Sunday, January 15, 2017

अब यो व्यवस्था नै रहँदैन! मुलुकमा राजतन्त्र आउँछ !- -प्रकाश कोइराला

'८ वर्षदेखि सहमतिको राजनीति भयो । तर, मैले त्यति राम्रो स्थिति देखिराखेको छैन । मलाई कता-कता के लागिरहेको छ भने यो व्यवस्था नै कता-कता पुरानो व्यवस्थामा परिणत हुन थालिरहेको छ । अब यो व्यवस्था नै रहँदैन । अब यसमा आमूल परिवर्तन हुन्छ । ०४७ सालकै संविधान आउने सम्भावना देखिराखेको छु । मोदीले के भेनेका छन् भने १७ वर्षसम्म भारतको नेपालप्रतिको जुन नीति थियो, त्यसमा म संशोधन गर्छु । योभन्दा पहिले नेपालमा भद्रगोल थियो, भद्रगोलै गराएको हो ।
भारतले १२ बुँदे सम्झौता गराउँदा अमेरिका र अन्य राष्ट्रहरुको पनि समर्थन लिएको थियो । भारतको एजेन्डा गणतन्त्रमात्रै थियो, पश्चिमाहरुले धर्म निरपेक्ष पनि राख्नुपर्छ भने । संघीयता पनि थप्न लगाए । भारतको मूल चाहना के थियो भने राजतन्त्र जाओस्, त्यसपछि देखा जाएगा । तर, यो ८/९ वर्ष अगाडिको कुरा हो, तर अब अन्तरराष्ट्रिय स्थितिमा धेरै फेरबदल आइसकेको छ, अब भारतले नेपालबारे समर्थन जुटाउनका निम्ति पश्चिमा मुलुकको अनुहार हेर्दैन । उसले चीनलाई हेर्छ । चीन जब ल्याटिन अमेरिका पुग्छ, अफि्रका पुग्छ भने उसले नेपाललाई छाड्छ ? छाड्दैन ।
अन्तरराष्ट्रिय स्थिति नै भत्किन थालिसकेको छ । नेपाल एकदम कमजोर छ । फेलियर स्टेट हुन लागिसक्यो । हेर्नोस् न त्यही पृथ्वीनारायण शाहको शालिक तोड्ने यी नेताहरु पृथ्वी जयन्तीमा प्रधानमन्त्री जानुभएन । मैले तपाईलाई पहिले पनि भनिसकें, अब चीन पनि फ्याक्टर रहन्छ नेपालमा । ८ वर्ष्अगाडि नेपालको राजनीतिमा चीन काहिँ थिएन । राजाले प्रयास गर्दाखेरि पनि दलहरु नमिल्ने, सबैलाई प्रधानमन्त्री हुनुपर्ने, १०/१२ जना उम्मेदवार थिए । त्यसैले राजासँग कुनै उपाय नभएको हुनाले राजाले त्यो कार्यकारिणी अधिकार लिए । यो मुलुकमा राजतन्त्र आउँछ, लेखेर राख्नोस् । कसैले रोक्न सक्दैन ।' 

-प्रकाश कोइराला (वीपी कोइरालाका छोरा )

दीर्घराज प्रसाईंको फेसबुक वालबाट 

No comments:

Post a Comment