Monday, October 16, 2017

बाबुराम–नारायणकाजी ‘भिडन्त’ : गोरखाली युवा विश्लेषकको ‘तीखो’ टिप्पणी…


काठमाडौं, ३१ असोज २०७४ ।

Baburam_Narayankaji
विगतदेखि नै माओवादी आन्दोलनप्रति सद्भाव राख्दै आएका एक सञ्चारकर्मी एवं युवा राजनीतिक विश्लेषकले नेकपा (माओवादी केन्द्र) र नयाँ शक्तिप्रति तीखो टिप्पणी गरेका छन् ।
डा. बाबुराम भट्टरार्इ र नारायणकाजी श्रेष्ठबीच चुनावी भिडन्तबारे राजनीतिक रंगमञ्चमा चर्चा चलिरहेका बेला गोरखा नै घर भएका सञ्चारकर्मी यादव देवकोटाले सोही सेरोफेरोमा कडा टिप्पणी गरेका हुन् ।
मंगलबार बिहान फेसबुकमार्फत १० बुँदे स्ट्याटस लेख्दै देवकोटाले डा. भट्टरार्इप्रति ‘मौन सदाशयता’ दर्शाउँदै माओवादी केन्द्र र नारयणकाजी श्रेष्ठमाथि कडा प्रहार गरेका हुन् ।
यस्तो छ देवकोटाको १० बुँदे स्ट्याटस–
– माओवादी केन्द्र र एमाले दुवै वामपन्थी हैनन्, बरु उनीहरु वामपन्थको बद्नाम गरेर नाफामूलक व्यापार चलाइरहेछन् । उनीहरु र नयाँ शक्तिमा नामबाहेक केहीमा फरक छैन।
– माओवादी केन्द्र र एमाले दुवैले मार्क्सवादको नाममा व्यापार गरिरहेछन्, यिनीहरु दुवै मार्क्सवादी पार्टी हैनन् ।
– जनतालाई ठग्ने, झुक्याउने, निजी स्वार्थ पूरा गर्ने मामलामा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, नयाँ शक्तिमा कुनै भिन्नता छैन ।
– कांग्रेससँग घोषित एकता गरेर प्रचण्डले चितवनमा उपमेयरमा रुखमा भोट हाल्न मिल्ने र बाबुरामले रुखवालाको भोट लिनु नहुने गुलामहरुको रोदन मात्रै हो ।
– आजको दिनमा संसदीय आहालमा नै पौडने हो भने कांग्रेस, एमाले, माके, नयाँ शक्ति, राप्रपा, फोरम, राजपामा कुनै भिन्नता छैन । फगत भावनात्मक ब्ल्याकमेलिङबाहेक ।
– बाबुरामले अब ठूलो पद पाउँदैनन्, त्यसैले उनलाई किन भोट दिने भनेर माके गोर्खाका मानिसको टिप्पणी पढिएको छ । त्यसो भए अमर तमु, छम गुरुङहहरुलाई गोर्खामा कुन चमत्कारका लागि भोट माग्दै हिँडाएको हिजो ? जनतालाई बेबकुफ बनाउन ?
– बाबुरामको राजनीति विद्रुप छ तर गोर्खामा बाबुरामले जति काम गरेको अर्को कुनै बहादुर छ अघि आउन सक्ने तथ्यसहित म छु यो–यो तथ्यका अधारमा भन्ने ?
– नारायणकाजीले अवसर पाएनन् र गोर्खामा केही गर्न सकेनन् भन्ने कुतर्क छ । उनी गृहमन्त्री, उपप्रधानमन्त्री, सांसद भएका हैनन् ? कतिवटा माखो मारे गोर्खामा ? उनको तुलना कुन–कुन तथ्यका आधारमा हुने हो ?
– गोर्खामा जनताहरु धमाधम जनयुद्धमा शहादत भैरहँदा नारायणकाजी कहाँ थिए ? जनयुद्धलाई फाँसीवाद भन्ने उनी जनयुद्धको आधारमा गोलबन्द भएका जनतासँग कसरी मत माग्न सक्छन् ?
– जनयुद्ध प्रचण्ड, बाबुराम दुवैले छोडेको र विद्रुपीकरण गरेको हो । प्रचण्ड, नारायणकाजीहरु कसरी बाबुरामभन्दा बढी कम्युनिस्ट र माओवादी आन्दोलनका उत्तराधिकारी हुन् ? तथ्यसहित तर्क गर्न आउने हिम्मत छ कसैमा ?
http://newskoseli.com बाट साभार 

No comments:

Post a Comment