एकीकृत नेपाल कम्युनिस्ट पार्टी (एमाओवादी)को पार्टीपंक्ति यतिखेर सार्वजनिक बहसमा उत्रेको छ । विधि र अनुशासनको हिसाबले यो सार्वजनिक बहस कति उपयुक्त छ भन्ने प्रश्न त उठिरहेकै छ तथापि यो मुख्य विषय होइन । बहसको प्रकृति र विषयवस्तु मुख्य हो । त्यो त हाम्रो पार्टीपंक्ति तीव्र बहसमै छ । छलफलका लागि अध्यक्षको तर्फबाट केन्द्रीय समितिमा २५ बँुदे प्रस्ताव प्रस्तुत भएपछि त्यो बहस उत्कर्षमा छ । यद्यपि, उक्त छलफल संविधान निमार्णको प्राथमिकताका कारण हाल रोकिएको छ । त्यस बहसका विषयवस्तु एकप्रकारले सार्वजनिक पनि भइसकेका छन् । नवीनतम विचार, राजनीति, संगठन र कार्यशैलीका आधारमा पार्टी नवनिर्माण गर्ने अन्तर्वस्तुसहितको अध्यक्षको उक्त प्रस्तावमाथि छलफल गरेर वैज्ञानिक निष्कर्ष निकाल्नुपर्ने आवश्यकता छ ।
तर, कतिपय पार्टीका जिम्मेवार कमरेडले यो यथार्थलाई मात्र होइन, संविधान निर्माणको पेचिलो स्थितिलाई समेत ख्याल गरेको देखिएन । प्रतिक्रियावादी र अवसरवादीका चौतर्फी घेराबन्दीका बाबजुद शक्ति–सन्तुलनलाई बढीभन्दा बढी आफ्नो पक्षमा पारेर सापेक्षिक अग्रगामी संविधान बनाउन नेतृत्व लडिरहेका वेला सार्वजनिक भेला गरी पार्टी र नेतृत्वविरुद्ध विषवमन गरेर कमरेडहरू कसलाई मद्दत पुर्याइरहनुभएको छ ?
यसरी एकता
शक्ति–सन्तुलनको वर्तमान स्थितिमा संविधानसभाबाट अग्रगामी संविधान बन्दैन, नेतृत्वले धोका दियो भन्ने कमरेडहरूलाई लागेको हो भने यसको जवाफ इतिहासले दिनेछ । अहिले भन्नु केही छैन । ०५१ सालमा जनयुद्धमा जानु आत्मघाती कदम हो भनेर पार्टी विभाजन गरी कमरेडहरू एउटा अतिमा जानुभयो । तर, पछि एकता केन्द्रको नेतृत्वमा क.नारायणकाजी श्रेष्ठ ‘प्रकाश’को भूमिका र प्रभाव बढ्न गएपछि शान्तिपूर्ण संघर्षमा रहेको एकताकेन्द्र र जनयुद्धमा गएको माओवादीबीच क्रमश: सहकार्य बढ्दै गएर ०६२/०६३ को जनआन्दोलनपछि विकसित परिस्थितिमा कार्यदिशासमेत मिल्न गई एकता प्रक्रिया अगाडि बढ्यो ।
पहिलो संविधानसभाको चुनावपछि एकता सम्पन्न भएर एकीकृत नेकपा (माओवादी) बनेको विषय जगजाहेर नै छ । अहिले पार्टी र आन्दोलन संकटमा परेको स्थितिमा अर्को अतिमा गएर पार्टी र नेतृत्व ९९ प्रतिशत कम्युनिस्ट नै होइन भनेर विकल्प खोजिरहनुभएको छ । नेतृत्व सडक, सदन र टेबलमा जनताको पक्षमा निरन्तर सक्रिय रूपमा लडिरहेको यथार्थलाई बिल्कुलै ध्यान नदिएर प्रचण्ड र बाबुराम कम्युनिस्ट नै होइनन् भन्ने हो भने नेपालमा सच्चा कम्युनिस्ट पार्टी र नेता कुन र को हुन् देखाइदिए क्रान्तिप्रति चिन्तित सबैलाई सजिलो हुने थियो । असन्तुष्ट कमरेडहरूको नियतमा शंका गरेको होइन, उहाँहरूको चिन्ता पनि पार्टी र क्रान्तिकै होला तर वर्तमानमा यस्ता अभिव्यक्ति र गतिविधिले प्रतिक्रियावादी वर्गलाई नै फाइदा पुर्याउँछ । यदुवंशीको नियति नहोस्, ख्याल पुर्याऊँ ।
आलोचनाको होड
यतिखेर प्रचण्ड, बाबुराम र नारायणकाजीदेखि तल्लो तहसम्मका नेता र कार्यकर्तामा पार्टीप्रति चिन्ता छ । कोही पनि सन्तुष्ट छैन । गत केन्द्रीय समितिको संक्षिप्त बैठकमा अध्यक्ष प्रचण्ड स्वयंले मुख्य दोष लिँदै भन्नुभएको थियो, ‘यतिखेर पार्टी कम्युनिस्ट पार्टी जस्तो छैन, हामी नेता–कार्यकर्ता कम्युनिस्टजस्ता छैनौँ । हामी सबै मिलेर बिगार्यांै, सबै मिलेर बनाऔँ ।’ यतिखेर पार्टीले सामना गरिरहेको समस्याको प्रकृति राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय पनि हो । यसको सम्बन्ध विचारको विकासको आवश्यकतासँग जोडिएको छ भन्दै गर्दा अध्यक्षले प्रतीकात्मक रूपमा जोड दिँदै यो पनि भन्नुभएको थियो, ‘ताला लागेको छ, सबै मिलेर साँचो खोजौँ, यथास्थितिमा अब अगाडि बढ्न सकिँदैन, क्रमभंगमा सोचौँ ।’
नेतृत्वको इमानदारितालाई कसैले पनि कमजोरीको रूपमा किमार्थ लिन मिल्दैन, बरु यो संकटका वेलामा सबैले सहयोगको हात बढाउनु लाभदायक हुन्छ । सजिलो वेला मित्र हुन सजिलो छ, जसले पनि साथ दिन्छ, अप्ठ्यारो बेलामा साथ दिने नै सच्चा मित्र हुन्छ । नेता भीडको पछि लाग्दैन, भीडलाई सचेत जनताको रूपमा बदलेर त्यसको नेतृत्व गर्छ । यतिखेर पार्टीभित्र नेतृत्वको आलोचना गरेर आफ्नो कमजोरी लुकाउने होड नै चलेको छ । हिजो माओवादी र प्रचण्ड जिन्दावाद † भन्न सजिलो थियो, आज मुर्दावाद † भन्न सजिलो छ, यो संकटका वेला हाम्रो भूमिका कस्तो हुनुपर्ने हो, आफैँले बुझ्ने कुरा हो । ‘माछा देख्दा दुलोभित्र हात, सर्प देख्दा दुलो बाहिर हात’ गर्ने प्रवृत्ति कसैलाई पनि राम्रो लाग्दैन । सबै मिलेर बिगार्याँै, सबै मिलेर बनाऔँ । गल्ती प्रचण्ड, वाबुराम र नारायणकाजीको बीस–उन्नाइस हो भने हाम्रो त्योभन्दा अलि कम मात्र न हो ।
‘बालाजु’बाट गत्यावरोध
०४८ को एकता महाधिवेशन, ०५१ को तेस्रो विस्तारित बैठक, ०५४ को चौथो विस्तारित बैठक, ०५७ को दोस्रो राष्ट्रिय सम्मेलन, ०६० को दुम्ला बैठक र ०६२ को चुनवाङ बैठकसम्म माओवादी पार्टीको वैचारिक विकास जनयुद्ध र अन्तर्संघर्षको तीव्रतासँगै तीव्र रूपमा भयो र एकपछि अर्को सफलता प्राप्त हुँदै गयो । मानिसलाई लाग्ने गर्छ, संविधानसभाको निर्वाचनसम्म माओवादी पार्टी एकदम ठीक थियो, त्यसपछि नै बिग्रिन सुरु गरेको हो । तर, यो रूप पक्ष मात्र हो । माओवादीमा वास्तविक वैचारिक गत्यावरोध बालाजुमा सम्पन्न पाँचौँ विस्तारिक बैठकदेखि उत्पन्न भएको हो । वैचारिक गत्यावरोध हुनु भनेको यथास्थितिमा रहनु मात्र होइन, खस्कँदै जानु पनि हो ।
अध्यक्ष प्रचण्डले पेस गरेको प्रस्ताव बालाजु विस्तारित बैठकले नियमत: पारित गरे पनि व्यवहारत: अस्वीकार गरिदियो । त्यहाँ जडसूत्रवादी र अराजकतावादी प्रवृत्तिले नेतृत्वका कार्यशैलीमा रहेका कमजोरीलाई अतिरञ्जित रूपमा सैद्धान्तीकरण गरेर कार्यकर्ताको भावना भड्काउन सफल भयो । यो प्रवृत्ति चुनवाङ बैठकपछि प्रचण्ड र बाबुरामबीचमा पैदा भएको वैचारिक एकतालाई भत्काउन उद्धत थियो । चुनवाङ बैठकको कार्यदिशालाई कमजोर बनाउन प्रचण्ड र बाबुरामबीच यो प्रवृत्तिले निकै खेल्यो । यसले चुनवाङ बैठकको कार्यदिशालाई विकृत बनाइदियो । बालाजुको विस्तारित बैठकमा अध्यक्ष प्रचण्डले पेस गर्नुभएको प्रस्ताव चुनवाङ बैठकको कार्यदिशाको विकसित स्वरूप थियो । शान्ति प्रक्रिया सम्पन्न गर्ने, संविधानसभाबाट अग्रगामी संविधान बनाउने र पार्टीको युद्धकालीन संगठन र कार्यशैलीलाई शान्ति प्रक्रियाअनुकूल बनाउने कुरासँग त्यसको सम्बन्ध थियो । चितवनको केन्द्रीय प्रशिक्षणमा क. मोहन वैद्यले चुनवाङ बैठकको कार्यदिशा सुधारवादी छ भनेको कुराले पार्टीपंक्तिमा भ्रम पैदा गर्यो, जसलाई उपयोग गरेर चुनवाङ बैठकको संश्लेषण भित्रभित्रै मन नपराएको प्रवृत्तिले टाउको उठाउने मौका पायो ।
इतिहास पनि हेरौ
जब आफूले पेस गरेको वैचारिक राजनीतिक लाइन व्यवहारमा प्रस्ट रूपमा प्रमुख नेतृत्वले लागू गर्न पाउँदैन, तब विचारको विकास अवरुद्ध हुन्छ । बालाजु विस्तारित बैठकमा आफ्नो लाइन धरापमा परेपछि अध्यक्ष प्रचण्डले चलाखीपूर्ण तरिकाले ‘मुखमा चुनाव दिमागमा विद्रोह’ भनेर बालाजु विस्तारित बैठकको संश्लेषण गरेर पार्टीलाई तत्काल केही हदसम्म जडसूत्रवाद र अराजकतावादबाट बचाउन सफल हुनु त भयो । तर, सारसंग्रहपूर्ण संश्लेषणले पार्टी र नेतृत्वको वैचारिक एवं संगठनात्मक विकासमा बाधा पुर्यायो । परिणामस्वरूप पार्टीमा विचारको नसबन्धन हुन जाँदा आज यो नियति भएको छ । चीनमा आठौँ महाधिवेशनमा पार्टीमा आफ्नो पकड कमजोर हुँदा चिनियाँ कम्युनिस्ट पार्टी र त्यसका नेता माओ त्से तुङको हालत पनि एमाओवादीको जस्तै हुन गएको थियो ।
पहिलो संविधानसभाको चुनावको परिणामपछि पार्टीभित्र देखापरेको जडसूत्रवादी र अराजक प्रवृत्ति झन् आक्रामक हँुदै गयो । राष्ट्रपतिको चुनाव, प्रधान सेनापति प्रकरण, खरिपाटी भेला र पहिलो संविधानसभा विघटनलगायत साना–ठूला घटनाका लागि त्यो प्रवृत्तिको दबाबले काम गरेको कुरा प्रस्ट छ । त्यसैले, नेतृत्वले विनातयारी र प्रतिकूल अवस्थामा २२७० जना पार्टीपंक्तिको क्रिम फोर्स बालाजु विस्तारित बैठकमा जम्मा गर्नु कति उपयुक्त थियो, समीक्षाको विषय हो । नेतृत्वले आफ्नो सोचअनुसार काम गर्न नपाउने तर दुष्परिणामको अपजस लिनुपर्ने स्थिति कति पीडादायक हुन्छ, त्यो प्रचण्डले अनुभूत गर्ने कुरा हो । हामीले त सहानुभूति दर्साउन मात्र सक्ने भयौँ । त्यसैले इतिहास र वर्तमानको संयोजन नभई भविष्यको आंकलन गर्न सकिन्न । माओवादीको यो इतिहासको प्रत्यक्ष अनुभूति गर्न नपाउनुभएका कमरेड यतिखेर अलि धेरै भ्रमित हुनुलाई अन्यथा लिनुहुन्न ।

दोस्रो संविधानसभाको निर्वाचनपछि नेतृत्व गम्भीर भएकै देखिन्छ । नेतृत्वले गम्भीर आत्मसमीक्षा गरेको छ । आफ्ना र पार्टीका कमजोरीलाई विराटनगर राष्ट्रिय सम्मेलनमा र गत केन्द्रीय समितिमा प्रस्तुत प्रस्तावमा समेटेको मात्र छैन, समस्याको चुरो कहाँ हो भनेर किटान पनि गरेको छ । नेतृत्वले आफूसँग बनिबनाउ समाधान छ भनेर अहंकार पनि गरेको छैन । कारण पत्ता लागेको छ, समाधानका उपाय सबै मिलेर खोजौँ पनि भनेकै छ । सामूहिक संकल्पविना यो अभिभारा पूरा गर्न सकिन्न । कि हामी सबै समाजवादमा पुग्छांैँ कि कोही पनि पुग्न सक्दैनौँ । त्यसैले एक–अर्कालाई गाली गरेर पार्टीलाई झन् कमजोर बनाउनुभन्दा एक–अर्कालाई सहयोग गरौँ । पार्टी, जनता र राष्ट्रलाई निकास दिउ । यो समयको माग हो, आवश्यकताको बोध नै स्वतन्त्रता हो ।
(गजुरेल एमाओवादीका कोषाध्यक्ष हुन्)
(गजुरेल एमाओवादीका कोषाध्यक्ष हुन्)
http://www.enayapatrika.com बाट साभार
No comments:
Post a Comment