Tuesday, May 5, 2015

वागमती सभ्यतामाथिको हमला र सफाई - आहुति


दुई वर्षदेखि वागमती नदी सफाइ अभियान चलेको छ । यस वर्ष मानव साङ्लो बनाएपछि यस्तो लाग्छ कि अब वागमती पक्कै सफा हुने भयो । यस्तै, विष्णुमती सफाइ अभियान पनि केही समयअघि सुरु भएको छ । यो स्वाभाविक रूपमा सुन्दर र सराहनीय कुरा हो । त्यसमा पनि राज्यका विभिन्न निकायका मुख्य–मुख्य मानिस र राजनीतिक दलका शीर्षस्थ नेता अभियानमा कहिलेकाहीँ झुल्कनु झनै सुन्दर कुरा हो । तर, वागमती सफाइ अभियानसँग गाँसिएका केही गम्भीर प्रश्न अनुत्तरित छन् । ती प्रश्नतिर घोत्लिँदा यस्तो लाग्छ कि वागमती र वागमती उपत्यकामा बग्ने नदीहरू कहिल्यै पनि सफा हुने छैनन् ।
वागमती किन र कसरी फोहोर भयो ? अहिलेसम्म वागमती फोहोर हुनुको पहिलो कारण जनसंख्या वृद्धिलाई मानिएको छ । अर्को कारण सरकारले नै ढल नदीमा हाल्नु र जनताले पनि निजी ढल वागमतीमा हाल्नुलाई लिइएको छ । यी कारण त हुँदै हुन् । यी त निमित्त कारण हुन्, आधारभूत कारणबाट जन्मिएका निमित्त कारण । वागमती फोहोर हुनुको आधारभूत कारणबारे पनि छलफल हुनु आवश्यक छ । किनकि वागमती नदी हजारौँ वर्षदेखि यहाँका मानिसको सभ्यता र संस्कारसँग जोडिएको छ ।
aahuti (2)
यो उपत्यकामा किरातकाल, लिच्छवीकाल, मल्लकाल हुँदै निर्माण हुन पुगेको भाषिक र सांस्कृतिक एउटा जाति छ, नेवार । नेवार जातिभित्र पनि विभिन्न समूह छन् । समग्रमा नेवार जातिलाई तीन समूहमा राखेर बुझ्न सकिन्छ । जसमध्ये एउटा छ, किसानहरूको समूह ज्यापु । अर्को, राजकाज वा प्रशासनिक क्षेत्रमा लागेको जमात श्रेष्ठ । र, तेस्रो जमातमा छन्, प्रविधि, शिल्पकारिता र सेवामुलक काममा संलग्न समूहहरू ।
ऐतिहासिक रूपमा हेर्दा, समग्र नेवार जातिभित्र निजी चर्पी बनाउने अवधारणा थिएन । ज्यापुहरू मुख्यतः कृषि पेसामा आधारित भएकाले मल बनाउनका लागि उनीहरू खरानीमा पिसाब मिसाउँथे । यो कार्य घरको छिँडीमा हुन्थ्यो । र, दिसा घरबाहिर कतै गर्थे । श्रेष्ठहरू ठ्याक्कै कृषि पेसासँग आबद्ध नभई सामन्त वा प्रशासक हुन्थे । उनीहरू दिसापिसाब घरबाहिरै गर्थे । नेवारभित्रका अन्य समूह पनि घरबाहिर नै दिसापिसाब गर्थे । नेवार जातिभित्रका विभिन्न समुदायको सार्वजनिक स्थलमा सामूहिक प्रकारका खुला चर्पीहरू हुन्थे । ती चर्पी एकातिर महिला र अर्कोतिर पुरुषहरूले प्रयोग गर्ने गरी बनाइएको हुन्थ्यो । नर्कट, कनिकाफुल, नीलकाँढा, ढुंग्रेफूल, असुरो झाङहरू र बैँसका रुखहरूले ती चर्पी ढाकिएका हुन्थे । समग्रमा भन्दा परम्परागत रुपमा निजी चर्पी बन्नुपहिले नेवार जातिले नदीमा फोहोर गर्दैनथे । र, गर्नै सक्दैनथे किनभने नदीहरू नेवार जातिको पवित्र कर्महरू, जात्रा, मेला समग्रमा उनीहरूको सांस्कृतिक जीवन व्यतित गर्ने अनिवार्य थलोहरू थिए ।
उपत्यकाको माटो र यहाँका नदीवरपरको सभ्यतामा हुर्केका मानिसलाई यो थाहा थियो— आफ्ना सन्तति र आफ्नो जीवनको यात्रा यहाँका नदीसँग जोडिएको छ र यहाँका नदीमै आफ्नो जीवन टिक्न सक्छ । उनीहरू बिर्सेर पनि यहाँका नदीमा फोहोर हाल्न सक्दैनथे । जसरी एउटी आमाले बिर्सेर पनि नवजात शिशुलाई कुल्चिन सक्दिनन्, आफू निदाएका बेला पनि मिच्न सक्दिनन्, त्यसरी नै नशा–नशामा वागमती सभ्यता भएका मानिसले चाहेर, बाध्य भएर पनि वागमतीमा फोहोर फाल्नै सक्दैनथे ।
उपत्यकाको बानेश्वर, सिनामंगल, कोटेश्वर र काँठमा रहेका सबैजसो आर्यखस, दलितदेखि ब्राह्मणसम्ममा निजी चर्पी बनाउने अवधारणा थिएन । उनीहरू पनि बुट्यान, पाखा, बारी, बस्तीदेखि परका खाली ठाउँ नै प्रयोग गर्थे ।
यहाँनेर सन्दर्भ जोड्न खोजेको, जुन बेला उपत्यकाका मूलवासीको रुपमा रहेको नेवारको निजी चर्पी बनाउने संस्कृति थिएन । पछि पृथ्वीनारायाण शाहले काठमाडौं जितेर शासन गर्न थालेपछि ओइरिएका आर्यखसहरू जब सहरको बीचमा र काँठमा बसे, उनीहरूमा पनि निजी चर्पी बनाउने अवधारणा आइसकेको थिएन । तर, त्यति बेला वागमती मात्रै होइन, उपत्यकाका सबै नदी सफा थिए ।
त्यसकारण जनसंख्या वृद्धिका कारण मात्रै वागमती फोहोर भएको भन्ने हो भने त त्यति बेला पनि नेपालका सबै सहरभन्दा बढी जनसंख्या हुने सहर त वागमती उपत्यका नै थियो । यति बेला धेरै फोहोर वागमतीमा हालियो भने, त्यति बेला कम फोहोर हालिनुपर्ने हो । तर, हालिएन । त्यति बेला वागमतीमा फोहोर किन हालिएन ? यसको कारण छ । उपत्यकाको माटो र यहाँका नदीवरपरको सभ्यतामा हुर्केका मानिसलाई यो थाहा थियो— आफ्ना सन्तति र आफ्नो जीवनको यात्रा यहाँका नदीसँग जोडिएको छ र यहाँका नदीमै आफ्नो जीवन टिक्न सक्छ । उनीहरू बिर्सेर पनि यहाँका नदीमा फोहोर हाल्न सक्दैनथे । जसरी एउटी आमाले बिर्सेर पनि नवजात शिशुलाई कुल्चिन सक्दिनन्, आफू निदाएका बेला पनि मिच्न सक्दिनन्, त्यसरी नै नशा–नशामा वागमती सभ्यता भएका मानिसले चाहेर, बाध्य भएर पनि वागमतीमा फोहोर फाल्नै सक्दैनथे । यो कल्पनाभन्दा बाहिरको कुरा थियो । किनभने, यहाँका नेवार जातिको धेरैजसो पर्व नदीको किनारमा सुरु हुन्छ, श्राद्ध गर्दा पनि सेलाउन त्यही नदीमा जानुपर्छ, मान्छे म¥यो भने पनि जलाउन त्यही नदीमा लानुपर्छ, नदी किनारमा जलाएर नुहाएर फर्कनुपर्छ, जात्राहरू त्यस्तै हुन्छन् । मानिसको सभ्यता नै नदीसँग सम्बन्धित हुन्छ । त्यसकारण, यहाँको मूल जाति र यहाँ सयौँ वर्षदेखि बस्दै आएका मानिसले यहाँका नदीमा फोहोर फाल्नै सक्दैनथे । वागमती सभ्यताबाट जन्मिएका, हुर्किएका, यो सभ्यताबाट जीवनलाई नियालेका, पूर्वजदेखि नै यो सभ्यतासँग दिल र दिमाग जोडेर आएकाहरूले यसमा फोहोर हाल्नेबारे सोच्नै सक्दैनथे । त्यसकारण यहाँका नदी त्यतिबेला सफा थिए । जब नेपालमा केन्द्रीकृत शासन प्रणालीअन्तर्गत पृथ्वीनारायण शाहको शासन आयो । राणाकाल हुँदै प्रजातन्त्र आयो । योबीचमा वागमती सभ्यतालाई आफ्नो सभ्यताको रुपमा नबुझेका, यहाँका नदीनालासँग आफ्नो जीवनको साइनो नभएका मानिसको ओइरो लाग्यो । यद्यपि, उनीहरू वागमतीलाई सिध्याइदिउँ भनेर आएका होइनन् । उनीहरू त आफ्नो जीवनको प्रगति गर्न आएका हुन् । किनभने, यहाँ राजा बस्थ्यो । मन्त्रिमण्डल यहीँ बस्थ्यो । सेनापति यहीँ बस्थ्यो । अदालत पनि यहीँ बस्थ्यो । क्रमशः यहीँ विश्वविद्यालय खुल्यो । बाहिरबाट मानिसहरू यहाँ प्रगति गर्न आए । विश्वविद्यालय दाङ, बझाङमा खोलिएन, सप्तरीमा खोलिएन । त्यसैले देशभरिबाट मानिस यहाँ आफ्नो प्रगतिका लागि आए । राज्यले उनीहरूलाई यहाँ आउन बाध्य पा¥यो । उनीहरू यहाँ आइसकेपछि उनीहरूको ध्यान छिटो प्रगति गर्नमा गयो । कम भाडाको कोठा कहाँ पाउने ? छिटो–छिटो सरकारी जागिर कसरी खाने ? छिटो–छिटो सचिव कसरी हुने ? छिटो–छिटो जर्नेल कसरी हुने ? प्रधानसेनापति कसरी हुने ? न्यायाधीश कसरी हुने ? घुस खाएर हुन्छ कि जसरी हुन्छ, माथि कसरी पुग्ने ? जग्गा कसरी किन्ने ? छिटो घर कसरी बनाउने ? आदिमै उनीहरूको ध्यान गयो । अनि, आफ्नो घर कसरी सफा राख्ने ? आफ्ना सन्तानलाई कसरी राम्रो शिक्षा दिने ? उनीहरूको ध्यान यसमै गयो । तर, उनीहरू वागमतीसँग जोडिएनन् । किनभने, उनीहरूलाई वागमतीको महत्व र सभ्यता थाहै थिएन ।
aahuti (4)
क्रमशः तिनै मानिस मन्त्री भए, सचिव भए, न्यायाधीश भए, प्रशासक भए, विश्वविद्यालयको प्राध्यापक पनि तिनै मानिस भए । जो बाहिरबाट आएका थिए, जसको वागमती सभ्यतासँग कुनै नाता थिएन । अनि, उपत्यकाको बारेमा उसैले पढाउन थाल्यो, जसको नशामा वागमती सभ्यता मिसिएको रगत बग्दैन ।
वागमतीको इतिहास पढाउने एउटा प्रोफेसरले आफ्नै ढल वागमतीमा जाँदा चुपचाप हेरेर बस्यो । बाहिरबाट आएका सबैका लागि वागमतीमा फोहोर, ढल हाल्नु सामान्य कुरा थियो । किनकि, उसलाई वागमती सभ्यताबारे थाहै थिएन, यसलाई किन जोगाउनुपर्छ भन्ने उसको चासो र सरोकारको विषय थिएन । यसरी वागमती सभ्यताको महत्व नबुझेका मानिस यहाँ मूल हर्ताकर्ता भएर आए, अनि उनीहरूले आफ्नो निजी घरको सफाइबारे मात्रै ध्यान दिए । अन्त फोहोर भएर कहाँ असर गर्छ भन्ने उनीहरूलाई मतलब भएन । उनीहरू नै सरकारमा थिए, वागमती–विष्णुमतीतिर ढल सोझ्याइदिए । किनभने, जो सरकारका मन्त्री थिए, उनीहरूलाई वागमती–विष्णुमतीमा गएर नुहाउनु थिएन । त्यहाँ नुहाएर सभ्यता सुरु गरेका मानिस पनि छन् भन्ने उसलाई ज्ञानै थिएन, यो गम्भीर कुरा थियो ।
त्यसपछि बाहिरबाट आएका मानिस पनि यहाँका रैथानेजस्तै हुन पुगे । मर्दापर्दा घाट खोज्नुपर्ने भयो, अनि आर्यघाट रोजे । किनभने, आर्यघाटसम्मको पानी सफा थियो । आर्यघाटमाथिको बस्ती बाहिरबाट आएका मानिसको थिएन, सयौँ वर्षदेखि बस्दै आएकाको थियो । जसले वागमतीमा फोहोर गर्दैनथे । त्यसकारण पछिसम्म पनि आर्यघाटसम्मको पानी सफा रह्यो । त्यसैले बाहिरबाट आएका मानिसका लागि आर्यघाट नै प्रयोगमा आयो । जब कि, उपत्यकाका मूलवासीको घाट आर्यघाट मात्र थिएन । तलतिर थियो । टेकु दोभानमा ठूलो घाट छ, जहाँ विष्णुमती र वागमती मिसिन्छ । नेवार जातिको प्रत्येक चिहान वागमती किनारमा हुन्छ भन्ने थिएन, नजिकको नदीखोला नै प्रयोग गर्थे र गर्छन् ।
तर, सरकारमा बसेको मन्त्रीको सभ्यता र संस्कार वागमती र विष्णुमतीसँग गाँसिएको थिएन । त्यसैले त्यहाँ फोहोर, ढल हाल्नुअघि उनीहरूले सोच्न आवश्यक ठानेनन् । गठाःमुग भन्ने एउटा नेवारको पर्व छ । जसमा राँको बालेर नजिकको नदी खासगरी विष्णुमतीमा लगेर घण्टाकर्ण ‘भूत’ सेलाउने चलन छ । तर, सरकारमा बसेको मन्त्रीलाई यो पर्वको महत्व थाह हुने कुरा भएन । उपत्यका बाहिरबाट आएका जंगबहादुर, विराटनगरबाट आएका बिपी कोइराला र धनकुटाबाट आएका सूर्यबहादुर थापालाई वागमती नदी र यहाँका मानिसबीचको सम्बन्धबारे थाहा होस् पनि कसरी !
तसर्थ, यहाँका मूलवासीको सभ्यता नबुझेका मानिस शासक, प्रशासक, न्यायाधीशसम्म बने । हैकम जमाउने ठाउँमा बसे । उनीहरूले आफ्नो घर सफा पार्नेबाहेक अरु सोचेनन् । त्यस्तै नगरपालिकामा नगर प्रमुख यहीँको चुनिए पनि मुख्य प्रशासक त अन्तैको हुन्थ्यो ।
हुँदाहुँदा पञ्चायत कालसम्म आइपुग्दा यहाँका मूलवासी नेवार, यहाँ सयौँ वर्षदेखि आएका खसआर्य र जनजाति जसको संस्कृति र जीवन यहाँको सभ्यतासँग गाँसिइसकेको थियो, यिनीहरूलाई समेत सरकारले यहाँका नदीमा ढल हाल्न सिकायो । जसका जिजुबाजेबज्यैले वागमती सभ्यता बुझेर आफ्नो सांस्कृतिक पहिचान बनाएका थिए, उसका पनातिलाई समेत वागमतीमा फोहोर हाल्न प्रशिक्षित गरियो । वागमतीको महत्व र सभ्यता नबुझेकाले गलत काम सिकाउँदै गए ।
aahuti (1)
अहिले सरकारले वागमती यसकारण फोहोर भएको हो भनेर स्विकार्नुपर्छ । वागमती सभ्यतामाथि राज्य स्तरबाट हमला भएको स्विकारेर राज्यले पश्चाताप गर्नुपर्छ । क्षमा माग्नुपर्छ ।
अहिलेका सचिवहरू, उच्च पदस्थहरू, नेताहरू, जो विशेषतः वागमती सभ्यताबाट पैदा भएका होइनन्, लाई अहिले वागमतीको चिन्ता छ । किनभने, आफ्ना छोरानातिले दुःख पाउनेवाला छन् भन्ने उनीहरूको दिमागमा परेको छ । दुई–तीन पुस्तासम्म फोहोर वागमतीमा हालिसकेपछि यो बुद्धि फिरेको छ । प्रकृति प्रदुषित हुनु त आउने पुस्ताका लागि असजिलो हो । त्यसकारण अहिले वागमती सफा गर्न थालियो, जुन सराहनीय नै छ ।
वागमती फोहोर हुनुको कारण वागमती सभ्यतामाथिको हमला हो । वागमती सभ्यता नबुझेका मानिसहरूले मूलभूत रुपमा यहाँको सत्ता र समाजको सबै बागडोर हाँक्न थालेपछि यो समस्या आएको हो । वागमती सभ्यतासँग कुनै साइनो नभएकाहरू निजी घर मात्रै सफा पार्नतिर लागे । आसपासका नदीमा फोहोर हाल्न लागे । र, यहाँका मूलवासीको संस्कृतिको मर्ममाथि प्रहार गरे । यहाँका पछिल्लो पुस्तालाई सोच्नै दिएनन् ।
त्यसकारण, फोहोर वागमती वा वागमती सभ्यतामाथिको हमलामा मुख्य दोषी राज्य हो । वागमती, विष्णुमतीलाई फोहोर गरेकोमा, त्यसो गर्नमा जनतालाई प्रशिक्षित गरेकोमा सबैभन्दा पहिले राज्यले पश्चाताप गर्नुप¥यो, आत्मालोचना गर्नुप¥यो । त्यसो भयो भने मात्रै कुनै पनि सभ्यताविरुद्ध कुनै गतिविधि गर्न मान्छेले ५० पटक सोच्न बाध्य हुन्छ । पहिले सिंगो नदी सभ्यता, संस्कृतिलाई सिध्याइदिने अनि पछि सफा गर्ने, यसरी मात्रै माफ हुन सक्दैन ।
उपत्यकाका सबै नदीको रक्षाको नीति राज्यले लिनुप¥यो । नत्रभने मूल कारण जनतालाई थाहै नदिने, त्यत्तिकै भयो भन्याजस्तो गरी । यत्रो नदी सभ्यतामाथिको हमला त्यतिकै हुनै सक्दैन । आज दोस्रो विश्वयुद्धमा अर्काको देशमाथि गरेको अत्याचार, अपराधको क्षमायाचना भइरहेको छ । किनभने, अहिले विश्वले लोकतन्त्र मान्छ । त्यसकारण अहिले वागमती सभ्यतामाथि हमला भएकोमा राज्यले क्षमायाचना गर्नुपर्छ । यो व्यक्तिगत नियतको कुरा होइन, राज्यको कुरा हो । अहिले नेपालबाट अमेरिका चिट्ठा परेर गएको मानिसलाई त्यहाँको नदीको चिन्ता हुँदैन । उसलाई त व्यक्तिगत स्वार्थ र सफलताकै चिन्ता हुन्छ । तर, त्यहाँको सरकारले नदी सफा राख्ने नीति लिएको छ भने व्यक्तिको केही लाग्दैन ।
वागमती फोहोर हुनुको ऐतिहासिक तथ्यलाई राज्यले स्विकानुपर्छ, विद्वानहरूले यसबारे बोल्नुपर्छ, अनि मात्रै योलगायत अन्य धेरै सफा गर्नुपर्ने विषयमा राज्यले सफलता हासिल गर्न सक्छ । मुख्य कुरा यो हो ।
अहिले वागमती सफाइको नाममा दुई वर्षदेखि वास्तवमा वागमतीको ढल हप्तैपिच्छे बगाउने काम भइरहेछ जुन प्राकृतिक रुपमा बर्खामा मात्रै एकपल्ट बग्दथ्यो । वागमती सफाइ अभियान यथार्थमा गुहश्वरीदेखि पशुपतिको घाटसम्म मात्रै चलेको छ । किनभने, ढल सफा गरेर नदीमा मिसाउने प्रविधिको प्लान्ट गुहेश्वरीमा मात्र चालू छ । धेरै ठाउँमा सुरु गरिएको त्यस्ता प्लान्ट अन्त सबैतिर बन्द छन् । यो पनि सत्ता कति निर्दयी र कति स्वार्थी हुन्छ भन्ने कुराको नमुना हो । किनभने, पशुपति राजा–महाराजादेखि आजसम्मका कथित ठूला मानिस मर्दा जलाउने ठाउँ हो । र, ब्रह्मनालमा सुताउने संस्कारअन्तर्गत वागमतीमा लासका खुट्टाहरू चोपल्नैपर्छ हिन्दूकर्ममा । तसर्थ, सत्ताधारीहरूलाई पशुपति क्षेत्रको वागमती सफा नै चाहियो । र, उनीहरूले अन्त बन्द भए पनि ढल सफा गर्ने प्लान्ट गुहेश्वरीमा भने चालू राखेका छन् । जबसम्म वागमती, विष्णुमतीलगायत वागमती उपत्यकाका सबै नदीनालामा ढल मिसाउन बन्द गर्न सुरु गरिँदैन त्यतिबेलासम्म वागमती सफाइ अभियान सुरु नै हुँदैन । त्यतिबेलासम्म त वास्तवमा वागमतीलगायत नदीमा जमेको ढल र अन्य फोहोर बगाउने अभियान मात्र भइरहन्छ । अहिलेको वागमती सफाइ अभियानभित्र ढल सफा गरेर नदीमा पानी मिसाउने प्लान्ट निर्माण गर्ने गुरुयोजना सामेल छैन । सन् २०१८ पछि मात्रै १८ स्थानमा त्यस्तो प्लान्ट निर्माण गर्ने परिकल्पना राज्यले गरेको देखिन्छ । यसको मतलब सन् २०१८ पछि राज्यले गरेछ नै भने पनि कम्तीमा त्यो प्लान्ट बनाउने अवधि पाँच वर्ष लाग्नेछ । अर्थात्, अझै मोटामोटी दश वर्ष वागमतीमा सफा पानी बग्नेछैन । वागमतीको गति यस्तो छ भने वागमती उपत्यकाका सबै नदीनाला सफा हुन कति समय लाग्ला वा कहिल्यै हुनेछैनन् कि ! नेपाल राज्यले वागमती उपत्यकाका नदीहरू सफा गर्न वार्षिक बजेट कति छुट्याउँछ, किन छुट्याउँदैन ? के एडिबीले पैसा दिएन भने हामी फोहोरमै डुबेर मर्न तयार भएका हौँ ? वास्तवमा नेपालको सत्ताको बनावट र त्यसको चिन्तन प्रक्रिया नै फोहोर छ । जसको सहउत्पादनको रुपमा नदीहरू फोहोर भइरहन्छन् ।
(ध्रुवसत्य परियारसँगको कुराकानीमा आधारित । तस्बिर गोकर्ण लामिछाने

www.ratopati.com  बाट साभार 

नेपालमा भूकम्पको नालीबेली- डा. महेशराज पन्त


नेपालमा भूकम्पको नालीबेली


खासगरी ९० सालको भुइँचालोको विषयमा र अलिकति त्यसभन्दा अघि गएका केही भुइँचालाको विषयमा ब्रह्मशमशेर जङ्गबहादुर राणा (वि.सं. १९६६–२०४४)ले लेखेको नेपालको महाभूकम्प भन्ने एउटा पुस्तक वि.सं. १९९१ मा छापिएको थियो । ९० सालभन्दा अगाडि गएका केही भुइँचालोको विषयमा उनले लेख्दा गल्ती हुन गएको विषयमा नयराज पन्त (वि.सं. १९७०–२०५९) बराबर कुरा गर्थे र नेपालको महाभूकम्प भन्ने त्यस पुस्तकको आफ्नो निजी प्रतिमा उनले केही संशोधन पनि गरिराखेका थिए । पछि मैले पनि त्यहाँ केही अशुद्धि भेट्टाउँदै गएँ । नेपालको खानी तथा भूगर्भविभागका भूगर्भशास्त्रविद् र भूकम्पविद्याविद् २ जनाले मिली लेखेको, हिस्टर्इक्ल् अर्थ्क्वेक्स् अफ् नेपाल् अर्थात् इतिहासमा चढेका, नेपालमा गएका भैँचाला भन्ने लेख २० वर्ष जतिअगाडि छापिएको थियो । टाकटुक पारी तयार पारिएको, २ पृष्ठको त्यस लेखमा पुरानै कुरा दोहर्‍याइएकोले नेपालको भैँचालोको इतिहासमा त्यसको खास मूल्य थिएन ।
इत्यादि कारणले म भैँचालोको इतिहासतिर तानिँदै गएँ । यसैले वि.सं. १८६५ जेठ २४ गते गएको भैँचालोको विषयमा एउटा लेख सप्रमाण लेखी वि.सं. २०५५ मा पूर्णिमा ९५ पूर्णाङ्क (५१–५३ पृ.) मा छपाएँ ।
फ्रान्सको सँत्र नासिओनल् दे ला रशेर्शे साँतिफिक् अर्थात् शास्त्रीय अर्थात् वैज्ञानिक अन्वेषणको राष्ट्रिय केन्द्रबाट वि.सं. २०५६ को हिउँदमा ३ महीनाको लागि त्यहाँ अन्वेषण गर्न मलाई निमन्त्रणा मिल्यो । त्यस अवधिभित्र सिद्धिने खालको विषय समात्नुपर्ने भएकोले मैले भूकम्पको इतिहासको सम्बन्धमा अज्ञात, अल्पज्ञात र कुज्ञात विषयमा प्यारिसमा काम गरेँ । त्यसबाट पुस्तिका नै बनाई छाप्न मिल्ने लेख तयार भयो । वि.सं. २०५७ वैशाख ८ गते काठमाडौँमा भएको, हिमालयक्षेत्रमा मानिस वातावरण र भूदृश्यसम्बन्धी विद्वद्गोष्ठीमा त्यस लेखको सारांश पढियो । पूर्णिमा पत्रिकाको पूरकको रूपमा अङ्ग्रेजीमा निस्कने आदर्श २ संख्या (२९–६० पृ.)मा पछि त्यही साल अ स्टेप् टुवर्ड्ज् अ हिस्टर्इक्ल् साइज्मिसिटि अफ् नेपाल् अर्थात् नेपालमा गएका भैँचालाको इतिहासतिर चालिएको एक पाइला भन्ने शीर्षकमा पूरै लेख छापियो । त्यस लेखको फ्रेन्च भाषामा सारांश सँत्र नासिओनल् दे ला रशेर्शे साँतिफिक्द्वारा प्रकाशित इस्त्वार् ए दभनिर् दे पेइजाज् अँ इमालाया — रप्रेजँतास्योँ दे मिल्यु ए जेस्स्योँ दे रसुर्स् ओ नेपाल् ए ओ लादाख् अर्थात् हिमालयमा दृष्टिगोचरीभूत भूप्रदेशको इतिहास र भविष्य– नेपाल र लदाखको विभवको परिसर र निर्वहणको आलेखन भन्ने पुस्तक (१२२–१२४, ६१५ पृ.)मा कोँत्रिब्युस्योँ आलेत्युद् इस्तोरिक् दे सेइम्स् ओ नेपाल् अर्थात् नेपालमा गएका भैँचालाको इतिहासको परिशीलनसम्बन्धी लेख भन्ने नाउँमा वि.सं. २०५९ मा प्यारिसबाट छापियो । ९० सालको भैँचालोको सन्दर्भमा नेपालका अखवारमा छापिएका लेखमा ९० सालभन्दा अगाडिका भैँचालाको विषयमा परेका गल्ती सच्याई लेखिएको मेरो एउटा लेख नेपालमा कहिले कहिले भैँचालो गयो भन्ने विषयमा पत्रपत्रिकाले गरेका अशुद्धि देख्दा भन्ने नाउँले वि.सं. २०६० मा पूर्णिमा १११ पूर्णाङ्क (१–७ पृ.) मा छापियो ।
दिनेशराज पन्तको नेपालमा भूकम्प भन्ने लेख विसं. २०६७ मा मिर्मिरे २९८ पूर्णाङ्क (१–८ पृ.) मा छापियो । त्यसमा मेरा लेखमा परेका भैँचालाको विषयमा र उनले आफ्नो तर्फबाट खोजेका थप भैँचालाको विषयमा पनि लेखिएको छ ।
मेरो र दिनेशराज पन्त दुवैका लेखमा नपरेका, अरू ६ वटा भैँचालाको चर्चा यहाँनिर गर्नुपरेको छ । भूकम्पले भत्किएको, चाँगुनारायणको मन्दिरको जीर्णोद्धार भक्तपुरका राजा राय मल्लकी नातिनी देवकीदेवी ठकुरिनीले गराएको कुरा ने.सं. ६२७ (वि.सं. १५६४) आषाढ शुक्ल तृतीयाको दिन त्यहीँ राखिएको सुवर्णपत्रमा कुँदिएको छ
(मोहनप्रसाद खनाल, चाँगुनारायणका ऐतिहासिक सामग्री २०१ पृ.) । वि.सं. १८४७ श्रावण शुक्ल अष्टमीमा र वि.सं. १८५५ मा वैशाख कृष्णद्वादशी, ज्येष्ठ शुक्लचतुर्थी, ज्येष्ठ शुक्लपञ्चमी र माघ कृष्णषष्ठीमा गएका भैँचाला तात्कालिक पात्रामा टिपिएकाले थाहा भएका छन् (रामजी तेवारी, वि.सं. १८४३ देखि १८५९ सरम्मा पात्राका टिपोट, पूर्णिमा ५६ पूर्णाङ्क ११–१९ पृ.) ।
नेचर् जिओसाअइन्स् भन्ने विख्यात मासिक शोधपत्रिकाको ई.सं. २०१२ डिसेम्बर १६ तारीख अर्थात् वि.सं. २०६९ पौष १ गतेको अन्लाइन संस्करणमा नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख सोमनाथ सापकोटाको नाउँ सबभन्दा अगाडि र त्यही केन्द्रका नापी अधिकृत डिल्लीराम तिवारीको नाउँ सबभन्दा पछाडि राखी अरू ४ जना विदेशीसमेतको नाउँमा प्राइमरि सर्फेस् रप्चर् अफ् द ग्रेट् हिमालयन् अर्थक्वेक्स् इन् १९३४ यान्ड् १२५५ अर्थात् वि.सं. १९९० र १३१२ मा हिमालय क्षेत्रमा ठूला भैँचाला जाँदा सतहमा परेका चिरा भन्ने लेख पोस्ट गरियो ।
यही पौष ४ गतेको जनदिशा (३ पृ.)मा आठ सय वर्ष अघिको महाभूकम्प नेपाल फर्किने विज्ञहरूको अध्ययन भन्ने खबर छापिएको छ । ई.सं. १२५५ जून ७ तारीखमा गएको भैँचालोबाट तीन खण्डको एक खण्ड मानिस मर्नुको साथै राजा अभय मल्लको पनि ज्यान गएको थियो, हजारौँ घर र मन्दिर ध्वस्त भए भनी त्यस खबरमा लेखिएको छ । फ्रान्स, सिंगापुर र नेपालका भुगर्भविद्हरूले गरेको अध्ययनको आधारमा त्यस भूकम्पको विषयमा विख्यात समाचार संस्था एएफपीले त्यो खबर प्रकाश गरेको कुरा जनदिशाबाट थाहा पाइन्छ ।
यही पौष ९ गतेको नेपाल समाचारपत्र (घ पृ.)मा आठ सय वर्ष अघिको भूकम्पको त्रास भत्रे लेख छापिएको छ । त्यस लेखमा ई.सं. १२५५ जून ७ तारीखमा गएको भैँचालोको चर्चा खास गरी छ । त्यस भैँचालोमा परी राजा अभय मल्लको समेत ज्यान गएको कुरा पनि त्यहाँ परेको छ । अरूले खोज गरी त्यस भैँचालोको विषयमा तयार पारेको लेखको चर्चा नगरी सोमनाथ सापकोटालाई सन् १२५५ को सो भूकम्पको अध्ययनकर्ता भनी त्यस लेखमा उनलाई पगरी गुताइदिइएको छ ।
आफ्ना गुरुहरू अर्थात् फ्रान्सका भूकम्पशास्त्रविद्हरूको निर्देशमा सोमनाथ सापकोटाले त्यस भैँचालोको विषयमा भूकम्पशास्त्रको हिसाबले केही काम गरे होलान्, तर इतिहासको दृष्टिले त्यस भैँचालोको परिशीलन र त्यहाँको मितिको परिवर्तन भने उनले गरेका होइनन् । इतिहासको दृष्टिले त्यस भैँचालोको जसले परिशीलन गर्‍यो र त्यस मितिलाई ई.सं.मा जसले बदल्यो, त्यसको चर्चा नेचर् जिओसाइअन्स्, जनदिशा र नेपाल समाचारपत्र कुनैमा पनि छैन ।
ई.सं. १२५५ जून ७ तारीखमा गएको भैँचालोको कुरा पक्कै पनि पुरानो इतिवृत्तको आधारमा लेखिएको हो । त्यस इतिवृत्तमा ई.सं.मा मिति त अवश्य हालिएको थिएन । त्यसलाई कसैले ई.सं. मा बदलेको थियो । नेपाली भाषाका जनदिशा र नेपाल समाचारपत्रमा त्यस भैँचालोको मिति ई.सं.मा दिनुको तुक कति पनि देखिँदैन ।
त्यो भैँचालो ने.सं. ३७५ आषाढ शुक्ल द्वितीयाको दिन गएको कुरा अहिले गोपालराजवंशावली नाउँले प्रख्यात इतिवृत्तमा छ । त्यसैको आधारमा मैले त्यस भैँचालोको विषयमा आदर्शमा लेखेको हुँ । त्यो लेख अङ्ग्रेजीमा लेखिएकोले त्यहाँको मिति ई.सं.मा बदली ई.सं. १२५५ जून ७ तारीख भनी निर्णय गरिएको हो । नेपालीमा छापिएको अखवारमा पनि ई.सं.मा मिति नदिई गतेमा बदली दिएको भए धेरै राम्रो हुन्थ्यो । तर त्यो कष्ट कसले गर्ने ? भैँचालोको विषयमा खोजी गर्ने भनी भित्रबाहिर सबैतिरबाट धन सोहर्नेहरूले यति विषयमा पनि ध्यान नदिने र अरूको कीर्ति हर्ने काम मात्र गरेको देख्दा कविशिरोमणि लेखनाथ पौड्याल (वि.सं. १९४१–२०२२)को सबैको अर्काकै गरम पसिनामाथि रहर भन्ने सूक्तिको याद अनायास हुन्छ ।
वि.सं. १९९० भन्दा अगाडि गएका, तात्कालिक आकर अर्थात् स्रोतमा चढेका भैँचालाको सूची अब तल दिइन्छ—
(लक्ष्मीपति–नयराजसंग्रहमा जुन जुन सालका पात्रा छन्, तिनको आधारमा गते पनि यहाँ हालिएको छ ।)
१) विसं. १२८० पौषशुक्लप्रतिपदा
२) विसं. १३१२ आषाढशुक्लद्वितीया
३) विसं. १४०१ आश्विनशुक्लसप्तमी
४) विसं. १५६४ आषाढशुक्लतृतीयाभन्दा अगाडि
५) विसं. १७७१ अधिकआषाढकृष्णद्वितीया
६) विसं. १८२४ आषाढशुक्लप्रतिपदा आषाढ १७ गते
७) विसं. १८४७ श्रावणशुक्लअष्टमी भाद्र ५ गते
८) विसं. १८५५ वैशाखकृष्णद्वादशी वैशाख ३ गते
९) विसं. १८५५ ज्येष्ठशुक्लचतुर्थी ज्येष्ठ ९ गते
१०) विसं. १८५५ ज्येष्ठशुक्लपञ्चमी ज्येष्ठ १० गते
११) विसं. १८५५ माघकृष्णषष्ठी माघ १७ गते
१२) विसं. १८६५ ज्येष्ठशुक्लदशमी ज्येष्ठ २४ गते
१३) विसं. १८८२ कार्तिककृष्णत्रयोदशी कार्तिक २५ गते
१४) विसं. १८९० अधिकभाद्रशुक्लद्वादशी
१५) विसं. १८९१ आषाढशुक्लपञ्चमी आषाढ २९ गते
१६) विसं. १८९१ भाद्रशुक्लएकादशी भाद्र ३० गते
१७) विसं. १८९१ आश्विनकृष्णअष्टमी आश्विन १२ गते
१८) विसं. १८९१ आश्विनकृष्णद्वादशी आश्विन १५ गते
१९) विसं. १९१४ ज्येष्ठपूर्णिमा ज्येष्ठ २७ गते
२०) विसं. १९२३ अधिकज्येष्ठशुक्लनवमी ज्येष्ठ ११ गते
२१) विसं. १९३८ ज्येष्ठकृष्णचतुर्दशी
२२) विसं. १९३८ ज्येष्ठशुक्लपञ्चमी
नेपालको कमसेकम पन्ध्र सय वर्षको इतिहासमा विसं. १९९० भन्दा अगाडि २२ वटा मात्रै भैँचाला गएको अवश्य पनि होइन । प्राचीन आकर अर्थात् स्रोत केलाउँदै गए यीभन्दा धेरै नै बढी भैँचालाका अभिलेख पाउन सकिन्छ । तर यो काम कसले गर्ने ? यति थाहा भएको पनि खास गरी हामी संशोधन–मण्डलकाले खोजी गरेकोले नै न हो ।
राजधानी दैनिक (२०६९ माघ १, सोमबार) बाट ।
www.esamata.com बाट साभार 

==============================================

नेपालमा भूकम्पको इतिहास

नेपाली विकिपीडियाबाट
नेपालको इतिहासमा अभिलिखित वि.सं. १८९० साल भदौ १२ गते, १९९० साल माघ २ गते २०४५ साल भदौ ५ गते र २०७२ वैशाख १२ गतेको भूकम्पलाई नेपालमा भएका भूकम्पमध्ये ठूलो र विनाशकारी मानिन्छन् । नेपालको भूकम्प इतिहास केलाउँदा वि.सं. १२१८ को रेकर्ड गरिएकामध्ये पहिलो विनाशकारी भूकम्प मानिन्छ ।

१२१८ को भूकम्प

वि.सं. १२१८ असार शुक्ल तृतीया तिथि सोमवारका दिन करीब ७.७ रेक्टर स्केलको भूकम्प गएको विज्ञहरूको भनाइ छ । यही भूकम्पमा परी राजा अभय मल्लको निधन भएको थियो । यो भूकम्पले काठमाडौं उपत्यकाका एकतिहाई जनसंख्यालाई प्रभाव पारेको थियो । स्थानीय बासिन्दाले १५ दिनदेखि एक महिनासम्म शहर छोड्नुपरेको थियो ।

१३१६ को भूकम्प

यस्तै रेकर्ड गरिएकामध्ये दोस्रो ठूलो भूकम्प वि.सं. १३१६को हो । यो भूकम्पले पनि अत्यासलाग्दो ढंगले क्षति पुर्याएको अनुमान छ । जसका कारण मुलुकमा महामारीका साथै अनिकाल परेको थियो ।

१४६५ को भूकम्प

करीब १४९ वर्षपछि वि.सं. १४६५मा आएको भूकम्पले रातो मच्छिन्द्रनाथको मन्दिरलगायत अन्य दर्जनौं मन्दिर ढले । जमीनमा ठूलठूला धाँजा फाटे, जसले गर्दा पानीका मुहानसमेत पुराना स्थानमा सुक्ने र नयाँ स्थानमा पलाए । यस भूकम्पले सयौं मानिस तथा पशुको ज्यान जानुका साथै हजारौं घर भत्किए ।

१७३७ देखिका भूकम्प

नेपालमा अन्य थुप्रैपटक भूकम्प गएको भनाइ रहेको भए तापनि प्रामाणिक तिथिमिति नभेटिएकामध्ये वि.सं. १७३७ सालको राति भूकम्प गएको इतिहासविद्को भनाइ छ । जसले ठूलो विपत निम्त्याएको थियो भने वि.सं. १८२४ असार १ गते एकैदिनमा २१ पटक भूकम्पको धक्का महसूस गरियो । यसले के कति धनजनको क्षति पुर्यायो, त्यसको पनि कुनै अभिलेख पाइँदैन तर २४ घन्टाभित्रमा २१ पटक भूकम्प जाँदा ठूलै क्षति भएको अनुमान गरिएको छ । वि.सं. १८६७ जेठ १० गते गएको भूकम्पबाट काठमाडौं र ललितपुरमा ठूलो मानवीय क्षति त भएन तर मठमन्दिर भने प्रशस्त मात्रामा भत्किए । भक्तपुरमा चाहिं यस भूकम्पले निकै मानिसको ज्यान लिएको थियो । यस्तै वि.सं. १८८० यमपञ्चकका दिन एकै स्थानमा बसेका सातवटा ग्रह छुट्टिंदा यो भूकम्प गएको थियो । जानकारका भनाइमा एकैदिनमा १७ पटक भूकम्प गएको थियो । यो विपत्तिले पनि निकै क्षति पुर्यायो । उल्लेखित भूकम्पको क्षति विवरणको एकिन तथ्यांक नभए तापनि त्यसपछिका नेपालमा गएको भूकम्पहरूको तथ्यांक स्पष्ट पाइन्छ ।

१८९० देखि गएका भूकम्प

वि.सं. १८९० भदौ १२ गते सोमबार बेलुका करीब ६ बजेतिर ठूलो विनाशकारी भूकम्प गएको थियो । त्यही दिन राति ११ बजे पनि पुनः भूकम्पको झड्का महसूस भयो । जसका कारण हनुमानढोकाभित्रको भण्डारखालमा राजाहरूले र टुँडिखेलको खुला चौरमा सर्वसाधारण रात कटाउन बाध्य भए । यस भूकम्पले भक्तपुर, ठिमी, साँखु, बनेपालाई नराम्रो प्रभाव पार्यो । काठमाडौंमा रहेका दुईवटा धरहरा मध्ये एउटालाई पूरै ढाल्यो भने अर्को आधा मात्र भत्कियो । सो भूकम्प गएको एक महिना नबित्दै असोज १० गते राति अर्को भूकम्प गएको थियो । जसले भत्किन बाँकी संरचनालाई तहसनहस पार्यो । भूकम्पले घाउ सेलाउन नपाउँदै एक वर्षपछि वि.सं. १८९१ सालको असार र असोज महिनामा फेरि दुईवटा ठूला भूकम्प गए । पानी परिरहेका बेला यी भूकम्प गएको कारणले बागमतीमा ठूलो बाढी आयो ।

१९९० को भूकम्प

नेपालको भूकम्प इतिहासमा सबैभन्दा बीभत्स र विनाशकारी वि.सं. १९९० माघ २ गतेको भूकम्पलाई मानिन्छ । पूर्वको संखुवासभा जिल्लाको चैनपुरलाई केन्द्रबिन्दु बनाएर गएको ८.४ रेक्टर स्केलको यस भूकम्पले देशलाई नराम्रो असर पार्यो । उक्त भूकम्पमा परी तीन हजार ८५० पुरुष र चार हजार ६६९ महिला गरी जम्मा आठ हजार ५१९ जनको मृत्यु भएको थियो भने काठमाडौं उपत्यकामा मात्र करीब चार हजार ५०० जनाले ज्यान गुमाए । घर, विद्यालय, देवालय र पाटीपौवा तथा सार्वजनिक भवनसमेत दुई लाख सात हजार ४० वटा संरचना भत्किएको अभिलेख छ ।

मिति विवरण न खुलेको

यस्तै सुदूरपश्चिमको बझाङ जिल्लालाई केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा करीब २५ सय घर ध्वस्त भए । ४६ जना मानिसले ज्यान गुमाए भने सयौं चौपायाको ज्यान गएको थियो ।

२०४५ को भूकम्प

हामीले भुल्न नसक्ने स्मरणीय भूकम्प वि.सं. २०४५ भदौ ५ गते बिहान पौने पाँच बजे गएको थियो । पूर्वी नेपालको उदयपुर जिल्ला स्थित मुर्कुचीलाई केन्द्रबिन्दु बनाएर गएको ६.७ रेक्टर स्केलको भूकम्पमा परी करीब ७५० जना मानिसले ज्यान गुमाए भने छ हजार ५०० भन्दा बढी घर भत्किए । त्यसले पूर्वी नेपाललाई नराम्ररी क्षति पुर्यायो भने राजधानी उपत्यकामा समेत यसको प्रभाव परेको थियो ।[१]

२०६९ को भूकम्प 

यस्तै २०६९ असोज १ गते ताप्लेजुङ र भारतको सिक्किम सीमाक्षेत्रमा केन्द्रबिन्दुमा गएको भूकम्पमा १११ जनाको मृत्यु हुनुका साथै २०० भन्दा बढी घाइते भएका थिए ।[२]

२०७२ को भूकम्प

२०७२ साल वैशाख १२ गते शनिबार गएको भूकम्पमा परी हालसम्ममा ७ हजार ९ सय ४१ जनाको ज्यान गई सकेको र खोजि तथा उद्दारकार्य अझै जारी रहेको हुनाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। हालसम्म धेरै मृत्यु हुनेको सङ्ख्या सिन्धुपाल्चोकमा दुई हजार ९३९ पुगेको छ भने काठमाण्डुमा मृतकको सङ्ख्या एक हजार २०९ पुगेको छ । भूकम्पका कारण १० हजार ८०३ सरकारी घर हरु तथा भवन पूर्णरुपमा क्षति भएका छन् । आंशिक रुपमा १५ हजार ०३४ घर तथा भवन हरु क्षति भएका छन् । सर्वसाधारणका २ लाख ९७ हजार २६६ घरहरु पूर्ण क्षति भएका छन् भने २ लाख ७७ हजार ५० घरहरु आंशिक क्षति भएका छन् । पूर्ण विवरण नआएको र संकलनकार्य जारी रहेकोले यो संख्या बाढ्नसक्ने सम्भाबना छ। अझै हजारौं घर उच्च जोखिममा रहेका छन।
http://ne.wikipedia.org/s/10tl  बाट साभार 
===============================================================

नेपालमा कहिले–कहिले गएका थिए विनासकारी भूकम्प 


90_sal_earthquake1


काठमाण्डु, २० वैशाख– नेपालमा विक्रम सम्वत १२१८ असार शुक्ल तृतीया सोमबाररका दिन पहिलो विनाशकारी भूकम्प गएको थियो । त्यतिबेला भूकम्प मापन यन्त्र (रेक्टर स्केल) को आवीस्कार नभएका कारण कति रेक्टरको भूकम्प गयो भन्ने वैज्ञानिक आधार छैन । तर क्षतिको मूल्यांकनका आधारमा विज्ञहरुले त्यतिबेला करिब ७.७ रेक्टर स्केलको भूकम्प गएको बताउँदै आएका छन् । सोही भूकम्पमा राजा अभय मल्लको निधन भएको थियो । यो भूकम्पले काठमाण्डु उपत्यकाको एकतिहाई जनसंख्या प्रभावित भएको थियो । काठमाण्डुका सर्वसाधारणले १५ देखि एक महिनासम्म सहर छाडेका थिए । एक महिनासम्म पटकपटक भूकम्का धक्काहरु महसुस गरिएको थियो । धैरै घर, मन्दिर र पुरतात्विक सम्पदा ध्वस्त भएका थिए ।
दोस्रो ठूलो भूकम्प विक्रम सम्वत १३१६ को हो । त्यो भूकम्पले पनि ठूलै क्षति पु¥याएको अनुमान गरिन्छ । धेरै मानिसको मृत्यु भएको अनुमान गरिए पनि यकिन तथ्यांक छैन । जसका कारण मुलुकमा महामारी फैलनुका साथै अनिकाल परेको थियो ।
दोश्रो भूकम्पको १४९ वर्षपछि काठमाण्डुलाई केन्द्रबिन्दु बनाएर विक्रम सम्वत १४६५ मा तेश्रो भूकम्प आएको थियो । जुन भूकम्मले रातो मच्छिन्द्रनाथको मन्दिर जगैदेखि भत्कियो । त्यतिबेला काठमाण्डु उपत्यकाका धेरै मठमिन्दर र घरहरु भत्केका थिए ।
ठाउँठाउँमा जमिनमा ठूलठूला धाँजा फाटेका थिए । पानीको पुराना मुहान सुकेर नयाँ स्थानमा मुल पलाए पलाए । यस भूकम्पले सयौं मानिस तथा पशुको ज्यान जानुका साथै हजारौं घर भत्किएका थिए । विक्रम सम्वत १७३७ सालमा भूकम्प गएको इतिहासविद बताउँछन् । जसले ठूलो विपत् निम्त्याएको थियो । दर्जनौं मानिस मरेका थिए । काठमाण्डुलाई नै केन्द्रबिन्दु बनाएर गएको उक्त भूकम्पमा परी राजा श्रीनिवास मल्ल घाइते भएका थिए । तुलनात्मक रुपमा त्यतिबेला धनजनको कम क्षति भएको थियो ।
१८२४ असार १ गते एकैदिन २१ पटक भूकम्पको धक्का महसूस गरियो । यसले के कति धनजनको क्षति पु¥यायोे । त्यसको कुनै आधिकारिक अभिलेख भेटिएको छैन । तर २४ घन्टाभित्रमा २१ पटक भूकम्प जाँदा ठूलै धनजनको क्षति भएको ठानिएको छ ।
विक्रम सम्वत १८६७ जेठ १० गते अर्को भूकम्प गयो । भूकम्पबाट काठमाण्डु ललितपुर र भक्तपुरमा घरहरु भत्केका थिए । काठमाण्डु र ललितपुरमा ठूलो मानवीय क्षति भएन ।
यद्यपि मठमन्दिर धेरै भत्किए । भक्तपुरमा निकै मानिसको ज्यान गएको थियो ।
विक्रम सम्वत १८८० यमपञ्चकका दिन भूकम्प गयो । एकै स्थानमा बसेका सातवटा ग्रह छुट्टिँदा यो भूकम्प गएको थियो । जानकारका भनाइमा एकैदिनमा १७ पटक भूकम्प गएको थियो । यो विपत्तिले पनि निकै क्षति पु¥यायो । भूकम्पको क्षति विवरणको एकिन तथ्यांक नभए पनि त्यसपछि नेपालमा गएका भूकम्पको तथ्यांक स्पष्ट पाइन्छ ।
विक्रम सम्वत् १८९० भदौ १२ गते सोमबार साँझ करिब ६ बजेतिर ठूलो विनाशकारी भूकम्प गएको थियो । त्यही दिन राति ११ बजे पनि पुनः भूकम्पको दोश्रो झड्का महसुस भयो । जसका कारण हनुमानढोकाभित्रको भण्डारखालमा राजाहरूले र टुँडिखेलको खुला चौरमा सर्वसाधारण रात कटाउन बाध्य भए । यस भूकम्पले भक्तपुर, ठिमी, साँखु र बनेपा नराम्ररी प्रभावित भएका थिए । । काठमाण्डुमा रहेका दुईवटा धरहरामध्ये एउटालाई पूरै ढाल्यो भने अर्को आधा मात्र भत्कियो ।
judda_shamsher_announcing_the_relief_efforts1१८९० कै असोजमा अर्को ठूलो भूकम्प गयो । एक महिना नबित्दै असोज १० गते राति अर्को भूकम्प गएको थियो । जसले भत्किन बाँकी संरचनालाई तहसनहस पा¥यो । अघिल्लो वर्षको भूकम्पले लगाएको घाउ सेलाउन नपाउँदै एक वर्षपछि विक्रम सम्वत १८९१ असार र असोजमा फेरि दुई ठूला भूकम्प गए । पानी परिरहेका बेला यी भूकम्प गएको कारणले बागमतीमा ठूलो बाढी आयो ।
नेपालको भूकम्प इतिहासमा सबैभन्दा विनाशकारी भूकम्प १९९० माघ २ गतेकोलाई मानिन्छ । त्यतिबेला काठमाण्डुमा राजा त्रिभुवन विक्रम शाह राजा थिए । संखुवासभाको चैनपुर केन्द्रबिन्दु बनाएर गएको ८ं.४ रेक्टर स्केलको भूकम्पले देशलाई नराम्रो असर पा¥यो ।
उक्त भूकम्पमा परी तीन हजार ८५० पुरुष र चार हजार ६ सय ६९ महिला गरी आठ हजार ५ सय १९ जनाको मृत्यु भएको थियो । काठमाण्डु उपत्यकामा मात्र करिब चार हजार ५ सय जनाले ज्यान गुमाए । ९५ हजार मानिस घाइते भए । घर, विद्यालय, देवालय र पाटीपौवा तथा सार्वजनिक भवनसमेत दुई लाख सात हजार ४० वटा संरचना भत्किएको अभिलेख छ ।
काठमाण्डु उपत्यका झण्डै तहसनहस भएको थियो । धरहराको आधा भाग त्यतिबेलै भत्किएको हो । घण्टाघर पनि क्षतिग्रस्त भएको थियो । भूकम्पले मुलुकका ९५ प्रतिशत स्थानमा खानेपानी आपूर्ति बन्द भएको थियो । झण्डै ५० प्रतिशत पुल भत्किए । सात लाख बढी मानिस घरबारविहीन भए ।
२०३७ सालमा सुदूरपश्चिमको बझाङ जिल्लालाई केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भूकम्पले बझाङसहित सुदूरपश्चिमका बैतडी, बाजुरा र दार्चुला जिल्ला बढी प्रभावित भएका थिए । त्यसबेला करिब २५ सय घर ध्वस्त भए । १ सय २५ जना मानिसले ज्यान गुमाए । २ सय ४८ जना घाइते भए । ११ हजार ६ सय ४ ध्वस्त भएका थिए ।
२०४५ साल भदौ ५ गते बिहान पौने पाँच बजे ठूलो भूकम्प गएको थियो । उदयपुरको मुर्कुचीलाई केन्द्रबिन्दु बनाएर गएको ६. ७ रेक्टर स्केलको भूकम्पमा ७५० जनाले ज्यान गुमाए । ६ हजार ५ सय भन्दा बढी घर भत्किए । त्यसले पूर्वी नेपाललाई नराम्ररी क्षति पु¥यायो भने काठमाण्डु उपत्यकामासमे प्रभाव परेको थियो ।
२०६८ साल असोज १ गते भारतको सिक्किम केन्द्रबिन्दु भएर गएको ६. ९ रेक्टर स्केलको भूकम्प गएको थियो । जसमा ५ जनाको मृत्यु भएको थियो । २७ जनाबन्दा बढी घाइते भएका थिए ।
vukampa  (21)


२०७२ साल वैशाख १२ गते गोरखा जिल्लाको उत्तरी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ७.८ रेक्टर स्केलको महाभूकम्प गयो । हालसम्म करिब ७ हजार मानिसको मृत्यु भइसकेको छ । त्यो संख्या १० हजार नाघ्ने अनुमान छ । सयौं घाइते छन् । भूकम्पका कारण हजारौं घरबारबिहीन भएका छन् । भूकम्पले एतिहासिक धरहरा ढलेको छ । पुरातात्विक तथा एतिहासिक महत्वको वसन्तपुर दरबार स्क्वाएर क्षतिग्रस्त भएको छ ।
(विकिपिडया र जियो टेक्निकल इन्जिनियर डा. दीपकराज भाटको सहयोगमा)
http://kathmandutoday.com बाट साभार


Saturday, May 2, 2015

रक्तिम र अन्तर्राष्ट्रियतावादी मे दिवस


new logo






















मे दिवशका सन्दर्भमा २८ ओटा संगठनको संयुक्त घोषणा 
Nepalese version of May Day joint declaration
(मे दिवस २०१५ का सन्दर्भमा संसारभरिका माओवादी पार्टी, सङ्गठन तथा साम्राज्यवादी विरोधी मोर्चाहरूले समकालीन विश्वस्थितिको विश्लेषणा गर्दै एउटा संयुक्त घोषणापत्र जारी गरेका छन् । आजको क्रान्तिको दिशा भनेको जनयुद्ध नै हो र यो काम क्रान्तिकारी कम्युनिस्ट पार्टी, संयुक्त मोर्चा र जनसेनाको निर्माण गरेर मात्र सम्पन्न गर्न सकिन्छ भन्ने विश्लेषण पनि सो घोषणपत्रमा गरिएको छ । यस घोषणापत्रमा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) लगायत विश्वका २८भन्दा बढी सङ्गठन तथा मोर्चाहरूले हस्ताक्षर गरे पनि नेपालबाट क्रान्तिकारी बौद्धिक–सांस्कृतिक मोर्चाले मात्र हस्ताक्षर गरेको छ । क्रान्तिबाट भागेका प्रचण्ड र बैद्य समूहले मात्र नभएर यसमा विप्लव समूहले पनि हस्ताक्षर गरेको छैन l तल यसको पूर्ण पाठ प्रस्तुत गरिएको छ ।)
—————————————————————————————————————————–
सङ्कट, युद्ध, दमन, उत्पीडन, बेरोजगारी, गरिबी !
उत्पीडित जनता तथा सर्वहारा वर्ग ! एकजुट बनेर भविष्यलाई आफ्नो हातमा लिऔँ !
क्रान्ति अमर रहोस् !

साम्राज्यवाद गम्भीर आर्थिक सङ्कटबाट गुज्रिरहेको छ र यसलाई विश्वका सर्वहारा एवम् आम जनतामाथि लादिरहेको छ । तिनीहरू यसबाट मुक्त हुने कुरा त गर्छन्, तर उनीहरूको उद्देश्य भनेको नाफा, अकुत सम्पति आर्जन र हतियार मात्र हो ।
अनि यसको ठाउँमा विश्वका हरेक मुलुकका सर्वहाराहरू, गरिब किसान तथा आम जनताका लागि बेरोजगारी श्रम कानुनका नाममा असुरक्षा, शोषण, पीडा उत्पीडन, मुलुकको कच्चा सामग्री र ऊर्जाको दोहन, वातावरणीय प्रदूषण र आतङ्क मात्र बाँकी रहेको छ । शैक्षिक तथा तथा सांस्कृतिक रूपबाट सम्पन्न भएर पनि युवाहरूको ठूलो सङ्ख्या बेरोजगार छ । नयाँ प्रविधिलाई श्रम शक्तिको दोहन गर्न, तिनीहरूमाथि नियन्त्रण गर्न र बढीभन्दा बढी नाफा आर्जन गर्ने काममा लगाइएको छ ।
यस्तो स्थितिका विरुद्ध साम्राज्यवादी मुलुकहरू तथा उनीहरूद्वारा उत्पीडित मुलुकका सर्वहारा वर्ग र आमजनता जागरुक भएका छन् । आमजनता तथा सर्वहारा वर्ग यस किसिमको कष्टकर भविष्य, अनिश्चित र कुनै आशा र विशवास नभएको जीवन स्वीकार गर्न सक्तैनन् ।
उत्पीडित मुलुकहरूमा मजदुर, किसान र युवाहरू दमन र उत्पीडनको प्रतिरोधमा र आफ्नो जीवीकाको सुरक्षाका लागि निरन्तर सडकमा निस्केका छन्, नयाँ जनवादी क्रान्तिको मूल शक्ति किसान, किसानविरोधी नीति र कानुनहरू, विस्थापन र हत्याका विरुद्ध र आफ्नो जमिनको रक्षाका लागि साम्राजयवादीद्वारा सहयोग प्राप्त सबैखाले पुराना तथा “नयाँ” अर्धसामन्ती दमनका विरुद्ध लडिरहेका छन् । सामाज्यवादी मुलुकहरूमा पनि फर्गुसनदेखि स्टकहोम र पेरिसका गल्लीहरूमा युवा, आप्रवासी तथा श्रमजीवीहरूले दमनकारी राज्यसयन्त्रका विरुद्ध आफ्नो सङ्घर्षलाई जारी राखेका छन् । यी सबै कुराले क्रान्तिकारी प्रवृत्ति र आवश्यकतालाई प्रदर्शन गर्छ र फलस्वरूप राज्यसत्ताको प्रतिक्रियावादीकरण तथा फासिवादीकरणका विरुद्ध सङ्घर्ष हुनु स्वाभाविक छ । यस सन्दर्भमा महिलाहरू पनि उनीहरूमाथि बलात्कार र अमानवीयताका विरुद्ध सडकमा निस्केका छन् ।
जनताको विद्रोहको बढ्दो स्थितिको सामना गर्न साम्राज्यवादी मुलुकहरू, आफूलाई ‘वामपन्थी’ भन्ने कतिपय सरकारहरूले दमन, षड्यन्त्र, जनहत्या, कुतर्क र जालझेलको सहारा लिइरहेका छन् । जनताको प्रतिरोधको प्रवाह र क्रान्तिकारी सङ्गठन र जनसम्बन्धको गतिलाई रोक्न उनीहरू पुलिसराजको अभ्यास गर्दै सबै राजनीतिक, सामाजिक र व्यक्तिगत स्वतन्त्रतामाथि प्रतिबन्ध लगाइरहेका ठन् । यति मात्र नभएर जनताको विरुद्ध सुधारवादी चुनाववादी सामाजिक प्रजातन्त्रवादी र संशोधनवादी हतियारहरूको प्रयोग गरेर जनतालाई चुनावी राजनीतिभित्र घेराबन्दी गरिरहेका छन् ।
कतिपय शक्तिहरू “जनपक्षधर” सरकारले जनताका समस्या हल गर्न सक्छ भन्ने भ्रम पनि उत्पन्न गरिरहेका छन् । उदाहरणका रूपमा अहिलेको ग्रीसको सामाजिक प्रजातन्त्रवादी शक्ति सिरिजा सरकारलाई लिन सकिन्छ, जुन युरोपली सङ्कटको अन्तिम उपायको रूपमा आएको छ । तर न त उनीहरू युरोपेली पुँजी र ब्याङ्कहरूको इच्छाविपरीत जानसक्ने छन्, न त उनीहरूले आमजनताको सङ्घर्षसित जोडिएका चाहना र आवश्यकता पूरा गर्नसक्ने छन् । उनीहरूले साम्राज्यवादको सेवामा आफूलाई लर्गा भने पनि उनीहरू समस्याबाट मुक्त हुने छैनन्, यसैकाराण यस्ता थुप्रै देशहरूमा जनताले चुनाव बहिष्कार गर्ने र सङ्घर्षलाई अगाडि बढाउनु आवश्यक ठानेका हुन् । युक्रेन र पुर्बी युरोपका प्रतिक्रयावादी नाजी–चरित्रका शक्तिहरू, अमेरिका, इयु र नेटोको सहयोगमा अन्तरसाम्राज्यवादी प्रवृत्तिका साथ पुटिनका विरुद्ध क्रियाशील छन् । जनता फासिवाद र पश्चिमा साम्राज्यवादका विरुद्ध सङ्घर्षरत छन्, तर उनीहरू साम्राज्यवादी रुसको विस्तारवादी हातको खेलौना होइन, सही अर्थको कम्युनिस्ट नेतृत्व चाहन्छन् ।
सर्वहारावादी विद्रोहीहरू र आमजनता आमूल परिवर्तन चाहन्छन्, र यसका लागि सत्ताधारी वर्गलाई निशस्त्र पारेर र शोषण, दमन र साम्राज्यवादी हैकमबाट मुक्त नयाँ समाजको स्थापना गर्नु आवश्यक छ भन्ने ठान्दछन् ।
यस किसिमको सङ्कटका बीच अन्तरसाम्राज्यवादी अन्तर्विरोध चर्किैदैजाने छ र झन्झन् नयाँनयाँ किसिमको अन्तरयुद्ध चर्किने छ – यद्यपि आम उत्पीडित जनता र राष्ट्रहरू र साम्राज्यवाद बीचको अन्तर्विरोध नै अहिलेको विश्वको प्रधान अन्तर्विरोध हो र क्रान्ति नै अहिलेको विश्वको मूल प्रवृत्ति हो, जुन विश्वसर्वहारा क्रान्तिको नयाँ ऊर्जाशील गतिद्वारा प्राप्त हुन्छ ।
साम्राज्यवादपरस्त मुलुकहरूमा नयाँ जनवादी क्रान्ति र साम्राज्यवादी मुलुकहरूमा अघि बढिरहेको सर्वहारावादी सामाजवादी क्रान्ति सफल पार्न आमजनताका क्रान्तिकारी विद्रोहीहरूका लागि हरेक मुलुकमा सही अर्थका क्रान्तिकारीहरू र नेतृत्व गरिएको क्रान्तिकारी कम्युनिस्ट पार्टी, क्रान्तिकारीहरूको नेतृत्वमा सबै उत्पीडित जनताको संयुक्त मोर्चा र क्रान्तिकारी जनसेनाको आवश्यकता पर्छ । जहाँ जनताका लागि यी हतियारहरूको अभाव हुन्छ, त्यहाँ जनताको साहशी र वीरत्वपूर्ण सङ्घर्ष पनि पराजित हुन्छ र जनता प्रतिक्रियावादीहरूको सिकार बनेर कहिल्यै समाप्न नहुने सामाजिक, आर्थिक र राजनीतिक माखेसाङ्लोमा जकडिइरहन्छन् ।
आतङ्कवाद विरुद्धको लडाइँका नाममा साम्राज्यवादले युद्ध र घरेलु आतङ्क थोपरेको छ । तर साम्राज्यवाद नै असली आतङ्कवादी हो र यस्तो राक्षस हो, जसलाई हामीले निमोठेर फ्याक्नु आवश्यक छ । साम्राज्यवादभन्दा खराब चिज विश्वमा अरू के छ र ?
साम्राज्यवाद खासगरेर अमेरिकी साम्रज्यवादले इराक, अफगानिस्तानमा हस्तक्षेप, आक्रमण र युद्धको नीतिलाई तीव्रता दिएको छ र सिरिया, लिबिया यमन र सिङ्गो मध्यपूर्वमा युद्ध भड्काइरहेको छ । अरबमा उठेको जनउभारलाई रोक्न यसले त्यहाँका पुरानो सामन्ती सत्ताको दमनकारी नीतिलाई सघाइराखेको छ र टर्की, साउदी अरेबिया र इजिप्टमा आमनरसंहार मच्चाइरहेको छ । यस हस्तक्षेपमा कतिपय ठाउँमा यसले सामन्ती र प्रतिक्रियावादीहरूलाई हातहतियारको बन्दोबस्त मिलाएको छ । जहाँ यो मिलेको छैन, त्यहाँ साम्राज्यवादविरोधी आप्रवासी लगायत आम जनतामाथि सैन्य शक्तिका साथ जनदमनमा उत्रिएको छ । त्यसैगरी कतिपय ठाउँमा ‘लो इन्टेन्सिटी कन्फिल्क्ट’ को नीति अँगालेर आफ्ना दलालहरूमार्फत जनतामा भ्रम उत्पन्न गरेर उत्पीडित जनताको साम्राज्यवादविरोधी संयुक्त मोर्चा नबनोस् भनेर जनता विरुद्ध जनता जुधाएर मूल दुस्मन साम्राज्यवाद विरुद्ध जनताको ध्यान अन्यत्र मोडिरहेको छ, जुन अहिले सिरिया, अरब र कुर्दिस जनतामाझ भइरहेको छ ।
आइएसआइएस (ISIS) ले आक्रमण बढाएको ठाउँमा कुर्दिस आमजनता त्यसमा पनि महिलाहरू रोजाभार र कोबानेमा अग्र पङ्क्तिमा उभिएर प्रतिवाद गरेका छन् । परन्तु जनयुद्धलाई अघि बढाएर मात्रै आइयसआइयसलाई मात्र नभएर साम्राज्यवाद र त्यस क्षेत्रका प्रतिक्रियावादी सत्ताहरूलाई हटाएर मात्रै आम जनताले आफूलाई सामाजिक तथा राष्ट्रिय उत्पीडनबाट मुक्त पार्न सक्छन् ।
बुर्जुवा वर्ग र तिनका पिछलग्गु बुद्धिजीवीहरू साम्राज्यवादपरस्त शक्तिहरूको सुरक्षाकवच बनेर श्रमजीवी वर्ग र मार्क्स , एङ्गेल्स, लेनिन, स्टालिन र माओद्वारा विकसित यसको विचारधाराका विरुद्ध मृत्युगीत गाइरहेका छन् । तर हामीहरू विश्वको चारै कुना साम्राज्यवादका केन्द्रहरू र चीनमा पनि र विकासशील र कथित ‘उदाउँदा शक्तिहरू’ भनिएका मुलुकहरूमा पनि श्रमजीवीहरूको वर्गसङ्घर्षको नयाँ किसिमले उठान भएको देखिरहेका छौँ ।
द्वन्द्व नभएको र वर्गसङ्घर्ष तीव्र नभएको ठाउँ विश्वमा कतै छैन । यस किसिमको स्थितिमा मार्क्सवाद–लेनिनवाद–माओवादद्वारा नेतृत्व गरिएका पार्टीद्वारा सञ्चालित जनयुद्ध मात्रै मुक्ति सङ्घर्षका लागि रणनीतिक बाटो हुनसक्छ ।
भारतमा चलेको जनयुद्धले साम्राज्यवादका मतियारहरूमध्येको एउटा प्रमुख मतियार र विश्वका प्रतिक्रियावादीहरूमाथि सोझै प्रहार गरिरहेको छ र यसले विश्वका क्रान्तिकारी जनसमुदायमा उच्च उत्साहको सिर्जना गरेको र यो शक्तिशाली अन्तरराष्ट्रियतावादी प्रस्थानबिन्दु बनेको छ । यसका साथै फिलिपिन्स, पेरू र टर्कीमा चलेको जनयुद्धले साम्राज्यवादको भूमिकालाई चुनौती दिइरहेको छ र साम्राज्यवाद र सामन्ती प्रतिक्रियावादी शक्तिको शोषण र उत्पीडनमा आधारित व्यवस्थालाई फयाँकेर एउटा शक्तिशाली नयाँ समाज निर्माणका लागि मार्ग प्रदर्शन गरेको छ ।
विश्वका मार्क्सवादी–लेनिनवादी–माओवादी कम्युनिस्टहरूले नेतृत्वमा रहेका नेपालको प्रचण्डवाद, अमेरिकी अभाकियननवाद र पेरू लगायत सबै किसिमका दक्षिणपन्थी अवसरवादी लाइन विरुद्धमा र सँगसँगै निम्नपुँजीवादी क्रान्तिकारीवाद र जडसूत्रवादबाट जोगाउँदै पार्टीलाई दरिलो कम्युनिस्ट पार्टीका रूपमा निर्माण गर्दै सुदृढ पार्नु आवश्यक छ । आम जनतासित गाँसिएर र वर्गसङ्घर्षलाई तीव्रता दिएर नै एउटा क्रान्तिकारी पार्टीको निर्माण हुनसक्छ ।
यस मे दिवस २०१५ साम्राज्यवाद विरोधी हरेक क्षेत्र, आन्दोलन र अभियानमा साम्यवाद र क्रान्तिको रातो झण्डालाई दरिलो गरी माथि उचाल्न आह्वान गर्छ र यो नारालाई थप ताजा र मजबुतीका साथ अघि बढाउन आह्वान गर्छ : विश्वका सर्वहारा वर्ग र उत्पपीडित जनता एकजुट होऔँ !

• साम्राज्यवादी र प्रतिक्रियावादी युद्धलाई रोक्न र विश्व साम्राज्ययवाद र प्रतिक्रियावादलार्इृ परास्त गर्न एकजुट होऔँ !
• क्रान्तिका सहिदहरूलाई लाल सलाम गरौँ र विश्वका क्रान्तिकारी कम्युनिस्ट राजनीतिक बन्दीहरूको रिहाइका लागि समर्थन र सङ्घर्ष गरौँ !
• सर्वहारावादी सङ्घर्षको नेतृत्वमा असली सर्वहारावादी अन्तर्राष्टियतावादलाई अगाडि बढाऔँ, जनताको सङ्घर्षद्वारा नयाँ परिस्थितिको निर्माण गर्दै नयाँ कम्युनिस्ट इन्टरनेस्नलको दिशामा अघि बढौँ !
• क्रान्ति सम्पन्न नहोउन्जेलसम्म जनयुद्धको पक्षमा डटौँ !
• साम्यवादको भविष्यलाई आफ्नो हातमा लिऔँ !
सहभागी पार्टी, सङ्गठन र मोर्चाहरू
१. भारतीय कम्युनिस्ट पार्टी (माओवादी)
२. कम्युनिस्ट (माओवादी) पार्टी अफगानिस्तान
३. माओइस्ट कम्युनिस्ट पार्टी, इटाली
४. माओवादी कम्युनिस्ट पार्टी— टर्की/मर्क्सिस्ट-लेनिनिस्ट
५. रिभोलुस्नरी कम्युनिस्ट पार्टी (पिसिआर(आरसिपी क्यानडा)
६. रेड ब्लक (युनिटी अफ माओइस्टस्) फ्रान्स
७. माओइस्ट कम्युनिस्ट पार्टी, मणिपुर
८. माओइस्ट कम्युनिस्ट मुभमेन्ट, ट्युनिसिया
९. माओइस्ट कम्युनिस्ट ग्रुप, युयसए
१०. न्यु कम्युनिस्ट पार्टी (लाइजन कमिटी), युयसए
११. माओइस्ट रिभोलुस्नरी लिग, श्रीलङ्का
१२. कमिटी बिल्डिङ ए माओइस्ट कम्युनिस्ट पार्टी, गालिसिया—स्पेनिस स्टेट
१३. कमिटी फर दि फाउन्डिङ अफ दि (माओइस्ट) कम्युनिस्ट पार्टी, अस्ट्रिया
१४. कम्युनिस्ट पार्टी अफ ब्राजिल रेड फ्रयाक्सन—सिआरबि (आरएफ)
१५. कम्युनिस्ट पार्टी अफ इक्वेडोर रेडसन—सिपिइ (आरयस)
१६.कम्युनिस्ट मुभमेन्ट अफ सर्बिया
१७. डेमोक्रेसी एन्ड क्लास स्ट्रगल–ब्रिटिस स्टेट
१८. फ्याक्सन रोजा डे पार्टिडो कम्युनिस्टा डेल चिले एफआर–पिसिसियच
१९. ग्रेट अनरेस्ट डब्ल्युयसआरपी–वेल्स ब्रिटिस स्टेट
२०.लङमार्च टुआर्डस् कम्युनिज्म (स्पेन)
२१. पेरू पिपुल्स मुभमेन्ट (कमिटी फर रिअर्गनाइजिङ रेड कम्युनिस्ट ब्लग )—पिपिएम (सिआर)
२२. रिभोलुस्नरी प्राक्सिस—युनाइटेड किङ्डम
२३. सर्भ दि पिपुल– कम्युनिस्ट लिग अफ नर्वे
२४. सर्भिर ले पिपुल–सेसाउ सोरेल–अकिटानी–फ्रेन्च स्टेट
२५. वर्कर्स भ्वाइस–मलेसिया
२६. रिभोलुस्नरी इन्टेलेक्चुअल–कल्चरल फ्रन्ट, नेपाल
२७. मर्किस्ट्स- लेनिनिस्ट-माओइस्ट पार्टी कन्स्ट्रक्सन कमिटी, (जर्मनी), यलयलयम-पाक
२८. इरानियन् माओइस्ट कलेक्टिभ

www.thenextfront.com बाट साभार 

डा. बरालद्वारा बैद्य समूह परित्याग

Baral 3 - Copy(मोहन बैद्य ‘किरण’ को नेतृत्त्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी-माओवादीका केन्द्रीय सदस्य डा. ऋषिराज बरालले मे दिवश २०१५ को सन्दर्भ पारेर आज बैशाख १७ गतेदेखि सो पार्टीको साधारण सदस्य पनि नरहेको कुरा सो सम्बन्धमा जारी प्रेस वक्तव्यमा उल्लेख गरेका छन् l आफ्नो २ पृष्ठ लामो सो वक्तव्यमा उनले बैद्य समूहसित पार्टीको सातौं महाधिवेशनदेखि नै फरक मत रहेको र पछिल्लो चरणसम्म आइपुग्दा पार्टी वैचारिक रूपबाट नवसारसंग्रहवाद र संगठनात्मक दृष्टिले विसर्जनवादमा फसेको र नेपाली क्रान्तिप्रति गद्दारी गर्ने प्रचण्ड समूहलाई क्रान्तिकारी शक्ति भन्दै पार्टीएकताका नाममा आत्मसपर्पण गर्न लागेको स्थितिमा त्यहाँ रहिरहनु भनेको एक किसिमले क्रन्तिप्रतिको धोका हुने हुनाले सो समूहसित सम्बन्ध विच्छेद गरेको कुरा उल्लेख गरेका छन् l डा. बरालको वक्तव्यको पूर्ण पाठ तल दिइएको छ l
—————————————————————————————————————–
विसर्जनवादीहरूसित सम्बन्ध विच्छेदको घोषणा

सर्वप्रथम, मोहन वैद्य ‘किरण’ ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी–माओवादीसित मैले आजका मितिदेखि सम्बन्ध विच्छेद गरेको कुरा सार्वजनिक गर्दछु ।

माओवादी आन्दोलनलाई गलत दिशा दिने बैठकका रूपमा प्रमाणित भएको चुनवाङ बैठकको निर्णयलाई आधार मानेर पार्टी ‘शान्तिप्रक्रिया’ आयो र यसको नेतृत्व तहले एकपछि अर्को गरेर शान्तिसम्झौताका नाममा महान् जनयुद्धका समग्र प्राप्तिहरू जनविरोधीहरू तथा प्रतिक्रियावादीहरूलाई सुम्पदै गयो । जनसेनाप्रतिको अति उपेक्षापूर्ण व्यवहार र विघटन यसको अन्तिम परिणति थियो । जनयुद्धका सम्पूर्ण उपलब्धिहरू गुमाउनु, क्रान्तिकारी कार्यदिशा पूर्णरूपमा परित्याग गर्नुका साथै साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरूका सामु आत्मसमर्पण गरेर मूल नेतृत्वमा रहेका प्रचण्ड–बाबुरामले नेपाली क्रान्तिप्रति गद्दारी गरेपछि त्यहाँभित्र रहेका क्रान्तिकारीहरूले विद्रोह गर्नु आवश्यक थियो । यही नै मालमाले देखाएको वैज्ञानिक बाटो थियो ।

त्यसपछि हामीले कमरेड मोहन वैद्य ‘किरण’ को नेतृत्वमा काठमाडौँमा राष्ट्रिय भेला गरी नयाँ पार्टी नेकपा–माओवादीको निर्माण गर्यौं । पार्टी निर्माणसँगै जुन किसिमको उत्साहको निर्माण हुनुपर्थ्यो, भेलापछि पार्टी क्रान्तिकारी आशावादका साथ जसरी जानुपर्थ्यो, त्यसो हुनसकेन । भेलापछि नै पार्टीमा दुई लाइन सङ्घर्षका सङ्केतहरू देखिनथाले । पार्टी चुनाव आयोगमा दर्ता गर्ने र सुशील कोइरालालाई प्रधानमन्त्री बनाएर सरकारमा जाने कुराहरू बहस र छलफलका विषय बन्नथाले । वैचारिक तथा साङ्गठनिक क्षेत्रमा भेलाले खासै केही नयाँ गर्न नसकेको सन्दर्भमा पार्टीको सातौँ महाधिवेशनबाट सबै समस्याको हल गर्ने भनियो । तर विशिष्ट परिस्थितिका नाममा महाधिवेशनमा पनि कार्यदिशाका क्षेत्रमा गुणात्मक निष्कर्ष प्रदान गर्न नेतृत्वपङ्क्ति असफल रह्यो । महाधिवेशनमा प्रस्तुत दस्ताबेजप्रति चित्त नबुझेर मैले ४५ बुँदामा करिब १२ पृष्ठको फरक मत दर्ज गरेको थिएँ । खासगरेर सबैभन्दा बहसको विषय बनेको विषय नेपाली क्रान्तिको कार्यदिशालगायत अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन, आत्मनिर्णयको अधिकार तथा जातीय पहिचानजस्ता विषयमा मेरा फरक मत थिए ।

महाधिवेशनले समस्या समाधान गर्दै पार्टीलाई नयाँ गतिका साथ अघि बढाउने अपेक्षाविपरीत झन् नयाँ किसिमले समस्याहरू देखापरे । मूलतः कार्यदिशाका सम्बन्धमा दुई लाइन सङघर्ष तीव्र बन्यो । पोखरा बैठकसम्म पुग्दा कार्यदिशासम्बन्धी बहसले नयाँ मोड लियो र दोस्रो संविधान सभाको निर्वाचन बहिष्कार कार्यक्रमपछि बसेको बैठकले पार्टीको राष्ट्रिय भेला गर्ने र कार्यदिशालाई समृद्ध पार्ने निर्णय गर्यो । तर कमरेड विप्लवबाट फरक मतको दस्ताबेज प्रस्तुत गरिएपछि एकएक बहाना बनाएर बहसछलफल नगराउने मात्र होइन, विशेष महाधिवेशन गर्ने भन्ने नाममा भेलालाई स्थगित गरियो र विशेष महाधिवेशनलाई पनि अनिश्चित कालको विषय बनाइयो । यसबाट पार्टीको नेतृत्वपङ्क्ति भेला–सम्मेलन तथा विशेष महाधिवेशन गरेर वैचारिक समस्या हल गर्नेतिर भन्दा पनि जसरीतसरी समय बिताउने, फरक मतलाई दबाउने तथा पार्टी छाडेर जान बाध्य पार्ने योजनामा रहेको यथार्थ खुलेर आयो । त्यति मात्र नभएर पार्टीको नेतृत्वपङ्क्ति नेपाली क्रान्तिप्रति गद्दारी गर्ने प्रचण्डसित एकता गरेर पार्टीलाई दक्षिणपन्थी विचलन र विसर्जनतर्फ प्रवृत्त गराउने वातारण बनाउन भित्रैदेखि लागेको रहेछ भन्ने कुरा पनि प्रस्ट भयो ।

यसैबीच कमरेड विप्लव र उहाँको समूहले नेकपा–माओवादीसित सम्बन्ध विच्छेद गर्यो । त्यसपछि पार्टीलाई अघि बढाउन जुन किसिमको गम्भीरताको प्रदर्शन हुनुपर्थ्यो त्यसो भएन । उल्टै नेतृत्वपङ्क्तिले बाटाको काँढो हटेजसो गरी हाइसन्चो बोध गरेको व्यवहार देखायो ।

पार्टीमा पहिलेदेखि नै मेरा फरक मत थिए । त्यसमा पनि पछिल्लो समयमा कमरेड किरणले महाधिवेशनले अघि सारेको कार्यदिशा ‘जयुद्धको जगमा जनविद्रोह’ भन्दा पनि पछि हटेर ‘मूलतः विद्रोह’ भनेर दस्ताबेज प्रस्तुत गरेपछि त्यसप्रति मेरो विमति र विरोध रहनु स्वाभाविक थियो । मूलतः नेपाली क्रान्तिको कार्यदिशा, नेपाली समाजको संरचना र अन्तर्विरोधको स्वरूप, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको गति र दिशा, जातीय पहिचान र आत्मनिर्णयको अधिकारका सम्बन्धमा देखिएको भ्रमपूर्ण चिन्तनका साथै फरक मत राख्नेहरूप्रति असहिंष्णुताको प्रदर्शन गर्दै जिम्बेवारीविहीन बनाउने प्रवृत्तिप्रति मेरो तीव्र मतभेद रह्यो । सङ्गठनात्मक क्षेत्रमा अस्तव्यस्तता, वैचारिक तहमा सारसङ्ग्रहवाद, अकर्मण्यता र अन्योल र नेतृत्वक्षमताको ह्रासले पार्टी विसर्जनको दिशामा जान लागेको बोध भइरहेको अवस्थामा जाली शब्द र भाषाखेलको तारतम्यमार्फत नवप्रतिक्रियावादी चरित्र बोकेको प्रचण्ड समूहसित जसरी पनि एकता गर्ने जुन परिपञ्च देखियो, यो इमानदार र क्रान्तिप्रति समर्पित कार्यकर्ताका लागि पीडा र आक्रोस उत्पन्न गर्ने विषय थियो ।

माथि उल्लेखित सन्दर्भहरूका विषयमा पार्टीमा आफूले बराबर प्रश्न उठाउँदा गम्भीरतापूर्वक नलिने मात्र होइन, प्रताडित गर्ने तथा अनेक नाम दिएर कारबाहीको डण्डा चलाएर बहसछलफल र वैचारिक सङ्घर्षबाट वञ्चित गराउने प्रायोजित वातावरण बनाउने काम नेतृत्वपङ्क्तिबाट भएपछि गलत कुरालाई सही भनेर आत्मसमर्पण गर्ने अथवा त्यससित सम्बन्ध विच्छेद गरेर मालेमाको पक्षमा दृढतासाथ उभिने भन्ने प्रश्न मेरा सामु उपस्थित हुनु स्वाभाविक थियो । यस्तो अवस्थामा गलत तत्वबाट सम्बन्ध विच्छेद गर्नु नै मार्क्सवादी बुझाइ हुन्छ भन्ने मान्यतालाई अगाडि राखेर नेकपा–माओवादीसित सम्बन्ध विच्छेद गर्ने निर्णय गरेको हुँ ।

चौतर्फी रूपमा माओवादी आन्दोलनमाथि प्रहार भइरहेको अवस्थामा माओवादको झण्डाको रक्षार्थ त्यहीँ बसेर सङ्घर्ष गर्दैजानु उचित हुन्छ भन्ने लागे पनि थोरै समयको अनुभवले मात्र पनि मलाई यस किसिमको निर्णय गर्नुपर्ने स्थितिमा पुर्यायो । त्यहाँ बहस छलफलको कुनै अर्थ छैन भन्ने मेरो ठहर रह्यो । वास्तवमा नेकपा–माओवादीको नेतृत्वपङ्क्तिमा क्रान्तिसम्बन्धी न त कुनै भिजन छ, न त कुनै योजना नै, यो एक हिसाबले गोलचक्करमा घुमिरहेको छ । चिन्तनमा सारसङ्ग्रहवाद, व्यवहारमा अकर्मण्यतावाद र कामकारबाहीमा इच्छाशक्तिको अभाव भएको नेतृत्वपङ्क्तिबाट नेपाली क्रान्ति अघि बढ्छ भन्ने कुरामा आफूलाई विश्वास नभएपछि त्यहाँ रहिरहनु आवश्यकता र सान्दर्भिकता दुवै लागेन । सपना मरिसकेकाहरूबाट आँधी, हुरी र चट्टानका बीचमा फसेको आन्दोलनको डुङ्गा पार लाग्छ भन्ने विश्वास रत्तिभर पनि मलाई भएन । नेपाली क्रान्तिप्रति गद्दारी गरेको निष्कर्षसाथ प्रचण्ड समूहसित विद्रोह गरेको र प्रचण्ड समूह एकपछि अर्को गरेर निरन्तर रूपमा नाङ्गिदै गएको अवस्थामा अनेक ताल र चाल मिलाएर प्रचण्डलाई क्रान्तिकारी कित्ताकै ठान्दै जसरी “क्रान्तिकारीबीच पार्टी एकता” भनेर संयुक्त हस्ताक्षर गरियो, यो वैचारिक स्खलनको नाङ्गो उदाहरणका साथै आम कार्यकर्ता तथा उत्पीडित नेपाली जनताप्रतिको धोका पनि हो । माओवादको खोल ओढेर साम्राज्यवाद र विस्तारवादको सेवा गर्ने प्रचण्ड–बाबुराम समूहसित एकता गर्नु भनेको सारतः साम्राज्यवाद र विस्तारवादको सेवामा आफूलाई लगाउनु हो ।
मार्क्सवादका आधारभूत मान्यताबाट धेरै पर पुगेको प्रचण्ड समूहसित अब देशीविदेशी प्रतिक्रियावादलाई रिझाएर आफ्नो अस्तित्व जोगाउने उपायबाहेक अरू केही छैन । क्रान्तिको कुरा गर्ने, तर यसका लागि व्यवहारमा जान अलिकति पनि तत्परता नदेखाउने किरण समूहका सामु वैचारिक तथा साङ्गठनिक विसर्जन अथवा प्रचण्डसामु आत्मसमर्पणबाहेक अर्को विकल्प छैन । यस्तो सङ्गठनसित टाँसिइरहनु भनेको सारतः आफूले आफैँलाई ध्वस्त पार्नु मात्र हो । यसका साथै विप्लव समूहको क्रान्तिकारी उत्साहको सह्राहना गर्नसकिए पनि कार्यदिशाप्रति आफ्नो असहमति रहेको कुरा मैले पहिले नै प्रस्ट पारिसकेको हुँ ।

अन्त्यमा,
आफू मार्क्सवाद–लेनिनवाद–माओवाद र नयाँ जनवादी क्रान्तिप्रति प्रतिबद्ध भएर बौद्धिक–सांस्कृतिक क्षेत्रमा सक्रिय रहने र राष्ट्रिय स्वाधीनता र नयाँ जनवादी क्रान्तिका लागि वर्गसङ्घर्षको बाटोमा दृढताका साथ अघि बढेका शक्तिहरूप्रति कलम र विचारको माध्यमबाट सहयोग र समर्थन निरन्तर रहने कुरा पनि म यहाँ प्रस्ट पार्न चाहन्छु । साथै नेकपा–माओवादीभित्र रहेका क्रान्तिकारी साथीहरूलाई पनि अब त्यहाँ बसेर केही हुन्छ भन्ने भ्रमबाट मुक्त हुन पनि म हार्दिक आह्वान गर्दछु ।

ऋषिराज बराल
केन्द्रीय सदस्य, नेकपा–माओवादी
बैसाख १७, २०७२

www.thenextfront.com बाट साभार 

Friday, May 1, 2015

प्रचण्डले स्वीस बैंकमा तीन अर्ब राखेको रहस्य खुल्यो..


prachanda-puspe

काठमाडौँ, २१ भदौ ।
बितेको कुनै समय हेटौंडा सिमेन्ट उद्योगमा केमिकल र बोरा सप्लाई गर्ने कवाडी ठेकेदार अजय पराजुली उर्फ सुमार्गीले केही वर्ष यता अनौठो धन्दाबाट थोपरेको तीन अर्व भन्दा बढी रकम स्वीस बैंकमा जम्मा गरेको रहस्य खुलेको छ ।

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालका व्यापारीक साझेदार भनी परिचित सुमार्गीले भारतीय बैंकहरूमा राखेको अवैध रकम असुरक्षित बन्न थालेपछि तीन महिना अघि उक्त रकम समेत स्वीस बैंकमा सारेको स्रोतको दावी छ ।
माओवादी पार्टीले जनयुद्धकालमा लुटेको रकम र लडाकुको नाममा उठाएको रकम समेत दाहालले सुमार्गीलाई दिएर धमाधम स्वीस बैंकमा जम्मा गरिरहेका हुन् । त्यस्तै, गत अप्रिल २०१२ मा एनसेल र सुमार्गीको नेपाल स्याटेलाईट कम्पनीबीचको कारोबार अनुसार सुमार्गीले कमाएको तीन अर्व रकम मध्येको केही हिस्सा पनि सुमार्गीले स्वीस बैंकमा पठाएको एनसेलमा चर्चा छ ।
स्टाटेलाइटमा सुमार्गीको २५ प्रतिशत मात्र शेयर छ भने बाँकी सम्पूर्ण शेयर एनसेलको मुख्य लगानीकर्ता टेलियासोनेराको एशिया होल्डिङको नाममा छ । एनसेलले क्रस होल्डिङ गरी एउटै स्थान कृष्ण टावरबाट दुईवटा कम्पनी चलाईरहेको बारेमा नेपाल दुरसञ्चार प्राधिकरणले पत्र काटेर छानविन गरे पनि एमाओवादी अध्यक्ष दाहालको दबाबमा अनुसन्धान नै रोकिएको प्राधिकरणका एक निर्देशकले बताए ।
सुमार्गीले स्याटेलाईटको शेयर बेच्दा पेश गरेको डकुमेन्ट९फाइल० समेत प्राधिकरण र कम्पनी रजिष्ट्रारको कार्यालयबाट एकाएक गायव बनाइएको छ । सुमार्गी विरुद्ध अवैध र अकुत सम्पत्ति आर्जन गरेको भन्दै सम्पत्ति सुद्दिकरण अनुसन्धान विभागमा उजुरी परेपछि शेयर सम्बन्धि सम्पूर्ण विवरणहरू हटाउन सुमार्गी सफल भएको ती निर्देशकले बताए ।
प्राधिकरणका केही कर्मचारीलाई भने सुमार्गीले एवीसी टेलिभिजन र नयाँ पत्रिकामा समाचार छपाइ दिने धम्की दिएर गोप्य कागजात नै मेटाउन सफल भएको स्रोतको दावी छ । नेपाल टेलिकमलाई तहस नहस हुने गरी गैर आवासीय नेपाली उपेन्द्र महतो, सुमार्गी र दाहालको डिजाइनमा फ्रिक्वेन्सी होल्ड गरेर स्याटेलाईटले हेलो नेपाल ब्राण्डमा मोवाइलको लाइसेन्स लिएको थियो ।
आगामी २०७१ मा नविकरण शुल्कवापत प्राधिकरणलाई बुझाउनुपर्ने २० अर्व रकम नतिर्नका लागि विदेशी टेलिकम माफिया, अध्यक्ष दाहाल र सुमार्गीको डिजाइनमा स्याटेलाईटको ७५ प्रतिशत शेयर टेलियासोनेरालाई बिक्री गरिएको हो ।
सुमार्गीले कौडीको भाउमा स्याटेलाईटका नाममा लाइसेन्स लिएर तीन अर्वमा ७५ प्रतिशत शेयर टेलियासोनेरालाई बिक्री गरेका हुन् । राष्ट्रघाती यो खेल सफल भएका कारण एनसेलले जनतालाई झुक्याउने अफर ल्याएर सर्वसाधरण नागरिकलाई जति लुटे पनि कुनै पनि निकायले कारबाही गर्न सकेका छैनन् ।


www.hamrosandesh.com/2014/09/15109.html#sthash.uoPVexf7.dpuf बाट साभार