किसुनजी दृढताका धनी
कृष्णप्रसाद भट्टराई आदर्शवादी समाजमा जन्मिए, हुर्किए र पढे । त्यसैको जगमा उनको आदर्शवादी व्यक्तित्व निर्माण भयो । किसुनजीको जीवन, व्यवहार र राजनीतिक आदर्शवादी थियो । उनी आफ्नो मुल सिद्धान्तबाट कहिल्यै दायाँबायाँ नगर्ने मानिस हुन् । आफूले अंगालेको मूल्य मान्यताप्रति उनी सधैं दृढ थिए । २०२७ सालमा बीपी, गणेशमान र सुवर्णसमशेर राजासँग सम्झौता गरेर जेलबाट छुटे । तर किसुनजी निरंकुश राजतन्त्रका अगाडि घुँडा टेक्न तयार भएनन् । एकपटक ‘म निरंकुश राजतन्त्र स्वीकार गर्छु’ भनेर बिन्तीपत्र हालेको भए जेलबाट बाहिर आउन सक्थे । तर त्यसो नगरेबापत उनी थप डेढ वर्ष जेल बसेका थिए । किसुनजी निरंकुशता स्वीकार गर्छु भनेर एक शब्द लेख्न तयार भएनन् ।
सदाचारी व्यक्तित्व
किसुनजीमा सदाचार थियो । सदाचारी मान्छे जहिले पनि आफ्नो कुरामा अडिग रहन सक्छ । नेपाली काँग्रेसका धेरै नेता दिल्लीमा बसेर राजनीतिक गर्थे । तर किसुनजीलाई मुलुकबाहिरबाट गर्ने राजनीतिमा विश्वास थिएन । उनी बाहिरी बलमा गरिने क्रान्तिले मुलुकको समस्या समाधान गर्दैन भन्नेमा प्रष्ट थिए । उनी अहिंसात्मक आन्दोलनको पक्षमा थिए । हिंसा र हतियारको राजनीति रुचाउँदैनथे । शान्तिपूर्ण राजनीतिमा दृढ हुनाले कहिले काहीं किसुनजीमा कठोरता पनि प्रदर्शित भएको हुन्थ्यो । उनी स्वतन्त्रता र स्वच्छन्दताको हदसम्म जान चाहन्थे । उनको प्रष्ट मान्यता थियो, ‘मानिस बन्धनमुक्त भएर जन्मन्छ र बन्धनमुक्त भएरै मर्नुपर्छ ।’ त्यसै कारण उनले विवाह गरेनन् ।

प्रष्ट वक्ता
उनी प्रष्ट बोल्थे । झुट र छलछाममा विश्वास थिएन । प्रधानमन्त्री भएलगत्तै मानव अधिकारवादीहरुको एउटा टोली भेट्न गएको थियो । बेपत्ता मानिसहरुका बारेमा सोधे । उनले भनिदिए ‘दे आर अलरेडी किल्ड ।’ किसुनजी रक्सी खाने गर्थे । तर रक्सीले मातेर हिंडेको कहिल्यै देखिएन । दुई पेगभन्दा बढी कहिल्यै नखाने मानिसलाई बोत्तलका बोत्तल रित्याउँछ भनेर बदनाम गर्न खोजियो । किसुनजी रमाइलो स्वभावको मान्छे । जस्तोसुकै दुःखका बेला पनि रमाइलो गर्ने बानी थियो । नेपालका मानिसहरु रमाइलो गर्न जान्दैनन् । उनीहरु रमाइलो के हो बुझ्दैनन् । सेक्स अपिलका बारेमा जानकार थिए । सेक्स अपिल सुन्तलाको दानोमा पनि हुन सक्छ । तर यहाँ त्यसको अर्थ नबुझेर हावामा दौडने काम हुन्छ । किसुनजीमा ‘सेन्स अफ ह्युमर’ अत्याधिक थियो । ‘सेन्स अफ ह्युमर’ भएको मानिसले घटनालाई आफ्नै तरिकाले व्याख्या गर्छ । एकपटक पत्रकारले किन सांसद् हुनुभएको किसुनजी ? भन्ने प्रश्न सोध्दा उनले भनेका थिए, ‘रक्सी खान ।’ उनको कुरालाई अपव्याख्या गरियो । खासमा उनले तत्कालिन सांसदहरुको बदनामीपूर्ण हर्कतलाई संकेत गर्न खोजेका थिए । सांसद डान्सबारमा युवतीसँग लठ्ठिएको भेटिन्थ्यो । यही कुरालाई उनले ब्यंग्य गरेका थिए । यदि उनी त्यस्ता थिए भने छाला काढिन्थ्यो ।

किसुनजी एक राष्ट्रवादी नेता
बाह्य मुलुकमा बसेर नेपालमा क्रान्ति र परिवर्तन हुन्छ भन्ने भ्रममा किसुनजी कहिल्यै परेनन् । बीपी निर्वासित भएर भारतमा थिए । बीपीले पटकपटक भारत आउन भनेका थिए । तर किसुनजीले मानेनन् ।
वीरेन्द्र र गिरिजाले गरेको अपमान
किसुनजी २०४६ सालको आन्दोलनपछि अन्तरिम सरकारको प्रधानमन्त्री भए । प्रधानमन्त्रीका रुपमा उनले कुशलतापूर्वक मुलुकलाई संविधान दिए । दोश्रोपटकको प्रधानमन्त्रीत्व उनका लागि सुखद् हुन सकेन । तनावमै उनको प्रधानमन्त्रीत्वको झण्डै आठ÷नौ महिना बित्यो । काँग्रेसभित्रको समूहगत राजनीतिले उनलाई राम्रोसँग कामै गर्न दिएन । किसुनजीलाई मुलुकका बारेमा राम्रो जानकारी थियो । कसैले पत्याउनै नसक्ने मानिसहरु उनका सूचनाका श्रोत थिए । नेपालको सत्तामा हाबी हुँदै आएको कमिशनतन्त्रका बारेमा उनी जानकारी थिए । उनको पालामा कुनै मन्त्रीले कमिसनका लागि एउटै फाइल पास गराउन सकेन ।
काँग्रेसले कहिल्यै चिनेन
किसुनजी ‘सोसलिष्ट इन्टरनेशनल’ को कार्यकारी समितिमा थिए । त्यसैमार्फत युद्धरत माओवादीसँग वार्ताको वातावरण बनाउँदै थिए । उनले राष्ट्रिय÷अन्तर्राष्ट्रिय सम्पर्कको माध्यमबाट माओवादीलाई वार्तामा ल्याउन प्रयत्न गरेका थिए । त्यसैका लागि फ्रान्स जाने तयार थियो । त्यो थाहा पाएर राजा वीरेन्द्र र गिरिजाप्रसाद कोइरालाले उनीमाथि षड्यन्त्र गरे । ‘१० दिनको समय दिनुस्, म फ्रान्सबाट फर्केर आएपछि राजीनामा दिन्छु’ भन्दा पनि मानेन् र पद छाड्नुप¥यो । सायद किसुनजीले माओवादीलाई वार्तामा ल्याएको भए उनको राजनीतिक हाइट बढ्छ भन्ने डर अरुमा थियो होला । अर्को कुरा हतियारको कमिसन बन्द हुन्थ्यो । युद्ध रोकिएपछि हतियार खरिदका नाममा कमिसन खाने धन्दा धरापमा पथ्र्यो ।
यसरी गरियो किसुजनीलाई उपयोग
२०५६ को आमनिर्वाचनताका काँग्रेसप्रति आममानिसको विश्वास गुमेको अवस्था थियो । काँग्रेसमा जनताले पत्याउन सक्ने र राष्ट्रिय इमेज भएका नेता किसुनजीबाहेक अरु थिएनन् । किसुनजीलाई जनताले पत्याउनुका केही कारणहरु थिए । उनी अविवाहित भएकाले छोराछोरी हुने कुरै भएन । पारिवारिक र नाता कुटुम्बको स्वार्थी घेराबन्दीबाट मुक्त थिए । सरल जीवनशैली मनपराउने, कुनै लोभलालच नभएका मानिस थिए । कुशासनले वाक्क भएका जनता किसुनजी प्रधानमन्त्री भए मुलुकले केही पाउँथ्यो कि भन्ने विश्वासमा थिए । यो कुरा गिरिजाप्रसादलाई राम्ररी थाहा थियो । जिरिजाप्रसादले आफ्नो र काँग्रेसको सकिनै लागेको राजनीति धान्न किसुनजीलाई अघि सारे । जनताको त्यही सेन्टिमेन्टका कारण काँग्रेसले चुनावमा बहुमत ल्यायो । तर प्रधानमन्त्री भएको तीन महिना नबित्दै विज्ञप्ति निकालेर गिरिजाप्रसादले सरकारको भत्र्सना गरे । उनले ‘सिंहदरबारमा मुर्दा शान्ति छाएको’ भन्दै किसुनजीको तेजोबध गरेका थिए । यसको कारण किसुनजी प्रधानमन्त्री भएपछि मुलुकमा कमिसनतन्त्र र ठेकेदारी चलेन । त्यसैको बदलामा उनको सरकार ढल्यो । किसुनजीले त्यसअघि पनि काँग्रेसबाट अपमान खेपेका थिए ।
माओवादी समस्याबारे किसुनजीको धारणा
किसुनजी हत्या हिंसा र बन्दुकको राजनीतिमा विश्वास गर्दैनथे । माओवादी राजनीतिक समस्या भएकाले समाधान पनि राजनीतिक रुपमै गर्नुपर्छ भन्ने उनको अडान थियो । व्यवहारमा पनि त्यही देखिन्थ्यो । माओवादीहरुलाई मारेर समस्या समाधान हुन्छ भन्ने भ्रममा उनी कहिल्यै थिएनन् । अघिल्ला सरकारहरुले माओवादी दबाउन अख्तियार गरेको दमनको रणनीतिको खिलाफमा किसुनजी थिए । उनले सेना र प्रहरीको बलमा होइन, वार्ता र संवादको माध्यमबाट मात्र माओवादीलाई मुलधारको राजनीतिमा ल्याउन सकिन्छ भनेका थिए । ‘माओवादी पनि नेपाली हुन्, मार्नु हुँदैन’ नेपाली नेपाली आपसमा जुधेर कसैलाई फाइदा हुँदैन’ भन्ने उनको मन्त्र थियो । माओवादीबारेको किसुनजीको दृष्टिकोणमा खोट देख्नेहरु पछि उनकै लाइनमा आउन बाध्य भए । सायद किसुनजीको सरकारलाई कम्तिमा डेढ वर्ष टिक्न दिएको भए माओवादी समस्याको उतिखेरै समाधान हुनसक्थ्यो ।
किसुनजीमाथि अन्याय गरियो
किसुनजी काँग्रेसमा आएको विभाजनबाट दुःखी थिए । फुटेको काँग्रेसमा कतै पनि लाग्दिन नलागी तटस्थ बसे । पार्टी विभाजनसँगै गम्भीर बिरामी परे । विस्तारै राजनीतिबाट टाढिए । गिरिजाप्रसाद, शेरबहादुर, सुशील र रामचन्द्रले उनलाई राजनीतिमा तानेर फेरि प्रयोग गर्न कोसिस गरेका थिए । किसुनजीले ठाडै अस्वीकार गरिदिए । राजतन्त्रको पक्षमा र आन्दोलनको विपक्षमा किसुनजीका नाममा जुन वक्तव्य आयो, त्यो फर्जी थियो । उनी अलजाइमरको बिरामी थिए । होस गुमाएका थिए । त्यस्तो अवस्थामा कसैले झुक्याएर कागजको खोस्टोमा सही गराउन लगायो । यो कुरा उपचारमा संलग्न भरत रावतलाई राम्ररी थाहा छ । मेरो विचारमा यो किसुनजीको व्यक्तित्वको शोषण हो । राजतन्त्रका नाममा चलखेल गर्ने स्वार्थी मानिसहरुले अहिले पनि यदाकदा किसुनजीको नाम भजाएको सुनिन्छ । सुद्धि हराइसकेको मानिसलाई गलत मनसायबाट प्रेरित भएर दुरुपयोग गरियो । यो किसुनजीमाथि भएको ठूलो अन्याय हो ।

ज्ञानेन्द्रलाई ठट्टामा उडाए
ज्ञानेन्द्रले दलहरुलाई पाखा लगाए । सानै रुपमा भए पनि प्रतिगमनविरुद्धको आन्दोलन सुरु भएको थियो । ज्ञानेन्द्रले प्रधामन्त्रीको टेण्डर आह्वान गरे । त्यसबेला दुईपटकजति किसुनजीले ज्ञानेन्द्रलाई भेटे । यद्यपि ज्ञानेन्द्रले निरंकुशता लाद्ने बेलासम्ममा किसुनजीले होस गुमाइसकेका थिए । किसुनजी प्रधानमन्त्रीका लागि लालायित थिए भन्ने हल्ला चलाइयो । अहिले पनि चलेको सुन्छु । तर ती सबै फाल्तु गफ हुन् । किसुनजीले चाहेको भए उनलाई प्रधानमन्त्री खान कसैले रोक्न सक्ने थिएन ।

किनकी किसुनजी जे सोच्यो, त्यही गर्ने मानिस हो । मलाई सम्झना भएसम्म राजा ज्ञानेन्द्रले प्रधानमन्त्रीको प्रस्ताव राख्दा उनले हाँसोमा उडाइदिएका थिए । जनताको अधिकार जनतामा फिर्ता नगरेसम्म प्रधानमन्त्री हुन्न भन्ने उनको स्पष्ट अडान थियो । राजाका अगाडि त्यसरी कुरा गर्न सक्ने नेता नेपालमा कोही थिएनन् । तर उनैमाथि मर्नेबेलामा राजावादीको आरोप लगाइयो । यो सरासर मित्या आरोप हो । नेपालमा यदि सबैभन्दा बढी निरंकुश राजतन्त्रविरोधी कोही थियो भने त्यो किसुनजी हो ।
कपालीसँग ‘सेक्सुअल रिलेशन’ थिएन
अमिता कपाली काँग्रेसको राजनीतिमा थिइन् । किसुनजीको कोही साहरा थिएनन् । परिवार थिएन । यो कुरा बुझेर कपालीले किसुनजीको सेवा गरेकी हुन् । किसुनजीको हातखुट्टा राम्ररी चल्थेन । कपालीले नर्सिङ गरेकी थिइन् । उनको त्यो विशिष्ट प्रकारको त्याग थियो । मानिसहरुले बाहिर हल्ला गरेजस्तो गलत सम्बन्ध थिएन । सँगै बस्दैमा ‘सेक्सुअल रिलेशन’ हुन्छ भन्ने केही छैन । भएन भन्न पनि सकिँदैन । भएछ भने पनि त्यो ठूलो कुरा भएन । कपालीमाथि आरोप लगाउनेहरुले अन्याय गरेका छन् । विचराले किसुनजीको सेवा गर्दागर्दै विवाहसमेत गर्न पाइनन् ।
किसुनजीबाट के सिक्ने ?
राजनीतिमा लागेको मानिस सदाचारी हुनुपर्छ । राजनीतिज्ञ जनताका सेवक हुन् । सस्तो लोकप्रियताका लागि फटाहा कुरा बोल्नु हुँदैन । लोकतन्त्र संवादबाट चल्ने व्यवस्था हो । अनावश्यक झगडा गर्नु हुँदैन । झगडालाई तानेर रगडा बनाउनु हुँदैन । यी किसुनजीबाट सिक्न लायक गुणहरु हुन् । प्रतिबन्धित भएकाले पार्टीका नाममा बैंक खाता खोल्ने कुरै आएन । किसुनजी स्टकोटका दुई बगलीमध्ये एउटामा आफ्नो र अर्कोमा पार्टीको पैसा राख्थे । भान्जाको घरमा बस्थे । जीवनभर भान्जाले भात खुवाए । किसुनजीजस्तो व्यक्ति अब नेपाली राजनीतिमा कहिल्यै पनि आउँदैन । सायद कतै पनि त्यस्तो राजनीतिज्ञको जन्म हुँदैन । किसुनजीको पुस्ताले गरेको त्यागको कुरा गर्ने हो भने अहिलेका मानिसहरु पत्याउँदैनन् । त्यस्तो पनि हुन सक्छ र भन्नेहरु धेरै हुन्छन् ।
- See more at: http://kathmandutoday.com/2015/03/82995.html#sthash.BX4Z4bMG.dpufअमिता कपाली काँग्रेसको राजनीतिमा थिइन् । किसुनजीको कोही साहरा थिएनन् । परिवार थिएन । यो कुरा बुझेर कपालीले किसुनजीको सेवा गरेकी हुन् । किसुनजीको हातखुट्टा राम्ररी चल्थेन । कपालीले नर्सिङ गरेकी थिइन् । उनको त्यो विशिष्ट प्रकारको त्याग थियो । मानिसहरुले बाहिर हल्ला गरेजस्तो गलत सम्बन्ध थिएन । सँगै बस्दैमा ‘सेक्सुअल रिलेशन’ हुन्छ भन्ने केही छैन । भएन भन्न पनि सकिँदैन । भएछ भने पनि त्यो ठूलो कुरा भएन । कपालीमाथि आरोप लगाउनेहरुले अन्याय गरेका छन् । विचराले किसुनजीको सेवा गर्दागर्दै विवाहसमेत गर्न पाइनन् ।
किसुनजीबाट के सिक्ने ?
राजनीतिमा लागेको मानिस सदाचारी हुनुपर्छ । राजनीतिज्ञ जनताका सेवक हुन् । सस्तो लोकप्रियताका लागि फटाहा कुरा बोल्नु हुँदैन । लोकतन्त्र संवादबाट चल्ने व्यवस्था हो । अनावश्यक झगडा गर्नु हुँदैन । झगडालाई तानेर रगडा बनाउनु हुँदैन । यी किसुनजीबाट सिक्न लायक गुणहरु हुन् । प्रतिबन्धित भएकाले पार्टीका नाममा बैंक खाता खोल्ने कुरै आएन । किसुनजी स्टकोटका दुई बगलीमध्ये एउटामा आफ्नो र अर्कोमा पार्टीको पैसा राख्थे । भान्जाको घरमा बस्थे । जीवनभर भान्जाले भात खुवाए । किसुनजीजस्तो व्यक्ति अब नेपाली राजनीतिमा कहिल्यै पनि आउँदैन । सायद कतै पनि त्यस्तो राजनीतिज्ञको जन्म हुँदैन । किसुनजीको पुस्ताले गरेको त्यागको कुरा गर्ने हो भने अहिलेका मानिसहरु पत्याउँदैनन् । त्यस्तो पनि हुन सक्छ र भन्नेहरु धेरै हुन्छन् ।
No comments:
Post a Comment