Sunday, May 10, 2015

बिश्वमा अहिले सम्मकै ठूलो भूकम्पहरु


वैशाख २७, काठमाडौँ  । नेपालमा गत बैशाख १२ गते गएको विनाशकारी भूकम्पको सानातिना कम्पन अझै बाँकी छ । यूएसजिएस नेशनल अर्थक्विक इन्फरमेसन सेन्टरका अनुसार सन १९६०, मे २२ मा  ९ बजेर ११ मिनेट जाँदा चिल्ली केन्द्रबिन्दु भएर गएको ९.५ म्याग्नीच्यूटको भूकम्प नै हालसम्मको बिश्वको सबैभन्दा ठूलो भूकम्प मानिएको छ ।

उक्त भूकम्पमा परि करिव १६५५ जना मारिएका थिए ३००० जना घाइते भएका थिए भने २० लाख घरबारबिहिन भएका थिए । दक्षिणी चिल्लीमा मात्र ५५० मिलियन अमेरिकी डलर बराबरको धनमाल नोक्सान भएको थियो । उक्त भूकम्पबाट हवाली,जापान र फिलीपीन्समा समेत मानिसहरुको मृत्यु भएको थियो धनमालको क्षती भएको थियो ।
chilli
नेपालमा 
बि.सं १३१० आषाढ शुक्ल तृतीया सोमबार, राजा अभय मल्लको शासनकालमा काठमाण्डौंमा गएको करिब ७.७ रेक्टर स्केलको भूकम्प हालसम्म नेपालमा अभिलेख प्राप्त भूकम्प मध्ये पहिलो प्रमाण हो । बि.सं १३१६ राजा जयदेवको पालामा गएको भूकम्पका कारण अपार जनधनको क्षति भई अनिकालको लागेको थियो ।
वि.सं १४६४ भाद्र शुक्ल द्वादशीको दिन आएको भूकम्पबाट ठूलो संख्यामा जनधनको क्षति भएको छ ।
वि.सं १७३७ पौष कृष्ण अष्टमीका दिन रातको समयमा गएको भूकम्पबाट अपार जनधनको क्षति ।
वि.सं १७३८ जेष्ठ शुक्ल दिन राजा श्रीनिवास मल्लको शासनकालमा गएको भूकम्पबाट धेरै घर क्षतबिक्षत ।
वि.सं १८२४ आषाढ १ का दिन २४ घण्टामा २१ पटक भूकम्पको झड्का दिएको ऐतिहासिक तथ्य ।
वि.सं १८६६ जेष्ठ दशहराका दिन २१ पटक भूकम्पीय धक्काको अनुभव ।
वि.सं १८८० यम पञ्चमीका दिन लगभग १७ पटक भूकम्पको झड्का ।
वि.सं १८९० भाद्र १२ गते सोमबारका दिन साँझदेखि रातीसम्ममा २३ पटक सम्म भूकम्पका धक्का । केहि दिन सम्म प्रति दिन ४० देखि ५० पटकसम्म भूकम्प सन्त्रास । यसबाट काठमाण्डौं उपत्यकाका ४,२१४ घर, देशभर १८ हजार घर क्षति भएको अनुमान ।
वि.सं १८९१ असार र असोजका विभिन्न दिन भएका भुकम्पहरुबाट धेरै घरको नोक्सानी ।
वि.सं १९७३ नेपालको सुदूरपश्चिमाञ्चल क्षेत्रमा ठूलो भूकम्प ।
वि.सं १९९० माघ २ गते दिनको २ बजे २४ मिनेट २२ सेकेण्ड जाँदा नेपालको पूर्बी क्षेत्र चैनपुरमा केन्द्रबिन्दु बनाएर गएको ८.४ रेक्टर स्केलको महा भूकम्पबाट ८,५१९ जनाको मृत्यु, घर, देवालय र पाटी पौवा समेत गरी २ लाख ७ हजार ७४० वटा संरचना भग्नावशेषमा परिणत ।
वि.सं २०२३ असार १३ गते सुदूरपश्चिमाञ्चल क्षेत्रमा आएको भूकम्पबाट २४ जनाको मृत्यु हुनुका साथै १ हजार ३ सयभन्दा बढी घरहरुको पूर्ण क्षति ।
वि.सं २०३७ श्रावण १४ गते बझागं जिल्लामा आएको ६.४ रेक्टर स्केलको भूकम्पबाट १६ जिल्लामा गरी १०३ जनाको मृत्यु र साढे २ सय हजार भन्दा बढी घरहरु क्षतिग्रस्त ।
वि.सं २०४५ भाद्र ५ गते विहान ४ बजेर ५४ मिनेट ३५ सेकेण्डमा नेपालको पूर्बी भाग उदयपुर जिल्लामा केन्द्र बिन्दु बनाएर गएको ६.६ रेक्टर स्केलको भूकम्पबाट ७२१ जनाको मृत्यु र करिब ६५ हजार घर भन्दा बढी घर क्षतिग्रस्त ।
वि.सं २०७२ बैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाकलाई केन्द्र बिन्दु बनाएर गएको ७.८ रेक्टर स्केलको भूकम्प र १३ गते सिन्धुपाल्चोकलाई केन्द्र बनाएर गएको ६.९ रेक्टर स्कलको भूकम्पले अहिले सम्म ८ हजार ब्यक्तिको मृत्यु, करिब १५ हजार घाईते ।
http://onlinepatrika.com बाट साभार 

No comments:

Post a Comment