आजकाल म दैनिक डायरी सामाजिक सञ्जालमा लेखिरहेको छु । यसले सामाजिक–संवाद बढाउन मद्दत गरिरहेको मात्रै छैन् सहमति र विमतिमा छलफल समेत हुने गर्छन् । सेन्सरहिन र गेटवे वेगरको यो पत्रकारिताले छुट्टै आनन्द दिइरहेको छ पनि । सामाजिक सञ्जाल र वैकल्पिक मिडिया बनेका अनलाइनहरूले कर्पाेरेट मिडिया, मिडिया टाइकुन र मिडियालाई राज्य र आफूलाई त्यसका शासक सोच्ने ‘मिडिया आंतकवादीका’ त्राहिमामलाई समेत चुनौती दिएको छ । महासमुन्द्रमा सिपीको खोजजस्तै अनलाइन र सामाजिक सञ्जालका एक्टिभिस्ट वा बल्गर छान्नुचाहिँ चुनौती हो । धेरै दिनसम्म अनलाइनमा स्तम्भ लेखेँ, त्यसले सन्तुष्टि नै दिएको थियो । व्यस्तताका कारण नियमितता दिन सकिएन् अव टुटेको कडीलाई जोड्दैछु । गम्भीर पाठकसँग अब नियमित अनलाइनमा समेत उपस्थित हुने छु ।
महासमुन्द्रमा सिपीको खोजजस्तै अनलाइन र सामाजिक सञ्जालका एक्टिभिस्ट वा बल्गर छान्नुचाहिँ चुनौती हो । धेरै दिनसम्म अनलाइनमा स्तम्भ लेखेँ, त्यसले सन्तुष्टि नै दिएको थियो । व्यस्तताका कारण नियमितता दिन सकिएन् अव टुटेको कडीलाई जोड्दैछु । गम्भीर पाठकसँग अब नियमित अनलाइनमा समेत उपस्थित हुने छु ।
जव म इतिहास, आर्दश, पार्टी र सिद्दान्तका कुरा उठाउँछु– मेरा मित्रहरु, कमरेडहरुलाई काउसो लाग्छ । कमरेड डा. लारकेल लामा र क.दीपक मनांगे मलाई द्धन्दात्मक ऐतिहासिक भौतिकवाद र नेपाली कम्युनिस्ट आन्दोलनका रणनीति र कार्यनीतिको प्रशिक्षण दिन आइपुग्छन् जव प्रजातान्त्रिक समाजवादको कुरा गर्न थाल्छु तब धनराज गुरुङ कता अल्पिन्छन्, कुन्नी ! गणेश लामा सोसलिष्ट इन्टरनेसनलका र समाजवादी अर्थव्यवस्थाका व्याख्या डा. रामशरण महत गर्न थाल्छन् । म ट्वाँ पर्छु । एक हप्ता नटिक्ने भिजिनरी नेता डा. बाबुराम भट्टराईको एकहप्ते अडान नियाल्छु । चालु राजनीति त्यसैलाई आत्मसात् गर्न भन्छ । म असमर्थ मात्रै हैन् पिच्च थुकिदिन्छु, हो त्यसैवेला फेरिन्छ, सबैकुरा । तव भीडमा एक्लो हुनुपर्छ । आजै चुनावमा आएका भूतपूर्व मेरा कमरेडलाई लालसलाम नभनेकोमा आँखा तरे । मौसम चुनावको छ, चालु विषयमै आफ्ना कुरा थालौँ ।
संसदीय चुनावी अभ्यास गरिरहेका अन्य ‘प्रजातान्त्रिक’ मुलुकहरूमा यस्तै चुनावी घरदैलो र नाटकीय प्रचार–प्रसार हुँदैन् । आश्वासन बाँड्न र सुन्न एकहुल ‘आशावादीहरू’ एउटा चटकेलाई सिंगारेर भर्खरै हिडे । सुखद बाँच्ने तरिका भनेको ‘आशावादी’, आज्ञानी र सूचनाहीन हुनुको मजै अर्कै हुन्छ । मान्छेले सोच्ने जिम्मा पण्डित, लामा, पुजारी, पादरी, नेता र मुल्लाहरूलाई दिएर सोच्नु, तर्कशील हुनु भनेको कार्य, कारण र परिणामको वास्ता नगर्ने खुरूखुरू हिड्ने लुरूलुरू लर्कने हाँइसन्चे मान्छे हुन । सोच्ने दिमागले दुख पाउने शरीरले त्यस्ता मनुवाहरूले यस्ता मजै पाउँनै सक्दैनन् । त्यही भीडबाट एउटाले प्वाक्क सोध्यो, –तिम्रो मतदान गर्ने उम्मेदवार को र कस्तो हो ? मेरो उम्मेदवारको गुण, हैसियत, अपेक्षा र योग्यताको यसरी सिलसिलेवार बखान गरेँ–
१) राजनीतिक, सामाजिक आर्थिक र सांस्कृतिक परिवर्तन यथास्थितिमा हैन् भन्ने मूल्य, मान्यता र संस्कृतिलाई जीवन व्यवहारमै प्रयोग गर्ने ।
२) पार्टी सिद्दान्तलाई समाज परिवतर्नको ज्यावल बनाउने, त्यसले गरेको दिशानिर्देशन अनुसार शासकीय भूमिकामा उतार्न, आफ्ना सम्पूर्ण जीवन खर्च गर्ने प्रतिबद्दता मात्रै हैन् व्यवहारमै देखिने ।
३) राजनीति व्यवसाय हैन् समाजसेवा, राष्ट्रसेवा र मानवसेवा भन्ने मान्यता राख्ने ।
४) नीतिगत र व्यक्तिगत भ्रष्टाचारमा सामेल नहुने, भएमा सामाजिक दण्ड भोग्न तयार हुने । आफ्ना पार्टी वा समूहले गरेका कुनैपनि अपराधमा सामेल नहुने मात्रै हैन् त्यसको सार्वजनिक भण्डाफोरको अगुवाइ गर्दै अन्दोलनको अगुवा पनि बन्ने ।
५) जाति, धर्म, समूदायका नाममा राजनीति नगर्ने ।
६) व्यक्तिको धर्मप्रति नीजि आस्था हुन्छ, तर राज्यको कुनै धर्म हुँदैन् भन्ने मान्यता राख्ने ।
७) अल्पमत र उत्पीडित समूदाय, धर्म, जाति, लिंगको हकको लागि हातेमालो गर्दै अधिकार र स्वाभिमान प्राप्तिको लडाइँमा सरिक हुने ।
८) विज्ञानको आँखीझ्यालबाट जीवन र जगतलाई हेर्न, बुझन र आत्मसात् गर्न प्रेरित गर्ने ।
९) मानवताका सामुन्ने देशलाई, राष्ट्रका सामुन्ने जाति र समुदायलाई, जाति र समुदायको हित सामुन्ने व्यक्तिगत विषयलाई महत्व नदिने ।
१०) समाजवादका विरूद्द राष्ट्रिय र अन्तर्राष्ट्रिय एजेन्सी र अभियानको विरूद्द आफुलाई सरोकार बनाउने डब्लुबि, आइएमएफ, एडिबी... आइएनजिओको मार्ग निर्देशनमा नचल्ने ।
११) शितयुद्दको ह्यांगओभर मुक्त ।
१२) समग्रमाः सर्वे भवन्तु सुखिना, सर्वे सन्तु निरामया । सर्वे भद्राणि पश्यन्तु मा कस्चिद् दुःख भाग्जन ।। भन्ने हाम्रा मानवतावादका प्रतिनिधि बन्ने नैतिकपुजी र इच्छाशक्ति भएका । तर ती कुरा गम्न चुनावी मौसममा कसैलाई फुर्सद र चिन्ता हुँदैन् । यसैपनि चौथी, गाईजात्रा, होली र अप्रिलफुलका दिनमा भनिएका कुरा गम्भीर तरिकाले लिइँदैन् । अझ झुट बोल्न छुट दिने चुनावी गफ झुठेपर्व नै हो ।
चुनावमा आन्तरिक फ्याक्टरले मात्र निर्णायक हुँदैनन् । मिडियामा प्रोपोगन्डा बनेका विषय मिहिन पाराले नियालौँ र ग्राउन्ड गतिविधि सुक्षम अध्ययन गरौँ । आफ्ना विषयमा कुरा गर्नु अरूको विरोध वा अन्धराष्ट्रवादी हुनु हैन् । अन्यन्त्रका उदाहरणले शिक्षा लिनु नागरिक जाग्राम हुनु हो । चुनावका बेला चौतर्फी आँखा लगाउनुपर्छ । को, कुन कभरमा कस्तो लोकप्रिय नारामा कसरी आँउछ भनेर परिणामप्रति चनाखो हुनुपर्छ । हामी अति भूसंवेदनशील भूगोलमा छौँ । ठूला छिमकीको ढुकुरको जस्तो छाती छ । आफु हारेर पनि देश जिताउने कति उम्मेदवार चुनावी मैदानमा छन्, नियालौँ । केही उदाहरण हेरौँ –
१) जिग्मी वाई थिन्लेले प्रधानमन्त्रीका रूपमा भुटानलाई भारतको आलिंगनबाट फुत्काएर विश्व विरादरीमा पुर्याउने, कूटनीतिक भेटघाट गर्ने, चिनियाँ सहयोग स्विकार्ने जस्ता काम गरेर भारतका आँखामा बिझाए । उनले चिनियाँ प्रधानमन्त्री बेन जियाबाओसँग २०१२ जुन २१ मा ब्राजिलमा भेटेपछि थिन्ले सरकारविरुद्द नाकाबन्दी भयो । चुनावमा छिरिङ तोब्गेद्वारा पराजय भोगे । डोकलाम घटना ताजै छ ।
२) तामिल विद्रोह दवाउने श्रीलंकाका राष्ट्रपति महिन्द्रा राजापाक्षले जित्छु भन्ने आत्मविश्वासका साथ समयपूर्व नै चुनाव घोषणा गरेको निर्वाचन (२४ पुस २०७१) मा अनपेक्षित पराजय भोगेपछि ‘साउथ चाइना मर्निङ पोस्ट’ लाई दिएको पहिलो अन्तर्वार्ताः । ‘मैले मित्र मुलुकका विरुद्ध श्रीलंकाली भूमि कहिल्यै प्रयोग नहुनेमा आश्वस्त पारें, तर तिनी (भारतीय) हरूको विचार अर्कै रहेछ ।’ श्रीलंकामा चिनियाँ लगानी र सहयोग भित्रयाएको राजापाक्षे सरकार दिल्लीलाई अँखाको कसिंगर बनेको थियो
राजापाक्षकै स्वास्थ्यमन्त्री मैथ्रिपाला सिरिसेनालाई राष्ट्रपतिको उम्मेदवार बनाउन पूर्वराष्ट्रपति चन्द्रिका कुमारातुंगा, पूर्वप्रधानमन्त्री रनिल विक्रमसिंघेलगायतका नेताहरूलाई ‘रअ’ ले एकैठाउँमा उभ्याएको थियो । बेलायती समाचार संस्था रोयटर्सले राजापाक्षको पराजयमा भारतीय गुप्तचर संस्था ‘रिसर्च एन्ड एनालाइसिस विङ’ (रअ) को भूमिका रहेको सनसनीपूर्ण समाचार सार्वजनिक गरेको हो ।
भारतले साना छिमेकीलाई अठ्याउनुपर्यो भने कति सजिलै नाकाबन्दी अस्त्र प्रयोग गर्न पुग्छ र कसरी त्यहीँका राजनीतिक पार्टीभित्र खेल्छ । यसै चुनावमा पनि ध्यान दिँउ सतहमा नदेखिएका कुरा नहुने भने हैन् ।
अज्ञात समूह बम गोला पडकाउँदैछ, विप्लव समूहका कमरेडहरु गिरफ्तार पर्दैछन् । यसको साइनो बुझ्न सक्दिन् । बाबा झक्कु प्र. सुवेदी काठमाडौं र ससुरा हरिबोल गजुरेल सिन्धुली चुनावी मैदानमा उत्रिएका छन् । छोराज्वाई सन्तोष सुवेदी भने चुनाव बहिस्कार क्रममा रोल्पामा गिरफ्तार छन् ।
चितवनमा एमाले अखिल अध्यक्ष नविना लामा चुनावी कमान्डर छिन् बाबा माणिक लामा भने गिरफ्तार छन् । भनिन्छ, राजनीति रक्तपातहीन युद्द हो भने प्रत्यक्ष युद्द रक्तपातयुक्त राजनीति हो । सनातनीहरूले अघोषित युद्द समाजमा थोपरिरहेका हुन्छन् भने क्रान्तिकारीले भने स्वत् युद्दविरूद्द लालयुद्दको प्रत्यक्ष घोषणा गरेर मात्र भूमिकामा उत्रिन्छन् । क्रान्तिकारीहरू अत्यन्तै जटिल अवस्थामा मात्र हतियारका भाषा बोल्छन् । आंतक र भयले समाजको समर्थन पाउन सकिँदैन् भन्ने विश्वस्त हुन्छन् । अघोषित युद्द वा बम गोलाको प्रयोग या त आतंकवादीले गर्छ या अपराधिक तत्वले । सुषुप्त समाजमा जागृति फैलाउन् हस्तक्षेप आवश्यक भएपनि क्रान्तिकारी उद्देश्यले समाज परिवर्तनकर्ममा आदेशले समाज परिवर्तन गर्छ भन्ने मान्यता राख्दैनन् । अज्ञात समूह बम गोला पडकाउँदैछ, विप्लव समूहका कमरेडहरु गिरफ्तार पर्दैछन् । यसको साइनो बुझ्न सक्दिन् । बाबा झक्कु प्र. सुवेदी काठमाडौं र ससुरा हरिबोल गजुरेल सिन्धुली चुनावी मैदानमा उत्रिएका छन् । छोराज्वाई सन्तोष सुवेदी भने चुनाव बहिस्कार क्रममा रोल्पामा गिरफ्तार छन् । चितवनमा एमाले अखिल अध्यक्ष नविना लामा चुनावी कमान्डर छिन् बाबा माणिक लामा भने गिरफ्तार छन् ।
विचार/मनोयुद्दको मचान-
नरेन्द्रजंग पिटर चुनाव एक सन्देश अनेक बने । शान्ति युद्दका जटिलता बुझ्न, बदलिँदो समाज र राजनीति बुझ्न नयाँ विमर्शको आवश्यक छ । दृष्टिले मात्र नियाल्न सकिदैन, दृष्टिकोणका चस्मा पनि लगाउनुपर्छ । के तपाइँ हामी दृष्टिकोणको चस्मा लगाउन तयार त हुन्छौँ ?
http://samachardainik.com बाट साभार
No comments:
Post a Comment