Sunday, July 5, 2015

'सरकारलाई प्राज्ञिक सामर्थ बुझाउँन जरुरी छ'- गंगाप्रसाद उप्रेती


नेपाली साहित्यमा काम गर्नको लागि कुलपति हुँदा सजिलो कि नहुँदा ?
मेरो चाहिँ क्षेत्र शिक्षा हो । पहिला राजनीतिज्ञ पनि हुँ । ३१÷३२ सालमा सक्रिय राजनीति गरियो जेल पनि परियो । त्यसपछि शिक्षण पेसामा लामो समय काम गरें, तर साहित्यबाट बिमुख हुन भने सकिएन । अहिले मलाई यो सरकारले दिएको जिम्मेवारी हो । यसलाई मैले अवसरको रुपमा पनि लिएको छु । बाहिर बसेर हेर्दा यो संस्था पुरातन हिसावले चलेको भान सबैलाई पर्दथ्यो, मलाई पनि प¥यो । मैले एकेडेमीको स्वरुप कस्तो हुनुपर्छ भनेर ४६ सालमा लेख पनि लेखें र म जस्तै थुप्रै साथीहरुले लेखेका छन् । यो एउटा प्राज्ञिक संस्था हो । त्यसकारण यो संस्थामा कुलपति प्राज्ञिक क्षेत्रका लेखक कविहरु नै हुनुपर्छ भन्ने हाम्रो आसय थियो । ढिलो भए पनि त्यो पूरा भएको छ । बाहिर बस्दा एकेडेमीको सामथ्र्यको बारेमा धेरै कल्पना गरिन्छ, तर यहाँ बसेर कार्य गर्दा यसको आफ्नै विधि छ, बजेटको सिमितता छ । तिनै सिमितताको वावजुद पनि व्यवस्थापन राम्रो गर्न सकियो भने सबै कार्यहरुमा सार्थकता होला जस्तो लाग्छ मलाई । व्यक्तिगत संस्था भन्दा निकै फरक भएकोले यसको परिधि भित्र रहेर काम गर्दा केही कठिनाई त आउँछ नै । कठिनार्ईका वावजुद पनि हामीले यस्तो अवसरको पूर्ण रुपमा सदुपयोग गरेर अगाडि वढिरहेका छौं ।
के तपाईको कार्यकालमा चुस्त व्यवस्थापनको आभाष मिल्ला त ?
यसलाई हामीले भरपुर कोशिश गरिरहेका छौ । विभिन्न विभागहरु खडा गरेर जिम्मेवारी वाडेका छौ । देशका विभिन्न स्थानहरुमा स्थानीय साहित्यिक संघसंस्थाहरुसँग सहकार्य गरेर हाम्रा कार्यक्रमको बारेमा प्रचारप्रसार गरिरहेका छौं । सबै सर्जकहरुलाई म के भन्न चाहन्छु भने हाम्रा कार्यक्रमका बारेमा चासो राखेर हामीलाई सधै मार्गनिर्देशन गरि दिनुहोला । यो सबै सर्जकहरुको साझा प्राज्ञिक संस्था भएकोले यसबाट हामीले धेरै कार्यहरु गर्न सकिन्छ । त्यसैले सबैको सहयोगको आवस्यकता छ । पत्रकार मित्रहरुलाई हामीले गरेका कार्यहरुलाई लेखाजोखा गरेर प्रस्तुत गर्नुहुन अनुरोध गर्दछु ।
के राजनीतिक भागबण्डाकै आधारमा प्राज्ञ परिषद गठन हुने हो त ?
लेखकहरु धेरै हुनुहुन्छ । सबैको आकांक्षा हुन्छ प्राज्ञ बन्ने, तर यहाँको विधिविधान छ, जम्मा ११ जनाको कमिटि हुन्छ, । भाषिक, जातिय, लैङ्गिक समावेशिका आधारमा चयन हुने भएकोले त्यस्तो देखिएको हो । तै पनि राजनीतिमा आप्नो प्रभाव जमाउन सक्ने, विचार प्रभावित भएका प्राज्ञिक व्यत्तित्वहरुलाई नै छनोट गर्ने हो । यही आधारमा आउने भएकोले राजनीतिक जस्तो देखिएको हो ।
त्यसो भए राजनीतिबाट टाढा रहेका प्राज्ञिक व्यक्तित्वहरु त कमिटीमा कहिल्यै नपर्ने रहेछन् नि होइन त ?
त्यसो होइन हरेक व्यक्तिको राजनीतिमा आ–आफ्नै झुकाव हुन्छ नै । फरक यति मात्र हो कोही सक्रिय हुन्छन्, कोही निस्क्रिय । उहाँहरुको पनि अलग्गै भूमिका रहन्छ यहाँ हामीले अहिले गरेका कार्यहरुको तपाईहरुले छिट्टै नै आभाष पाउनुहुनेछ भन्ने मलाई लाग्छ । उहाँहरुको कार्य मुल्याङ्कनको आधारमा राज्यले निर्णय गर्ने नै छ भन्ने मलाई लाग्छ ।
यसको वातावरण तपाईले बनाउनु हुन्छ त ?
म लगायत हाम्रो टिमले अहिले यसबारेमा धेरै अनुसंधान गरिरहेका छौं ।
नेपाली साहित्यमा समालोचकको खास भूमिका कस्तो हुन्छ ?
लेखकलाई समय र परिस्थितिसँग परिचित गराउन सक्ने सामर्थ समालोचकमा हुनुपर्दछ । ऊ समालोचक भएपछि त्यस क्षेत्रको विज्ञ हुनु पनि जरुरी छ । वर्तमान परिवेशमा समालोचकभन्दा पनि पाठक सजग रहेको अवस्था छ । यो खुशिको कुरा हो, पठन संस्कृति वढेको छ । लेखकहरुको लागि यो भन्दा खुशि के हुन सक्ला र ? स्तरीय लेखनलाई हामीले सधैँ स्थान दिनु पर्दछ, र दिइरहेका पनि छौं । तुलनात्मक रुपमा वर्तमान अवस्थालाई हेर्दा समालोचकको भूमिकामा अवश्य पनि कमि महशुस भएको अवस्था भने छ । र, पठनसंस्कृति वढेको कारणले गर्दा समालोचकको जिम्मेवारी बढेको छ ।
बैसाख १२ को विनाशकारी भूकम्पले सर्जकहरुमा कस्तो प्रभाव परेको पाउनु भयो यहाँले ?
धेरै साथीहरुले भन्नु भयो, सबै भन्दा ठूलो साम्यवादी त भूकम्प रहेछ । आखिर मान्छेले चाहँदा नचाहँदै पनि धनि र गरिव सबैले एउटै पालमूनि सुत्नु प¥यो । आखिर त मानिससँग के नै रहेछ र ? एक किसिमले भन्ने हो भने मानिस त कमजोर पनि रहेछ, मान्छेको हरेक दम्भ र स्वार्थलाई भूकम्पले साम्य बनाएको छ , सिर्जनशिल व्यक्तित्वलाई पनि र नेपाली राजनीतिक क्षेत्रका नेतृत्व वर्गमा पनि ।
एकेडेमीले खाली पुराना ढर्राका लेखक र पुस्तकरुलाईमात्र प्रोत्साहन गर्छ, नयाँलाई अवसर दिदैन भन्ने आरोप सुनिन्छ नि तपाई के भन्नु हुन्छ ?
के छ भने एकेडेमीले प्रकाशन ग¥यो गरेन भनेर त्यो कसैले हेर्दैन, अनि बाहिर बसेर मेरो कृति प्रकाशन गरेन भनेर भन्छन् । फेसबुक तिर प्रकाशन भएका चिजहरु हामी प्रकाशन गर्दैनौं । तर नयाँ लेखकहरुको कृति प्रकाशन गर्दा हामीले त्यसको स्तर हेर्छौ, र त्यो हामीले पहिले लेखाएर नयाँ पुस्तालाई पनि समावेश गराउँछौं । त्यो तपाईले हाम्रा प्रकाशनका कृतिहरु हेर्दा थाह हुन्छ । र, सिकारु पुस्ताहरुको पनि हामीसँग थुप्रै प्रकाशनहरु रहेका छन्, र उनीहरुलाई पनि हामीले अवसर दिएका छौं । नयाँ पुस्ता भनेका भोलिका यहाँका प्राज्ञिक व्यक्तित्वहरु हुन् ।
एकेडेमीका नयाँ कार्यक्रमहरु केही छन्, त्यस्तो लेखकहरुले प्रत्यक्ष प्रतिफल पाउन सक्ने खालको ?
एकेडेमी भनेको ज्ञानको भण्डार हो । प्राज्ञिकहरुको जमघट गर्ने थलो हो । यसको बाबजुद पनि यहाँको पुस्तकालय राम्रो छैन । पुस्तकहरुको व्यवस्थापन गर्न सकिरहेको छैन । यसैलाई मध्यनजर गर्दै हामीले अघिल्लो कार्यकालमा नै पुस्तकालय स्थापनाको लागि सरकारसँग माग गरेका थियौ, फलस्वरुप अब केही समय पछि नै तयार हुँदैं छ । सरकारले हामीलाई जहिले पनि केही गर्दैनौ भनेर आरोप लगाइरहन्छ । साहित्यलाई सधैँ अनुत्पादन रुपमा हेर्ने गर्दछ । हामी कमाउने व्यपारी त होइनौ नि ? यो संस्थाले आर्थिक प्रतिफल भन्दा पनि प्राज्ञिक प्रतिफल कस्तो भयो भनेर हेर्नु पर्छ । यसको लागि त बजेट चाहिन्छ ।
हैन यसको लागि चाहिँ तपाईको कार्यकालमा ठोस योजना के छ त ?
प्राज्ञिक गतिविधि गर्नको लागि पनि बजेट त चाहिन्छ नै । यसको लागि अहिले हामीले एउटा योजना बनाएका छौं । यहाँ रहेका जमिनको सदुपयोग कसरी गर्ने, प्रकाशन भएका पुस्तकहरु पाठक समक्ष कसरी पु¥याउँने आदी कुराहरु हाम्रो आगामी आर्थिक वर्ष देखि लागु हुँदै छन् । के गर्दा प्राज्ञिक अस्तित्व र प्रज्ञिक पहिचान नगुमाइकन के कसरी यसबाट आय आर्जन गरेर प्राज्ञिक क्षेत्रमा लगानी गर्न सकिन्छ भनेर हामीले अध्ययन गरिरहेका छौ । सरकारले प्राज्ञिक क्षेत्रलाई लगानी गर्न निकै कन्जुस्याई गर्छ । र सरकारलाई प्रज्ञिक सामर्थ बुझाउँन जरुरी छ । यसको प्रयत्न हामी गरिरहेका छौं ।  
एकेडेमीद्धारा प्रकाशित पुस्तकहरु स्टोरमा कुहिन्छन् तर पाठक समक्ष पुग्दैनन् भन्छन् नि के यो साँचो हो त ?
यसलाई हामीले स्वीकार गर्नु पर्छ । यो सरकारी संस्था भएकोले यसको आफ्नै प्रकृया हुन्छ । त्यसकारण हाम्रा प्रकाशनहरु पाठक समक्ष पुग्न सकेका थिएनन्, यद्यपी हाल हामीले साझा प्रकाशनका प्रमुख डोलेन्द्र शर्मासँग सम्झौता गरेका छौं । हाम्रा प्रकाशनहरु साझामार्फत पाठकले प्राप्त  गर्न सक्नेछन् ।
साझा प्रकाशन त झन धरासायी अवस्थामा रहेको बुझिन्छ त ? अनि कसरी वितरण सहज होला र खै ?
हैन साझा प्रकाशन पनि लेखक साहित्यकारहरुकै संस्था भएकोले र केही व्यवस्थापन कमजोरीका कारण त्यस्तो भएको होला । अब डोलेन्द्र शर्माजीले निकै मेहनतका साथ अगाडि लैजाने प्रयत्न गरिरहनु भएको छ । अब त्यस्तो नहोला ।
नेपाली साहित्यलाई अन्र्तराष्ट्रिय बजारमा लैजाने केही योजना छैन ?
धेरै छन् । साहित्य एकेडेमी भारतसँग सहकार्य गरेका छौं र चिनका साहित्यिक संघ–सस्थासंग सहकार्य गरेका छौ । यस अन्र्तगत अनुवादका कार्यहरु पनि अगाडि वढिरहेका छन् । विभिन्न कारणले विदेशमा बसेर सिर्जना गरेका सामग्रीलाई हामीले गैरआवासिय नेपाली संघको सहकार्यमा रहेर काम गरिरहेका छौं । नेपाली साहित्यमा विदेशमा बसेर लेखनकार्य गरिरहेका डायस्पोरा साहित्यको बारेमा अध्ययन अनुसंन्धान गर्नको लागि डायस्पोरा डेक्सको स्थापना गरेका छौं । यसले आफ्नै पौरखले नेपाली भाषा साहित्यमा काम गरिरहेका नेपालीहरुको बारेमा उनीहरुको योगदानको बारेमा अभिलेख राख्ने क्रमको शुरुवात भएको छ ।
तपाईले सहकार्य त भन्नु भयो तर एउटा दैनिक पत्रिकामा लेख थियो गत वर्ष भारतको दिल्लीमा अन्र्तराष्ट्रिय पुस्तक प्रर्दशनीमा भारत सरकारले निशुल्क दिएको स्टलमा पनि नेपालको कुनै सहभागिता भएको रहेनछ किन होला त ?
सहभागिता नभएको होइन थोरै भएको मात्र हो । यहाँनेर एउटा टेक्निकल समस्या रहेछ जस्तो भारतका जे सामान पनि हामीले ल्याउन सक्ने तर हामीले लैजाने सामानहरुलाई भन्सारले रोकी दिने । त्यो के भने नेपाल सरकारले वाणिज्य सन्धीमा के–के सामान लैजाने भन्ने उल्लेख पुस्तक नपर्ने रहेछ, र नेपालमा भारतीय अखवारहरु आउने तर नेपाली अखवारहरु भारत जान नपाउने रहेछ । अहिले छलफल भएर त्यो दफामा सुधार भएको छ भन्ने सुनेको छु ।
अन्तमा नेपालपाटी डट कम मार्फत के भन्न चाहनु हुन्छ ?
पहिले त धन्यवाद भन्न चाहन्छु, हाम्रा कार्यहरुलाई पाठकसामू राख्ने मौका दिनु भएकोमा । दोश्रो हामीले गरेका हरेक कार्यहरुलाई चासो लिएर । यहाँबाट गरिने हरेका कार्यक्रममा उपस्थिति भएर हामीलाई सहयोग सल्लाह दिनुहोला । आज म छु भोलि कोही होला । मान्छे जीवनमा एकपटक अवसर पाउँछ । यस्तो अवसरलाई हामी चुक्न दिदैनौ । म लगायत मरो टिमले यसको प्रत्याभूति लेखक÷साहित्यकारलाई दिनेछ । हामी जोस र जागरका साथ अघि वढेका छौं ।
प्रस्तुति : छविरमण सिलवाल
http://nepalpati.com बाट सा

No comments:

Post a Comment