतका थुप्रै समुदाय उपत्यकाकै नेवारका हाँगाबिँगा रहेको र कुनै खास कालखण्डमा बाहिर निकालिएका समूहहरु हुन् भन्ने मान्यता राखेर केही अध्ययन तथा विमर्शहरु भएका छन् ।
महिषपालको अस्तित्व राम्ररी नदेखिएको हुँदा तिनमाथि चर्को दमन भएको अड्कल काट्न सकिन्छ । सायद महिषपाल र गोपालको शक्ति संघर्षमा नराम्ररी पराजित भएर ती नेपालमण्डल छेउछाउको जंगलको शरणमा जाँदा त्यतै रहन पुगी कालान्तरमा चेपाङ प्रजाति बन्न पुगेको हुनुपर्छ । अथवा तीव्र कृषिक्रान्ति जारी रहँदा बदलिँदो परिस्थितिमा महिषपालहरु टिक्न नसकी गोपालमै परिवर्तन भएको वा महिषपालकहरु लोप भएको हुन सक्ने सम्भावना पनि छ । नेवार समुदायभित्र थरीथरीका पेसागत समूहहरु विभिन्न समयक्रममा विभिन्न कारणवश लोप भएका छन् । उदाहरणका लागि‚ मेरो जानकारीमा रहेको नेवार समुदायभित्रका ‘सबा’ समूहको अन्तिम व्यक्ति ने.सं. १११४ तिर मृत्यु भएपश्चात उक्त समूहको अस्तित्व नै लोप भएको हो ।
किराँत र लिच्छवि समुदायमाथि दाबी गर्ने समूहहरु नेपालमा थरीथरीका छन् । विशेषत: भोट बर्मेली तथा मंगोलियन वर्णका मानिने तामाङ, राई र लिम्बू सम्प्रदायले किराँतलाई आफ्नो पुर्खा दाबी गर्दछन् भने आर्य वर्णका मैथिल, अवधी तथा खस सम्प्रदाय लिच्छविलाई आफ्नो पुर्खा दाबी गर्न हिच्किचाउँदैनन् । तर नेवारले भने किराँत वा लिच्छविलाई आफ्नो दाबी गरेको मैले सुनेको छैन । नेवार समुदाय मल्ललाई मात्रै आफ्नो ठानेर बसेका छन् । यद्यपि मल्लको इतिहासमा मधेशतिरबाट छिरेका ठकुरीहरुको उपस्थिति मनग्य छ । यो सबै भ्रम हो । वास्तवमा किराँत, लिच्छवि र मल्लहरु सबै नेवार नै हुन्, नेवारभित्रकै समूह–उपसमूहहरु हुन् ।
bauddh
हामीलाई पाठ्यक्रममा पढाइएको विषयवस्तु सरसर्ती हेर्दा तत्कालीन नेपालमा शासन गरिरहेका गोपाल शासकलाई बाहिरबाट आएका किराँतहरुले हमला गरेर पराजित गरेर शासन हत्याएकोजस्तो बुझिन्छ । यी कहानीहरु मिथ्या हुन्, सही इतिहास हैन । यदि किराँतहरु नेपाल खाल्डोकै आदिम बासिन्दा हुन् भने गोपालहरुले कसरी तिनमाथि शासन गरे ? यदि नेपालखाल्डोबाहिर रहेका राई, लिम्बू वा तामाङजस्ता आफूलाई किराँत दाबी गर्ने समुदायका शासक हुँदो हो त तिनका उद्गम थलोहरुमा गोपाललाई पराजित गर्न सक्ने सैन्य शक्ति जम्मा भएको तथा गोपालहरुसित लडाइँ भएको प्रमाण फेला पर्नुपर्ने हो । त्यसैगरी हमलाकारी शक्तिबाट शासित भएर बसेका नेपालवासी नेवारले राई, लिम्बू वा तामाङसित मिल्दोजुल्दो हुने भाषा, संस्कार, लवाइखवाइ र संस्कृतिहरु अँगालेका प्रमाण यथेष्ट अस्तित्वमा हुनुपर्ने हो । जस्तोकि नेवारहरु खस-गोरखाली शासकको हमलामा परेपछि खस-शासकको प्रभावमा परेका नेवारहरु थुप्रै देखिएका छन् । तर नेपालको गोपाल-शासकलाई विस्थापित गर्न आइपुगेको भनिएको किराँत शासकहरुको कुनै खालको प्रभाव नेवार संस्कृतिमा देखिएको छैन । यसको मतलब किराँत भनिएकाहरु पनि बाहिरिया होइनन्, तिनीहरु नेवार-समाजभित्रकै नेवारहरु नै हुन् ।
नेवार समाजको विकासको इभोलुशन हेर्दाखेरी के स्पष्ट देखिन्छ भने यस समुदायको प्राचीन निर्भरता पशुपालनमा थियो । पशुपालन समाजको प्रमुख आर्थिक गतिविधि हुँदाताका महिषपाल र गोपालहरु समाजमा प्रभावी भए र तिनले राज्य संचालन गरे । तत्पश्चात विस्तारै बालीनाली रोप्ने तथा व्यवस्थित कृषि उत्पादन गर्ने प्रविधि विकास गर्दै गएपछि कृषि उत्पादन नै प्रमुख आर्थिक गतिविधि भए । यो समय किराँतकाल रह्यो । पशुपालनमा निर्भर समुदायहरु आर्थिक रुपमा कमजोर तथा अनिश्चित भविष्य हुने हुँदा समाजमा प्रभावहीन हुँदै गए, कृषि उत्पादन गर्नेहरुको निश्चित आम्दानी र उच्च प्रतिफलले गर्दा तिनीहरु सशक्त बन्दै राज्यसत्ता हातमा लिन सफल भए । ती किराँतहरु कृषिमा निर्भर नेवारहरु नै हुन् । त्यो समयका किराँत शासकहरु नेवार नै हुन् । हालको नेवार समाजमा अस्तित्वमा रहेको समुदायसित तुलना गर्दा ‘ज्यापु’ समुदाय नै किराँत शासकहरु हुन् । हुनसक्छ किराँत शासकले शासन सत्ता टिकाउँदा हुने आन्तरिक तनाव वा चलखेलमा तामाङ, राई, लिम्बू, गुरुङ आदि समुदायसित सहयोग लिएका थिए वा सहकार्य गरेका थिए । शारीरिक बनौटको आधारमा हेर्दा नेवार किराँत भन्न मिल्ने ‘ज्यापु’ समुदायको बनौट गुरुङ र थारुसित धेरै मिल्दोजुल्दो छ ।
तत्पश्चात कृषि तथा जीविकामा व्यवस्थित प्रविधिको विकास भयो । थरीथरीका कृषि औजारहरु, काठे मेसिनहरु, सिँचाइ, ढल तथा व्यवस्थित कृषि कारोबारको विकास भए। यस्तो विकासले गर्दा आर्थिक गतिविधिमा तीव्रता आउन थाल्यो । जुन जुन समूह परम्परागत कृषिकार्य मात्रै गर्थे तिनीहरु कमजोर हुँदै गए भने प्रविधिमा दख्खल भएकाहरु शक्तिशाली हुन थाले । यो समय लिच्छविकाल रहयो । सायमिहरु सुरुवाती लिच्छविकालमा प्रभावशाली रहे । तत्पश्चात बरे तथा तम्व:हरु प्रभावशाली रहे । परम्परागत कृषिलाई प्राथमिकता दिनेहरु राज्यसत्तामा कमजोर भए भने उद्यम र कृषिको मिश्रण गर्नेहरु प्रभावशाली बने । यो समय लिच्छविकाल रह्यो । यसबेला बौद्ध धर्मको प्रचार बलियो रहेको हुँदा लिच्छविकालमा प्रभावशाली रहेका समुदायले बौद्ध दर्शन बलियोसित अँगालेको देखिन्छ, जुन यद्यपि बरे, तम्व:, कसा:लगायतका ‘उराय्’ समाजमा देखिन्छ । ‘ज्यापु’ समुदायमा पनि बौद्ध दर्शन निकै प्रभावी देखिन्छ यद्यपि तिनको पेसागत विविधतामा उद्यमको अस्तित्व निकै थोरै छ ।
इतिहासमा पढाइएको जस्तो वैशालीबाट आएका लिच्छविहरुले किराँत शासकलाई खेदेर नेपालमा शासन गरेको भन्ने दाबी झूठ हो । वैशालीबाट भागेर आएका शरणार्थीहरु नेपालमा शरण लिएका हुन्, बसेका हुन् । तिनका चतुर दिमागले राजनीतिक दाउपेचमा नेपाल खाल्डोमा उद्यमशील कृषि गर्ने जमातको स्वार्थलाई बढावा दिँदै किराँत शासकलाई विस्थापित गरेका हुन् । त्यो विस्थापन प्रक्रिया छोटो तथा शान्तिपूर्ण थिएन । सानाठूला केही उथलपुथल मच्चिएको थियो नै, तर लिच्छवि राजाहरुले राज्यसत्ता हत्याउन तिनले संगठित सैन्य हमला गरेर किराँत सेनालाई नेपालबाट लखेटेर शासन सत्ता लुटेको जस्तो अर्थ लाग्ने कहानी मनगढन्त हो ।
यसैगरी लिच्छविकालका शासकहरु वर्मा, गुप्त तथा ‘देव’हरु ठकुरी हुन् भन्ने दाबी पनि झूठ हो । मनोगत चिन्तन बोकेका खस-ठकुरीहरु संसारभरिका ठकुरी जति जम्मै एकै प्रजाति वा नश्लका मानिस हुन् भन्ने मिथ्या विश्वासमा रहेको पाइन्छ । लिच्छवि राजाहरुले प्रयोग गरेका ‘देव’ कुनै थर होइन, पदवी हो । त्यो बेलाको नेवार समाजमा कसैलाई ठूलो बनाउन परे ‘देव’ भन्ने गरिन्थ्यो । जस्तो कि राजपुरोहित देव-भाजु अचेल पनि द्यवभाजु (अपभ्रंश रुप) भनिन्छ । ती राजपुरोहितहरु नेवार नै हुन् । त्यसैगरी ‘देव’ जोडिएका अन्य समूह पनि नेवार समाजमा अस्तित्वमा छन् । जस्तो कि देव-बञ्जा: (अचेल द्य:बञ्जा:), देव-नाङ (अचेल द्य:नां), देव-क:मि (अचेल द्यांक:मि), देव-मयजु (अचेल द्य:मयजु), देव-सुलिं (अचेल द्यसलिं) देव-उलामि (अचेल देउला, द्य:ला) आदि । लिच्छविकालीन वर्मा वा गुप्त शासकहरु प्राय: पारिवारिक नाताको सिँढी चढेर शासक बनेका वा मुख्तियारी हासिल गरेका शासकहरु देखिन्छन् ।
अर्को महत्त्वपूर्ण कुरा के हो भने किराँतकाल पतन भएर लिच्छविकाल आउने समयसम्ममा वैशालीबाट आएका राजनेताहरु नेवार समाजको अंग भइसकेका थिए । यहाँको नेवार जनजीवनको दर्शनमा समाहित भइवरी यहाँ समृद्धिको चुचुरोमा रहेका उद्यमी वर्गको स्वार्थ रक्षकको रुपमा प्रस्तुत भई राजनीतिमा र शासन सत्तामा स्थापित भएका हुन् । केन्याबाट गएका ओबामाको सन्तान अमेरिकाको राष्ट्रपति हुँदा त्यस घटनालाई केन्यालीले अमेरिकाको शासनसत्ता कब्जा गरेको भन्न मिल्छ ? मिल्दैन । केन्याली मूल नै भएता पनि अमेरिकीकरण भइसकेका हुनाले ओबामा-शासन अमेरिकी-शासन नै ठहरिन्छ । जसरी ओबामा अमेरिकी समाजका राष्ट्रपति भए त्यसरी नै लिच्छवि देवहरु नेवार समाजकै शासक थिए भनेर मान्नुपर्ने हुन्छ । त्यसैले लिच्छविकाल पनि नेवार शासकहरुकै काल हो । कुनै खस, आर्य, तिरहुते, ठकुरीहरु आएर राज्य गरेका होइनन् ।
जसरी लिच्छवि शासकले किराँत शासकलाई विस्थापन गरेको इतिहासप्रति हामीलाई पढाइएको इतिहास मिथ्या छ, त्यसरी नै लिच्छविलाई विस्थापित गरेका मल्ल शासकको उदयको इतिहास पनि मिथ्या छ । तिरहुतिया मल्ल, खस मल्ल, मगर मल्ल र नेवार मल्लहरुको छुट्टाछुट्टै अस्तित्व रहेको हुँदा ‘मल्ल’ पनि नश्लको आधारमा स्थापित पहिचान नभई ‘देव’जस्तै एक किसिमको पदवी हो भन्ने बुझिन्छ । किनकि यी फरक फरक सम्प्रदायमा रहेका मल्लहरुबीच कुनै समानता छैन । न भाषा मिल्छ, न संस्कार मिल्छ, न पारिवारिक मान्यता मिल्छ । नेवार मल्लहरुका केही पारिवारिक मान्यताहरु तिरुहुतिया मल्लहरुसित मिल्ने हुँदा नेवार मल्ल र तिरहुतिया मल्लका विच सम्बन्च रहेको बुझिन्छ, तर खस र मगर मल्ल सित मिलेको देखिन्न । नेपाल खाल्डोमा शासन गरेका मल्लहरु पनि बाहिरबाट विस्थापित भएर नेपाल छिरेका भन्ने आम बुझाइ असत्य हो । कुनै मल्ल राजा वा रजौटाले नेपालखाल्डो बाहिरबाटै सैन्ययोजनासहित हमला गरी लिच्छवि शासकलाई लखेटेर तिनको हातबाट शासनसत्ता खोसेको इतिहास होइन ।
मल्ल शासनको उदयताका सैन्यबल राज्यशासनमा प्रभावी हुने काल रह्यो । यस्तो परिस्थितिमा नेवार समाजमा ‘मल्ल’ पहलवानहरुको स्थान विशेष प्रभावशाली हुँदै आयो । साथसाथै लिच्छविकालको अन्त्यताका नेपाल खाल्डोले लगातार भनेझैं प्राकृतिक प्रकोपहरु झेल्न परेको थियो । प्राकृतिक प्रकोपहरुले दु:ख दिएको बेला कृषिआधारित उद्यम व्यवसायभन्दा पनि सैन्यबल आधारित प्रकोप व्यवस्थापन बढी प्रभावशाली र जनप्रिय रहन गयो । यस्तो अवस्थामा हुने राजनीतिक उतारचढावको भर्यासङ टेक्दै ‘मल्ल’ शासक सत्तासीन भए । त्यसैताका नेवार समाजले खस राज्य तथा मुसलमान विस्तारवादीहरुका अनपेक्षित आक्रमणहरु पनि झेल्नुपर्योक । नेवार समाजले अस्तित्व र आत्मसुरक्षाको निमित्त बलिया युद्दकौशली ‘मल्ल’को नेतृत्त्व अँगाले ।
नेवार मल्लहरु सैन्य प्रविधिमा मात्रै केन्द्रित नरही समाज विकासक्रममा हुँदै आएको प्राविधिक विकास र विविधतालाई अँगाल्न र प्रोत्साहन दिन सक्षम देखिए । तिनको शासनकालमा ढुंगा, माटो, काठ, फलाम, पित्तल, सुन, ढलौट, कपडा, निर्माण प्रविधि, संगीत, धर्म, नाचगानजस्ता विविध क्षेत्रमा प्रविधिको विकास गर्दै गए । साथै सैन्य तथा अन्य प्रविधिमा निपुणता र निखार ल्याउन वरिपरिका तिरहुत, सेन, वैशाली मात्रै नभएर गुजरात र कन्नडजस्ता परपरका क्षेत्रसम्म पनि राजकीय र धार्मिक सेतुहरु कायम गरी मल्लहरुले त्यो बेलाका विविध आर्थिक-सामाजिक गतिविधि व्यवस्थापन गरेको देखिन्छ, जसको अवशेष हालको नेवार सभ्यता तथा धरोहरहरुमा समेत पाइन्छ ।
यसरी मल्लकाल पूर्णतया नेवारकाल हो भन्ने निर्विवाद भएझैं लिच्छविकाल, किराँतकाल वा त्योभन्दा अगाडिको गोपाल वा महिषपालकालहरु पनि नेवार सभ्यताकै अंग हुन् । नेवार समाजले राजकाजबाट हात धुनुपरेको समय भनेको नै पृथ्वीनायण शाहको सत्ता कब्जापश्चात मल्लकाल अन्त्य भएपछि हो । तत्पश्चात नेवार समाज निरन्तर ओरालो लागेको छ, यदि अवनतिको क्रम यस्तै रहने हो भने अब केही समयपश्चात प्यालेस्टाइनको गाजापट्टिबाट प्यालेस्टिनीहरु विस्थापित भएझैं नेवारहरु नेवार आदिभूमिबाट विस्थापित हुने खतरा छ ।
नेवारहरुको विस्थापनमा प्यालेस्टिनीले झैं विश्व जनमतको सहानुभूति समेत पाइने छैन र नेवार समाज तहसनहस भएर इतिहासको पन्नामा सीमित हुनेवाला छ । किनकि आजको नेवारहरुमा दुईटा गम्भीर खराबी रहेका छन् : १) नेवार समाज च्य:बुद्धि भएका स्वार्थलम्पट अवसरवादीहरुद्वारा नराम्ररी प्रदूषित छ । २) नेवार समाजलाई नेवार समाजको इतिहासबारे सही जानकारी नै छैन । इतिहासको सही जानकारी नराख्ने कुनै पनि समुदायको वर्तमान वा भविष्यले सही दिशा पकडेको उदाहरण यो दुनियाँमा कतै छैन । त्यसमाथि स्वार्थलम्पट अवसरवादीहरु अहिले बाहुनबाद हावी रहेको नेपालमा ‘बर्मू च्य:’ बन्न तँछाडमछाड गरिहिँडेका छन् । यो अवस्था सच्याउन सानातिनो मिहेनत अपर्याप्त हुँदैछ ।
नेवार मात्रै हैन‚ नेपाली समाजमा अस्तित्वमा रहेको तर नेपाली प्राचीन इतिहासमा खास उल्लेख नभएका समुदायहरु (जस्तै खस, तामाङ, राई, गुरुङ, मगर, लिम्बू, थारु, शेर्पा आदि) पनि तीव्र गतिमा ओरालो लागेको लाग्यै छन् । कारण उही हो, आ-आफ्ना इतिहासबारे सही जानकारीको अभाव । यी समुदायहरुको प्राथमिक वस्ती नेपालखाल्डो होइन तर यी समुदाय आफ्नो इतिहासलाई नेपालखाल्डोको इतिहाससित समानान्तर गरेर बुझ्ने प्रयासको ह्यांगओभरबाट मुक्त हुन सकेका छैनन् । परपर रहेका अन्य समुदायको त के कुरा‚ नेपालखाल्डोको नजिकमा रहेको तामाङ समुदायले समेत आफ्नो इतिहासबारे नेवार समाजको इतिहासक्रमबाट प्रदूषित नभई अलग्ग विकास भएको राजनीतिक-आर्थिक इतिहास खोतल्न सकेको छैन । यो ठूलो कमजोरी हो । जबकि तामाङ र घले राजाहरुको वर्णन र श्रुतिहरु अझै मेटिइसकेका छैनन् । तिनले गरेका वीरतापूर्ण लडाइँका कहानीहरु बिर्सिइएको छैन । लिम्बू राजाहरुले पृथ्वीनायण शाहसित गरेका सम्झौताका केही दस्तावेज प्राप्त हुँदा लिम्बू समाजको स्व-जागरण अभियान कति तेजिलो भएर निस्कन सक्यो ? त्यही उदाहरण नै काफी छ कि सही इतिहासले कति ऊर्जा दिँदोरहेछ भन्ने बुझ्नलाई ।
त्यो कुरा बुझ्नुभन्दा पनि खस, तामाङ, राई, गुरुङ, मगर, थारु, शेर्पा आदिले किराँत, लिच्छवि वा मल्लहरुमा इतिहासमै आफूलाई खोज्ने गम्भीर गल्ती गरिरहेका छन् । त्यसो गर्नुभन्दा आ-आफ्ना छुट्टाछुट्टै इतिहास अभिलेखीकरण गर्नुपर्छ । आ-आफ्ना समुदायमा नेतृत्त्व प्रदान गरेका विशिष्ट व्यक्तिहरु पहिचान गर्दै आ-आफ्ना पहिचान र अस्तित्व बचाउन तिनले दिएका योगदानहरु सार्वजनिक गर्नुपर्दछ । अनि बल्ल इतिहासको जगमा सही तरिकाले उभिन सकिन्छ । नत्र त उही हो जति मच्चिए पनि जहाँको तहीँ !
बसन्तपुर दरबार मार्गको दृश्य । तस्बिर सौजन्य: एचए ऒल्डफिल्ड । 
Jwajalapa Sakasita  ब्लगबाट ।
www.esamata.com/np बाट साभार 

दरबार हत्याकाण्डको रहस्य बल्ल खुल्यो... सबैभन्दा पहिले मारिएका थिए 'दीपेन्द्र’..

अज्ञात व्यक्तिले गोली चलाएर वीरेन्द्रको वंशनाश गरेको दाबी गरेका छन् । १९ जेठ २०५८ मा नारायणहिटीको त्रिभुवन सदन (घटनास्थल) मा ड्युटीमा रहेका तत्कालीन सैनिक हवल्दार लालबहादुर लम्तेरी मगरका अनुसार हत्याराले पहिलो गोली नै दीपेन्द्रलाई हानेको थियो ।

दरबार हत्याकान्डको तीन महिनापछि हत्याको अभियोगमा मुद्दा चलेर अहिले नख्खु कारागारमा रहेका लम्तेरी मगरले गत साता नयाँ पत्रिकासित लामो कुराकानी गरे । उनले यतिसम्म भने, ‘दीपेन्द्रको ढाडमा ६ राउन्ड र बायाँ कन्चटमा एउटा ब्रस्ट फायर भएको हो ।’

हरेक महिनाको अन्तिम शुक्रबार ‘गुड फ्राइडे’ मनाउने क्रममा त्यस रात (१९ जेठ २०५८) भोजमा सरिक तत्कालीन राजा वीरेन्द्रसहित उनको परिवारका पाँचैजना र नातेदारको पनि हत्या भएको थियो । सरकारले पहिले स्वचालित हतियार पड्किएको बताएको थियो भने पछि दीपेन्द्रले गोली चलाएर आफ्नै बाबु, आमा, भाइ र बहिनी मारेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

दीपेन्द्रले गोली चलाएका होइनन्, षड्यन्त्रपूर्वक वंश नै नाश गरेर दीपेन्द्रलाई दोषी बनाइएको हो भन्ने चर्चा जनमानसमा भए पनि घटनाका कुनै पनि प्रत्यक्षदर्शीले दीपेन्द्र हत्यारा होइनन् भनेर बयान दिएका थिएनन् । ‘दीपेन्द्रले होइन, नकाव लगाएर उनको जस्तै अनुहार बनाएको हतियारधारीले’ गोली चलाएको थियो भन्ने लम्तेरी घटनाको पहिलो ‘प्रत्यक्षदर्शी’ हुन् । उनका अनुसार नकावधारी तत्कालीन शाहजादा पारस शाहसँगै भित्र आएका थिए । ‘भोज चलिरहेको बेला पारस गाडीमा बाहिरए,’ लम्तेरीले भने, ‘केहीबरेपछि त्यही गाडीमा दीपेन्द्रको मुखुन्डोधारी भित्र आएको हो ।’

लम्तेरीले घटना हुँदा दीपेन्द्र आफ्नै खोपीमा रहेको पनि बताए । ‘मलाई नै थाहा छ- दीपेन्द्र सरकार नसा लागेर खोपीमा सुतेका थिए, नकावधारीले पहिलो गोली त्यहीँ चलाएका हुन्, त्यसपछि चारैतिरबाट गोली चल्यो, मचाहिँ केराघारीमा ल्यान्ड पोजिसनमा बसेर बचेँ ।’

लम्तेरी मगरका अनुसार दीपेन्द्र आफ्नै खोपीमा मरेका हुन् । ‘दुईजना एडिसीले लास उठाएर सैनिक प्रहरीको गाडीमा छाउनी पुर्‍याएका हुन् । दीपेन्द्र त्यतिबेलै मरिसकेका थिए,’ उनले भने ।















वीरेन्द्र र नीराजनको लास आफूले पनि उठाएको उनले बताए । ‘मैले पनि वीरेन्द्र र नीराजन सरकारको लास उठाएको हुँ,’ उनले भने, ‘वीरेन्द्र सरकारको लास लिएर सैनिक अस्पताल जानेमा म पनि थिएँ । सैनिक प्रहरीको गाडीमा म पछाडि बसेको थिएँ । बाटोमा वीरेन्द्रले सानो स्वरमा दुख्यो, दुख्यो भनेको मैले सुनेको हुँ । अस्पताल पुगेपछि के भयो थाहा छैन ।’


गोलीको वषर्ात्पछि सन्नाटा छाएको घटनास्थलमा पारस खालीखुट्टामै आएको उनले बताए । ‘ल अब हस्पिटल लैजानुपर्‍यो भनेका थिए पारसले,’ लम्तेरीले भने, ‘पारस र उनका परिवारलाई केही पनि भएको थिएन ।’



खोपीमा सुतेका दीपेन्द्र त्यहीँ मारिएको देखेका लम्तेरीले पछि दीपेन्द्र नै हत्यारा हुन् भन्दै प्रतिवेदन आएपछि आश्चर्यमा परेको बताए । दीपेन्द्र निर्दोष हुन् भन्दै उनले दरबारमा बिन्तीपत्र पनि हालेका थिए । ‘घटनाको साता दिनभित्रै जेठ २५ गते मसहित लेसनायक नरेन्द्र थापामगर, हवल्दार शिव कुँवर, नायक गुणबहादुर पुन र एउटा सिपाही भएर दरबारको प्रमुख सचिवालयमा बिन्तीपत्र हाल्यौं,’ लम्तेरीले भने, ‘हामीले बेनामी बिन्तीपत्रमा दीपेन्द्रबाट घटना भएको होइन, यसको निष्पक्ष छानबिन होस् भन्यौं ।’



आफ्नो अभिभावकजस्तो मान्छे दीपेन्द्र मारिएपछि ‘त्यतिसम्मको दुस्साहस’ गरेको उनले बताए । तर ‘कतैबाट पोल खुलेपछि २९ जेठमै आफ्नै हाकिमहरूद्वारा समातिएको’ उनले बताए । ‘पहिले दरबारमा आतंक मच्चाएको भन्दै समातियो, पछि एउटा होटलमालिकलाई मारेको भन्ने झुटो केस चलाएर मुद्दा हालियो ।’



आफू कलाकार पनि भएकोले दीपेन्द्रको प्यारो मान्छे भएको दाबी गर्दै उनले भने, ‘म सांगीतिक क्षेत्रको मान्छे, बाजा बजाउन, नाच्न, गाउन र खेल खेल्न सधैं अघि सर्थें, त्यसैले पनि दीपेन्द्र सरकारका लागि म निकै प्यारो मान्छे थिएँ ।’



उनले दीपेन्द्रलाई मुड भएको बेला खोपीमै गएर गीत गाउने गरेको पनि बताए । ‘गीत सुन्नुपर्‍यो भने त्यो डल्लुलाई बोलाऊ भन्ने हुकुम हुन्थ्यो । म खोपीमै जान्थें । गीत सुनाएर खुसी पार्थें,’ उनले भने ।



उनका अनुसार संगीतकार प्रवीण गुरुङलाई गाडीले किचेर मारेको आरोपमा तत्कालीन राजा वीरेन्द्रले पारसलाई कारबाही गर्न खोजेका थिए । ‘तर पारसको चुनौतीका कारण उनी (वीरेन्द्र) पछि हटे,’ उनले भने । लम्तेरी मगरका अनुसार प्रवीण गुरुङ मारिनुअघि श्रुतिले चलाएको कारको ठक्करले दरबारभित्रै तनहुँ घर भएका पुरानो गोरखगणका सिपाही मारिएका थिए । ‘ऊ ड्युटीमै उभिएको बेला गाडीको ठक्करले मर्‍यो । पछि बाहिर तालिमका बेला एम्बुसमा परेर मारियो भनेर परिवारलाई क्षतिपूर्ति दिइयो ।’ पारसले आफूलाई भन्दा अघि श्रुतिलाई कारबाही गर्न वीरेन्द्रलाई चुनौती दिएपछि वीरेन्द्र मत्थर भएको लम्तेरीले बताए ।
20080728175455a12



दरबार हत्याकान्ड दीपेन्द्रले नगराएको भन्ने बिन्तीपत्र लेखेको चार दिनमा पक्राउ गरिएका लालबहादुर सोह्रखुट्टेस्थित आरामदायी लजका मालिक उत्तमराज पाण्डेको हत्या अभियोगमा जेल परेका हुन् । उनी जन्मकैदको सजाय नख्खु जेलमा बसेर भोगिरहेका छन् । ‘म निर्दोष छु,’ उनले भने, ‘मलाई जेल हाल्ने कुनै आधार थिएन, तर म गरिबको छोरोलाई कानुनले पत्याएन ।’



उनको मुद्दा हेरेका अधिवक्ता भूमिनन्द चुँडालले पनि लम्तेरी निर्दोष रहेको जिकिर गरे । ‘लालबहादुरलाई जेल हाल्नुपर्ने कुनै आधार छैन,’ उनले नयाँ पत्रिकासँग भने, ‘उनलाई हत्याको अभियोग लगाइएको छ, तर त्यसको कुनै पनि प्रमाण छैन । ऊ सफाइ पाउनुपर्ने मान्छे हो ।’



नख्खु कारागारका जेलर चन्द्रप्रसाद देवकोटाले लालबहादुर कर्तव्य ज्यान मुद्दामा जेलमा रहेको बताए । देवकोटाका अनुसार उनी २ भदौ २०५८ देखि जेल छन् । जेलको रेकर्डअनुसार लम्तेरी पुरानो गोरखगणका सैनिक हुन् । लालबहादुरले आफूलाई सैनिक प्रहरीबाट नक्कली कागजात बनाएर पुरानो गोरखगणमा सरुवा मात्र होइन, घटुवा गरेर जेलमा हालिएका बताए ।



लम्तेरीको बयान



म लालबहादुर लम्तेरी मगर, घर पाल्पाको ठिमुरे हो । २०४९ सालमा सेनामा भर्ती भएर दरबारको सैनिक प्रहरीमा काम गर्न थालेको हुँ ।



म खेलाडी पनि थिएँ, गीत-संगीतमा त च्याम्पियन । ‘रोयल फेमिली’सँग एकदमै नजिक । दीपेन्द्र सरकारले मलाई यति माया गर्ने कि म कसरी भनौं ! कतिसम्म भने मेरी श्रीमती डेलिभरी हुँदा दीपेन्द्रबाट १० हजार रुपैयाँ बक्सिस प्रदान भएको थियो ।



दरबारमा काम गर्दा त मोजमस्ती थियो, खर्चको अभाव हुँदैनथ्यो । केही पर्‍यो भने पैसा पाइहाल्थें । दीपेन्द्र सरकारले त मलाई खोपीमै बोलाएर बाजा बजाउन लगाउने, पैसा दिने, बडो माया गर्ने ।



जागिर खाएको नौ वर्षमा मेरो जीवनमा ठूलो चोट पर्‍यो, मैले अनाहकमा दुःख पाएँ । महिनाको अन्तिम शुक्रबार शाही परिवारले जलपान गरेर ‘गुड प|mाइडे’ मनाउने चलन थियो । १९ जेठ २०५८ मा पनि जलपान आयोजना भयो दरबारमा । त्यो दिन म पनि बाहिरी ड्युटीमा थिएँ । दौरा, सुरुवाल, कोट र कालो टोपी लगाएर पेस्तोल भिरेर म ड्युटी गरिरहेको थिएँ । त्यतिबेला मलाई याद छ- नेपाल टेलिभिजनमा सन्तोष पन्तको ‘हिजो आजका कुरा’ कार्यक्रम आउँथ्यो ।



अबेरसम्म जलपान भइरहेको थियो । त्यहीबीचमा पारस गाडीमा बाहिरिए । एकैछिनपछि उनको गाडीमा केही मान्छे भित्र छिरे, पारस पनि छिरे । यो दृश्य त्रिभुवन सदनमा गार्ड बस्ने अरू सैनिकले पनि देखेका छन् । त्यसपछि फायरिङको आवाज आयो ।



दीपेन्द्र सरकार नसाले लठ्ठ भएर आफ्नै खोपीमा सुतेको मलाई पनि थाहा छ । भित्र जान हामीलाई अनुमति थिएन । आदेशबिना दायाँबायाँ गर्न पनि नपाइने । दरबारको ड्युटी फेरि निकै कडा हुन्छ क्या ! मैले थाहा पाएँ, पहिलो फायर दीपेन्द्र सरकारको खोपीमा भयो । त्यहाँ सात फायर भएपछि त जलपान भएको ठाउँमा एकैचोटि गोली चल्यो । बाहिर पनि । दीपेन्द्रको मुखुन्डो लाएको हतियारधारीले गोली चलायो । वीरेन्द्रका परिवारलाई ताकी-ताकी हान्यो उसले । दीपेन्द्रलाई त ब्रस्ट फायर भयो । बाहिरसमेत गोली चलेपछि ज्यान जोगाउन मुस्किल भो । म त्रिभुवन सदनअगाडि बगैंचामा लुकें ।



गोली रोकिएपछि पारस खालीखुट्टा आइपुगे, खुट्टामा जुत्ता, चप्पल केही थिएन । उनले आउनेबित्तिकै भने- ल भाइ हो, हस्पिटल लानुपर्छ । त्यसपछि घाइते र लास उठाउन थालियो । म पनि लास उठाउन गएको थिएँ । मैले वीरेन्द्र सरकार र नीराजनलाई उठाएँ । ऐश्वर्यको चिउँडो छेडेर गोली चलेको रहेछ । चिउँडो त पंखामा झुन्डिएको रहेछ ।



अस्पताल जाँदासम्म सास भएको अवस्थामा वीरेन्द्र सरकार र श्रुति थिए । धीरेन्द्रको बारेमा मलाई थाहा भएन । वीरेन्द्रको मृत्यु भइसकेको थिएन । वीरेन्द्रलाई हालिएको सैनिक प्रहरीको गाडीमा पछाडि बसेर म पनि छाउनी अस्पताल गएको थिएँ । म सम्झिन्छु, अस्पताल पुग्ने बेलासम्म वीरेन्द्र दुख्यो, दुख्यो भनेर सानो स्वरमा भनिरहेका थिए ।



सैनिक अस्पताल पुर्‍याइए पनि वीरेन्द्र सरकारलाई तत्कालै उपचार गरिएन, ऐश्वर्यको मुख नभएकोले प्लास्टिक सर्जरी भयो । हामीले धेरै हेर्न पाएनौं । हामी त हाकिमको आदेशअनुसार अस्पतालबाट फक्र्यौं । त्यसपछि के गरियो थाहा भएन ।



मैले आफैं देखेको, दीपेन्द्रको पहिले नै हत्या भइसकेको थियो । तर, दीपेन्द्रलाई दोषी बनाएपछि मेरो मन धेरै रोयो । म र साथीहरूले जेठ २५ गते १२ बजेतिर बिन्तीपत्र तयार गर्‍यौं र ४ बजेतिर प्रमुख सचिवालयमा दर्ता गर्‍यौं । सायद हाम्रो रेकर्ड सचिवालयमा होला अहिले पनि । बिन्तीपत्र हाल्नेमा म अगुवा थिएँ । बिन्तीपत्र दिनेमा लेसनायक नरेन्द्र थापामगर, हवल्दार शिव कुँवर, नायक गुणबहादुर पुन र अर्का एक सिपाही थियौं ।



हामीले बिन्तीपत्र दिएपछि त त्यहाँ हलचल भएछ । हामीले भनेका थियौं- दरबार हत्याकान्डमा युवराज दीपेन्द्र सरकार दोषी होइनन् । पहिलो फायर नै उनीमाथि भएको हो । त्यसकारण निष्पक्ष छानबिन होस् ।



बिन्तीपत्र हालेको चार दिनमा दरबारमा आतंक मच्चाएको भन्दै मलाई पक्राउ गरियो । २९ जेठमा ड्युटी सकेर खाना खाएर कोठामा पल्टिन लाग्दा निर्मल निवास (सदन- हाम्रो भाषामा) को फौज आएर मलाई समात्यो ।



मलाई आँखामा कालोपट्टी बाँधेर क्वार्टर गार्डमा (हिरासतमा) राखियो । जबकि मेरो दोष केही पनि थिएन । आँखामा पट्टी बाँधेर नेपाली कागजहरूमा ल्याप्चे लगाउन लगाइयो ।



एक सातापछि मलाई हनुमानढोकामा लगेर बुझाइयो । त्यसपछि मलाई एक महिनाजति झुलाइयो । कहिले सैनिक हेडक्वार्टर, कहिले प्रहरी हेडक्वार्टर, कहिले कता लगेर एक महिना झुलाइयो ।



दरबारभित्रको सैनिक हिरासतमा रहँदा मलाई ल्याप्चे लगाउन लगाइयो । पछि थाहा भयो, मलाई पुरानो गोरखगणमा सरुवा गरेर सिपाहीमा घटुवा गरेको कागज बनाइएछ । र, सैनिक प्रहरीमा रहेको मेरो कागजात सबै खतम पारिएछ । एक महिनाअघि समातेर मलाई एक महिनापछि भएको घटनामा फसाइयो ।



२ साउन २०५८ मा सोह्रखुट्टेको आरामदायी लजका मालिक उत्तमराज पाण्डेको हत्या भएको रहेछ । मैले जेलमा बसेपछि सुनेअनुसार दरबारका एक क्याप्टेनले पाण्डेलाई गोली ठोकेर मारेका रहेछन् । पाण्डे नवलपरासीका रहेछन् भन्ने मलाई फसाइएको नक्कली कागज हेरेर थाहा पाएँ । तर, कुन केसमा पाण्डेलाई किन मारियो भन्ने मलाई केही थाहा थिएन किनकि म त एक महिनाअघि नै पक्राउ परिसकेको थिएँ ।



मलाई ५ भदौ २०५८ मा पुर्पक्षका लागि भनेर जेल हालियो । जेलमा बसेर मुद्दा लडें । सुरुमा वकिल भूमिनन्द चुँडाल र पछि तारा खनालको सहयोग लिएँ । १३ फागुन २०६० मा काठमाडौं जिल्ला अदालतले मलाई दोषी ठहर गर्‍यो । र, म जेल परें ।



म हिरासतमा बस्दा शाही रक्षक बाहिनीका बाहिनीपति सुदर्शन खड्का, पारसका हितैषी अनुप सिंह मलाई भेट्न आइरहन्थे । उनीहरू भन्थे- दरबार तिमीप्रति पोजिटिभ छ । हामी छुटाउन पहल गरिरहेका छौँ ।



तर, दरबारले मेरो जिन्दगी बर्बाद बनाइदियो । बिन्तीपत्र हाल्ने मेरा साथीहरूलाई पनि समातियो भन्ने थाहा पाएँ, तर उनीहरू अहिले मरे-बाँचेको मलाई थाहा छैन ।



यो पनि लेखिदिनुस्- दरबार हत्याकान्डमा सैनिकहरू पनि मारिएका छन् । मलाई यकिन विवरण त छैन, तर छानबिन गरे थाहा हुन्छ । मारिएका परिवारलाई अरू केही वहानामा क्षतिपूर्ति दिइएको हुन सक्छ, तर हत्याकान्डमा सैनिक मारिएका छन् । सत्यतथ्य खोजी गर्ने हो भने पारसलाई समातेर बयान लिनुपर्छ । सबै कुरा थाहा हुन्छ । सरकारले चाहने हो भने दरबार हत्याकान्डको बारेमा निष्पक्ष छानबिन गर्न अझै पनि सक्छ ।

http://khabar-time.blogspot.co.il बाट साभार 

माओवादी घटकहरुबीच रुपान्तरण र एकताको नेतृत्व प्रचण्डले गर्नुपर्छ : मणि थापा


mani_bennar
माओवादी आन्दोलन पुनर्गठन अभियान’ समेत घोषणा भइसक्यो, साँच्चै नै माओवादी आन्दोलन पुनर्गठन हुन लागेको हो त ?
हो ! साँच्चै माओवादी आन्दोलनको पुनर्गठन र रूपान्तरण गर्नुपर्ने आवश्यकता भैसकेको छ । जसको आवश्यकताबोध र सुन्दर सुरुवात ०७१  असार १ गते पाँच माओवादी घटक र तिनका मुख्य नेताहरूको उपस्थितिमा ‘कार्यगत एकता समिति’ मार्फत गरियो । आवश्यकता त त्यही कार्यगत एकता समितिलाई क्रियाशील पार्दै निरन्तरता दिनुपर्ने थियो । विडम्बना ! त्यसो हुन सकिरहेको छैन । तर, दोस्रो पिँढीका नेताहरूले पुनर्गठन अभियान सुरु गर्नुभएको छ, यो पनि राम्रो पहलकदमी हो ।
‘नेपालमा जनयुद्ध थियो र ! जनयुद्धका पनि सकारात्मक प्रवृत्ति छन् र ! जनयुद्धले पैदा गरेका पनि नेता हुन र ?’ भन्नेसम्मको स्थिति विकसित हुन पुग्यो । यो स्थितिमा प्रथमतः जनयुद्धका सकारात्मक प्रवृत्तिको रक्षा एउटै माओवादी धारले मात्रै गर्न सम्भव देखिएन
तर यसले ‘गाडा अगाडि र गोरु पछाडि’ भन्ने नेपाली उखानलाई पुनस्मरण भने गराएको छ । आवश्यकता माओवाद मान्नेलाई मात्रै होइन, माओविचारधारा पक्षधरहरूलाई समेत एकताबद्ध पारेर लैजानु हो । यस्तो बेलामा माओवादी आन्दोलनका केही पक्षहरूलाई मात्रै समेटेर अभियान बनाउनु असल काम भए पनि गलत प्रक्रियाजस्तो देखिएको छ । आन्दोलनलाई पुनर्गठन गर्ने प्रश्न भनेको अङ्शको होइन, समग्रताको हो । आन्दोलनलाई गुटबाट होइन, समग्रताबाट हेर्नु पर्दछ भन्ने हाम्रो मान्यता छ ।
पुरानै सोच र प्रवृत्तिबाट मुक्त हुन नसकेको माओवादी नेतृत्वपङ्क्तिबाट आन्दोलनको पुनर्गठन सम्भव होला र ?
प्रश्न माओवादी नेतृत्वको मात्र होइन; राष्ट्र, जनता र विचारको हो । हामीले ध्रुवीकरणको कुरा गर्दा नेताहरूलाई मात्रै हेरेर हुँदैन; श्रमजीवी जनतालाई हेरेर, देशको भविष्य हेरर प्रश्न गर्नु पर्दछ । र, विचार तथा राजनीतिलाई केन्द्रमा राख्नु पर्दछ । हो, तपाईंले प्रश्न गरेजस्तो माओवादी नेतृत्वको एउटा पङ्क्ति निश्चित रूपमा नवधनाढ्य वर्ग, सांस्कृतिक रूपमा भ्रष्ट र जनताको शत्रुपङ्क्तिमा उभिएको छ । तर, माओवादी आन्दोलनको विशाल पङ्क्ति अहिले पनि इमानदार छ, प्रगतिशील छ, देशभक्त छ र वामपन्थी छ । हाम्रो चासो त्यही इमानदार पङ्क्तिलाई गोलबन्द गर्नु र निराशालाई आशामा बदल्नु हो, प्रगतिशील आन्दोलनलाई पुनः अगाडि बढाउनु हो । इमानदार प्रवृत्ति अगाडि आयो भने बेइमान, धोकेवाज र नवधनाढ्य प्रवृत्ति कमजोर हुँदै जाने छ । हामी विश्वास गर्छौं, एक दिन सत्यकै विजय हुनेछ किनकि माक्र्सवादले सत्यको पक्ष लिन्छ ।
माओवादी आन्दोलनको पुनर्गठन र नयाँ ध्रवीकरणको सन्दर्भमा तपाईंकै पार्टीको धारणा चाहिँ के छ त ?
माओवादी आन्दोलन आमूल परिवर्तनको आन्दोलन थियो तर नेतृत्वपङ्क्तिबाटै झाङ्गिएको विचलनका कारण त्यो आमूल परिवर्तनकारी आन्दोलन सामान्य सुधारवादी आन्दोलनमा गिर्दै गयो । विचलन र विभाजनका कारण एकपछि अर्को गर्दै जनयुद्धका सबैजसो उपलब्धिहरू गुम्दै गए । परिस्थितिले माओवादी पार्टीलाई जनयुद्धको महानता र जनताको सहभागिताबाट अलग्याउँदै लग्यो । ‘नेपालमा जनयुद्ध थियो र ! जनयुद्धका पनि सकारात्मक प्रवृत्ति छन् र ! जनयुद्धले पैदा गरेका पनि नेता हुन र ?’ भन्नेसम्मको स्थिति विकसित हुन पुग्यो ।
कम्युनिस्ट आदर्श–विचारलाई परित्याग गरे, व्यक्तिवादी भए, सहरमुखी र बजारमुखी भए, पुँजीवादलाई अपनाउने र समाजवादी नारा मात्रै दिने ढोंगी भए । अहिलेको एउटा प्रमुख प्रश्न भनेको त्यसखाले नकारात्मक प्रवृत्तिविरुद्ध श्रमजीवी वर्गको श्रमचेतनालाई स्थापित गर्नु हो ।
यो स्थितिमा प्रथमतः जनयुद्धका सकारात्मक प्रवृत्तिको रक्षा एउटै माओवादी धारले मात्रै गर्न सम्भव देखिएन । दोस्रो, जनयुद्धका धारहरूलाई एउटै स्कुलिङको रूपमा बुझ्ने अनि यहाँभित्र अलगअलग प्रवृत्ति छन् भन्ने सोचाइलाई नै आम जनतामा स्थापित गर्न सकिएन । जनताले पनि हामी सबै घटकलाई एउटै ‘बास्केट’ का ‘खेलौना’ को रूपमा बुझ्ने अवस्था सिर्जना भयो । जनयुद्धका विरोधीहरू सकारात्मक उपलब्धिमाथि पानी खन्याउन सफल भए । अब जनयुद्धका सकारात्मक प्रवृत्तिहरूको रक्षा गर्ने प्रश्न कुनै ‘क’ माओवादीको मात्रै विषय रहेन । अतः समग्र माओवादी आन्दोलनले जनयुद्धको विचारको रक्षाका निम्ति झन्डा उठाउनुपर्ने परिस्थिति आयो । यही वस्तुगत धरातलमा टेकेर हामीले ध्रुवीकरण र रूपान्तरण भनेका हौं । र, यसैअनुरूप परिस्थितिको व्याख्या गरेका हौं ।
अहिले पनि माओवादी जनयुद्धको संस्थापन पक्ष एमाओवादी नै हो । जनयुद्धको नेता प्रचण्ड एमाओवादीकै नेतृत्वमा हुनुहुन्छ । यो एकता र जनयुद्धको उपलब्धिहरुको रक्षा पनि उहाँको पहलमा भयो भने सहज हुन्छ । मलाई लाग्छ उहाँ पनि तयार हुनुहुन्छ । तर उहाँले सच्याउन पर्ने केही सबालहरु छन् ।
प्रचण्डले रुपान्तरण आन्दोलनको नेतृत्व गर्नुपर्छ । उहाँले गर्दा सहज, संम्भव र मित्रतापुर्ण हुन्छ । अरुले गर्दा सहज हुँदैन र शत्रुतापुर्ण हुनसक्छ । हामी उहाँलाई रुपान्तरण सहितको नेता बनाउने अभियानमा छौं ।
तपाईंहरू ‘रूपान्तरणसहितको पुनर्गठन’ भनिरहनु भएको छ, के हो यसो भन्नुको खास तात्पर्य ?
हो, हामीले माओवादी आन्दोलनमा ‘एकीकरण’ भन्दा ‘रूपान्तरण’ लाई प्राथमिकता दिएका छौं । रूपान्तरण र आत्मसमीक्षाविना माओवादी एकताको कुनै अर्थ छैन, त्यसरी त आन्दोलन पुनर्गठन सम्भव नै हुँदैन भन्ने हाम्रो मान्यता छ ।
ठोसमा के हो त तपाईंहरूले भनेको ‘रूपान्तरण’ ?
हामीले भनेको रूपान्तरण प्रथमतः माक्र्सवाद–लेनिनवाद–माओवादलाई दह्रोसँग पक्रनु हो । दोस्रो, शान्ति प्रक्रियामा आएपछि कतिपय माओवादी नेताहरू वर्गपरिवर्तन गरी नवधनाढ्य वर्गमा रूपान्तरण भए, कम्युनिस्ट आदर्श–विचारलाई परित्याग गरे, व्यक्तिवादी भए, सहरमुखी र बजारमुखी भए, पुँजीवादलाई अपनाउने र समाजवादी नारा मात्रै दिने ढोंगी भए । अहिलेको एउटा प्रमुख प्रश्न भनेको त्यसखाले नकारात्मक प्रवृत्तिविरुद्ध श्रमजीवी वर्गको श्रमचेतनालाई स्थापित गर्नु हो । र, सांस्कृतिक क्रान्तिलाई प्रस्थानविन्दु बनाउँदै नयाँ माओवादी आन्दोलन जन्माउनु नै ‘रूपान्तरण’ हो । हेर्दा सामान्य लाग्न सक्दछ तर व्यवहारमा जनयुद्धको स्पिरिटअनुरूपकै क्रान्तिकारी हस्तक्षेपविना यो सम्भव छैन ।
आजका सबैखाले माओवादीहरू सर्वहाराकरणसहित फेरि रूपान्तरण होलान् भनेर पत्याउनुहुन्छ ?
यदि माओवादी आन्दोलनले सर्वहारा वर्गीय दृष्टिकोण र विचारलाई आत्मसात् गर्न सकेन भने त्यसको आत्माकै मृत्यु हुने छ । माओवादी आन्दोलनको आत्माको मृत्यु भयो भने त्यो ‘नयाँ एमाले’ हुने छ । माओवादी आन्दोलनलाई ‘नयाँ एमाले’ बन्नबाट जोगाउने आन्दोलन भनेकै रूपान्तरणको आन्दोलन हो । त्यसैले हामी जुनसुकै मूल्य चुकाएरै भए पनि सर्वहाराकरण सहितको नयाँ माओवादी आन्दोलन जन्माउने प्रयत्नमा छौं । विश्वास गरौं, त्यो सम्भव हुने छ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीले त अहिले भनिएजस्तो प्रक्रियाबाट पार्टी पुनर्गठन सम्भव छैन भनेको छ नि, कत्तिको सही हो त्यो धारणा ?
विप्लवजीहरूको त्यो कुरा सही हो किनकि यही परिस्थितिमा र यही विधिबाट मात्रै माओवादी आन्दोलनको रूपान्तरण, ध्रुवीकरण र एकता सम्भवै छैन । तर, परिस्थितिलाई नयाँ आयाम दिने पहल गर्नुपर्छ, एकै ठाउँमा जुटेर छलफल गर्ने वातावरण बनाइरहनुपर्छ र सबैतिरबाट इमानदारितापूर्वक रूपान्तरण र ध्रुवीकरणको प्रयास अगाडि बढाउनुपर्छ भन्ने हाम्रो मान्यता हो ।
तपाईं यसो भनिरहनुभएको छ तर तपाईंकै पार्टी र मातृका यादव नेतृत्वको माओवादीलाई त ‘पुनर्गठन अभियान’ मै सामेल गराइएको देखिएन नि ?
अहिले हामी जुन विन्दुमा उभिएका छौं, यसले देखाउँछ कि हामीलाई ‘बाइपास’ गरेर गरिने ‘ध्रुवीकरण’ ले जनताबाट मान्यता पाउने अवस्था नै छैन । हामीले इतिहासमा गरेका सकारात्मक कार्यहरूको योग हो कि सानो अङ्शमा मात्रै किन नहोस्, हामी माओवादी आन्दोलनको क्रान्तिकारी प्रवृत्तिको प्रतिनिधित्व गर्छौं । त्यसैले हामीबिना एकता र ध्रुवीकरणको कल्पना कसैले गरेको छ भने त्यो व्यर्थको निरर्थक प्रयास मात्र सावित हुने छ ।
आजको माओवादी आन्दोलनका खास समस्या चाहिँ के–के हुन् त ?
आन्दोलन विचलन र विघटनको दिशाबाट गुज्रेपछि त्यसलाई सम्हाल्न धेरै गाह्रो हुन्छ । यो कुरा विश्व इतिहासबाट पनि थाहा हुन्छ र हाम्रै नेपाली माओवादी आन्दोलनको इतिहासले पनि प्रमाणित गरिसकेको छ । माओवादी आन्दोलन अहिले नराम्रोगरी विचलित, विभाजित छ, विशृङ्खलित छ । मान्छेका आदर्शहरू भत्किएका छन्, बिम्बहरू चकनाचूर भएका छन्, आशाहरू मरेका छन् । तर बिग्रे–भत्केको खण्डहरलाई पुनर्निर्माण गर्नुलाई नै अहिले माओवादी आन्दोलनको पहिलो कार्यसूची बनाउनुपर्छ । यदि पहिला कार्यसूची कामयाबी भएन भने दोस्रो–तेस्रो हुँदै विकल्पहरू अगाडि आउने छन्, हामी माओवादीहरू कहिल्यै विकल्पविहीन हुँदैनौं । माओवाद र माओविचारधारा मान्नेहरूको एउटै कम्युनिस्ट केन्द्र बनाउने हाम्रो अवधारणा  हो । अहिले माओवाद सङ्कटमा छ त्यसैले माओवादलाई नै केन्द्रमा राखेर ध्रुवीकरण र रूपान्तरणको बाटोबाट अगाडि बढ्नु पर्दछ ।

प्रस्तुति : विदुर ढुङ्गेल
www.khabardabali.com बाट साभार 

Friday, April 3, 2015

एउटा खुसीको खबर

एउटा खुसीको खबर

विप्लव माओवादीले कब्जा गर्यो एमाओवादीको जग्गा
काठमाडौँ २६ फागुन।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले एमाओवादीका नेताको जग्गा कब्जा गरेका छन् । बाँके फत्तेपुर ७ मा रहेको एमाओवादी बाँकेका निवर्तमान इन्चार्ज प्रकाश सुवेदी ‘चन्द्रकान्त’को आफन्तको नामको जग्गा विप्लव माओवादीले सोमबार कब्जा गरेको नेपाल समाचारपत्रमा खबर छ ।
बुहारीकी दिदीको नाममा बनाइए पनि उक्त जग्गा चन्द्रकान्तकै रहेको सोही पार्टीकै नेता नै स्वीकार्छन् ।
संविधानसभाकी पूर्व उपाध्यक्ष पूर्णकुमारी सुवेदीका पति चन्द्रकान्तले फत्तेपुरको १६ बिघा ८ कठ्ठा १० धुर आफन्तको नाममा गराएका थिए ।
बुहारीको दिदीको नाममा रहेको उक्त जग्गामा विप्लव माओवादीले झण्डा गाडेको हो । विप्लव माओवादीले पनि उक्त जग्गा आफ्नो कब्जामा रहेको बताइरहेको छ ।
www.thenextfront.com बाट साभार 

सत्य र असत्य, असल र खराब तथा सुन्दर र कुरूपका बीचको सङ्घर्ष निरन्तर जारी रहन्छ - मोहन वैद्य‘किरण’

माओवादी कम्युनिष्ट केन्द्र निर्माण र रुपान्तरणको सवाल


हामीले क्रान्तिकारी कम्युनिस्टहरूलाई एकताबद्ध तुल्याई माओवादी कम्युनिस्ट केन्द्रका रूपमा नयाँ ढङ्गको कम्युनिस्ट पार्टी निर्माणको प्रक्रियालाई अगाडि बढाउने निर्णय लिंदै आएका छौं । क्रान्तिकारी कम्युनिस्टहरूको एकता आजको ऐतिहासिक आवश्यकता हो । परन्तु, यो काम विचारधारात्मक तथा राजनीतिक एकताबाट मात्रै सम्भव छ ।
हामी सिद्धान्तनिष्ठ एकताको पक्षमा छौं । आज एकथरी मानिस यस्ता छन्, जसले जसरी पनि पार्टी एकता हुनैपर्दछ भन्ने कुरा गर्दछन् । यो नितान्त गलत चिन्तन हो ।
आजको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा साम्राज्यवाद र संशोधनवादका बीच गठबन्धन कायम गरिएको हुन्छ र त्यस स्थितिमा फुटलाई टार्नै सकिदैन ।
क्रान्तिकारी कम्युनिस्टहरूका बीचको एकताको कुरा गर्दा सिद्धान्त र राजनीतिको प्रश्नलाई प्राथमिक स्थानमा राख्नुपर्ने हुन्छ । विचारधाराको प्रश्नलाई पन्छाएर पार्टी एकताको कुरा गर्न नै सकिंदैन ।
साथै, आज अर्काथरी मानिस पनि छन्, जसले पार्टी एकताको पूरै विरोध गर्दछन् । यो पनि गलत चिन्तन हो । सिद्धान्त र राजनीति मिलेको अवस्थामा पार्टी एकता गर्नैपर्ने हुन्छ पार्टी एकताबारे हामी दुवै प्रकारका अतिवादबाट बच्नै पर्दछ । यहाँनेर पहिलो अतिवाद बढी हानीकारक रहेको छ ।
अब हामी पूर्वाग्रह, सङ्कीर्णता र उदारता सबैखाले रोगबाट मुक्त हुँदै जानु पर्दछ । देश, जनता र क्रान्तिको हितका निम्ति हामी उक्त सैद्धान्तिक राजनीतिक तथा साङ्गठनिक मान्यताका आधारमा एकताबद्ध हुनै पर्दछ ।
हाम्रो पार्टी नेकपा–माओवादीले पार्टी एकताका लागि आवश्यक सैद्धान्तिक÷राजनीतिक आधारहरू प्रस्तुत गर्दै आएको छ, ती आधारहरू यी हुन्: (१) माक्र्सवाद–लेनिनवाद– माओवादलाई पथप्रदर्शक सिद्धान्तका रूपमा अवलम्बन गर्ने । (२) नयाँ जनवादी क्रान्तिको नीति, कार्यक्रम र कार्यदिशालाई स्वीकार गर्ने । (३) संसद्वादलाई अस्वीकार गर्ने (४) सामाजिक क्रान्ति र रूपान्तरणको लागि बलप्रयोगको भूमिकालाई स्वीकार्ने । (५) पार्टी इतिहासको समीक्षा गर्न र गल्ती, कमी तथा कमजोरीलाई सच्याउन तयार रहने । (६) जनवादी केन्द्रीयताको मर्म तथा भावनाअनुरूप सङ्गठन सञ्चालन गर्न राजी हुने । क्रान्तिकारी कम्युनिस्ट केन्द्र निर्माणका लागि यी अनिवार्य सैद्धान्तिक–राजनीतिक आधार हुन्, र जसले यी आधारहरूलाई स्वीकार गर्दछ, त्यससित पार्टी एकता हुन सक्तछ ।
यद्यपि हामीले सैद्धान्तिक र राजनीतिक रुपमा एकअर्काको विरोध र आलोचना पनि गरिरहेका छौं । यस अर्थमा हामीहरूमा एकअर्काप्रति तीक्तताका अनुभूति पनि छन् । परन्तु, हामीले यी कुरालाई अस्वाभाविक ठान्नु हुँदैन, सच्चा कम्युनिस्टहरू आलोचना र विरोधदेखि डराउँदैनन् । वस्तुतः अब हामी पूर्वाग्रह, सङ्कीर्णता र उदारता सबैखाले रोगबाट मुक्त हुँदै जानु पर्दछ । देश, जनता र क्रान्तिको हितका निम्ति हामी उक्त सैद्धान्तिक राजनीतिक तथा साङ्गठनिक मान्यताका आधारमा एकताबद्ध हुनै पर्दछ । क्रान्तिकारी कम्युनिस्ट केन्द्रको निर्माण विचारधारात्मक सङ्घर्षका बीचबाट नै हुनसक्दछ ।
विचारधारात्मक रूपान्तरणको प्रश्न : 
हामी कम्युनिस्ट हौं । परन्तु, हामी सामन्तवाद, साम्राज्यवाद र संशोधनवादद्वारा घेरिएको समाजमा छौं । हामीमा वर्गसमाजको प्रतिबिम्बमा रूपमा विजातीय विचारधाराको प्रभाव परेको हुन्छ । हाम्रो चिन्तनशैली, जीवनशैली र कार्यशैलीमा कैयौं कमी–कमजोरी पैदा भइरहन्छन् । यसस्थितिमा हामी सर्वहाराकरणको प्रक्रियाबाट निरन्तर अगाडि बढ्दै जान, माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शनमा विचारधारात्मक, सांस्कृतिक तथा भावनात्मक रूपमा रूपान्तरित हुन आवश्यक छ ।
समाजमा विद्यमान वर्गसङ्घर्ष र विचारधारात्मक सङ्घर्ष कम्युनिस्ट पार्टीमा प्रतिबिम्बित हुन्छ र पार्टीमा विचारधारात्मक सङ्घर्ष वा दुईलाइन सङ्घर्ष चल्ने गर्दछ ।
पार्टीमा चल्ने यसप्रकारको सङ्घर्ष कुनै बेला सरल र कुनै बेला अत्यन्तै पेचिलो हुने गर्दछ । पार्टीमा चल्ने विचारधारात्मक सङ्घर्षलाई एकता–सङ्घर्ष वा आलोचना र रूपान्तरणको पद्धतिद्वारा हल गरिन्छ र गर्नुपर्दछ ।विचारधारात्मक सङ्घर्षको क्षेत्रमा विभिन्न विचार तथा प्रवृत्तिहरूका बीच प्रतिस्पर्धा चल्ने कुरालाई स्वागत नै गर्नुपर्दछ । प्रतिक्रियावादीहरूले आफ्ना विरोधी विचारहरूलाई दबाउने काम गर्दछन् र त्यसको हामीले विरोध गर्नुपर्दछ । विचारधारात्मक क्षेत्रको सङ्घर्षलाई दमन र करकाप होइन, बहस र तर्कको पद्धतिद्वारा हल गर्नुपर्दछ ।
विचारधारात्मक सङ्घर्षको प्रकृति दीर्घकालीन हुने गर्दछ । जबसम्म समाजमा वर्ग हुन्छन् र तिनका बीच सङ्घर्ष चल्छ, त्यो बेलासम्म विचारधारात्मक सङ्घर्ष चलिनै रहन्छ । वर्गसङ्घर्षको दीर्घकालीन प्रकृतिअनुसार दुईलाइन सङ्घर्षको प्रकृति पनि दीर्घकालीन नै हुने गर्दछ । विचारधारात्मक क्षेत्रमा सत्य र असत्य, असल र खराब तथा सुन्दर र कुरूपका बीचको सङ्घर्ष निरन्तर जारी रहन्छ । यसै सङ्घर्षको प्रक्रियामा सत्य, असल र सुन्दर विजयी बन्दै जान्छन् । माक्र्सवाद पनि यसरी नै विजयी बन्दछ ।
हामी दुनियाँ बदल्न चाहने शक्ति हौं । दुनियाँ बदल्न चाहने शक्ति स्वयम् आफै बदलिनुपर्दछ । आफू बदलिन तयार नहुने मानिसले दुनियाँ बदल्न पनि सक्तैन । आफू स्वयम् बदलिन र दुनियाँ बदल्नका लागि आज हामीमा दृढ सङ्कल्प र क्रान्तिकारी साहसको आवश्यकता छ ।


www.ratopati.com बाट साभार 

माओवादी आन्दोलनमा असफलताका केही पाठ - चारू गजुरेल


charu_article
चारू गजुरेल


मल्टिपल अर्गान फेलियर भएको विरामी आइ.सी.यू.मा निस्लोट ढले जस्तो हुँदै गएको छ देशको हालत । असफल राष्ट्रहरुको कोटीमा सुचीकृत हुन मात्र बाँकी रह्यो अब । जता हेर्यो उतै बेथिति छ । देशको सार्वजिनिक जीवनमा गर्व गर्न लायक दश आठ नागरिक छन्, बस उनैको भरोसमा देशको इज्जत टिकेको छ । एकातिर राजतन्त्र बिदाइ गरेर नयाँ तन्त्रको सुरुवात गर्ने आन्दोलनका अपुरा बाचा राजनीतिक तिक्डमको शिकार भएका छन्, जसको कारणले राज्यसंचालनको क्षेत्रमा गर्नुपर्ने महत्वपूर्ण सुधार र परिवर्तनहरु समेत आठ वर्षदेखि त्यसै अलपत्र परेको स्थिति छ । अर्कोतिर राज्यका सार्वजनिक क्षेत्रका संरचना र संस्थाहरु धमिरा लागेर खोक्रो भइसकेका छन् जसमा प्राण भर्ने चासो कम, सित्तैमा नीजिकरण मार्फत माफिया र सिन्डिकेटहरुको हातमा सुम्पिने इच्छा सत्तारुढ राजनीतिक दल काँग्रेस–एमालेमा बेसी छ ।
पहिचान र समावेशिता संगसंगै अन्य क्षेत्रका समस्याहरु बारे धारणा निर्माण संगै हस्तक्षेपलाई अगाडी नबढाउने हो भने माओवादी आन्दोलनले अर्को चक्मा खाने निश्चितप्रायः छ ।  एउटा चक्मा माओवादी आन्दोलनले विगत सत्ता अभ्यासमा खाइसक्यो ।
हर जनसरोकारका सवालमा सरकारको लाचारीले माफियाको जालो कहाँसम्म फैलिसकेको छ भन्ने कथा बोल्छ । देश केबल भइपरि आउने ‘बाधा अड्काउ फुकाउ’ ढाँचाका राजनीतिक र व्यवहारिक निर्णयहरुको साहारामा थेगिएको छ । बिगबिगि छ त जताततै माफिया, सिन्डिकेट र कालोबजारीको । राज्यको शून्य उपस्थिति रहेको यो लुटतन्त्रमा सबैभन्दा प्रताडित चाहीं आधारभूत वर्गका मानिसहरु छन् चाहे ति गाउँका भूमिहिन र गरिब किसान हुन् वा शहरी क्षेत्रका ज्यालादारी मजदुर वा कामको खोजीमा भौतारिरहेका बेरोजगार युवा । आफूलाई जनपक्षीय र क्रान्तिकारी दल भएको दाबी गर्नेहरुले निधार खुम्च्याएर सोच्न जरुरी भैसकेको छ, यो बेथितिको विकल्प सहित अगाडी आउने कि नआउने ? मुख्यतः प्रश्न माओवादी आन्दोलनतर्फ नै सोझिएको छ । नत्र, दसौं हजार शहीद र बेपत्ताको चर्को मूल्य देशले किन, केका लागि चुकाउनु पर्यो ? यसको तर्कसंगत जवाफ नदिई माओवादी आन्दोलनका कुनै पनि धार अगाडी बढ्न सक्ने अवस्था छैन ।
विगत आठ वर्ष देखि देश संघीयताको विवादमा अल्झिएको छ । निश्चय नै संघीयता र समावेशिकरणको बहस माओवादी आन्दोलनको अत्यन्तै महत्वपूर्ण कडी हो जसमाथिको जोडलाई कदापी कमजोर हुन दिनु हुँदैन । उत्पीडित जाति, क्षेत्र, समुदाय, महिला र दलितलाई राज्यको असली हिस्सेदार बनाउनको निम्ति दश वर्ष ति समुदाय जनयुद्धमा लामबद्ध भएका थिए । विगतका बाचा आजको प्रतिकुलतामा भुल्नु ठूलो अवसरवाद हुनेछ । तर, संघीयताको विवादमा माओवादी आन्दोलनलाई अल्झाएर अर्को चोर दुलोबाट गोल गर्ने दाउ यथास्थितिवादीहरुको हुनसक्छ ।  अनि पहिचान र समावेशिताको मुद्दामा जनजिविकाका मुद्दालाई संयोजन गर्न नसकिने कुनै कारण नै छैनन् । यसमा माओवादी आन्दोलनका धाराहरु मध्ये पनि एमाओवादी बढी सचेत हुन जरुरी छ । पहिचान र समावेशिता संगसंगै अन्य क्षेत्रका समस्याहरु बारे धारणा निर्माण संगै हस्तक्षेपलाई अगाडी नबढाउने हो भने माओवादी आन्दोलनले अर्को चक्मा खाने निश्चितप्रायः छ ।  एउटा चक्मा माओवादी आन्दोलनले विगत सत्ता अभ्यासमा खाइसक्यो ।
तल्लो पंक्तिसम्म बुझाइमा एकरुपता कायम नगरी शान्तिप्रक्रियामा बिना ठोस तयारी प्रवेश गर्नु, सुशासनको ठोस कार्यक्रम बिना सत्ताको अंग बन्न पुग्नु, सरकारमा पुगेपछि काँग्रेसएमालेकै राजनीतिक संस्कारलाई निरन्तरता दिन पुग्नुका कारण आम जनमानसमा पैदा भएको नैराश्य स्वरुप दोस्रो संविधानसभाको चुनावमा एमाओवादी खराब परिणाम ब्यहोर्न बाध्य भयो । तर, माओवादी आन्दोलनका सबै धारले बुझ्नुपर्ने विषय के हो भने, एमाओवादीले दोस्रो संविधानसभामा गरेको कमजोर प्रदर्शन केबल एमाओवादी प्रति जनमानसमा जागृत निराशाको उपज मात्र होइन अपितु सिंगो माओवादी आन्दोलन प्रति जनतामा देखिएको अविश्वासको परिणाम हो । पहिलो संविधानसभामा माओवादीलाई सबैभन्दा ठूलो दल बनाउँदा जनताले पालेको आशा तुषारापत भएको संकेत हो । सो असफलताको भागिदार माओवादी आन्दोलनका सबै धारा हुन् जनताको नजरमा । त्यसैले नै आज सबै माओवादी धारा आआफ्ना कार्यकर्तापंक्तिको घेरामा सिमित हुन अभिसप्त भएका हुन् । आज एकताको नयाँ आधार खोज्दै गर्दा माओवादी आन्दोलनले यस तर्फ ध्यान पुर्याउन जरुरी छ ।
Communist Flag
सबैभन्दा ठूलो समीक्षा माउ पार्टी एमाओवादीले सत्ता अभ्यासको गर्नुपर्छ । वैकल्पिक सत्ता निर्माण गर्ने उद्देश्यका साथ दश वर्ष युद्धमा होमिएर आफ्नै सत्ता समेत संचालन गरिसकेको दाबी गर्ने माओवादी आन्दोलनले आप्mनै योगदानले निर्मित संक्रमणकालिन सत्तामा सहभागी हुँदा के कस्तो आचरण देखाउनु पथ्र्यो र के कस्तो आचरण देखाउन पुग्यो ? माओवादी आन्दोलनको सबैभन्दा ठूलो समस्या यहीँनेर छ जस्तो लाग्छ । अमूर्त सैद्धान्तिक दिशानिर्देशलाई एमाओवादीले राज्यसंचालनको ठोस नीतिगत कार्यक्रममा कसरी ढाल्यो ? बामपंथी शक्तिहरु विश्वमा जहाँ जहाँ सत्तामा आउन सफल भएका छन्, उनीहरुको मुख्य जोड शिक्षा र स्वास्थकै क्षेत्रमा हुने गरेको छ । लोककल्याणकारी राज्यको अवधारणालाई बामपंथी शक्तिहरुले बिना हिच्किचाहट आत्मसात् गर्ने गरेका छन् र सार्वजनिक क्षेत्रको विस्तार र विकास उनीहरुको प्रमुख चासोको विषय रहने गरेको छ । जनताले हेर्ने र अपेक्षा गर्ने पनि यी र यस्तै विषय हुन् । शिक्षामा कस्ता नीति अगाडी सार्यो ? स्वास्थसेवालाई सुलभ ढंगले जनताको पहुँचमा पुर्याउन के कस्ता अवधारणा प्रस्ताव गर्यो ? भूमिहिन र गरिब किसानहरुको निम्ति के कस्ता कार्यक्रम अगाडी ल्यायो ? महंगी, कालोबजारी र भ्रष्टाचार नियन्त्रण गर्ने कस्तो उपाय अपनायो ? यी यस्ता विषय हुन् जसलाई कार्यान्वयनमा लैजान बुर्जुवासत्ताको अन्त्य हुनैपर्ने बाध्यता हुँदैन । युरोपका थुप्रै उदारवादी प्रजातान्त्रिक पद्धति अंगालेका देशहरुले लोककल्याणकारी राज्यका उत्कृष्ट नमुनाहरु विकास गरेका छन् । संक्रमणकालमा जनताले पनि एमाओवादीसंग यस्तै सामान्य अपेक्षा राखेको थियो । संविधान मार्फत् टुंग्याउनुपर्ने विषयहरु संविधान सभा भित्र बहसमा लगेर सरकार संचालनमा एमाओवादी अधिकतम जनपक्षीय हुन सक्नुपथ्र्यो । तर, शान्तिप्रकृयामा आए देखि नै एमाओवादीको ढर्रा भने काँग्रेस–एमालेको भन्दा कुनै मानेमा भिन्न देखिएन ।

काँग्रेस–एमाले जस्ता संसदवादी र सुधारवादी पार्टीहरुले आफू वरीपरी जनमत कायम राख्न संस्थागत भ्रष्टाचारको साहारा लिने गर्दछन् । सत्ता र सरकारमा हुँदा, रहँदा आफ्ना मान्छेलाई नियुक्ति दिने, जागिर लगाइदिने, ठेक्कापट्टा मिलाइदिने, विकास बजेट मिलाइदिने आदि इत्यादी । यसरी गाउँ र टोल तह देखि निर्माण गरिएका संरक्षक–संरक्षित सम्बन्ध (पेट्रोन–क्लायन्ट रिलेशनसिप) हरुका आधारमा उनीहरुको संगठन संजाल निर्माण भएको हुन्छ । एमाओवादीले संस्थागत भ्रष्टाचारको यो परिधीलाई तोड्ने त कुरै छोडौं चुनौति दिन समेत जरुरी ठानेन । जनयुद्ध र जनआन्दोलनको नेतृत्वकर्ताको तिलस्मी आकर्षणका कारण सबै खाले पात्र र प्रवृत्ति माओवादी आन्दोलन वरीपरी झुम्मिएका थिए । त्यसलाई पर्गेल्ने र त्यसको वर्गविश्लेषण गर्ने काममा माओवादी नराम्रोसंग चुकेको विषय यहाँ पुनः चिरफार गर्न जरुरी छैन ।
पहिचानको मुद्दा र समावेशीकरणको नारालाई एकछिन किनारा राखेर एमाओवादीको निरिक्षण गर्ने हो भने एमाओवादीलाईृ आज कुनै पनि कोणबाट बामपंथी दल भन्न सुहाउँदैन । केबल पहिचान र समावेशिकरणले एमाओवादीको इज्जत धानिदिएको छ । वर्चस्वको आकांक्षा राख्ने हो भने एमाओवादीले सर्वप्रथम वामपंथी दलको कलेवरमा पुनः रंगिन जरुरी छ ।
तर, आफू वरीपरी विभिन्न कारणले आकर्षित नयाँ पंक्तिलाई बामपंथी कार्यक्रमिक ढाँचा र एजेण्डा वरीपरी संगठित गर्ने एमाओवादीसंग कुनै योजना भएन । फलतः यो नयाँ पंक्तिले जस्तो पुरानो संस्कार लिएर आयो, त्यही संस्कार नै एमाओवादीको नयाँ संस्कार बन्न गयो । फलस्वरुप एउटा सामान्य बामपंथी दलले देखाउने आचरण पनि एमाओवादीले देखाउन सकेन र नै माओवादी आन्दोलनको यो हविगत भएको हो भन्दा अन्यथा हुन्छ जस्तो लाग्दैन ।  पहिचानको मुद्दा र समावेशीकरणको नारालाई एकछिन किनारा राखेर एमाओवादीको निरिक्षण गर्ने हो भने एमाओवादीलाईृ आज कुनै पनि कोणबाट बामपंथी दल भन्न सुहाउँदैन । केबल पहिचान र समावेशिकरणले एमाओवादीको इज्जत धानिदिएको छ । वर्चस्वको आकांक्षा राख्ने हो भने एमाओवादीले सर्वप्रथम वामपंथी दलको कलेवरमा पुनः रंगिन जरुरी छ । पार्टीको नाम पछाडी झुन्डिएको कम्युनिष्ट वा माओवादी ट्यागले मात्र सो काम कम्तिमा आजको विश्वमा सम्भव छैन ।
एमाओवादीको मूल नेतृत्व र धारको यसरी आलोचना गरिरहँदा मूलधारसंग असहमति राख्दै अगाडी आएको विरोधी धारले चाहीं के कस्ता विषयमा असहमति राखेको थियो र कस्ता वैकल्पिक अवधारणाहरु अगाडी सारेको थियो भन्ने विषय अन्यन्तै महत्वपूर्ण हुन आउँछ । किनभने यदि पुरानो नेतृत्व संसदवादी धारमा विलय हुँदै गयो भने वैकल्पिक धाराले आन्दोलनलाई अगाडी लैजाने अभिभारा पुरा गर्न सक्छ कि सक्दैन भन्ने प्रश्नको जवाफ यसमा अन्तर्निहित हुन्छ । यसको निम्ति माओवादी आन्दोलनका सम्मानित पात्र मोहन वैद्य ‘किरण’को नेतृत्वमा माउ पार्टीबाट विभाजित भएर गएको धाराले उठाएका विषयहरुको अध्ययन जरुरी छ । वैद्य माओवादीको मूल पार्टीसंग मुख्य रोष ‘जनयुद्धको जगमा जनविद्रोह गर्ने’ पार्टी नीति परित्याग गर्दै पुरानै संसदवादी पद्धतीमा सहवरण हुन पुगेको विषयमा देखिन्छ । तर, जनविद्रोहको निम्ति आवश्यक न्यूनतम शर्तहरु के–के हुन् र ति शर्त कसरी पुरा गर्ने भन्ने सवालमा भने ठूलो अन्यौल छ । शाब्दिक अर्थको सरल हिसाबले पनि जनविद्रोहले जनताको स्वस्फूर्त समर्थन र विस्फोटक जनपरिचालनको माग गर्दछ । साथै यसले राज्यसत्ताको भित्री पत्रको रुपमा रहने व्युरोक्रेसी र सुरक्षा फाँटमा जनसमर्थनको दबाबमा अकर्मण्यता वा विद्रोहको माहौलको अपेक्षा गर्दछ ।
जगजाहेर छ जनताले माओवादी आन्दोलनबाट पहिलो संविधानसभाको चुनाव पछि ठूलो सुधारात्मक शासनको आशा राखेको थियो । यदि सो दिशामा एमाओवादीले कदम चल्न सुरु गरेको भए र सो कदमले यथास्थितिवादी कित्ता तर्सिएर एमाओवादीलाई सत्ताच्यूत गर्न तम्सिएको भए , एमाओवादीको पक्ष र विपक्षमा एक खाले ध्रुवीकरण र परिचालन सम्भव हुने थियो जसबाट वैद्य माओवादीले अपेक्षा गरे जस्तो शक्तिसंघर्ष अगाडी आउँदो हो । तर, नयाँ जनादेश लिएर अध्यक्ष प्रचण्ड सरकारमा सामेल हुना साथ विद्रोहको अमूर्त तर कर्कश कोकोहोलोमा पार्टीपंक्ति लाई अल्झिाउने श्रेय वैद्य पक्षलाई जान्छ । जनताले ठूलो दलको जिम्मेवारी सुम्पिएको अवस्थामा सिर्जनात्मक ढंगबाट कसरी अघि बढ्ने भन्ने प्रश्नमा मुख्य नेतृत्वमा देखिएको अन्योलमा वैद्य पक्षले कुनै रचनात्मक हस्तक्षेप त गर्न सकेन नै, उल्टो अन्तरकलहका कारण जे जति सुधारात्मक काम प्रचण्ड सरकारले गर्न आँटेको थियो पनि असफल भयो । वैद्य माओवादीको नारामा जनआकर्षण हुँदो हो त सत्ता अहिले उसैको हातमा हुँदो हो । आज वैद्य माओवादी जुन स्थितिमा छ, त्यसले पनि उसको नीतिको असफलता कै पुर्नपुष्टि गरिरहेको छ ।
वैद्य माओवादीको नारामा जनआकर्षण हुँदो हो त सत्ता अहिले उसैको हातमा हुँदो हो । आज वैद्य माओवादी जुन स्थितिमा छ, त्यसले पनि उसको नीतिको असफलता कै पुर्नपुष्टि गरिरहेको छ ।
यसै बीचमा वैद्य माओवादीलाई ‘पुच्छरवादी’को संज्ञा दिंदै सो दलबाट अझ उग्र नाराहरु उराल्दै विप्लव नेतृत्वमा एउटा समुह बाहिरिएको छ र सशस्त्र संघर्षमा आधारित ‘एकिकृत क्रान्ति’को नयाँ रणनीति बुन्दै छ । २१औं शताव्दीको यो विश्व परिवेश र नेपालको विशिष्ट भू–अवस्थितिको सन्दर्भमा उनले प्रस्ताव गरेको ‘एकिकृत क्रान्ति’ के कति मानेमा माओवादीले विगतमा संचालन गरेको जनयुद्धको निरन्तरता हो र के कति मानेमा त्यसमा क्रमभंग, स्पष्ट हुन बाँकी नै छ , या भनौं विप्लव माओवादीको कार्यकर्तापंक्तिमा त्यो सिमित छ । आम जनमानसले त्यसबारे सुसुचित हुने र बहसमा सहभागी हुने खासै मौका पाएको छैन । तर, एउटा कुरा चाहीं प्रस्ट छ । यथास्थितिमा सशस्त्र संघर्षको उठान सम्भव छैन । सशस्त्र संघर्षका कारण हिंसा र प्रतिहिंसाको एउटा अवधिबाट गुज्रेर आएको जनताले के कति कारण सो महंगो संघर्ष उपलब्धीहिन हुनपुग्यो र पुनः सोही प्रकृतिको नयाँ संघर्ष अगाडी बढाउनुपर्ने अवस्था आइपर्यो भनेर प्रश्न गर्ने पूर्ण नैतिक अधिकार राख्दछ । आजको मिति सम्म विप्लव माओवादीले  मूल नेतृत्व दक्षिणपंथी भासमा पतन हुनुलाई जिम्मेवार ठह¥याइ आएको छ ।
प्रतिक्रियावादीको प्रलोभनमा प्रचण्ड, बाबुराम लगायतका मूल नेतृत्व फसेको आरोप उसको छ । यो विचलन नेतृत्वको नितान्त व्यक्तिगत नियत, आचरण, नैतिकता र जजमेन्टसंग सम्बन्धित छ । यस पछाडीका बस्तुगत कारणहरु पर्घेल्नुपर्ने आवश्यकता विप्लव माओवादीले देखेको छैन । त्यसो हो भने जनताले प्रतिप्रश्न गर्ने अधिकार राख्ने भए कि भोलि क. विप्लव र विप्लव माओवादीबाट उही प्रवृत्ति पुनरावृत्ति नहोला भन्ने सुनिश्चितता के ? के यो केबल नेताहरुको नियतको मात्र प्रश्न हो ? निश्चय नै होइन । माओवादी आन्दोलनका यी गल्तीहरु विश्व कम्युनिष्ट आन्दोलन विगतमा रुस, चीन र अन्यत्र जे जति कारणले रक्षात्मक अवस्थामा पुग्यो, तिनै असफल परम्परा र विधिहरुको वैचारिक, राजनीतिक र सांस्कृतिक उत्तराधिकारको परिणाम हो । विश्लेषक डम्बर खतिवडाले प्रयोग गर्नुभएको टर्मिनोलोजी सापट लीने हो भने हालसम्म बाम धरातलबाट उठेका कम्युनिष्ट आन्दोलनहरु सत्ताको सेरोफेरोमा पुगेपछि बामपंथी हुन छोड्ने नियतिको एमाओवादी पनि शिकार हो । कम्युनिष्टहरुको पथप्रदर्शक सिद्धान्त मालेमावादमा रहेका त्रुटीहरु पत्ता लगाइ समयसापेक्ष निदान गरेर मात्र यसको उपचार सम्भव छ । सो आधारभूत वैचारिक काम पुरा नगरी सशस्त्र संघर्षको शंखघोष गर्नु अपरिपक्व हतारो मात्र हुनेछ ।
सबै माओवादी धाराहरुको साझा सत्य ‘बलप्रयोगको ऐतिहासिक अपरिहार्यता’को नियमले ढिलो चाँडो बलप्रयोगको माग गर्ने नै छ । बल(शक्ति) संचितिकरण गरेर अन्ततः सो परिक्षामा खरो उत्रने कि नाई फैसला माओवादी आन्दोलनका सबै सदस्यको हातमा छ ।
त्यसैले आज आवश्यकता फुट वा जुट वा सशस्त्र संघर्षको भन्दा पनि नयाँ शिराबाट विचारधारात्मक बहसको उठानको हो, विगतका कार्यक्रमिक कमजोरीहरुको समिक्षाको हो । आज नेपालको माओवादी आन्दोलन जुन स्थितिबाट गुज्रिरहेको छ, प्रस्टै छ यसले घनिभूत शान्तिपूर्ण तयारीको माग गरेको । तयारी मुख्यतः विचारधारात्मक सबलिकरणको हो । नयाँ विचारधारात्मक जगमा नयाँ संगठनात्कम संरचना, अन्तरपार्टी जनवाद अभ्यासको नयाँ आचरण, समाजको नयाँ शिराबाट वर्गविश्लेषण र अन्तराष्र्टिय बाम आन्दोलनसंग सम्बन्ध विस्तारको क्षेत्रमा शान्तिप्रकृयाका यी आठ वर्ष एउटा महत्वपूर्ण चरण हुनसक्थ्यो । भलै सो मौका छोप्न माओवादी आन्दोलन असफल भएको छ , सम्भावना भने टरेको छैन । तर, त्यस अघि नेपालको माओवादी आन्दोलनले दश वर्षको जनयुद्ध र सोको जगमा उठेको १९ दिने जनआन्दोलन, मधेस विद्रोह लगायतका आजसम्म सम्पन्न सम्पूर्ण आन्दोलहरुका उपलिब्धहरुलाई सामुहिक बल लगाएर संविधानमा संस्थागत गरी नयाँ प्रगतिशील राजनीतिक प्लेनको निर्माण गर्ने कामलाई निष्कर्षमा पु¥याउन जरुरी छ । त्यसपछि नै  आफ्नो ज्ञानको सीमालाई फराकिलो पार्ने, विश्वमा परिक्षण भइरहेका नयाँ प्रयोगहरुको अध्ययन गर्ने र इतिहासको मिहिन अनुसन्धानमा समय खर्चिने वातावरण प्राप्त होला । सबै माओवादी धाराहरुको साझा सत्य ‘बलप्रयोगको ऐतिहासिक अपरिहार्यता’को नियमले ढिलो चाँडो बलप्रयोगको माग गर्ने नै छ । बल(शक्ति) संचितिकरण गरेर अन्ततः सो परिक्षामा खरो उत्रने कि नाई फैसला माओवादी आन्दोलनका सबै सदस्यको हातमा छ ।

www.khabardabali.com बाट साभार