बिरक्तिएको माओवादी आन्दोलन– १
आफ्नो टाउको आफै हल्लाउनु पर्ने बेला
नेपाल कम्युनिष्ट पार्टीको स्थापना नेपालको राजनीतिमा एउटा युगान्तकारी परिघटना थियो । आजको नेपाली समाजको वर्ग दृष्टिकोण सहितको चेतनाले विभिन्न आरोह अवरोह हुँदै जुन स्थानमा आई पुगेको छ त्यसमा पक्कै पनि कम्युनिष्ट पार्टीको स्थापना र त्यसले चलाएको वर्ग संघर्षको भूमिका महत्वपूर्ण थियो भन्नेमा दुई मत नरहला ।
कम्युनिष्ट पार्टी स्थापनका यी झण्डै ६५ वर्षमा झापा आन्दोलनदेखि जनआन्दोलन– १ हुँदै जनयुद्ध र पुनः जनआन्दोलन– २ सम्म भयो । यसै क्रममा नेपालको कम्युनिष्ट आन्दोलनलाई एउटा भिन्नै मोडमा ल्याई पुर्याउन माओवादी आन्दोलनको पनि ठूलो योगदान रह्यो तर, समयकालले आज माओवादीका एजेन्डाहरुमा अरुले नै रजाईं गरिरहेको र स्वयंम माओवादी नेता कार्यकर्ताहरुमा यसले विकर्षण थपेको पाइन्छ । समाजमा तथा राजनीतिक आन्दोलनमा देखिएको यसखाले विचारको उद्भव कसरी हुन गयो भन्ने विषयमा हामीले राजनीतिज्ञ तथा अध्येताका रुपमा परिचित नाम विश्वभक्त दुलाल ‘आहूति’ लाई माअोवादी आन्दोलनको चिरफार गर्न आग्रह गरेका थियौं । सोही आग्रहलाई स्विकारेर आहूतिले केही महत्वपूर्ण विषयमाथि प्रकाश पार्नु भएको छ ।
बिरक्तिएको माओवादी आन्दोलन शीर्षकमा खबरडबलीमा हामीले माओवादी आन्दोलनका सकारात्मक नकारात्मक पाटाहरुको बारेमा झण्डै सात अंकसम्मको श्रङ्खला चलाउने भएका छौं । आइतबार र बुधबारका दिन हामीले आहूतिको दृष्टिबाट माओवादी आन्दोलनको लेखाजोखा गर्नेछौं । प्रवुद्ध वर्गलाई यस बसहमा सहभागी हुन हामी आग्रह गर्दछौं ।– सम्पादक
१. ‘पानी जहाजमा जब गडबडी आउँछ, सबैभन्दा पहिले मुसाहरु भाग्दछन्’ यो एउटा पुरानो प्रसिद्ध भनाई हो । अहिले नेपाली माओवादी आन्दोलनमा यस्तै गडबडी उत्पन्न भएको छ । अवसरवादी र कमसल क्रान्तिकारीहरुको भागदौड मच्चिएको छ । अवसरवादका थैलाजस्ता ढ्याके जिनिसहरु छिटो–छिटो कहाँ खान पाइन्छ, त्यतै हुलका हुलका सलहका भाँती टाप कस्दैछन् । विचारमा छिपछिपे अनि व्यक्तिगत समस्याको अक्करमा चुर्लुम्म फसेका क्रान्तिकारी नियतका व्यक्तिहरु अन्यौलग्रस्त भएर, निरासिएर, वैराग्गिएर, पथभ्रष्ट वा क्रान्तिविरोधी भएरसमेत व्यक्तिगत रुपमा वा झुण्ड–झुण्डमा दायाँबायाँ लागिरहेछन् । नेतृत्व र प्रभावका हिसाबले अझै मूल माओवादीका रुपमा रहेको एमाओवादीसहित विभिन्न भंङ्गालोमा विभक्त माओवादी समूहहरु समाधान गर्नै नसकिएका समस्याका गुजुल्टामा गुजुल्टिएर आफै थला परेका भूतपूर्व योद्धाहरुको झुण्ड झंै देखिन पुगेका छन् । यधपि मोहन वैद्य ‘किरण’ र नेत्रविक्रम चन्द ‘विप्लव’ बेलामौकामा झिल्का पार्न खोज्छन् तर, त्यो मिति पुगेको ब्याट्री घाममा सुकाएर टर्च बाल्ने प्रयत्न भन्दा बढी भएको छैन र हुने संभावना पनि छैन ।
एउटा कोणबाट हेर्दा यस्तो भान हुन्छ कि यथार्थमा नेपालमा कम्युनिष्ट आन्दोलन विसर्जन भयो । सिंगो विश्व वर्गसमाजको प्रत्ययवादी विश्व दृष्टिकोण विरुद्ध एक्लो खडा माक्र्सवादी दर्शनबारे छलफल, बहस र प्रयोगको सिलसिला संगठित रुपमा अवरुद्ध हुन पुगको छ । कम्युनिष्ट अलग अलग पहिचान सहितको राजनीति अहिले पहिचानसहितको राजनीति पुँजीवादी राजनीतिको सहयोगी बन्न पुगको छ । कम्युनिष्टको नैतिकता र सांस्कृतिक रुपान्तरणको विषय वास्तवमा विषय सूचिबाटै हराएका छन् । राष्ट्रिय स्वाधिन अर्थतन्त्र र विश्व साम्राज्यवादसँगको संघर्षको रणनीति पुराना दस्तावेजका पानामा धुलोभित्र छोपिन पुगेका छन् । कम्युनिष्टका वस्त्रमा यतिखेर दुईथरी मानिसहरु मस्त मुस्कानमा छन् । एकथरी ती हुन जसलाई थाहा छ हामी कम्युनिष्ट होइनौं तर अभिनय चाहिँ गरिरहनु पर्दछ र जीवन भने पुँजीवादी बिताउनु पर्छ भन्ने सोचिरहेछन्, उनीहरु आफ्नै ‘स्टाइल’मा मुस्कानरत छन् । अर्कोथरी ती हुन जसलाई आफूले त केही गर्नु छैन केवल प्रतिक्रिया व्यक्त गर्नुछ, उनीहरु चाहिँ कम्युनिष्ट भएरै केही जोखिम उठाएरै अगाडि जान चाहनेहरु असफल भए भनेर हाँसिरहेछन् । ती जडसूत्रवादी जमेको आहालमा रमाइरहेका अल्छी राँगोजस्ता प्राणीहरुको वर्तमानमा र भविष्यमा पनि खासै महत्व छैन ।
यस प्रकारको स्थिति १९/२० तलमाथि कसैले भन्न सक्ला तर समग्रतामा यही हो भन्ने सत्यलाई इन्कार गर्न कसैले सक्ने छैन । यस्तो अवस्था भनेको यथार्थमा संगठीत रुपमा कम्युनिष्ट आन्दोलनको विसर्जन नै हो । डा. बाबुराम भट्टराईले एकपटक भन्थे, ‘माक्र्सवादी नै काम गर्ने तर माक्र्सवादी चाहिँ नभने के हुन्छ ?’ यो भनाईसँगै बर्षमान पुन र मेरो आँखा जुधेको थियो । मैले आश्चर्यचकित हुँदै कम्युनिष्ट घोषणा पत्रको त्यो हरफ सम्झिएको थिएँ जहाँ लेखिएको छ, ‘सिद्धान्तको मामलामा कम्युनिष्टहरुले कहिलै ढाँटदैनन् ।’ हो, आज समाज र आन्दोलनको विश्लेषणमा ढाँटछल गर्नु कम्युनिष्ट नैतिकताको उल्लंघन नै हुन्छ । त्यसैले हामीले यो कुरा खुला रुपमा स्वीकार गर्नुपर्दछ कि संगठित रुपमा कम्युनिष्ट आन्दोलन अहिले तत्काल नेपालमा छैन, विसर्जन हुन पुगेको छ ।
संगठित रुपमा कम्युनिष्ट आन्दोलन विसर्जन भयो भन्ने निष्कर्षको अर्थ यो कदापी होइन कि नेपालमा कम्युनिष्ट आन्दोलन नै सिद्धियो । त्यो कदापि होइन । कम्युनिष्ट आन्दोलन छ तर व्यक्ति, साना–साना झुण्ड र व्यापक कम्युनिष्ट समर्थकमा यो आन्दोलन जीवित छ । आजको यस्तो विकलांग स्थितिमा पनि कम्युनिष्ट समर्थक जनता र बौद्धिक जमात नेपालमा जति अन्त कुनै देशमा छैन । यो स्थिति अन्तर्राष्ट्रिय कम्युनिष्ट संगठन ‘कोमिन्टर्न’ भंग हुँदा पनि संसारमा धेरै कम्युनिष्ट पार्टी जिवित थिए भने जस्तै वा केशरजंग रायमाझीले २०१७ सालको महेन्द्रको ‘कू’ लाई दिपावली गरेर पार्टी सिदयाए पनि नेपलामा कम्युनिष्ट र कम्युनिष्ट आन्दोलन थियो भने जस्तै हो ।
२.नेपाली कम्युनिष्ट आन्दोलनको आजको यसप्रकारको स्थिति भएको मान्दा सजिलै प्रश्नहरु उठ्ने गर्दछन । त्यसो भए के जनयुद्धसहित ६५ वर्षको कम्युनिष्ट आन्दोलन, त्यसमा गरिएका बलिदान र त्याग खेर गएका हुन् त ? त्यसो कदापि होइन । नेपालमा रहँदै आएको सामन्तवादी राजनैतिक र सामाजिक संरचना जुन आज आधारभूत रुपमा भत्किन पुगेको छ, त्यसको मुख्य श्रेय कम्युनिष्ट आन्दोलनलाई नै जान्छ । चाहे राणा शासन, चाहे पञ्चायत, चाहे त्यसपछिको परिवर्तनहरु तिनमा आधारभूत भूमिका कम्युनिष्ट र वामपन्थीहरुकै थियो । ६५ वर्षको सामन्तवादविरोधी आन्दोलनमा निर्णायक र सबैभन्दा शक्तिशाली धक्का भने जनयुद्धले दिएको थियो । जति हुनु पर्ने हो भएन तर जति भएका छन्, त्यो कम्युनिष्ट आन्दोलनको आधारभूत बलिदानीमाथि नै भएका हुन् । त्यसैले बलिदान खेर गयो भनेर सोच्ने दृष्टिकोण सही हुन सक्दैन ।
(एक) नेपाल राष्ट्र आज जतिसुकै असमान सन्धि र विदेशी प्रताडनामा रहे पनि यतिसम्म सार्वभौम रहनुमा मुख्य भूमिका कम्युनिष्टकै रहेको छ । (दुई) नेपालको २२ सय वर्ष पुरानो पारिवारिक राजतन्त्रको सिलसिलालाई अन्त्य गर्न मुख्य र निर्णायक भूमिका कम्युनिष्टको हो । (तीन) महिला, दलित, जनजति र मधेसीलगायतका सबै उत्पीडित समुदायलाई राजनीतिकरण गरी सामन्तवादविरोधी चेतनासहित संगठित गर्ने कामको मुख्य श्रेय कम्युनिष्टलाई जान्छ । (चार) रुढिग्रस्त नेपाली समाजलाई विज्ञान र भौतिकवादतिर आकर्षित गर्ने गरी आज जे जस्तो अवस्थामा समाज पुगेको छ, त्यसमा कम्युनिष्ट राजनीतिले प्रेरणाको काम गरेको हो । (पाँच) आज संविधानसभाबाट मौीलक हक अन्तर्गत पुँजीवादी आधारभूत अधिकारहरु जे जति व्यवस्था गर्न बाध्यात्मक अवस्था सिर्जना हुनुको मूल दबाब पनि कम्युनिष्ट आन्दोलन नै हो । त्यसकारण ६५ वर्ष पुरै उपलब्धीहीन भन्ने पटक्कै होइन, तर खोजेजस्तो लक्ष्यमा भने पुग्न नसकिएको यथार्थ पक्कै हो ।
३. धेरै मानिसहरुमा यो प्रश्न पनि बारम्बार उठ्ने गरेको छ कि यो शोषणरहित समाजवादी समाज हुँदै अगाडि बढ्न नै असम्भव छ कि के हो ? कहिले आउँछ त्यो मानवले खोजेको समाज ? यत्रो वर्ष लड्दा त केही भएन, सत्तामा पुगेपछि जस्ता मानिस पनि बिग्रने भएपछि कसरी हुन्छ यो ? पटक–पटकको हार, विकृति अनि समग्र माक्र्सवादी पद्धति विज्ञान र समाजविज्ञानको कमजोर जगका कारणले यो प्रश्न स्वभाविक नै छ । यस्तो प्रश्न लडिरहेका क्रान्तिकारीको हृदयमा पनि कतै न कतै रहिरहनेछ लामो कालसम्म किनभने त्यस्तो हुनबाट रोक्न सक्ने वातावरण समाजमा विद्यमान छ । जब त्यस्तो समाजवादी विश्व बन्न नदिने शक्तिहरु समाजमा विद्यमान हुन्छन् भने त्यो वस्तुगत परिस्थितिको एउटा अंग हो । वस्तुगत परिस्थितिमा त्यस्तो अवस्था रहेसम्म यसप्रकारको आशंका पनि मनहरुमा कुनै न कुनै रुपमा रहनु अस्वभाविक हुनै सक्दैन । तर, हामीले बुझ्न र छलफल गर्नै पर्ने विषय के हुन भने–
(क) आजको कणकणमा शोषण र व्यक्तिगत सम्पत्तिमा आधारित समाज आठ हजार वर्ष लागेर बनेको हो । यो आठ हजार वर्ष भनेको माटो पनि थिचिएर कम्तीमा फोस्रो ढुंगा बनिसक्ने अवधि हो । एकाध हजार वर्ष हिमाली क्षेत्र चाहार्दा शेर्पा जातिको वंशमा नै फोक्सो शक्तिशाली बन्यो, थारुले औलो पचाउने गरी शक्ति धारण ग¥यो भने आठ हजार वर्षमा शोषण र व्यक्तिगत सम्पत्ति एक स्तरको वंशानुमै प्रवेश गरिसकेको मान्न सकिने अवस्था हो । त्यस्तो फोस्रो ढुंगामै परिणत भैसकेको माटोलाई फेरि उब्जनी गर्न लायक माटोमा बदल्ने आन्दोलन हो कम्युनिष्ट आन्दोलन । वंशानुमै प्रवेश पाइसकेको स्तरमा पुगेको शोषण र निजी सम्पत्तिको लतबाट मुक्त गर्ने अभियान हो, कम्युनिष्ट आन्दोलन । तब यो सजिलै, एकदुई पुस्ता, सय दुई सय वर्षमा अन्तिम फत्ते हात परिहाल्छ भन्ने कुरा हुँदैहोइन । ८ हजार वर्षका विरुद्ध माक्र्सवादको जन्मपछि केवल १७० वर्षको कम्युनिष्ट आन्दोलन वास्तवमा ९ महिनाको शिशु मात्र हो । त्यो शिशु जो फुर्तीले उभिन खोज्छ तर लड्छ, हिँड्छ पनि केही पाइला तर फेरी पछारिन्छ । सपना सुन्दर छ कुद्ने, साहस पनि छ तर मेरुदण्ड र खुट्टाका हड्डीहरु कच्चा छन्, अनि सन्तुलनको अभ्यास छैन । त्यसैले पटक पटक लड्न शिशु बाध्य हुन्छ । तर, उसले प्रयत्न छाडदैन र अन्ततः हिँडिछाड्छ, दौडि छाड्छ । माक्र्सवादमा सच्चाई, विज्ञान र न्यायको ताकत भएको हुनाले यसले १७० वर्षमै शोषक समाजलाई हल्लाई दियो, खैलाबैला मच्चाईदियो । कुनै पनि अपराधको तयारी गर्दा शोषक वर्गले कम्युनिष्टको ‘भूत’ यतै कतै छ कि भनेर दिनरात सोच्नै पर्ने ठाँउमा पु¥याई दियो । गंभिरतापूर्वक शान्त भएर सोच्ने हो भने ८ हजार वर्षको भयानक नर–राक्षसका अगाडि नौ महिने शिशुले गर्न सक्ने यत्ति नै त हो । यसको अर्थ यो कदापी होइन कि त्यसो भए शोषणमुलक समाजको अन्त्य गर्न पनि ८ हजार वर्ष नै लाग्नेछ ? निश्चित रुपमा उत्पादक शक्ति र चेतनाको विकासले कम्युनिष्टको लक्ष्यतिरको यात्रा कम अवधिको तीव्र रुपमा हुँदैछ, तर फेरी कुनै पनि वस्तुको विकासले केही आवश्यक समय त अवश्य लिन्छ । अर्थात्, ८ हजार वर्ष पुरानो शोषण र निजी सम्पत्तिमा आधारित समाजलाई परिवर्तन गर्न केही सय वर्ष लाग्नुलाई स्वाभाविक मान्नु पर्दछ भन्ने नै यसको मूल आशय हो ।
(ख) आजको समाजमा हामी सबैलाई निजी सम्पत्ति, निजी स्वार्थ र लोभी बन्न सबैभन्दा बढी कसले सिकाउँछ ? जो सबैभन्दा आदरणीय, सबैभन्दा भरपर्दा र सबैभन्दा स्नेही आमा र बाबुले त्यो कुरा सिकाउँछन् । समाजका निम्ति सबैभन्दा घातक ज्ञान सबैभन्दा प्यारा मानिसले दिन्छन् । यो हामी हुर्कने वास्तविक र पहिलो विश्वविद्यालय हुने गरेको छ, त्यसपछिका ज्ञान भनेको मजबुत चट्टानमाथि आकाशे पानी झरे जत्तिकै हुन् । आकाशे पानीले चट्टान कति खियाउँछन् होला त ? हालत आम रुपमा यस्तै नै बन्दै जान्छ । यसरी हुर्केका हामी ज्ञान, चेतना, बाध्यता आदिका कारण पुरानो समाज माथि हस्तक्षेप त गर्छौं, तर पटक पटक थला पर्न पुग्छौं कहिले अवसरवादमा थल्लेर, कहिले निरासामा डुबेर आदि । त्यसकारण पटक पटक नेता कार्यकर्तामा फुत्त फुत्त प्रकट हुने अवसरवाद र भगुवापन हाम्रो समाजले सांस्कृतिक रुपमा विरासतमा हाम्रो दिमागमा थुपारेको भण्डारबाट मौका पाउने वित्तिकै निस्कने हो । त्यसकारण त नियतलाई होइन परिणामलाई मुख्य ध्यान दिनुपर्छ अनि विश्वाससँगै शंका पनि गर्नु पर्दछ भनेर माक्र्सवादले भनेको हो । कम्युनिष्ट अन्दोलनको एउटा आधारभूत अंग सांस्कृतिक रुपान्तरणको अन्दोलनले जबसम्म आमाहरुलाई, परिवारलाई, समाजलाई, निजी सम्पत्ति र निजी स्वार्थमा निर्लिप्त हुन प्रशिक्षण नदिने स्तरमा पु¥याउने छैन तबसम्म नेता कार्यकर्ता अचानक अवसरवादी, भ्रष्ट, भगुवा पैदा हुने क्रम रोकिने छैन, तीव्र रुपमा यो परिघटना घट्न थाल्ने छैन ।
(ग) आज संसारमा जुन पुँजीवादको हालीमुहाली गर्दैछ । यो जन्मेको पनि करिव ६०० वर्ष पुग्न आँट्यो । तर, अझै त्यसले सामन्तवादलाई पुरै उन्मुलन गर्न सकेको छैन । पुँजीवाद भनेको शोषणमुलक ८ हजार वर्षदेखिको समाज व्यवस्थाको प्रतिपक्षी व्यवस्था होइन, यसको दार्शनिक आधार पनि सामन्तवादबाट भिन्न होइन, केवल शोषण गर्ने मानिसको जमात फेर्ने र तरिका फेर्ने मात्र यसको काम हो तैपनि पूरै सामन्तवाद निमिट्यान्न अझै पार्न सकेन । एउटै मूल दर्शन र शोषणको लक्ष्य बोकेको पुँजीवादले सामन्तवादलाई परास्त गर्न त यति लामो अवधि लिँदैछ भने कम्युनिष्ट त दार्शनिक रुपमै विपरीत ध्रुवको आन्दोलन हो । कम्युनिष्ट आन्दोलनले त शोषण जन्माउने दार्शनिक र भौतिक आधार नै अन्त्य गर्नपर्नेछ अनि शोषणमा रमाउने मान्छेलाई अन्त्य गरेर शोषण गर्नै नरुचाउने, रुचाए पनि गर्नै नपर्ने नयाँ मान्छे र परिस्थिति निर्माण गर्नुछ । यो विश्वदृष्टिकोण नै परिवर्तनको आन्दोलन हो । त्यसैले पनि यो पटक पटक उठ्ने फेरी भत्किने हुँदै नै जान्छ । यो समाजविज्ञानको नियम आत्मसात् गर्नुको कुनै क्रान्तिकारी अर्को विकल्प नै छैन ।
(घ) आज संसारमा पुँजीवाद सफल मानिएको छ तर के ऊ संकटबाट मुक्त छ ? मुठ्ठीभर पुँजीपति र तिनका प्रतिनिधिको भोग विलासको निम्ति सिंगो एसिया, ल्याटिन अमेरिका र अफ्रिकाका मानिसको भागमा भोक, युद्ध र अशान्ति पस्केको छ । तेल र ग्यासको कब्जाको निम्ति निर्दोष जनताको लासको खात लगाउँदैछ । सबैभन्दा विकसित भनिएका देशका जनतालई खेताला माहुरीमा परिणत गरिंदैछ जसको काम वस्तु उत्पादन गर्नुबाहेक अरु केही छैन । घरदेखि काम र कामदेखि घरसम्मको यात्रामै जीवन मेसिन जसरी समाप्त पार्न मानिसलाई बाध्य पारिंदैछ । तिनै खेताला माहुरीमा परिणत गरिएका करोडौं जनतालाई तह लगाउन उनीहरुकै गास काटेर हतियार बनाईंदैछ । पुँजीवादले ज्ञान, शरिर, विवेक सबै सबैलाई बेचेर मानिसलाई एउटा विकाउ वस्तुमा परिणत गरिदिएको छ । आज विकसित भनिएका देशका वहुसंख्यक मानिसको जीवनको उद्देश्य नै हराउन थालेको छ । मानवीय भातृत्वको विघटन र मेसिनीकरणले एउटा अत्यासलाग्दो निस्सासीबीच उनीहरु विकल्प खोज्न थालेका छन् । अर्को विकाशशील र विकाशोन्मुख भनिएका देशका जनता भोक, रोगबाट आक्रान्त छन् । पुँजीवादले के समस्या हल ग¥यो त ? भौतिक विकासको अजंङ्गको अध्यायमुनी मानवीय सत्वको भातृत्व र स्वतन्त्रता किचकाच पारेर दुनियाँको ९० प्रतिशत मानिसको लुट १० प्रतिशतले गरिरहेको भयानक यथार्थबाहेक पुँजीवादले के दिइरहेको छ ? अर्कोतिर आफ्नो नाफाको निम्ति उत्पादन गरिएका प्रत्येक प्रविधिले क्रान्तिचेतना नभएका मानिसलाई समेत क्रान्तितिर लगिरहेछ । सञ्चारले विश्व श्रमजीवी जनतालाई सिधै सम्पर्कमा जोडिदिएको छ । ज्ञान र चेतनाको भण्डारमाथिको शोषकवर्गको एकाधिकार कमजोर हुँदैछ । एउटै कम्प्युटर लाखौँ रुपैयाँको पुस्तक बोक्न सक्ने भएका छन् । कृषि, उद्योग, सञ्चार, भाषा आदिमा भएको व्यापक प्रगति र फैलावटले पँुजीपतिवर्ग धनी त हुँदैछ, साथै आम जनताका निम्ति पनि क्रान्तिका निम्ति साधन उपलब्ध गराउँदै छ । आज संसारभरी पुँजीवादी सुनको पिंजडामा मानिस छटपटाइरहेका छन् । संसारमा सानासाना धेरै चर्चामा नआउने क्रान्तिमा हजारौं कामहरु भइरहेका छन् । एउटा विशाल क्रान्ति र परिवर्तनको तयारी यसरी नै भइरहेको हुन्छ, आज त्यहि भइरहेको छ । पुँजीवादविरुद्धको यो भुसभित्रको आगो कुनै पनि बेला दावानलमा परिणत हुन सक्छन्, अन्ततः भएरै छाड्छ । यो समाज परिवर्तनको स्वाभाविक तर अवश्यम्भावी नियमलाई आत्मसात गर्न जरुरी छ ।
(ङ) पुँजीवादी विश्वले पृथ्वीको अकल्पनीय दोहन र नाफाका निम्ति पर्यावरणमाथि खेलबाड गरेर सिंगो पृथ्वी र मानव जातीको आयु कम बनाइरहेछ । समाजवादी विश्वक्रान्तिको निम्ति यो मुद्दा अनिवार्य रुपमा गम्भीर अर्थ लाग्ने गरी जोडिनेछ, जोडिन थालिसकेको छ । जहाँ नाफाका लागि, व्यक्तिको सुविधानको लागि जे पनि गर्न पाउने व्यवस्था रहन्छ, त्यहाँ पर्यावरणको रक्षा सम्भव नै छैन । समाज र समुदायको हित प्रमुख रहने समाजले मात्र पृथ्वी र पर्यावरणको रक्षा सम्भव छ र मानव जातीको रक्षा सम्भव छ । त्यसप्रकारको व्यवस्था व्यक्तिगत पुँजीले शासन गर्ने पुँजीवादमा असम्भव छ । समाजवादबाहेक पर्यावरण र मानवको रक्षा गर्ने दीर्घकालीन समाज व्यवस्था अरु हुन सम्भव नै छैन । यो चेतना आज कम्युनिष्ट विरोधी मानवताको पक्षमा काम गर्ने अधिकारकर्मीहरुमा समेत आइसकेको छ । पर्यावरण र मानव अस्तित्वको रक्षाका निम्ति सिंगो मानव समाजले समाजवादबाहेक अर्को विकल्प खोजेर केही वर्ष गल्ती गर्न सक्लान् तर सधैं गल्ती गर्न सक्दैन । यो यस्तो सवाल हो जुन बिस्तारै पुँजीवादको एउटा गतिलो कालका रुपमा स्थापित हुदै जाँदो छ ।
यसप्रकार आज फेरि कम्युनिष्ट क्रान्तिकारीहरुले आफूलाई विसर्जित अवस्थाबाट बग्राउन उपरोक्त आजका र ऐतिहासिक वैज्ञानिक तथ्यहरुबाट सुसज्जित हुने अभियानले पुनः एकपल्ट अभियान थाल्नैपर्ने भएको छ ।
४. आज नेपाली कम्युनिष्ट आन्दोलन चारैतिर अन्यौल, असन्तुष्टि, निराशा र चिन्ताको भुमरीमा फस्न पुगेको छ । यो चिन्तालाई चिन्तनमा रुपान्तरण नगरेसम्म खोजिएको बाटो देखिनेवाला पनि छैन । चिन्तालाई चिन्तनमा बदल्ने भनेको आफैले आफ्नो दिमागमा बन्द गरिराखेको ढोकाहरु खोल्ने हो, साँचो भेटिएन भने साँचो खोज्न सबैतिर चाहार्ने हो । सजिलै घरभित्र पस्न पाउञ्जेल नयाँ ढोकाको खोजी हुँदैन, ढोका खुल्ला होउञ्जेल साँचोको खोजी पनि गरिँदैन । धेरै क्रान्तिकारीले आफूलाई सबैभन्दा अनुकुल काममा मात्र अभ्यस्त गर्ने गरेका हुन्छन् । धेरैले वैचारिक काममा ध्यान दिएका हुन्नन्, केवल मन परेको नेतालाई समर्थन गरेर नै काम चलाइरहेका हुन्छन् । कतिलाई पढ्न मन लाग्दैन, कतिलाई लेख्न झ्याउ लाग्छ । एक थरीलाई आर्थिक जिम्मेवारी लिनै मन लाग्दैन, अर्कोथरीलाई भाषण गर्न मन लाग्दैन, आदि । आफ्नो यस्तो स्वभाव र रुचिका कारण अरु गर्नैपर्ने र गर्दा सक्ने दिमागका सबै ढोका बन्द गरेको अवस्था रहने गरेको छ । सब कुरा आन्दोलनमा आभारभूप रुपमा ठीक हुँदा त ठीकै मान्न पनि सकिएला तर अब त संकट नै पर्यो अनि के गर्ने त ? परम्परागत नेपाली गृहिणी महिलालाई लोग्ने रहुञ्जेल त ठीकै थियो होला तर लोग्ने मर्यो, बौलायो या अर्को टिपेर भाग्यो । तब काममा बाहिर ननिस्की कसरी जीवन प्रगतिमा जान्छ ? जानै सक्दैन । ती महिलाले आफ्नो दिमागमा बाहिरको काम गर्न नजाने भनी बन्द गरेको ढोका खोल्नैपर्छ ।
आज आम नेपाली कम्युनिष्ट क्रान्तिकारीहरुका आगडि त्यही परम्परागत घरेलु महिलाको नियति आइलागेको छ । संकट पर्यो अब त्यसैले सबैले आफ्नो दिमागको सबै ढोका खोल्न थाल्नु पर्ने भएको छ । बुझिआएको, मानिआएको धेरैजस्तो अवधारणा र नीतिले हावा खाइसके, विश्वास गरिआएका धेरै पात्रहरु शिशाझैं झर्याम झुरुम आफ्नै आँखा अगाडि सोत्तर भैसके । तपाईंले सबैभन्दा आदर, विश्वास गरेको नेताले, सिद्धान्तकारले व्यवहारद्वारा भनिसक्यो, म ‘स्याखिने बाख्रो हो, मैले दिने दुध यति आधा चौथाई मात्र हो’, अनि तपाईंले चाहिँ त्यही बाख्रोलाई, ‘होइन तँ होलस्टोन विकासे गाइ नै होस्, तैंले चालीस किलो दुध नै दिनुपर्छ ।’ भनेर जिद्दी गरिरहनुको के अर्थ छ ?
इतिहासमा व्यक्तिहरुको सकारात्मक वा नकारात्मक कामको मूल्याङ्कन हुनैपर्छ, गर्दै जानुपर्छ तर कुनै पनि व्यक्तिलाईं सरापेर मात्र उपलब्धी हुनेवाला केही पनि छैन । कुनै पथभ्रष्ट भएको नेतालाई गाली मात्र गरेर समय खर्चनु भनेको रोगले चाँडै मरेका बाउआमालाई सराप्नु जस्तै हो । कोही रोगी छ भने उपचार गर्ने हो, उपचार गर्न असाध्य भए अरुलाई रोग सर्न नदिने हो । कठोर नै हुन्छ तर विज्ञान यही नै हो ।
त्यसैले आज दर्शनमा पटक्कै रुचि नभएकाले पनि साँच्चै के हो आधारभूत दर्शन बुझ्न खोज्नैपर्ने, वैचारिक काम अरुका निम्ति ठेक्का दिएर ‘सोच्ने दाइहरुले हो, हामी त खुट्टा हौं लागु गर्ने !’ भनी सोच्नेले पनि वैचारिक काममा रुचि जगाउनै पर्ने भएको छ । लेख्न, बोल्न रुची नहुनेले पनि केही न केहि लेख्ने, केही न केही बोल्न थाल्नै पर्ने भएको छ । कतिसम्म पारंगत भइएला थाहा छैन, तर दर्शनको जिम्मा अब मोहन बैद्यको मात्र होइन, राजनीति एवंम विकासको मोडलको जिम्मा प्रचण्ड, बाबुराम वा नारायणकाजीको मात्र हुन सक्दैन । सौन्दर्यशास्त्रको ठेक्का निनु चापागाईंं वा ऋषिराज बरालको मात्र बनाउन सकिंदैन….. यस्तै यस्तै हरेक कुरामा कोही कसैको नाम अब आँखा चिम्लेर सिफारिस गर्न सकिंदैन । यसको अर्थको कसैको व्यक्तिगत क्षमता र योगदानको अवमुल्यन होइन, बरु आलोचनात्मक भएर आफ्नै विवेकसम्मत ज्ञानद्वारा हर चीजमा सबैले माक्र्सवादको पद्धतिविज्ञानले भने जस्तै हस्तक्षेप गर्न आफूलाई तयार पार्ने भनेको हो । यो सधैंभरी र आज सबै भन्दा जरुरी कुरा हो ।
५.आज हजारौं शहीद, हजारौं बेपत्ता परिवार र हजारौं घाइते अनि लाखौं पीडित परिवार र कार्यकर्तालाई भौतिक रुपमा केही व्यवस्था गरेर सन्तुष्ट पार्न वा समस्या समाधान गर्न संभव छैन । जनता त नदी हो, त्यसमा अङ्खोराको पानी थप्नुको अर्थ छैन, नदीलाई प्रेम गर्नु भनेको जंगललाई बचाएर पानीको मुहानलाई रक्षा गर्नु हो, त्यो काम भनेको कम्युनिष्ट आन्दोलनलाई बचाएर जनतालाई खुसी पार्नु हो, उत्साहित पार्ने हो । आफ्नो एकबारको दुःखी जिन्दगी कुन नेपालीले आफ्नै पौरखले घिसारेको छैन र ? कुनै पार्टी र माक्र्सवाद नभए पनि जनताले दुःखी जिन्दगी जिएकै हो, जिउँदै जाने छ । चासो र चिन्ता त परिवर्तनको हो । क्रान्तिबाट दिक्क भएर अरबमा भेंडा चराइरहेको माओवादी वा अर्को विचारको युवाले ज्यान धान्न कसैलाई गुहार मागेको छैन, उसलाई त चिन्ता छ नेपाल र सन्ततीको गर्वीलो प्रगतिको । त्यसको निम्ति उ जहिल्यै पनि मर्न तयार थियो, तयार छ । त्यसैले क्रान्तिकारीहरुले कम्युनिष्ट आन्दोलन बनाउन लाग्नु नै मुख्य कार्यभार हो ।
इतिहासमा जुन जुन पार्टी र व्यक्तिले जेजे भूमिका खेलेका भए पनि आजको कम्युनिष्ट आन्दोलनको एकमात्र हस्तक्षेपकारी मूल हिस्सा भनेको माओवादी आन्दोलन नै हो । यो पनि सही हो कि एमालेलगायतका पार्टीहरुमा पनि सच्चा कम्युनिष्ट रहिरहन चाहने व्यक्तिहरु थुप्रै छन् । त्यसैगरी स्वतन्त्र रुपमा रहेका ठूलो जमात पनि कम्युनिष्ट आन्दोलन निर्माणको निम्ति माओवादी आन्दोलन तिर नै फर्केर चासोका साथ हेरिरहेको छ । यस स्थितिमा माओवादी पार्टी भित्रका सकारात्मक र नकारात्मक आधारभूत सबै पाटा पक्षको गम्भिर सिंहावलोकन सहित निष्कर्ष निकाल्नु आजको प्राथमिक महत्वको काम हो । पुर्वाग्रह र भावुकता दुबै नै बस्तुवादी सिंहावलोकनका दुस्मन हुन् । यी दुवै दुस्मनबाट अधिकतम बचेर समस्याहरुको अध्ययनमा प्रवेश गर्नै पर्दछ । माओले भनेका छन, ‘सबैसँग एउटा टाउको छ, आफ्नो टाउको आफै हल्लाउ !’ हो, आज सबै कम्युनिष्ट क्रान्तिकारीहरुले आफ्नो टाउको आफै हल्लाएर हस्तक्षेप शुरु गर्नु पर्ने समय आएको छ । के हामी तयार छौ ?
======================================
विरक्तिएको माओवादी आन्दोलन– २
बहुमत, भिन्नमत र गुटको तातो तावा
आज माओवादी आन्दोलनमा जुन गुटवन्दी र उप–गुटवन्दीको अराजकता व्याप्त छ त्यसलाई हल गर्न बहुमत– अल्पमत र भिन्नमतको परिचालनमा भएको ऐतिहासिक गल्तिबारे छलफल गरी नयाँ संस्लेषणतिर नलाग्ने हो भने माओवादी आन्दोलनको संगठनात्मक क्षेत्रलाई थप टुक्रा टुक्रा हुनबाट कसैले जोगाउन सक्दैन र षडयन्त्रमा आधारित कार्यशैलीबारे पुनरविचार नगर्ने हो भने नयाँ बन्ने टुक्रा समूहलाई पनि थप अति साना टुक्रामा विभाजित हुनबाट कसैले रोक्न सम्भव छैन ।
१. लेनिनको नेतृत्वमा क्रान्ति सम्पन्न गर्ने पार्टीको नाम रुसी सामाजिक जनवादी पार्टी (बोल्सेभिक) थियो । रुसी भाषामा बोल्सेभिकको अर्थ बहुमत र मेन्सेविकको अर्थ अल्पमत हो । पार्टीको नाम नै बहुमत राख्नु के सही हो ? पार्टीको नाम त्यसको कार्यक्षेत्र, राष्ट्रियता र उद्देश्य झल्काउन प्राय राखिन्छ तर वोल्सेभिक न त कार्यक्षेत्र, न त राष्ट्रियता, न त उद्देश्य हो । बोल्सेभिक अर्थात बहुमत भनेको खास विषयमा पार्टी भित्र वा समाजमा प्रकट हुने संख्यात्मक बढी अंक हो । त्यहाँ भन्दा बढी केही पनि होइन । बहुमत भनेको सत्य होइन, न त अल्पमत भनेको असत्य र बेठीक हो । लेनिनको पार्टीमा खास विषयमा अर्थात् अग्रदस्ताको पार्टी बनाउने कि आम जनपार्टी बनाउने भन्ने विषयमा मतदान हुँदा अग्रदस्ता बनाउनुपर्छ भन्ने लेनिनको मतका पक्षमा बहुमत जुट्यो । तर, त्यसैको आधारमा पार्टीकै नाम ‘बोल्सेभिक’ राख्नु जताबाट हेरेपनि गैर सैद्धान्तिक कार्य हो । तर, लेनिनहरुले यो कार्य गरेको देखियो । रुसी कम्युनिष्टले गरेको यो गैर सैद्धान्तिक कामले दुनियाभर र नेपालमा कस्तो परिणामलाई प्रोत्साहित ग¥यो भन्ने कुरा आगामी अनुच्छेदमा चर्चा गरिनेछ । यसरी आफ्नो टाउको आफै हल्लाएर सोच्ने भन्नुको मतलब नेपालको आन्दोलन भित्रको मात्र होइन बरु कम्युनिष्ट प्राधिकारहरुको कदमबारे समेत आवश्यक आलोचनात्मक दृष्टिकोण अपनाउन तयार हुनु भनेको हो । हो, आफ्नो ज्ञान र सिमाले भ्याएसम्म हामीले आफूलाई त्यसका निम्ति तयार पार्नै पर्दछ ।
नेपालमा जब यो बोल्सेभिक भन्ने शब्द आइपुग्यो, त्यो एउटा अवधारणा जस्तो बन्यो र ‘बोल्सेभिक स्पिरिटमा काम गर्नु पर्छ’ भन्न थालियो । कतिपयले भन्दछन्– ‘बोल्सेभिक स्पिरिट भनेको त क्रान्तिकारी वा लेनिनवादी स्पिरिट भनेको हो ।’ त्यसै हो भने त सिधै क्रान्तिकारी वा लेनिनवादी स्पिरिट भने भै हाल्यो त । कुरा त्यति सरल होइन । लेनिनहरु कसरी मेन्सेभिकलाई परास्त गरेर बोल्सेभिक बन्नु भयो भन्ने इतिहासको कथा कण्ठ गराउँदै ‘बोल्सेभिक स्पिरिट’ भनिएको हो । यो विषय विस्तारै एउटा अवधारणा जस्तो बन्न पुग्यो । अर्थात बोल्सेभिक याने बहुमत हुनु भनेको लेनिनवादी वा क्रान्तिकारी हुनु हो । क्रान्तिकारी हुनु ठिक हो, त्यसैले आफू बोल्सेभिक हुने हो । क्रमसः यो विकास भएर बहुमत हुनु नै सत्य हुनु, ठीक हुनु हो भन्ने तहमा पुग्यो र संगठनात्मक जीवनमा जसरी पनि विधि, प्रक्रिया, नैतिकता मिचेर भए पनि बहुमत बन्ने दौड लगातार चल्दै आयो । यो नेपाली कम्युनिष्ट आन्दोलनमा निकै नै ठूलो रोगका रुपमा विकसित हुन पुगेको छ । र यो रोग माओवादी आन्दोलनमा सैनपल्टेको घाउ झै सधैैभरी दुखिरहेछ ।
२. कुनै पनि समाज वा संगठनमा कुनै पनि विषयमा सबै मानिसको एउटै मत नहुने संभावना नै बढी हुन्छ । तर कामलाई अगाडी बढाउन एउटा जे भए पनि निर्णय लिनै पर्ने बाध्यता रहन्छ । त्यसकारणले गर्दा नै कुनै समितिमा रहेका सबैभन्दा बढी मानिस जता छन् त्यसलाई निर्णय मानी संगठनलाई अकर्मण्य हुनबाट जोगाउन बहुमतद्वारा निर्णय गर्ने परिपाटी सुरु हुन पुगेको हो । बहुमत हुने वित्तिकै ठीक र सत्य भन्ने अर्थमा बहुमत–अल्पमत गर्ने परिपाटी बसेकै होइन । आज संसारभरी आदर्शवादी विश्व दृष्टिकोण बोक्ने मानिस बहुमतमा छन्, के ती सही हुन् त ? प्रष्ट छ, होइन् ।
कुनै पार्टी वा संगठनमा बहुमत र अल्पमत सँगै खुसीका साथ कुन अवस्थामा के कारणले बस्दछन ? वा कुन अवस्थामा सँगै बस्नै सक्दैनन् ?
पार्टी वा संगठनमा आधारभूत दार्शनिक, वैचारिक र रणनैतिक विषयमा एउटै मतमा रहेसम्म मात्र उनीहरु सँगै बस्न सक्दछन्, आधारभूत विषयमै प्रष्ट अन्तर भयो भने उनीहरुबीच सँगै बस्ने पद्धति लागु हुन संभव नै छैन, त्यस अवस्थामा अलग हुनु स्वाभाविक र अनिवार्य बन्दछ । यदि आधारभूत दार्शनिक, वैचारिक र राजनीतिक विषयमा एउटै मत छ तर, त्यसलाई लागु गर्ने सवालमा अर्थात् त्यसका कार्यनीतिहरुमा अन्तर छ भने उनीहरु बहुमत–अल्पमतका आधारमा निर्णय र काम गर्दै मित्रतापूर्ण ढङले सँगै बस्न सक्छन् ।
त्यस्तो अवस्थामा बहुमत पक्षले आफ्नो मत ठीक लाग्दालाग्दै पनि अल्पमतले राखेको विचार ठीक पनि हुन सक्छ भनी आत्मसात गरेर अल्पमतलाई पनि हार्दिकता पूर्वक सँगै काममा लिएर जानु आफ्नो अनिवार्य कर्तव्य ठान्दछ । र, अल्पमतले चाहीँ बहुमतको निर्णय त बेठीक छ तर आफूजस्तै व्यक्तिहरुको बहुसंख्याको विचार भएकाले ठीक हुन पनि सक्तछ, यदि लागु गर्दा बेठिक परिणाम आएमा आफूले भनेको कुरा आजको बहुमतले भोली मान्नुपर्नेछ, भन्ने समझदारीका साथ खुसी खुसी बहुमतको निर्णय लागु गर्न तयार हुन्छ । यदि बहुमत र अल्पमत दुबैले एकले अर्कालाई शंकाको फाइदा दिँदैनन् भने उनीहरुमा सँगै बस्दा सुमधुरता सुरु हुन संभवै छैन । यसप्रकारको बहुमत–अल्पमतको सम्बन्धमा थोरै पनि बैमानीले धेरै गडवढी निम्त्याउने निश्चिित छ । यथार्थमा बहुमत–अल्पमत सम्बन्ध निकै नाजुक र संवेदनशिल नै रहन्छ किनकी विचार र भावना सिधै जोडिएको हुन्छ ।
नेपालको कम्युनिष्ट आन्दोलनमा बहुमत–अल्पमतको द्वन्द्धात्मक सम्बन्धलाई पुरै विकृत बनाइएको पाइयो । पहिलो, बहुमतमा पुग्न वैचारिक विषय मात्रै होइन अन्य अनगिन्ती उपायहरुको अवलम्बन गर्न थाल्ने गरिन्छ, जसलाई अर्को पक्षले स्वतः षड्यन्त्रको रुपमा बुझ्न पुग्दछ र अनावश्यक प्रतिशोधको जन्म हुन पुग्दछ ।
जनवादी केन्द्रियताको लेनिनवादी सिद्वान्तले बहुमत अल्पमतको विधिलाई सैद्वान्तिक र आधारभूत पद्धतिमा दिशानिर्देश गरेको छ । त्यसमा समय अनुसार थप परिमार्जन जरुरी हुन्छ नै । तर, नेपालको कम्युनिष्ट आन्दोलनमा बहुमत–अल्पमतको द्वन्द्धात्मक सम्बन्धलाई पुरै विकृत बनाइएको पाइयो । पहिलो, बहुमतमा पुग्न वैचारिक विषय मात्रै होइन अन्य अनगिन्ती उपायहरुको अवलम्बन गर्न थाल्ने गरिन्छ, जसलाई अर्को पक्षले स्वतः षड्यन्त्रको रुपमा बुझ्न पुग्दछ र अनावश्यक प्रतिशोधको जन्म हुन पुग्दछ । दोस्रो, बहुमतमा पुग्नेले आफूलाई शतप्रतिशत ठीक घोषणा गर्दछ र अल्पमतलाई शतप्रतिशत बेठिक घोषणा गर्दछ । तीन, बहुमतले स्वतः कार्यालय सम्हाल्ने हुँदा उसले आफूलाई सत्ताधारी ठान्न थाल्दछ । त्यसपछि बहुमतले आफ्नो सङ्ख्यात्मक बाहुबल प्रयोग गरेर अल्पमत पक्षलाई त्यतिमात्र संगठनात्मक पहुँच दिन तयार हुन्छ जतिबाट आफुनो बहुमतिय सत्तालाई कुनै खतरा उन्पन्न हुँदैन । के कुरा स्वभाविक हुन्छ भने– पार्टी वा संगठनको निर्णय कुतैबाट लागु हुने कुरामा बाधा नहोस् भन्ने कुरालाई ख्याल गर्नै पर्दछ, त्यसको निम्ती बहुमतले अल्पमत पक्षलाई षड्यन्त्र गरेर होइन नीतिगत रुपमा सहमतिमा लिएर त्यो क्रियान्वयनको अनुकुलता सृजना गर्ने हो । तर नेपालमा आम रुपमा विल्कुल षड्यन्त्रको कार्यशैली अपनाउने गरिएको छ । जसरी हुन्छ नीति निर्माण गर्ने थलो होस् या सामान्य मोर्चा संगठन सबैमा अल्पमतलाई कुँज्याएरै राख्ने खेलमा बहुमत निरन्तर मस्त रहन्छ । अनि खास खास पद विभाजनको बेला त्यो स्थिति निकै नै डरलाग्दो ढंगले प्रकट हुन्छ । राज्यसत्तामा पुगेको बेला त त्यो लाजघिन समेत सबै फालेर नाङ्गेझार हुनेगरि देखापर्छ ।
केही समय अगाडि एमाओवादीको एउटा जनसंगठनको सम्मेलनमा बुहमत प्रतिनिधिले विगत ३० वर्षदेखि त्यही क्षेत्रमा क्रियाशिल व्यक्तिलाई अध्यक्ष बनाउन चाहे । पार्टी नेतृत्वसँग हुँदैन भन्ने कुनै तर्क पनि थिएन तर सबै पद्धतीलाई उल्लघंन गरेर पुरै जुद्धशमशेरको पारा निकालेर जबरजस्ती अर्को व्यक्तिलाई अध्यक्ष घोषणा गरियो । अध्यक्ष घोषणा गरिएका व्यक्तिको योग्यता क्षमता आफ्नो ठाउँमा छ । तर बहुमतले बनाउने इच्छा गरेको व्यक्तिलाई किन नबनाउने भन्ने कुराको उत्तर कहीँ पनि नदिई नबनाउन मिल्छ कि मिल्दैन ? वास्तवमा मिल्दैनथ्यो, तर गरियो । त्यसरी बताउँदै नबताई किन उनलाई बन्न दिइएन त भन्दा आयोग्यता बताउन केही पनि थिएन । त्यसो भए किन बनाइएन त भन्दा उनले कुनै समय बहुमतको विचार भन्दा केही मामलामा कुनै समयमा फरक मत राखेका थिए । अझ विडम्बनापूर्ण यसैसँग जोडिएको रोचक अर्को घटना पनि भनिहालौं । त्यो जनसंगठनको सम्मेलन सकिए पछि त्यस संगठनबाट स्वेच्छिक अवकास लिएर आफ्नो धौलागिरी अञ्चलमा पर्ने गृह जिल्ला फर्केका एक कार्यकर्तालाई त्यस जिल्लाको पार्टी जिल्ला कमिटीको प्रमुखमा जिल्लाका बहुसंख्यकले निर्वाचित गर्न चाहे तर माथिबाट आएका ईन्चार्जले ती कार्यकर्तालाई सिधै भने, ‘तर्पाईलाई बनाउन सकिँदैन, किन भने तपाईले फलानो जनसंगठनको सम्मेलनमा फलानो फरक विचार राख्नेलाई समर्थन गर्नु भएको थियो’ अब पुगेन त भारी ? बहुमत–अल्पमत सम्बन्धको आम रुपमा वास्तविक चित्र माओवादी आन्दोलनमा जति तितो लागे पनि यही नै हो ।
जब एउटा व्यक्ति बीस/तीस/चालिस वर्ष मेहनत गरेर खास विषयमा नेतृत्व गर्न सक्ने हैसियतमा पुग्छ, सम्भावना पनि प्राकृतिक ढङ्गले पैदा हुन्छ तर फरक विचार राखेकै कारणले उसलाई वलात् त्यो भूमिका पाउनबाट रोकिन्छ भने त्यो व्यक्तिका अगाडि तीनवटा विकल्प मात्र बाँकी रहन्छ । एक, विचारमा आत्मसमर्पण गर्नु । दुई, राजनैतिक जीवनबाट अलग हुनु र तीन, त्यो पार्टी छोड्नु । उसले आफ्नो फरक विचारमा दृढ रहेसम्म उसको प्रतिभा, क्षमता र योगदान मूताविकको भूमिका कहिले नपाउने निश्चित भए पछि उ त्यहाँ किन बसिरहन्छ ? यो एउटा निकै संवेदनशील गम्भीर प्रश्न हो ।
केही वर्ष अगाडि कुनै पत्रकारले पत्रिकामा पार्टीको बहुमतलाई ‘संस्थापन पक्ष’ भनेर लेखिदियो, त्यसपछि सबैजसो पार्टीभित्र संस्थापन र भिन्नमत भन्ने अवधारणा प्रचलित बन्न पुग्यो । हुँदा हुँदा त एमाओवादी पार्टीमा तीन महिना अघि गैरकम्युनिष्ट पार्टी मधेसी जनाधिकार फोरमबाट आएका व्यक्ति प्रचण्डको पक्षमा देखिएकाले संस्थापन पक्ष हुन पुगे तर विगत तीन दशकदेखि कम्युनिष्ट आन्दोलन बनाउन क्रियाशील बाबुराम भट्टराई चाहिँ अ–संस्थापन हुन पुगे । यस्तो लगातारको परिघटना घटित हुने परिस्थिति बन्न पुग्यो ।
कम्युनिष्ट आन्दोलनमा दृढतापूर्वक भिन्न मत राख्ने व्यक्ति वाध्य भएर गुट बनाउनु पर्ने स्थितिमा पुग्नु पर्ने परिवेश बन्न पुगेको छ । भिन्न मत राख्ने वित्तिकै उसलाई कमिटिहरुबाट हटाउने, पदोन्नतीमा सिन्डिकेट लागू गर्ने र आर्थिक रुपमा समेत नाकाबन्दी हुन थाले पछि या त उसले विचारमा आत्मसमर्पण गर्नु पर्ने हुन्छ या त आफ्नो सुरक्षाका निम्ती शक्ति आर्जन गर्न गुट बनाउने वा संरक्षण गर्न सक्ने गुट तिर लाग्नु पर्ने हुन्छ ।
बहुमतले आफूलाई शतप्रतिशत सत्य, संस्थापन ठान्दै जाँदा पार्टीभित्रको उ शासक ठान्न थाल्ने र अल्पमतलाई शासन गर्ने मानसिकता विकसित भएको छ । जब कि माक्र्सवादले एक वर्गले आर्को वर्गमाथि शासन गर्ने भनेको हो । के बहुमत र अल्पमत भेनका फरक फरक परस्पर विरोधी वर्गहरु हुन् त ? होइनन् भने यस विषयमा गम्भीर ढंगले पुर्नविचार जरुरी छ । कम्युनिष्ट आन्दोलनमा दृढतापूर्वक भिन्न मत राख्ने व्यक्ति वाध्य भएर गुट बनाउनु पर्ने स्थितिमा पुग्नु पर्ने परिवेश बन्न पुगेको छ । भिन्न मत राख्ने वित्तिकै उसलाई कमिटिहरुबाट हटाउने, पदोन्नतीमा सिन्डिकेट लागू गर्ने र आर्थिक रुपमा समेत नाकाबन्दी हुन थाले पछि या त उसले विचारमा आत्मसमर्पण गर्नु पर्ने हुन्छ या त आफ्नो सुरक्षाका निम्ती शक्ति आर्जन गर्न गुट बनाउने वा संरक्षण गर्न सक्ने गुट तिर लाग्नु पर्ने हुन्छ । यो वास्तवमा दुर्भाग्यपूर्ण पटक पटक दोहोरिएर आएको परिघटना हो । विचारणीय कुरा के छ भने माक्र्सवादले गुटको कारण अवसरवाद र निम्न पुँजीवादी अधैर्यता हो भन्छ । तर नेपालमा माक्र्सवादी त्यस सैद्धान्तिक मान्यताको अलावा बहुमतको दमनका कारणले पनि गुट मौलाउने प्रक्रिया एउटा नयाँ संस्लेषण नै गर्नु पर्ने स्तरमा विकसित हुन पुगेको छ । मानिस एक स्थुल भौतिक वस्तु मात्र भए त प्राविधिक रुपमा भिन्न मतको समस्या हल हुन्थ्यो होला । तर मानिस त व्यक्तिगत अहम् र भावना सहितको विकसित पदार्थको जटिल रुप भएकाले तर्क, तथ्य र व्यवहारको न्यानोपन सहित प्राविधिक उपचार गरे मात्र प्रसन्न हुने रहेछ । स्थुल पदार्थ र भावना एवंम अहम् सहितको पदार्थ मानिसबीचको अन्तरवारे हामीले थप माक्र्सवादलाई बिकसित गर्नु पर्ने आवश्यकता छ । त्यसबारे उपयुक्त समयमा चिन्तन गर्दै जानु ठिक हुन्छ ।
वर्गीय समाज अझ नेपाल जस्तो निम्न मध्यम र मध्यम वर्गको चिन्तन संस्कृतिमा हालिमुहाली भएको समाजमा अवसरवादका जराहरु स्वभाविक रुपमा छ्याप छ्याप्ती छन्, हुन्छन र अवसरवादी रुझान र प्रवृतिहरुले अनेक कोणबाट स्वतः पार्टीलाई कमजोर पार्ने गतिविधि गर्छन नै । तिनै गतिविधि मध्य एक हो गुटवन्दी र बहुमतको नाममा दमनकारी निरन्तरको प्रक्रियाले अवसरवादलाई र पिडित क्रान्तिकारीलाई समेत गुटवन्दीको निरन्तर प्रक्रियामा जान मलजल पुगिरहेको छ । पार्टी वा संगठनको बहुमतले अल्पमत वा भिन्नमतमाथि निषेधको बाटो अख्तियार गरेपछि अल्पमत वा भिन्नमतले स्वतः आफ्नो रक्षाको निम्ति मोर्चावन्दी गर्न थाल्छ । त्यसमा अवसरवादलाई त राम्रो अवसर मिल्छ नै, पीडित क्रान्तिकारीहरु पनि त्यही अवसरवादी प्रक्रियामा मिसिन पुग्ने परिवेश बन्न पुग्दछ । नेपालको अधिकांश गुटवन्दीहरुमा यस्तै देखिने गरेको छ ।
बहुमत पक्षका स्तर नमिल्ने नेता/कार्यकर्ता अल्पमतबारे के गर्ने भनी सल्लाह गर्न छुट्टै बस्छन् भने त्यो गुटबन्दीबाहेक अरु के हो त ? यस्तो व्यवहार हेर्दा नेपालका कम्युनिष्ट पार्टीका बहुमत स्वयंममा सबैभन्दा ठूला गुटका रुपमा चलिरहेका, चल्दै आएको प्रस्टै देखिन्छ ।
बहुमत पक्षले आधिकारीक मञ्चहरु र समितिहरु प्रयोग गर्ने भएकाले बहुमत पक्षका नेताकार्यकर्तालाई आफूले पार्टी चलाएको हो गुट चलाएको होइन भन्ने भ्रम परिरहन्छ । तर, जब बहुमतले अल्पमतलाई विभिन्न अप्राकृतिक नाकाबन्दी लगाउने योजना बनाउँछ भने बहुमत स्वयं सबैभन्दा ठूलो गुट बन्न पुग्दछ । गुट भनेको बहुमत र अल्पमत होइन बरु अर्को विचार र प्रवृत्तिलाई पद्धतीसम्मत ढङ्गले होइन कि अलग छुट्टै सल्लाह गरेर षड्यन्त्रकारी तरिकाद्वारा तल पार्ने योजना बनाउने थलो वा प्रक्रिया नै गुट हो । बहुमत पक्षका स्तर नमिल्ने नेता/कार्यकर्ता अल्पमतबारे के गर्ने भनी सल्लाह गर्न छुट्टै बस्छन् भने त्यो गुटबन्दीबाहेक अरु के हो त ? यस्तो व्यवहार हेर्दा नेपालका कम्युनिष्ट पार्टीका बहुमत स्वयंममा सबैभन्दा ठूला गुटका रुपमा चलिरहेका, चल्दै आएको प्रस्टै देखिन्छ । आजभोली भनिने गैह्र सैद्धान्तिक शब्द ‘संस्थापन पक्ष’ नै ठूलो गुटको रुपमा चल्छ भने अरु गुटहरु जन्मिनु स्वाभाविक छ ।
यसप्रकार नेपाली कम्युनिष्ट आन्दोलनमा बहुमत र अल्पमत एकआपसमा सारमा एकअर्काको पुरकको रुपमा नभई एक अर्काविरुद्ध षड्यन्त्रकारी हर्कतमा व्यस्त गुटहरु बन्ने गरेका छन । जबकी जनवादी केन्द्रीयताको लेनिनवादी सिद्धान्तले बहुमत र अल्पमतलाई एकआपसका पुरक एवं स्वस्थ प्रतिस्पर्धी बनाउन चाहेको हो । वास्तवमा आज माओवादी कम्युनिष्ट आन्दोलनले स्विकार्नै पर्दछ कि कम्युनिष्ट पार्टीभित्रको फरक मत बारेको कार्यशैली मुलतः षड्यन्त्रमा आधारित छ । आफ्नै वर्ग अझ एउटै पार्टीभित्र नै षड्यन्त्रको कार्यशैली मुल प्रवृत्ति भएर संस्थागत हुनु भनेको माक्र्सवाद होइन, अवसरवाद मात्र पनि होइन, यो सिधै प्रतिक्रियावाद हो । जसको लक्ष्य विचारको परिवर्तन नभई केवल सत्ताप्राप्ति मात्र हुन्छ ।
२०४७/४८ तिर रुपचन्द्र बिष्टले आफ्ना सहकर्मीलाई नेपाल कम्युनिष्ट पार्टी (जनमुखी) का नाममा त्यतिबेलाको नेकपा (एकता केन्द्र)मा सामेल गराइदिँदै गर्दा उनले आफ्ना सहकर्मीलाई भनेका थिए, ‘तँ भातेले फेरी कम्युनिष्ट पार्टीको काम गर्ने तरिका अर्कै हुन्छ बुझ्नु, हाम्रो जस्तो हुँदैन त्यहाँ । त्यहाँ त अन्तै बसेर निर्णय गरेर बैठकमा आउने गर्छन् नि, बुझिराख !’ वास्तवमा रुपचन्द्र बिष्टले त्यतिबेला आफ्नै शैलीमा व्यक्त गरेको यथार्थ कति सान्दर्भिक छ, अब सबैले आत्मसात गर्नुपर्ने भएको छ ।
गुटबन्दीको स्रोत के हो ? निश्चित रुपमा गुटबन्दीको सैद्धान्तिक स्रोत अवसरवाद र निम्न पुँजीवादी अधैर्यता नै हो ।
नेपालमा एकपटक गुट बनेपछि त्यो स्थायी शिविरमा परिणत हुने गरेका छन् र दशकौंसम्म खास गुटका समर्थक त्यहि गुटमा रहने गरेका छन् । त्यतिमात्र होइन, आफ्नो स्थायी गुटको नेताको मृत्यु भयो भने त्यसको स्थायी समर्थकले राजनीति नै छोड्ने वा सदाकाल नयाँ नेतृत्वको स्थायी आलोचक बनेर जीवन धान्ने गरेको पनि भेटिन्छ । यो गजबको परिघटना हो । एउटा नेताले जीवनभर कहिले गल्ती नगर्ने कसरी हुन्छ अनि एउटा स्वस्थ समर्थकले त्यो नेताको सधैंभरी, सबै विषयमा समर्थन कसरी गर्न पुग्छ ? यो हुनै नसक्ने कुरा हो तर कम्युनिष्ट आन्दोलनमा निरन्तर सिद्धान्त जस्तै यो परिघटना घटित छ । ३५ वर्षअघि प्रचण्डको विचार मनपराउने मान्छे २०७२ सम्म सबै विषयमा जबकि स्वयंम प्रचण्डले गल्ती भयो भनेको विषयमा समेत सधैं समर्थक कसरी हुन्छ ? त्यसैगरी बाबुरामको, नारायणकाजीको इत्यादि । यो माक्र्सवाद हुनै सक्दैन । यो दुर्भाग्यपूर्ण सिलसिलाका पछाडी आलोचनात्मक चेतसहितको माक्र्सवादी नेता, कार्यकर्ता नहुर्काउने विरासत मुख्य रुपमा जिम्मेवार त सैद्धान्तिक रुपमा छँदै छ, यसबाहेक फरक मतका विरुद्ध गरिने शिविरबन्दी, त्यस शिविर भित्र निर्माण हुने भावनात्मक अनुराग तथा भौतिक व्यवस्थापनको आवश्यकताले ठूलो भूमिका खेल्ने गरेको छ । एकपटक राम कार्की ‘पार्थ’ले भन्थे, ‘म पनि अलग समूह बनाउन चाहन्छु तर भोलीपल्टदेखि कार्यकर्ताले घर चलाउने पैसा माग्छन् अनि कसरी बनाउने ?’ स्थायी शिविर बन्दीको नकारात्मक सहायक महत्वपूर्ण पक्ष यस भनाईमा गतिलो गरी अभिव्यक्त भएको छ ।
गुटबन्दीको स्रोत के हो ? निश्चित रुपमा गुटबन्दीको सैद्धान्तिक स्रोत अवसरवाद र निम्न पुँजीवादी अधैर्यता नै हो । तर नेपालमा बहुमत र अल्पमत वा भिन्न मत बीचको स्वस्थ द्वद्वात्मक सम्बन्धलाई ठिक ढङ्गले परिचालन नगर्दा पनि गुट जन्मिने, मौलाउने र स्थायी शिविरबन्दीमा परिणत हुने गरेका छन् । चाहे त्यो बहुमत नामको गुटबन्दी होस्, चाहे त्यो अल्पमत वा भिन्न मत नामको गुटबन्दी । मानिस एक पटक गुटवन्दीमा प्रवेश गरेपछि त्यसबाट निस्कन निक्कै गारो छ । गुटमा रमाउँदै जाने प्रक्रिया नै वेगवान हुने रहेछ । त्यसो किन हुन्छ ? एक, गुटमा लागेपछि योग्यता, क्षमता र योगदान जे भएपनि गुटको प्रतिनिधिका रुपमा सुविधा पाउने ढोका खुल्छ । दुई, गुटमा लागेपछि सांस्कृतिक रुपान्तरण हुन जरुरी हुँदैन । गुटले सांस्कृतिक अग्रगामी रुपान्तरणको माग गर्दैन । तीन, गुटमा लागेपछि समग्र पार्टीको अनुशासन मान्न उ बाध्य हुँदैन । चार, गुटको अस्तित्वको लागि उसका आफ्ना भौतिक आवश्यकता गुटले पुरा गरिदिन्छ । र, पाँच, निरन्तरको निकटताले भावना अनुरागमा उ बाधिदै जान्छ । यो विषय बहुमत, अल्पमत वा भिन्न मतका नाममा रहने सबै गुटका सम्बन्धमा हो । केही उदाहरण यस्ता छन्– एमाओवादीको एउटा वर्गिय संगठनका फरक प्रवृति बोक्ने चार जना केन्द्रीय सदस्यलाई केन्द्रीय समितिको वैठक नै नबसी अञ्चल स्तरको कमिटिले निस्कासन गरि दियो । यो दुनियामा प्रतिक्रियावादी संगठनमा पनि कहीँ नमिल्ने कुरा हो । त्यसविरुद्ध पार्टी केन्द्रीय समितिमा समेत बारम्बार कुरा उठ्यो, उजुरी दर्ता भयो । तर, गल्ती गर्नेलाई कार्यवाही त के अञ्चल स्तरको कमिटिद्वारा बिना आरोप निस्काशनमा परेका केन्द्रीय सदस्यको पुनर्रवाहाली समेत भएन । किन ? किनकी त्यसरी निकाल्नेहरु बहुमत गुटका हर्ताकर्ता थिए, अनुशासन र विधी मान्नु परेन । अनि त्यसै गरी सभासद न्युक्ति गर्दा पार्टी सदस्यता नै नभएका व्यक्ति समेत परे किनकी ती खास गुटको कोटामा थिए । त्यस्ता हजारौं घटनाहरु छन् जुन गुटबन्दीका परिणाम हुन् र जसले पार्टीलाई क्रमशः मन्द विष लागेको मानिस झै मर्दै जान्छ ।
यसकारण आज माओवादी आन्दोलनमा जुन गुटवन्दी र उप–गुटवन्दीको अराजकता व्याप्त छ त्यसलाई हल गर्न बहुमत– अल्पमत र भिन्नमतको परिचालनमा भएको ऐतिहासिक गल्तिबारे छलफल गरी नयाँ संस्लेषणतिर नलाग्ने हो भने माओवादी आन्दोलनको संगठनात्मक क्षेत्रलाई थप टुक्रा टुक्रा हुनबाट कसैले जोगाउन सक्दैन र षडयन्त्रमा आधारित कार्यशैलीबारे पुनरविचार नगर्ने हो भने नयाँ बन्ने टुक्रा समूहलाई पनि थप अति साना टुक्रामा विभाजित हुनबाट कसैले रोक्न सम्भव छैन । मैले बाबुराम भट्टराईलाई एकपटक भनेको थिएँ ‘तपाई र प्रचण्ड कसरी मिल्न सक्नु हुन्छ जबकी ठिक बेठिक जे भए पनि धोविघाट गठबन्धन नगरेको भए मलाई प्रधानमन्त्री बन्न दिँदैनथेँ भन्ने विषय छलफलमा ल्याउनै तयार हुनुहुन्न ।’ त्यसैगरी प्रचण्डलाई भनेको थिएँ, ‘तपाई मलाई माया त गर्नु हुन्छ तर मेरो असाध्धै मन प¥यो भनेको विचार पनि तपाई आफ्नो परम्परागत विश्वासिलो पात्र मार्फत नआएमा अन्तिम स्विकृति त दिनुहुन्न !’
के यी विषयमा नयाँ छलफल र संस्लेषण जरुरी छन् । मेरो विचारमा अघि बढ्न अर्को विकल्प छैन् ।
====================================
विरक्तिएको माओवादी आन्दोलन–३:
अपारदर्शिताको जङ्गलको यात्राबाट निस्कौँ !
यदि सच्चा कम्युनिष्ट आन्दोलन उनीहरू चाहन्छन् भने उनीहरु पारदर्शीताबारेको बहस, नीति निर्माण र व्यवहारमा जान सबैभन्दा पहिले तयार होउन् । नत्र भने अपारदर्शीहरुको एकताले महा अपारदर्शी पार्टी जन्मिदैन भन्ने ग्यारेन्टी के? अनि सर्वत्रले आरोप लगाएर भन्ने गरे झैं , ‘भ्रष्टहरुले नयाँ शक्ति थप भ्रस्टाचार गर्न बनाउलान् ‘ भनी कसैले भन्यो भने त्यसको जवाफ के ?
१. विश्व विजयको यात्रामा निस्केका युनानका अलेक्जेण्डर जब गंगा मैदानमा आएर विजयी भएर फर्किन सकेनन्, त्यसपछि तत्कालिन भारतको शक्तिको कारण के हो भनी अध्ययन गर्न उनले आफ्ना राजनीतिक दूत भारत पठाए । गंगा सभ्यताका कुशाग्र बौद्धिक चाणक्यको निर्देशनमा चलिरहेको तत्कालिन राज्यमा ती युनानी दूत चाणक्यलाई भेट्न उनको कुटीमा पुगे । ती युनानी दूत कुटीमा प्रवेश गर्ने वित्तिकै चाणक्यले बलिरहेको दीयो निभाई अर्को दीयो बालेर दूतलाई स्वागत गरे । उस्तै किसिमको देखिने दीयो निभाई अर्को बालेको देखेर दूतले त्यसको कारण सोध्दा चाणक्यले भने, ‘अघिसम्म म व्यक्तिगत काममा थिएँ , त्यसैले मेरो लागि उपलब्ध गराइएको तेलले दीयो बाल्दै थिएँ । अब म राज्यको काममा लागें, त्यसैले राज्यको खर्चमा बल्ने दीयो सल्काएँ।’ यो देखेपछि ती युनानी दूतले भारतको शक्तिको श्रोत त्यसका सञ्चालकको आर्थिक अनुशासन हो भनी लेखी पठाएका थिए । इतिहासमा चर्चित यो प्रशंग सबै प्रकारको संगठनका नेतृत्वपंक्तिका हकमा सर्वकालीक महत्व राख्ने खालको छ । तर नेपाली कम्युनिष्ट र माओवादी आन्दोलन यस दृष्टान्तको कसीमा राखेर हेर्ने प्रयत्न ग¥यो भने आर्थिक अनुशासन आधारभूत रुपमा निराशाजनक रहँदै आएको छर्लङ छ ।
२०४६ सालअघि कम्युनिष्ट पार्टीमा आर्थिक हिसाव किताव दुई वटा कारणले गर्दा बेहिसाव रहने गरेको पाइन्छ । एक, आर्थिक रुपमा सधैँजसो विकराल अभाव हरने र बचत अपवादमा मात्र रहने अवस्थाले गर्दा हिसाव–कितावको पारदर्शिता सामान्यतया विषय नै बन्ने स्थिति थिएन । दुई, पारदर्शी ढंगले लिखित रुपमा त्यो पनि स्वीकृत लेखाको नियमअनुसार राख्नको निम्ति एकातिर ज्ञानको अभाव, अर्कोतिर बुर्जुवा प्रणालीप्रति घृणाले पनि उपेक्षाको विषय बन्दथ्यो । तर कम्युनिष्ट पार्टीले त्यतिवेला गरेको व्यवसाय र ‘मनी एक्सन’ बाट जम्मा ठुलो धनराशी बारे भने सधैँ नै विवादहरु हुने गरेका थिए र ती विवादलाई राजनैतिक–प्रशासनिक तवरले थामथुम पार्ने चलन नै थियो । त्यतबेेलाको भूमिगत कालमा कतिपय यस्ता नेता पनि कतै कतै पाइन्थे जो भित्री कपडा किनेको सुची पनि माग्ने गर्दथे । त्यो फेरी अर्को संकिर्णता र अतिवाद थियो । यसप्रकार अघि बढेको नेपाली कम्युनिष्ट आन्दोलनको आर्थिक अपारदर्शिताको घाँसे मैदान आज विकसित भएर घना जङ्गलका रुपमा झाङ्गिन पुगेको छ ।
आज माओवादी आन्दोलनमा छेऊ न टुप्पोको एकताको कुरामा रमाउनेहरु र नयाँ शक्तिको सिद्दान्तहीन सपना बाँड्नेहरू यो अपारदर्शिताको जङ्गलमा कहाँनेर छन् भनी खोज्नैपर्छ ।
२. माओवादी शान्ति प्रक्रियामा प्रवेश गरेपछि हजारौं नेता कार्यकर्ता अकश्मात झैं राजधानी र सदरमुकाम केन्द्रित हुन पुगे । हिजोको युद्धकालमा अपनाइएका आर्थिक संकलन र वितरणको कार्यप्रणाली स्वतः भत्किन थाल्यो । त्यो स्वभाविक पनि थियो । अवैधानिकताका अप्ठेयाराका साथमा केही सप्ठ्यारा पनि हुन्छन् तर ती सप्ठ्यारा वैधानिकतामा आएपछि अप्ठ्यारामा बदलिन सुरु गरे । आर्थिक उपार्जन पनि जनयुद्धकै एउटा प्रमुख अंग थियो, अब युद्ध नरहेपछि त्यो प्रमुख अङ्गमा संकट स्वतः उत्पन्न भयो । प्रतिध्रुविय शक्तिहरुसँगको द्वन्द्वगत सहकार्यका लागि नेता पंक्तिलाई राजधानीय खर्च चाहियो, त्यसैगरी राजधानी र सदरमुकाम केन्द्रीत हजारौं पूर्णकालीन कार्यकर्ताको व्यवस्थापन खर्च आवश्यक बन्यो । त्यसैगरी हजारौंको जनमुक्ति सेनाको खर्च त थिँदैथियो । वास्तवमा यहीँ नेर व्यवस्थापनको पारदर्शी नीतिनिर्माण हुन नसक्दा नै आजको अपारदर्शीताको जङ्गल खडा हुन सुरु भएको थियो । युद्धकालीन धेरै किसिमका व्यवस्था फेर्नुपर्ने वाध्यता तर शान्तिकालिन आवश्यक नीति निर्माणमा शुन्यता– त्यो अवस्था वास्तवमा ऐतिहासिक दुर्घटना थियो ।
३.संसदिय व्यवस्था पचाएर बसेका ठुला ठुला पार्टीसँग प्रतिस्पर्धामा जानु पर्ने आवश्यक्ताले गर्दा माओवादी नेतृत्व पंक्तिले आर्थिक संकलनलाई मेहनतपूर्वक ध्यान दिनु विल्कुल ठिक र आवश्यक कदम थियो । त्यसअनुसार नेतृत्व पंक्तिले धेरै प्रकारका उपायहरु अबलम्बन ग¥यो । तर जुन स्तरमा आर्थिक संकलनका उपायहरु खोजिए, त्यही स्तरमा पार्टीभित्र त्यसलाई संस्थागत र पारदर्शी ढंगले ढुकुटीकरण अनि वितरणको नीति एंव योजना बनाउँनतिर लागिएन । त्यसको परिणाम के हुन पुग्यो भने सानो होस् या ठूलो ढुकुटी र आर्थिक श्रोत निश्चित व्यक्तिहरुको अधिनमा रहने अनि वितरण पनि तिनै व्यक्तिको स्वविवेकमा हुने स्थिति बन्न पुग्यो । आर्थिक प्रणालीमा पार्टी पद्दति ध्वस्त हुने श्रंङ्खला माथिबाट सुरू भएको यही क्रम तलसम्म आइपुग्यो । यो स्थिति आर्थिक अनियमितताका निम्ति गतिलो रंगमञ्च बन्न पुग्यो ।
यो दुर्भाग्यपूर्ण प्रकृयाले जुन गुटमा जो जो व्यक्ति ढुकुटी निर्माण प्रकृयामा जति सफल भए, तिनै व्यक्ति त्यस गुटमा र अन्ततः सिंगै पार्टीमा शक्तिशाली बन्ने स्थिति पैदा भयो ।
शान्ति प्रक्रियाको केही समयपछि नै विस्तारै गुटबन्दीका साना साना झट्का हुँदै संविधानसभाको पहिलो निर्वाचनसम्म ठूलै गतिलै क्रियात्मक आकार गुटबन्दीले ग्रहण गरिसकेको थियो । कुनै विचारको भिन्नताले त कुनै निम्न पुँजिवादी स्वार्थका कारण गुटहरु बलवान हुने कार्य तीव्र हुन पुग्यो । गुटहरु बलवान हुने क्रमसँगै आर्थिक गतिविधिमा गुटकरणको सिलसिला पनि बढ्न थाल्यो । गुटकरणको तीव्रताले गुटैपच्छे आर्थिक ढुकुटी र श्रोत जसरी हुन्छ बढाउने दौड पनि सुरु भयो । सबै गतिविधि गुटको दलदलमा फस्न पुगेपछि सिंगो पार्टीमा आर्थिक प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउँनु पर्ने आवश्यक्ता क्रमशः कार्यसूचीबाट गायब हुन थाल्यो । यो दुर्भाग्यपूर्ण प्रकृयाले जुन गुटमा जो जो व्यक्ति ढुकुटी निर्माण प्रकृयामा जति सफल भए, तिनै व्यक्ति त्यस गुटमा र अन्ततः सिंगै पार्टीमा शक्तिशाली बन्ने स्थिति पैदा भयो । अब नियम र पद्दतिमा होइन कुनै पनि संगठन वा व्यक्तिलाई पैसाको आवश्यकता हुँदा खास खास व्यक्तिलाई मनाउन वा रिझउनुपर्ने विचित्रको परिस्थिति तयार भयो ।
दुई दुई चो टीको सरकारमा सामेली र धेरै प्रकारको अस्पष्टता र आर्थिक अराजकताको बीचमा विस्तारै काखी काखीबाट दादका फोका जस्ता भ्रष्ट तत्वहरु प्रकट हुन थाले । पार्टीमा पहुँच अािर्थक क्षेत्रमा पहुँचका आधारमा समेत बन्ने परिस्थिजतिको विकासले पार्टीभित्रका अवसरवादी तत्वहरु हुने नहुने सबै काम गरेर व्यक्तिगत ढुकुटी निर्माण गर्नेतिर लाग्न थाले । हिजो गुटको आर्थिक गतिविधिलाई सुगम बनाउन काम गरेको मानिस विस्तारै व्यि क्तगत ढुकुटी समेत सुदृढ गर्न थाल्यो । यो क्रमसँगै गुटहरुभित्र आर्थिक हैसियतसहितका उपगुटहरु जन्मिन थाले, संगठित हुन थाले । यसप्रकारको व्यापक स्खलनको तिव्रताबीच नेतृत्व पंक्ति अकर्मण्य झैं बन्न थाल्यो र जो यसबाट असुन्तुष्ट भयो, त्यसलाई क्रमस कचकच गर्ने प्राणीका रुपमा हेरिइन थाल्यो । विस्तारै विस्तारै कमिशनका लागि व्यापारीले विचौलिया प्रयोग नगरी सिधै नेतासँग सिधै कमिशन बोलकबोल गर्ने स्थिति समेत कतिपय अवस्थामा बन्न पुग्यो र कतिपय अवस्थामा कमिशनको निश्चित रकम आफ्नो गुटमा बुझाएर बाँकी रकमले काठमाडौंमा गोप्य रुपमा घरजग्गा जोड्ने कामा हाकाहाकी भयो । एकातिर गुट वा पार्टीका निम्ति क्रान्तिको नाममा जसरी पनि रकम संकलन ठीक मानिंदै जानु र अर्कातिर पारदर्शी हिसाब राख्नैनपर्ने अबस्था रहनुले त्यसै प्रक्रियाभित्रबाट गलत व्यक्तिले रातारात सम्पत्ति कुम्ल्याउन सक्ने खुला मैदान उपलब्ध हुनपुग्यो। क्रमशः यो स्थिति सबैले बुझेको तर सबैले मौन बस्ने प्रक्रिया बस्ने परिघटना बन्दै गयो । जुन नेतृत्वको तब्का कम्युनिष्ट आदर्श, नैतिकता र पद्दतिमा बस्न चाह्यो र त्यसको वकालत गर्थ्यो – त्यस्ता नेताहरुको हैसियत क्रमशः गिर्न थाल्यो र त्यस्ता व्यक्ति नयाँ परिस्थितिसँग मेल नखाने पात्रका रुपमा चिनिन चिनाउन थालियो । यसरी क्रमश आन्दोलन र पार्टीभित्र अदृस्य रुपमा दुईवटा वर्गहरु निर्माण हुन पुगिहाले । एउटा बहुमत या भिन्नमतको रुपमा रहेका गुटको ढुकटी निर्माणमा पहुँच भएको, निर्णयलाई प्रभावित गर्न सक्ने र व्यक्तिगत आर्थिक हैसियत पनि बनाएको पार्टी वा गुटको नोकरशाही पुँजीधारी वर्ग । अर्को चाहिँ आर्थिक ढुकुटी र श्रोतमा पहुँच नभएको, निर्णयमा भूमिका पनि नहुने र व्यक्तिगत रुपमा समेत समस्याग्रस्त कचल्टिएको सर्वहारा वर्ग ।
एक जना माओवादी पत्रकारले भन्थे, ‘कोही बोल्नेवाला छैनन् किनकी हर्ताकर्ता कोही पनि बोल्न लायक छैनन् । अरुले अनावश्यक रिस्क किन बोल्छन ?!’
यो अवस्था माओवादी आन्दोलनको एउटा पार्टीको रोग होइन, बरु आधारभूत रुपमा सबै भङ्गालोको रोग हो । जुन भङ्गालो जति शक्तिशाली रह्यो, त्यति नै माथिल्लो स्तरको विकृति पैदा हुँदै गयो – कुरा त्यति मात्र हो । यसप्रकार नेतृत्व पंक्तिमा ठूलो हर्ताकर्ता हिस्सा पार्टी वा गुट नोकरशाही पुँजीधारी वर्गमा रुपान्तरण भएपछि स्वभाविक रुपमा त्यसको प्रभाव सिद्धान्त , राजनीति र संगठनात्मक जीवनमा प्रकट हुन थाल्यो, अहिले व्यापक रूपमा नकारात्मक प्रभावहरू प्रकट भैइ नै रहेका छन् । कतिपय व्यक्तिहरु आफ्नो अपारदर्शी सम्पत्तिलाई ढाकछोप गर्न सम्पत्ति छानविन आयोगमा समेत बस्न थालेका छन् । नेतृत्व पंक्तिको यो प्रशंग एउटा दृष्टान्त थपेर कार्यकर्ता पंक्तितिर अगाडी बढ्नु काफी हुनेछ। एक नेता जसलाई माओवादी आन्दोलनमा सर्वहाराकरण,त्याग, साहस र प्रष्ट वक्ताको प्रतिकका रुपमा लिइन्थ्यो , उनले राजधानीमा करिब एक करोड बराबरको घर खरिद गरेको विषय एउटा पत्रिकाले छाप्यो, ती नेताले स्विकार पनि सार्वजनिक रुपमै गरे। तर त्यसबारे पार्टीको सिंगो हर्ताकर्ता पंक्तिमा कुनै विषय नै बनेन बरु साँझ खबर छापियो र भोलिपल्ट बिहान त्यतिकै हावामा धुँवा झैं बिलायो । एक जना माओवादी पत्रकारले भन्थे, ‘कोही बोल्नेवाला छैनन् किनकी हर्ताकर्ता कोही पनि बोल्न लायक छैनन् । अरुले अनावश्यक रिस्क किन बोल्छन ?!’ यहाँ चर्चा गरिएको प्रशंग घर वा अन्य सुविधा जोड्ने कि नजोड्ने भन्ने विषयसँग छैन बरू अपारदर्शी ढंगले सम्पत्ति जम्मा गर्ने कि नगर्ने भन्ने विषयसँग सम्बन्घित छ भन्ने कुरा स्पष्ट नै छ ।
४. युद्ध र आन्दोलनका सबै जोखिम मोडहरुमा खारिएका हजारौ पूर्णकालिन कार्यकर्ता राजधानी र सदरमुकाममा ओइरिएपछि सुरु सुरुमा त पुरानो रापतापको सामुहिक क्याम्प, सामुहिक बसाई, विधिपद्दति आदिले धान्यो । तर माथिदेखिको व्यवस्थापनको नीति र योजनाविहिनता, माथिदेखि सर्दै आएको आर्थिक अराजकता र गुटवन्दी अनि विचार एवं नीतिमा अस्पष्टताले राज्यदेखि जिल्लासम्मको पूर्णकालिन कार्यकर्ताको पंक्ति अभाव र अन्यौलबीच अत्यासलाग्दो बिलखबन्दमा पर्ने क्रम बढ्न थाल्यो । घर परिवार, ड्रेराभाडा, पकेट खर्च आदि उसले सोच्दै नसोचेको विषय एकाएक खहरे खोलाको बाढी झैं उपस्थित भए । नेतालाई भन्यो ‘पख पख’ को जवाफ अनि चारैतिर ‘उधारो तीर’ को हुँकारबीच त्यो हजारौंको संख्यामा रहेको कार्यकर्ता पंक्तिले के गर्थ्यो ? त्यो लडाकु हो, त्यो प्राण र परिवारको स्नेहलाई तिलाञ्जली दिएर हिडेको मानिसले के भिख माग्न सक्थ्यो ? के दुश्मनका हातमा आफूलाई तुरुन्तै बेच्न तयार हुन्थ्यो ? हुनै सक्दैन्थ्यो । पार्टीले निजी धन्दामा जान पनि प्रष्ट नभनेका कारण उ निजी पेशामा हामफाल्न पनि सक्दैन्थ्यो । शिक्षा, तालिम, पुरानो पेशा र लतसमेत अर्कै बसिसकेको त्यो कार्यकर्ताको भीड तुरुन्तै पेशा अँगाल्न पनि सक्दैनथ्यो । यो स्थिति भनेको वास्तवमा ठूलो बाढीमा कसैले हुत्याईदिए जस्तो थियो । बाढीको भेलबाट बचेर निस्किने केही बबिनाउ नियम हुनै सक्दैनथ्यो, त्यसैले त्यस अवस्थामा त्यो बाढीबाट ज्यान जोगाउन त्यो कार्यकर्ता भिडले कतै थोरै कतै धेरै, कति मिल्ने कति नमिल्ने कामहरु गर्न पुग्यो । त्यसमा उनीहरको आधारभूत रुपमा कुनै दोष थिएन बरु त्यो स्वाभाविक परिघटना थियो ।
माओवादी आन्दोलनमा अहिले पनि हज्जारौं कार्यकर्ता, लाखौं समर्थक र दर्जनौं नेता निस्कलंक आफ्नो निष्ठा र उद्देश्यप्रति चिन्ताग्रस्त छन्, सोचिरहेछन् तर दुर्भाग्य यसका हर्ताकर्ताहरूको वर्ग रुपान्तरण र गलत गतिविधिका कारण पुरै आन्दोलनको उज्ज्वल छवि बेस्सरी धुमिल बन्दै गइरहेछ ।
तर त्यस्तो प्रकारको अवस्था त धेरै रहन सम्भव नै थिएन । त्यसपछि विस्तारै कोही विदेश पलायन हुन थाले,कोही जसोतसे ज्यान धान्न घरतिर वा कुनै सानो व्यवसायतिर लाग्न थाले । त्यसमध्येको सानो हिस्सा खास खास नेताको वरपर रहेर राजनीतिक प्राण धान्नुपर्ने अवस्थामा पुग्यो, सानो हिस्सा गलत क्रियाकलापतिर हान्नियो । अर्को सानो हिस्सा आन्दोलनविरोधी बनेर समेत निस्कियो । यी सब बाहेकको एउटा हिस्सा सकेसम्म स्वाभिमान र आदर्शलाई बचाएर नै अगाडि बढ्न कोशिस गरिरहेछ, तर त्यो हिस्सा झन् पछि झन् संकटग्रस्त बन्दै गइरहेछ । सबैभन्दा बिजोग घाइते र कलाकारको हुन पुग्यो। (तिनको समग्रताबारे अर्को अध्यायमा छलफल गरिनेछ ।) आजसम्म आइपुग्दा यथार्थमा आम जनताको ठूलो हिस्साले माओवादी आन्दोलनलाई पनि अरु संसदीय पार्टी जस्तै भ्रष्ट पार्टीको रूपमा बुझ्ने दुर्भाग्यपूर्ण अबस्था बन्न पुगेको छ। माओवादी आन्दोलनमा अहिले पनि हज्जारौं कार्यकर्ता, लाखौं समर्थक र दर्जनौं नेता निस्कलंक आफ्नो निष्ठा र उद्देश्यप्रति चिन्ताग्रस्त छन्, सोचिरहेछन् तर दुर्भाग्य यसका हर्ताकर्ताहरूको वर्ग रुपान्तरण र गलत गतिविधिका कारण पुरै आन्दोलनको उज्ज्वल छवि बेस्सरी धुमिल बन्दै गइरहेछ ।
५. यसप्रकारको आर्थिक अपारदर्शितालाई गुटहररू किन जारी राख्न मनपराउँछन् त ? एक, क्रान्तिप्रतिको अविश्वास । जब क्रान्ति प्रक्रियाप्रति अविश्वास र आफने बाटो ग्रैरक्रान्तिकारी हो भनी निश्चिन्त भइन्छ, त्यसपछि जनता कार्यकर्ताप्रतिको भरोषा हट्दै जानु स्वभाविक हुन्छ । त्यसपछि गैरक्रान्तिकारी वर्ग,पद्दति र प्रक्रिया आदिको सहारामा राजनीतिक प्राण धान्ने योजना बनाउन बाध्य भइन्छ । त्यसपछि आर्थिक ढुकुटी र श्रोतको गुटकरण एउटा शक्तिको स्रोत ठान्ने प्रवृत्ति मौलाउँछ ।दुई, नीजि स्वार्थ । क्रान्ति र पार्टीप्रतिको सामूहिक भावनाबाट च्युत हुँदै गएपछि व्यक्ति आफ्नो नीजी बन्दोबस्तीमा सुरछ्या खोज्न बाध्य हुन्छ । समग्र पार्टीमा अपारदर्शिता कायम राखेपछि त्यसैभित्र नीजि अपारदर्शिता वैधानिक बनाउन सम्भव हुन्छ ।
र तीन, पिछलग्गु तयार पार्ने चाहना । वैचारिक र आर्थिक रुपमा स्वतन्त्र कार्यकर्ता पिछलग्गु बन्न सजिलै तयार हुँदैन । पार्टीमा पद्धति एवं पारदर्शी प्रणालीमा आर्थिक गतिविधि गर्दा जस्तोसुकै आफ्नो आलोचना गर्ने नेता कार्यकर्तालाई पनि तोकिएको आर्थिक सुविधा दिनैपर्ने हुन्छ। तर अपारदर्शी ढंगले ढुकुटी र स्रोतलाई गुटकरण गरेपछि फरक मत राख्नेमाथि आर्थिक नाकाबन्दी लगाउन सकिन्छ । साथै आफ्नो मतका नेता कार्यकर्तालाई अवैधानिक ढंगले रक्षा गर्न वा अर्को मत वालालाई पिछलग्गु बनाउन अदृश्य ढोकाबाट आर्थिक सुविधा वितरण गर्न पाइन्छ । त्यसकारण फरक मतमाथिको दमनको एउटा गतिलो हतियार पनि बनेको छ अपारदर्शिता !
अपारदर्शीता एक प्रकारको गम्भीर अपराध नै हो नीति शास्त्रका दृष्टिले । माओवादी आन्दोलनभित्रको अपारदर्शी जङ्गलभित्र सकारात्मक नकारात्मक गरी चार प्रकारका मानिसहरु छन् । एक, आफ्नो निष्ठाका कारण प्रदुषित हुन नचाहेर नै बचेका । दुई, प्रदुशित हुन चाहेर पनि नपाएर बचेका । तीन, केही न केही प्रदुषित भएका तर पश्चाताप गरिरहेका । र चार, प्रदुषित भएर मख्ख परी अझ थप प्रदुषणको विष घोल्न तयार रहेका ।
यो अपारदर्शिता भन्ने चीज पार्टीभित्र जति अपारदर्शी हुन्छ, पार्टी बाहिर भने ठीक उल्टो ह्वाङ्ह्वाङ्ती पारदर्शी बनिरहेको हुन्छ । कसैले कमिशन लियो, घुस खायो, पार्टीभित्र त लुकाइन्छ तर जसले कमिशन वा घुस दिन्छ, त्यसलाई कसरी लुकाउने ? त्यो वर्गदुश्मनले व्यापक मात्रामा थपथाप पारेर प्रचार गर्छ । अपारदर्शी ढङ्गले जम्मा पारेको ढुकुटी र सम्पत्ति पार्टीभित्र त लुकाउने तर, ज–जसको नाममा राखेर लुकाइन्छ, तिनीबाट कसरी लुकाउने ? अनि त्यस्ता अपारदर्शी ढुकुटी भोगको व्यवहार तथा त्यस्तो व्यवहारसँग परिचित बन्न पुग्ने न्यायप्रेमी नातागोता एवं समुदायसँग कसरी लुकाउने ? त्यो लुकाउन सम्भव नै छैन । वास्तवमा अपारदर्शीता ढिलो चाँडो तर अन्ततः भण्डाफोर भइछाड्ने परिघटना हो । अपारदर्शीतालाई नाजनी बनेर चुपचाप पचाउन त संभव छ, लोक नजरबाट लुकाउन संभव छैन । एउटा नानजीपनको रोचक दृष्टान्त हेर्नोस् । एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ का दर्जनौं गलत कुरा होलान्, छन्; त्यो बेग्लै छलफलको विषय हो । उनले पार्टीले उपलब्ध गराएको गाडी चढ्न छाडे । उनले गाडी चढ्ने खर्चको पाटीभित्र स्पष्ट पारदर्शी स्रोत बनाउन माग गरे, त्यस्तो पारदर्शी विधिसम्मत प्रणाली नबसालिएसम्म गाडी नचढ्ने घोषणा गरी त्यही अनुसारको व्यवहार गरिरहेका छन् । सुरु सुरुमा उनको घोषणालाई ढोंग भनियो । तर उनी अडान र व्यवहारमा टिकिरहेपछि आज यस्तो स्थिति बन्यो कि त्यो उनले उठाएको विषय नै बेवास्ताको सूचीमा पर्यो । नारायणकाजी लोकलाजकै निम्ति भएपनि निर्वाचित पार्टीका उपाध्यक्ष हुन्, उनी पैदल सार्वजनिक यातायातमा वा कहिलेकाँही लिफ्ट मागेर सबै कार्यक्रममा समयमै पुग्ने रेकर्ड बनाइरहेछन् तर उनीभन्दा कनिष्ट नेताहरु उनकै अगाडि उनको पार्टीभित्र पारदर्शी विधि बनाउनुपर्ने जायज र नीतिगत अडानको धज्जी उडाउँदै आफ्नो स्रोत पारदर्शी नबनाइएको व्यक्तिगत गाडी चढिरहेछन् । लोकलाज, सरम र नैतिकता सबै हराएको स्थिति छ, कम्युनिष्ट नैतिकता त यस विषयमा आकाशको फल हो । उनले लिएको अडानबारे पार्टीमा छलफलको एजेन्डासमेत बनाउन कोही तयार नहुनु भनेको अपारदर्शिता नै मूलबाटो स्विकार गर्नु हो जुन कुरा अरु जे सुकै होला कम्युनिष्ट विषय चाहिँ हुँदै होइन । नेपाली भाषामा हराउन लागेको एउटा शब्द छ ‘नाजनी’ अर्थात लाज सरम केही नभएको; यो विषय एउटा नाजनीपन बाहेक केही होइन ।
६. कतिपयलाई लाग्ने पनि गरेको छ कि पार्टीभित्रको त्यो पनि विभिन्न समितिको आर्थिक गतिविधि सार्वजनिक रुपमा पारदर्शी गर्न संभव नै हुन्न । निश्चित रुपमा वर्गीय समाजमा अर्को शक्तिसँगको प्रतिस्पर्धामा रहेको बेला पार्टीका समय स्रोत र ढुकुटी सार्वजनिक गर्न सकिंदैन तर सम्बन्धित समितिभित्र पनि सकिंदैन भने विश्वास चाहिँ कहाँबाट जाग्ने त ? हो, कतिपय श्रोत पनि कमिटीका सबै सदस्यलाई देखाउन नमिल्ने हुनसक्छ तर समितिले तोकेका निस्चित व्यक्तिहरूबीच त पारदर्शी हुनैपर्छ । त्योभन्दा पनि अझ वितरणमा अपारदर्शिता भएपछि वा खास व्यक्तिको स्वविवेकमा भरपर्ने भएपछि समितिका अरू सदस्यको कामचाँहि के ? यो बेठीक कुरा हो । संसारमा त्यस्ता कल्याणकारी सबैभन्दा ठूला अपराधी हुन् जो कल्याण गर्ने सामग्रीको श्रोत अपारदर्शी ढंगले चाँजोपाँजो मिलाउँछन् । अपारदर्शीता एक प्रकारको गम्भीर अपराध नै हो नीति शास्त्रका दृष्टिले । माओवादी आन्दोलनभित्रको अपारदर्शी जङ्गलभित्र सकारात्मक नकारात्मक गरी चार प्रकारका मानिसहरु छन् । एक, आफ्नो निष्ठाका कारण प्रदुषित हुन नचाहेर नै बचेका । दुई, प्रदुशित हुन चाहेर पनि नपाएर बचेका । तीन, केही न केही प्रदुषित भएका तर पश्चाताप गरिरहेका । र चार, प्रदुषित भएर मख्ख परी अझ थप प्रदुषणको विष घोल्न तयार रहेका ।
आज माओवादी आन्दोलनमा छेऊ न टुप्पोको एकताको कुरामा रमाउनेहरु र नयाँ शक्तिको सिद्दान्तहीन सपना बाँड्नेहरू यो अपारदर्शिताको जङ्गलमा कहाँनेर छन् भनी खोज्नैपर्छ । यो जङ्गलमा उनीहरु प्रदुषितभित्र छन् भने एकता वा नयाँ शक्ति पनि प्रदुषितहरुको ठूलो भीड बनाउन चाहन्छन् भनेर नै बुझ्नुपर्ने हुन्छ। यदि गैरसर्वहारा विजातीय हर्कतद्वारा प्रदुषितहरु नै हर्ताकर्ता बनी एकता वा नयाँ शक्ति बनाउँछन् भने त्यो झन् भयानक विजातीय खाडलबाहेक केही हुनेछैन । (यध्यपि केवल अस्तित्व रछ्याका निम्ति छेउ न टुप्पोको एकताको अभियान चलाउने वा नयाँ शक्ति बनाउने नाममा इतिहासमा बासी पल्टिसकेको विजातीय बिचारहरूको पुनर्उत्थान गर्न खोज्नेहरुबारे अर्को अध्यायमा विस्तृत छलफल गरिनेछ । )
यदि सच्चा कम्युनिष्ट आन्दोलन उनीहरू चाहन्छन् भने उनीहरु पारदर्शीताबारेको बहस, नीति निर्माण र व्यवहारमा जान सबैभन्दा पहिले तयार होउन् । नत्र भने अपारदर्शीहरुको एकताले महा अपारदर्शी पार्टी जन्मिदैन भन्ने ग्यारेन्टी के? अनि सर्वत्रले आरोप लगाएर भन्ने गरे झैं , ‘भ्रष्टहरुले नयाँ शक्ति थप भ्रस्टाचार गर्न बनाउलान् ‘ भनी कसैले भन्यो भने त्यसको जवाफ के ?
तसर्थ, अपारदर्शिताबाट प्रदुषित भई मख्ख परिरहेका बाहेकका माओवादी आन्दोलनका कम्युनिष्टहरुले सर्वहारा आर्थिक पारदर्शीताबारे गम्भीर बहस सुरु नगरी अबको समाजवादी आन्दोलन निर्माणमा जुट्न संभव नै छैन ।
http://www.khabardabali.com बाट साभार
==========================================
http://www.khabardabali.com बाट साभार
==========================================
विरक्तिएको माओवादी आन्दोलन–४ :
विचार र संस्कृतिबाट चुँडिएको यात्रा !
१. नेपाल एउटा त्यस्तो अपवादको देश हो जहाँको राजधानीका जनताले सत्तासीन हुने संभावना नदेखिएका बेला पनि कम्युनिष्टलाई साथ दिँदै आए । त्यस्तो राजधानी भएका देश संसारमा कहीँ पनि थिएन । नेपाली समाजमा पुँजीवादी काँग्रेस कार्यकर्ताले पनि बोलीचालीमा कम्युनिष्ट भनेको विचार र अग्रगामी संस्कृतिमा अगाडि हुन्छ भन्ने स्वीकार गर्दै बिग्रेको कम्युनिस्टलाई भन्ने गर्थ्यो,’धत् कम्युनिस्ट नि यस्तो हुन्छ ?’ यसरी नेपालमा वैचारिक प्रतिपक्षले समेत कम्युनिस्टको विचार र सांस्कृतिक अग्रगामीपनलाई स्वीकार गरिएको अवस्था थियो र कम्युनिस्टहरु नेपाली आम जनताको नजरमा सधैँभरी एउटा आशाको केन्द्र रहिआएका थिए ।
पटक पटक कम्युनिस्ट नेतृत्व डफ्फामा विचलन आउँदा अर्को नयाँ पंक्ति सतहमा उपस्थित हुन्थ्यो र समाजको त्यो आशा त्यो नयाँ डफ्फाले जीवित राख्दै आएको थियो । रायमाझीको पतनपछि पुष्पलाल र तुल्सीलालमा, तुल्सीलालको अकर्मन्यता एवं पुष्पलाल दोछायाँमा परेपछि कतै रोहित- रुपलालहरु, कतै मोदनाथ जीवराजहरु, कतै मोहनचन्द्रहरु, कतै जयगोविन्द शाहहरु र कतै श्यामप्रसादहरुको वरपर आशा छरिने गर्यो । त्यसपछि पूर्वको पुरै आशा झापा विद्रोहीहरुमा केन्द्रित भयो, मध्यको पुरै आशा मोहनविक्रम, निर्मल लामाहरुमा केन्द्रित भयो ।
पद्धति प्रकृयाको अवसानपछि समिति होइन व्यक्तिहरु हावी हुनु अनिवार्य थियो, त्यसै भयो । त्यसपछि व्यक्तिहरुलाई जे मन लाग्यो विचार र संस्कृतिका क्षेत्रमा त्यहि हुने स्थिती बनेको छ । नेताले टाई बाधेर विदेश गयो , कार्यकर्ताको भिडले पनि टाई नै लाएर विदेश गयो । के त्यो लाउनै पर्ने हो ? किन हो ? कसैले प्रश्नै नगर्ने स्थिति बन्यो । लारक्याललाई सभासद् नेताले बनायो, किन बनायो ? नबनाए के घाटा हो ? बहुसंख्यक कार्यकर्ता हेरेको हेर्यौ गर्ने परिस्थीति बन्यो।
अनि बारादेखि जुम्ला दैलेखसम्मको आशा रोहित- रुपलालहरुमा कन्द्रित भयो । झापाली विद्रोह बहुदलीय जनवादमा पतन भएपछि आशाको केन्द्र २०४६ पछि आजको माओवादीमा केन्द्रित हुन आइपुग्यो । जनयुद्ध र त्यसको वरपर जनआन्दोलनमा केन्द्रित माओवादी आन्दोलनसँगै नेपालको आम जनताको विचार र संस्कृतिको अग्रगामी आशा माओवादी आन्दोलनमा केन्द्रित हुन आइपुग्यो । तर आज माओवादी आन्दोलनको सांगठनिक विसर्जन र विजातीय कामको तीव्रतापछि विकल्पको आशाको केन्द्रहीन अवस्थातिर समाज जान बाध्य हुँदैछ । नेपाली राष्ट्रियताको अविचलित पहरेदार बनेको कम्युनिष्ट आन्दोलन माथिल्लो कर्णालीमा एमाओवादीको मौनतासँगै उत्कर्षमा चकनाचुर हुन पुगेको छ । विचार र आदर्शमा देखिएको विभत्स स्खलनले जनतालाई निराश बनाउँदैछ र साँस्कृतिक गतिविधिमा माओवादी आन्दोलनले देखाएको यथास्थिति एवं पुरातन यात्राले कम्युनिष्टलाई प्रेम गर्ने जनताको हृदयमा एउटा विचित्र प्रकारको दिगमिग लाग्ने घीनको भावना जगाउन पुगेको छ । माओवादी आन्दोलनको विचार र संस्कृतिमा देखिएको दिवालियापनले सजिलै भन्न सकिन्छ कि माओवादी आन्दोलन सामन्तवादविरोधी सबैभन्दा ठुलो विस्फोट थियो तर यसको विचलनले विचार र संस्कृतिको क्षेत्रमा कम्युनिष्ट आन्दोलनमा पनि सबैभन्दा ठूलो घाउ बनाउँदैछ । यो आन्दोलनलाई नयाँ आवश्यकतानुसार पुनर्गठित गर्न नसक्ने हो भने नेपाली समाज झनै तीव्र गतिमा निराशा र अराजकतातिर जाने निश्चित छ ।
२. नेपाली कम्युनिष्ट आन्दोलनमा पहिलेदेखि रहेका वैचारिक र सांस्कृतिक समस्याका बावजुद माओवादी आन्दोलनले विचारको क्षेत्रमा तल्लो वर्गका जनताको स्वार्थसँग वलिदानी भाव सम्पूर्ण रूपमा प्रमाणित गरेर सानदार ढंगले जोड्न सफल भएको थियो । माओवादी आन्दोलनप्रति आम जनताको उत्साहको केन्द्रभागमा यही तल्लो वर्गप्रतिको वलिदानी भावले कार्य गरेको थियो । संस्कृतिको क्षेत्रमा माओवादी आन्दोलनले मूलतः ऐतिहासिक महत्वको तीन ओटा काम व्यवहारमै गरेको थियो । एक इतिहासदेखि हतियारबाट टाढा राखिएका महिलाको हातमा हतियारदिनु। दुई , दलितलाई बन्दुक दिनु। र तीन, गाईको हिन्दु पवित्रतालाई खारेज गर्नु । यी विषय वास्तवमा हिन्दु प्रभुत्वको वर्णवादी पितृसत्तात्मक संस्कृतिमाथिको ठूलो बज्रपात नै थियो । तर शान्ति प्रक्रियाका दिनहरु जति जति अगाडि बढे, ती विचार र संस्कृतिका उच्च मानकहरु क्रमशः माथिबाट भत्किन सुरु गरे । आज आईपुग्दा माओवादी आन्दोलन विचार र संस्कृतिबाट चुडिएको चङ्गा जस्तो बन्न पुगेको छ । हिजो जे कुराको निम्ति भीषण बहस हन्थ्यो आज ती विषय कार्यसूचिबाट हराएका छन् । हिजो सत्ता टाढा हुँदा जाखिम र अभावबीच पनि के कुराले उत्साहित गर्थ्यो ? स्पष्ट छ- विचरको उच्चता र सांस्कृतिक भव्यताले तर आज सत्ताको नजिक, जोखिम र अभावको न्युनताबीच पनि किन उत्साह धुलाम्मे भएको छ ? विचार र संस्कृतिमा भएको अस्पष्टता र भ्रष्टिकरणले नै त्यस्तो हुन पुगेको छ ।
एमाओवादी पार्टीका अध्यक्ष प्रचण्डले केही वर्षअघि धार्मिक समारोहमा पुगेर भने , ‘भौतिकवाद र आध्यात्मवादबीच फ्युजन गरिनुपर्दछ । ‘ त्यसै आसपासमा बाबुराम भट्टराईले दसैंमा टिका थापेको दृस्य सार्वजनिक गरे । के भौतिकवाद र आध्यात्मवादबीच फ्युजन गर्ने अवधारणा माक्र्सवाद हो ? यो निकै नै गम्भिर दार्शनिक प्रश्न हो ।
३. एउटा विचार र संस्कृतिको दिग्दर्शनमा हुर्किएको जनतालाई अर्को विजातीय विचार र संस्कृतिमा हाकाहाकी लैजान संभव नहुने रहेछ । त्यसका निम्ति सबैभन्दा पहिले आम कार्यकर्तामा सहि र गलत ठम्याउन कठिन हुनेगरि भ्रम सिर्जना गर्नु जरुरी हुने रहेछ । पानीलाई धमिलाएपछि मात्र माछा मार्न सजिलो हुने भने झैं अजङ्गका वैचारिक भ्रम र अस्पष्टता सिर्जना नगरी कार्यकर्ताको विशाल जमातलाई विजातिय जीवन व्यवहारतिर लैजान संभव नै थिएन । त्यसैले नै बिना पार्टी छलफल ठूला ठूला मार्क्सवादविरोधी विचार र र आचरण प्रकट गर्न थालियो । एमाओवादी पार्टीका अध्यक्ष प्रचण्डले केही वर्षअघि धार्मिक समारोहमा पुगेर भने , ‘भौतिकवाद र आध्यात्मवादबीच फ्युजन गरिनुपर्दछ । ‘ त्यसै आसपासमा बाबुराम भट्टराईले दसैंमा टिका थापेको दृस्य सार्वजनिक गरे । के भौतिकवाद र आध्यात्मवादबीच फ्युजन गर्ने अवधारणा माक्र्सवाद हो ? यो निकै नै गम्भिर दार्शनिक प्रश्न हो । अध्यात्मवादभित्र कैयौ वैग्यानिक तत्वहरू हुनसक्छन् , तिनलाई भौतिकवादले आफूभित्र समेट्नुपर्ने विषय र त्यो फ्युजन गराउने विषय आधारभूत रुपमै एउटै होइन, हुनै सक्तैन । कतिपय बेला कुनै नेतालाई सैद्धान्तिक दार्शनिक विषयमा फरक विचार आउन पनि सक्छ । तर त्यो आधारभूत पार्टी जीवनलाई आशर गर्ने विषयमा पार्टीभित्र यथेष्ट छलफल नगरी बाहिर त्यो पनि विजातीय भिडमा व्यक्त गर्न कसरी मिल्छ ? मिल्दैन । अन्तत त्यस्ता अभिव्यक्तिले सिधै खण्डन गर्ने चेतनामा नपुगेका आम कार्यकर्तामा ठूलो भ्रम र अस्पष्टता सिर्जना गर्ने काम गर्दै गयो । जो प्रश्न उठाउने हैसियतमा थिए, उनीहरु अरु नै गैरआधारभूत विषयमा लाखापाखा लागेका थिए वा नेतृत्वप्रतिको अन्ध समर्थनको आदतको जुवामुनि दबिने संस्कृतिमा अभ्यस्त थिए । बाबुराम भट्टराईले दशैंको टिका थाप्नुलाई उनले जसरी परिभाषित गरे पनि विगतमा आफ्नै नेतृत्वमा टिकाबारे विशाल फौजलाई भनिएको कुरा भन्दा त्यो पृथक थियो । कार्यकर्ताको विशाल फौजलाई एउटा कुरा भनेर हुर्काउने र त्यसबारे थप छलफल नगरी छापामार शैलीमा तस्वीर सार्वजनिक गर्ने कार्यले ठूलो भ्रम र अस्पष्टता बाहेक केही सिर्जना गर्दैनथ्यो, गरेन ।
यसप्रकारको माक्र्सवादी विचार र संस्कृतिविरोधी गतिविधि लगातार नेतृत्व पंक्तिलबाट भइ नै रह्यो र त्ससले विशाल कार्यकर्ता पंक्तिमा भ्रम र अस्पष्टता सिर्जना गर्दै लग्यो । यो क्रम अघि बढ्दै जाँदा प्रचण्डले विद्यार्थी सम्मेलनको उद्घाटन समारोह किर्तिपुरमा भाषण गर्दा भने एमालेसँग सहितको एकतापछि बन्छ नयाँ शक्ति ।अनि बाबुराम भट्टराईले नेपाल पत्रिकामा लेखै लेखी घोषणा गरे साम्राज्यवादी उदारीकरणलाई समेत समेट्ने र विजातयीय तत्वहरुलाई समेत समेटेर नयाँ शक्ति बनाउने । एमालेसँग एकता गरेर कम्युनिष्ट पार्टी नै बन्छ भन्ने कुरा के माओवादी आन्दोलनले कल्पना पनि गर्न सक्ने विषय हो ? अनि साम्राज्यवादी उदारीकरण पनि समेटिने माक्र्सवादी अर्थ राजनीति माओवादी आन्दोलनले स्वीकार गर्न सम्भव छ ? थिएन, छैन । त्यो विषय यति गम्भीर छन् की कम्युनिष्ट आन्दोलनको माओवादी धारको जग नै भताभुङ्ग हुन्छन् । त्यो विषय पार्टीभित्र व्यापक छलफलभन्दा अघि बाहिर बोल्ने कसैलाई अधिकार नै हुँदैन । तर बोलियो मानौं त्यो सामान्य कार्यनीतिको विषय हो। आफ्नो आस्था मात्र होइन अनुरागसमेत भएका ऐतिहासिक नेताहरुले बोलेका यति गंभीर गलत कुराले आम कार्यकर्तामा कति ठूलो भ्रम र अस्पष्टता सिर्जना ग¥यो होला, सजिलै अन्दाज लगाउन सकिन्छ ।
४. जुन विषयमा प्रष्टता र कार्ययोजना तत्काल जरुरी छ, त्यो विषयमा सधैं तदर्थवाद वा मौनता अनि जुन विषय व्यापक छलफल जरुरी छ, त्यसमा भटाभट ठूलाठूला अभिव्यक्ति र गतिविधिले भ्रम नै भ्रम र अस्पष्टताको चाङ थपिदै गयो । भित्र भित्र चलिरहेको विजातिय वर्गमा उत्थानको प्रकृयाको बाहिर प्रकट रुपको अर्थमा यो विषयलाई बुझ्ने स्थिति आम रुपमा बन्नै सकेन । भैंसी पूजा, सबै चुपचाप, १२ जना ब्राह्मण राखेर चौरासी पूजा सबै चुपचाप । कोही नेता हरेका आइतबार एक पेरुङ्गो नदीको माछा थाप्ने, कोही नेता जङ्गली कुखुरा लुइचे पालेर खाने, कोही स्वकीय सहयोगीले हजारौं पाहुना बोलाएर विवाह गर्न अभिप्रेरित गर्ने । यस्तो साँस्कृतिक विघटनको सिलसिला तर अधिकांस चुपचाप । कस्तो हुँदोरहेछ त विजातीयकरणको विचित्रता ! यत्रो विजातिय ताण्डव चलिरहँदा पनि चुपचाप माओवादी आम पंक्ति देख्दा भारतिय कवि अवतार सिंह पासको कविता याद आउँछ ,’सबैभन्दा खतरनाक हुन्छ सपनाहरुको मृत्युु !’ के माओवादी आन्दोलनले अबको समाजवादी सपनाको अन्त्य स्वीकार गरेको हो ?
सर्वहाराकरणको नीतिअन्तरगत पार्टीकरण गरिएका जग्गा के भए र अब के गर्ने ? यो सूचीमै परेन । घाइते अपाङ्गको दिर्घकालीन व्यवस्थापन चासोभित्र नै रहेन । आजको पूर्णकालिन कस्तो हो ? छलफल नै छैन । स्कुल विभाग, साँस्कृतिक विभाग एक प्रकारको डम्पिङ साइट बन्यो ।
विचार र संस्कृतिमा यसरी माथिबाट सुरु भएको हमलाको असर तलसम्म आज यसरी छ्यालब्याल हुन पुगेको छ कि जसले जे गरे पनि कसैले केहि नभन्ने, भन्न नसक्ने, भनेर केही नहुने अवस्था तयार हुन पुगेको छ र यो अवस्था भनेको माछा मार्न तयार पारिएको धमिलो दहको अवस्था नै हो । भ्रम नै भ्रम र अस्पष्टता नै अस्पष्टताको दह जहाँ कार्यकर्ता के हो के हो भन्ने रणभुल्लमा पर्न बाध्य छ । यो धमिलो दह ती पाखण्डीहरुको निम्ति स्वर्णसमय हो जो योजनाबद्ध रुपमा पार्टीलाई , कार्यकर्तालाई र समर्थक जमातलाई बुर्जुवा हुन अभ्यस्त बनाउन चाहन्छन् । यदि यो प्रकृयालाई जबर्जस्त वैचारिक धक्काबाट दिएर नरोक्ने हो भने माओवादी आन्दोलनको मुख्य कार्यकर्ता र समर्थक जमात बुर्जुवापनमा रमाउन अभ्यस्त हुने खतरा उत्पन्न भएको छ जुन धेरै नै पीडादायी विषय हो।
5.कम्युन नाम दिइएका संस्थाहरू भताभुङ्ग भए। कुन अवधारणा असफल भयो?कतै छलफल भएन। जनयुद्दकालीन कलाकारको बिजोग भयो। किन त्यस्तो भयो र अब कता लैजाने? यो त विषय नै बनेन। सर्वहाराकरणको नीतिअन्तरगत पार्टीकरण गरिएका जग्गा के भए र अब के गर्ने ? यो सूचीमै परेन । घाइते अपाङ्गको दिर्घकालीन व्यवस्थापन चासोभित्र नै रहेन । आजको पूर्णकालिन कस्तो हो ? छलफल नै छैन । स्कुल विभाग, साँस्कृतिक विभाग एक प्रकारको डम्पिङ साइट बन्यो । चाइना भ्रमणको लर्को लाग्न थाल्यो र फर्केर यस्तो व्याख्या हुन थाल्यो मानौं सच्चा समाजवादी मुलुक चीन नै हो । न त पहिलेदेखि गर्दैआएका साँस्कृतिक गतिविधिको सिंहावलोकन छ, न त बढ्दै गएको विजातीय गतिविधिबारे छलफल । यस्तो सिलसिलाको रणभुल्लले स्वभाविक रुपमा आम कार्यकर्तालाई तत्कालिन भैपरी आउने संगठनहरुका गतिविधिका ऐय्या र आत्थ्थामा सिमित हुन नै प्रेरित ग¥यो ।
यसरी हरेका विषयमा सिर्जना हुन पुगेको भ्रम र अस्पष्टताको बीचबाट नै सबै विजातीय प्रवृतिहरु क्रमशः संस्थागत हुने वातावरण बन्दै गयो । त्यस मध्यको एउटा हो पद्धति प्रकृयाको अवसान । पद्धति प्रकृयाको अवसानपछि समिति होइन व्यक्तिहरु हावी हुनु अनिवार्य थियो, त्यसै भयो । त्यसपछि व्यक्तिहरुलाई जे मन लाग्यो विचार र संस्कृतिका क्षेत्रमा त्यहि हुने स्थिती बनेको छ । नेताले टाई बाधेर विदेश गयो , कार्यकर्ताको भिडले पनि टाई नै लाएर विदेश गयो । के त्यो लाउनै पर्ने हो ? किन हो ? कसैले प्रश्नै नगर्ने स्थिति बन्यो । लारक्याललाई सभासद् नेताले बनायो, किन बनायो ? नबनाए के घाटा हो ? बहुसंख्यक कार्यकर्ता हेरेको हेर्यौ गर्ने परिस्थीति बन्यो। भित्रभित्र सबैले सबैको कुरा काट्ने तर बाहीर शान्त भएर मुसुमुसु हाँस्ने गजबको संस्कृति विकास हुँदैछ । राम्रो भएपछि पार्टीमा हाम्रो हुने भन्दा हाम्रो भएसि जो पनि पार्टीमा राम्रो हुने दुर्घटनामय अभ्यस्तता हावी हुनपुग्यो ।
हुँदाहुँदा त दार्शनिक, सिद्धान्तकार, राजनीतिज्ञ, संगठनकर्ता, कुटनीतिज्ञ, समाजशास्त्री सबै नै प्रचण्ड, बाबुराम र नारायणकाजी !
६. कुनै पनि राजनीतिका पछाडि एक हुल बौद्धिकहरु वा चिन्तकहरु क्रियाशील हुन्छन् । पुँजीवादले त आफ्नो व्यवस्थाको आलोचना गर्ने बौद्धिकहरुलाई समेत स्थानको बन्दोवस्त गर्न थालेको छ । नोम चोम्स्कीहरु पुँजीवादका आलोचक हुन् तर पुँजीवादले अमेरिकाभित्रै उनीहरुलाई स्थान दिएको छ ताकि उनीहरुको आलोचनाको उपयोग गरेर पुँजीवादका भ्वाङहरु टाल्ने योजना बनाउन सकियोस् । तर माओवादी आन्दोलनमा भने चिन्तन प्रवृति भएका नेता वा बौद्धिक टाउको दुखाईको विषय बन्यो । चिन्तन प्रवृत्तिको व्यक्तिले सामान्यतया असन्तुष्टि र आलोचना व्यक्त गरिहाल्छ , तब न त्यो चिन्तक प्रवृति हुन्छ । उ नेताकोमा धाउन, साखुल्ले पल्टिन रुचाउँदैन बरु पद्दतिगत व्यवहार रुचाउँछ तर त्यसप्रकारका नेता वा व्यक्तिको कुरा सुनेर तिक्त हुने प्रवृत्ति बढ्दै गयो । बढीमा जानकारी खोजेर ल्याएर भनिदिने बुद्धिजिवीसम्मलाई स्थान दिन रुचाउने तर आलोचनात्मक चेतसहित उपस्थित हुनेलाई ढोका बन्द भयो । यस सिलसिलाले माओवादी आन्दोलनका जटिलतालाई फुकाउन सोच्ने चिन्तकको जमात नै हराउन पुगेको छ ।
माओवादी आन्दोलनमा चिन्तकले खेल्नुपर्ने भूमिकाको गरालो पनि नेताले नै बोक्न तम्सेको छ । हुँदाहुँदा त दार्शनिक, सिद्धान्तकार, राजनीतिज्ञ, संगठनकर्ता, कुटनीतिज्ञ, समाजशास्त्री सबै नै प्रचण्ड, बाबुराम र नारायणकाजी ! त्यही रोग त्यसपछिका नेतामा सरेपछि अब हुन्छ के ? सबै कुरा आफै हुन खोज्दा नेपालमा मिल्दै नमिल्ने बाह्य राष्टियताको आत्मनिर्णयको अधिकारको सिद्धान्त आन्तरिक राष्टियतामा लागु गर्न खोजेर कार्यकर्ता केही वर्ष हैरानीमा परे । अनि नेपालको सन्दर्भमा पटक्कै मेल नखाने राजनैतिक अग्राधिकारको मुद्दा बोकेर लज्जास्पद स्थितिसम्म भोग्नुप¥यो । यसरी चिन्तन प्रवृत्ति भएका नेता तथा व्यक्तित्वलाई ढोका बाहिरको नीति लिएपछि स्वतः संगठनात्मक चातुर्य, भौतिक व्यवस्थापन र कुटनीतिक पहुँचका भरमा राजनीति गर्ने पंक्ति नै सिद्धान्तकारका रुपमा गनिन थालेको छ । उसले जे बोल्यो त्यहि नीति बन्न थालेको छ । यो रोग तलसम्म सरिसकेको छ । धेरै मानिसलाई थाहा छ आज भोली सबैभन्दा कम किताब कसले किन्छ ? माओवादी कार्यकर्ताले ! दुर्दशा यस्तो बन्न पुगेको छ ।
नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्वको आन्तरिक सांस्कृतिक जीवनलाई हेर्न स्वकिय सचिवको विषय एउटा गतिलो झ्याल हो । आफ्नो नातेदार वा गैर राजनीतिक विभिन्न भावनात्मक सम्बन्ध भएका व्यक्तिहरु स्वकिय सचिव बनेको अवस्थामा सबैजसो सन्तुष्ट देखिए तर विशुद्ध कार्यकर्ता मात्रै छ भने अधिकांस त्यस नेतासँग वाक्क दिक्क भएर हिँडेको र विरोधीसमेत भएर निस्केको देखियो
७. क्रान्ति सम्पन्न गरेर सत्तासीन भएको करिब एक दशकपछि माओले सबै नेतालाई स्वकीय सचिव आफ्नो परिवार वा नातेदार व्यक्ति नराख्न निर्देशन दिएका थिए। अरु सबैले नातेदार स्वकिय सचिव परिवर्तन गरे तर गद्धार ल्यू साओ चीले भने परिवर्तन नगरी आफ्नो श्रीमतीलाई नै स्वकिय सचिव राखि नै राख्यो । उसले किन त्यसो ग¥यो भन्ने प्रष्ट भैसकेको छ कि उ पार्टीबाट केही लुकाउन चाहन्थ्यो , माओको समेत हत्या गर्न चाहान्थ्यो ।
नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्वको आन्तरिक सांस्कृतिक जीवनलाई हेर्न स्वकिय सचिवको विषय एउटा गतिलो झ्याल हो । आफ्नो नातेदार वा गैर राजनीतिक विभिन्न भावनात्मक सम्बन्ध भएका व्यक्तिहरु स्वकिय सचिव बनेको अवस्थामा सबैजसो सन्तुष्ट देखिए तर विशुद्ध कार्यकर्ता मात्रै छ भने अधिकांस त्यस नेतासँग वाक्क दिक्क भएर हिँडेको र विरोधीसमेत भएर निस्केको देखियो । विचार र पार्टी विरोधी भए त अर्कै विषय हुन्थ्यो तर त्यही पार्टीमा सकृय नै भएर बस्यो तर त्यस नेताको चाहिँ कटु आलोचक बन्यो । यो परिघटना मोहन विक्रम सिंह देखि माओवादी आन्दोलनका अधिकांश ठूला नेताको हकमा लागु भएको पाइयो । तर यस्तो किन भयो ? यसको सोझो उत्तर हो त्यहाँ केही गडबडी थियो र छ । यदि त्यहाँ विजातीय संस्कृति र क्रियाकलाप छैन भने आम कार्यकर्ताबाट स्वकिय सचिव किन छैन ? यो सानो प्रशंगको प्रश्न जसले धेरै ठूलो यथार्थको पर्दाफास गर्दछ ।
तसर्थ, विचार र संस्कृतिबाट चुँडिएको चङ्गा झैं भएको माओवादी आन्दोलनलाई पुनर्गठित गर्न विचार र संस्कृतिबारे भएका हरेक अवधारणा ,अस्पष्टता र विजातीयकरणका बारेमा अब एउटा महावहस प्रारम्भ गर्नै पर्दछ । त्यसको निम्ति आफूलाई हरेक क्रान्तिकारीले तयार पार्नैपर्दछ ।
http://www.khabardabali.com बाट साभार
No comments:
Post a Comment