Tuesday, November 24, 2015

पढ़ें- भाजपा सांसद कीर्ति आजाद ने क्यों कहा, नेपाल लौटा दे 15 जिले


दरभंगा। भाजपा सांसद और पूर्व क्रिकेटर कीर्ति आजाद ने दरभंगा में आयोजित एक कार्यक्रम में नेपाल के खिलाफ बयान देकर तल्खी बढ़ा दी है। भाजपा सांसद ने कहा कि नेपाल अपने 15 जिले भारत को वापस लौटा दे। अंग्रेजों ने हिंदुस्तान का हिस्सा रहे इन जिलों को नेपाल को दे दिया था।
भाजपा सांसद ने कहा कि मधेश के तहत 15 जिलों को उस वक्त अंग्रेजोंं ने नेपाल को दे दिया था। ये सभी हिंदुस्तान का हिस्सा थे। किसी ने न तो उस वक्त इसके लिए आवाज उठाई और न ही आज तक इन जिलों को वापस लेने की पहल की गई।
कीर्ति आजाद ने कहा कि वे अब इसके लिए लड़ाई लड़ेंगे। 15 जिलों को वापस पाने के लिए संसद में भी आवाज उठाएंगे। मांग करेंगे कि नेपाल से उक्त जिलों को वापस लिया जाए और नेपाल इसके लिए तैयार न हो तो उससे छीन लिया जाना चाहिए। कीर्ति आजाद नेपाल में मधेसियों की मांग पूरी न किए जाने के विरोध में उक्त बातें कहीं।
विदित हो कि नेपाल 97 दिनों से मधेसी आंदोलन की आग में जल रहा है। सोमवार को भी महेंद्र राजमार्ग पर परिचालन ठप रहा। आंदोलनकारियों ने कोलाडी की अस्थाई पुलिस चौकी में आग लगा दी। सर्लाही जिले के सिरसिया कबिलासी में डीजल लदी भारतीय मारुति वैन जला दी गई। साथ ही चालक को भी पीटा गया।
नवलपरासी जिले के रतनगंज में दो भारतीय बाइक जला दी गई। गोपीगंज में भी आगजनी हुई। परवानीपुर के पास भी दोपहिया वाहनों में आग लगा दी गई तथा वाहन चालक को घायल कर दिया गया। मटिहानी बॉर्डर पर पेट्रोल सहित अन्य सामान को तस्करों से छीनकर नष्ट कर दिया गया। 125 बोरे भारतीय सीमेंट को भी जब्त कर लिया गया।
रविवार को हुई सप्तरी पुलिस फायरिंग में मरने वालों की संख्या अब पांच हो गई। सोमवार को कोसी नदी के पास दो और शव मिले। इसे पोस्टमार्टम के लिए जिला अस्पताल भेज दिया गया। दोनों की पहचान नहीं हो सकी थी। घटना के बाद सप्तरी में अनिश्चितकालीन कफ्र्यू लगा दिया गया है।

http://m.jagran.com बाट साभार 

Monday, November 23, 2015

विश्लेषण : लर्तराे छैन मधेस विखण्डनको प्रारुप - साध्यबहादुर भण्डारी

मधेस आन्दोलनको पृष्ठभूमिबारे चर्चा गर्दा हामीले २०६४ सालमा फर्किनुपर्छ । २०६४ सालको वैशाख २८ गते नेपालको मधेसलाई लिएर भारतको पटनामा एउटा वैठक बस्यो । भारतीय गुप्तचर संस्था ‘रअ’का पदाधिकारीको विशेष उपस्थिति रहेको वैठकमा थिए, रामराजाप्रसाद सिंह, उपेन्द्र यादव र राजेन्द्र महतो । मधेसमा भूमिगत आन्दोलन गरिरहेका ज्वालासिंह र जयकृष्ण गोइत पनि थिए ।




Sadhaya-Bhadur-Bhandari


उक्त वैठकमा १० वर्षभित्र मधेसलाई पहाडबाट
 टुक्राउने विषयमा छलफल भएको थियो । ज्वाला सिंहले तत्कालै मधेसमा ‘छायाँ सत्ता’ चलाउने प्रस्ताव गरे । बयोवृद्ध रामराजा सिंहलाई ‘मधेसका राष्ट्रपति’ बन्न अफर गरियो । तर रामराजाले अस्वीकार गरे । यो वैठकका विषयमा करिव दुई महिनापछि उनै रामराजाले खुलासा गरेका थिए ।
त्यसपछि फेरि २०६४ आश्विन १८ देखि २१ गतेसम्म दोस्रो वैठक बस्यो, पटनामै । वैठकमा उपस्थिति थियो, भारतीय विदेश मन्त्रालयको नेपाल शाखा हेर्ने सहसचिव पि्रतिशरण कौरको । सो वैठकले अलग मधेसको प्रस्तावबाट एक कदम पछि हटेर ‘समग्र मधेस एक प्रदेश’ को नारा तय गर्‍यो । उक्त वैठकमा पनि ‘रअ’का पदाधिकारीहरु तथा रामराजाप्रसाद सिंहको सहभागिता थियो ।
सो वैठक लगत्तै नेपालको राजनीतिमा नयाँ घटनाक्रमहरु भए । २०६४ मंसिरमा तत्कालीन कृषिमन्त्री महन्त ठाकुरले राजीनामा दिए । जेपी गुप्ता, हृदयश त्रिपाठी, राजेन्द्र महतो लगायत पाँच जनाले संसद सदस्यबाट राजीनामा दिए । दुई-चारकै अन्तरालमा तराई-मधेस लोकतान्त्रिक पार्टीको नाममा नयाँ पार्टी जन्मियो । आधिकारिक सूचना अनुसार उक्त पार्टीको घोषणापत्र जेपी गुप्ताले बनाएका हुन् । उनले बनाएको घोषणापत्रमा नेपाललाई देश र मधेस भनेर छुट्याइएको थियो । ‘नेपाल’ कतै उल्लेख थिएन । देश र मधेस दुवै आधी-आधी हुनुपर्छ भन्ने अवधारणामा घोषणापत्र निर्माण गरिएको थियो ।
बहुराष्ट्रवादको सूत्र
२००९ को अगष्ट १७-१८ तिर भारतका पूर्वप्रधानमन्त्री आइके गुजरालले कान्तिपुरका गोपाल खनाललाई एउटा अन्तरवार्ता दिए । त्यो अन्तरवार्ता प्रकाशित भएन । त्यसको व्यहोरा चाहिँ हामीकहाँ आइपुगेको थियो । अन्तरवार्तामा उनले प्रष्ट शब्दमा भनेका छन्, ‘नेपालमा एउटा होइन, दुई राष्ट्र छन् । पहाड र मधेस ।’
जिन्ना अलि मोहम्मदले १९४२ मा बहुराष्ट्रवादको सूत्र प्रयोग गरेर पाकिस्तानलाई भारतबाट अलग्याएका थिए । धर्मका आधारमा भारत एउटा होइन, दुई राष्ट्रको देश हो भन्ने उनको मान्यता थियो । एउटा हिन्दू र अर्को मुस्लिम । हिन्दू र मुस्लिम अलग हुनुपर्छ भनेर उनले पाकिस्तानलाई छुट्याए ।
भारतमा सन् १९६५-६६ बाट इन्दिरा गान्धीको काल सुरु भयो । इन्दिराले त्यही बहुराष्ट्रवादको सूत्र प्रयोग गरेर पाकिस्तानलाई विभाजन गरिन् । पूर्वी पाकिस्तानमा बंगाली भाषा बोल्नेहरु थिए भने पश्चिम पाकिस्तानमा उर्दु भाषा बोल्नेहरु थिए । अन्ततः भाषाका आधारमा बहुराष्ट्रवाद लगाएर पूर्वी पाकिस्तानलाई टुक्र्याई बंगलादेश बनाइयो । इन्दिराले रुससित सहयोग लिएर पूर्वी पाकिस्तान छुट्याएकी हुन् ।
इन्दिराले त्यही सूत्र श्रीलंकामा पनि लागू गरिन् । भारतले पाँचवटा गुरिल्ला संगठन निर्माण गर्‍यो । तलबदेखि हातहतियारसम्म उपलब्ध गरायो । भारतकै चतरामा उनीहरुलाई तालिम दिइयो । त्यसैबाट पछि लिट्टे जन्मियो ।
श्रीलंकामा दूई धर्मलाई बहुराष्ट्रवादको आधार बनाइयो । एउटा तमिलले मान्ने हिन्दू धर्म र अर्को सिंहालीले मान्ने बौद्ध धर्म । तमिलहरु तामिलनाडूबाट गएका हुन् । अंग्रेजको पालामा चिया र नून खेतीका लागि लगिएका उनीहरु श्रीलंकाका मौलिक वासिन्दा होइनन् । त्यहाँ दुई राष्ट्रको अभियान अन्तर्गत जाफ्ना प्रायद्विपमा तमिलको अलग राज्य खडा गर्ने योजना अन्तर्गत भारतले काम गरेको छ ।
नेपालमा पनि श्रीलंका र पाकिस्तान जस्तै बहुराष्ट्रवादको सूत्र लागू गरेर देश भनेको पहाड र हिमाल अनि मधेस भनेको तराई भनेर पाठ पढाउने काम भएको छ । तमलोपाको घोषणापत्रबाट यसको दस्तावेजीकरण भयो ।
आरएल यादवले लेखेको पुस्तक ‘मिसन रअ’ को २६३ पेजमा प्रष्ट लेखिएको छ, ‘सिक्किम भारतमा गाभिएपछि इन्दिरा गान्धीले हामी पाँचजनालाई नेपालको तराई फुटाएर भारतमा गाभ्ने काममा खटाएकी थिइन् । तर, १९७७ मा उनी पराजित भएपछि यो काम अधुरो रह्यो ।’ अहिले मोदीको सरकारले यही कामलाई निरन्तरता दिन खोजेको आशंका उब्जिएको छ ।
केही दिनअघि एक दक्षिण भारतीयले लेखेको लेख मैले हेरेँ । उनले नेपालको तराईलाई फुटाउने अनुकुुल परिस्थिति रहेको बताएका छन् । धेरैभन्दा धेरै भारतीयले नागरिकता लिएको, ठूला शक्तिराष्ट्रहरु भारतको निकट रहेका, नेपालका बुद्धिजिवीहरुको समुहलाई प्रभावमा लिइएको लगायतका दलीलहरु उनले पेश गरेका छन् । यसले गर्दा भारतको समुच्च समुच्च ‘ओरियन्टेसन’ तराई टुक्राउनेमा केन्द्रित देखिन्छ र मधेसवादी आन्दोलनको मुल मक्सद त्यही हो । थारुहरु यसमा हतियार बनेका छन् । जनजातिको एउटा समुह पनि प्रभावमा परेका छन् ।
मधेसमा घुसेको भारत
गत वर्षको मंसिरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालमा आए । सँगै आएका थिए उनका प्रमुख सुरक्षा सल्लाहकार अजित डोभल । उनले राष्टपति डा. रामवरण यादवसँग प्रष्ट शब्दमा चुरेसहितको मधेस प्रदेश हुनुपर्ने अडान राखे । त्यतिबेला देखि नै हाम्रा राष्ट्रपतिको बोली र व्यवहार बिस्तारै फेरिन थाल्यो ।
भारतले चाहेमा आफूपट्टिको दशगजा एकछिनमा खाली गर्न सक्छ । नेपालपट्टिको दशगजा हामी खाली गर्न सक्छौं । तर, उसले आन्दोलनकारीलाई दशगजामा न्यानो स्वागत गरेको छ
तर, भारतको उक्त अडानलाई वेवास्ता गर्दै राजनीतिक दलहरुले संविधान जारी गर्न १६ बुँदे सम्झौता गरे । उक्त सम्झौताभित्र निहीत सत्तास्वार्थ आफ्नो ठाउँमा छ । तर, यो सम्झौता भारतीय प्रभावबाट अछुतो थियो । जुन भारतलाई पाच्य भएन ।
१६ बुँदे सहमतिका आधारमा संविधान जारी नगर्न दलहरुलाई चौतर्फी घेराबन्दी गरियो । मधेसवादी, जनजाति, थारुहरु आन्दोलनमा उत्रे । राष्ट्रपतिले निरन्तर दलहरुमाथि दबाव थोपरे । अन्तिममा भारतीय प्रधानमन्त्रीका विशेषदूत एस. जयशंकर नेपाल आएर आफ्ना एजेन्डा स्थापित नभएसम्म संविधान जारी नगर्न चेतावनी दिए । तर, सम्पूर्ण दबावका बाबजुद केपी ओलीको दृढताका कारण संविधान जारी भयो । उनलाई प्रचण्डले बलियो साथ दिएका थिए ।
यसअघि असार २९ गते उपेन्द्र यादव, राजेन्द्र महतो र अमरेश सिंहले टीकापुरमा गएर साम्प्रदायिक भावना भड्काउने भाषण गरेका थिए । उनीहरुलाई पहाडीलाई लखेट्नुपर्छ भन्दै थारुहरुलाई भड्काएका थिए । साउन ७ गते कैलालीमा भयानक घटना गराइयो । ०६३ साल चैत ९ गते गौरमा भाडाका अपराधी ल्याएर जसरी विभत्स नरसंहार गरिएको थियो, त्यस्तै किसिमको घटना दोहोर्‍याउन खोजियो । कैलालीमा पनि भाडामा अपराधी प्रयोग भएका छन् । गौर घटना गराउनेहरुले नै कैलालीमा घटना गराएको देखिन्छ ।
नेपालमा संविधानसभाको अत्यधीक मतबाट संविधान जारी हुँदा भारतले चिसो प्रतिक्रिया व्यक्त गर्‍यो । उसले संविधानको स्वागत गरेन केवल ‘नोट’ गर्‍यो । संविधानसभाको निर्णय प्रणव मुखर्जीको उपस्थितिमा तत्कालीन सातदलले भारतमै गरेका थिए । त्यही भारतकै मार्गचित्रमा लतारिएर दलहरु यहाँसम्म आएका हुन् । नेपालको संविधानसभा चुनावसम्म आउँदा रअको मार्गचित्र सफलिभुत भएको भनेर तत्कालित रअका प्रमुख टी हर्मिजले इन्डियन एक्सप्रेसमा लेखेको लेख २०६५ सालको जेठमा प्रकाशित भएको थियो । सबै प्लेटर्फमको हिसाबले कुरा गर्दा रअको मिसनअनुसार काम भएका थिए । तर, संविधान जारी गर्ने बेलामा उसको दिशानिर्देश अवज्ञा भएपछि भारत उग्ररुपमा प्रस्तुत भयो । मधेसवादी दललाई नाकाहरुमा आएर बस्न लगायो र आश्विनको ७ गतेदेखि नेपालतर्फको आपूर्ति ठप्प बनायो ।
भारतले चाहेमा आफूपट्टीको दशगजा एक छिनमा खाली गर्न सक्छ । नेपालपट्टीको दशगजा हामी खाली गर्न सक्छौं । तर उसले आन्दोलनकारीलाई दशगजामा न्यानो स्वागत गरेको छ । उनीहरुलाई भारतमै रसदपानी, त्रिपाल लगायत लजिस्टिक सहयोगहरु उपलब्ध गराइएको छ । भारतीय प्रहरीको आडैमा बसेर आन्दोलनकारीले नेपाल प्रहरीमाथि ढुंगा हानिरहेका छन् । नेपालको सिमाभित्र भएका आन्दोलनमा भारतीय नागरिक मारिए । भारतीय नागरिक घाइते भए । भारतीय नागरिक पक्राउ परे । यी सबै तथ्यहरुका आधारमा भन्न सकिन्छ कि मधेस आन्दोलनको आवरणमा मधेसी मोर्चा भए पनि यथार्थमा यसलाई भारतले नै कमाण्ड गरिरहेको छ ।
नेपालमा संविधान जारी भएलगत्तै भारतीय विदेश मन्त्रालयले नेपालको सम्बिधानका सम्वन्धमा आफ्ना सातबुँदे एजेण्डा अघि सार्‍यो । इन्डियन एक्सप्रेसमार्फत ती एजेण्डा सार्वजनिक भएको थियो । त्यही एजेण्डामा टेकेर मधेसी मोर्चाले अहिले ११ बुँदे माग अघि सारेको छ । यसमा दुई मधेस प्रदेश, सिंगो देशमा जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण, अंगीकृतलाई मुख्यमन्त्रीदेखि राष्ट्रपतिसम्मको हकदावी, नेपाललाई बहुराष्ट्र घोषणा गर्नुपर्छ भन्नेसम्मका माग छन् । अधिकांश मागहरु छलफल लायकसम्म छैनन् ।
सीमांकन र नदी जडान
मधेसी मोर्चाले सबैभन्दा चर्को स्वरमा उठाइरहेको छ, प्रदेशहरुको सिमांकन परिमार्जन गर्नुपर्ने माग । तराईमा पहाडलाई नछोइकन अलग्गै दुई सग्ला प्रदेशहरु दिनुपर्ने उनीहरुको सबैभन्दा पहिलो र आधारभूत माग हो । समग्र तराईलाई दुई प्रदेश बनाउने मधेसी दलहरुको आफ्नै माग भने होइन । यो भारतले उनीहरुलाई बोकाएको एजेण्डा हो । भारतको यसमा गहिरो अभिष्ट लुकेको छ । त्यसबारे चर्चा गरौं ।
भारतले सन् १९७२ मा नदी जडान परियोजनाको खाका बनायो । सन् १९८२ बाट त्यस खाकालाई कार्यान्वयन गर्न अन्तर्राष्ट्रिय पहल सुरु भयो । तत्कालीन भारतीय जलश्रोतमन्त्री प्रभू चावलाको अध्यक्षतामा कमिटी बनाइयो । सन् १९९१ मा भारत गएका नेपालका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले नेपालका सबै नदीनाला भारतका पनि साझा हुन् भन्ने व्यहोरामा हस्ताक्षर गरे । सन् २००२ मा नदी जडान परियोजना राष्ट्रपति एकेजे अब्दुल कलामले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आयो । भारतको सर्वोच्च अदालतले दुईपटक नदी जडानको पक्षमा निर्णय गर्‍यो ।
नदी जडान परियोजनाको प्राथमिकता अनुसार नेपालमा २९ वटा उच्च बाँध बनाउने भारतीय योजना छ । भारतले नेपालबाट निस्कने सबै पानीलाई पाँच क्षेत्रबाट संकलन गरेर दक्षिण पश्चिमको मरुभुमीकरण भइरहेको क्षेत्रमा लैजान चाहेको छ । पश्चिम र दक्षिण क्षेत्रका तीन करोड ४० लाख हेक्टर जमिन नेपालको पानीबाट सिचाइँ गर्ने योजना भारतको छ ।
नदी जडान परियोजना अन्तरगत २९ वटा ठूला उच्च बाँध बनाइसकेपछि भुकम्प जोखिम क्षेत्र भएकाले तिनीहरु फुट्न सक्छन् । यसबाट भारतका ठूला शहरहरु जोखिममा पर्ने भएकाले सुरक्षाको लागि चुरेको पछाडि पट्टी भारतले दुई ठूला संरचना बनाइरहेको छ । पाकिस्तानको किनारदेखि मेघालयसम्म एउटा २२ सय किलोमिटर लामो सीमा सडक बनाउँदै छ भारतले । ४ लेन, ६ लेन, ८ लेन र १० लेनको यो सडक आठ मिटर अग्लो छ । अर्को, संरचना भनेको भारतको पैसा, उसकै डिजाइन र प्रविधि तर, नेपालको सडक विभागका नाममा हुलाकी सडकको परियोजना नेपालभित्र अघि बढिरहेको छ । नेपालपट्टिको संरचनालाई चेक ड्याम र भारततिरको संरचनालाई चेन ड्यामका रुपमा लिन सकिन्छ । चेनड्याम र चेकड्यामको बीचबाट बाँध लगेर यस क्षेत्रमा परेका सबै पानीहरु बाँधमा संकलन गरी आफ्नो चार करोड हेक्टर जमिन सिचाइँ गर्ने परिकल्पना पनि भारतको छ ।
भारतले १९९ वर्षका लागि गण्डक परियोजना प्राप्त गरिसकेको छ । त्यहाँ नेपालले सानो कुलो पनि खन्न पाउँदैन । महाकाली हाम्रो हातबाट गइसक्यो
मोदी सरकार आएपछि सातवटा प्राथमिकताका कार्यक्रम अघि सारिए । तीमध्ये पाचौं नम्बरको कार्यक्रम थियो, एक हजार दिनभित्र १८ हजार गाउँलाई पूरै विजुली दिने । त्यो कार्यक्रम बनाइसकेपछि उनी सबैभन्दा पहिले भुटानमा पुगेर तीनवटा नदीनालाको सम्झौता गरे । दोस्रो भ्रमण नेपालमा गरे । नेपालमा उनले सुशील कोइरालालाई हातमा लिएर चारवटा भारतीय परियाजना, उपल्लो कर्णाली, अरुण तेस्रो, मध्यमर्स्याङ्दी दोस्रो र तामाकोशी तेस्रोलाई निस्कर्षमा पुर्‍याउने सहमति गरे । यी चार परियोजनाबाट भारतले हाम्रो बोर्डर कटाएर ट्रान्समिसन उता लैजाने छ । त्यसपछि उसले सम्पूर्ण उद्योगधन्दा यूपी, बिहार र पश्चिम बंगालमा ल्याउने छ । एक लाख १७ हजार २ सय ८० मेघावाट विजुली नेपालबाट मात्रै लैजाने भारतको योजना छ ।
नेपालको पूर्वी क्षेत्रबाट उत्पादित विजुली बिहारको सबैभन्दा पूर्वी क्षेत्र पूर्णियामा भण्डारण र प्रशारण गर्ने, मध्य क्षेत्रको विजुली मुजफ्फरपुरमा थन्क्याएर त्यहाँबाट वितरण गर्ने तथा पश्चिमको महाकाली लगायतका नदिनालाबाट आउने विजुली बरेलीमा थन्क्याएर वितरण गर्ने भारतीय योजना छ ।
पीटीसी इन्डियाले २०१२ मा यस्तो योजना बनाएको हो । नेपालमा पीटीसी इन्डियाको भगिनी संस्था पीटीसी नेपाल बनाउने तथा देशभित्र उत्पादित सबै बिजुली यसले खरिद गर्ने प्रस्ताव अघि बढाइएको छ । पीटीसी नेपालको कन्ट्रोल रुम दिल्लीमा राखिनेछ । नेपालमा पीटीसी इन्डियाका ६ जना एजेन्ट हुन्, आरजु देउवा, विमल कोइराला, विष्णु अधिकारी, हिमालय शम्शेर राणा, बसन्त चौधरी र ज्ञानेन्द्रलाल प्रधान । २०६५ सालको चैत ५ गते क्याबिनेटमा तत्कालिन जलश्रोत मन्त्री विष्णु पौडेलबाट पीटीसी नेपालको प्रस्ताव पेश भएको थियो । नेपाल-भारत विद्युत निगम भन्ने नामसमेत चयन गरेर अर्थसमितिमा पठाइएको थियो । उक्त प्रस्ताव अनुसार पिटिसी नेपालमा पिटिसी इन्डियाको ३० प्रतिशत, नेपाल सरकारको ३० प्रतिशत, ६ जना एजेन्टको ३० प्रतिशत सेयर रहने छ । बाँकी १० प्रतिशत सार्वजनिक वितरण गरिने छ जसमा उनीहरुले समेत प्रतिस्पर्धा गर्न पाउनेछन् । संसदको जलश्रोत समितिले पावर ट्रेडिङ कर्पोरेसन नेपाल खोल्नुपर्छ भनेर निर्देशन जारी गरिसकेको अवस्था छ ।
भारतले १९९ वर्षका लागि गण्डक परियोजना प्राप्त गरिसकेको छ । त्यहाँ नेपालले सानो कुलो पनि खन्न पाउँदैन । महाकाली हाम्रो हातबाट गइसक्यो । जसले पैसा लगानी गर्छ, त्यसैले उत्पादन गरेर लैजान पाउने अधिकार त्यहाँ छ । कर्णाली र कोशीलाई आफ्नो हातमा लिन यी दुई नदी मधेस वा थारु प्रदेशमा पर्नुपर्छ भन्ने भारतको ठहर छ । अहिले उनीहरुको मागको चुरो यही हो ।
कर्णाली तथा कोशी मधेस र थारु प्रदेशमा पार्न सकेमा उनीहरुलाई उपयोग गर्न फुक्का हुन्छ । र, त्यसैसँग चुरेलाई गाँस्न सक्यो भने दुई परियोजना पूरा हुन्छन् । त्यो कामका लागि भारतले सबैभन्दा पहिलो प्राथमिकता सीमांकनलाई दिएको हो । यसका लागि मधेसवादी दलहरु तथा थारु समूहहरुलाई भारत सरकारबाट प्रचुर आर्थिक तथा गैरआर्थिक सहयोग भइरहेको छ । थारु आन्दोलन, जनजाति आन्दोलन र मधेसी आन्दोलन गर्न एक जना गैरमधेसी नेतालाई जिम्मेवारी दिइएको छ, उनैलाई भविष्यमा प्रधानमन्त्री बनाउने योजनासहित ।
जनसंख्यामा घुस्ने रणनीति
मधेसी मोर्चाले जनसंख्याको आधारमा निर्वाचन क्षेत्र माग्नुमा पनि भारतको रणनीतिक स्वार्थ लुकेको छ । युपी, विहार र पश्चिम बंगालका १० करोड भारतीयलाई नेपालमा बसाउने भारतको पुरानो योजना हो । अन्ततः नेपालमै नेपालीलाई अल्पमतमा पार्ने दिर्घकालिन रणनीतिमा उसले काम गरिरहेको छ र धेरै हदसम्म अगाडि पनि बढिसकेको छ । खुकुलो नागरिकता नीति र खुला सीमाले गर्दा तराईमा भारतीयहरु आउने, नागरिकता लिने र यतै घरजम गर्ने क्रम बढ्दो छ । नेपालको अंगीकृत नागरिकता लिएका भारतीयको बढ्दो संख्याले गर्दा उसले तराईमा बढीभन्दा बढी निर्वाचन क्षेत्र चाहेको हो ।
नेपालमा जनसंख्याको आधारमा निर्वाचन क्षेत्र हुनुपर्ने लविङ गरेको भारतमा भने यस्तो छैन । सिक्किममा साढे चार लाख जनसंख्याले एक प्रतिनिधि चुन्छन्
भखरै एउटा भारतीय अखबारले लेख्यो, भारतको महाराजगञ्ज जिल्लामा मात्रै २० हजारसित नेपाली नागरिकता छ । त्यसो त आनन्दनगर भन्ने ठाउँमा ८० भारतीयसित नेपाली नागरिकता रहेको समाचार पहिल्यै सार्वजनिक भएको थियो । नेपाली नागरिकता लिएकाहरुलाई भारतको मतदाता सुचीबाट हटाउनुपर्छ भन्ने माग छ त्यहाँ ।
नेपालमा कति भारतीयहरु अस्थाई वा स्थाई रुपमा बसोवास गरिरहेका छन् भन्ने तथ्यांक हाम्रो सरकारसित छैन । भारतीय गृहमन्त्री राजनाथ सिंहले हालै नेपालमा एक करोड भारतीय छन् भनेर सार्वजनिक रुपमा बोलेका थिए । भारतको परराष्ट्र मन्त्रालयको हवाला दिँदै २३ लाख ८७ हजार ९ सय ७३ भारतीयले नेपाली नागरिकता लिएको तथ्य इकोनोमिक्स पत्रिकाले सार्वजनिक गरेको थियो ।
सिनासको रिपोर्ट अनुसार प्रत्येक वर्ष दुई लाख भारतीयहरु नेपालमा आएर स्थाई बसोबास गर्छन् । नेपालको जनसंख्या वृद्धिदर पहाडमा दुई प्रतिशतको हाराहारीमा छ भने तराईमा ७.५ प्रतिशत छ । यस हिसाबले तराईमा नेपालीहरु कतै अल्पमतमा त परिसकेका छैनन् भन्ने आशंका उब्जिन्छ । त्यहि भएर हामीले माग गरेका छौं विगतमा हचुवा तालमा बाँडिएका नागरिकताको छानविन गरियोस् । नत्र भविष्यमा भारतबाट आएर नागरिकता लिएका यिनै अंगीकृतहरुको जनसंख्या हाम्रो देशमा निर्णायक हुन सक्छ । तराईमा अंगीकृतहरुको जनसंख्या बढाउँदै जाने र त्यसका आधारमा निर्वाचन क्षेत्र पनि थप्दै जाने रणनीति भारतले अख्तियार गरेको छ ।
दुनियाँको कुनै पनि मुलुकमा जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गरिँदैन । नेपालमा बहुदल आउनुअघि निर्वाचन क्षेत्र निर्धारणमा जनसंख्यालाई आधार बनाइएको थिएन । प्रत्येक जिल्लामा दुई निर्वाचन क्षेत्र थिए । तर, बहुदल आएयता तराईमा लगातार निर्वाचन क्षेत्र बढाउँदै लगिएको छ । हिमाल-पहाडमा जनप्रतिनिधत्व पातलो भएकाले नै तराईको तुलनामा त्यहाँ विकास नपुगेको हो । हिमाल पहाडमा विकास नपुग्दा जनसंख्याको चाप तराईमा बेसी भएको छ । त्यसैले देशको समानुपातिक विकासका लागि भूगोललाई प्रमुख आधार मानेर नै निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्छ ।
नेपालमा जनसंख्याका आधारमा निर्वाचन क्षेत्र हुनुपर्ने लविङ गरेको भारतमा भने यस्तो छैन । सिक्किममा साढे चार लाख जनसंख्याले एक प्रतिनिधि चुन्छन् । लक्षदीपमा २२ हजार जनाले पनि एक चुन्न पाउछन् । यता मुम्बईमा एक प्रतिनिधि बराबर ५५ लाख मतदाता छन् । लखनउमा ३५ लाख छन् भने बिहारमा ३२ लाख छन् ।
गिरिजाको राष्ट्रघात
Girija-Prasad-Koiralaगिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा मधेसी मोर्चासित उनले नाजायज सम्झौता गरे, जसको मूल्य आज देशले चुकाउनु परिरहेको छ । २०६४ सालमा मधेस आन्दोलन हुँदा गिरिजाले भारतीय दुतावासमा आफ्ना नेता पठाएर आठबुँदे सम्झौता गरेका हुन् । गिरिजाले महेश आचार्य, शेखर कोइराला र उपाध्याय तीनजनालाई दूतावासमा पठाएका थिए ।
त्यहाँ मधेसवादी दलबाट जेपी गुप्ता, उपेन्द्र यादव, राजेन्द्र महतो र महन्थ ठाकुरसित उनीहरुको सहमति भएको थियो । त्यहि सहमतिका आधारमा २०६४ साल फागुन १६ गते गिरिजाले प्रचण्ड र माधव नेपाललाई दायाबाया राखेर मधेसी मोर्चासित सम्झौता गरे । उक्त सम्झौतामा ‘स्वायत्त मधेस प्रदेश निर्माण गर्न सकिने’ उल्लेख छ । गिरिजाले गरेको यो गम्भीर त्रुटीकै कारण आज तराईका आठ जिल्लालाई छुट्टै प्रदेश दिनुपर्ने अवस्था आएको हो भन्दा फरक पर्दैन ।
गिरिजाप्रसादलाई म नेपालको खलनायक मान्छु । उनको प्रधानमन्त्रीकालमा नेपालले धेरैथोक गुमायो । उनले आफू कुर्सीमा टिक्न जस्तोसुकै राष्ट्रघाति सम्झौता गर्न तयार भए । भारतीय स्वार्थमा नेपालका उद्योगधन्दा सबै बलिदान गर्ने उनै हुन् । उनकै कालखण्डमा लाखौं भारतीयलाई नागरिकता दिने काम भएको हो । गिरिजाले अंगीकृत नागरिकता दिएका भारतीयहरु नै आज मधेसीका नाममा आन्दोलनरत छन् ।
प्रधानमन्त्री ओलीको अडान
मधेसी दलहरुले अघि सारेका अवाञ्छित मागहरुका सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले केही समययता लिँदै आएका अडानहरुको प्रशंसा गर्नुपर्छ । यदि, उहाँ अडानमा नटिकेको भए हाम्रो यी नदीनाला र चुरेको स्वामित्व हातबाट गइसकेको हुन्थ्यो, किनभने अरु दलहरु चुकिसकेका थिए ।
Kp oliभारतले पूर्वको कोशी तारेर तथा पश्चिममा महाकाली तारेर दुई मधेस प्रदेशको प्लान्ट गरेको थियो । पश्चिममा पनि कैलालीको गाउँसम्म पुग्न चाहन्थे थारुहरु । अहिलेसम्म उसका दुवै अभिष्ट पूरा हुन सकेका छैनन् र यसबाट दुई नदीहरुलाई लिएर भारतले बुनेको योजनामा धक्का लागेको छ । यसमा भारतले एक मात्र वाधक केपी ओलीलाई सम्झिइरहेको छ र उनलाई प्रधानमन्त्रीबाट ढाल्न दिलोज्यान दिएर लागेको छ ।
प्रधानन्त्री भएपछि ओलीले एउटा महत्वपूर्ण उपलब्धी हासिल गर्नुभएको छ, चीनसँग तेल ल्याउने समझदारी गरेर । अहिले चीनबाट तेल आउने आशामा नै नेपालीहरुको त्राण धानिएको छ । देशको आत्मविश्वास बढेको छ । यो समझदारीलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न सफल हुनुभयो भने भारतीय नाकाबन्दीको अस्त्र स्वतः कमजोर हुन्छ ।
अब प्रधानमन्त्रीले चीनसितका बढीभन्दा बढी संख्यामा नाकाहरु खुलाउन पहल गर्नुपर्छ । विगतमा हामीले चीनसँग ताक्लाकोटदेखि पूर्वको झिम्साङसम्म १८ वटा नाकाबाट व्यापार गरेका हौं । हाम्रा भेडाबाख्रा उता चराउन लैजाने, उताको यता ल्याउने परम्परा थियो । ती नाकाहरु फेरि खुलाउनुपर्छ र चीनसँगको व्यापारिक सम्वन्धलाई घनिभूत बनाउनुपर्छ । राष्टियतामा सौदावाजी गरेर मधेसी मोर्चाका मागहरुसित सरकार नझुकोस् भन्ने आम जनमत छ ।
तराईमा सेना परिचालन
तराईका जनतालाई सुरक्षा चाहिएको छ । गैरनागरिकहरु आएर आन्दोलनका नाममा लाठा, भाला, खुँडा, खुकुरी बोकेर आतंक फैलाइरहेका छन् । आन्दोलनमा नजानेहरुलाई घर जलाउने, स्वास्नीलाई बलत्कार गर्ने जस्ता धम्कीहरु दिएका छन् । त्यसैले तराईमा सुरक्षा व्यवस्था कडा बनाउनुपर्ने आवश्यकता छ । अहिले राजमार्ग र नाकाहरुमा सेना परिचालन गर्ने तयारी गरेको समाचार आएको छ । यसमा ढिलाइ गर्नुहुन्न । भारतसितको सीमानाकामा दीर्घकालसम्मै सेना परिचालन गर्नु उपयुक्त हुन्छ ।
दोस्रो कुरा भनेको देशको अखण्डता र साम्प्रदायिक एकता विथोल्ने खालका अभिव्यक्ति दिने र लेख्नेहरुलाई कानूनी कठघरामा उभ्याउनुपर्छ । भारतको झण्डा ओढेर नेपाललाई गाली गर्ने राजेन्द्र महतो जस्ता नेताहरुलाई सरकारले खुला छोड्नु हूँदैन । हिजो एम्बुलेन्समा आक्रमण गर्नेहरुमाथि ज्यान मुद्दा लगाएर जेल हाल्नुपर्छ । यति गर्न सके मात्रै यो देशमा सरकार छ र सुरक्षा निकाय छन् भन्ने प्रत्याभूति हुन्छ ।
यो हाम्रो सार्वभौमिकताका लागि सबैभन्दा चुनौतिपूर्ण घडी हो । यसको प्रतिकार र प्रतिवाद गर्नुको विकल्प हामीसँग छैन ।
(चिरञ्जीवी पौडेलसँगको कुराकानीमा आधारित)

http://www.onlinekhabar.com बाट साभार

‘रअ’को मिसन र तराई आन्दोलन - मातृका पोखरेल

इन्दिरा गान्धीले सिक्किम पछि नेपालको तराई भागलाई भारतमा गाभ्ने योजना बनाउन निर्देशन दिएको उल्लेख गरेका छन् ।

मधेश आन्दोलन सामान्य तरिकाले टुङ्गिने कुनै छनक देखिएको छैन। नाकाबन्दीका कारण देशमा देखिएको मानवीय संकट प्रति आन्दोलनकारीहरुको कुनै  सहानुभूतिसम्म देखिएन । युद्धको समयमामात्र लादिने यसखालको नाकाबन्दी प्रति सरकारले व्यवस्थित र समान धारणा पनि बनाउन सकेको देखिदैन। सरकारका प्रधानमन्त्री, उप–प्रधानमन्त्री र मंत्रीहरुनै बिद्यार्थी नेताहरुले जस्तो फरकफरक र आवेशात्मक कुराहरु गर्दै हिडिरहेका छन् । यो नाकाबन्दी प्रति सरकारको नेतृत्वनै रणभुल्लमा परेको छ भन्ने कुरा बुझ्न प्रधानमन्त्रीले ठाउँठाउँमा गर्दै हिडेको भाषणमा यो “तुरुन्त अन्त हुने जानकारी पाएको छु ।” भन्ने उदगारबाट प्रष्ट बुझिन्छ ।
धेरै टाढा जानै पर्दैन, गएको एक दशकमात्रका केही घटनाहरुको मूल्यांकन गर्ने हो भने पनि हामीप्रति भारतको कस्तो दृष्टिकोण छ भन्ने बास्तविकताको एउटा स्पष्ट चित्र हाम्रा अघिल्तिर आउछ ।

धेरै टाढा जानै पर्दैन, गएको एक दशकमात्रका केही घटनाहरुको मूल्यांकन गर्ने हो भने पनि हामीप्रति भारतको कस्तो दृष्टिकोण छ भन्ने बास्तविकताको एउटा स्पष्ट चित्र हाम्रा अघिल्तिर आउछ ।
भारतको बहुचर्चित पत्रिका नवभारत टाइम्सले उत्तरप्रदेश राज्यस्थित  महरागंज जिल्लामामात्र बीस हजार  भारतीयसँग नेपाली नागरिकता रहेको समाचार लेख्यो ।
०६२ र ६३ को आन्दोलन पछि २०६४ सालको आरम्भतिर  कथित मधेशी  नेताहरुको आयोजनामा पटनामा भएको भेलामा रामराजा प्रसाद सिंहलाई स्वायत्त मधेश घोषणा गरेर राष्ट्रपति बनाउन प्रस्तावित गरिएको कुरा सिंहले नै एउटा अन्तर्वार्तामा खुलासा गरेका थिए । त्यो धेरै गम्भीर विषय थियो । त्यो विषयलाई हामीले त्यसबेला धेरै दिमाग खियाउन आवश्यक नै ठानेनौ ।  रामराजा प्रसाद सिंहलाई स्वायत्त मधेश घोषणा गरेर राष्ट्रपति बनाउन प्रस्ताव गर्ने मानिसहरु अहिले चलिरहेको मधेश आन्दोलनको अगुवाई गर्ने नेताहरु नै थिए ।

०६२ र ६३ को आन्दोलन पछि तराईमा नागरिकता वितरणको अभियान व्यापक पारियो ।  नागरिकता वितरणको त्यो अभियानमा भारतीय इन्ट्रेष्टु ले काम गरिरहेको धारणा त्यसैबेला पनि उठेको थियो । अझ त्यो विश्लेषण कहाँ पुगेर सत्य ठहरियो भने,  त्यसको केही समय पछि भारतको  इकोनोमिक्स भन्ने पत्रिकाले २४ लाख भारतीयले नेपाली नागरिकता लिएको विवरण लेखिदियो ।
केही दिन अघिमात्र भारतको बहुचर्चित पत्रिका नवभारत टाइम्सले उत्तरप्रदेश राज्यस्थित  महरागंज जिल्लामामात्र बीस हजार  भारतीयसँग नेपाली नागरिकता रहेको समाचार लेख्यो ।
नेपालको तराई भूभाग प्रति भारतले हेर्ने आँखा कस्तो  छ भन्ने बारेमा बेलाबेलामा भारतीयहरुकै खतरनाक धारणाहरु बाहिर आइरहेकै छन् । संबिधानसभाबाट संबिधान जारी भएर मधेश आन्दोलन घोषणा भए पछि नेपाल सम्बन्धी जानकार मानिएका एक जना भारतीय रक्षा  विशेषज्ञले बिबिसी नेपाली सेवासँगको  एउटा अन्तर्वार्तामा  सुनसरी जिल्ला र कैलाली जिल्ला मधेश प्रदेशमा राखे कुरा मिल्ने धारणा राखेका थिए ।
आर.के.यादवले इन्दिरा गान्धीको शासनकालका R&AW को प्रमुख आर.एन.काओको हवाला दिएर उनले इन्दिरा गान्धीले सिक्किम पछि नेपालको तराई भागलाई भारतमा गाभ्ने योजना बनाउन निर्देशन दिएको उल्लेख गरेका छन् ।

यतिबेला तराईमा देखिएको  समस्या सामान्य विषयका रुपमा मात्र हेर्नु हुँदैन  । भारत नेपालप्रति  कस्तो धारणा राख्छ भन्ने तथ्य  भारतीय गुप्तचर संस्था R&AW का पूर्व सिनियर अफिसर आर.के.यादवले लेखेको पुस्तक Mission R&AW मा राम्रोसँग उजागर  गरेका छन् । आर.के.यादवले इन्दिरा गान्धीको शासनकालका R&AW को प्रमुख आर.एन.काओको हवाला दिएर उनले इन्दिरा गान्धीले सिक्किम पछि नेपालको तराई भागलाई भारतमा गाभ्ने योजना बनाउन निर्देशन दिएको उल्लेख गरेका छन् । इन्दिरा गान्धीले इमरजेन्सी लगाएपछि भएको चुनावमा उनको पार्टी हार खायो । त्यसपछि गान्धीको योजना अघि बढ्न सकेन । तत्कालिन R&AW को प्रमुख आर.एन. काओले लेखेका तीन वटा पुस्तकहरु आफ्नो मृत्युको २५ वर्ष पछि प्रकाशन गर्न भनी काओले नेहरु मेमोरियल ट्रस्टमा उपलब्ध गराएका छन् । उनको सन २००० मा निधन भैसकेको छ । आर। के। यादवले लेखेको पुस्तकको यहाँ उल्लेखित सामाग्रीको अध्ययन गर्ने हो भने तराईमा अहिले उठिरहेको आन्दोलनमा भारतीय योजना सामेल नहोला भन्ने विश्वास कदापि गर्न सकिदैन ।
मधेशलाई हेर्ने दृष्टिकोण नेपालका शाषक बर्गको कहिलै पनि ठिक भएन ।  शाषक बर्गको गलत व्यबहारको कारणबाट  जन्मेको   मधेशको मानसिकतालाई बेलैमा हामीले सच्याउन सक्नुपर्छ ।

निश्चितै रूपमा हिजो मधेस उत्पीडनमा थियो । मधेशलाई हेर्ने दृष्टिकोण नेपालका शाषक बर्गको कहिलै पनि ठिक भएन ।  शाषक बर्गको गलत व्यबहारको कारणबाट  जन्मेको   मधेशको मानसिकतालाई बेलैमा हामीले सच्याउन सक्नुपर्छ । मधेशले व्यहोरेको  त्यो उत्पीडनको घाउलाई हामीले ठिक ढंगले सम्बोधन गर्न सक्नुपर्छ । त्यो भारतीयहरुको सरोकारको विषय होइन र बन्न पनि दिनु  हुदैन । तर अहिले सिमाङ्कनका नाममा भारतले दिएको चासो यादवको पुस्तकमा उल्लेख भएझैं गलत नियतले आएको हो भन्ने बुझ्न कुनै कठिनाइ पर्दैन ।

केही तथ्यहरु–






http://www.khabardabali.com बाट साभार 

Sunday, November 22, 2015

राजनीतिक अनैतिकता- लेखनाथ न्यौपाने

संयोग नै मान्नुपर्छ– संविधानसभाबाट संविधान घोषणा भएलगत्तै कम्युनिस्ट (सामान्य मान्छेको पक्षमा विचार राख्ने र समाजमा भएको थिचोमिचो अन्त्यका लागि काम गर्ने) पार्टीका नेताहरू राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र ठूलो संख्याका उपप्रधानमन्त्रीहरू बनेका छन् । विडम्बना, देश पराधीन बन्दैछ र जनता खानै नपाएर मर्ने दिनको नजिक पुग्दैछन् । अन्तरविरोधी देखिने यी दुई विषय आजको नेपाली राजनीतिको यथार्थ चित्र हो ।
 
छिमेकी मुलुक भारतले लगाएको अघोषित नाकाबन्दी चल्दै गर्दा कांग्रेस नेतृत्वको सरकारलाई विस्थापित गरेर एमाले नेतृत्वको सरकार बनेको पनि महिना दिन बढी भइसक्यो । देश र जनताको अवस्था निकै असामान्य बनिरहेको बेला बनेको कम्युनिस्ट नेतृत्वको सरकारको एक महिना युद्धस्तरको गतिमा देखिनुपर्ने आम अपेक्षा हो, तर यस्तो अनुभूति हुन सकेको छैन । 
 
राष्ट्रवादको नाममा साइकल चढ्ने गफ दिने र जनतालाई इन्धनका नाममा मुढा बाँड्ने नेताहरूले भियतनाम र हो ची मिन्ह (सन् १८९६–१९६१) एवं क्युबा र फिडेल क्यास्ट्रो (१९२६) सम्झन्छन् कि सम्झन्नन् होला ? सन् १९४५ अघि फ्रान्सको उपनिवेश भएको भियतनाम १९७१ सम्म ब्रिटेन, जापान र अमेरिकाको प्रत्यक्ष हस्तक्षेप थियो । जनताको बीचबाट आएका हो ची मिन्हले सादा जीवनद्वारा जनतालाई एकीकृत गरे र हस्तक्षेपकारी अमेरिकालगायत सबैलाई पराजित गरेर देशलाई स्वतन्त्रता दिलाए । राष्ट्रप्रमुख भएका उनी खागीको जागे र कमिज लगाएर देशको नेतृत्व गर्दै विश्व भ्रमण गरे, जसको बलमा विभाजित भियतनाम एकीकरणसमेत भयो ।
 
अमेरिकाबाट जम्मा ८० किमि टाढा रहेको क्युबा सन् १९०२ अघि स्पेनको उपनिवेशमा थियो । फिडेलको नेतृत्वको गुरिल्ला युद्धद्वारा १९५९ मा क्रान्ति सम्पन्न भएलगत्तै अमेरिकाको नाकाबन्दी बेहोरेको क्युबाले साधारण जीवनशैली भएको नेता क्यास्त्रो पाए । राष्ट्रपति हुँदासमेत उनले मिलिसियाकै हरियो कपडा लगाएर नाकाबन्दीविरुद्ध देश र जनतालाई केन्द्रित गर्न सफल भए । उनी आज उप्रान्त त्यही हरियो कपडा लगाएर कम्युनिस्ट आदर्शमा हिँडिरहेका छन् । विडम्बना ! हाम्रो देशका कम्युनिस्ट नेता बुर्जुवाभन्दा पनि भद्दा छन् र जनताको दुःखमा खास मतलब राख्दैनन् । कम्युनिस्टहरू नै जनविरोधी जस्ता भएपछि देश कसरी बन्छ आत्मनिर्भर ?
 
झापा विद्रोहका नायकहरू र जनयुद्धका महानायकहरू आजको सरकारको नेतृत्वमा सामेल छन् । झापा विद्रोहको विरासत बोकेको एमाले र माले, दसबर्से रक्तपातपूर्ण विद्रोहाको एक हिस्सा एमाओवादी र शक्तिशाली चौथो महाधिवेशनको एउटा चोइटो मसालसहित घोर दक्षिणपन्थी शक्तिहरू सरकारमा सामेल हुनु आफैँमा अप्राकृतिक गठजोड हो । यस अर्थमा ओली सरकारलाई घोर दक्षिणपन्थी टेकोमा अडिएको वामपन्थीहरूको सरकार भन्न सकिन्छ । 
 
तर दुर्भाग्य कम्युनिस्टविपरीत संस्कार सरकारमा केन्द्रित देखिन्छ, जसले मूल्यको राजनीतिको वकालत गर्ने सबैलाई गिज्याइरहेको छ । चारचार वटा कम्युनिस्ट समूह सम्मिलित कम्युनिस्ट नेतृत्वको सरकार बन्दै र सरकारको कार्यशैली हेर्दै गर्दा आजको नेपालको राजनीतिमा मूल्य, मान्यता र नैतिकताको विषय उठाउनेहरू महामूर्ख हुन्, जसले आजको राजनीति बुझेकै छैनन् भनेर निष्कर्ष निष्कने ठाउँमा संगठित भएको छ ।
 
भूकम्पले तहसनहस भएको भौतिक संरचना र बिल्लीपाठ भएका जनता धैर्यपूर्वक सरकार, राजनीतिक पार्टी मुख्यतः कम्युनिस्ट पार्टी र नेताहरूप्रति आशाको नजरले हेरेका थिए । यद्यपि भूकम्पपीडित जनताप्रति खास पहल कतैबाट पनि भएको थिएन र छैन पनि । ठीक यही भौतिक र मानसिक कमजोर अवस्थामा भारत सरकारले अघोषित नाकाबन्दी गरेर नेपाली जनजीवन कष्टकर मात्र बनाएन, उसको छिमेकीप्रतिको हेपाह चरित्र दुनियाँले बुझ्ने गरी सतहमा उतार्‍यो । 
 
‘हाम्रो जनजीवन यति धेरै कष्टकर भएको भारतले हेपेर हो’ भन्ने देशभक्तिपूर्ण बुझाइले मात्र जनआक्रोश सरकार, राजनीतिक पार्टी र नेतृत्वप्रति नपोखिएको हो तर सरकार र सत्ताको रसस्वादनमा डुबेका पार्टीहरू भ्रममा छन् कि जनता कष्ट झेलेर पनि हाम्रो समर्थनमा शान्त छन् । जब मानिसहरूले खानै पाउँदैनन् तब जनआक्रोश सरकारविरुद्ध सडकमा अवश्य पोखिनेछ । अहिलेको जस्तै तवाह–तवाह जनताको दैनिकी रहिरह्यो भने भारतीय संस्थापन पक्षको हेपाह प्रवृत्ति ‘नाकाबन्दी’ र मितव्ययी र पारदर्शी बनेर जनताको जीवन सहज बनाउन नसक्ने सरकारविरुद्ध आन्दोलन संगठित हुने दिन टाढा छैन ।
 
भूकम्पले पुर्‍याएको क्षति र जनताको बसोबास त्यत्तिकै बेवारिसे छ । नाकाबन्दीले आर्थिक क्षेत्र चौपट भएको त छँदै छ, साथै आम जनजीवन चल्नै नसक्ने अवस्थामा धकेलिँदै छ । कालोबजारीको बिगबिगी कस्तो छ भने राज्यको उपस्थिति शून्यप्रायः र कालोबजारीले नै राज्य चलाएजस्तै छ । सरकारको अति प्राथमिक कार्यसूची यिनै तीन विषयमा केन्द्रित हुनुपर्ने हो, तर सरकारको बनोट र दैनिकी एवं प्रधानमन्त्रीले गरेको सम्बोधनले उपरोक्त विषयको हल दिने छाँट अलिकति पनि देखाएको छैन । ज्याकोवादी प्रवृत्तिका प्रधानमन्त्री र यही प्रवृत्तिका प्रचण्ड जो सरकारलाई समेत निर्देशन गर्ने संयन्त्रका नेता छन् किन यति कमजोर, लाचार र सत्ताभोगी भए ? यो तरिकाले संकटपूर्ण देशको नेतृत्व हुन नसक्ने यथार्थ प्रस्टिँदै छ ।
 
आपूm प्रधानमन्त्री बन्न र सत्तामा टिकिरहनका लागि इतिहासकै सबैभन्दा ठूलो मन्त्रिमण्डल (४९ जना) बनाएर नयाँ कीर्तिमान बनाएका कम्युनिस्ट (? ) प्रधानमन्त्री बाबुराम भट्टराई सदाचार, सुशासन र सुसंस्कारको नारासहित नयाँ शक्ति निर्माणमा हिँडेका छन्, पत्याउने कसले हो ? आपूm प्रधानमन्त्री हुन र टिक्नका लागि अर्का कम्युनिस्ट प्रधानमन्त्री केपी ओलीले संविधानले तोकिदिएको मन्त्रिमण्डलको संख्या उल्लंघन गर्दै पहिलो पाइलामै कम्युनिस्टविरोधी चरित्र प्रदर्शन मात्र गरेनन् कि इतिहासकै सबैभन्दा धेरै उपप्रधानमन्त्री बनाएर अर्को नयाँ कीर्तिमान निर्माण गरेका छन् । सत्तारोहणकै लागि प्रधानमन्त्रीले एउटै मन्त्रालयमा मन्त्री, राज्यमन्त्री र सहायकमन्त्री समेत बनाएर निकै असहजपूर्ण जीवन गुजार्न बाध्य जनताप्रति घोर अपमान गरे । 
 
तर पनि एमाले र एमाओवादी वृत्तबाट यसको आलोचना नै भएन, साथै सत्ता लोभमा डुबेका सत्ता साझेदार अन्य दलले मुखमा साँचो झुन्ड्याए । आखिर जनता गम्भीर समस्यामा परेको बेला जनताका प्रतिनिधि संस्थाले यस्तो किन गर्छन् ? किनभने राजनीतिक क्षेत्र जागिर खाने, पैसा कमाउने र धनी बन्ने कुलतमा नराम्ररी फस्यो वा फसाइयो । यसकारण राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र मन्त्रीजस्ता सेवा क्षेत्रका पद प्राप्तिका लागि नैतिकता नै बेच्ने संस्कार नेपाली राजनीतिभित्र संस्थागत हुँदै गयो । 
 
 
मन्त्री, सांसद र पार्टीको पोलिटब्युरो सदस्य हो भन्दा समाजले गर्ने सम्मान (खासमा अपमान हो) र होइन भन्दा नाक खुम्च्याउने तरिकाले पनि राजनीतिकर्मीहरूलाई अनैतिक बनाउन प्रेरित गरेको छ । एमालेले मन्त्री छान्न नसकेर चौपट विवादमा पर्‍यो । मन्त्री हुनेहरू पदमाथि पद थपिएका प्रधानमन्त्रीका खास मान्छेहरू भनेर सार्वजनिक टिप्पणी नै भयो तर पनि यसलाई एमालेले पारदर्शिताको प्रश्न ठानेन् । एमाओवादीभित्र उपराष्ट्रपति, सभामुख, मन्त्रीलगायत अन्य पद प्राप्तिका लागि डरलाग्दा धम्की आएको कुरा स्वयं एमाओवादीभित्र जिब्रो टोकाइको विषय बन्यो । एमाओवादीले पनि यस विषयलाई खास नैतिकताको प्रश्न ठानेन । अन्य साना दल त झन् पदका निम्ति नांगै भएका छन् ।
 
दलको मुख्य नेताका खास मान्छे बन्ने र पद हत्याउने, पार्टीमा स्थायी गुट बनाउने र गुटको प्रतिनिधित्वको मागद्वारा पद प्राप्त गर्ने, शक्ति केन्द्र धाउने र इच्छाएको पद लिनका लागि दबाब दिने । यति गर्दा पनि केही नपाइने भएपछि पार्टी नै छोड्ने धम्की दिने संस्कार राजनीतिक पार्टीको दैनिकी बन्नु नेपालका राजनीतिक पार्टीहरू विधि र पद्धतिमा होइन, चाचुचा सिद्धान्तअनुसार चलिरहेका छन् भन्ने निष्कर्ष निस्कन्छ । जब राजनीतिक पार्टीमा चाचुचा सिद्धान्त संस्थागत हुन थाल्छ, त्यहाँ नैतिकताको पूरै अन्त्य हुन्छ । जब राजनीतिक पार्टीमा नैतिकता भन्ने बलको नै अन्त्य हुन्छ तब देश कता जाला र राजनीतिले भावी पुस्तालाई के सिकाउला ? यस्ता गम्भीर विषयमा कसरी सोच्दै होलान् कम्युनिस्ट प्रधानमन्त्री र उपप्रधानमन्त्रीका हुलहरूले ?
 
प्रधानमन्त्री केपी ओलीले सत्ता साझेदार दलसँग सरकार निर्माणताका कसरी छलफल गरे होलान् ? परिणाम हेर्दा छिपेको विषय त रहेन, तर उनले पार्टीको आकारअनुसार मन्त्रालय न्यायोचित बाँडफाँट गरौँ तर उपप्रधानमन्त्री कसैलाई पनि नबनाऔँ । राज्य र सहायकमन्त्री बनाउँदै नबनाऔँ भनेर छलफल गर्न किन सकेनन् होला ? देश संकटमा परेको र जनता अप्ठ्यारोसँग बाँचिरहेको बेला चुस्त र मितव्ययी सरकार बनाउँदा नै उनको नैतिकताको कद उँचो हुन्थ्यो तर प्रधानमन्त्रीको आकर्षक जागिर र फोटो झुन्ड्याउने रहर अरूलाई खुसी नबनाई पूरा हुने थिएन । त्यसैले ६–६ जना उपप्रानमन्त्रीको पद पजनी गरे । यस अर्थमा कम्युनिस्ट प्रधानमन्त्री ओली र उनको मन्त्रिमण्डलमा सहभागी उपप्रधानमन्त्रीहरू एवं राज्य र सहायकमन्त्री सबै राजनीतिक अनैतिकताका गजबका उदाहरण बनेका छन् ।
 
राजनीतिभित्रको सत्तालोभको प्रवृत्ति कतिसम्म स्खलित भयो भने नालीमै मुख चोबल्ने प्रतिस्पर्धा नै चल्न थाल्यो । पञ्चायतकाल र ज्ञानेन्द्रकालमा सत्ताको डन्डा चलाएर बदनाम भएका हिन्दुवादी कमल थापा धर्म निरपेक्षसहितको गणतन्त्रात्मक संविधान आएको भोलिपल्टै उपप्रधानमन्त्री, मन्त्री, राज्य र सहायकमन्त्री खाए वा खुवाइयो । न उनलाई राजनीतिक नैतिकताले छेक्यो न त गणतन्त्रवादी शक्तिले नै उनलाई रोक्ने इच्छा देखाए ।
 
गणतन्त्र, धर्म निरपेक्षता र समग्र राजनीतिक परिवर्तनप्रतिको अपमान योभन्दा अरू के हुन सक्ला ? झापा आन्दोलनका नायक, माले नामको राजनीतिक नाङ्ले पसल थापेका सीपी मैनाली अर्को बद्नाम प्रवृत्तिको रूपमा उदाएका छन् । त्यत्रो इतिहास बोकेको कम्युनिस्ट नेताले देश र जनतातिर हेरेर ‘उपप्रधानमन्त्री नराखौँ, हाम्रो दलबाट अर्को साथी मन्त्रीको जिम्मामा आउनु हुन्छ’ भन्ने प्रस्ताव राखेको भए उनको राजनीतिक नैतिकताले बाँकीलाई शिक्षा दिन्थ्यो तर विडम्बना ! श्रीमती र आपूm पालैपालो उही मन्त्रालय खानका लागि मरिहत्ते गरे । यस्तो निर्णयका लागि उनको दलमा छलफल भयो कि भएन होला र मालेका अन्य सदस्यहरू जिउँदा छन् कि छैनन् होला ? नैतिकताको प्रश्न जबर्जस्त उठेको छ ।
 
इमानदार र सरल कम्युनिस्ट छवि बनाएका मसालका नेता चित्रबहादुर केसीसमेत उपप्रधानमन्त्रीको भेडीगोठमा सहभागी भए । दौरा–सुरुवाल लगाएर केपीसामु उपप्रधानमन्त्रीको शपथ खाँदै गर्दा उनले आफ्नो इमानदार छवि र नैतिकता कसरी सम्झे होलान् ? ‘संघीयताले देश टुक्रयाउँछ’ भनेर यसको विरोधमा धेरै पसिना बगाएका उनले संघीय संविधान जारी भएलगत्तै त्यही संविधानअन्तर्गत उपप्रधानमन्त्री खानु राजनीतिक नैतिकताभित्र नअट्ने विषय थियो, तर सत्ताभोगले चित्रबहादुरलाई पनि छोडेन । चमेरोवादी गच्छदारको त के कुरा गर्ने ? पूरै बद्नाम पात्र । त्यही पात्रलाई पनि नेता मान्ने झुन्ड हुँदोरहेछ, घोर उपभोक्तावादी समाजमा । बाँकी दुई कम्युनिस्ट उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र भीमबहादुर रावल पनि राजनीतिलाई जागिर खाने भाँडो बुझे र राजनीतिक अनैतिकतामा देखिए ।
 
अन्धकारमा मधुरो उज्यालो एमालेकी अष्टलक्ष्मी शाक्य र एमाओवादीका गणेशमान पुन देखिए । लुकेको कारण जे भए पनि शाक्यले ‘दुईदुईपटक मन्त्री भइसकियो, फेरि मन्त्री किन बन्ने ? अरू साथीलाई पनि मौका दिनुपर्छ’ भनेर पदका लागि जे पनि गर्ने संस्कारलाई दुत्कारिन् । ‘मन्त्री मैले जानेको र इच्छाएको जिम्मा होइन’ भनेर सिक्ने संस्कार प्रस्तुत गर्ने पुनको तरिकालाई सकारात्मक पक्ष मान्न सकिन्छ । 
 
यी दुई अपवादबाहेक न राष्ट्रपति र उपराष्ट्रपति, न प्रधानमन्त्री र उपप्रधानमन्त्री, न त मन्त्री र सभामुखले नै ‘यो जिम्मा मेरो लागि उपयुक्त होइन, राजनीतिक जिम्मेवारीलाई जागिर खाने थलो किन बनाउने ? ’ भनेर नैतिकताको प्रश्न उठाएनन् । बिना योग्यता र नैतिकता जब राजनीतिक जिम्मेवारीलाई आकर्षक जागिरको रूपमा राजनीतिक पार्टीभित्र संस्थागत गरिन्छ तब देश स्वतन्त्रता र समृद्धितिर जाने सम्भावनाको कुनै गुन्जायस हुँदैन । राजनीतिक नैतिकता (मुख्यतः कम्युनिस्ट पार्टीहरूभित्र) पूरै अनैतिक बन्दै गरेको यो समयमा चे ग्वभाराले सन् १९६५ मा क्युबाको कम्युनिस्ट पार्टीलाई लेखेको चिठीको निम्न अंशप्रति ध्यान केन्द्रित हुन्छ, ‘पार्टीमा रहेको मेरो नेतृत्व, मन्त्री पद, मेजरको पद र क्युबाली नागरिकता म औपचारिक रूपमै परित्याग गर्दैछु । संसारका जनताप्रतिको एकमात्र मेरो जिम्मेवारी उनीहरूलाई मुक्त गराउने हुनेछ, जसले सजिलै दासताका बन्धन चुँडाल्न सकेका छैनन् ।’

http://annapurnapost.com बाट साभार 


इतिहासले बिर्सिएको एक गुमनाम देशभक्त – बाङ्गे सार्की

Poverty_20150609091651

काठमाडौँ । घटना विसं १८६६ हो जुनबेला अङ्ग्रेज फौजले नेपालमा आक्रमण गर्ने योजना बनाइरहेको थियो। त्यति बेला भारतको बेतियामा नेपाल जाने बाटो पहिल्याउ ननसकेर अङ्ग्रेजहरु त्यही रोकिएका थिए।
त्यही बेला उनीहरुले भेटे एक नेपाली बाङ्गे सार्कीलाई । अङ्ग्रेज फौजका अफिसरले उनलाई डाकेर नेपाल जाने बाटो आफ्नो फौजलाई देखाइ दिए घर, पैसा जे मागे पनि दिने प्रलोभन देखाए।
तर  गरिबीमा जति पिल्सिए पनि देशभक्ति भन्दा ठूलो अरुकेही नदेख्ने नेपाली सपुत बाङ्गे सार्कीले तुरुन्तै जवाफ फर्काए– ‘‘देशको बेइज्जत हुने काम मबाट कदापि हुन सक्दैन, तिम्रो सम्पत्ति मलाई चाहिन्न।’’
आशा गरे भन्दा बिल्कुलै उल्टो जवाफ उनीबाट आएपछि रिसले चुरभएका अङ्ग्रेज अफिसरले तुरुन्तै बाङ्गे सार्कीको ज्यान लिन आदेश थिए । उनलाई अङ्ग्रेजफौजले तत्काल त्यही ज्यान लिएका थिए । बाङ्गे सार्की   उसबेला घरायसी सामान लिन जानेक्रममा नेपालको सिमाना नजिकरहेको भारतको बेतिया सहरमा पुगेकाथिए ।
बाङ्गे सार्कीले देशलाई धोका दिएर बाँच्न चाहेनन्, बरु देशको हितका खातिर मर्नु नै उचित ठानेर बाङ्गे सार्कीले त्यही प्राणको आहुति दिए।
बाङ्गे सार्कीले देशलाई धोका दिएर बाँच्न चाहेनन्, बरु देशको हितका खातिर मर्नु नै उचित ठानेर बाङ्गे सार्कीले त्यही प्राणको आहुति दिए। नेपालको सार्वभौम सत्ता र अखण्डताका लागि दलित समुदायबाट जीवनको बलिदानी दिएका बाङ्गेसाकी समेतका यी एकाध प्रतिनिधि पात्रमात्र हुन्, जसको बारेमा आजसम्म कुनै इतिहासकारले कलम चलाउन सकेका छैनन्।
वि. सं २०५३ जेठमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले प्रकाशन गरेको ‘नेपालमा जातीय छुवाछूत नामक पुस्तकको पृष्ठ ६२ मा ‘नेपालको राजनीतिमा उत्पीडित जातिको सहभागिता’ शीर्षकको लेखमा बाङ्गे सार्कीको बारेमा एक अनुच्छेद उल्लेख गरिएकोछ । नरनाथ लुइँटेल, माधवपन्थी, पद्मलाल विश्वकर्मा र रविमान लम्जेलले सम्पादन गर्नुभएको सो पुस्तकमा बाङ्गे कुन जिल्लाका थिए भनेर उल्लेख भने गरिएको छैन्।यस पुस्तकका सम्पादक पद्मलालविश्वकर्माले बाङ्गे सार्की तनहँुको भएको बताएका छन्।
त्यसै गरी तत्कालीन नेकपा (माओवादी) निकट नेपाल दलित मुक्ति मोर्चाको वि सं २०६२ पुस २७ देखि माघ १ गतेसम्म भएको तेस्रो राष्ट्रिय सम्मेलनमा प्रस्तुत एवम् परिमार्जित राजनीतिक प्रतिवेदनमा पनि एक अनुच्छेद उल्लेख गरिएकोछ । तर त्यहाँ पनि उनी नेपालको कुन जिल्लाका थिए भन्ने कुुरा उल्लेख गरिएको छैन् ।
उनी कुन जिल्लाका थिए भन्ने विषयमा दलित आन्दोलनका अगुवानै स्पष्ट हुन सकेका छैनन्।
उनी कुन जिल्लाका थिए भन्ने विषयमा दलित आन्दोलनका अगुवानै स्पष्ट हुन सकेका छैनन्। एकीकृत नेकपा (माओवादी) का नेता शङ्कर दुलाल, नेकपा–माओवादीका नेता पर्शुराम रम्तेल, सङ्घीय समाजवादी पार्टी नेपालका उपाध्यक्ष दानबहादुर विश्वकर्मा लगायको भनाइमा बाङ्गे सार्की गोरखा जिल्लाका थिए।
दलित आन्दोलनका अगुवा विनोद पहाडी सम्पादक रहेको ‘नेपाली मञ्च’२०६३सालको भदौ महिनाको अङ्कको मध्य पृष्ठमा काले सार्की, विसे नगर्ची, जसवीर कामी, मणिराम गाइने र बाङ्गे सार्की समकालीन भएकोउल्लेख गरिएको छ । कालेसार्की, विसेनगर्ची, जसवीर कामी र मणिराम गाइने गोरखाको भएको र बाङ्गे सार्की कै समकालीन भएको हुँदा बाङ्गेको जिल्ला पनि गोरखा नै हुन सक्ने सङ्घीय समाजवादी पार्टी नेपालका उपाध्यक्ष दानबहादुर विश्वकर्माको अनुमान छ ।
बाङ्गे सार्की पछि आफू करिब १२/१३ औँ पुस्ता भएको दाबी गर्ने कञ्चनपुर–१ दैजीकानन्द सिंह सार्कीले उनका पुर्खाले भने अनुसार बाङ्गे सार्कीको जिल्ला सुदूरपश्चिमको कैलाली भएको बताए।
बाङ्गे सार्कीलाई अङ्ग्रेजहरुले नेपाल जाने बाटो पटक पटक सोध्दापनि नबताएपछि उनलाई गिफ्तारपछि कुटपिट गरी मानसिक दबाब दिँदै रुखमा दुई वटाहातमा किल्ला ठोकेर गोलीको निसाना बनाइएको कुरा मलाई बुढापाकाले सुनाउने गर्नुहुन्थ्यो,
उनले भने,“बेतियामा बाङ्गे सार्कीलाई अङ्ग्रेजहरुले नेपाल जाने बाटो पटक पटक सोध्दापनि नबताएपछि उनलाई गिफ्तारपछि कुटपिट गरी मानसिक दबाब दिँदै रुखमा दुई वटाहातमा किल्ला ठोकेर गोलीको निसाना बनाइएको कुरा मलाई बुढापाकाले सुनाउने गर्नुहुन्थ्यो, तर मसँग कुनै लिखित दस्तावेज छैन्।”
बाङ्गे सार्कीका बारेमा इतिहास विद्डा त्रिरत्न मानन्धर, तुल्सी राम वैद्य, प्रा. दिनेशराज पन्त, डा. दिनेशचन्द्र रेग्मी समक्ष जिज्ञासा राख्दा ‘इतिहासमा कहीँ कतै नाम नसुनेको’जानकारी दिए।वि.सं १८७१ मा नेपाललाई अङ्ग्रेजले आक्रमण गरेको समयको वरिपरि भएको हुँदा बाङ्गे सार्कीलाई त्यही समयमा मारिएको हुन सक्ने अनुमान इतिहासकारहरुको छ।
त्यसै डा.  राजेश गौतम र प्रा. डा. सुरेन्द्र केसीले बाङ्गेको बारेमा कतै पत्रपत्रिका र पुस्तकमा पढ्न पाएको तर उनको बारेमा विरलै सुन्ने गरेको बताए। दलित आन्दोलनका अगुवा पदम सुन्दास, तिलक परियार, जीवन परियार लगायतले घटना वास्तविक भएको तर सम्पन्नवर्ग, सत्तापक्ष र गैरदलितले गरेको योगदान मात्र  इतिहासले खिने हुँदा बाङ्गे सार्कीको बारेमा इतिहास नलेखिएको भन्दै गुनासो गरे ।
पदम सुन्दासले भने– “पुर्खाले विभिन्नकाल खण्डमा इतिहासको माग अनुसार देश बचाउन बलिदानी गरेको हुँदा आज हामी वीर नेपाली भनेर संसार भरी चिनिएका छौँ, त्यसैले खोजी नीति गरेर पुर्खाको इतिहास जिवित राख्नुपर्छ।”
बाङ्गे सार्कीको बारेमा राज्य, सरकार, राजनीतिक दल, तीनका दलित भ्रातृ सङ्गठन, दलित समुदायको अधिकारका लागि लड्ने सरकारी गैर सरकारीसङ्घ/संस्थाले वा दलित आन्दोलनले अहिलेसम्म कुनै खोजी नीति गरेका छैनन् ।
दलित समुदायका राष्ट्रप्रेमी व्यक्तित्व बाङ्गे सार्कीको बारेमा राज्य, सरकार, राजनीतिक दल, तीनका दलित भ्रातृ सङ्गठन, दलित समुदायको अधिकारका लागि लड्ने सरकारी गैर सरकारीसङ्घ/संस्थाले वा दलित आन्दोलनले अहिलेसम्म कुनै खोजी नीति गरेका छैनन् ।
उनको बारेमा पछिल्लो पटक सहिद तथा घाइते सरोकार नागरिक समन्वय केन्द्रीय कमिटीले उनको खोजी नीति गरी प्रथम राष्ट्रिय वीर सहिद घोषणा गर्नु पर्ने माग गर्र्दै प्रधानमन्त्री, मन्त्री तथा विभिन्न राजनीतिक दललाई ज्ञापनपत्र बुझाइसके पनि अझ सम्म कुनै सुनुवाइ हुन सकेको छैन्।
केन्द्रीय कमिटीका अध्यक्ष जेवी धौलाकोटीले यति ठूलो स्वाभिमान भएका उनी कुन जिल्लाका थिए ? उनका सन्तान कहाँ छन् ? सन्तानलाई राज्यले के दियो बन्नेबारेमा राज्य र सरकारले खोजी गर्नु पर्ने माग गरे।
नेपाली दलित आन्दोलनमा मात्र नभई सिङ्गो नेपालको राष्ट्रियताकै आन्दोलनमा बाङ्गेसार्कीलाई सम्मान गर्न सकिएन भने नेपालको इतिहास अधुरो रहने छ। यस प्रति राज्य, इतिहासकार, दलित हित सम्बन्धी सङ्घ संस्था, स्वयम् दलित समुदाय र समस्त देश भक्त स्वाभिमानी नेपाली जनता सचेत र सक्रिय हुन जरुरीछ ।
स्रोतः रासस
http://www.khabardabali.com बाट साभार 

Saturday, November 21, 2015

एउटै जिल्लाका २० हजार भारतीयसँग नेपाली नागरिकता- नवभारत टाइम्स

एउटै जिल्लाका २० हजार भारतीयसँग नेपाली नागरिकता- नवभारत टाइम्स

१ मंसिर २०७२
Capture
काठमाडौं : तीन महिनादेखि आन्दोलनरत मधेसी दलहरुले मधेसमा लाखौं नागरिक नेपाली नागरिकता लिनबाट बञ्चित भइरहेको दाबी गरिरहँदा भारतको एक चर्चित समाचार पत्रले सनसनीपूर्ण समाचार छापेको छ ।
मंगलबार प्रकाशित चर्चित भारतीय पत्रिका नवभारत टाइम्सले भारतको उत्तरप्रदेश राज्यस्थित महाराजगञ्ज जिल्लाका २० हजार भारतीयले नेपाली नागरिकता लिएको खुलासा गरेको हो ।
दोहोरो नागरिकता प्रकरणले चुनाव आयोगलाई अफ्ठेरोमा पारेको जनाउँदै सो पत्रिकाले नेपालतर्फ ८० किलोमिटर सीमाना जोडिएको महाराजगञ्जका मात्रै २० हजार बासिन्दा दोहोरो नागरिकतावाला भएको उल्लेख गरेको छ ।
‘एक्लै महारगञ्ज जिल्लाको करिब ८० किलोमिटर सीमाना नेपालसँग जोडिएको छ ’, नवभारत टाइम्सले लेखेको छ, ‘जहाँका ४० गाउँमा लगभग २० हजार दोहोरो नागरिकतावाला रहेका छन् । यिनीहरुसँग नेपाल र भारत दुबै देशको नागरिकता रहेको छ ।’
दोहोरो नागरिकता लिएकाहरुले महाराजगञ्ज जिल्लामा लोकसभा, विधानसभा, गाउँ पञ्चायदेखि लिएर क्षेत्र पञ्चायको चुनावमा पनि भाग लिइरहेको पत्रिकाले दाबी गरेको छ ।
‘सोनौली क्षेत्र एक्लैमा मात्रै एक हजार दोहोरो नागरिकतावाला रहेका छन्’, सुत्रलाई उधृत गर्दै पत्रिकाले लेखेको छ, ‘उनीहरु सबैजसो नेपालको बेलहिया र भैरहवाका मूलनिवासी हुन् ।’
दोहोरो नागरिकताको समस्या एक्लै नेपालको मात्रै नभएर भारतको पनि रहेको पत्रिकाले उल्लेख गरेको छ ।
‘यो समस्या नेपालको मात्रै होइन । सीमामा रहेका भारतका सिद्धार्थनगर, बलरामपुर, बहराइच, गोन्डा, श्रावस्ती र लखिपुरको पनि हो । यी ठाउँमा यस्ता हजारौं मामिला बाहिर आएका छन् ।’
पत्रिकाले दोहोरो नागरिकता भएकाहरुसँग मताधिकार भएमा उनीहरुलाई मत हाल्ने काममा पनि कसैले रोक्न नसक्ने लेखेको छ । ‘यस्तो अवस्थामा यसबारे उजुरी गरिएमा दोहोरो नागरिकताबारे जाँच गर्न सकिन्छ’, पत्रिका अगाडि लेख्छ, ‘तर एक पटक चुनाव भइसकेपछि यो प्रक्रिया त्यतिकै सेलाएर गइजान्छ ।’
महाराजगञ्जका डीएम सुनिलकुमार श्रीवास्वले दोहोरो नागरिकता राख्नुलाई अपराध भनेका छन् । ‘दोहोरो नागरिकता राखिनु अपराध हो’, उनले भनेका छन्, ‘यदि यस्ता व्यक्तिले चुनावका क्रममा भोट हालेको उजुरी परेमा उनीहरुमाथि अवश्य कानुनी कारबाही हुन्छ ।’
साभार अन्नपूर्णपोस्ट

http://ekoshi.com बाट साभार 

भगवान बुद्धको जन्मस्थल नेपाल हो भनेर लेखिएको १ सय १८ वर्षअघि नै प्रकाशित एक जर्मन पत्रिका फेला

बुद्धको जन्म नेपाल लेखिएको सभवत पहिलो पत्रिका|

buddh praman 2
सन् १८९७ को एक जर्मन पत्रिका आल्गेमाइनन चाइटुङ्को (Beilage Bur Allgemeinen Zeitung ) जहाँ भगवान बुद्धको जन्मभूमि नेपालको लुम्बिनी भनेर लेखेको छ | सन् १७९८ देखि नियमित प्रकाशित हुँदै आएको उक्त पत्रिकामा लेखक कुर्ट क्लेमले ‘क्युनिक अशोका’ अर्थात् ‘राजा अशोका’ शीर्षकमा सम्राट अशोक र गौतम बुद्धका बारेमा लेखेका छन्। क्लेमले उक्त लेखमा सम्राट अशोकलाई प्रगतिशील समयका सामाजिक सुधारक भनेका छन्। उनले अशोक स्तम्भमा गौतम बुद्ध कपिलवस्तुको लुम्बिनीमा जन्मिएको भनेर लेखेका छन्। सम्भवत: यस बुद्धको जन्मस्थानको विषयमा किटान गरिएको सबैभन्दा पुरानो पत्रिका र पहिलो प्रिन्ट पत्रिका मानिन्छ ।
सो लेख ८ पृष्ठको रहेको छ | सम्राट अशोकलाई केन्द्रमा राखेर लेखिएको उक्त लेखमा प्रस्टसँग बुद्धको जन्मस्थान नेपालको कपिलवस्तुस्थित लुम्बिनीमा रहेको तथ्य उल्लेख छ |
भारतमा बि्रटिस शासनकालको समयमा इस्ट इन्डिया कम्पनीका प्रमुख स्मिथले जर्मनीका पुरातत्त्वविद् आन्टोन फ्युररलाई नेपाल सरकारको अनुमतिमा लुम्बिनीको अध्ययन-उत्खननका लागि चाँजोपाँजो मिलाइदिएका थिए। सन् १८९६ मा फ्युररले थालेको उत्खनन कार्यमा नेपाल सरकारका तर्फबाट खड्गशमशेर राणा खटिएका थिए। त्यो कुरा आल्गेमाइनन चाइटुङ्को लेखमा उल्लेख छ। त्यसमा सम्राट अशोकले आफ्नो कार्यकालमा गौतम बुद्धको ऐतिहासिकता उत्खनन कार्यमा गरेका महत्त्वपूर्ण प्रयासहरूको विवरण र सम्राट अशोकको जीवनी समेटिएको छ। सम्राट अशोकले आफ्नो शासनकालमा अशोक स्तम्भ मात्रै गाडेनन्, पाँच-पाँच वर्षमा आफूले गाडेको स्तम्भ र निर्माण गरेका स्तूपहरूको अवलोकन गर्ने थितिसमेत बसालेका थिए।
सम्राट अशोकले बुद्धको अस्तुधातुलाई ८४ हजार टुक्रा बनाएर नेपाल र भारतका विभिन्न भागमा पुर्‍याएका थिए। र, त्यति नै संख्यामा स्तुपाहरू निर्माण गर्न लगाएका थिए। त्यसैगरी उनले गौतम बुद्ध जन्मेको, देहत्याग गरेको र ज्ञान प्राप्त गरेको सबै ठाउँको पहिचान गर्नुका साथै बुद्धको प्रचारप्रसारसमेत गरे। सम्राट अशोकले यति नगरेको भए आज बुद्धको जन्मस्थानका रूपमा न लुम्बिनीले मान्यता पाउँथ्यो, न बुद्धको जीवनीका बारेमा नै सही तथ्य थाहा हुन्थ्यो।
उक्त उत्खननपछि फ्युररले एन्टिक्युटी अफ नेपलिज तराई नामक पुस्तक पनि लेखेका छन्। उनले त्यस पुस्तकमा पनि गौतम बुद्ध नेपालको लुम्बिनी कपिलवस्तुमा जन्मिएका हुन् भनेर किटान गरेका छन्। भारत स्वतन्त्र भएपछि उक्त किताबका कैयन् संस्करणहरू भारतबाटै प्रकाशित भएको समेत तथ्य छ। बुद्धको जन्मस्थानका विषयमा यतिका धेरै ऐतिहासिक प्रमाण र कुनै समय भारतले समेत स्वीकार गरेको विषयमा अहिले बुद्ध भारतमै जन्मेको भनेर हल्ला फैलाउनुको कुनै तुक छैन।(मूलश्रोत जनकराज सापकोटा) |
( नोट -लिंक श्रोत धेरै पुरानो भएकोले राख्नु सकिएन यो बारे जानकारी सुनील श्रेष्ठबाट,इकोशी डेक्स )

http://ekoshi.com बाट साभार