१२ साउन, काठमाडौं ।
मिसाइल म्यानको नामले सुपरिचीत भारतका ११ औं राष्ट्रपति एपीजे अब्दुल कलामको सोमबार भएको निधनले भारतमा ठूलो शोक छ ।
भारतका निकै सफल राष्ट्रपति कलामले आफ्नो सफलताको श्रेय आफ्नो आमालाई दिने गर्थे ।
मानव जीवनका निकै उत्प्रेरणारत सिद्धान्तका आविस्कारक उनले यस्ता सिद्धान्तहरु आविस्कार गरेका थिए जसले तपाईंको जीवनलाई प्रत्यक्ष प्रभाव पार्छ ।
यस्ता छन् उनका सिद्धान्त
१.जुन मानिस जेम्मेवार, सरल, र मेहनति हुन्छ उसलाई ईश्वरद्धारा विशेष सम्मान मिल्छ । किनकी त्यस्ता मानिस यस धर्तिमा इश्वरका श्रेष्ठ रचना हुन् ।
२. कसैको जीवन उज्यालिदेउ ।
३. अरुको आशिर्वाद प्राप्त गर्नुहोस्, माता–पिताको सेवा गर्नुहोस्, ठूला र शिक्षकको आदर गर्नुहोस् । आफ्नो देशसँग प्रेम गर्नुहोस् । यीनको विना जीवन अर्थहिन हुन्छ ।
४. दिनु सबैभन्दा उच्च एबं श्रेष्ठ गुण हो, यसलाई पूर्णता दिनको लागि यसका लागि क्षमा पनि हुनुपर्छ ।
५. कमसेकम दुई गरिव बच्चाको आत्मनिर्भर बनाउनको लागि उनको शिक्षाको लागि मद्दत गर्नुहोस् ।
६. सरलता र परिश्रमको मार्ग अपनाउनुहोस् जो सफलताको एकमात्रै बाटो हो ।
७. प्रकृतिसँग सिक्नुहोस् जहाँ सबै कुरा लुकेको हुन्छ ।
८. अनुहारमा सधै मुस्कुराहट जरुर हुन्छ । यसलाई सुरक्षित राख्नको लागि आफ्नो आत्मलाई सकारात्मक गुणको वस्त्रले ढाक्नुहोस् ।
९. समय, धैर्य र प्रकृतिमा सबै प्रकारको अप्ठेरोलाई टाढा राख्ने र सबै प्रकारको घाउहरुलाई निको पार्ने उत्कृष्ट चिकित्सा विज्ञान हुन्छ ।
१०. आफ्नो जीवनमा उच्चतम एवं श्रेष्ठ लक्ष राख्नुहोस् र त्यसलाई प्राप्त गर्नुहोस् ।
१२. प्रत्येक क्षण रचनात्मकको क्षण हो, यसलाई व्यर्थ नपार्नुहोस् ।
No comments:
Post a Comment