Tuesday, November 1, 2016

Narayan Kaji Shrestha - Facebook Status

नेपाली समाजको लोकतान्त्रीकरण एवं रुपान्तरण को पछिल्लो प्रकृयालाई संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको आजको यो बिन्दु सम्म पुर्याउने कार्यमा नेपालका राजनैतिक नेताहरुमा हाम्रो पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री क• प्रचण्ड को योगदान सबभन्दा महत्वपूर्ण रहेको छ भन्ने यथार्थ लाई कसैले नकार्न सक्दैन।हामी अध्यक्ष क• प्रचण्ड को नेत्रित्वो मा नै पार्टी ,आन्दोलन र देशलाई अझ अघि बढाउन चाहन्छौं । यो नै हाम्रा लागि सबैभन्दा राम्रो बिकल्प हुन सक्छ भनेर नै यस दिशामा प्रयत्न गरिराखेका छौं । 
तर यस सम्बन्धमा तत्कालिक रुपमा दुइटा कुरामा स्पष्ट हुनु आबश्यक छ। 
एक, नेत्रित्वसँग को सम्बन्ध द्वन्दात्मक हुनुपर्छ। नेत्रित्वोको सकारात्मक पक्षको समर्थन सहित द्रिढतापुर्बक रक्षा र नकारात्मक ,कमजोर एवं गलत पक्षहरुको सच्च्याउने उदेश्य द्वारा आलोचना, बिरोध र संघर्ष ।जसले यो दृष्‍टि बिन्दु लागु गर्दैन उ या त यान्त्रिक चिन्तनमा आधारित पिछलग्गु वा नीजी स्वार्थ प्रेरित चाकरीवाज हो या आदर्शबादी शुद्दताबादमा आधारित निरपेक्ष आलोचक वा ब्यक्तिबादको अर्को कोण मा आधारित निषेधक । यी दुबै प्रब्रित्ती गलत हुन्। जसले नेता, पार्टी , आन्दोलन र देशलाई समेत नोक्सान पुर्याउंछ।हाम्रो एउटा समस्या नेत्रित्वो लाई मान्नु भनेको सधैं सबै कुराको समर्थन गर्नु पर्छ भन्नु हो।आफ्नो नीजी स्वार्थ पुर्तीको लागि नेत्रित्वो लाई गलत भन्दा गलत काम गर्न लगाउनु वा नेत्रित्वो ले आफु स्वयं, पार्टी, आन्दोलन र देश लाई नै नोक्सान पुग्ने जस्तो सुकै गलत काम गरे पनि अन्ध समर्थन गर्नु र उक्साउनु आज देखा परेको ज्यादै घातक प्रब्रित्ती हो।आफ्नो तत्कालिक नीजी स्वार्थ बाहेक केही नदेख्ने यो प्रब्रित्तिले नेत्रित्व र पार्टी पातल मा पुगे पनि केही मतलब गर्दैन।नेत्रित्व को अन्ध समर्थन र चाकरीमा प्रस्तुत हुने यसले वास्तवमा नेत्रित्व र पार्टी लाई अन्तत: समाप्त गर्ने भूमिका खेल्दछ।सच्चा क्रान्तिकारी हरुले सही लाई सही र गलत लाई गलत भन्नु पर्छ र नेत्रित्वोलाई गल्ती कम्जोरी बाट समयमै बचाउदै रुपान्तरण मा सहयोग गर्नु पर्छ। यसरी मात्र नेत्रित्व ,पार्टी एवं आन्दोलन को रक्षा एवं बिकास गर्न सकिन्छ।नीजी स्वार्थ लम्पट हरुले जे जे भनेर अहिले कराए पनि नेत्रित्वो ,पार्टी ,क्रान्तिकारी आन्दोलन र देशको निम्ती यसरी अगाडी बढ्नै पर्छ।अन्यथा पष्चाताप बाहेक केही बांकी हुनेछैन । 
दुई, परम्परागत संसदबादी पार्टीहरुले समेत संसदीय ब्यबस्थामा आफ्नो सरकारको सम्पूर्ण कुराको समर्थन गर्दैन। मुलभुत रुपमा समर्थन गर्दै कतिपय कुरामा आलोचना गर्छ। गठबन्धन सरकारको हक मा त झन् कुनै पार्टीले पनि आफु रहेको सरकारको हरेक कुराको समर्थन गर्दैन ,गर्न सक्दैन।मुलभुत रुपमा समर्थन गर्दै गलत कार्यको बिरोध गर्दछ र सरकार सङ्ग कतिपय माग राख्दछ। 
हाम्रो पार्टी एक क्रान्तिकारी पार्टी हो र अहिले को परिवर्तन महत्त्वोपूर्ण परिवर्तन भएपनि राज्य संयन्त्र र संरचना को पूर्ण क्रान्तिकारीकरण भईसकेको ठान्दैन।यस स्थितिमा हाम्रो पार्टीले सरकारको निर्णय एवं काममा नै पार्टी को संपूर्ण नीति,कार्यक्रम र योजना घुलन भईसकेको ठान्दैन। त्यसमाथि अहिलेको गठबन्धन सरकारको सन्दर्भमा त यो कुरा कल्पना पनि गर्न सकिन्न।त्यसैले सरकारबाट भएगरेका गल्ती कम्जोरीको आलोचना - बिरोध गर्नु पार्टी तथा नेताहरुको जिम्मेवारी हुन्छ।हो ,सरकारको संचालन पार्टीको संस्थागत निर्णयबाट हुन सकेको अवस्थामा यो स्थिति स्वत: केही कम हुन जान्थ्यो।त्यसैले सरकारको राष्ट्रिय महत्वका कार्यभार पुरा गर्न र सरकारलाई प्रभाबकारी एवं परीणाममुखी बनाउन सम्पूर्ण पार्टी एकढिक्को होऔं ,संस्थागत संचालन एवं निर्णय प्रकृया द्वारा गल्ती -कमजोरीलाई कम भन्दा कम बनाउने प्रयत्न गरौं र गल्ती -कम्जोरी भए आलोचना गरौं र पार्टीलाई सरकार संग बिलय गराउने गल्तिबाट बचौं ।पार्टीले आफ्नो एैतिहांसिक क्रान्तिकारी कार्यभार पुरा गर्न लामो समय सम्म संघर्ष गरी राख्नु पर्दछ भन्ने तथ्यलाई नबिर्सौं।


टिप्पणीहरू
Amrit Nhehang Rai काम्रडको कुरा सुन्दा यस्तो लाग्योकि अब फेरि माओवादी भित्र अर्को बाबुराम को उदय भए छ। जुन बाबुरामले प्रचण्डलाइ देवत्तोकरण गरेर निर्विकल्प नेता बनाए। तर पछि बाबुराम नै प्रचण्डका सब भन्दा बढि आलोचक भए। लाग्छ अब काम्रेड प्रकाश पनि कुनै नयाँ योजनामा हुनु हुन्छ। तपाइँको योजनाले सफलता पाओस् यहि मेरो कामना
Kiran Kumar Shrestha चाकरि प्र​थाले नै हो देश को अधोग​ति भाको ! राज​निति बिग्रेको ! नेताह​रु बिग्रेका ! ज​न​ता र​ स​माज बिग्रेका ! स​बै लाइ चेत​ना भ​या !
Ramesh Bhai Adhikari तिब्र बिकास तथा परिबर्तन का कुरा गर्नुस् ,महत्त्वकाछि याेजना दिनाेस फजुल गफ का काम अरू साथी लाई जिम्मा लगाउनुस् नेतागण ज्यू ।
RC Neupane प्रकास दाई तपाइको यो स्टाटस अर्थात लेखले एतिहासिक द्वन्धात्मक भौतिकवाद भन्दा आलोचनात्मक अवसरवाद संग नजिक भएको आवास दिन्छ है ।
Prem Rimal याे कस्ताे द्वन्द्ववादी शाेच हाेला ?

संस्कृति को रक्षा गरेर मात्र रास्ट्रको रक्षा र विकास हुन्छ ।उप रास्ट्रपति नन्द बहादुर पुन "पासांग "ज्यु ले दशैंको टिका लगाएर र लगाइदिएर नेपाली जनताको मन मुटु मा बस्न सफल हुनु भएको छ ।यसमा उपरास्ट्रपति पासांग ज्यु प्रति सम्पूर्ण नेपाली जनताले आभार प्रकट गरेका छन् । पश्चिमा साम्राज्यवादी ले नेपालको संस्कृति माथि निरन्तर प्रहार गरिरहेको बेला पासांग ज्यु ले जुन काम गर्नु भएको छ यस बाट माओबादीका हामी सबैले शिक्षा लिन आवस्यक छ । याद होस् दशैं धार्मिक पर्व भन्दा पनि सांस्कृतिक पर्व हो । यो मानव समुदायको बिकास संगै सिर्जना भएको सांस्कृतिक उत्सव हो ।जसले सबै जात जाति भाषा भाषी समुदायका मानिसहरुलाई रास्ट्रिय एकतामा बाधेको छ । दशैंमा टिका लगाएमा क्रान्तिकारी अर्थात भौतिकवादी भईदैन भन्ने कुरा पाखण्ड कुरा हो । यस्ता बेतुक कुराका पछाडी दौडिन आवस्यक छैन । संसद्वादको आहालमा डुब्न हुने ,रास्त्रघाती सन्धि सम्झौता गर्न हुने ,घुस खान हुने , चंदा उठाएर घर घडेरी जोड्न हुने ,साथिभाइलाइ छुरा धस्न हुने ,पद प्रतिष्ठाको लागि मरिहत्ते गर्न हुने तर जनताको चाडमा एक्यवद्द्ता प्रकट गर्न नहुने वा क्या क्रान्तिकारी ......!
मातृका पोखरेल
Write a reply...
Som Khanal तपाइहरुको पाटी देशको पाटि हुन सकेन नारान काजी दाइ । तपाइले नाम लिएका नेता त झन् पत्रु निस्के ।
Amrit Nhehang Rai मेरो बुझाइमा एमाले र माओवादी दुवै संसदिय पार्टि हो। दुवै लपार्टिका प्रमुखहरु प्रधानमन्त्री भै सके। त्यसैले माओवादीले आफुलाइ फरक क्रान्तिकारि पार्टि ठान्नु सर्वथा गलत हो। क्रान्तिकारि ब्यानर त अब वैध्य बा र विप्लवले लगि सके
Birendra Shrestha मैले शुरु बाट नै यहि त भनी रा छु नि अब अगाडी आउनु पर्यो
Milan Sharma अब क्रान्ती ऐमाओबादी भित्रै गर्नु पर्छ
Narayan Chapagain Really, Prachanda was a great leader but these days he has been most corrupted, insincere, irresponsible,unaccountable & more controversial. So how can we believe him?
रमेश रेग्मी अब माओबादी केन्द्र लाई जनताको क्रान्तिकारी पार्टी मान्ने भन्दा पट्मुर्ख अरु को हुन सक्छ।
Bil Adhikari क.प्रकाश को कुरा एकदम सहि छ ।
गोर्खाली गोपाल फेसबुके नेता काजी साब मुर्दाबाद।
आलोक सुबेदी Aba puspakamal ko photo ma puja garda hun6 prakash kamred
सिताराम देश प्रेमि सबैलाई थाहा भएको कुरा हो नि
Sharma Aashish 100% सहि ,सुदृढीकरण कथा भै सक्यो अब
Prati Pakxay चाकरी चाप्लूसी गर्ने
ढोङ्गी कथित (मार्क्सबादी)
बुख्याचा हरु को पार्टि भित्र हाली...अझ धेरै हेर्नुहोस्
Prakash Yonjan पार्टी भित्र भजन मंडलीका सदस्य हरू बिगबिगी भएको बेला सकारात्मक रूपमा यसलाई लिन गारै होला कि !
Nilraj Adhikari प्रचण्डलाई देवता मानेर चाकरी गर्ने प्रवृत्ति नै माओवादी सकिनुको प्रमुख कारण हो ।
Ramkrishna Basnet Parchanda saskarko kamkarbhai ko natija next election ma karma anusarko fal mil6 herdai janu hola.
RC Neupane Pream g this is my national cutural openion . All most our culture are scientific . Who reject our culture they are animal. Ok need improve but no need reject .
Govinda Moktan क्रान्ति त रास्ट्र्को ढुकुटीमाथी बाहेक अरु केही गरेन गर्दैन्न यो त्यो सबै नताहरु मिलेर हहहह कति बोल्नु यो चोरहरुको बारेमा आफ्नो खाएर
श्रीराम रिजाल सही हो सबैले यसरी बुज्दीय पार्टी गुणात्मक बन्थ्यो
Gopal Bista Prachande lai a maobadi bata sadarn sadasye pani narahane gari barkhasta garnu prayo ani matra maobadiko name kata kata aaula natra patta sad bhayo bhanera bujhe hunxa Mao badi pani aka desa KO Katha jasto bhai sakeko xa
Lilu Rana प्रचड एउटा नालाईक हुन उसका पुछुर पनि फरक हुन्दैन
Janak Joshi Kaam garaaiko aadhaarma yes /No hunuparne ho.yeha je gareni yes man haru bhaye
Sebak Karki प्रकाश दाइ को कुरा सहि हो सम्पुर्ण पार्टी सरकारमा विलय हुनु भनेको विघटन हुनु हो हुन त अहिले चाकारिवाज हरुले पार्टी सिध्याउनै खोजेका छन पार्टीको काम भन्दा पनि व्यक्तिगत स्वार्थ पूरा गराउन को लागि पार्टी काम गर्नु भन्दा पनि माथिका ठुला र पावर वाला नेता हरु र मन्त्रिहरु भेट्न तलिन छन पार्टि को संस्थागत निर्णय कार्यन्वयन गर्नि र गराउने भन्दा पनि अा अाफ्नो व्यक्तिगत फाईदा र लाभ हुने खाल को निर्णय गराउन मै व्यस्त छन अनि कसरी पार्टी वन्ला अाफुले फाईदा लिउन्जेल लिन्छन अनि पार्टी पनि सकिन्छ । पर्ने समस्या चाहिँ ईमान्दार कार्यकर्ता लाई
Madhav Khanal दाइको यो बिचार विश्लेषण बस्तुगत छ यथार्थ पनि यहि हो,तर दाइ लगायत मुख्य लिडर हरु सिमित ब्यक्ति को रिपोटिङ र सानो घेराबन्दीमा कोचिन बा्ध्य हुनुहुन्छ ,तल तल पुग्नु जरुरि छ दाइ हरु ।
Padam Bandhu Pokhrel कमरेड नारायणकाजी ज्यू अभिबादन, हजूरलाई तीतो लाग्ला प्रचण्ड कुनै नेता नै होईनन, ती त केबल भरिया हुन ः भारतीय बिस्तारबादका, युरेपियन युनियनका, क्रिस्चियन मिसिनरीका अनि नबधनाढय तस्कर, कालाबजारीयाहरुका । यो कुनै आक्रोशबश भनिएको होईन, चाहिएको खण्डमा प्रमाण समेत दिन सकिन्छ । हजूर महान हुनुहुन्छ यसकारण की हजूर जुन पाटीको जिम्मेबारीमा हुनुहुन्छ त्यो मनन गरेरै प्रचण्डलाई नेता मान्नु भएको छ । प्रचण्ड नेता किन होईनन भन्ने तर्क र तथ्य हजारौ छन् तर हजूरले समेत नकार्न नसक्ने एक दुई मात्र उदाहरण दिन सकिन्छ । १. साच्चैका नेता भएको मुलुकमा एक दशक भन्दा लामो संक्रमणकाल हुदैन् । २. नेताले नमिलेका जनतालाई मिलाऊँछ, एकताको सुत्रमा बाँध्न सक्छ मिलेका जनतालाई फुटाऊँदैन, भडकाऊदैन । ३. नेताले त सामान्य मान्छेले नदेखेको कुरा देख्छ, गन्हाएका लोकमानलाई काँध थापेर अख्तियार प्रमुख बनाउने, पशुपतिका पुजारी हटाऊन नसक्ने, एउटा सिपाही हटाऊन नसक्ने, सुन्दर, शान्त, बिशाल समृद्ध देशको चित्र देख्न नसक्ने र यहाँ सिस्टमले केही चल्दैन, पैसै ठूलो कुरो हो भनेर जो सँग पनि पैसा माग्ने पनि कोही नेता हो?
Lovely Dada तपाईंको कुरा सहि हो अब मायोबादी केन्द्र पतन हुने निस्चित छ
Man Bahadur Rai पार्टी र नेताहरु लाई दलाल पूँजीवाद मा रुपान्तरण गर्ने स्रेय कसलाई जान्छ । आमिक सेर्चन आयोगको प्रतिबेदन ले त पार्टी दलाल पुजिबादि भाषा मा चुर्लुम्मा डुबेको देखाउछ त !
Pushpa Dhungana सटिक बिस्लेसन,तर बिस्लेसनले मात्रै केही परिणाम निस्केला जस्तो छैन ।
Man Bahadur Rai प्रचन्ड आँफै दलाल पूजिबादिकरण मा सचेत ढङ्ग ले नै गाछ । अनी कार्यकर्ता ले नेत्रित्वलाई सच्याएन भन्नु बकवास हो । प्रचन्ड सुध्रिए सिङ्गै पार्टी सुध्रिन्छ । तर अब ३% थ्रेसहोल्ड राख्ने हो भने माओवादी को दुमो पनि नरहने गरी हुने पतन लाई कसैले रोक्न सक्दैन ।
Ramnath Sanjyal हिजो दलाल पुजीवादी को बिरोध गरेर नथाक्ने बिचरा उदण्ड आज आफै दालालको भरिया बन्नु कति उपयुक्त होला ??????????
Man Bahadur Rai amik serchan report le yai bhanchha

https://www.facebook.com/narayankaji.shrestha बाट साभार 

No comments:

Post a Comment