Monday, February 2, 2015

ऐतिहासिक जाति

ऐतिहासिक जाति

हामी किरात राईहरु ऐतिहासिक जाति हौं । पृथ्वीनारायण शाहले दिएको पगरी राई भएकोले हामी राई भएका होइनौं । पहिले हामी सबै राई थियौं । पृथ्वीनारायण शाहले अरुलाई त्यो लेख्ने अधिकार खोसेर सिमित ताल्ुकदारलाई मात्र राई लेख्न दिए । पछि हामी सबै राईले हाम्रो खोसिएको जातीय पहिचान पुनः स्थापित गरेर राई लेख्न, भन्न थालेका हौं । राई शब्द १०१७ शाके सम्बतमा हर्कबली चाम्लिंग राईले प्रयोग गरेको प्रशस्त ग्रन्थहरु पाइन्छ । उनी हलेसीका चाम्लिंग राई थिए । उनले संस्कृत व्याकरण र साहित्यको समीक्षा गरेका थिए । ती समीक्षाहरुमा उनले हलेसी बस्ने हर्कबली राई भनेर प्रष्ट लेखेका छन् । शाके १०१७ भनेको विसं. ११२५ हो । यसले के प्रष्ट पार्छ भने विसं ११२५ भन्दा अघि नै पूर्वमा किरात राईहरु बसोबास गर्दथे र उनीहरु आफूलाई राई जातीय नाम ले चिनाउथे ।

No comments:

Post a Comment