Wednesday, November 2, 2016

प्रचण्ड परिवारमाथि बाबुराम पत्नि हिसिलाको संगीन ‘आरोप’


काठमाडौं, १० असार । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईकी पत्नि हिसिला यमिले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका परिवारलाई संकेत गर्दै विभिन्न आरोप लगाएकी छिन् ।
शुक्रबार एक दैनिक पत्रिकामा लेख मार्फत उनले प्रचण्ड परिवारमा छुवाछूत बहुविवाह जस्ता कुसंस्कार कायम रहेको दाबी गरेकी हुन् ।
‘हामीकहाँ यस्तो ‘खाँटी’ कम्युनिस्ट नेता पनि छन्, जसले बाहिर असाध्यै आदर्शवादी कुरा गर्छन् तर व्यवहारमा तिनीहरूका घरमा पूरै सामन्तवाद हाबी हुन्छ,’ नयाँ पत्रिका दैनिकमा प्रचण्ड र उनकी श्रीमति प्रति संकेत गर्दै उनले लेखेकी छिन्, ‘धेरैमध्ये एउटा त्यस्तै नेताकी श्रीमतीमा सामन्तवादले घर गरेको उदाहरण छ । दलित गयो भने छुवाछुतको व्यवहार गर्छिन् ।’
प्रचण्डको सुरक्षामा खटिएका परियार थरका एक पूर्व जनमुक्ती सेनामाथि छूवाछूत भएको समाचार आएको थियो । उनीमाथि प्रचण्डकी पत्नि सिता दाहालले छुवाछूत गरेको समेत समाचारमा जनाइएको थियो । सोही घटनालाई आधार बनाएर यमीले लेखकमा संकेत गरेको देखिन्छ ।
त्यस्तै उनले प्रचण्ड पुत्रले गरेको बहु–विवाहको प्रसंगलाई समेत उठाएकी छिन् ।
‘छोराहरूले बहुविवाह गरेका छन् । आफ्नी छोरी शरणार्थीको सुविधा लिएर युरोपमा बसिरहेकी छिन्,’ यमीले लेखेकी छिन्, ‘तर, त्यो नेताले न आफ्नो परिवारको विरोध गरेको देखिन्छ, न संघर्ष गरेको देखिन्छ, न त उसको पार्टीले नै त्यसको विरोध गरेको देखिन्छ ।’
प्रचण्ड पुत्र प्रकाश दाहालले तेस्रो विवाहा गरेका हुन् । जनयुद्धकालमै पूर्व पार्टी उपाध्यक्ष पोष्ट बहादुर बोगटीकी छोरी प्रभा बोगटीसँग विवाह गरेका उनले प्रभासँग पनि सम्बन्ध विच्छेद गरेर कास्कीकी सृजना त्रिपाठीसँग विवाह गरेका थिए । एक सन्तान समेत जन्माएका उनले सृजनालाई पनि अलपत्र पारेर छोडेका थिए । त्यसपछि तेस्री श्रीमतिको रुपमा विना मगरसँग विवाहा गरेका छन् । औपचारिक विवाहा नभएपनि विनाबाट एक सन्तान समेत जन्मिसकेको छ ।
हिसिलाले प्रचण्डलाई ‘खाँटी कम्युनीष्ट नेता’को संज्ञा समेत दिएकी छिन् ।
हिसिलाले लेखेको उक्त लेखलाई नयाँ शक्ति नेपालका संयोजक तथा उनका पति डा. बाबुराम भट्टराईले समेत सामाजिक सञ्जालमा सेयर गरेका छन् ।
कुनै समय हरेक कार्यक्रममा कुममा कुम जोडेर हिँड्ने डा. बाबुराम भट्टराई र प्रचण्डको सम्बन्ध यो तहसम्म आउला भनेर कमैले सोचेका थिए । हेटौंडा सम्पन्न एमाओवादीको महाधिबेशनको बन्द शत्रमा डा. भट्टराईले प्रचण्डलाई ‘नेताहरुको पनि नेता’ भनेर देवत्वकरण गरेका थिए ।
त्यसो त नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि बाबुरामलाई विभिन्न आरोपहरु लगाइरहेका छन् ।
http://diyopost.com बाट साभार 

No comments:

Post a Comment