Saturday, August 22, 2015

एमाओवादी विघटन भइसक्यो, घोषणा हुन मात्र बाँकी छ- प्रकाश पोखरले (केन्द्रीय सदस्य, एमाओवादी)

एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य प्रकाश पोखरेल पूर्वएकताकेन्द्र समुहको विद्यार्थी फाँट हुँदै पार्टीको नेतृत्व तहमा आइपुगेका युवा नेता हुन् । शनिबार राजधानीमापूर्व एकताकेन्द्रको अलग्गै भेला गर्नमा पोखरेलको महत्वपूर्ण भूमिका थियो । अब उनकै सक्रियतामा पार्टीभित्र केन्द्रदेखि जिल्ला तहसम्म नयाँ पुनर्गठन अभियान चल्ने बताइको छ ।

एमाओवादी पार्टीको विकल्प खोज्ने अभियानको अगुवाइ गरिरहेका युवा नेता पोखरेलसँग अनलाइनखबरले गरेको संक्षिप्त कुराकानीमा उनले प्रचण्डबाट अब एमाओवादी पार्टी रुपान्तरण हुने सम्भावना सकिएको ठोकुवा गरे ।
Prakesh-Pokhrealयसरी पार्टीभित्रै पूर्वएकताकेन्द्रको गुटको भेला गर्दै हिँड्नु अनुशासनविपरीत कार्य होइन ?
– यो गुटको भेला होइन । र, पार्टी अनुसाशन विपरीत कार्य पनि होइन । उद्येश्यमा समानता भएका साथीहरुले आयोजना गरेको छलफल हो यो ।
तर, यसरी भेला गर्दा पार्टीभित्र अनुशासनको प्रश्न उठ्दैन ?
– हाम्रो बुझाइमा एमाओवादी पार्टी विघटन भइसक्यो, यसको औपचारिकरुपमा घोषणा मात्रै गर्न बाँकी छ । कोमामा रहेको बिरामीलाई डाक्टरले मृत घोषणा गर्न बाँकी रहेको जस्तै अवस्थामा छ पार्टी । यो अवस्थामा कसैले अनुशासनको डण्डा लगाउने अवस्था नै छैन । पार्टी विघटनको घोषणा कसले गर्ने भन्ने मात्रै बाँकी छ अब ।
एमाओवादी पार्टी विघटनकै अवस्थामा पुगिसकेको तपाईहरुको निश्कर्ष हो त ?
– क्रान्तिकारी आन्दोलनको कम्युनिष्ट धारा नै विघटन भयो । तर, पार्टी विघटन भए पनि व्यक्तिहरु छन्, उनीहरुका वीचमा एकता गरेर नयाँ धाराको पुनर्गठन गर्नुपर्छ भन्ने हाम्रो निश्कर्ष हो ।
तपाईहरुको भेलाले नयाँ पार्टी बनाउने निर्णय गरेको हो ?
– तत्काल नयाँ कम्युनिष्ट पार्टी घोषणा गर्ने हामीले निर्णय गरेका छैनौं । कम्युनिष्ट आन्दोलनलाई पुनःसंंगठित गर्न सकिन्छ र गर्नुपर्छ भन्ने हाम्रो निश्कर्ष हो ।
प्रचण्डकै नेतृत्वमा पार्टीलाई रुपान्तरण गरेर, सच्याएर अघि बढ्दा के बिग्रन्छ र ? उनले पनि त पार्टीलाई रुपान्तरण गरौं भनिरहेकै छन् …
– विश्व कम्युनिष्ट आन्दोलनको अनुभव हेर्दा मुख्य नेतामा विचलन आएपछि तिनै नेताको नेतृत्वमा पार्टीको रुपान्तरण सम्भव भएको उदाहरण काहीँ पनि छैन । प्रचण्ड यसको अपवाद बन्न सक्नुहुन्न भन्ने हाम्रो निश्कर्ष हो । प्रचण्ड, बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको नेतृत्वमा रुपान्तरणको सम्भावना एकदमै कम छ । प्रचण्डको नेतृत्वमा त पार्टी अगाडि बढ्नै सक्दैन, बाबुराम र नारायणकाजीलाई हेर्न बाँकी छ ।
पार्टीको मूल लिडरसीप ९९ प्रतिशत बिग्रिइसकेको छ । १ प्रतिशत सम्भावना हामीले बाँकी छ भनिदिएका हौं । यथास्थितिमा अब यो पार्टीको पुनर्गठन सम्भव छैन भन्ने नै हाम्रो निश्कर्ष हो ।
यो भेला गर्नुअघि तपाईहरुले बाबुराम भट्टराईसँग पनि छलफल गर्नुभएको थियो कि ?
– बाबुरामजीसँग यसबारे कुरा गरेनौं, उहाँ निकटका नेताहरुसँग छलफल गरेका थियौं । हामी बाबुरामजीको अहिलेसम्मको योगदानको कदर गर्छौं ।
बाबुरामलाई नेता मानेर अघि बढ्ने सम्भावना चाहिँ कत्तिको छ ?
– हामी सबैसँग छलफल गरेर कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगले अघि बढाउने पक्षमा छौं । बाबुराम, मोहन वैद्य र विप्लवसँग पनि छलफल गर्न तयार छौं । छलफल गर्छौं ।
पूर्वएकताकेन्द्रको भेला भएकाले तपाईहरुको सम्भावित नेताचाहिँ अब नारायणकाजी श्रेष्ठ नै होलान् हैन ?
– होइन, पूर्वएकताकेन्द्रको गुट जम्मा पारेर अबको जनताको आवश्कतालाई त्यसले सम्बोधन गर्न सक्दैन ।
उसोभए शनिबारको भेला आयोजना गर्नुपूर्व तपाईहरुले उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग पनि छलफलै गर्नुभएन त ?
– मैले नै उहाँसँग कुरा गरेको थिएँ । उहाँ संविधान निर्माण प्रक्रियाबाट र्फसद भयो र भ्याएँ भने आउँछु र तपाईहरुको कुरा सुन्छु भन्नुभएको थियो, तर आउन भ्याउनुभएन । हामीले भेला राखेकोमा उहाँको कुनै असहमति थिएन ।
यो भेलाको मुख्यसर्जक चाहिँ को हो त उसोभए ?
– हामी युवा साथीहरुले यसबारे एक/डेढ महिना अघिदेखि छलफल गरिरहेका थियौं । आखिर पहल त कसैले लिनै पर्ने थियो, त्यसैले अब हामी युवाहरुले नै यसको पहलकदमी लिनुपर्छ भनेर हामी अघि बढेका हौं ।
तपाईहरुको भेलाले गरेको खास निर्णय के हो ?
– प्रचण्डकै नेतृत्वमा पार्टीको रुपान्तरण सम्भव छैन । पार्टी भन्नै नै नरहेको अवस्था सिर्जना भएकाले अब हामी समाजवादी वैचारिक आन्दोलनको ब्यानरमुनि कार्यक्रम गर्छौं । राजधानीका साथै तल पनि साथीहरुलाई समेट्दै छलफल अघि बढाउँछौं ।
http://www.onlinekhabar.com बाट साभार 

फेसबुक वालहरुबाट ………………. 

मातृका पोखरेलको फेसबुक वालबाट 
आज गरिएको भेलाका बारेमा अनेकौ हल्लाहरु चलिरहेका छन। यो नयाँ पार्टी गठनको उद्देश्यका साथ गरिएको भेला होईन । एक अर्थमा यो भेला भूमिकाबिहिन साथीहरूले कम्युनिस्ट आन्दोलनमा हाम्रो भूमिका के हुन सक्ला भन्ने कुराको खोजी पनि हो । सबै आदर्शबाट च्युत भएका मानिसहरूलाई सिरमा राखेर भुइँ मान्छेहरूले कुनै सुन्दर सपना देख्नुको कुनै अर्थ हुदैनथ्यो । यो भेला समाज रूपान्तरणमा आफ्नो पनि योगदान होस भन्ने चाहना राख्नेहरुको भेला हो । साच्चै बुझ्न चाहनेले यसरी बुझे राम्रो हुन्छ ।
Like   Comment   
=====================================

Khagendra Shahi को फेसबुक वालबाट 
झांगिदै रुख, फल दिने स्थितिमा पुग्यो, रूखको स्याहार सुसार गर्नेलाई समेत पछि पार्दै फल टिप्न आईपुग्यौं ।
आज शिसिर ऋतुमा केही पातहरु झरेर रुख कुरुप देखिएको बेला फेरी भन्दै छौ यो रुख सुकि सक्यो, चिरेर दाउरा बनाउनु पर्छ ।
खबरदार !
यो भन्ने अधिकार तिमीहरुलाई छैन ।
तिमीलाई के थाहा फेरी बसन्त ऋतु शुरु हुन्छ अनि नया पालुवाले त्यो रुखले नयॉ स्वरुप धारण गर्छ भनेर !
  • प्रतिक बाबा कार्यकर्ता माथि सौता बन्न आयका रखौटी हरु लाई पार्टी ले बैधानिकता दियपछी को नतिजा न हो यो मित्र !
    लात हान्दै लखेट्दै गर्नु पर्छ सबै खाले रखौटी हरु लाई अनी हाम्रा राम्रा सबै फर्कन्छन् आफ्नो बासस्थान मा ।
  • Prabin Sharma चोक्टा खान गका भातमाराहरु झोलमा डुबेर मरेको सुन्न नपरोस् यो कानले ।
  • Ragas Ghimire एकदम सहि कुरा मिठो लाग्यो
  • Ram Bohara आफ्ना जति पखा लागाएर बाहिर बाट आउनेलाई काखी च्यापेर हिड्दा यस्तै हुन्छ । यो स्वाभाविक हो
  • क्षेत्र प्रसाद देवकोटा जानु र बस्नुको औचित्य नै नबुझ्नेहरु,आफ्नो स्थान पदमा मात्रै खोज्नेहरु फुट जुट फेरी फुट र अवसरको खोजीमा घुम्ने राउटेहरु घुमेरै जीवन बिताउनमा आफ्नो स्वतंत्रता समझनछन्...।
  • Dhanu Gyangmi यिनिहरु सुखको मात्रै साथीहरू हुन दुःखमा संधै भागेको इतिहास छ त्य्सैले यो दु:खको बेला यिनिहरु भाग्नखोज्दा नौलो मान्नु हुँदैन ।

===================================================================


को फेसबुक वालबाट 

खै आज कसको भेला भयो रे ! कुकुरलाई घ्यूं नपचेको जस्तै भो ।
=======================================

को फेसबुक वालबाट 

हो, हामी भेला भयौ र सल्लाह गर्‍यौ । किनभने यसो नगर्दा माओवादी नामको वुर्जुवा दलदलवाट हामी आफैलाई निकाल्ने/जोगाउने प्रयत्न र ईच्छाशक्ति पनि मर्ने थियो । किनभने संगठित नहुदा समाज वदल्न जे जती गर्न सकिन्थ्यो, त्यो पनि गर्न नसकिने थियो । किनभने हाम्रो मौनतालाई 'हाम्रो सत्वलाई न्युनतम सामन्ती आदर्शभन्दा पनि तल गिराउने कुरामा समेत सहमती' ठानिएको थियो । किनभने .....
आफ्नो घैटौलाई टन्न भरेका (अरुका कुरा सुन्‍नै नचाहने ) र वुर्जुवा रहलपहलमा अलि ठूलो भाग खोस्‍न लडिरहेकाहरुलाई केहि भन्‍नु छैन ।
वाकि साथीहरु, आउनुहोस् ! आफ्नो सत्व र आदर्श र सपनाहरुलाई जोगाउन खुल्ला मनले सल्लाह गरौ र संघर्ष गरौ ।
Like   Comment   


को फेसबुक वालबाट 
समाजवादी कायदिशा के हुने ?छलफल ज़रूरी थियो ।कायदिशा अनुसारको पाटी र नेता एमाओबादी पाटी नभयको ले समाजवादल्ाई केन्द्र मा राखेर छलफल गरियको हो ।यो निरन्तर चलछ ।
Like   Comment   
=================================================================


को फेसबुक वालबाट 


तर, बजार हल्ला पूर्ब गुटको भेला भन्ने पो भयो ।
नयाँ पार्टी बनाउने, नयाँ गुट बनाउने या कुनै पूर्बसमुहको भेला गर्ने काम षडयन्त्रकारी वा गोप्य तरिकाबाट अब सम्भब छैन र हुनु पनि हुँदैन ।
बनाउन परे हाकाहाकी बनाउने हाकाहाकी सुनाउनु जायज हुन्छ 
तर, बजार हल्ला पूर्ब गुटको भेला भन्ने पो भयो ।
नयाँ पार्टी बनाउने, नयाँ गुट बनाउने या कुनै पूर्बसमुहको भेला गर्ने काम षडयन्त्रकारी वा गोप्य तरिकाबाट अब सम्भब छैन र हुनु पनि हुँदैन ।
बनाउन परे हाकाहाकी बनाउने हाकाहाकी सुनाउनु जायज हुन्छ !
Like   Comment   
  • 1 share
  • Binod Lama गुटगत मानसिकताले ग्रस्तहरुले गुट कै भेला देख्लान, आवस्यक परे नयाँ पार्टी पनि किन निर्माण नगर्ने ?
  • Narendra Kc New party ko taayri bhanne po aayo ta media ma khas chahi k ho ?
  • Balkrishna Chaulagain फुलको आखामा फुलै सन्सार 
    काडाको आखैमा काडा सन्सार ।
    तपाईं अगाडि बड्नुहोस हामी छौ
  • Jp Moktan गुट उप गुट जे छ माओवादि भित्र त्यो सबैले देख्ने गरि बाहिर लेआयो भने कर्याकर्ता ,नेता ,शुभ चिन्ताक,समर्थक ,एबम आम नेपालीले सजिलै सङग कुन गुटको के स्वार्थ लुकेको छ सजिलै थाहा पाउन सकिन्थ्यो कि,दाई!
  • Suman KC हिजोको जनमोर्चा नेपाल बिघटन नभएको भए यतिबेला एउटा बैकल्पिक शक्ति बन्ने निश्चित थियो ! हिजो हामी कार्यकर्ताको भावना बिपरित जनमोर्चा फुटालेर ४ चिरा परे कामरेड मोहनविक्रम, नारायणकाजी, नवराज सुबेदीहरुले! कतिपयको आज बल्ल चेत खुल्दैछ ! यसरीनै सकिने होला नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलन...
  • Madhu Upreti बजार मा हल्ला त हिजो नै सुनेको थिए पुर्ब समुह को मात्रै छलफल छ भनेर।उद्देश्य के हो थाहा भएन???
  • JB Malla O ho dai le pani kasto kuro n bujhanu bha ko , e n le samajabadha pani goppe tari kale leyauni re kya , sakkigoni
  • Kedar Gurung Samajbad kasko ho? Amaobadiko, BP ko, puspalalko ,KP ko Bmaobadiko etc kasaiko bichar pani sahi xaina ho Jagrit dai.
  • Santosh Jung Rayamajhi एस्तै हो दाईं पार्टी गुटै गुटले समाप्त हुनलागेको वेला जेगर्दानी गुटकै काम देख्छन् !अव माओवादी पार्टीमा केनै बाँकी छ र न संगठन छ न बिचार छ !गुट बाहेक..........!
  • Dipak Chudali हल्लाका पछाडि लाग्न जरूरी छैन दाइ।भरू हामिलाई पनि यस्ता खालका बहमा समेट्ने पहल गर्नु भयो भने त्यस्ता खालका निराधार हल्ला चलाउनेलाई दरो झापड हुनेछ।
  • Balaram Timalsina Biplab नेपाली समाजको वर्तमान चरित्र र समाजवादको बाटो विषयममा छलफल गर्नु राम्रो कुरा हो .त्यस्तो छलफलमा एकैथरि अनुहार मात्र नभएर एकभन्दा धेर प्रकारका अनुहार मिसिएको वा मिसाइएको भए यी प्रश्न उठाउँने मूखमा आफैं ताल्चा लाग्थ्यो .
  • Bimal Pokhrel फुटको तयारी भन्न के को लाज भयो जागृतजी ? अप्राकृतिक मैथुनबाट बच्चा जन्मिने कुनै सम्भावना थिएन । स्वार्थहरू बाझिए । अब एमालेतिर सोझिए भलो हुन्छ । एकताकेन्द्र मसाल फुटालेर माओवादीमा जांदा मोहनविक्रम, चित्रबहादुरलाई प्रतिगामी करार गर्ने तपाईहरू नै हो । अब बिखण्डनकारीको बिल्ला भिर्नबाट जोगिन फुट नै साथीहरूको बाटो समातेका होलान् ।
  • Jagrit Rayamajhi हा हा बिमलजी !
    माओबादी जनयुद्धले नेपालको परिबर्तनमा मुख्य भुमिका खेल्याछ भन्न आनाकानी गर्नु राजनैतिक अपराध हो !
    जुन मोहनबिक्रमकै लहलहैमा तपाईं गर्दैहुनुहुन्छ !!
    ...अझ धेरै हेर्नुहोस्
  • Bimal Pokhrel सबैभन्दा ठूलो मतभेद नै हाम्रो छ । संघीयताले देश कहां लैजादैछ ? जात र भातका कुराले माओवादीको हालत के हुँदैछ ? अबको तपाईहरूको फुटले धेरै कुरा उद्घाटन गर्नेछ । के तपाई र हामी फुट्नैपर्थ्यो ? इतिहासले मूल्यांकन गर्नेछ ।
  • Dip Nepali कुरो हो
  • Arjun Kafle Ananta aba pani phute emaobadi sakinxa.kaslai k pad pugenara phutne ho?jutera agibadhe jiu Juan sath dienxa phutera ghat garema lat dienxa yo kura suby comredharule bujhe hunxa.
  • Suman KC Nepali samaj paribartanma Maoist rebellionko vumika underestimate garne tatha Maoist mai bilaya hune vanne Dubai tendency galat thiya comrades. Wait gareko vaya aafnai botma pakthe kafal kunai din
  • Surendra Chalise तपाईंको सूचना सही कि ? प्रकाश पोखरेलको अन्तर्वार्ता सही ? कुरा के हो ? था चाहियो ।
  • Kishor Joshi haina ho jagrit dai hami pani xau hai k ho karekarta na chahine nai ho ta
  • Balaram Timalsina Biplab Je hos hami harek hisable apthero ma xau .
  • Aashish Sharma खै के खै के बुझ्नै गरो हुने भो।म दस बर्से जनयुद्ध लडाइँ गरेको सिपहिले त बुझ्न गाह्रो भयो।अब त मलाई बुझ्न मन लाग्न छोडयो।किन कि कसै न कसैको गुट को नभए कसरी हुन
  • Man Singh Tel lagaera nahane timiharulai raiphal ko tel nikale ra ho hane.baburam ra dahal sangai vayako ris garne.
  • Ram Krishna Banjara पार्टीप्रति इमान्दारीता विचारभित्रको वहसले
    वलियो संगठन वन्छ 
    वहस छलफल टोलटोलदेखि हुनु जरुरी छ गुटउपगुटको भाषा गलत फरक विचार छलफलको मुख्य एजेन्डा मात्र हो

Wednesday, August 19, 2015

यी को थिए, यी के भए? - खगेन्द्र संग्रौला

भाद्र २, २०७२- राजनीतिक स्खलनको यात्रामा जो जति माथिबाट खस्छ, ऊ त्यति नै बढी चकनाचुर हुन्छ। आफ्नो गौरवमय अतीत, उदात्त आदर्श र नैतिक निष्ठालाई दाउमा राखेर सोह्रबुँदे स्रेस्तासामु नतमस्तक भएका पुष्पकमल दाहाल यस कुराका कारुणिक उदाहरण हुन्। सोह्रबुँदे लिखतमा दाहालको हस्ताक्षर एमाओवादीको दुर्दशाको पछिल्लो कडी हो। यो दुर्दशाको अर्थ हो— म हारेँ, म गलेँ, म ठाडो भएर उभिन नसक्ने भएँ, तसर्थ म अब ढल्छु।

एमाओवादी नेतृत्वलाई आफ्नो जस्तोसुकै कर्म पनि ‘ऐतिहासिक’ लाग्छ। पर्वतारोहण गरेको पनि ऐतिहासिक, पर्वतको बीचबाट फेदीतिर गुल्टिएको पनि ‘ऐतिहासिक’। पहिलेको बाह्रबुँदे लिखत पनि ‘ऐतिहासिक’, अहिलेको सोह्रबुँदे लिखत पनि ‘ऐतिहासिक’। वस्तुभित्रको सार के हो हेर्ने कर्ताका दृष्टिमा भर पर्छ। वास्तवमा बाह्रबुँदे लिखत र सोह्रबुँदे लिखतमा आकाश–जमिनको अन्तर छ। बाह्रबुँदे राजनीतिका दुई पक्षबीच बराबरीको सम्झौता हो। त्यसमा ऊबेलाको माओवादी आफ्नो वैचारिक निष्ठा, एजेन्डा, अडान र सम्मानसहित संलग्न भएको थियो। सोह्रबुँदे लिखत भने केपी डक्ट्रिनको छत्रछायामा पुष्पकमलमार्फत एमाओवादीको नग्न आत्मसमर्पण हो। सोह्रबुँदे दुई पक्षबीच समानता र आपसी सम्मानमा आधारित सम्झौताको लिखत किमार्थ होइन। यो अतीतमुखी सत्तापक्षको विजय र क्षयन्मुखी एमाओवादीको आत्मसमर्पणको द्योतक हो। यसमा एमाओवादी आफ्नो वैचारिक निष्ठा, एजेन्डा, अडान र सम्मान सबै कुराबाट स्खलित भएको छ।

सोह्र बुँदेमा सहीछाप गर्नुअघि र त्यसपछिको एमाओवादी एउटै होइन। यो सहीछापसँगै एमाओवादीले प्रतिपक्षको मैदान त्याग्यो, आफ्ना एजेन्डा त्याग्यो, सहयात्री राजनीतिक दलहरूलाई त्याग्यो, मुक्तिकामी जनतालाई त्याग्यो, निष्कामकर्मी बौद्धिकहरूलाई त्याग्यो। यो पश्चगामी त्याग सिरियलमा पुष्पकमलले आफ्नो निर्वाचनक्षेत्र समेत त्यागिदिए। यसरी त्यागी एमाओवादी सनातनी सत्तापक्षको अङ्ग, अनुचर र सेवक बन्न पुग्यो।

एमाओवादीको यो आत्मसमर्पणको रचनागर्भ बडो रहस्यमय छ। दुई–ढाई महिनाअघि पुष्पकमलको अगुवाइमा प्रतिपक्षी मोर्चाले एमाले प्रमुख केपी शर्मा ओलीलाई पागल घोषित गरेको थियो। त्यो पनि कतै यसै बोल्ने क्रममा हाडबिनाको जिब्रो चिप्लिएर होइन। बकाइदा बैठक बसेर, विधिवत् निर्णय गरेर, लिखितम धस्काएर। र ओली महोदयको मानसिक उपचार गरियोस् भनी मोर्चाले सरकारसामु लिखित अनुरोध पेस गरेको थियो। थाहा छैन, कुन दिव्य चमत्कार, कुन फुमन्तर जादुगरी वा कुन निहित स्वार्थवश हो, पुष्पकमलका दृष्टिमा हिजोको आजै ओली महोदय सद्दे, स्वस्थ, विवेकवान र करुणामयी बन्न पुगे। अनि पुष्प र केपीबीच बिछट्टको राजनीतिक प्रणयलीला सुरु भयो। यी दुई नवोदित प्रेमीबीच घन्टौँ लामा अनेक गोप्य वार्ता भए। ती वार्ताबारे प्रतिपक्षका सहयात्री महन्थ, उपेन्द्र र अशोक बेखबर थिए। सायद पुष्पको आफ्नै दलका निकटतम सहयोगी कमरेडहरूलाई पनि यस कुराको थाहापत्तो थिएन। परिवर्तनका एजेन्डामा सहयोग गर्ने बौद्धिकहरू त आखिर ‘प्रयोग गर र मिल्काउ’को महलका प्राणी न ठहरिए। राजनीतिमा विश्वास, इमान र नैतिकता भन्ने केही चिज हुन्छ? पुष्पकमलको एकल क्रीडाको नतिजाले भन्यो— हुँदैन।


पुष्प–केपीको प्रणयलीलाले साकार रूप लिँदा सोह्र बुँदेको जन्म भयो। के हो यो सोह्रबुँदे? सोह्र बुँदेको सतहमा तीन तत्त्वको योग छ। छिटो संविधान, दह्रो राष्ट्रिय एकता र मिलिजुली पुनर्निर्माण। तर यसको अन्तर्यमा गुह्य कुरो अर्कै छ। त्यो हो, छिटो पश्चगामी संविधान र संविधानरूपी भर्‍याङ चढेर छिटो सत्ता भागबन्डाको भोगचलन। नभन्दै चार महाबलीको तरङ्गी एवं स्वेच्छाचारी योजना मुताबिक संविधानको खेस्रा हत्तपत्त आयो। खेस्रामा के देखियो? अन्तरिम संविधानले दिएका उत्पीडितहरूका हकहरूको अन्धाधुन्द हरण भएको देखियो। आक्रोशमय विरोधबीच सुझाव सङ्कलनको नाटक रचियो। सुझावमा जे चार महाबलीको स्वार्थ सहुाउँदो देखियो, त्यसलाई सप्रेम ग्रहण गरियो। जे त्यस्तो देखिएन, त्यसलाई आरामसाथ रद्दीको टोकरीमा मिल्काइयो। प्रत्यक्ष निर्वाचित कार्यकारी— बदर। अन्तरिम संविधानमा लेखिएको समावेशी–समानुपातिक— बदर। दलितलाई जमिन, छात्रवृत्ति, आरक्षण आदि— सबै बदर। अनि सदर के? खाइपाइ आएका संविधानका कर्ताहरूका सनातनी एकाधिकारहरू— सदर। आश्चर्य के भने यो बदर र सदरमा पुष्पकमल र बाबुराम बर्चस्वशाली वीरहरूका आज्ञापालक सेवकको भूमिकामा कटिबद्ध भए।



चौतर्फी दबाबपछि जब सीमाङ्कन आयो, सोह्रबुँदे यथार्थको अर्को अनुहार उजागर भयो। सीमाङ्कनमा संविधानका बर्चस्वशाली महारथीहरूका निहित स्वार्थको अनुकूलताको टड्कारो चित्र खिचियो। आफ्ना हात जगन्नाथ। सीमाङ्कनमा न उत्पीडितहरूको पहिचानको झल्को आयो, नत प्रदेशहरूबीच सामथ्र्यको उचित वितवरण नै दृष्टिगोचर भयो। प्रदेशहरू केन्द्रका मालिकका कठपुतलीको औतारमा प्रकट भए। माथिका ख्वामित्ले शाही टिके शैलीमा मनोनयन गर्ने र आफ्नो स्वार्थअनुसार नचले तिनलाई कुनै पनि बेला झ्याप्प विघटन गर्ने। सीमाङ्कनको चित्त हेर्दै एउटा प्रहसन प्रस्तुत भयो। यो अखण्ड सिरियल प्रहसन हो। जो—जो संविधान लेखनका कर्ता हुन्, नेपथ्यमा यो प्रहसनका निर्देशक पनि उनै—उनै हुन्। लाग्छ, यो प्रहसन संघीयताको गलो निमोठ्ने नियोजित खेलतमासा हो।

प्रदेशको संख्या तोकाइ र सीमाङ्कनमा उत्पीडित दाबेदारका प्रतिनिधिहरूलाई कहीँ कतै एक वचन सोधनी–पुछनी गरिएन। संविधान लेख्ने कलम जसका हातमा थियो, तिनले आफूलाई दिने मालिक ठाने। र उत्पीडित दाबेदारहरूलाई तिनले माग्ने अकिञ्चनको दर्जामा राखे। लोकलाई सम्झना छ, अस्ति राणाहरू यसै गर्थे, हिजो शाहहरू यसै गर्थे। यी सनातनी संविधान लेखकहरूले जसो—जसो सामन्ती गुरुजी उसै—उसै दमनकारी चेलाचपेटा भनेझैँ गरे। आश्चर्य, स्वेच्छाचारी मालिकहरूका यी कर्ममा एमाओवादी पुष्पकमल र बाबुरामको पनि दह्रो हात र सक्रिय साथ छ।



प्रदेश तोकाइमा दिने मालिकहरूको चातुर्यको झलक पाइन्छ। उत्पीडित समुदायहरूमध्ये जो अपेक्षाकृत बलिया छन्, मालिकहरूले तिनलाई केही दिएजस्तो गरे। जो कमजोर छन्, तिनले के नै पो नाप्लान् र भनेर होला, यिनले केही नै दिएनन्। यसरी नदिइनेमा खास गरेर दलित र थारुहरू परेका छन्। माओवादी जनयुद्धका प्रथम सहिद दलित थिए। जनयुद्धमा जनसंख्याको अनुपातमा सबैभन्दा धेरै ज्यानको आहुति दिने यिनै दलित र थारु समुदाय हुन्। वास्तवमा माओवादी जनयुद्ध मूलत: यिनकै रगत र आँसुको वेदीबाट उठेको हो भने पनि हुन्छ। विडम्बनावश, सोह्रबुँदे चौतारीमा उभिएर संविधान लेख्ने कलम हातमा लिएका पुष्पकमल र बाबुरामले दलित र थारुहरूका छाती—छातीमा रगत र आँसुका अक्षरले लेखिएको यो अमिट इतिहास हिजोको आजै बिर्से। दलित र थारुहरू तल सडकमा चिच्याइरहेका छन्, पुष्पकमल र बाबुराम माथि निरङ्कुश सत्ताको बुर्जाको एक कुनामा बसेर मानौँ सुमधुर सङ्गीत सुनेझैँ त्यो चित्कार सुनिरहेका छन्।



 सोह्रबुँदे शासक महलको चर्तिकला यस्तो छ, तर हामीले भएको कुरा देख्नु र देखेको कुरा बोल्नु हुँदैन। प्रदेश रचनामा खोटैखोट छन्, प्रदेशहरूको सीमाङ्कन मिस्टर ठिसको कलाकृतिजस्तो छ। तर जे यथार्थ हो, त्यो त्यही नै हो भन्दा हामीलाई संविधान बन्न नदिने तत्त्व भनी फत्तुर लगाइन्छ। नागरिकहरूका मुख थुनेर तिनका शिरमा पश्चगामी संविधान थोपर्न भयका विम्बहरू रचिँदैछन्। सोह्र बुँदेका रचनाकारहरू भन्छन्— प्राप्त उपलव्धिहरू पश्चगामी तत्त्वबाट जोगाउन चाहियो छिटो संविधान। को हो, यो पश्चगामी तत्त्व? पूर्वराजा ज्ञानेन्द्र? ज्ञानेन्द्रका अनन्य सेवक कमल थापा? कि ‘साक्षत् भगवान’ कमलनयनाचार्य? खेस्रा संविधान आफैँ पश्चगमनको मुखर दस्तावेज हो। भन्देखिन् अस्पष्ट र अपुष्ट पश्चगामीबारे यो रटना किन?

खान्दानी खलकको संविधानसँग असहमत हुने र आफ्नो फरक मत मिडिया वा सडकमा व्यक्त गर्नेहरूलाई सोह्रबुँदे महलका गुरुजीहरू संविधान बन्न नदिने भँडुवा भन्छन्।


यसको अर्थ हो, दलितहरू भँडुवा हुन्। थारुहरू भँडुवा हुन्। मधेसीहरू भँडुवा हुन्। समस्त जनजातिहरू भँडुवा हुन्। कर्णालीवासीहरू भँडुवा हुन्। आश्चर्य, यसरी आरोप लगाउनेहरूको लाममा पुष्पकमल र बाबुराम पनि हाजिर छन्। यी को थिए, यी के भए?

http://kantipur.ekantipur.com बाट साभार 

Wednesday, August 12, 2015

नीति र नेतृत्वले यस्तो बनायो एमाओवादी - राम कार्की


राम कार्की


अहिले एमाओवादीको अवस्था नेता–कार्यकर्ताले भोगेका छौँ, अरूले देखेका छन् । जनयुद्धकालमा माओवादी पार्टीभन्दा पनि आन्दोलन थियो । माओवादी मात्र होइन, राणाशासन वा पञ्चायतविरुद्धका सबै पार्टी आन्दोलन थिए । आन्दोलन र राजनीति फरक हुन् । आन्दोलनमा जो पनि सहभागी हुन सक्छ तर राजनीतिमा लाग्न विशेष राजनीतिक चाख, अभिरुचि र योग्यता चाहिन्छ । पहिले माओवादी आन्दोलनमा जो सहभागी भयो, त्यो मान्छेको राजनीतिक अभिरुचि र योग्यता हामीले हेरेनौँ । हेर्न सम्भव पनि थिएन । हामीलाई भात खान दिएका भरमा मान्छे माओवादी भए । प्रहरी, सेना र भिजिलान्तेबाट मारिए । मामा माओवादी भएकाले भानिज पनि माओवादी बन्यो । यसरी बनेको माओवादी आन्दोलनलाई ०६२–६३ को आन्दोलनपछि पार्टी बदल्ने चुनौती थियो । हामी त्यहीँ चुक्यौँ । पार्टी बनाउन राजनीतिमा अटाउनेजतिलाई भूमिका दिएर अरूलाई समर्थकका रूपमा समाजमा समायोजन गराउनुपथ्र्यो । त्यो हामीले गरेनौँ, गर्न सकेनौँ ।

आन्दोलनबाट आएको मान्छे सजिलै समाजमा समायोजन हुन सक्दैन । त्यसका लागि हामीले कार्यक्रम लैजानुपथ्र्यो । समाजमा समायोजन हुन गएकाहरू समर्थक भएर बस्थे । राजनीतिमा रहनेहरूको पार्टी बन्थ्यो । तर, हामीले पछिसम्म यो आन्दोलन अझै अगाडि जान्छ र भएजति सबै मान्छे चाहिराख्छ भनेर ढाँटिराख्यौँ । त्यो हाम्रो पार्टीको गल्ती हो । तर, अहिले पनि त्यो गल्ती स्वीकार गरिएको छैन । पार्टीको अवस्था कस्तो हुने भन्नेमा नीति र नेतृत्व जिम्मेवार हुन्छ । जसलाई हामी लाइन र लिडरसिप भन्छौँ । हामी हाम्रो हरेक दस्ताबेजमा माओको भनाइ उद्धृत गर्छौं, ‘पार्टीको कार्यदिशा सही भए सबै कुरा प्राप्त हँुदै जान्छ, सही नभए सबै गुम्दै जान्छ ।’ तर, हामीले जुन नीति बनाउँदै आएका छौँ, त्यसको निर्माण र निर्णय प्रक्रियालाई पनि प्रजातान्त्रिक बनाउन सकेनौँ । जनवादी केन्द्रीयता भन्छौँ, त्यसको सट्टामा अहिले अराजकता कायम भएको छ । नीतिहरू गलत साबित भएका छन् । यसमा नेतृत्व पनि उत्तिकै जिम्मेवार छ ।

नेतृत्वले फेरिएको परिस्थितिमा आफ्नो विधि, चालचलन, नेतृत्व शैलीलाई परिवर्तन गरेर निर्मल र कञ्चन राखिराख्नुपथ्र्यो, त्यो गर्न सकेन । सबै नेतृत्वका अगाडि औँला ठडिने परिस्थिति बन्यो । माओवादी पार्टी यो अवस्थामा पुग्नुमा हाम्रो नीति र नेतृत्वको गहिरो र निर्मम समीक्षा जरुरी छ । तर, हामी भागिरहेका छौँ । नीतिको विहंगम समीक्षा गरेका छैनौँ । हामी झन्–झन् खस्कँदै गइरहेका छौँ, तर त्यही नीति समातिरहेका छौँ । अर्को नीति बनाउन सकेका छैनौँ । नीति र नेतृत्वका कमजोरीका कारणले पार्टी संगठन, जनवर्गीय संगठन लथालिंग भएका छन् ।

पार्टीमा विभिन्न जिल्लामा समानान्तर समिति छन् । दर्जन जिल्लामा समानान्तर समिति वा गुट विभाजन वा पार्टीकै विभाजन खासमा काँक्रा चिरेजस्तै हो । सबै चिराको उही स्वाद हुन्छ, रस फेरिँदैन । अहिले माओवादीलाई २० टुक्रा बनाए पनि सबै टुक्राको स्वाद उही हो । वैद्य टुक्रा, विप्लव टुक्रा, प्रचण्ड टुक्रा, बाबुराम टुक्रा, नारायणकाजी टुक्रा सबैको स्वाद उही हो । त्यसर्थ टुक्रा हुनु कुनै समाधान होइन । तर, यसरी टुक्राहरू बढ्नु पनि नीति र नेतृत्वको कमजोरी नै हो ।

एमाओवादीमा पहिलो बहस नीतिको हुनुपर्छ । उत्पीडित वर्गको नीति त्यस्तो हुनुपर्छ, जसले उत्पीडक वर्गमा विभाजन ल्याओस् । तर, हामीले उत्पीडक वर्गलाई विभाजनमा ल्याउने नीति ल्याउन सकेनौँ । जातीय वा राष्ट्रियतासम्बन्धी नीतिकै कुरा गरौँ । संसारमा आजसम्म कुनै पनि जाति दमनविरुद्ध आफैँ लडेर सफल भएको छैन । दमनमा परेका जातिसँग सहानुभूति राख्ने तप्का पैदा गरेर मात्रै जातीय मुक्तिका आन्दोलन सफल भएका छन् । भारतको स्वतन्त्रता संग्राममा उदार अंग्ेरजहरूको सहानुभूति थियो । भियतनाम युद्धमा थुपै्र पश्चिमा र अमेरिकीहरू भियतनामी जनताका पक्षमा उभिए । चीनको स्वाधीनताको लडाइँमा चीनप्रति सहानुभूति राख्ने जापानी पनि थुप्रै थिए । तर, नेपालको प्रसंग फरक छ ।

खरो भाषामा भन्दा धौलागिरिदेखि पूर्वका क्षेत्री, बाहुन नेपालका खास शासक हुन् । आर्थिक, राजनीतिक, बौद्धिक, सांस्कृतिक सबै ठाउँमा उनीहरूको वर्चस्व छ । हाम्रा नीतिले त्यहाँ विभाजन ल्याउनुपथ्र्यो । तर, हाम्रो नीति खुस्कियो । अभावका कारण अर्धनग्न कर्णालीकी एउटी क्षेत्री महिला र फेसनका कारण अर्धनग्न इलामकी ब्राह्मणकी छोरी दुइटैलाई एउटै ढंगले सोच्ने ठाउँमा पुर्‍याइयो । जब हाम्रो नीतिले कर्णालीको क्षेत्री, बाहुन र स्याङ्जाका क्षेत्री, बाहुनलाई एउटै ढंगले सोच्नुपर्ने अवस्थामा पुर्‍याइदिन्छ भने त्यो गलत हो । हाम्रो नीति त क्षेत्री, बाहुनभित्रका प्रगतिशील पक्षलाई हाम्रो पक्षमा लिने खालको हुनुपथ्र्यो ।

हाम्रो नीतिले उत्पीडक वर्गमा विभाजन ल्याउन सकेन भन्ने प्रसंग पार्टीमा नउठेको पनि होइन । तर, हाम्रो पार्टीमा त्यस्तो फोरम छैन, जहाँ बहस होस् । पार्टीमा कसैको कुरा सुन्ने ठाउँ छैन । पार्टीमा त संस्थागत जीवन नै छैन । अमुक नेता बोल्छन्, पार्टी बोल्दैन । मिडियामा अमुक नेताले यसो भन्नुभयो भन्ने खबर आउँछन्, तर पार्टीले यसो भन्यो भन्ने कहिल्यै आउँदैन । पार्टीको संस्थागत जीवन समाप्त हुँदा व्यक्तिहरू हाबी भए । अब पनि यसै भइरहने हो भने पार्टी स्वाभाविक रूपमा सर्वनाशतिर जान्छ ।

विकासको मोडेलमा पनि हामी चुक्यौँ । हामीले ठूला लगानी भित्र्याउने, लाखौँ मान्छेलाई काम दिने भन्ने पँुजीवादी बाटोको वकालत गर्‍यौँ । नेपालको मौलिक बाटो देखाउन सकेनौँ, सोचेनौँ । मलाई वेलावेलामा लागिराख्छ, डोल्पामा एउटा जीवन छ । त्यो जीवन कठिन छ । तर, कठिन जीवनभित्र सांस्कृतिक जीवन हुर्किएका छन् । त्यहाँ हाम्रो काम के हुन्छ रु उनीहरूको सांस्कृतिक जीवनलाई बर्बाद गरिदिने या सहयोग गर्ने रु त्यहाँका मान्छे चौंरी पालेर, भेडा पालेर, घोडा पालेर बसेका छन् । उनीहरूको उचित चरनको व्यवस्था गरिदिने, उत्पादित दूधबाट बनेका पदार्थलाई अन्तर्राष्ट्रिय बजारमा बेच्ने वातावरण बनाइदिने, पशुपालन, जडीबुटीसम्बन्धी कलेज खोलेर दोस्रो पिँढीलाई शिक्षा दिने, याक, भेडाका नयाँ जात भित्र्याउने कि त्यहाँ डोजर लगाएर बाटो खन्ने अनि चाउचाउ लगेर बेच्ने रु यसमा हामीले हाम्रो विकासको बाटो बनाउन सकेनौँ । पुजीवादी बजारको हल्लाबाट प्रभावित भयौँ । यहाँ पनि हामै्र नीति र नेतृत्व कमजोर प्रमाणित भयो ।

पार्टीको संस्थागत जीवनले भन्दा विभिन्न कारणले नाम कमाएका केही नेताविशेष ओभर स्मार्ट हुनुभयो । उहाँहरूले पार्टीको नाममा निर्णय गर्न थाल्नुभयो । उहाँहरू बोलेको पार्टी बोलेको जस्तो हुन थाल्यो । जबकि कमिटी बोल्नुपथ्र्यो । कमिटी सिस्टममा जानुपथ्र्यो ।

गाडी धेरै गुडाएपछि खोलखाल पारेर सर्भिसिङ गरेजस्तै कम्युनिस्ट पार्टीलाई पनि वेलावेलामा विघटन गर्नुपर्ने हुन्छ । माओवादी पनि युद्ध धानेर आएको मेसिन हो । यसको पनि पार्टपुर्जाको सर्भिसिङ गर्न जरुरी थियो । आंशिक र आवधिक रूपमा पार्टीका संकायको विघटन गरेर नयाँ गठन गर्नुपर्छ । एकैचोटि सबै विघटन गर्दा ध्वंस हुन्छ । पार्टपार्टलाई विघटन गर्दै जानुपर्छ । यो पार्टीलाई नवजीवन दिनका लागि महाधिवेशनको संघारमा विघटन गर्न सक्नुपथ्र्यो । तर, सकेनौँ । महाधिवेशनमा पुगेर पनि जस्ताको तस्तै आयो । हाम्रो शैली, परम्परा जस्ताको तस्तै आयो । त्यो गर्न नसकेका कारण अहिले माओवादी भत्किरहेको छ । घर पुरानो हुँदा मर्मत गर्‍यो भने राम्रो हुन्छ, त्यत्तिकै छाडिदियो भने आफँै भत्कन्छ । त्यस्तै भएको छ । महाधिवेशनमा भत्काएर नयाँ बनाउने अवसर थियो । तर, हाम्रो महाधिवेशन स्थल वैचारिक पत्रिका बिक्नुको सट्टा उत्ताउला उपन्यास बिक्री हुने थलो बन्यो । महाधिवेशन पार्टीको सर्भिसिङ सेन्टर बन्न सकेन ।

भद्रगोल माओवादीलाई सही दिशामा ल्याउन महाविधेशन चाहिन्छ । त्यसअघि हाम्रा कमिटीहरू विघटन गरेर साना आकारका आयोजक समिति बनाउनुपर्छ । त्यो जिल्ला समितिबाट आएका प्रतिनिधिले एकदमै प्रजातान्त्रिक ढंगले महाधिवेशन गर्न सके त्यसले माओवादी आन्दोलनलाई बचाइदिन्छ । त्यसको सकारात्मक असर जनवर्गीय संगठनमा पर्छ । जवस मोर्चाहरू निष्क्रिय हुँदा युवालाई आकर्षित गर्ने योजना दिन सकेका छैनौँ । सपना दिन सकेका छैनौँ । भएकामा पनि निराशा छ । यो गर्न अब हाम्रो पूर्ण विघटन र पुनर्गठन अहिलेको आवश्यकता हो । त्यो पनि हामीजस्ताले चाहेर हुँदैन । शिर्ष नेतृत्वले चाहनुपर्छ । म केमा आशावादी छु भने यत्रो ठूलो बलिदान भएको छ, हजारौँ मान्छे घाइते छन्, लाखौँ परिवार यो आन्दोलनबाट आहत भएको छ, यो आन्दोलन यसै खेर जाँदैन । जान दिनुहुँदैन । जहाँ ढलेको छ र भग्नावशेष भएको छ, त्यहीँबाट नयाँ घरको निर्माण गर्नुपर्छ । काम लाग्ने अजंगका बलिया काठ, इँटा र ढुंगा बचाएर नयाँ घर त बनाउनैपर्छ । नीति र नेतृत्वको निर्मम समीक्षा सुरु गर्नुपर्छ । हाम्रा नेता नीति र नेतृत्वको समीक्षाबाहेक अरू सबैथोक गर्छन् तर हामीले समीक्षा गर्न सकेनौँ भने नयाँ पिँढीले गर्छ । हामीलाई धकेलेर र नाघेर भए पनि गर्छ ।

(कार्की एमाओवादीका पोलिटब्युरो सदस्य हुन्)

कार्कीको यो लेख वि.सं. २०७२ श्रावण २६ गतेको नयाँ पत्रिका दैनिकमा प्रकासित छ जहाँ बाट यो साभार गरिएको हो ।

http://alokhabar.com   बाट साभार 

Sunday, August 9, 2015

कता हराए गगन, रामकुमारी र लेखनाथहरु ? - मदन प्रभात

सडक सुनसान छ, युवाहरु कतै छैनन्


Madan-Pravbhat
मदन प्रभात


वृद्धहरुको ढाडमाथि टेकेर समाजलाई अगाडि धकेल्नुपर्ने युवाहरु जब वृद्धकै टाङमुनि छिर्छन्, तब के हुन्छ ? उत्तर प्रष्ट छ, आज नेपालमा जे भइरहेको छ त्यही हुन्छ ।
केही अपवादलाई छाड्ने हो भने नेपालमा सचेत युवा र बिद्यार्थीहरुको मुख्य हिस्सा राजनीतिक पार्टीको भातृ संघ/संगठनमा आबद्ध छन् । हिजो मट्टीतेल, डिजल र पेट्रोलमा थोरै मात्र पनि मूल्यबृद्धि हुँदा राजधानी मात्र होइन, सिंगो देशै ठप्प पार्ने तिनै युवा-बिद्यार्थीहरु आज बर्षौंसम्म आफुमाथि शासन गर्ने नयाँ संबिधानको मस्यौदामा नै प्रतिगामी गन्ध आइरहँदा पनि बिद्रोह गर्ने त कुरै छाडौं, बिद्रोहको धम्की र घुर्कीसमेत लगाउन नसक्ने भएका छन् । युवाहरु फगत केही थान प्रेशविज्ञप्ति जारी गरेर बसिरहेका छन् ।
यसो गरेर युवाहरु खुसी छन् त ? अपवादलाई छाड्ने हो भने सबै युवा-विद्यार्थीहरु अहिले छटपटी र अन्यौलमा छन् । सबैको मनमा असन्तुष्टि छ, बेचैनी र इरिटेसन छ । हिजो परिवर्तनको स्वर उराल्ने युवा-बिद्यार्थीहरु आज मुख बन्द गरेर आफ्नो रोजीरोटी, करियर र राजनीतिक स्वार्थका खातिर बाध्यताबस या राजीखुसी जे होस् बुढाहरुको टाङमुनि छिरेका छन् र सडकमा लागेको प्रतिगामी नारा चुपचाप सुनेर बसेका छन् ।
हिजो पार्टीको लाइन विपरीत दरबारको सक्रिय शासनकालमा गणतन्त्र भनेर सडकमा आउने गगन थापाको नेवि संघ आज तिनै गगनहरुले पनि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख भनेर बोलिरहँदा संसदीय व्यवस्थाकै पुच्छर समातेर बैतरणी तर्ने दाउमा छ ।
रविन्द्र रामकुमारी, लेखनाथ र जीवन गौतमहरुको प्रतिपक्षीय विरासत धान्नुपर्ने अखिल र अखिल (क्रान्तिकारी)हरु आज नेताले के निर्देशन देलान् र छलफल गरौंला भनेर संगठनात्मक किचलो र गुटबन्दीमा रमाएर बसेका छन् ।
युवा-बिद्यार्थी आन्दोलनको प्रतिपक्षीयता आज पुरै स्खलित भएको छ । रञ्जीत कर्ण, किशोरबिक्रम र रमेश मल्लहरु आज सडकमा उत्रिएर जनआवाजलाई मुखरित गर्ने र साथ दिने अग्रगामी बिद्यार्थी नेता होइन, सडक किनारामा उभिएर मुसुमुसु हाँस्दै प्रतिगामीहरुको तमासा नियालिरहने रमिते भएका छन् ।
सडक नै राताम्मे पारेर राज्यसत्ताको मुटु नै थर्किने गरी नारा लगाउने गणेशमान पुनको वाई.सि.एल. चन्दाको चानचुन चक्करमा आज बिघटित जस्तै भएर कुहिरोको कागझै हराइरहेको छ ।
सबैखाले युवाहरुलाई समेटेर शहरका गल्लीगल्लीमा गर्जने महेश बस्नेतको युवा संघ आज झण्डावाल गाडीभित्र कैदछ र सत्ताको तर मार्नैका निम्ति गुट उपगुटको दलदलमा भास्सिएको छ ।
युवाहरु आज पार्टीका नेताहरुको चन्दा उठाउने दाहिने हात बनेका छन्, पार्टीभित्र र बाहिरका बिरोधीहरुलाई तह लगाउने मुक्का बनेका छन् । बदलामा बुढा नेताहरुको आशिर्वाद चाहिएको छ युवाहरुलाई ।
युवा र बिद्यार्थी संगठनका नेताहरु जब प्रत्यक्ष अप्रत्यक्ष रुपमा पार्टीका बुढा नेताहरुको टाङ्गमुनि छिर्छन्, तब उनीहरु बोल्न सक्दैनन् । बुढा नेताहरुको बिरुद्ध खुट्टा उचालेर केही गर्नै सक्दैनन् । आफ्नो पद धरापमा पारेर, पार्टी सत्ता र राज्य सत्ताका भर्‍याङ्गहरुमा माथिबाट हात दिएर तान्ने पार्टीका बुढा र पाका नेताहरुको बिरुद्ध अहिले र आजको दिनमा कोही बोल्न सक्छ ? अहँ, उनीहरु चाहेर पनि सकिरहेका छैनन् र सक्दैनन् पनि । यस्तो दास मानसिकताका साथ कसरी उभिन्छन् युवाहरु प्रतिस्पर्धात्मक व्यवस्थाको पक्षमा ?
युवा माननीयको लाचारीपन
हिजो संघर्षमा खरो उत्रिएका, राज्यसत्ता मात्र होइन पार्टी सत्ताका बिरुद्ध समेत औंला ठड्याएका धेरै पूर्व युवा-बिद्यार्थी नेताहरु आज नयाँ संबिधान जारी गर्ने संबिधानसभामा माननीय भएर बिराजमान छन् । तर, संबिधानसभाले सार्वजनिक गरेको मस्यौदा संबिधानमा कहीँ कतै पनि युवापन देखिँदैन ।
मस्यौदामा न राष्ट्रिय युवा नीति छ, न युवाहरुलाई राज्यसत्ताको माथिल्लो निकायमा प्रतिस्पर्धा गर्न पाउने अधिकार छ, न युवाहरुको संघर्षले स्थापित समानुपातिक समाबेशी लगायतका मान्यताहरु छन् । जनसंख्याको करिब ४० प्रतिशत ओगट्ने युवाहरुको नाममा जम्मा चारवटा शब्द समेटेको छ, मस्यौदा संबिधानले ।
यस्तो हुँदा पनि सत्तापक्षका हुन या प्रतिपक्षका युवा माननीयहरु पार्टीका बुढा नेताकै मुख ताकेर चुपचाप बसेका छन् । अझ मननीय कुरा के छ भने मस्यौदामाथि सुझाब संकलनका क्रममा सक्रिय सहभागी युवा जनमतले देशैभरिबाट एकमतले दिएको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखलगायतका सुझाबलाई संबिधानमा समेट्न युवा माननीयहरुकोे न सामुहिक, न व्यक्तिगत कुनै पनि किसिमको पहल र प्रयत्न सुन्न र देख्न पाइएको छैन । शीर्ष नेताहरुले जे भने, त्यसैमा ल्याप्चे लगाउने “ल्याप्चे माननिय” मात्र हुन् त हाम्रा युवा सभासद्हरु ? त्यस्तो त पक्कै होइन होला । कोही त होला नि शीर्ष नेतृत्वको सत्ता स्वार्थमा बिकेको बोली र अडानका बिरुद्ध बोल्ने ? कोही त होला नि आफ्नो राष्ट्र, जनता र समुदायका हक, हित र अधिकार स्थापित गर्न बोल्ने ? तर, यथार्थमा संबिधानसभाको रंगमञ्चमा त्यस्तो देखिएको छैन ।
युवा माननीय पनि अन्य माननीयझैं दलका प्रमुख नेता र तिनको अपडेट नभएका पुरानो नीतिका लाचार छाँया जस्ता मात्र भएका छन् । “हामीले गरेर हुने होइन, माथिका नेताहरुले गर्ने हुन” भन्दै आफ्नो भूमिकालाई आफैले अवमूल्यन गरेर बसेका छन्, लघुताभाष पालेर बसेका छन् ।
जनताको सुझाब नसमेटिने भो भनेर पिरोलिरहेका केही युवा माननीयहरुसंग यो पंक्तिकारले सोधेको थियो -“के तपाईहरु जनताका सुझाब संबिधानमा समेट भनेर अनसन बस्न सक्नु हुन्छ ?” माननियहरुको उत्तर थियो -“पार्टी नेताहरुले कहाँ बस्न दिन्छन् र ?” “साथीहरु तयार नै हुँदैनन् के गर्ने” “अनसन बसेर पनि के गर्ने ? शीर्ष नेताहरुलाई जस्तो लागेको छ, त्यस्तै बन्ने हो संबिधान” “हेर्नुस, अनसन बसेर केही हुनेवाला छैन” आदि इत्यादि । यसबाट प्रष्ट हुन्छ, हाम्रा युवा माननीयहरु आफ्नो बिबेकले केही निर्णय गर्न सक्दैनन् । उनीहरु नेताका अगाडि उभिएर चोर औंला ठड्याएर सवाल जवाफ गर्न सक्दैनन् ।
उनीहरुले बिगतको संघर्षशील इतिहास बिर्सेका हुन् कि सम्झन नचाहेका हुन् म भन्न सक्दिँन, तर के कुरा पक्का हो भने नेतृत्वको गलत अडान वा निष्कर्षको बिरुद्ध बोल्दा आफ्नो खाईपाई आएको पद र प्रतिष्ठा धरापमा पर्छ कि भन्ने चिन्ता सबैमा छ ।
आजकै दिनमा बिद्रोह गर्न नसके पनि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको सवाल, महिला, दलित, जनजाति, मुस्लिमलगायत अल्पसंख्यक र उत्पीडित समुदायको समानुपातिक र समाबेशी प्रतिनिधित्वको सवाल, मजदुर, किसानलगायत श्रमजीवि वर्गको छुट्टै प्रतिनिधित्वको सवाल जस्ता जनआवाजलाई नयाँ संबिधानमा समेटियोस् भन्नका खातिर केही युवा माननीय आमरण अनसन बसे के होला ? यसले आम -राजनीतिक या गैरराजनीतिक) युवाहरुलाई सडकमा आएर अग्रगामी परिवर्तनको पक्षमा नारा लगाउन प्रेरित गर्ला ? राजनीतिप्रति आश मारेर बसेका युवाहरुलाई राजनीतिप्रति आश जगाई भविश्यको समृद्ध नेपालको निम्ति जागृत हुन र संघर्षरत रहन उत्साहित बनाउला ? शीर्ष भनिएका बुढा नेताहरुमा युवाहरुले नछोड्ने रैछन है भन्ने मनोबैज्ञानिक र नैतिक दवाब सृजना गर्ला ? एकपटक युवा माननियहरुले सोच्ने की ?
नेपाली जनताको सात दशक लामो आफ्नो संबिधान आफैले बनाउने सपना पूरा हुन लागेको (भलै त्यो पूर्णरुपमा अग्रगामी छैन) यो समयमा अचेल सडकहरु खाली छन् । वायुमण्डलमा कुनै अग्रगामी युवा आवाजहरु सुनिएका छैनन् । न त स्कूल कलेज अगाडि कुनै प्रदर्शन र नारावाजी नै भएका छन् । सबैलाई सबैतिर अचम्म अचम्म लागिरहेको छ । यो के भैरहेको हो ? अग्रगामी आवाजहरु किन यतिबिधि कमजोर भएका हुन् ? कोही पत्याउनै सकिरहेका छैनन् कि शहरका गल्ली र चोक चौराहाहरुमा नयाँ संबिधान निर्माणको यस्तो उत्कर्ष समयमा पनि किन कोही हुल बाँधेर जनताका पक्षमा जुलुस र नारा लगाइरहेको छैन ? उत्पीडितको गीत गाइरहेको छैन ? के आज शहरहरुवाट अग्रगमनकारी युवाहरु गायब भएका हुन् ?
हिजो ०६२/०६३ मा कफ्र्युको पनि अबज्ञा गर्दै राजदरबार अघिल्तिर चोर औंला ठड्याउने युवाहरु आज प्रतिगामी धङ्धङीले ग्रस्त बुढा नेताहरुले आफ्ना पि्रय एजेण्डा र एजेण्डाका आत्माहरुको घाँटी निमोठेर हत्या गरिरहँदा पनि किन मौन छन् हँ ?
यो त्यही देश हो, जहाँ १० बर्ष जनयुद्ध भएको थियो । १९ दिन सिंगो राज्य नै ठप्प पारेर ऐतिहासिक जनआन्दोलन भएको थियो र त्यसपछि नै लामो समयसम्म मधेसी, जनजातिलगायतका उत्पीडित वर्ग र समुदायहरु जागै बसेर आफ्नो हक अधिकारका निम्ति संघर्ष गरेका थिए । अनि यी सबै संघर्षहरुमा युवाहरु नै अग्रपंक्तिमा थिए, युवाहरुकै बाहुल्यता थियो । तर, आज शहरभरि हिजोका मण्डले, दरबारिया र धर्मका नाममा जनभावनामाथि खेलवाड गर्दै राजनीति गर्ने सपना देखेका पाखण्डीहरुले नारा र जुलुस लगाइरहँदा हिजो त्यसैका बिरुद्ध बलिदानसमेत दिन तयार ती युवाहरु कहाँ गए ? आज सर्वत्र खोजी र चासोको विषय बनेको छ । वास्तवमा यो देशका अग्रगमनकारी, परिवर्तनका वाहक युवाहरु आज कहाँ गायब भए ?
(लेखक एमाओवादी निकट अखिल क्रान्तिकारीका नेता हुन्)

http://www.onlinekhabar.com बाट साभार 

Thursday, August 6, 2015

यो जाली र धोकेबाजहरूकै देश हो त ?- देवप्रकाश त्रिपाठी


Dev-prakash-tripathi-2
  • देवप्रकाश त्रिपाठी


छैटौं शताब्दीको आखिरीतिर यात्राका क्रममा भारतमा रहेका विश्वप्रसिद्ध चिनियाँ यात्री ह्वेन साङले अर्का तीर्थयात्री वाङ ह्वेन सेका लेख र सूचनाका आधारमा नेपालका बासिन्दाबारे लेखेका विवरण घतलाग्दा तर निराशाजनक छन् । सन् १८९८ तिर नेपाल आएर यहाँको अध्ययन गर्ने फ्रान्सेली विद्वान् सिल्भा लेभीले ह्वेन सेका लेखहरूको वर्णन भन्दै ‘नेपाल हिन्दू अधिराज्यको इतिहास’ नामक आफ्नो पुस्तकमा लेखेका छन्– ‘यहाँका मानिसको चालचलनको हकमा चाहिँ यिनीहरू फटाहा र धोकेबाज हुन्छन् । यिनीहरू विश्वास र न्याय भन्ने कुरालाई वास्तै गर्दैनन् ।’ ह्वेन सेले यस्तो लेखेको करिब बाह्र सय वर्षपछि एउटा सन्दर्भमा ह्यामिल्टनले लेखेका छन्– ‘नेपाली व्यापारीहरूको नियत बेइमानीपूर्ण भएको, नेपालीहरूको बोलीमा विश्वास गर्न नसकिने इत्यादि भएको कारणले नेपालको तिब्बतसितको व्यापारमा ह्रास आएको थियो ।’
छैटौ“ शताब्दीतिर ह्वेन साङ वा ह्वेन सेले नेपालीलाई जस्तो देखेका थिए त्यसको बाह्र सय वर्षपछि ह्यामिल्टनले पनि त्यस्तै पाए नेपालीलाई र अहिले एक्काइसौ“ शताब्दीमा पनि ती पुराना नेपालीको चारित्रिक प्रतिनिधित्व गर्नेहरू पर्याप्त मात्रामा भेटिन्छन् । खासगरी राजनीतिकर्मी तथा अन्य कतिपय व्यवसायीका प्रवृत्ति र व्यवहार ह्वेन सेले भेटेका नेपालीहरूको भन्दा भिन्न छदैँछैन भन्न सकिन्छ । जालझेल, विश्वासघात, धोखाधडी, षड्यन्त्र र फट्याइँ हामी नेपालीको जिनमै विकसित भइसकेकोले हुनसक्छ– यहाँ जालीझेलीहरूजति सजिलै हर्ताकर्ता बन्न सक्छन्, इमानदार तथा योग्यहरू त्यत्तिकै बिलाएर जाने गरेका छन् । योग्य या इमानदारहरू आफ्नो योग्यता, क्षमता र इमानदारीमाथि यति गौरव गर्छन् कि यिनै गुणहरूलाई स्थायी मित्र बनाएर पूरा जीवन गुजार्न तयार भइदिन्छन् । एक न एक दिन मेरो योग्यता, क्षमता र इमानदारीको पहिचान हुनेछ भन्ने विश्वासमा यी मानिसहरू आफ्नै घरको आ“गन छोडेर बाहिर निस्कदैंनन् । बेइमानहरूको देशमा इमानदारहरूको खोजी हुँदैहुँदैन भन्ने बुझ्न उनीहरू सक्दैनन् र पछाडि पर्छन्, पारिएका छन् ।
काजी भीम मल्ल, भीमसेन थापा, बीपी कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहदेखि रूपचन्द्र विष्टसम्मले अपमानित र उपेक्षित हुँदै देहत्याग गर्नुपरेको यस देशमा अझै पनि अयोग्य र बेइमानहरूकै पूजा हुँदै छ भन्न हिचकिचाउनुपर्ने अवस्था छैन । प्रचण्ड, बाबुराम भट्टराई, माधव नेपाल, सुजाता कोइराला र विजय गच्छदारदेखि ऋषि धमलासम्मलाई फलिफाप भइआएको यो मुलुकमा इमानदारी, सत्य, निष्ठा, धर्म र राष्ट्रकेन्द्रित सोच–व्यवहारले प्रोत्साहन पाएको सङ्केत मिलिरहेको छैन ।  योग्य, इमानदार र देशहितकेन्द्रित सोचबाट टाढिएकाहरूको मान, प्रतिष्ठा र धन वृद्धि हु“दै जा“दा इमानदार तथा योग्यहरूले उपेक्षित तथा अपमानित महसुस गर्दा रहेछन् । त्यसैले यहा“ देशभक्त र इमानदारहरू स्वदेशमै अपमानको पीडा पिएर जिउन या मातृभूमि परित्याग गरेर पराया भूमि रोज्न विवश छन् ।
माथिल्लो ओहोदामा पुग्नेहरू सबै अयोग्य र बेइमान छैनन्, तर जो जहा“ पुगेका छन् त्यसभन्दा माथि जान या माथि नै भए त्यसमा अडिन बेइमानीको साथ लिनुपर्ने बाध्यात्मक अवस्था नेपालमा छ । धन बोल्न थालेपछि सत्य, निष्ठा र इमानको स्थान हरण हुन्छ भन्ने दृष्टान्त खोज्न नेपालबाट बाहिर जानुपर्दैन । नगदका आधारमा सभासद्, मन्त्री, जीएम, राजदूत, संवैधानिक निकायका पदाधिकारी, सुरक्षा निकायका उच्चपदस्थ व्यक्ति र न्यायाधीशहरूको चयन हुने मुलुकमा सत्य र इमानको खोजी गर्नु एउटा दुरुह कार्य हो । जहा“ धनले काम गर्दैन त्यहा“ षड्यन्त्र, धोखाधडी, जालसाजी र चाकडी–चाप्लुसीको प्राधान्य निर्णायक तहमा रहेको हुन्छ । आफ्नो योग्यता र इमानदारीमाथि भरोसा राखेर घर बस्नेहरू बसेका बसेकै हुन्छन्, इमान, जमान र योग्यतालाई घरको कुनै खोपामा थन्क्याएर अघि बढ्न खोज्नेहरू बढेका बढेकै छन् ।
काजी भीम मल्ल, भीमसेन थापा, बीपी कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहदेखि रूपचन्द्र विष्टसम्मले अपमानित र उपेक्षित हुँदै देहत्याग गर्नुपरेको यस देशमा अझै पनि अयोग्य र बेइमानहरूकै पूजा हुँदै छ भन्न हिचकिचाउनुपर्ने अवस्था छैन ।
योग्य र इमानदार बन्न बा“की मानिस राजनीति र कर्मचारीतन्त्रको उच्च तहमा भारी भइदि“दा सिङ्गै मुलुकबाट इमानदार तथा योग्य मानिस बाहिरिने या बढारिने खतरा बढेको छ । खासगरी राजनीतिमा प्रकट अविश्वसनीय एवम् अशोभनीय व्यवहारले इमानदार र योग्यहरू निरुत्साहित हुने स्थिति बनाएको छ । सेमुएल पी हन्टिङ्गटनले ‘थर्ड वेभ’ नामक आफ्नो पुस्तकमा ‘………. विरोधीभन्दा सुधारवादी शक्तिशाली भएमा, विपक्षभन्दा सरकार शक्तिशाली भएमा र अतिवादीभन्दा नरमपन्थी शक्तिशाली भएमा मात्र परितर्वन हुने’ बताएका छन् । परिवर्तनका लागि सत्य, निष्ठा, इमान र योग्यताको सर्वाधिक महŒवपूर्ण भूमिका रहने यथार्थलाई भने उनले आफ्नो पुस्तकमा विश्लेषण गर्न खोजेका छैनन् । सेमुएलले भनेझै“ विरोधी, विपक्षी र अतिवादीहरू शक्तिशाली भएकोले नेपालको सकारात्मक परिवर्तन हुन नसकेको त हु“दै हो, बेइम्ाँनी र धोखाधडीको परम्परालाई कायम राखिएकोले पनि नेपालीले चाहेको आर्थिक एवम् राजनीतिक परिवर्तन सकारात्मक दिशातर्फ उन्मुख हुन नसकेको यथार्थबोध हामी सबैमा हुन जरुरी छ ।
सही, सत्य र सकारात्मक कुरा सुन्ने चाहना धेरै नेपालीहरू राख्दैनन्, कदाचित सुन्ने धैर्य गरेछन् भने तिनले विश्वास गर्दैनन् र विश्वास गरिहालेछन् भने अन्य व्यक्तिमा तथ्य सञ्चार गराउ“दैनन् । भीम मल्ल या भीमसेन थापाका विषयमा यहा“ चर्चा नगरौ“, सुशील कोइरालाकै बारेमा कुरा गर्दा उनी ‘इमानदार, भ्रष्टाचारविरोधी र नैतिकवान’ भएको नक्कल्ली कुरा सबैलाई प्रिय लाग्छ, तर सुशील कोइराला भोगी र ढोंगी भएको पुष्टि उनको विगतदेखि वर्तमानसम्मको व्यवहारले गरेको सत्य–तथ्य बुझ्ने रुचि राखि“दैन । जंगबहादुर राणाले इतिहासमा नेपाललाई कति महान् योगदान पु¥याएका थिए त्यसलाई आत्मसात् गर्न नेपालीले अझै चाहेका छैनन्, केवल सत्ताका लागि भए–गरेका सङ्घर्ष, षड्यन्त्र र धोखाधडीका ‘नायक’हरूलाई महानतम् व्यक्तित्व ठान्न भने नेपालीहरूले कञ्जुस्याइ“ गरिरहेका छैनन् ।
राजदरबार हत्याकाण्ड दीपेन्द्रबाट भएको थियो भनियो भने त्यसो भन्नेमाथि नै जाइलाग्नु हामी नेपालीको स्वभाव–चरित्र हो । सूचना, तर्क र तथ्यहरूका आधारमा सत्य पत्ता लगाउनुभन्दा आफ्नो मनमा लागेका कुरालाई सत्य ठान्दै तथ्य बुझ्नेतिर मन र समय नलगाउनु पनि हामी नेपालीकै विशेषताभित्र पर्दछ । इतिहासदेखि वर्तमानसम्म राजनीति र प्रशासनमा धोखाधडी, जालसाजी र बेइमानी मात्र देखेका हामीले देखिएका या देखिने सत्यमा भन्दा नदेखिएका या नदेखिने रहस्यमाथि भरोसा राख्नु स्वाभाविक पनि होला । तर, बेइमानी, जालसाजी, धोखाधडीमाथि भरोसा राख्ने हाम्रा प्रवृत्ति र संस्कार कायम रहेसम्म हाम्रो सभ्यता र समृद्धितर्फको यात्रा आरम्भ हुन मुस्किल छ । तर, चिन्ता एउटै छ– तीर्थयात्री वाङ ह्वेन सेले करिब चौध सय वर्ष अगाडि देखेर लेखेझै“ हामीले ‘धोकेबाज, फटाहा तथा विश्वास र न्यायको वास्ता नगर्ने’ छविबाट आफूहरूलाई कहिलेसम्ममा मुक्त गर्न सकौ“ला ? कि अर्को चौध सय वर्ष पनि हामीले यस्तै नियति भोगिरहनुपर्ला ?

http://www.ratopati.com बाट साभार 

Wednesday, August 5, 2015

प्रचण्डले जनमुक्ति सेनाको ४ अर्ब भ्रष्टचार गरेका छन् : विप्लव

qatar jana pragatiकतार – नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रचन्डलाई जनमुक्ति सेनाको ४ रुपया अर्ब भ्रष्टचार गरेको आरोप लगाएका छन्।
माओवादीका विदेश विभाग प्रमुख धर्मेन्द्र वास्तोलाका साथमा नेपाली जनप्रगतिशिल मोर्चा कतारको अधिवेशनमा भाग लिन कतार पुगेका विप्लवले अधिवेशनको उद्घाटन गर्दै भने, “भुक्मप पिडितको राहत घोटला गर्ने र जनसेनाको ४ अर्ब खाने लाई सडकमा ल्याएर कारबाहि गर्नेछौ।”
अधिबेसनबाट मोहन कार्की को नेत्रत्वमा २७ सदस्यिय समिती चयन भएको छ। त्यस्तै,उपाध्यक्ष रेसम पौडेल, महासचिब राम कुवर, सचिब रामचन्द्र पौडेल र कबिराज क्षेत्री, कोषाध्यक्ष हेम कार्की लगायतका चयन भएका छन्।
कतार पछि महासचिव विप्लव यूएइको अधिवेशनमा सम्बोधन गर्ने कार्यक्रम रहेको विप्लव माओवादी स्रोतले बताएको छ ।

http://netpatrika.com बाट साभार