Wednesday, March 4, 2015

ज्ञानेन्द्रसँग औंला ठड्याएर बोल्न सक्थे किसुनजी- रामहरि खतिवडा


ramhari khatiwada
पात्रो बेच्दाबेच्दै किसुनजीको सम्पर्कमा

२०४१ सालमा एसएलसी पास गरेपछि क्याम्पस पढ्न काठमाण्डु आएँ । बुबाले काठमाण्डुमा गर्ने खर्चका लागि ११ सय ७५ दिनुभएको थियो । दाई लक्ष्मी बाँस्कोटासँग ओखलढुंगाबाट काठमाण्डु आउँदा जम्मा ६३ रुपैयाँ खर्च भयो । बाँकी पैसा लक्ष्मी दाइले फिर्ता दिनुभएन । आर्थिक गर्जो टार्न होम ट्युशन पढाउँन थालें । ५ जना विद्यार्थीबाट महिनामा जनही ५० रुपैयाँ आउँथ्यो । डेढ सयले खान पुग्थ्यो । मैतीदेवीमा तीन जना मिलेर डेढ सयको कोठा लिएका थियौं । महिनामा ५० रुपैयाँ मेरो भागमा पथ्र्यो । ट्युशनबाट पुग्ने पैसा कमाई भए पनि चित्त बुझेको थिएन । अर्को रोजगारीको खोजीमा लागें । विक्रम पाण्डे नाम गरेका भोजपुरका मानिस भेट भयो । उनले स्ट्याज भन्ने विज्ञापन एजेन्सीमा काम लगाइदिए । त्यो एजेन्सीले एजेन्सीले पहेंलो कलरको टेलिफोन डाइरेक्टरी छापेर बेच्दो रहेछ । डाइरेक्टरी बेच्ने र त्यसमा छापिएको पैसा उठाउने काम पाएँ । डाइरेक्टरी राख्न ब्रिफकेश दिएका थिए । म ब्रिफकेश बोकेर हिंड्दै थिएँ । जमलनजिकै तीनधारा पाठशाला छेउमा एक जना सेतो कुर्ता सुरुवाल र कालो टोपी लगाएको मानिस देखें । नयाँ मानिस देखेपछि डाइरेक्टरी बेच्न फ्लो गर्थें । त्यो मान्छेको पछिपछि लागेर हिडें । ती मानिस असनको भित्रपट्टि गल्लीको एउटा घरभित्र पसे । कोठाको छेउमा लखिएको रहेछ, प्रनेका अर्थात प्रतिबन्धित नेपाली काँग्रेस । मलाई थाहा भयो ती मानिस रहेछन गणेशमान सिंह । अरु दुई जना पहिल्यै त्यहाँ रहेछन् । त्यसमध्ये एकले मलाई घर कता भनेर सोधे । ओखलढुंगा भनेपछि उनले भीमबहादुर अधिकारी चिन्छौ भने । भीमबहादुर मेरो गुरु भएको बताएपछि उनले मप्रति प्रेम भाव दर्साए । उनले भीमबहादुरलाई आफूले जेलमा पढाएको सुनाए । यो २०४२ सालतिरको कुरा हो । उनी रहेछन् कृष्णप्रसाद भट्टराई । अर्का रहेछन् गिरिजाप्रसाद कोइराला । भोलिपल्ट फेरि जान मन लाग्यो । त्यस दिन किसुनजीले पत्रिका पढेर सुनाउन भन्नुभयो । मैले गल्ती पढें भने किसुनजी सच्याउनुहुन्थ्यो । पत्रिका पढेपछि किसुनजीले सँगै जाऔं भन्नुभयो । लौरो टेकेर हिंडेका किसुनजीको पछिपछि गएँ । न्यूरोडको लक्ष्मी मिष्ठान्न भण्डारमा समोसा खायौं । उहाँले पैसा तिर्नुभयो र अब जाऊ भन्नुभयो । तेश्रो दिन पनि काँग्रेस कार्यालयमा गएँ । त्यस दिन मैले किसुनजीलाई एउटा डाइरेक्टरी दिएँ । त्यसमा श्री कृष्णप्रसाद भट्टराईलाई सप्रेम उपहार लेखेको थिएँ । डाइरेक्टरी पाएपछि किसुनजी खुसी हुनुभयो । सँगै रहेका बासु रिसाल, ध्रुवराम भण्डारी, योगप्रसाद उपाध्यायलाई उनले पार्टी कार्यालयमा टेलिफोन डाइरेक्टरी थिएन, यो बाबुले दियो भनेर खुसी हुनुभयो । धन्यवाद दिनुभयो । म नियमित पार्टी कार्यालय आउजाउ गर्न थालें । गणेशमान, किसुनजी र जिरिजाबाबु एउटै कोठामा बस्थे । महिनाको दुई सय रुपैयाँ दिएर किसुनजीले मलाई पत्रिका पढ्ने काममा राख्नुभयो । हरेक दिन पत्रिका पढेपछि समोसा खान न्यूरोड लानुहुन्थ्यो । किसुनजी कुपण्डोलमा भान्जीको घरमा बस्नुहुन्थ्यो । हरेक दिन पुलचोकबाट साझा बस चढेर पार्र्टी कार्यालय आउने जाने गर्नुहुन्थ्यो । उहाँसँग प्रायः ओमकार श्रेष्ठ, बासु रिसाल, योगप्रसाद उपाध्याय र म हुन्थ्यौं । एक जनाको बस भाडा २५ पैसा थियो । किसुनजी सबैको भाडा तिर्नुहुन्थ्यो ।
०४४ सालतिरको कुरा हो । म दसैंमा घर जानुपर्ने । घर जान किसुनजीसँग बिदा मागें । १५ सय दिनुभयो । ५ सय बुबालाई र ५ सय आमालाई खुट्टामा राखेर ढोगिदिनु । ५ सय तिमी तास खेल भन्नुभयो । तास म खेल्दिनथें । ठट्ठाका रुपमा भन्नुभएको हो । म घरबाट फर्कंदा सधैं उहाँलाई घ्यू ल्याइदिन्थें । किसुनजी घ्यू खुब मनपराउनुहुन्थ्यो । पात्रो बेच्दा भएको चिनजानबाट राजनीतिमा लागियो । कहिल्यै उहाँको साथ छाडिएन ।
०४६ को आन्दोलनभन्दा अगाडि किसुनजीलाई कुपण्डोलको डेरामै नजरबन्द गरिएको थियो । म बेलाबेलामा भेट्न गइरहन्थें । बाहिरको कुरा किसुनजीलाई सुनाउँथें । किसुनजीको सन्देश आन्दोलनकारीकोमा पुर्याउँथें । खास गरी किसुनजी र बाहिर रहेका शैलजा आचार्य, जगन्नाथ आचार्य र बलबहादुर केसीबीच सम्पर्क गराउने मेरो काम थियो । मैले नजरबन्दमा बसेका बेलामा पनि कहिल्यै उहाँलाई निराश भएको देखिन । सधैं आशावादी । नजरबन्दमा भएका बेला पनि उहाँलाई आफ्नो भन्दा पार्टी कार्यकर्ताको बढी चिन्ता हुन्थ्यो । मलाई पैसा छैन होला, फलानोबाट एक हजार लैजाउ भन्नुहुन्थ्यो । आन्दोलनमा आएका कार्यकर्ता भोकै होलान्, कतैबाट चिउरा लगेर खुवाउ भन्नुहुन्थ्यो । त्यतिबेला अरु पनि किसुनजी भेट्न जान्थे होला । तर म देख्दिनथें । आफू मात्रै किसुनजीलाई भेट्न गएजस्तो ठान्थें । किसुनजीले प्रहरीसँग कुरा मिलाउनुभएको थियो । प्रहरीहरु मलाई जतिबेला गए पनि भेट्न दिन्थे ।


किसुनजी प्रधानमन्त्री हुँदा नाचें

२०४६ सालको आन्दोलन सफल भएपछि अन्तरिम सरकारको प्रधानमन्त्रीका लागि गणेशमानजीको नाम सारियो । तर, उहाँले प्रधानमन्त्री खान मान्नुभएन । गणेशमानजीले नै किसुनजीको नाम प्रधानमन्त्रीमा प्रस्ताव गर्नुभयो । गणेशमानको घर चाक्सीबारीमा काँग्रेसका शीर्ष नेताहरु सहभागी बैठकले किसुनजीलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको थियो । म बाहिर थिएँ । खबर सुनेर म उफ्रिएर नाचें । चार तारे झण्डा भएको सर्ट लगाएर सहरमा खुसीयाली मनाइयो ।


अंग्रेजी राम्रो थियो

किसुनजीको अंग्रेजी एकदमै राम्रो थियो । प्रधानमन्त्री हुनेबित्तिकै जापानमा हुने एउटा कार्यक्रमका लागि किसुनजीले मलाई पठाउनुभयो । टोलीको नेतृत्व मैलै गरेको थिएँ । बहुदल आएपछि विदेश जाने नेपाली हामी नै पहिलो थियौं । सिद्धिलाल सिंहका छोरा राकेश सिंह, साहना प्रधानका भतिजा र एनसेलमा कार्यरत सञ्जु कोइराला टोलीमा थियौं । फोटोग्राफर थिए मीन बज्राचार्य । किसुनजीले कार्यक्रमको मन्तव्यका लागि अंग्रेजीमा हातैले भाषण लेखेर दिनुभएको थियो । जापानमा मैले हाउ टु मेक लभ्ली अर्थ (पृथ्वीलाई कसरी सुन्दर बनाउने ) भन्ने विषयमा मन्तव्य दिनुपर्ने थियो । किसुनजीले लेखेर दिएको मन्तव्य घोकेर कण्ठ पारेको थिएँ । बाथरुम जाँदा पनि पनि मैले त्यो पढेकै हुन्थें । अरु देशबाट सांसदहरु कार्यक्रममा आएका रहेछन् । हाम्रोमा त संसद थिएन । निर्वाचन हुनै बाँकी थियो । हामी सांसदको हैसियतमा गएका रहेछौं । किसुनजीले त्यसबारे केही भन्नुभएको थिएन । भारतबाट द्विगविजय सिंह, पाकिस्तानका पनि एक जना वरिष्ठा नेता आएका थिए । क्यानडाबाट तत्कालिन सभामुख नै आएका रहेछन् । विश्वका सयभन्दा बढी देशका प्रतिनिधिको भेला थियो त्यो । किसुनजीले लेखेको अंग्रेजीको भाषण कण्ठै पारेको थिएँ । ०४७ मा भर्खरै बीएल सकेको थिएँ, अँग्रेजी नराम्रो थिएन । अरुले लिखित भाषण गरे । मैले नहेरी परर बोलेको देखेर सबै चकित भए । भर्खर २१ वर्ष पुगेको थिएँ । यस्तो केटाले यस्तो खतरा भाषण गरेको भनेर चर्चा नै चल्यो । कोहीले पृथ्वी सुन्दर बनाउन एक दिन गाडी नचढ्ने घोषणा गरे । कसैले उद्योगधन्दा सहरबाहिर सार्नुपर्ने बताए । जापानमा त्यतिबेलै गाडीका कारण वातावरणमा प्रतिकुल असर पर्न थालिसकेको रहेछ । नेपालमा त गाडी भनेको फाट्ट फुट्ट मात्रै । मैले भनें, हाम्रा जनता धेरैले गाडी देखेका छैनन् । तपाईंहरु काँटाले खाना खानुहुन्छ । हामी नेपाली हातले भात खान्छौं । पृथ्वी सुन्दर हुन पहिला सबैले खान पाउनुपर्छ भन्ने तर्क गरें । मलाई थाहा छैन, जापानमा हरेक वर्ष किन प्रधानमन्त्री परिवर्तन हुन्छ ? नेपालको तर्फबाट शुभेच्छा छ अहिलेको सरकार एक वर्षमा नढलोस् । तोसिपु काइपु भन्ने प्रधानमन्त्री थिए । मेरो कुरा सुनेर उनले पनि निकैबेर ताली ठोके । अभिव्यक्ति कला राम्रो भएको भनेर मलाई तीन हजार डलर पुरस्कार दियो जापान सरकारले । नेपालबाट किसुनजीले दिएको दुई सय डलर लिएर गएका थियौं । तीन हजार डलर पाएपछि हाम्रो खुसीको सीमा भएन । यो कुरा किसुनजीलाई फोन गरेर सुनाएँ । त्यतिबेला जापान गएका नेपाली धेरै लुक्ने गरेका रहेछन् । उहाँले तिमी नलुक, नेपाल फर्क है भन्नुभयो । मेरो स्पिचबाट जापानी राजा अकिहितो पनि प्रभावित भएका रहेछन् । मलाई दर्शन भेट दिए । राष्ट्रप्रमुख भेट्दा उपहार दिनुपर्ने चलन हुँदोरहेछ । केही लगिएको थिएन । के दिने भन्ने समस्या भयो । चारतारे झण्डा थियो । मैले राजालाई काँग्रेसको झण्डा ओढाइदिएँ । जापानीहरुले ठूलो सम्मान दिएको ठानेछन् । भोलिपल्ट सबै पत्रिका र टेलिभिजनका स्क्रिन मैले राजालाई काँग्रेसको झण्डा ओढाएको फोटोले भरियो । अहिले पनि त्यो फोटो त्यहाँस्थित नेपाली दूतावासमा टाँगेर राखिएको छ । राजाले मलाई नेपालमा संविधान बन्दै गरेकाले काम लाग्छ भनेर जापानको संविधानको किताब किसुनजीलाई उपचारका रुपमा दिनु भएर पठाए । मैले किसुनजीलाई किताब ल्याएर दिएँ । हामी कोही पनि जापानमा नलुकी नेपाल फर्केकामा किसुनजीले प्रशंसा गर्नुभयो ।


व्यापारीले ब्रिफकेसमा २० लाख दिँदा

प्रधानमन्त्री भएपछि किसुनजी कुपण्डोलको निवासमा बस्नुभएको थियो । एक दिन बिहानै निवासमा एकजना व्यापारी ब्रिफकेस लिएर आए । उनले किसुनजीलाई दिए र गए । उहाँले यो राख भनेर मलाई दिनुभयो । भोलिपल्ट लगेर गएँ । किसुनजीको निर्देशनमा मैले खोलें । पैसाको बिटैबिटा रहेछ । गनेको २० लाख । किसुनजी छक्क पर्नुभयो । त्यो मानिसलाई बोलाउन भन्नुभयो । हामीले फोन गरेर बोलायौं । उ भौंतारिँदै आयो । किसुनजीले सहजतापूर्वक त्यति धेरै पैसा भएको ब्रिफकेस छाडेर हिंड्न हुन्छ बाबु भनेर गाली गर्नुभयो । उसले मैले तपाइँले भनेर काम भएकाले ल्याइदिएको बताए । तर उहाँले लैजाऊ, मलाई चाहिएन भन्नुभयो । त्यो मानिस रातोपिरो हुँदै गयो । पर पुगेपछि बोलाएर दुई लाख चाहिं माग्नुभयो । एक लाख मलाई र एक लाख अरु कोहीलाई दिनुभयो । किसुनजीले दिएको एक लाखले बुबाले ओखलढुंगामा किन्नुभएको खेत अहिले ५० लाखभन्दा बढीमा बिक्री हुन्छ । प्रधानमन्त्री भएपछि एकजना सिंगापुरका किसुनजीका व्यापारी साथी बधाई दिन आएछन् । राम्रो घडी उपहार दिएका थिए । ओमेगा घडीको मूल्य त्यतिबेलै १५५७ युरो थियो । अहिले पनि किसुनजीको चिनोका रुपमा घरमा राखेको छु । किसुनजीका नाममा समर्पित गरेकाले कहिल्यै बाँधेको पनि छैन ।


सेक्सबारे खुला कुरा गर्नुहुन्थ्यो
किसुनजी प्रष्ट बोल्नुहुन्थ्यो । त्यसमा पनि सेक्सका बारेमा झने प्रष्ट । किसुनजी प्रम हुनुभएको थियो । किसुनजी म र पिके क्याम्पसका लेक्चर नेपाल थरका एक जना थिए । पिकेकै बाटो भएर गाडीमा जाँदै थियौं । किसुनजी गफिनुभयो । होलीको समय थियो । लोला हान्ने प्रसंग चल्यो । किसुनजीले हाम्रो पालामा त केटीले हावामा किस गर्थे, तिमी केटाहरु के भएका खै ? भन्नुभयो । हामी हेरेको हेर्यै भयौं । राष्ट्यि सभागृहमा एउटा कार्यक्रम थियो, एचआइभी एड्ससम्बन्धी । उहाँ प्रमुख अतिथि हुनुहुन्थ्यो । उहाँले भन्दिनुभयो, एड्स भनेको के हो मलाई थाहा छैन । तर लाग्यो भने सबैभन्दा पहिला कि मलाई कि पिएल सिंहलाई लाग्छ । किनभने हामीले बिहे गरेका छैनौं । उहाँले गर्नखोज्नुभएको संकेत सबैले बुझे । हाँसोले हल गुञ्जियो ।


अध्ययनशील र सूचना धेरै चाहिने मान्छे

किसुनजी अध्ययनशील हुनुहुन्थ्यो । त्यत्तिको अध्ययनशील नेता मैले अहिले देखेको छैन । अंग्रेजी साहित्यका किताबहरु खुब पढ्नुहुन्थ्यो । मनमोहन अधिकारीले संसदे विघटनको घोषणा गरे । त्यसबारे सर्वोच्चमा फैसला हुने दिन मलाई उहाँले सर्वोच्च पठाउनुभयो । विश्वनाथ उपाध्याय प्रधानन्यायाधीश थिए । उनकै बेञ्चमा फैसला हुँदै थियो । फैसलाले संसद् विघटनको निर्णय उल्ट्याइदियो । फैसला लेख्ने काम हुँदै गर्दा फोन गरेर किसुनजीलाई जानकारी गराएँ । भोलिपल्ट निवासमा धेरै मानिस भेला भएका थिए । किसुनजीले सोध्नुभो तपाईंहरुलाई सबैभन्दा रमाइलो के गर्दा हुन्छ ? सोध्नुभयो । कसैले सेक्स भने । कसैले के भने । अन्तिममा किसुनजीले भन्नुभयो, फ्रेस न्यूज आउँदा । हिजो रामहरिले संसद् विघटनबारेको समाचार दियो, धेरै खुसी लाग्यो ।


गिरिजालाई गाली गर्न लगाउनुभो

किसुनजीले ०४८ र ०५१ मा चुनाव हार्नुभयो । हामी निर्वाचन प्रचारमा खटिएका थियौं । माहोल उहाँकै पक्षमा थियो । तर पार्टीभित्रैको अन्तर्घातले हार्नुभयो । एक दिन गिरिजाबाबु आउँदै हुनुहुन्थ्यो । किसुनजीले मलाई भन्नुभयो, म त गिरिजाविरोधी होइन । तिमी हौ क्यारे । आज बेसरी गाली गर । मैले गिरिजाप्रसादलाई हप्काएँ । तपाईं पापी हो । किसुनजीलाई तपाईंले नै चुनाव हराउनुभएको हो । यहाँ किन आएको भनेर कराएँ । किसुनजीले तँ बाहिर गइहाल त । मेरो गाडीमा गएर बस भन्नुभयो । म गाडीमा बसें । किसुनजीलाई वृक्षारोपणको कार्यक्रममा जानुरहेछ । आउनुभयो र गाडी चढ्नुभयो । गाडीमा बसेपछि तिमिले जिरिजालाई गाली गरेर ठीक गरेका छौं भन्नुभयो । धन्यवाद नै दिनुभयो । खुसी भएर बिरुवा रोप्ने कामको शुभारम्भ नै मलाई गर्न लगाउनुभयो ।


फ्रान्स जान नपाएपक्ति विरक्तिनुभयो

०४८ को निर्वाचन र उपनिर्वाचनमा हार्नुभयो । ०५१ मा उठ्नुभएन । उहाँलाई अघि सारेर काँग्रेस चुनावमा गयो । बहुमत पनि आयो । तर तोकिइसकेको फ्रान्सको औपचारिक भ्रमण सकेर आउँछु, १० दिनको समय पाऔं भन्दा दिएनन् । हाम्रै पार्टीका नेताहरुले बर्बादै हुन्छ, आशाकै खस्छ भनेजस्तो गरे । किसुनजी सबै पार्टीलाई मिलाउन सक्ने हैसियत राख्नुहुन्थ्यो । एमाले र राजाका प्रतिनिधि सम्मिलित मन्त्रिपरिषदको नेतृत्व गरेर तोकिएकै समयमा मुलुकलाई संविधान दिनुभयो । त्यतिबेलाको एमाले अहिलेको माओवादीभन्दा उग्र थियो । त्यस्तो उग्र एमालेलाई पनि उहाँले विश्वासमा लिएर काम गर्नुभयो । राजाले १७ जना जर्नेललाई बालुवाटार पठाएर किसुनजीलाई घेर्न पठाए । उनीहरुले राजाको संविधान दिएर जारी गर्न दबाब दिए । किसुनजीले भोलिपल्टको गोरखापत्रमा जर्नेलहरुले दिएको संविधान छपाइदिनुभयो । बाहिर त्यसले हंगामा मच्चियो । त्यही बहाना बनाएर किसुनजीले मैले त मानेको हो महाराज, तर जनता मानेनन् भनेर कन्भिन्स गर्नुभयो । किसुनजीकै कारण राजालाई साइजमा राखेर संविधान आउन सम्भव भयो । त्यही रिस राजावादीहरुले चुनावमा फेरे । विदेशी पनि हामीले भनेको मानेन भनेर किसुनजीसँग फायर भएका थिए ।
सेन्स अफ ह्युमर राम्रो थियो
बालुवाटारमा एक दिन द्वारिका प्रसाद नामका मानिस आए । उनले काँग्रेस र किसुनजी भारतमुखी भएको आरोप लगाए । उनले किसुनजीलाई भारतको पिछलग्गु भने । किसुनजीले हल्का मुस्काउँदै भन्नुभयो, आफ्नो नाम द्वारिका राख्ने अनि म चाहिं भारतमुखी ? गयाप्रसाद र काशीनाथ नाम राखेर मलाई चाहिं भारतमुखी राख्नेहरुलाई म के भनौं । ती मानिस बोल्नै सकेनन् । चुपचाप फर्केर गए । ०४६ अगाडि आन्दोलन चर्किएको थियो । रामेछापका काँग्रेस सभापति मिनबहादुर भण्डारीले आन्दोलनमा भारतको समर्थन छ त ? भारतको समर्थन नभएको आन्दोलन कसरी सफल होला भन्ने प्रश्न गरे । किसुनजी कोठाभित्र जानुभयो र राजिव गान्धीको तस्वीर भएको पत्रिका ल्याएर देखाउनुभयो । यी हेर यसको समर्थन मलाई छ । किसुनजीलाई भारतीय समर्थन रहेछ भनेर मिनबहादुर चाहिं फुरुक्क परे । उहाँ आफैंले आफैंलाई व्यंग्य गर्न सक्नुहुन्थ्यो । अरुलाई व्यंग्य गर्दा पनि आफैंलाई उदाहरण दिने बानी थियो । एक दिन श्रीमान श्रीमती भेट्न आएछन् । श्रीमान एमदमै दुब्ला, श्रमती मोटी । किसुनजीले भन्नुभयो, श्रीमान एकदमै दुब्लो, श्रीमती एकदमै मोटी । कुरा सुनेर दुवै जनालाई अप्ठेरो लागेछ । किसुनजीले थप्नुभयो, आखिर सिलौटा ठूलो भए पनि मसला पिस्ने त लोराले नै हो क्यार । किसुनजी जस्तो अवस्थामा पनि हाँसेर बोल्नुहुन्थ्यो । सम्पत्तिको लोभलालच थिएन । निधन भएको दिन खल्तीमा २ सय ४० रुपैयाँ रहेछ । त्यो रकम हामीले सुरक्षित साथ बाँडेगाउँ आश्रममा राखेका छौं । तर दुःखको कुरा गणेशमान, बिपी, महेन्द्रनारायण निधि र मनमोहन अधिकारीको नाममा अस्पताल बने । तर किसुनजीको नाममा कसैले केही गरेन । किनभने उहाँका छोराछोरी नातिनातिना भएनन् ।


ज्ञानेन्द्रसँग सीधा सवालजवाफ
ज्ञानेन्द्रले नारायणहिटीमा भेट्न बोलाएछन् । किसुनजी भित्री बाहिरी कुरा गर्नुहुन्नथ्यो । उहाँले राजालाई लोकतान्त्रिक हुन सल्लाह दिनुभयो । जनताको अधिकार समयमै फिर्ता नगरे राजतन्त्र नै जाने चेतावनी उहाँले दिनुभएको थियो । यो कुरा ज्ञानेन्द्रका अगाडि औंला ठड्याएर भन्न सक्ने नेता किसुनजी मात्रै हो । अरु सबै पछि राजाविरोधी भएका हुन् । पहिला राजाकै मान्छे थिए । तर दुर्भाग्यवश तिनै मानिस रातारात गणतन्त्रवादी भए र किसुनजीलाई राजावादी करार गरे । किसुनजीले त्यसरी देखेको कुरा ठाडै नभनेको भए ज्ञानेन्द्रले प्रधानमन्त्री बनाइसकेका थिए । उहाँले जनअधिकार बहाली नभएसम्म आफूलाई प्रधानमन्त्री नचाहिएको स्पष्ट भन्नुभएको थियो, ज्ञानेन्द्रका अगाडि । ज्योतिषीले तीन पटक प्रम हुन्छस् भनेका छन् । म फेरि प्रधानमन्त्री हुन्छु भन्नुहुन्थ्यो । कृष्णप्रसादले चाह्यो भने ह्वीलचेयरबाटै देश चलाउँछ भन्नुभएको थियो । तर राजाले जनताको अधिकार जनतालाई फिर्ता गर्न तयार नभएपछि ज्योतिषी नै फेल भए । बीपी पुत्र प्रकाश कोइराला ज्ञानेन्द्रको प्रस्ताव लिएर घरमै गएका थिए । किसुनजी जत्तिको नेता नेपालमा अब जन्मन गाह्रो छ । अहिले फ्लास न्यूज जसरी आधा आधा घण्टामा कुरा फेर्ने नेता छन् । किसुनजीले कहिल्यै आफ्नो अडान फेर्नुभएन । सबै भागेर विशेश जाँदा उहाँ देशभित्रै बसेर काँग्रेसको अस्तित्व जोगाउन लागि पर्नुभयो ।


 http://kathmandutoday.com/2015/03/83101.html#sthash.MqtwIhag.dpuf

काँकरभिट्टामा अनौठा मानव- खगेन्द्र संग्रौला

काँकरभिट्टामा अनौठा मानव

खगेन्द्र संग्रौला 
KHAGENDARA SANGAURALA

काँकरभिट्टामा कला–साहित्य उत्सव भव्य भयो । तर त्यो भव्यतालाई वैरागलाग्दो बनाउने एकथरी दु:खी, निरस र टीठलाग्दा मानिस भेटिए । कुन्नि, ती कतै आदिम गुफा खनिएर निकालिएका मानिस पो थिए कि ! अनुहार उदास, आँखा निम्जा, बोली निष्प्राण, चाल सुस्त, अभिनय लर्‍याङतर्‍याङ । छलफलको विषय, सन्दर्भ र तर्क जेसुकै होस्, त्यसको प्रतिक्रियास्वरुप तिनको भन्ने कुरा एउटै थियो । त्यो हो, देशमा एक सय पच्चीस जाति छन्, के ती जम्मैलाई राज्य बाँड्न मुलुकलाई एक सय पच्चीस टुक्रामा चिरा पार्ने ? आम्मामामामा, तिनको कुरो !
प्रत्येक जिउँदो मानिस एउटा बेग्लै सत्व हो । उसको आफ्नै पन हुन्छ । त्यसैले स्वभाव, शैली, विचार, तर्क, प्रस्तुति र हाउभाउमा उसमा केही न केही भिन्नता हुन्छ–हुन्छ । त्यो सूक्ष्म भिन्नतालाई स्थूल दृष्टिले खुट्याउन नसकिएला, तर सम्यक् दृष्टिले नियाल्न खोजे त्यो भिन्नता पक्कै देखिन्छ । त्यसैले त मानिस सुगा होइन । सुगा मानिसले रटेरटाएको एकाध गन्थनसिवाय केही जान्दैन र भन्दैन । तर मानिस जान्दछ र भन्छ । मानिसमा म पनि कोही हुँ भन्ने अहं हुन्छ । ऊ आँखा चिम्लेर अर्काको झुत्रे अस्तित्व बोकी हिँड्दैन । मानिसमा स्वप्नशीलता, कल्पनाशीलता र तर्कशीलता हुन्छ । । त्यसैले मानिस रटन्ते सुगाभन्दा फरक हुन्छ । तर काँकरभिट्टामा मलाई एकथरी मानिस कसोकसो सुगा पो भएछन् कि भन्ने लाग्यो । आँखा फारेर हेर्छु, स्वरुपमा ती मानिसैजस्ता देखिन्छन् । ध्यान दिएर सुन्छु, सारमा ती सुगाजस्ता लाग्छन् । बोल्ने अनेक छन्, बोली एक छ । स्वर अनेक छन्, सार एक छ । यस्तो लाग्यो मानौँ कोही ख्वामित्ले तिनलाई एउटा सूत्रवचन रटाएको छ । र भनेको छ, जगत्को पहिलो र अन्तिम सत्य यही हो । जीवनमा यही एउटा कुरा जाने पुग्छ, अरु केही जान्नु पर्दैन ।
ठाउँ र समय जुनसुकै होस्, भक्तको स्वभाव रामायणका हनुमानको जस्तै हो । अर्थात् जे जे राम, सो सो हनुमान । उठ् हनुमान, हनुमान उठ्छ । बस् हनुमान, हनुमान बस्छ । खा हनुमान, हनुमान खान्छ । ढाड थाप् हनुमान, हनुमान थाप्छ । घुँडा टेक् हनुमान, हनुमान टेक्छ । पैताला चाट् हनुमान, हनुमान चाट्छ । भोकै मर् हनुमान, हनुमान मर्छ । । हनुमानको आफ्नो भन्नु केही हुँदैन । न स्वभाव, न व्यक्तित्व, न गुण, न अभिरुचि, न रोजाइ, न इख, न आत्मसम्मान । हनुमान प्रश्न गर्दैन । हनुमान प्रतिवाद गर्दैन । हनुमान विमति राख्दैन । हनुमान मौन आज्ञापलक हो । हनुमान ख्वामित्को निर्जीव छायाँ हो । हनुमान स्वामीको खटनबाहक औजार हो । हनुमान दिमागविहीन बुख्याँचा हो ।
उत्सवमा भेटिएका ती मानिस जातीय पहिचानलाई जातीय कलहको बीउ ठान्दा रहेछन् । र, एक मुखले भन्दारहेछन्— होसियार, मुलुकमा रगतको खोला बग्ला ! समय कहाँबाट कहाँ पुगिसक्यो, काँकरभिट्टामा भेटिएका मानिस कतै अतीतमा अल्झिएर अप्रासङ्गिक र हास्यास्पद बन्न पुगेका रहेछन् । हो, देशमा जातिहरु धेरै छन् । यो विविधता देशको बिछट्टको शोभा हो । तर यो विविधतामा एकताका सूत्रहरुको सिर्जना गर्नु भने निकै कठिन काम हो । यो कठिन कामको गृहकार्य भइसकेको छ । संघीयतामा सबै जातिलाई बराबरी न्याय वितरण गर्ने धारणाको खाका कोरिइसकिएको छ । म सुन्छु, खाकामा सही धस्काउनेमा यी सुगारुपी मानिसका उपरवाले प्रभुजी पनि सामेल भएका छन् । खाका सुरक्षित छ, सही ताजै छ । खाका भन्छ— एक प्रतिशतभन्दा बढी जनसंख्या भएको जातिलाई पहिचान दिन सकिन्छ । त्यसको नामबाट प्रदेशको नाम राख्न सकिन्छ । शर्त यति हो कि त्यस जातिको ऐतिहासिक, भौगोलिक, भाषिक, सांस्कृतिक आदि आधार हुनुपर्छ । र, त्यो आधारमा सामथ्र्यका चार योग्यता थपिनु पर्छ । बाँकी मझौला र साना जातिहरुलाई स्वायत्तता, आरक्षण, सकारात्मक विभेद, अग्राधिकार आदिको प्रबन्ध मिलाई अवसर, पहुँच र प्रतिनिधित्वको ग्यार्‍यान्टी गरिन्छ । कुरो प्रस्ट छ । देशलाई एक सय पच्चीस टुक्रामा चिरा पार्नु पर्दैन । संघीयता त बरु भावनात्मक रुपले टुक्रिएका अनेक समुदायहरुलाई समानता, सद्भाव र सहकार्यको सूत्रमा उनेर सहअस्तित्वको जग बसाल्ने जुक्ती पो हो । बुझे कुरो बढिया छ, नबुझे आँखा अगाडि अँध्यारै–अँध्यारो ।
सुगा–सुगा टाइपका यी मानवहरुलाई मैले सविनय हिजैमात्रको यो तथ्यको सम्झना गराउन खोजेँ । ‘ए हो र’ भनेझैँ गरी तिनले कन्चट कन्याए । र, यो प्रसङ्गलाई तत्काल बिर्सेर फेरि उही एक सय पच्चीस चिराको बासी सूत्र जप्न थाले । म जिल् परेँ । नबुझ्नेलाई बुझाउन सकिन्छ, बुझेर बुझ पचाउनेलाई के गर्न सकिन्छ ? यो बुझ पचाइमा भक्तिमार्गको हात छ । माथि राम छन्, तल हनुमान । माथि राम सोच्छ, तल हनुमान उङ्छ । माथि राम आफ्नो तुच्छ स्वार्थ पूरा गर्ने सूत्र कथ्छ, तल हनुमान सूत्र हात थाप्छ । अनि जोडतोडका साथ शुरु हुन्छ भक्तिभजन । राम भन् हनुमान— राम, राम प्रभुजी । जय भन् हनुमान— जय रामजीकी । रगतपच्छे टुक्रा भन् हनुमान— जय प्रभुवाणी । सामाजिक न्याय मुर्दावाद भन् हनुमान— जो आज्ञा श्रीरामजी । समानताको सपना नाश होस् भन् हनुमान— नाश होस् प्रभुजी ।
काँकरभिट्टामा उल्का देखियो । उल्का सुनियो । जान्न खसखस लाग्यो र परिचित एवं अपरिचित रैथानेहरुलाई सुटुक्क सोधेँ— कताका को हुन् यी आदिम मानव ? कुन धर्मका ? कुन सम्प्रदायका ? यिनका ख्वामित् को हुन् ? कसैका मुखबाट उत्तर आएन । प्रश्न सुनेर ती सशङ्कित भए । ती चङ्ख भए । र, तिनले ओठ टम्म जाम गरे । मानौँ यो भक्ति सम्प्रदाय र यसका ख्वामित्को चिनारी दिनुमा ठूलो खतरा छ ।
जान्न खोजेको कुरो नपाएर सुस्केरा हाल्दै म लागेँ आफ्नो गुँडतिर । निकै दिन बितेर गए । तैपनि उही उच्चाटलाग्दो सुगा रटानले मेरो मथिङ्गल पलपल कोपरिरहेछ ।

 http://kathmandutoday.com/2015/02/81725.html#sthash.q7azSRCi.dpuf

Sunday, March 1, 2015

दर्शनको द्वन्द्व- प्रदीप गिरी

दर्शनको द्वन्द्व

प्रदीप गिरी 

















संविधान लेखनको अभिक्रममा विवाद र गतिरोध भएको पृष्ठभूमिमा एउटा राम्रो काम भएको छ। नागरिक समाज र सभामुखसमेतले पहल गरेर ‘अनिश्चित' कालका लागि संविधानसभा ‘स्थगित' गरिएको छ। यो प्रचण्डसमेतको भावनाअनुसार भएको हो। त्यसो हुँदा अंग्रेजीमा भन्ने हो भने प्रचण्डको कोर्टमा बल पुगेको छ। उनको हान्ने पालो हो अब। तर उनले एक्लै हान्ने कुरो पनि कहाँ छ र! स्थगनको यस अन्तराललाई रचनात्मक प्रयोग गर्नु हामी सबैको साझा दायित्व हो।
 
संविधान लेखनमा यत्रो फाटो किन परेको हो? मानिसका विभिन्न विचार छन्। केही जागरुक पर्यवेक्षकले यथा विजयकुमार पाण्डेले ‘सेतोपाटी'मा लेखे अनुसार दुई विपरीत दर्शनको द्वन्द्व हो यो। अरुले जातीय द्वन्द्वको पूर्वाभ्याससमेत देखेका छन् यस गतिरोधमा। कतिपय टिप्पणीकारहरुले दुई छिमेकीको स्वार्थपूर्तिका निमित्त संघीय राज्यको रुपरेखामा जानाजान किंचलो झिकिएको छ, भनेका छन्। पश्चिमा देशले जातीय मागलाई भड्काएको आरोप छ। उपर्युक्त यावत् आशंका सही पनि होलान्। तर त्यति भएर पनि के भो त? यी समस्या कसले र कसरी समाधान हुने त? अन्तर्राष्ट्रिय शक्तिले नेपालमा मात्र यसो गरेको होइन। अन्तर्राष्ट्रिय राजनीतिमा शक्तिशालीहरुले आफ्नो प्रभावको विस्तार गर्ने प्रवृत्ति उहिल्यैदेखि देखाएका छन्।
 
तर अहिले अरु कुरा छोडौं। मुख्यतः विपरीत विचारधारा र दर्शनको कुरा हेरौँ। निश्चय कांग्रेस–एमाले र एनेकपा माओवादी विपरीत दर्शन र तद्नुरुपको विपरीत व्यवस्थाका पक्षधर हुन्। पहिलो संविधानसभामा त एनेकपा माओवादीले अगाडि सारेको शासकीय स्वरुपको प्रस्तावमा यो कुरा प्रष्ट आएको थियो। दार्शनिक मतान्तरका कुरासमेत उठेकै हो। एनेकपा माओवादी संसदीय व्यवस्थाको वफादार प्रतिपक्ष होइन, यो कुरो उसले लुकाएको छैन। उसले संसदीय व्यवस्थालाई पूर्ण नकारेर एउटा वैकल्पिक व्यवस्था बनाउन खोजेको छ भन्ने बारम्बार भन्दैछ। तर हामी संसदीय व्यवस्थाका पक्षधर हौं भन्नेले यस कुराको निहितार्थ कत्तिको बुझेका छौं? त्यो मुख्य कुरो हो। एनेकपा माओवादी संविधानसभाको चुनावमा आयो भन्दैमा अब यहाँ ‘प्रक्रिया'बाट हामीले गरेको निर्णय उसले बाध्यकारी रुपमा मान्नुपर्छ भन्नु माओवादीको राजनीति र आजको नेपालको जटिलता नबुझ्नु हो। निश्चय यो मनस्थिति गतिरोधको प्रमुख कारण हो।
 
सिंगो २० औं शताब्दीमा विभिन्न मुलुकमा विद्यमान रहेको संसदलाई उपयोग वा दुरुपयोग गरेर एउटा नौलो राजनीति प्रणाली स्थापित गर्नुपर्छ भनेर संसारभरीका थुप्राथरिका मार्क्सवादी–समाजवादी लागिरहेका हुन्। लेनिनले यस्तो रणनीतिको तर्जुमा गरेको कुरो उनको ‘वामपन्थी साम्यवाद' भन्ने पुस्तकमा अहिले पनि प्रस्ट पढ्न सकिन्छ। तर यसरी नौलो किसिमको व्यवस्था बनाउने क्रममा संसदीय राजनीतिमा पसेका मित्रहरु सबैजसो असफल भएका छन्। प्रचण्ड र बाबुरामको प्रधानमन्त्रीत्वलाई पनि यस्तै असफलताको श्रेणीमा राख्न सकिन्छ। उहिले त कति यथा फ्रान्सका मिलेरादेखि वेलायतका रामजे मेक्डोनलसम्म संसदीय अभ्यासमा नै विलिन भएका थिए। प्रचण्ड र बाबुराम भट्टराई आफूहरु भने यसपटक त्यसरी विलिन वा सहवरण नहुने भनेर बारम्बार भन्दैछन्। अर्को शब्दमा भन्दा संसदीयभासमा नभासिने कुरा भन्दैछन्। यो निश्चय मननीय कुरा हो। तर व्यवहार हेर्दा उहाँहरु यस भासमा फसिसकेका छन्। हालै मात्र उहाँहरुले संविधानसभामा मनोनित गरेर पठाउनुभएका माननीय लामाको प्रकरण यस्तै एउटा उदाहरण हो। त्यस्तो उदाहरणका अगाडि उहाँहरुको मौखिक प्रतिबद्धता निस्तेज हुँदै गएको छ। उहाँका तर्क पनि फितलो भएका छन्। दुर्भाग्यवश शान्तिकालीन राजनीतिमा तर्कको हतियार मात्र प्रभावकारी हुन्छ। हतियारको तर्क काम लाग्दैन। तर तर्क सँगसँगै आमजनताले आचरण पनि हेर्दछन्।
 
भर्खरै मात्र दिल्लीका अरविन्द केजरीवालले वैकल्पिक व्यवस्थाको कुरा गरेर यत्रो भोट ल्याएका हुन्। उनको घोषणापत्र भन्न मिल्ने ‘स्वराज' नामक सानो पुस्तिका छ। तर पुस्तिकाको प्रत्येक पृष्ठमा वैकल्पिकको कुरा गरिएको छ। होइन भने, पुस्तकमा विद्वता, गहनता वा मौलिकता छैन। तर विकल्पको नाराका भरमा अरविन्दले अहिले दिल्ली जिते। निश्चय तेस्रो विश्वका वञ्चित र सीमान्तकृत जनताले प्रचलित व्यवस्थाको विकल्प खोजेका छन्। तर जनवादी विकल्प खोजेको छैन। ठीक त्यस्तै विकल्पको कुरा गर्नेले व्यवहारमा पनि विकल्पको पूर्वाभ्यास देखाउनुपर्छ। मुख्यतः केजरीवालको व्यवहार र पुस्तिकाको अभिव्यक्तिमा सादृश्य देखियो। त्यसैले उनलाई मतदाताले पत्याए।
 
नेपाली कांग्रेसको परम्परामा पनि वैकल्पिक व्यवस्थाको कुरा नचलेको होइन। बीपी कोइरालाले आफ्ना आखिरी दिनहरुमा बारम्बार मोडल डेमोत्रे्कसी कुरा गर्ने गर्नुभएको थियो। बीपी कोइरालाले त्यो मोडल डेमोत्रे्कसीको उच्चारण र व्याख्यासमेत गर्दा त्यहाँ वरिपरि झुम्मिएर सुनिरहेका तत्कालीन थुप्रा विद्यार्थी–युवाहरु अहिले पनि हाम्रा माझ हुनुहुन्छ। ती युवामध्ये कतिले जिम्मेवारी पनि पाइसकेका छन्। यस्ता कुरा सुन्नेमा शेरबहादुर, रामशरण महत, रामचन्द्र पौडेल, विमलेन्द्र निधिसमेत परेको हुनुहुन्छ। निधिले त दुई/तीन दिनअघिको एउटा भेटमा समेत आफैँ यो कुराको सप्रश्न सम्झना गर्नुभयो। निश्चय बीपी कोइरालाले त्यो मोडल डेमोत्रे्कसीको कहिल्यै साङ्गोपाङ्ग प्रस्तुति गर्न सक्नुभएन। कदाचित् समय परिपक्क भएको थिएन। अब समय आएको देखिन्छ। बीपी कोइराला आफ्ना आखिरी दिनमा मात्र गान्धी र जयप्रकाशका सोचाइको करिब पुग्नुभएको थियो। उनीहरुकै प्रभावमा उहाँले मोडल डेमोत्रे्कसीको कुरा गर्नुभएको हो। स्मरणीय छ, गान्धी र जयप्रकाश संसदीय व्यवस्थाका घोर आलोचक थिए। बरु लोहिया थिएनन्।
 
बीपी कोइरालाको देहान्त भएको ३२/३३ वर्ष भइसक्यो। इतिहासको गन्तीका दृष्टिकोणले यो कुनै लामो समय होइन। तर यी ३० वर्ष युगान्तकारी रुपले घटनामय रहे। सबभन्दा ठूलो घटना भयो, सोवियत युुनियन र उसको पूर्वी युुरोपमाथिको अग्राधिकार समाप्त भयो। चीनको साम्यवादको पालिस पनि खुइलियो। यी सबै कुरा एकैसाथ भए। १९८९–९० यो सबकुछ भयो। त्यो सब जे भयो, त्यो त महŒवपूर्ण छँदैछ। जसरी भयो, त्यो झन् महत्वपूर्ण रह्यो। सोवियत रुसमा त्यत्रो उथलपुथलमा एकथोपा रगत बगेन। पुराना शासक विस्थापित भए। सोभियत राज्य आन्तरिक अन्तरविरोधले ध्वस्त भयो। क्रान्ति वा प्रतिक्रान्ति एउटा नयाँ स्वरुपसमेत देखा पर्‍यो। जागृत जनताले नयाँ व्यवस्था खडा गरे। इतिहासको अन्त्य भयो भन्ने कुरासम्म आयो। एलपिजी अर्थात् लिवरलाइजेसन, प्राइभेटाइजेसन र ग्लोवलाइजेसनको शंख बज्यो। ठीक त्यसै समय हामी कहाँ भने बहुदलीय लोकतन्त्रको पुनर्स्थापना भयो। एकातिर कांग्रेसको संसदवाद अर्कोतिर मदन भण्डारीको बहुदलीय जनवाद प्रतिस्पर्धी भए।
 
यताका वर्ष एलपिजीको प्रभावका वर्ष रहे। तर अब एलपिजीको पनि पोल खुलेको छ। राष्ट्र–राष्ट्रमा र राष्ट्रभित्र भीषण विषमता थपिँदै गएको छ। परिवर्तनको आकांक्षा झन् चर्किएको छ। १९९० पछि पनि हामीले एसिया र अफ्रिकामा धेरै परिवर्तन देख्यौं। हालका वर्ष मध्यपूर्वमा परिवर्तनको लहर चलेको छ। अनेकन देशमा परिवर्तन मात्र भएन, परिवर्तनको प्रक्रिया पनि बदलियो। तर राजनीतिक विज्ञानले यस्ता समसामयिक तर युगान्तकारी घटनाबाट शिक्षा लिन सकेका छैनन्। फलस्वरुप नेपालका आजका कांग्रेस र कम्युनिस्टहरु दुवै नै हिजो बाल्यकालमा सिकेका अवधारणाका आधारमा नेपालका समस्या समाधान गर्न खोज्दैछन्। यो सम्भव छैन।
 
समसामयिक बाध्यता बुझ्न वरिपरि हेर्नैपर्छ। भूत, भविष्य र वर्तमानको आँकलन गर्नैपर्छ। त्यो गर्न हामी असमर्थ भएका छौं। निश्चय तद्जनित सैद्धान्तिक अस्पष्टता र अपरिपक्कता आजको गतिरोधको एउटा कारण हो। संविधान लेखनमा विपरीत धारणा अगाडि राखेर भिडिरहेका दुई पक्षलाई अहिले हेर्दा विजयकुमार पाण्डेको दर्शनको द्वन्द्व भन्ने टिप्पणी सार्थक नै देखिन्छ। तर त्यही पनि प्रश्न त बाँकी नै रहन्छ। अगाडि कसरी बढ्ने छ? अहिलेलाई यति मात्र।

http://setopati.com/bichar/24290/

प्रकाशित मिति: शुक्रबार, फाल्गुण १, २०७१ १८:२८:४९

ऐतिहासिक स्मारकसँग वर्तमानको वैरभाव किन?- जीवा लामिछाने

ऐतिहासिक स्मारकसँग वर्तमानको वैरभाव किन?

जीवा लामिछाने 




यस्तो असहिष्णुता हामीकहाँ मात्रै नभएर पश्चिमा राष्ट्रहरूमा पनि हुने गरेको हामीले देखेका छौं।
राजनीतिक आन्दोलनका समयमा एउटा समूह सधैं असहिष्णु रूपमा प्रस्तुत हुने गर्छ। त्यसको मारमा यदाकदा निर्जीव सालिक र ऐतिहासिक स्मारकहरुसमेत पर्ने गर्छन्।
सन् १९९१ मा सोभियत संघ बिखण्डन भयो। ७४ वर्षसम्म महाशक्ति राष्ट्रका रूपमा रहेको एउटा विशाल साम्राज्य टुक्रिएर १५ वटा स्वतन्त्र राज्य बने। संक्रमणकालीन रुसलगायत केही पूर्व सोभियत गणराज्यहरूमा एउटा जमात उग्र हुँदै लेनिनलगायत केही बोल्सेभिक नेताहरूको सालिक भत्काउन सुरु गर्‍यो। यो जमात त्यसैगरी पूर्वाग्रही हुन थाल्यो, जसरी सन् १९१७ को राज्य विप्लवपछि लेनिन र बोल्सेभिकहरू जारशाहीसँग सम्बन्धित सबै कुरा नस्ट गर्ने अभियानमा लागेका थिए।
इतिहासका धरोहर यी स्मारक भावी पुस्ताका लागि सुरक्षित राखिनु पर्छ भन्ने आवाज तीव्र रुरूपमा उठेपछि यो काम तत्कालै रोकियो। भत्काइएका  कतिपय सालिक पुन: जीर्णोद्धार गरी सुरक्षित र संरक्षित गर्ने काम तुरुन्तै सुरु भयो।
रुसमा सन् १९१७ मा बोल्सेभिकहरूले राज्यसत्ता हातमा लिएपछि जारकालीन पुराना संरचना निर्मूल गर्ने अभियान नै चलाइएको थियो। हजारौं चर्च, मस्जिद, स्मारकहरू निर्ममतापूर्वक नस्ट गरिए। सयौं वर्ष पुराना ऐतिहासिक नामहरू परिवर्तन गर्दै बोल्सेभिक नेताहरूको नाममा सहर, सडक, विश्वविद्यालय आदि पुन: नामकरण गर्न थालियो।
हाल आएर रुसमा परिवर्तित अवस्थामा सबैजसो सोभियतकालीन नामहरू परिवर्तित भएर पूर्ववत् नामकरण गरिएका छन्। यो प्रकिया सर्वप्रथम रुसको सांस्कृतिक राजधानीको नाम परिवर्तनबाट सुरु गरियो। जारकालीन रुस साम्राज्यको राजधानी रहेको र बोल्सेभिक पार्टीको नेतृत्वमा सन् १९१७ मा समाजवादी क्रान्ति भएको पेत्रोग्राद नगरले लेनिनको मृत्युपछि लेनिनग्राद भन्ने नाम पाएको थियो।
अहिले त्यस नगरका संस्थापक पिटर महान्‌कै समयमा राखिएको नाम पुन:स्थापित गरी यसलाई सेन्टपिटर्सवर्ग भनिन्छ। यस नगरका मेयर आनातोली साभ्चाकले नाम परिवर्तनबारे नगरस्तरीय जनमत संग्रहसमेत गराई प्रजातान्त्रिक आधारमा पुरानो नामको पुनर्स्थापना गराएका थिए।
रुसमा प्रजातन्त्र स्थापनाको अभियानका बखत मस्कोमा उर्लेको जनलहरको मागअनुसार मस्कोको एक केन्द्रीय चोकमा रहेको देर्जिन्स्कीको सालिक तत्कालीन मस्को मेयर युरी लुझ्कोभ्को आदेशले उखेलिएको थियो। स्टालिनको पालामा विपक्षीको दमनको क्रममा बेनामी चुक्लीको भरमा गिरफ्तार भई बन्दी शिविरमा पठाइएका र मारिएकाहरूको लागि दोषी ठानिन्छन्, केजीबीका संस्थापक देर्जिन्स्की।
उक्त सालिक र सोभियत कालका अन्य स्मारकसमेत विभिन्न स्थानबाट ल्याएर मास्कोमा बनाइएको सालिक पार्कमा सुरक्षित राखिएका छन्। मास्कोमा लेनिनका सबै सालिक कलात्मक रूपमा यथावत् राखिएका छन्। यस परिप्रेक्ष्यमा हाल युक्रेनमा विभिन्न नगरमा रहेका लेनिनका सालिकहरु ढाल्ने र टुक्राटुक्रा पार्ने जुन लहर चलेको छ त्यो शोभनीय देखिँदैन।
यसलाई पत्रकारहरूले रुसी भाषामा स्नेगापाद अर्थात् हिमप्रपातको अनुरूप लेनिनापाद अर्थात् लेनिनप्रपात भन्ने नाम दिएका छन्।
मस्को प्रदर्शनी केन्द्रमा रहेको साम्यवादको प्रतीक मानिने हँसिया-हथौडा लिएका कृषिबाला र मजदुरको भव्य र प्रसिद्ध स्मारक सन् २००३ मा एकाएक उखेलिँदा धेरै मानिसले अचम्म माने। तर केही समयपछि जीर्णोद्धार गरी सो स्मारकलाई पहिलेको भन्दा पनि विशाल रुपमा प्रतिस्थापन गर्दा हामी चकित हुन पुगेका थियौं।
मस्कोको केन्द्रमा जताततैबाट देख्न सकिने ठाउँमा विशाल सरकारी भवन निर्माण गर्ने योजनानुसार नेपोलियनविरुद्धको युद्धमा रुसी जनताको विजय स्मारकका रूपमा रुसी जनताको चन्दाबाट ४२ वर्ष लगाएर निर्माण गरिएको भव्य ख्रिस्ता स्पसितेल्या अर्थात् क्राइस्ट दि सेभियरको मन्दिर स्टालिनको पालामा ४२ सेकेन्डमै ध्वस्त गरिएको थियो।
तर छिटै सोभियत संघले फाँसिवादी हिटलरविरुद्ध लड्नु परेकाले त्यो ठाउँ खालि रह्यो। युद्धमा विजयपश्चात् आवास समस्याकै समाधानमा अल्झिनुपरेकोले ख्रुशचेभको पालामा त्यस ठाउँमा पहिलेको मन्दिरको जगमै हिउँदमा समेत तातो पानीमा पौडी खेल्न सकिने स्विमिङपुल बनाइयो। नयाँ रुसले पुराना भत्के बिग्रेका मन्दिरहरू जीर्णोद्धार गरी अर्थोडक्स चर्चलाई सुम्पिदिने निर्णय लिई ख्रिस्ता स्पसितेल्या (संरक्षक यशुख्रिष्ट) को मन्दिर पनि पहिलेकै रूपमा बनाइयो।
हाल त्यो रुसको अर्थोडक्स चर्चको प्रमुख गिर्जाघर बनेको छ। अहिले मास्कोमा पुराना सबै चर्चको मर्मत जीर्णोद्धार गरी दुई सय नयाँ चर्च बनाउने कार्यक्रम कार्यान्वयन भइरहेको छ।   
रेड स्क्वायरमा रहेको लेनिनको शवलाई त्यहाँबाट हटाएर समाधिस्थ गर्नुपर्छ भन्ने आवाज पछिल्लो २५ वर्षदेखि चर्कै रुपमा चल्दै आइरहेको छ। तर यहाँ त्यसलाई चलाउनु हुँदैन भन्ने समुदाय पनि त्यत्तिकै सक्रिय छ। रुस कम्युनिस्ट पार्टीले समेत सदासर्वदा लेनिनको शव सुरक्षित राख्न नसकिने तथ्यलाई स्वीकार गरेको छ। तर उनलाई सर्वहाराक्रान्तिका नेता र सोभियत राष्ट्रका संस्थापकको रूपमा मान्ने पुस्ताको मनोभावनालाई कदर गर्न तत्कालै शव गाड्ने कदम चाल्न उपयुक्त नहुनेमा जोड दिइरहेको छ।
क्रेमलिन पर्खालमुनि रहेको समाधिस्थल अन्यत्र हटाएर सुरक्षित राख्ने सम्बन्धमा पनि औपचारिक चर्चा परिचर्चा सुनिनुका साथै यस्तो भव्य समाधिस्थलका लागि मास्कोबाहिर स्थान निर्धारित गरिएको छ।
मध्ययुगीन राजा-महाराजाका स्मारकहरुले तत्कालीन समय र परिवेशलाई बुझ्न मद्दतसमेत गर्छन्। विश्वका सात आश्चर्य मध्येको एक आग्रा सहरको कलात्मक ताजमहल अद्यापि मुगल बादशाह शाहजहाँ र उनकी रानी मुमताजको स्मृतिमा प्रेमको स्मारकस्वरूप रहेको छ। यद्यपि त्यसको निर्माणमा हजारौं मानिसले २० वर्षभन्दा बढी समय दास जस्तै भएर परिश्रम गर्नु परेको थियो।  
नेपालमा पनि यस्ता स्मृति स्मारकहरु प्रशस्तै छन्। पाल्पास्थित रानीमहल वा काठमाडौंस्थित रानीपोखरीलाई उदाहरणको रुपमा लिन सकिन्छ। तसर्थ स्मारकहरुसँग वर्तमान पुस्ताले रीसराग र वैरभाव राख्नुको के अर्थ हुन सक्छ? 
टुँडिखेल र भद्रकालीमा रहेका घोडामा सवार राणा प्रधानमन्त्रीहरुका सालिकलाई सातसालको क्रान्तिले पनि यथावत् रहन दिनु तत्कालीन नेपाली जनताको सहिष्णुताको द्योतक हो। युरोपमा निर्मित राणाशासकहरूको कलात्मक घोडचढी सालिकहरू अहिले देख्दा युरोपमुखी राणाहरूको चरित्रलाई समेत उद्‌घाटन गरिरहेझैं लाग्छ।
जनआन्दोलन २ को क्रममा भने नेपालमा पञ्चायतकालीन धेरै सालिकहरु भत्काउने कार्य गरियो। नेपालमा राजतन्त्रको प्रतिस्थापनपश्चात् राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा तोडफोड गरिनुका साथै यस सालिकबारे विवाद उठाइन्छ। काठमाडौंस्थित सहिद गेटमा रहेको राजा त्रिभुवनको सालिकका विषयमा अहिले उठिरहेको विवा पनि यसैको निरन्तरता मात्रै हो। कम्तीमा सर्वोच्च अदालतले यसलाई यथास्थानमा रहन दिएको आदेशले इतिहासको त्यो निरन्तरताको सम्मान गरेको अनुभूति भएको छ।
रुसमा भने हाल कैयौं जार (रुसी सम्राट्) का सालिक पुनर्स्थापित गरिएका छन्। हामी नेपालीहरूले रुस लगायत अरु देशहरुको इतिहासबाट आवश्यक पाठ किन नसिक्ने? इतिहासका धरोहर यी स्मारकहरुप्रति पूर्वाग्राही नबनौं। ती स्मारक हाम्रा अमूल्य सम्पति हुन। भावी पुस्ताका लागि यिनको सुरक्षा र संरक्षण गरौँ।

http://setopati.com/bichar/24744/

प्रकाशित मिति: सोमबार, फाल्गुण ११, २०७१ १७:१६:३९

जनयुद्धलाई फर्केर हेर्दा - रवीन्द्र श्रेष्ठ

जनयुद्धलाई फर्केर हेर्दा

- रवीन्द्र श्रेष्ठ
Rabindra_Shrestha 1
नेपालमा जनयुद्धको अवधारणा भित्र्याउने श्रेय नेपाली कांग्रेस र बीपी कोइरालालाई जान्छ । भलै बीपी र नेपाली कांग्रेसले २००७ सालको सेरोफेरोमा जनयुद्ध भन्ने शव्द प्रयोग गरेका थिएनन् । जनक्रान्ति, सशस्त्र संघर्ष आदि शव्दहरू त्यो बेलामा प्रयोग भए । जनयुद्ध भनेको जनताको पक्षमा, जनतालाई परिचालन गरेर तथा जनतामाथि भर परेर, जनतामाथि उत्पीडन गरिरहेको सत्ता शक्ति वा व्यवस्थाविरुद्ध हिंसात्मक र शान्तिपूर्णलगायत सबै उपायहरू प्रयोग गरेर गरिने क्रान्ति हो । तसर्थ नेपालको पहिलो जनयुद्ध सात सालको क्रान्ति थियो । ३६ वर्षका युवा बीपी कोइरालाको नेतृत्वमा भएको नेपालको पहिलो जनयुद्ध (जनक्रान्ति) अधुरो रह्यो । गणेशमान सिंह र सन्तनेता कृष्णप्रसाद भट्टराई पनि त्यस जनयुद्धका कमान्डरहरू थिए । भारतमा हेडक्वार्टर र आधार बनाएर भएको त्यस जनयुद्ध (जनक्रान्ति) भारतका प्रधानमन्त्री नेहरूको हस्तक्षेपका कारण बीचमै रोक्न बीपी कोइराला बाध्य भए । सात सालमा नेहरूको मध्यस्थतामा राणा, राजा र कांग्रेसका बीचमा अलिखित दिल्ली सम्झौता भएपछि नेपालको पहिलो जनयुद्ध (जनक्रान्ति) टुंगियो ।
पहिलो जनयुद्धले १०४ वर्ष पुरानो राणा शासन व्यवस्थालाई समाप्त पार्ने बाटो खोल्यो । यस अर्थमा सात सालको जनयुद्ध (जनक्रान्ति)ले ऐतिहासिक भूमिका पूरा गर्‍यो । तर यसले राजतन्त्र र लोकतन्त्रबीचको अन्तरविरोधलाई हल गर्न सकेन । राजतन्त्र र लोकतन्त्रबीचको सत्ता संघर्ष सात सालपछि झन् चर्किन थाल्यो । सात सालको घोषणामा राजा त्रिभुवनले जनताले चुनेको संविधानसभाले बनाएको संविधानअनुसार देशको शासन व्यवस्था हुने भनेता पनि त्यस संविधानसभाको चुनाव गराउन राजतन्त्रले कहिल्यै चाहेन । सात सालदेखि पन्ध्र सालसम्मको राजतन्त्र र लोकतान्त्रिक दलहरूबीचको अनेकौं संघर्षपछि पन्ध्र सालमा सम्झौता भई राजाले नै दिएको संविधानअनुसार संसद्को चुनाव भयो । जसमा नेपाली कांग्रेसले दुईतिहाइ मतसहित विजय हासिल गर्‍यो र बीपी कोइराला प्रधानमन्त्री भए । तर, सेनाको सहयोगमा राजा महेन्द्रले २०१७ सालमा प्रधानमन्त्रीलाई गिरफ्तार गरी शासनसत्ता सबै आफ्नो हातमा लिएर केही समयपछि कथित पञ्चायती प्रजातान्त्रिक व्यवस्था स्थापना गरे ।
निरंकुश राजतन्त्र र पञ्चायती व्यवस्थाविरुद्ध ०२८/२९ सालमा नेकपा एमालेको शुरुआतको संगठन नेपाल कम्युनिष्ट पार्टीको झापा जिल्ला कमिटीको नेतृत्वमा दीर्घकालीन जनयुद्धको शुरुआत भयो तर यो विविध कारणले गर्दा टिक्न सकेन । यदि देशव्यापी न्यूनतम पार्टी संगठन, न्यूनतम फौजी ज्ञान, न्यूनतम फौजी तयारी, न्यूनतम जनआधार र जनसंगठनहरू तथा छापामार जनयुद्धको न्यूनतम रणनैतिक र कार्यनैतिक योजनासहित पहाडमा आधार बनाएर छापामार जनयुद्धको शुरुआत गरिएको भए त्यो बेला पनि जनयुद्धले विकास गर्ने र विजय हासिल गर्ने सम्भावना विद्यमान थियो, पूर्ण विजय नभए पनि आंशिक विजय सम्भव थियो । तर, झापाली क्रान्तिकारीहरूले ती न्यूनतम तयारी पूरा गरेनन् र हतारमा कच्चा ढंगले शुरु गरे । परिणामस्वरुप लामो समय टिक्न सकेन । तर पनि नेपालमा माओवादी वैचारिक आधारमा नयाँ जनवादी गणतन्त्र र वैज्ञानिक समाजवादको रणनीतिसहित दीर्घकालीन जनयुद्धको अवधारणा भित्र्याउने श्रेय झापाली क्रान्तिकारीहरूलाई नै जान्छ । तसर्थ, झापाली आन्दोलनका नामले परिचित त्यस सानो परिमाणको जनयुद्धको पनि नेपालको इतिहासमा ऐतिहासिक महत्व रहेकोछ । यसको आधारमा नै अहिलेको नेकपा एमाले बनेको छ । त्यो बेला झापाली क्रान्तिकारीहरू र त्यसपछि बनेको तत्कालीन नेकपा मालेले क्रान्तिकारी माक्र्सवादी धारको प्रतिनिधित्व गर्दथ्यो भने प्रचण्ड बाबुरामहरूलगायत भएको मोहन विक्रमले नेतृत्व गरेको मसालको चौथो महाधिवेशनको धारले दक्षिणपन्थी, सारसंग्रहवादी र जडसूत्रीय संशोधनवादको प्रतिनिधित्व गर्दथ्यो । तर समय क्रममा यो उल्टियो । तत्कालीन माले धारले आफूभित्रको उग्रवामपन्थी कमजोरी सच्याउने नाममा शान्तिपूर्ण बाटो र सुधारिएको संसदीय व्यवस्थातर्फ ढल्कन थाल्यो भने मोहनविक्रमको नेतृत्वसँग विद्रोह गर्दै मसालभित्रका क्रान्तिकारीहरूले पञ्चायतकालमै मोटो मशालको क्रान्तिकारी धार सिर्जना गरे । तत्कालीन राजतन्त्र र पञ्चायती व्यवस्थाका विरुद्ध नयाँ जनवादी गणतन्त्र स्थापनाको लक्ष्यसहित ०४५ सालको अन्तबाट दीर्घकालीन जनयुद्धको तयारी भएको थियो । तर ०४६ सालमा कांग्रेसको नेतृत्वमा जनआन्दोलन हुने भएपछि र पार्टीभित्र पनि वरिष्ठ नेताहरूबीचबाटै जनयुद्धको तुरुन्त शुरुआत गर्ने कुरामा विवाद भएपछि जनयुद्धको त्यो तयारी रोकेर जनआन्दोलनको तयारीमा मोडियो । जनयुद्धको वैचारिक आधार स्थापित गर्ने र तयारी गर्ने यस ऐतिहासिक समयमा बाबुराम भने उही दक्षिणपन्थी धारका मोहन विक्रमको नै पार्टीमा थिए र पैसा कमाउँदै कोटेश्वरमा बंगला बनाउँदै थिए ।
०४६ सालको जनआन्दोलन पनि विशुद्ध शान्तिपूर्ण जनआन्दोलन मात्र थिएन, यसमा जनयुद्धका केही अंशहरू पनि थिए । यसले पञ्चायती व्यवस्थालाई समाप्त पार्ने काम सम्पन्न गरेता पनि पुरानो सत्ता संरचनामा आमूल परिवर्तन गर्न सकेन । ०५२ सालमा सुरु भएको जनयुद्धले राजतन्त्रलाई समाप्त पार्ने काममा प्रमुख भूमिका निभाउनसम्म सफल रह्यो तर यसले पनि सत्ता संरचनामा आमूल परिवर्तन गर्ने र देशलाई तीब्र आर्थिक विकासको मार्गमा लाने सफलता पाउन सकेन । अहिले प्रचण्ड–बाबुरामहरूको दलाल तथा नोकरशाही बुर्जुवा वर्गमा रुपान्तरण र उनीहरूको जनयुद्धप्रतिको विश्वासघात तथा गद्दारीपछि १० वर्षे जनयुद्धलाई नै औचित्यहीन भन्ने फेसन चलेको छ तर यो आरोप गलत छ । जनयुद्ध नभएको भए के तत्कालीन सत्ताधारी र प्रमुख विपक्षी दलहरूले देशका बहुसंख्यक जनताको प्रगति र तीव्र आर्थिक विकास गर्दै देशलाई अग्रगति दिन सक्दथे भन्ने प्रश्नको चित्तबुझ्दो सकारात्मक उत्तर पाउन सकिँदैन । नेपाली कांग्रेसको अर्थराजनीतिले देशलाई हाँक्न र बहुसंख्यक गरिब जनताको उत्थानको बाटो दिन सकिरहेको थिएन । एमालेको नौं महिने शासनकालका सामान्य सुधारात्मक नीति र योजनाहरूलाई पनि तत्कालीन सत्ताधारी कथित सम्भ्रान्त वर्गले पचाइरहेको थिएन । राजा आफ्नो गुमेको स्वर्ग फिर्ता लिने मौका पर्खेर बसेका थिए । संसदीय व्यवस्थाको अवगुण चरमसीमामा पुग्दै थियो र ०४६ सालको आन्दोलनबाट फालिएका पञ्चहरूको दलले पालैपालो प्रधानमन्त्री बन्दै कांग्रेस एमालेलाई खेलाउने मौका पाउन थालेको थियो । नेपाल विदेशी शक्तिहरूको क्रिडास्थल बन्दै थियो । दलहरू टुटफुट हुँदै थिए । जनयुद्धबिना पनि शान्ति र स्थिरता थिएन न त तीब्र आर्थिक विकास नै थियो । अर्थतन्त्रमा सामन्ती जरा कमजोर हँुदै गए पनि त्यसको ठाउँ दलाल तथा नोकरशाही पुँजीवादले लिन थालेको थियो र राष्ट्रिय प्रगतिशील पँुजीवादको विकास अवरुद्ध भएको थियो । त्यसैले ०५२ सालको जनयुद्ध अनिवार्य र औचित्यपूर्ण थियो ।
जसरी नेपालको इतिहासमा सात सालमा भएको जनयुद्ध (जनक्रान्ति) र ०२८ सालमा भएको झापा विद्रोह उत्पीडनका विरुद्ध संघर्ष गर्ने जनताका लागि प्रेरणाको श्रोत बनेको छ, त्यसरी नै ०५२ सालको जनयुद्ध पनि उत्पीडित जनताका लागि प्रेरणाको श्रोत बन्नेछ । यस जनयुद्धले नेपाली समाजमा निकै ठूलो जागरण ल्याएको छ । तर जनयुद्ध अधुरो बन्यो, यसकै पीडा नेपालले भोग्दैछ, जसरी सातसालको अधुरो जनक्रान्तिको पीडा नेपाली समाजले लामो समय सम्म भोग्यो, त्यसरी नै ०५२ सालको अधुरो जनयुद्धको प्रभाव र पीडा नेपाली समाजले लामो समयसम्म व्यहोर्न पर्ने सम्भावना छ । सात सालको अधुरो जनयुद्ध (जनक्रान्ति) भन्दा ०५२ सालको अधुरो जनयुद्धको प्रभाव अझ भीषण डरलाग्दो हुनसक्ने सम्भावना पनि विकसित हँुदैछ । अहिले वर्गीय जनयुद्धप्रति विश्वासघात गरेका गद्दार प्रचण्ड र उनले उधारो अध्यक्षको घांस देखाएर पालेका र वर्गीय जनसेना र हतियार बुझाएर आत्मसमर्पण गरेका गद्दार बाबुराम दुवै जातीय सेना बनाएर जातीय युद्ध गर्नसमेत तम्सेका छन् । उनीहरूको जातीय युद्धको विध्वंसात्मक क्षमता र उनीहरूको निकृष्ठ योजनालाई कम आँक्नु गम्भीर गल्ती हुनेछ । उनीहरू जातीय एकता चाहने मधेसवादी दलहरू र वर्गीय एकता चाहने क्रान्तिकारी दलसँग टाढिँदै छन् र वर्गीय राजनीति गर्न चाहने र जातीय युद्धको विरोध गर्ने आफ्नै पार्टीका कार्यकर्ताहरूलाई पनि अरु पार्टीमा जान धम्की दिँदैछन् । यिनीहरूले पैसा र पदका लागि जे पनि गर्छन् भन्ने हालको उदाहरणले स्पष्ट गर्छ । हालै प्रचण्ड र बाबुराम मिलेर विवादास्पद व्यक्तिलाई करोडौं पैसा लिएर सभासद् पद बिक्री गरे तथा संविधानसभा बहिष्कार गर्ने र सहमतिबिना सरकारसँग वार्ता पनि नगर्ने भन्नेहरू बाबुरामकी जेठी सासुलाई लोकसेवाको अध्यक्षमा थमौती गरिदिन पर्‍यो भनेर वार्ता गर्न भने खुसुक्क बालुवाटार छिरेर प्रधानमन्त्री तथा सभामुखसँग वार्ता गरे । संविधान बनाउन वार्ता नगर्ने रे तर बाबुरामकी जेठी सासुलाई लोकसेवामा थमौती गर्न र अरु संवैधानिक निकायका पदहरूमा भागबन्डा गरेर आफ्नो दललाई प्राप्त हुने पद बिक्री गर्न भने बिना शर्त वार्ता गर्ने रे ।
अहिलेको आवश्यकता भनेको विगतका जनयुद्धहरू र जनआन्दोलनहरूबाट प्राप्त उपलब्धीहरूको रक्षा गर्ने र प्रचण्ड बाबुरामहरूले गर्न खोजेको जातीय युद्धको निकृष्ट योजना असफल पार्नु हो । तसर्थ एमाओवादीभित्रका वर्गीय आन्दोलन पक्षधर नेता कार्यकर्ता तथा समर्थकहरूले प्रचण्ड बाबुरामहरूका गद्दारी र जातीय युद्धवादका विरुद्ध विद्रोह गर्नेबेला आएको छ । यो विद्रोह जनयुद्धका उपलब्धीहरूको रक्षा, वर्गीय आमूल परिवर्तनकारी आन्दोलन र चौतर्फी आर्थिक क्रान्तिका लागि ऐतिहासिक सहयोग हुनेछ । प्रचण्डहरूको जातीय युद्धको निकृष्ट योजना सफल भएमा विगतका सबै क्रान्तिहरूका उपलब्धीहरू गुम्ने निश्चित छ ।
- See more at: http://www.drishtinews.com/?p=4447#sthash.m6ASJAZQ.qVxhQ8kb.dpuf



नयाँ शक्तिको बहसबारे - रवीन्द्र श्रेष्ठ

नयाँ शक्तिको बहसबारे

- रवीन्द्र श्रेष्ठ

rabindra_shrestha


नेपालमा ‘नयाँ शक्ति’को आवश्यकताबारे फेरि बहस शुरु भएको छ । ‘नयाँ शक्ति’ भन्नाले अहिले भैरहेका राजनैतिक दलहरू भन्दा भिन्न पार्टीको आवश्यकता र संभावनाबारे भैरहेको बहस हो । यस्तो नयाँ पार्टीको वैचारिक आधार, कार्यक्रम, संगठनात्मक स्वरुप र नेतृत्वको बारेमा भैरहेको बहस हो । जसले, जहाँबाट, जुनसुकै इच्छाले शुरु गरेको भए पनि यो बहसले नेपाली राजनैतिक क्षेत्रमा सकारात्मक महत्व राख्नेछ ।
नयाँ शक्तिको बहसमा केही समय अगाडिसम्म बाबुराम भट्टराइ पनि थिए । त्यो बेला बाबुरामका दोधारे कुरा थिए । उनले नयाँ शक्ति बनाउन मुख्यत दुई तरिका अपनाउने बताएका थिए । पहिलो, अहिले भएकै पार्टीलाई नयाँ ढंगले रुपान्तरण गरेर नयाँ शक्ति बनाउने । दोस्रो, त्यसरी कोशिश गर्दा नभएमा अर्को नयाँ पार्टी बनाउने । बाबुरामले नयाँ शक्तिको बहसमा भाग लिएर बहस चलाउन थाल्दा उनमाथि पार्टीभित्र प्रचण्डलाई धम्क्याउने र घुक्र्याउने उद्देश्यले मात्र यो नयाँ बहस चलाएका हुन भन्ने आरोप लगाइएको थियो । अहिले आएर यो आरोप प्रमाणित भएको छ । जब प्रचण्डले बाबुरामलाई उधारो अध्यक्ष पदको लोभ देखाए, तवदेखि बाबुरामको मुखमा बुजो लागेको छ । अहिले बाबुराम मधेसवादी र जनजातीवादी दलहरू भन्दा पनि बढी जातीवादी भएर जातीय युद्धको समेत चेतावनी दिइरहेका छन् ।
बाबुरामले नयाँ शक्ति पक्षधरहरूलाई धोका दिए पनि नयाँ शक्ति पक्षधरहरूको बहस भने जारी नै छ । यो सकारात्मक पक्ष हो । नयाँ शक्तिका पक्षधरहरू विभाजित छन् र यो स्वभाविक पनि हो । माक्र्सवादी वैचारिक आधारमा एउटा नयाँ शक्तिको जन्म भैसकेको छ । विप्लवको नेतृत्वमा नेकपा माओवादीको जन्म माक्र्सवादी वैचारिक आधारमा नयाँ शक्ति हो । घोर दक्षिणपन्थी धार्मिक अतिवाद र राजतन्त्रको पुनस्र्थापनाको उद्देश्यसहित स्थापित राप्रपा नेपाल पनि नयाँ शक्तिको रुपमा दोस्रो संविधानसभाभित्र आइसकेको छ । अहिले केही मित्रहरूले चलाउनु भएको बहस भने लोकतान्त्रिक परोपकारवादको वैचारिक आधारमा नयाँ पार्टी बनाउने भन्ने हो । उहाँहरूले लोकतान्त्रिक परोपकारवाद भन्नाले स्वीडेन, डेनमार्क, नर्वे , फिनलैन्ड जस्ता नोर्डिक देशहरूको जस्तो आर्थिक विकासको मोडेलमा देशको विकास गर्ने भन्ने व्याख्या गर्नुभएको छ ।
यी देशहरूकै उदाहरण र लक्ष्यसहित नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नामै परिवर्तन गर्दै सामाजिक डेमोक्रेटिक पार्टी बनाउने प्रस्ताव रघु पन्तजीले राख्नुभएको यहाँ स्मरण गर्नु उपयुक्त होला । तर त्यो बेलाको समय बेग्लै थियो । त्यसैले उहाँ सफल हुनु भएन । लैटिन अमेरिकाका केही देशहरूमा चुनावी नरम वामपन्थीहरूको विजयपछि पनि नेपालमा नयाँ शक्तिको बहस चलेको थियो । तर समय क्रममा त्यो हरायो । गत वर्ष यो बहस शुरु हुनुमा नयाँ दिल्लीमा ‘आप’को विजय र नेपालमा एमाओवादीको असफलताले आधार भूमिको काम गरेको थियो । अहिले नयाँ दिल्लीमा ‘आपको महा विजय’ले नेपालमा नयाँ शक्ति पक्षधरहरूमा पुन: नयाँ बहस थाल्ने उत्साह पैदा गरिदिएको छ । सायद टाढा भएकोले र वामपन्थी कलर लागेकोले ग्रीसमा भएको सिरिजा नामक नरम वामपन्थी पार्टीको विजयले भने नेपालमा त्यति प्रभाव पारेन वा नयाँ शक्तिका केही मित्रहरूलाई वामपन्थी नाम मन नपरेकोले त्यसको नामसम्म पनि उच्चारण गर्न मन लागेन । जे भए पनि नेपालमा अहिले नयाँ शक्तिको लागि आधारभुमि र वातावरण तयार हुँदैछ भन्ने प्रष्ट छ ।
अहिले भएका दलहरू प्रति जनताको एउटा ठूलो हिस्सा असन्तुष्ट हुने क्रम तीब्र छ । तर असन्तुष्टि र आक्रोशलाई अर्को वैकल्पिक दलले सही ढंगले समयमै सदुपयोग गर्न सकेनन् भने त्यो समय क्रममा सेलाउँछ र खेर जान्छ तथा यथास्थिति कायम रहन्छ । विकल्प भएन भने पुरानै दलहरूलाई मत दिनुभन्दा जनतासँग अरु उपाय नरहने स्थिति आउने हुन्छ । त्यसैले नयाँ शक्ति पक्षधर मित्रहरूले यस्तो नयाँ राजनैतिक पार्टी छिटो बनाउनु पर्‍यो भन्नेमा जोड दिन थाल्नु सहि हो । तर गत सालदेखि शुरु गर्नु भएको प्रयासको ठोस थालनी अहिलेसम्म पनि भएको देखिएको छैन । उहाँहरूले जसरी यस नयाँ शक्ति बनाउने कामको शुरुआत होस् भन्ने चाहनुभएको छ, त्यो नै शायद गलत छ । उहाँहरूको चाहना छ कि एमाले, कांग्रेस, प्रहरी र अन्य पेशाका केही चर्चामा आएका अनुहारहरूले आफ्नो दल वा पेशा छोडेर एकढिक्का भएर नयाँ पार्टी गठनको घोषणा होस् । तर ती चर्चामा आएका अनुहारहरूले आफ्नो दलबाट विद्रोह गर्ने र पेशा परित्याग गरेर राजनीतिमा लाग्ने तथा ती सबै एउटै पार्टीमा मिलेर काम गर्ने सम्भावना अहिले देखिँदैन । त्यसरी चर्चामा आएका मानिसहरूको आस गरेर बस्नु गलत हुनेछ । बरु अहिले नयाँ शक्तिको आवश्यकताबारे सहमत भएका जो–जो छन् र जस्ता छन्, मिल्न सक्नेहरू मिलेर नयाँ राजनैतिक पार्टीको घोषणापत्र र संगठनात्मक स्वरुपको तयारमा गम्भीर भएर लाग्नु र नयाँ दलको घोषणा गर्दै जानु सही तरिका हुन सक्दछ । साथै नयाँ राजनैतिक दलको गठन र घोषणा आगामी निर्वाचनमा कम्तीमा सामान्य बहुमत आउने ग्यारेन्टी भएपछि मात्र गर्ने भन्ने आशयको रवीन्द्र मिश्रजीको तर्क पनि सही होइन । यस्तो ग्यारेन्टी पर्खदै बस्ने हो भने नयाँ शक्ति नै बन्दैन । शुरु मै यस्तो शक्ति एक मात्र बनाउनु पर्दछ भन्ने तर्क पनि व्यवहारिक नहोला ।
विचार र कार्यक्रम एउटै शु रुमै नहुन पनि सक्दछ यस्तो स्थितिमा अनेकौं दलहरू बन्ने र पछि क्रमश धु्रवीकरण हुँदै एउटा बलियो वैकल्पिक शक्ति बन्ने पनि हुन सक्दछ । ग्रीसको सिरिजा पार्टी जस्तै, जुन पार्टी एक दर्जनभन्दा बढी साना दल र मोर्चाहरू मिलेर बनेको हो । बीपीले कांग्रेस पार्टीको शुरुआत गर्दा होस् वा पुष्पलालले कम्युनिष्ट पार्टी शुरुआत गर्दा होस्, उहाँहरू शुरु मै चर्चित अनुहारका थिएनन् । बीपीले कांग्रेस पार्टी गठन गर्दा केवल ३३ वर्षका थिए र पुष्पलालले कम्युनिष्ट पार्टी गठन गर्दा केवल २६ वर्षका थिए । एमालेको शुरुआत गर्दा पनि सीपी मैनाली, मोहनचन्द्र अधिकारी, मदन भण्डारी, माधव नेपाल, केपी ओली, झलनाथ खनाल आदि सबै युवा अपरिचित अनुहार नै थिए र शायद सबैको उमेर तीसको हाराहारी नै थियो वा कम थियो । प्रचण्ड पार्टीको महासचिव हुँदा ३६ वर्षका थिए र चर्चित अनुहारका थिएनन् । जनयुद्ध शुरुआत भएपछि पनि प्रचण्डको अस्तित्व नै छ कि छैन भन्ने विवाद वा भ्रम थियो कयौंमा । यी उदाहरणहरूको अर्थ यो हो कि नयाँ राजनैतिक पार्टी बनाउन चर्चित अनुहार शुरु मै चाहिन्छ भन्ने होइन, नयाँ युवाहरू वा चर्चामा नभएकाहरूले पनि यो कामको शुरुआत गर्न सक्दछन् ।
नयाँ शक्ति पक्षधरहरूबीच काल्पनिक राजनीति र यथार्थ राजनीतिबीचको भिन्नता पनि स्पष्ट हुनु पर्दछ । कतिपय मानिसहरू राम्रा चर्चित मानिसहरूले नेतृत्व गरेर घोषणा गर्ने वित्तिकै देशव्यापी संगठन सञ्जाल बन्छ र आगामी चुनावमा सामान्य बहुमत आउने आशा गर्छन् । तर अहिलेका दलहरूका असक्षमता र गलत राजनीतिविरुद्ध आन्दोलन नगरिकन यो सम्भव देखिँदैन । आन्दोलन वा समायोचित संघर्ष बिना सजिलै देशव्यापी संगठन बन्ने र चुनावमा बहुमत आउने कुरा यथार्थ कम र काल्पनिक बढी हुनेछ । दिल्लीको आप पार्टीको सफलता पनि भ्रष्टाचार विरोधी आन्दोलनको परिणाम हो भन्ने यथार्थ आत्मसात नगर्नु भुल हुनेछ । त्यस आन्दोलनले उच्च गति लिइरहेको बेला यस पंक्तिकार नयाँ दिल्ली मै रहेर नजिकबाट प्रत्यक्ष देख्न पाएको थियो । त्यो बेलाको भ्रष्टाचार विरोधी आन्दोलन नेपालको ०६२/६३ को ज्ञानेन्द्रतन्त्र विरोधी आन्दोलनभन्दा कम थिएन । त्यस आन्दोलनबाट दिल्लीका प्रत्येक झुपडी र महलहरू प्रभावित भएको थियो । दिल्लीवासी पूरै आन्दोलित भएको थियो त्यो बेला । दिल्लीवासीहरूमा नयाँ जागरण र आशाको संचार गराइदिएको थियो । त्यसैले ठूलो आन्दोलनको नीति र योजना बिना नयाँ राजनैतिक शक्ति स्थापित हुन शायद गारो छ र चुनावमा विजयी बन्न पनि गारो छ । आन्दोलन भन्ने बित्तिकै बन्द मात्रै बुझ्ने गल्ती पनि गर्नु हुँदैन ।
ठूल्ठूला क्रान्ति पनि स–साना नारा र कार्यक्रमहरूबाट सम्पन्न भएका छन् । रुसी अक्टोवर क्रान्तिको बेला समाजवाद र माक्र्सवाद आदिभन्दा पनि शान्ति, रोटी र जमिनको नारा अत्यधिक लोकप्रिय थियो र यसैको आधारमा लेनिनले महान क्रान्ति सफल पारे भनिन्छ । यहाँ पनि नोर्डिक देश जस्तै बनाउने नाराभन्दा पनि ग्यास आपूर्ति, रोजगारी, भ्रष्टाचार मुक्त सरकार र छिटो संविधान घोषणाको नारा लोकप्रिय हुन सक्दछ । जनयुद्धको बेला संविधानसभाको नाराभन्दा पनि रक्सीको घैटा फुटाउने नारा लोकसप्रय र प्रभावकारी बनेको थियो । तर रक्सीबिना बाँच्न नसक्ने प्रचण्ड र हिसिलाका कारण त्यो नारापछि भुत्ते बनाइयो र संविधानसभा भन्न थालियो । तर संविधानसभाले अरबौं रुपैयाको खोलो बगाएर पनि एक थान संविधान दिन सकेको छैन । नयाँ शक्ति पक्षधर मित्रहरूले पहिला संविधान बनाउने बारे नै आफ्नो धारणा सार्वजनिक गर्ने र त्यसका लागि दबाब आन्दोलन गर्नुपर्ने हो कि ?
- See more at: http://www.drishtinews.com/?p=4694#sthash.JQ7bCTzf.nBdfFbSz.dpuf

हामी राजा मान्न तयार छौ: प्रचण्ड

हामी राजा मान्न तयार छौ: प्रचण्ड

- रवीन्द्र श्रेष्ठ

baburam

प्रचण्डले बाबुरामलाई साक्षी राखेर (दुबै संगै बसेर) २०६२ माघ २५ गते कान्तिपुर दैनिकमा लामो अन्तरवार्ता दिएका थिए । त्यसमा उनले स्पष्ट शब्दमा भनेका थिए — ‘संविधानसभावाट राजतन्त्र चाहिन्छ भन्यो भने हामी स्वीकार्छौ, सक्रिय राजा चाहिन्छ भन्यो भने पनि मान्छौ, गणतन्त्र भन्यो भने त्यो पनि मान्नु पर्छ, संवैधानिक राजतन्त्र, वहुदलीय प्रजातन्त्र त्यो भन्छ भने पनि हामी तयार छौं, जनताको मत मान्छौ ।’
यस विवादास्पद अन्तरवार्ताबारे पार्टीभित्र गम्भीर विवाद भयो । संविधानसभामा जाने हो भने देशका मुख्य दलहरुबीच न्यूनतम राजनैतिक सहमति हुनुपर्ने र लोकतान्त्रिक गणतन्त्रको न्युनतम सहमति विना संविधानसभाले राजतन्त्र नै राख्ने भने पनि मानेर जाने गरी सहमति गर्न नहुने कुरा उठे । किनभने त्यो वेला कांग्रेसले गणतन्त्र स्वीकार गरिसकेको थिएन । गणतन्त्रमा जान्छ वा जांदैन भन्ने निश्चित थिएन । तर प्रचण्ड बाबुरामले त्यो अन्तरवार्ताको गम्भीर कमजोरी सच्याउन मानेनन् ।
संविधानसभाले गणतन्त्रको घोषणा गरेर ऐतिहासिक काम गरिसकेको छ । देश ०४७ को संविधानभन्दा एक कदम अगाडि बढिसकेको छ । तर प्रचण्डको भाँडभैलो वुद्धि र ठेगान नभएको बोली यथास्थितिमै छ । व्यक्तिगत स्वार्थका लागि देशलाई बन्धक बनाउने प्रक्रिया जारी छ । त्यो वेला संविधानसभाले सक्रिय राजतन्त्र वा संवैधानिक राजतन्त्र राख्ने भने पनि मान्ने भनेर बोलेका प्रचण्ड बावुराम अहिले आएर संविधानसभामा भएको जनताको मत नमान्ने भन्दै हिंडेका छन् । जबसम्म प्रचण्ड बाबुरामको बोली र वुद्धिको ठेगान लाग्दैन, तबसम्म देशले न त शान्ति पाउँछ न त क्रान्ति नै । यी दुई जना मिलेर देश र जनतालाई न मर्नु न बाँच्नु बनाइराख्न खोज्दैछन् । शायद अहिले त्यो अन्तरवार्ता दिएकै होइन, पत्रकारहरुले त्यतिकै छापेका भन्ने हुन् कि ? वा दिल्लीको देशी बोतलले जिब्रो लड्खडाएको भन्ने हुन् कि ? अहिले बोलेका उनीहरुका कुरामा पनि कसरी विश्वास गर्ने ? एक जना वाईसीएलका भाइले भन्थे, बन्दुक बुझाएका प्रचण्ड बावुरामले यो लाठी पनि खोसेर हामीलाई वीचमा छाड्ने हुन् कि ? यस्तै अविश्वास एमाले कांग्रेस मधेसवादी र जनजातीवादी सबैलाई हुने नै होला ।
सोही अन्तरवार्तामा प्रचण्डले अर्को गम्भीर कुरा पनि गरेका थिए । प्रचण्डले भनेका थिए — ‘म (प्रचण्ड), बावुरामजी, बादलजी, महराजी, यो टिम सत्ताको शक्ति अभ्यासमा लाग्दैनौं । संविधानसभावाट सत्ता आए पनि हामी त्यसमा जांदैनौ । हामी स्टेट्सम्यानसीपमा जान्छौं र नयां कमरेडहरुलाई पठाउँछौं ।’ के बन्ने भन्ने प्रश्नको जवाफमा प्रचण्डले गणेशमान जस्तै बन्ने भन्ने उत्तर दिए भने बाबुरामले गान्धी बन्ने भन्ने जवाफ दिए । बोलीको ठेगान नभएका यी दुबैले ०६२ देखि अहिलेसम्म के गरे सबैका सामु छ । अहिले सत्ताको कुर्सीका लागि नै यी दुबैले देशलाई समेत अर्को जातीय युद्धमा धकेल्न खोज्दैछन्, दशांै हजार जनताको बलि दिन खोज्दैछन् ।


यस्तो छ प्रचण्डको अन्र्तवार्ता 

- See more at: http://www.drishtinews.com/?p=4784#sthash.YedsWJs4.uzduCMll.dpuf