Tuesday, November 28, 2017

हराएको डायरीको एउटा पन्ना : चुनवाङ बैठक, 'युद्धभूमिबाट फर्किँदा' र अन्तर्कथाहरू


अन्तर्राष्ट्रिय क्षेत्रमा रिमसम्बद्ध पार्टीहरू तथा भारतका माओवादी सङ्गठनहरूले पनि प्रचण्डलाई नपत्याएर गौरवलाई नेता मान्ने गरेको पीडास्वरूप गौरव पक्राउको चाँजोपाँजो मिलाइसकेपछि, नयाँ जनवादी क्रान्ति सम्पन्न नहोउन्जेल यताउता गर्न पाइँदैन भन्ने कमरेड किरणको अडानलाई सिलिगुडीमा व्यवस्थापन गरेपछि, क्रान्तिकारी धारवालाको बहुमतलाई पटना पक्राउ प्रकरणबाट मिलान गरिसकेपछि राहतको लामो सास फेरेर आयोजित गरिएको चुनवाङ बैठकमा विचार र सङ्गठनमा बाबुरामले भनेअनुसार गएपछि रुवावासीको घतलाग्दो ऐतिहासिक नाटक मञ्चन भयो । दिल्लीमा म्याडमहरूले कपाल लुछालुछ गरेको घटना पनि बिर्सिने कुरा स्वत: हुने नै भयो । त्यसपछि एरिस्टोटलको विरेचन सिद्धान्तका झैँ सबै विरेचित भए र “रूपान्तरण” को नयाँ अभियान आरम्भ भयो । यही महान् रूपान्तरणपछि नयाँ जनवादी गणतन्त्रको स्थानमा “लोकतान्त्रिक गणतन्त्र” मा जाने महान् विचार संश्लेषित भयो । 

यसका लागि केन्द्रीय आधारक्षेत्र, त्यसमा पनि रोल्पाको चित्त बुझाउनु आवश्यक थियो । सबैभन्दा पहिले सधैं खटरपटर परिरहने कमरेड अनन्त र बिप्लवबीच तालमेल मिलाउनु आवश्यक थियो । दुवै तीव्र महत्त्वाकांक्षी, यसै परे प्रचण्डपछिको म नै हुँ भन्ने ( शान्ति प्रक्रियापछि दुवै बाबुरामले मन पराएका पात्र भए- यो कुरा बाबुरामले खरिपाटी बैठकपछि 'कान्तिपुर' दैनिकमा भनेका छन्, त्यसमा गंगा श्रेष्ठको नाम पनि मन पर्ने पात्रमा छ । ) खालका । कमरेड किरणको व्यवस्थापनसँगै अनन्त पूर्वको बागडोर समाल्न पूर्वी कमान्डमा तैनाथ गरिए र सोझा दिवाकर, विप्लवले सधैँ कचकच गरेर हैरान पारिएका दिवाकरलाई पश्चिम ठेलेर विप्लवले स्यायी समितिको हकदारसहित आधारइलाकीय कमान्डको जिम्मेवारी पाउनु स्वाभाविक थियो । चाँजोपाँजो मिलाउने क्रममा बाबुरामका मान्छे एक तह नझर्ने, तर अरूले क्रान्तिकारी स्पिरिट देखाउँदै एक तह तल झर्नुपर्ने भयो, अर्को 'क्रमभङ्ग' अभियान चलाइयो । यस अभियानपछि अब पोलिटब्युरोमा पनि रूपान्तरित प्रचण्ड-बाबुरामको बहुमत हुने भयो र केन्द्रीय समितिमा पनि उनीहरूकै बहुमत हुने भयो । अलिकति रुकुमले असन्तुष्टि जनायो । प्रचण्डले “ममाथि बम प्रहार गर्न खोजिएको थियो, फुयुज पारिदिएँ” भनेर बैठकमै उदघोष गरे । ज-जसले असन्तुष्टी जनाए, ती किनारा लागे मिहिन पाराले । प्रभाकरलाई त धेरैपल्ट कान समातेर उठबस गर्न लगाइयो । कसैको हिम्मत थिएन “महान् रूपान्तरणप्रति प्रश्न गर्ने ! यसको विरुद्ध जानु भनेको हेडक्वाटरको विरुद्ध, जनयुद्धको विरुद्ध, महान् एकताको विरुद्ध जानुहुन्थ्यो । महान् एकता, महान् रूपान्तरण, एकता-सङ्घर्ष-रूपान्तरणको ऐतिहासिकताका साथ पार्टी बैठक समापन भएको घोषणा गरियो । 

लेखक-कलाकारलाई यो महान् रूपान्तरणलाई व्यवहारमा उतार्न निर्देशन थियो । अलिअलि कस्तोकस्तो लागे पनि गहिरो गरी बुझिएको स्थिति थिएन । सबै होमियौं '' लोकतान्त्रिक गणतन्त्र' को अभियान : जिन्दावाद भन्दै ! कति गहकिलो इमान्दारी !

बैठक समापनको भोलिपल्ट सहिद परिवारसित भेटघाट गर्ने कार्यक्रम थियो । चुनवाङ वरिपरिका सहिद मात्रै भेट्ने सन्दर्भ थियो । उनीहरूलाई एक किसिमले कोचिङ गरिएको थियो : “पार्टी फुट्ने भयो भनेर हामी बडो पीडामा थियौँ, सहिदको रगत खेर जान्छ कि भन्ने लागेको थियो... पार्टी एकताबद्ध भएको सुन्दा खुसी लाग्यो ।” प्रचण्डले पनि कृत्रिम किसिमले गला भरिएको जस्तो पारे, रुन लागेजस्तो अभिनय गरेर सहिद परिवारलाई मख्ख पारे । “हामी दुस्मनको ढाडमा टेकेर ठाउकोमा हान्न लागिरहेछौँ, कमरेडहरू धोका हुने छैन हामी एकताबद्ध छौँ” भने । पार्टीले नयाँ जनवादी क्रान्ति छाडेर बुर्जुवा बहुदलीय व्यवस्था लोकतान्त्रिक गणतन्त्रको दिशा तय गरेको निर्णय चाहिँ सहिद परिवारलाई सुनाएनन् उनले । भित्री गाँठी कुरा त उनले धेरैलाई सुनाएनन् । केन्द्रीय समितिका सदस्यलाई पनि सुनाएनन् । कार्यनीतिमा मात्र नभएर रणनीतिक उद्देश्यमा नै दिल्लीमा सम्झौता भैसकेको कुरा त झन् सुनाएनन् । सबै कुरा दिल्लीमा तय भएर उतै रुवावासी र महान् रूपान्तरणको एक चरण समाप्त गरेर यता नाटक मन्चन गरिएको मात्रै रहेछ भन्ने कुरा १२ बुँदेपछि थाहा भयो । 

सहिद परिवारको भेटघाटको नाटक दृश्य सम्पन्न गरेपछि केन्द्रीय सदस्यहरूले सामूहिक फोटो खिच्ने कार्यक्रम पनि सम्पन्न भयो । अब सबै कमरेडलाई क्रान्तिकारी भाव र उत्साह दिन 'सामना परिवार' र आधारइलाकीय 'प्रतिरोध' सांस्कृतिक परिवारले सांस्कृतिक कार्यक्रम देखाउने भनियो । कार्यक्रम बैठकस्थलभन्दा अलिमाथि सम्म ठाउँमा गर्ने निधोसहित कलाकारहरू त्यसको तयारीमा लागे र कपडाले बेरेर काम चलाउ मंच बनाए ।

भखैरै खारा मोर्चाको असफलताको पीडा थियो । प्रचण्ड स्वयमले कमान्ड गरेको यो मोर्चामा सारै ठूलो नोक्सानी भएको थियो । तयारी प्रशिक्षण टेप नै दुस्मनको हात परेको थियो । असफलताको एउटा कारण बाबुरामले सबै कुरा दुस्मनसम्म पुर्याउनु थियो भने, अर्को कारण युद्ध मोर्चामा आन्तरिक तालमेलको अभाव र केही मात्रामा रुकुम-रोल्पा अहमको पनि समस्या थियो । यो जित्ताजित्तै हारेको मोर्चा थियो । कमरेड जित गुमाउनुको गणेशपुर मोर्चापछि असाध्यै पीडा गराउने मोर्चा थियो खारा मोर्चा । गणेशपुर मोर्चाको पनि सही किसिमले समीक्षा भएको छैन, गर्नु आवश्यक छ । अब खोतल्नु पर्छ ।

अहिले कलाकार विद्रोही कमरेडको जीवनसाथी बन्नुभएको दीपा कमरेडको बसाइ सानी छोरीका कारण पाख्रिन दाइ-भाउजूका साथ हुन्थ्यो–अभिभावकको भूमिकामा उहाँहरू हुनुहुन्थ्यो । दीपाको जीवनसाथी कमरेड प्रशान्त खारा मोर्चामा सहिद हुनुभयो । पाख्रिन दाजुभाउजूसितै बसेकी दीपा र सानी छोरीको पीडालाई पाख्रिन दाइले नजिकैबाट बोध गरेर सामान्यीकरण गर्नुभयो र तयार पार्नुभयो : “युद्धभूमिबाट फर्किँदा” । भर्खरै साथी गुमाएकी दीपाका लागि त्यो अभिनय गर्नु साच्चिकै पीडादायी थियो । तर उनले गरिन् । त्यो अपेराले त्यति सारो प्रभावित पार्नुका पछाडि विषयवस्तुको गाम्भीर्य त थियो नै, दीपाको सजीव अभिनय पनि थियो । पूर्वीय साहित्य सिद्धान्तमा रस सिद्धान्तले भनेझैं रसनिष्पत्तिको सामान्यीकरण भएको थियो त्यहाँ । सबै रुनु स्वभाविक थियो । यो चाहिँ असली रुवाइ थियो- चुनवाङ बैठकको जस्तो रुवाइ होइन । सो कार्यक्रमका प्रस्तुतिहरू सबै प्रभावकारी थिए । अपेरासँगै बहुचर्चित बनेको अर्को गीत कमरेड विद्रोहीले गाउनुभएको गीत “टुटफुटका कुरा नगर” भन्ने थियो । यो गीत पनि तत्कालीन पृष्टभूमिसित सम्बद्ध थियो । माथि दुस्मनको हवाइजहाज निगरानीका लागि चक्करमारिरहेको अवस्था र अचानक बदली भएर पानी पर्लाजस्तो मौसममा गरिएको त्यो कार्यक्रम साँच्चिकै ऐतिहासिक थियो ।

यो समग्र कार्यक्रमको अडियो-भिडियोको सम्पादनका साथ तयार पारेर वितरण गर्ने जिम्मा पूर्णघर्तीलाई दिइएको थियो । उनलाई सास्कृतिक मोर्चाको यस विभागको जिम्मेवारी पनि थियो । उनले यो काम प्रचण्डपुत्र प्रकाशको बाहुलीको सहयोगमा सम्पन्न गरे भन्ने थाहा भयो । तर सो कार्यक्रमको अडियो र भिडियोमा उनले त्यति प्रभावकारी अपेरा “युद्धभूमिबाट फर्किँदा” का सर्जक खुसीराम पाख्रिनको एक झलक अनुहार देखाउनु आवश्यक ठानेनन्, उदघोषकको आवाज र अनुहार पनि गायब पारेछन् -गजबको सम्पादन गरेछन् । सो कार्यक्रमको सञ्चालन त्यतिबेरका सांस्कृतिक मोर्चाका केन्द्रीय महासचिव ऋषिराज बरालले गरेका थिए । 

पूर्णकी श्रीमती सीता आचार्यको अहङ्कारी स्वभावका कारण पाख्रिन दाइ, त्यति सारो उनलाई मन पराउनुहुन्न्थ्यो । त्यसैले कमरेड दीपाले अभिनय गरेको सो अपेराको गीत ''लड्नैपर्छ यो युद्ध तिमीले ..." एलिना कमरेडले गाएकी थिइन् । पछि सो अपेराको नयाँ सुटिङ गरेर नयाँ भिजुअल बनाइएको पाइयो । पहिलेकोमा प्राविधिक केही समस्या भए पनि पहिलेको जस्तो मिठास र मौलिकता पछिल्लोमा पाइएन । पछिल्लोमा कृत्रिमताको बोध हुन्छ-नाटकीय । 

पार्टीभित्र जनयुद्धलाई विसजर्न गर्ने तारतम्य मिलाइसकिएको रहेछ । तलकालाई थाहा हुने कुरा भएन । सांस्कृतिक मोर्चाले आफ्नो कमान्डरको निर्देशन नमान्ने कुरै थिएन । प्रचण्डबाबुरामले सबै भारतलाई बुझाइसकेका रहेछन् भन्ने कुरा हामी इमान्दार भनौंदालाई थाहै भएन । हामीहरू त “लड्नैपर्छ यो अन्तिम युद्ध तिमीले” भनेर प्रचण्डप्रति आशावादी र विश्वस्त बनिरहेका थियौं । कति गहकिलो इमानदारी है !

नेपालको माओवादी आन्दोलन अहिले जेजस्तो भए पनि हिजोका दिनमा यसले विश्वको ध्यान खिचेको थियो, नेपाली उत्पीडित जनतामा आशा र विश्वास जगाएको थियो । होमिएका थिए मान्छे— “मरे सहिद, बाँचे संसार” भनेर । माओवादी आन्दोलनका पक्षमा जनमत निर्माण गर्न अग्रीम भूमिका खेल्ने र त्यसलाई अन्तर्राष्ट्रियकरण गर्न र आवश्यक पर्दा एक हातमा कलम र एक हातमा बन्दुक लिएर युद्ध मोर्चामा लामबद्ध हुन तछाडमछाड गर्ने इतिहास हो माओवादी सांस्कृतिक मोर्चाको इतिहास । बलिदानको गौरवमय इतिहास निर्माण गर्न लेखककलाकारको अहम् भूमिका छ । कृष्ण सेन, हर्षबहादुर शाही, चुनु गुरुङ, शिव श्रेष्ठ, शारदा श्रेष्ठ, च्याङ्वा लामा, डि कौडिन्य, रोहित कोइराला लगायत थुप्रैको बलिदानीपूर्ण इतिहासको अर्को नाम हो माओवादी सांस्कृतिक मोर्चा । यो उदात्तपूर्ण र गौरवमय इतिहासका संवाहकहरूको सम्मान गर्नु आवश्यक छ । सम्मान गर्न सिकौं ।

अहिले विभिन्न कारणबस विभिन्न समूहमा विभाजित भएका भए पनि र सबैका आआफ्ना सीमा र समस्या भए पनि, कोही क्रन्तिचेतले उत्प्रेरित भएर र कोही वाध्यात्मक किसिमले भए पनि हिजोका ती अप्ठयारा र आँधीमय दिनमा युद्ध मोर्चामा होमिएर माओवादी आन्दोलनलाई सांस्कृतिक मोर्चाका तर्फबाट वैचारिक तथा भौतिक किसिमले ऊर्जावान बनाउने खुसीराम पाख्रिन, ऋषिराज बराल, मणि थापा, माइला लामा, ईश्वरचन्द्र ज्ञवाली, रोशन जनकपुरीलगायतका सांस्कृतिक कर्मीहरूको योगदानको कदर गर्नु आवश्यक छ । यी घरपरिवार सबै कुरा छाडेर युद्ध मोर्चामा होमिएका स्रष्टाहरू हुन् भनेर हामीले बुझ्नु आवश्यक छ । युद्धमा नहिंडे पनि त्यो भन्दा गहकिलो गरी कलम चलाउने पूर्ण विरामलाई नेपालको माओवादी सांस्कृतिक आन्दोलनमा कसरी बिर्सन सकिएला र ! यी सबै पौरखी हातहरूको इतिहासलाई लत्याएर अहिले राम्रो, वैज्ञानिक र उन्नत इतिहास लेख्छु भनेर कसैले पनि अहंकार नगरे हुन्छ । प्रतिभाको निर्माण गर्ने कुरा निकै गारो छ -हुल्लड़बाजहरूलाई थाहा हुँदैन । 

हामीले हाम्रा नेताहरूलाई असाध्यै विश्वास गर्यौं । धोका देलान् भनेर सोच्ता पनि सोचनौँ । पार्टीले “रणनीतिक आक्रमण” को चरण घोषणा गरेको बेलामा ढाडमा टेकेर टाउकोमा अन्तिम प्रहार गर्ने भनाइप्रति विश्वस्त नहुने कुरा पनि भएन । हामी त भेडा बनेछौँ, दन्त्य कथामा सुन्दर युवतीको मोहमा लट्ठिएर कुनै युवक भेडा बनेर पछिपछि लागेझैं । जब ब्युंझियौं, समय अर्कै, स्थिति अर्कै भइसकेको थियो । हेर्दै खाइहालौँ जस्तो लाग्ने लड्डुमा विष मिसाइएको रहेछ भन्ने कुरा हामीलाई थाहै भएन । “ढाडमा टेकेर टाउकोमा हान्ने ” को अर्थ त अर्कै रहेछ । हामीले अर्थ लगाउन सकेनौँ/ जानेनौं । यस्तै रहेछ ''ऐतिहासिक " चुनवाङ बैठक , साँच्चीकै जादुमय ! 

थाहा भएन । पाउन सकिएन । वास्तवमा हामी चुनवाङ बैठकबाटै विभाजित भइसकेका रहेछौँ । गजबको रहेछ चुनवाङ बैठक । यो त स्लो प्वाइजन पो रहेछ, पछि मात्रै थाहा हुने-सुक्तैगएर सास मात्रै बाँकी भएपछि थाहा पाउने ।

(लेखकको अनुरोधमा हामीले उहाँको नाम यस लेखमा राखेनौं ।)
०००
http://janamel.com बाट साभार 

Sunday, November 26, 2017

मौसम चुनावको संवाद स्वजनसँगको - नरेन्द्रजंग पिटर


आजकाल म दैनिक डायरी सामाजिक सञ्जालमा लेखिरहेको छु । यसले सामाजिक–संवाद बढाउन मद्दत गरिरहेको मात्रै छैन् सहमति र विमतिमा छलफल समेत हुने गर्छन् । सेन्सरहिन र गेटवे वेगरको यो पत्रकारिताले छुट्टै आनन्द दिइरहेको छ पनि । सामाजिक सञ्जाल र वैकल्पिक मिडिया बनेका अनलाइनहरूले कर्पाेरेट मिडिया, मिडिया टाइकुन र मिडियालाई राज्य र आफूलाई त्यसका शासक सोच्ने ‘मिडिया आंतकवादीका’ त्राहिमामलाई समेत चुनौती दिएको छ । महासमुन्द्रमा सिपीको खोजजस्तै अनलाइन र सामाजिक सञ्जालका एक्टिभिस्ट वा बल्गर छान्नुचाहिँ चुनौती हो । धेरै दिनसम्म अनलाइनमा स्तम्भ लेखेँ, त्यसले सन्तुष्टि नै दिएको थियो । व्यस्तताका कारण नियमितता दिन सकिएन् अव टुटेको कडीलाई जोड्दैछु । गम्भीर पाठकसँग अब नियमित अनलाइनमा समेत उपस्थित हुने छु । 

 महासमुन्द्रमा सिपीको खोजजस्तै अनलाइन र सामाजिक सञ्जालका एक्टिभिस्ट वा बल्गर छान्नुचाहिँ चुनौती हो । धेरै दिनसम्म अनलाइनमा स्तम्भ लेखेँ, त्यसले सन्तुष्टि नै दिएको थियो । व्यस्तताका कारण नियमितता दिन सकिएन् अव टुटेको कडीलाई जोड्दैछु । गम्भीर पाठकसँग अब नियमित अनलाइनमा समेत उपस्थित हुने छु ।

 जव म इतिहास, आर्दश, पार्टी र सिद्दान्तका कुरा उठाउँछु– मेरा मित्रहरु, कमरेडहरुलाई काउसो लाग्छ । कमरेड डा. लारकेल लामा र क.दीपक मनांगे मलाई द्धन्दात्मक ऐतिहासिक भौतिकवाद र नेपाली कम्युनिस्ट आन्दोलनका रणनीति र कार्यनीतिको प्रशिक्षण दिन आइपुग्छन् जव प्रजातान्त्रिक समाजवादको कुरा गर्न थाल्छु तब धनराज गुरुङ कता अल्पिन्छन्, कुन्नी ! गणेश लामा सोसलिष्ट इन्टरनेसनलका र समाजवादी अर्थव्यवस्थाका व्याख्या डा. रामशरण महत गर्न थाल्छन् । म ट्वाँ पर्छु । एक हप्ता नटिक्ने भिजिनरी नेता डा. बाबुराम भट्टराईको एकहप्ते अडान नियाल्छु । चालु राजनीति त्यसैलाई आत्मसात् गर्न भन्छ । म असमर्थ मात्रै हैन् पिच्च थुकिदिन्छु, हो त्यसैवेला फेरिन्छ, सबैकुरा । तव भीडमा एक्लो हुनुपर्छ । आजै चुनावमा आएका भूतपूर्व मेरा कमरेडलाई लालसलाम नभनेकोमा आँखा तरे । मौसम चुनावको छ, चालु विषयमै आफ्ना कुरा थालौँ । 

 संसदीय चुनावी अभ्यास गरिरहेका अन्य ‘प्रजातान्त्रिक’ मुलुकहरूमा यस्तै चुनावी घरदैलो र नाटकीय प्रचार–प्रसार हुँदैन् । आश्वासन बाँड्न र सुन्न एकहुल ‘आशावादीहरू’ एउटा चटकेलाई सिंगारेर भर्खरै हिडे । सुखद बाँच्ने तरिका भनेको ‘आशावादी’, आज्ञानी र सूचनाहीन हुनुको मजै अर्कै हुन्छ । मान्छेले सोच्ने जिम्मा पण्डित, लामा, पुजारी, पादरी, नेता र मुल्लाहरूलाई दिएर सोच्नु, तर्कशील हुनु भनेको कार्य, कारण र परिणामको वास्ता नगर्ने खुरूखुरू हिड्ने लुरूलुरू लर्कने हाँइसन्चे मान्छे हुन । सोच्ने दिमागले दुख पाउने शरीरले त्यस्ता मनुवाहरूले यस्ता मजै पाउँनै सक्दैनन् । त्यही भीडबाट एउटाले प्वाक्क सोध्यो, –तिम्रो मतदान गर्ने उम्मेदवार को र कस्तो हो ? मेरो उम्मेदवारको गुण, हैसियत, अपेक्षा र योग्यताको यसरी सिलसिलेवार बखान गरेँ– 

१) राजनीतिक, सामाजिक आर्थिक र सांस्कृतिक परिवर्तन यथास्थितिमा हैन् भन्ने मूल्य, मान्यता र संस्कृतिलाई जीवन व्यवहारमै प्रयोग गर्ने । 

२) पार्टी सिद्दान्तलाई समाज परिवतर्नको ज्यावल बनाउने, त्यसले गरेको दिशानिर्देशन अनुसार शासकीय भूमिकामा उतार्न, आफ्ना सम्पूर्ण जीवन खर्च गर्ने प्रतिबद्दता मात्रै हैन् व्यवहारमै देखिने । 

३) राजनीति व्यवसाय हैन् समाजसेवा, राष्ट्रसेवा र मानवसेवा भन्ने मान्यता राख्ने । 

४) नीतिगत र व्यक्तिगत भ्रष्टाचारमा सामेल नहुने, भएमा सामाजिक दण्ड भोग्न तयार हुने । आफ्ना पार्टी वा समूहले गरेका कुनैपनि अपराधमा सामेल नहुने मात्रै हैन् त्यसको सार्वजनिक भण्डाफोरको अगुवाइ गर्दै अन्दोलनको अगुवा पनि बन्ने । 

५) जाति, धर्म, समूदायका नाममा राजनीति नगर्ने । 

६) व्यक्तिको धर्मप्रति नीजि आस्था हुन्छ, तर राज्यको कुनै धर्म हुँदैन् भन्ने मान्यता राख्ने । 

७) अल्पमत र उत्पीडित समूदाय, धर्म, जाति, लिंगको हकको लागि हातेमालो गर्दै अधिकार र स्वाभिमान प्राप्तिको लडाइँमा सरिक हुने । 

८) विज्ञानको आँखीझ्यालबाट जीवन र जगतलाई हेर्न, बुझन र आत्मसात् गर्न प्रेरित गर्ने । 

९) मानवताका सामुन्ने देशलाई, राष्ट्रका सामुन्ने जाति र समुदायलाई, जाति र समुदायको हित सामुन्ने व्यक्तिगत विषयलाई महत्व नदिने । 

१०) समाजवादका विरूद्द राष्ट्रिय र अन्तर्राष्ट्रिय एजेन्सी र अभियानको विरूद्द आफुलाई सरोकार बनाउने डब्लुबि, आइएमएफ, एडिबी... आइएनजिओको मार्ग निर्देशनमा नचल्ने । 

११) शितयुद्दको ह्यांगओभर मुक्त । 

१२) समग्रमाः सर्वे भवन्तु सुखिना, सर्वे सन्तु निरामया । सर्वे भद्राणि पश्यन्तु मा कस्चिद् दुःख भाग्जन ।। भन्ने हाम्रा मानवतावादका प्रतिनिधि बन्ने नैतिकपुजी र इच्छाशक्ति भएका । तर ती कुरा गम्न चुनावी मौसममा कसैलाई फुर्सद र चिन्ता हुँदैन् । यसैपनि चौथी, गाईजात्रा, होली र अप्रिलफुलका दिनमा भनिएका कुरा गम्भीर तरिकाले लिइँदैन् । अझ झुट बोल्न छुट दिने चुनावी गफ झुठेपर्व नै हो । 

 चुनावमा आन्तरिक फ्याक्टरले मात्र निर्णायक हुँदैनन् । मिडियामा प्रोपोगन्डा बनेका विषय मिहिन पाराले नियालौँ र ग्राउन्ड गतिविधि सुक्षम अध्ययन गरौँ । आफ्ना विषयमा कुरा गर्नु अरूको विरोध वा अन्धराष्ट्रवादी हुनु हैन् । अन्यन्त्रका उदाहरणले शिक्षा लिनु नागरिक जाग्राम हुनु हो । चुनावका बेला चौतर्फी आँखा लगाउनुपर्छ । को, कुन कभरमा कस्तो लोकप्रिय नारामा कसरी आँउछ भनेर परिणामप्रति चनाखो हुनुपर्छ । हामी अति भूसंवेदनशील भूगोलमा छौँ । ठूला छिमकीको ढुकुरको जस्तो छाती छ । आफु हारेर पनि देश जिताउने कति उम्मेदवार चुनावी मैदानमा छन्, नियालौँ । केही उदाहरण हेरौँ – 

 १) जिग्मी वाई थिन्लेले प्रधानमन्त्रीका रूपमा भुटानलाई भारतको आलिंगनबाट फुत्काएर विश्व विरादरीमा पुर्याउने, कूटनीतिक भेटघाट गर्ने, चिनियाँ सहयोग स्विकार्ने जस्ता काम गरेर भारतका आँखामा बिझाए । उनले चिनियाँ प्रधानमन्त्री बेन जियाबाओसँग २०१२ जुन २१ मा ब्राजिलमा भेटेपछि थिन्ले सरकारविरुद्द नाकाबन्दी भयो । चुनावमा छिरिङ तोब्गेद्वारा पराजय भोगे । डोकलाम घटना ताजै छ । 

२) तामिल विद्रोह दवाउने श्रीलंकाका राष्ट्रपति महिन्द्रा राजापाक्षले जित्छु भन्ने आत्मविश्वासका साथ समयपूर्व नै चुनाव घोषणा गरेको निर्वाचन (२४ पुस २०७१) मा अनपेक्षित पराजय भोगेपछि ‘साउथ चाइना मर्निङ पोस्ट’ लाई दिएको पहिलो अन्तर्वार्ताः । ‘मैले मित्र मुलुकका विरुद्ध श्रीलंकाली भूमि कहिल्यै प्रयोग नहुनेमा आश्वस्त पारें, तर तिनी (भारतीय) हरूको विचार अर्कै रहेछ ।’ श्रीलंकामा चिनियाँ लगानी र सहयोग भित्रयाएको राजापाक्षे सरकार दिल्लीलाई अँखाको कसिंगर बनेको थियो 

राजापाक्षकै स्वास्थ्यमन्त्री मैथ्रिपाला सिरिसेनालाई राष्ट्रपतिको उम्मेदवार बनाउन पूर्वराष्ट्रपति चन्द्रिका कुमारातुंगा, पूर्वप्रधानमन्त्री रनिल विक्रमसिंघेलगायतका नेताहरूलाई ‘रअ’ ले एकैठाउँमा उभ्याएको थियो । बेलायती समाचार संस्था रोयटर्सले राजापाक्षको पराजयमा भारतीय गुप्तचर संस्था ‘रिसर्च एन्ड एनालाइसिस विङ’ (रअ) को भूमिका रहेको सनसनीपूर्ण समाचार सार्वजनिक गरेको हो । 

भारतले साना छिमेकीलाई अठ्याउनुपर्यो भने कति सजिलै नाकाबन्दी अस्त्र प्रयोग गर्न पुग्छ र कसरी त्यहीँका राजनीतिक पार्टीभित्र खेल्छ । यसै चुनावमा पनि ध्यान दिँउ सतहमा नदेखिएका कुरा नहुने भने हैन् । 

अज्ञात समूह बम गोला पडकाउँदैछ, विप्लव समूहका कमरेडहरु गिरफ्तार पर्दैछन् । यसको साइनो बुझ्न सक्दिन् । बाबा झक्कु प्र. सुवेदी काठमाडौं र ससुरा हरिबोल गजुरेल सिन्धुली चुनावी मैदानमा उत्रिएका छन् । छोराज्वाई सन्तोष सुवेदी भने चुनाव बहिस्कार क्रममा रोल्पामा गिरफ्तार छन् । 

चितवनमा एमाले अखिल अध्यक्ष नविना लामा चुनावी कमान्डर छिन् बाबा माणिक लामा भने गिरफ्तार छन् । भनिन्छ, राजनीति रक्तपातहीन युद्द हो भने प्रत्यक्ष युद्द रक्तपातयुक्त राजनीति हो । सनातनीहरूले अघोषित युद्द समाजमा थोपरिरहेका हुन्छन् भने क्रान्तिकारीले भने स्वत् युद्दविरूद्द लालयुद्दको प्रत्यक्ष घोषणा गरेर मात्र भूमिकामा उत्रिन्छन् । क्रान्तिकारीहरू अत्यन्तै जटिल अवस्थामा मात्र हतियारका भाषा बोल्छन् । आंतक र भयले समाजको समर्थन पाउन सकिँदैन् भन्ने विश्वस्त हुन्छन् । अघोषित युद्द वा बम गोलाको प्रयोग या त आतंकवादीले गर्छ या अपराधिक तत्वले । सुषुप्त समाजमा जागृति फैलाउन् हस्तक्षेप आवश्यक भएपनि क्रान्तिकारी उद्देश्यले समाज परिवर्तनकर्ममा आदेशले समाज परिवर्तन गर्छ भन्ने मान्यता राख्दैनन् । अज्ञात समूह बम गोला पडकाउँदैछ, विप्लव समूहका कमरेडहरु गिरफ्तार पर्दैछन् । यसको साइनो बुझ्न सक्दिन् । बाबा झक्कु प्र. सुवेदी काठमाडौं र ससुरा हरिबोल गजुरेल सिन्धुली चुनावी मैदानमा उत्रिएका छन् । छोराज्वाई सन्तोष सुवेदी भने चुनाव बहिस्कार क्रममा रोल्पामा गिरफ्तार छन् । चितवनमा एमाले अखिल अध्यक्ष नविना लामा चुनावी कमान्डर छिन् बाबा माणिक लामा भने गिरफ्तार छन् । 

विचार/मनोयुद्दको मचान- 

नरेन्द्रजंग पिटर चुनाव एक सन्देश अनेक बने । शान्ति युद्दका जटिलता बुझ्न, बदलिँदो समाज र राजनीति बुझ्न नयाँ विमर्शको आवश्यक छ । दृष्टिले मात्र नियाल्न सकिदैन, दृष्टिकोणका चस्मा पनि लगाउनुपर्छ । के तपाइँ हामी दृष्टिकोणको चस्मा लगाउन तयार त हुन्छौँ ?


http://samachardainik.com बाट साभार 

Saturday, November 25, 2017

प्रकाशको निधनबारे कमल थापाको टिप्पणि

पुत्र/पुत्री शोकको पिडा कति असह्य हुन्छ शब्दमा बर्णन गर्न सकिन्न । प्रकाशको निधनले प्रचण्ड परिवारमा पर्नगएको क्षतिमा सबैको सहानुभूति रहेको छ।विह्वलको यसघडिमा अन्यथा अर्थ नलाग्ने होभने जनयुद्धको क्रममा कोख रित्तिएका र सिंदुर पुछिएकाप्रति प्रचण्डको क्षमायाचना शायद सान्दर्भिक हुनेथियो । 

कमल थापाको ट्विटरबाट  
https://twitter.com/KTnepal बाट


Monday, November 20, 2017

खतिवडाको ठगी योजना - गोरखापत्र दैनिक



           कुनै बेला ओखलढुङ्गाका हालका कङ्रेस उमेद्वार रामहरि खतिवडाको बारेमा गोरखापत्रमा यसरि समाचार छापिएको रैछ ।


प्रचण्ड पुत्र प्रकाशबारे जनमेलको टिप्पणि

माओवादी आन्दोलनको रक्तिम इतिहासका बीचबाट बिकसित नयाँ राजकुमारको मृत्युमा पीडाबोध गर्नु पर्ने र खुसी हुनु पर्ने अनुभूति हामीलाई भएको छैन l रौतहटको घटनामा मरणासन्न अवस्थाका दुई आमा- छोरा अस्पतालको बेडमा छन्. हामी तिनको सुस्वास्थ्यको कामना गर्दछौं l

https://m.facebook.com बाट साभार 

Friday, November 3, 2017

प्रचण्ड महाराज ! पेटमा भएको गोली झिकेर लैजानु छोरी,बुहारीहरुलाई गहना बनाउन काम लाग्ला

एक पुर्ब लडाकु कमाण्डरकाे अाक्राेश

प्रदेश र प्रतिनिधी सभाकाे निर्बाचन नजिकिदै गर्दा माअाेबादी केन्द्रभित्र असन्तुस्टी भताभुङग अबस्था बाहिरीएकाे छ । माअाेबादी लडाकुका एक पुर्व कमाण्डर दुर्गा प्रसाद चाैधरी सन्ताेषले प्रचन्ड र बर्षमान पुनले मनाेमानी गरेकाे अाराेप लगायका छन । उनले अाफना छाेरी ज्वाँइ र नातागाेतालार्इ टिकट दिएकाे भन्दै अाक्राेस ब्यक्त गरेका हुन । 
पार्टी भित्र नेताहरूले अाफना नातागाेता र अाफन्तहरूलार्इ टिकट बाँडेकाे भन्दै समाजिक संन्जालमा असन्तुस्टी ब्यक्त गरेका छन उनले भनेका छन प्रचण्ड र बर्षमान महाराज !! मेरो पेटमा भएकाे गाेली झिकेर लैजानु तिम्रा बुहारीहरुलाई गहना बनाउन काम लाग्ला । उनकाे बाेलीले मात्रै पनि थाह हून्छ माअाेबादी केन्द्रमा असन्तुस्टीकाे पाेकाे भताभुङग अबस्थामा छ । 
दुर्गा प्रसाद थारू सन्ताेष एक शसक्त पुर्व लडाकुका रूपमा चिनिन्छन । जनयुद्धमा लामाे समय त्याग ,समर्पण र बलिदान गरेर अाएका लडाकु कमान्डर थारू इमान्दार युवा नेताकाे रूपमा चर्चित छन ।  जनयुलद्भताका छैठाैँ डिभिजनका सहायक कमाण्डरका रूपमा रहेका थारू घाइते छन । उनकाे शरीरमा अझै पनि गाेली र छर्राहरू रहेका छन ।
यस्ताे छ उनकाे भनार्इ जस्ताकाे तस्तै 
सोझा थारुहरुलाई थारुवान राज्य दिन्छम भनेर बली चढाए । आज थारुलाई गधा जस्तै भारी बोकाउन खोजेर राजनैतिक दास बनाउन खोजे पछि मैले पनि बाम गथबन्धन्बाट स्वतन्त्र उम्मेदवारी दिएं।कार्वाही गर्ने रे!कार्वाही गर्नु पुर्व हिजो बहादुर भएर लडाइँ गर्दा मेरो अंग भंग भयको शरीर फिर्ता गर्न त नसकौला प्रचण्ड !तर मेरो पेटमा एउटा गोलि वंकी छ त्यो झिकेर लैजानु तिम्रा बुहारीहरुलाई गहना बनाउन काम लाग्ला प्रचण्ड र बर्षमान महाराज !!!!अनि मात्र तिम्रो कदम मलाई स्विकार्य छ ।
http://kusenews.com बाट साभार