२०७३ कार्तिक १३ । माओवादीले जनयुद्ध सुरु गर्दा भागेका नारायणकाजी श्रेष्ठ अहिले माओवादी केन्द्रका बरिष्ठ नेता छन् । माओवादीले जनयुद्ध सुरु गर्नुपूर्व पार्टीको नाम नेकपा (एकता केन्द्र) थियो ।
एकता केन्द्रको राष्ट्रिय सम्मेलन हुँदा नारायणकाजी केन्द्रीय सदस्य थिए । जनयुद्धमा जाने निर्णय गर्न बोलाइएको सम्मेलनमा नारायणकाजीले रुँदै भनेका थिए, अध्यक्षज्यू, मेरा लागि ज्यान भन्दा देश ठूलो होइन । आफू मरेर देश बन्छ भन्ने भ्रममा छैन । त्यसैले म युद्धमा जान सक्दिनँ । युद्ध सुरु गर्नुभन्दा पहिले नै मलाई जानकारी गराउनु होला ।
अन्ततः माओवादीले जनयुद्ध सुरु गर्यो । अनि नारायणकाजी श्रेष्ठ युद्धबाट भागेर ज्यान बचाउन लागे । माओवादी युद्धको बेला भरी उनी भारतीय गुप्तचर संस्था रअको विशेष सुरक्षामा बसे । उनी नेपाल बसेर माओवादीका गोप्य सूचना दिल्ली पुर्याउँथे । १० वर्षसम्म माओवादीको सुराकी गरेका नारायणकाजी शान्ति प्रक्रियापछि भयङ्कर क्रान्तिकारी टोपलिए । उनलाई एकैचोटी पार्टीको उपाध्यक्ष बनाइयो ।
नारायणकाजी श्रेष्ठ बाहिर देखिँदा जति भलादमी देखिन्छन्, भित्र त्यति नै पाखण्डी र नाटक गर्न सिपालु पनि छन् । पहिलो संविधान सभा भंग हुँदा उनी पत्रकारसामू रोएका थिए । तर, लगत्तै डेरामा पुगेपछि आफ्ना पिएलाई भनेका थिए, रोएन भने मलाई पनि संविधान सभा भंग गराएको दोष लगाउन सक्छन् ।
संविधान सभामा नारायणकाजी मकवानपुरबाट हारेपछि उनी सधैं प्रचण्डको विरोधमा लागे । अघिल्लोपटक गृहमन्त्री हुँदा सरुवामा करोडौं कुम्लाएका उनले पछिल्लो समय मन्त्रि हुन नपाएपछि सधैं पीडा ओकल्ने गरेका छन् । आफ्नो पक्षको एक मात्र शिक्षा मन्त्रालयबाट उनलाई नियमित कमिसन आउने गर्छ, त्यसबाहेक प्रचण्डलाई उनलाई खर्च दिन नमानेका कारण नारायणकाजी बिच्किएका हुन् । स्रोतका अनुसार श्रेष्ठले आफूलाई पाँच लाख रुपैया चाहियो भन्दै प्रचण्डकहाँ आएका थिए । तर, प्रचण्डले तपाई नै तेत्रो नेता, मैले कहाँबाट दिनु ? मेरो तलब लिनुहुन्छ भने लिनुस् भनेपछि श्रेष्ठ बालुवाटारबाट बाहिरिएर प्रचण्डको विरोधमा उत्रिएका हुन् ।
http://fursadnews.com बाट साभार
No comments:
Post a Comment