Monday, July 6, 2015

बाबुराम, प्रचण्ड सम्बन्ध विच्छेद गर- शैलेन्द्र घिमिरे


Shailendra_Ghimire
हेर्नेहरुले प्रचण्ड र बाबुरामलाई एकै झ्यालवाट हेर्थे । प्रचण्ड विना बाबुराम र बाबुराम विना प्रचण्ड न ब्याख्या हुन्थे न विष्लेषण । यी सिक्काका एकै पाटा र बाटा जस्तो लाग्दथे । नेपालको वाम आन्दोलनको यो नै सवैभन्दा परिणाममूखी सम्बन्ध थियो । यसले नेपालमा त्यस्तो उथलपुथलको श्रृजना गर्यो जो विश्वका कमै देशहरुमा देख्न र सुन्न पाइएको थियो । तर केही समय यता यो सम्बन्ध वेअर्थी भएको छ । जब सम्बन्ध जोडाइमा कुनै नयाँपन र जिवनको आभास हुँदैन यो गतिशिलताको विपरित हुन्छ , ठहरावको महशुस गर्छ र जोडिनुभन्दा तोडिनुमा जीवन देखिन्छ ।

प्रचण्ड बाबुरामको सम्बन्ध ठिक त्यही ठाँउमा छ , यो यहि अवस्थामा निरन्तर अगाडी जान सक्दैन । सम्बन्धको निरन्तरताका लागि बिस्मयकारी ढंगले आन्तरीक रशायनमा ठूलो फेरबदल तत्काल संभव देखिदैँन । यो तत्काल देश र दुनियाँका लागि एक कठिन समाचार होला । तर अब यो सम्बन्ध कि तोडिनु पर्दछ वा यसको आन्तरिक रशायनमा ब्यापक फेरबदल हुनुपर्दछ ।
सम्बन्ध जे का लागि बनेको थियो त्यसको एक चरण पुरा भएको छ । पछिल्लो समय विविध कारण उत्पन्न परिवेसले बुझाइमा बिविधता जन्माएको छ । विविधताले सहयात्रा जटिल वन्छ । सिद्धान्तले भन्छ,–असहमतिका विचमा सम्बन्ध निर्माण गरीरहनु भनेको कहीँ न कहिँ क्षमतालाई कैद गर्नु हो । आजका दिनमा प्रचण्ड बाबुराम सम्बन्ध अभिनयमा छ । तर जब, तिनीहरु आफन्तसँग कुनोको कुरोमा रल्लीन्छन् त्यहाँ कहिँ न कहिँ एक असन्तोष अभिव्यक्त भइरहेको छ ।
जन्नेहरुको बुझाइमा यो असन्तोषको स्तर मिठो छैन ।

नजरहरु एक अर्कोसँग निरन्तर षडयन्त्रको त्राषले आतंकित छन् । आतंकमा सम्बन्ध वनाउन  हुँदैन ,  यसले क्षमताको शिकार गर्छ । क्षमता शिकार बन्नु भनेको सकिनु नै हो त्यसकारण नसकिनका लागि सम्बन्ध बिच्छेद दुवै क्षमताको सदुपयोगका लागि सर्वोत्तम विकल्प हो ।
बाबुराम प्रचण्ड सम्वन्धले नेपालमा ल्याएको तरंग चानचुने थिएन र होइन । सम्बन्धका दुईपक्षले व्यक्तिगत ढंगले प्राप्त गरेको उपलब्धी पनि उत्कर्षको उपलव्धी हो । नेपालमा जन्मीएर त्यहाँभन्दा ठुलो भइदैन्थ्यो । तर शक्ति र सत्ता त्यस्तो चिज् हो जसले बुझाइमा बार मात्र लगाउँदैन त्यसको निरन्तर प्रप्तीको एक भयानक प्यास पनि जगाइदिन्छ । त्यो प्यास यो ठाउँमा दुवै तिर होला तर त्यो प्यास यहि अँखोराबाट पुरा हुनेमा प्रचण्डको विश्वास छ भने वावुरामले त्यो विश्वास गर्दैनन् । जब विश्वासहरु समान छैनन् तब एकै ठाँउमा बस्न सकिँदैन ,यो नै विज्ञान हो ।
बाबुराम र प्रचण्डकाबीचमा कति दुरी छ माक्र्सवादको कसिमा यो मापन गर्दा मिल्न सकिने ठाँउहरु प्रसस्त भए पनि जव, अन्तरमन वा भावनाको कुरा हुन्छ बाबुराम र प्रचण्ड लगभग विपरीत ध्रुवका फरक फरक यात्रीहरु जस्ता देखिन्छन् ।
त्यसो त एमाओवादीको विभाजन अगाडी नै प्रचण्ड र बाबुराम एकै स्थानमा बस्न नसकिने अवस्थामा पुगिसकेका थिए । तर, बाबुराम अडिए, किनकी त्यतीबेला बाबुरामलाई प्रधानमन्त्री बन्नका लागि प्रचण्ड अनिवार्य थिए । कम्युनिष्ट पार्टीमा रचीएको धोवीघाट एक गंभिर राजनैतिक र सांगठनिक विद्रोह थियो । प्रचण्ड यो विद्रोहका अगाडी लाचार थिए , किरण विभाजनको आधार हो भन्नेमा प्रष्ट थिए भने बाबुरामले यसलाई नेपालको राजनीतिमा विकल्प विहीन शक्तिशाली प्रधानमन्त्रीमा उदयको तयारी सम्झेका थिए । धोविघाटले किरणलाई विखण्डन तिर धकेल्यो । धोवीघाटको जगमा बनेका प्रधानमन्त्रीले त्यस्तो कुनै चमत्कार गरेनन् । फलत धोवीघाट अगाडीको बाबुराम सत्ताको प्रमुख हुँदैगर्दा थप निचोरीऐ र रस शुन्य बन्न पुगे । त्यसपछि बाबुराम प्रचण्ड एकता दुवैको बाध्यता बन्यो । बाबुराम आफैले संविधानसभा विघटनको आरोप बोकेर अलग पार्टी बनाइ चुनावमा जान संभव थिएन । प्रचण्ड किरणहरु बाहिरीएको अवस्थामा अर्को बाबुरामको झड्का झेल्न तयार थिएनन् । बाध्य प्रचण्डले बाबुरामलाई थुमथुमाउँदै संविधानसभा दुइको सामना गरे ।

baburam-prachanda1
संविधानसभा दुइमा पार्टीले नराम्रो हार बेहोर्यो । तत्काल दुवैले केही बोल्न सकेनन् तर, समय छिप्पीदाँै जाँदा बाबुराम लेनीनका नियममा संशोधनको माग गर्देै एमाओवादीको संगठनलाई नीति नियम बिनाको वनाउन तिर लागे । विराटनगरको सम्ममेलनबाट एमाओवादीले गति लिन सक्द्थ्यो र लिनु पर्दथ्यो । बाबुराम र प्रचण्डका कारण देशभरका कार्यकर्तामा विराटनगरवाट निराशा वितरण भयो ।

बाबुराम आफुले पनि संगठन बनाएनन र प्रचण्डलाई पनि संगठन बनाउन दिएनन् । परीणाम आन्दोलन भित्र बिग्रह छायो । पार्टीका प्रधिकारप्राप्त नेताका हैसियतले प्रचण्ड थप साधुँरा दखिन थाले । यो बाबुरामको आफु होचो भए पछि अरुको खुट्टा काट्ने सिद्धान्त थियो तर यसलाई अन्तरसंर्घषको मजेत्रोले छोप्ने कोशिष गरीयो ।
कुनै पनि आन्दोलनमा हुने बिग्रहवाट नेता प्रति आक्रोश पैदा हुन्छ भने आन्दोलन प्रति अविश्वास र अतित् प्रति पश्चताप । बाबुराम पार्टीभित्र यो अविश्वास र पश्चताप बढोस् भन्ने चाहन्छन् । यसले प्रचण्डले केहीगर्न नसकेकाले पार्टी विद्रोह आवश्यक भएको प्रमाणित गर्न सकिन्छ । आजको दिनमा बाबुरामका सारा प्रयत्नहरु प्रचण्डलाई असफल सिद्ध गर्ने बाहेक अरु उद्देश्यबाट निर्देशित छैनन् । यसका निम्ति काँग्रेस एमालेलाई पनि उनले प्रयोग गरेका छन् ।

अहिले महाभुकम्पको हवला दिँदै संविधान बनाउन लागिएको छ यो संबिधान कुनै पनि हालतमा एमाओवादीको इच्छा अनुसारको संविधान होइन ।
विराटनगरको सम्मेलनमा प्रचण्डले वर्तमान संविधानसभाबाट जनपक्षिय संविधान संभव नभएको भन्दै आवश्यक परे विद्रोहमा जान तयार हुनु पर्ने राजनैतिक प्रतिवेदन पेश गरेका थिए तर त्यसको विरोध गर्दै विद्रोहमा जान नसकीने मात्र होइन त्यो प्रस्ताव पास भए पार्टीमै नरहने र जसरी पनि संविधान बन्नुपर्ने प्रस्ताव वा माग बाबुरामले गरेका थिए । अन्ततः विभाजनको आतंकले प्रचण्ड बाबुरामको अगाडी निहुरीए र जसरी पनि सफल हुन पर्ने संवैधानिक राजनितकि संवाद तथा सहमति समितिका सभापति बनेका बाबुरामले संविधान बनेको जस पाइने लोभमा प्रचण्डको हातमा कांग्रेस एमालेको संविधान थमाइदिए ।
प्रचण्डलाई थाह थियो कांग्रेस एमालेले जनताका एजेण्डालाई सहज मान्न तयार हुने छैनन्, त्यसकारण प्रचण्डले तीस दलीय गठबन्धन बनाएका थिए । तीस दलीय गठबन्धन भित्र थुप्रै असहमती भएको भएपनि एक सहमती थियो जनपक्षिय संविधान बनाउनु । यसको केन्द्रीय मुद्दा थियो पहिचान , पार्टी पहिचानको पक्षमा सुस्पष्टै रहेको बेला बाबुरामले वहुपहिचानपछिको सामुुहिक पहिचानको कुरा गरे सिद्धान्ततः  यो कुरा ठिकै रहे पनि यसले मधेसवादी दलहरुलाई उहिल्यै उक्साइसकेको थियो । त्यतिमात्र होइन, बाबुरामले नै एमाओवादी र माओवादीकाबीचमा चलेको एकताको प्रसंगलाई अगाडी बढ्न नदिएका हुन् यदि बाबुराम दुई पार्टीकाबीचको एकताको पक्षमा खडा हुन्थे भने वैशाख १२ गते अगाडी नै दुई पार्टीबीच एकता सम्पन्न भइ सक्ने थियो । एकता बाबुरामको कारण रोकीएको हो । अहिलेपनि बाबुरामको सबैभन्दा ठूलो डर किरण नै हुन् । यो आँशिक ढंगले ठिक नै हो सरसरती हेर्दा एजेण्डा र विचारका हिसाबले बाबुराम र किरण मध्ये किरण नै प्रचण्डका निकट हुन संभव छ तर योसँगै के होइन भने किरण सधै प्रचण्डका पनि भएका छैनन् । बाबुरामलाई यसरी हेर्दा उनी एमाओवादीमै बसिरहलान् र भन्ने गंभिर आशंका जन्मनुलाई अन्यथा भन्न मिल्दैन ।
यो संगै चिया गफमा एक तर्क बाहिर आएको छ , त्यसमा कति सत्यता छ त्यो इतिहासले पुष्टिगर्ला तर भन्नेहरुले भनेका छन् वाम पृष्ठभूमिका तर वाम आन्दोलन प्रति विश्वास नभएकाहरुकाबीचमा भरखरै पार्टी एकता भएको छ त्यो भनेको मधेसी जनअधिकार फोरम र संघीय समाजवादी पार्टी , यीनकाबीचको एकता बाबुरामका लागि भारतले निर्माण गरेको प्लेटफर्म हो । अहिल्यै त्यसो भनिहाल्नु हतारो हुनेछ तर भन्नेहरुले भन्ने गरेका छन अशोक राई त्यसै वरिष्ठ नेता बसेर उपेन्द्र यादवलाई स्विकारेका होइनन् यो भारतको नेपालमा एक विश्वासिलो पार्टी निर्माण तिरको पहिलो पाइला हो । यदि राजनीतिको यो जग सहि हो भने एमाओवादीमा बाबुराम जहिले सम्म बस्नेछन् त्यो बेला सम्म बाबुरामको उद्देश्य एमाओवादीलाई नै कमजोर बनाउनु हुनेछ । त्यसो हुनु भन्दा हासीखुसी बाबुराम र प्रचण्ड बिछोडिनु नै यो आन्दोलनका लागि वेस हुनेछ । अहिले बाबुरामले छलफलका लागि भन्दै एमाओवादीका अध्यक्ष प्रचण्डलाई वुझाएको भनि बाहिर आएको नयाँ पार्टी र नयाँँ शक्तिका बारेको पत्र बाबुरामको अलग हुने दिशाको अन्तिम सुचना हो ।
http://www.khabardabali.com बाट साभार 

No comments:

Post a Comment