Wednesday, August 26, 2015

प्रचण्ड र बाबुरामकै कारण यो हालत भयो : आहुती (विषेश अन्तरवार्ता)

aahuti
विश्वभक्त दुलाल अर्थात् आहुती, एमाओवादीका नेता हुन् । एमाओवादीमा आएको समस्याबारे भन्छन्, ‘प्रचण्ड र बाबुरामको ब्रान्ड हो पार्टी, दुवै नेताहरुका लोकमानसिंह कार्कीलाई अख्तियारमा लैजानेदेखि ल्हारक्याल लामालाई समासद् बनाउनेसम्ममा विवाद छैन । तर उनीहरु दुईको आन्तरिक गुटबन्दीकै कारण एमाओवादी कमजोर भयो ।’ संसारमा कम्युनिष्टको लोप हुँदैछ । ८५ प्रतिशत भूमि कब्जा गरेको भन्नेको हालत खराब छ । यस्तो बेला नेताहरुको गुटबन्दी ठीक होइन । उनीसँगको कुराकानीः


माओवादी आन्दोलनको पछिल्लो अवस्था के छ ?
नेपालमा ०४५–०४६ सालको वरपर पुगेपछि एमालेको जो धारा थियो, त्यसले औपचारिक रुपमा कम्युनिस्ट आन्दोलनको आधारभूत चिजसँग सम्बन्धविच्छेद ग¥यो । त्यसपछि नेपालमा नेकपा (एकताकेन्द्र) बन्ने जो प्रक्रिया सुरु भयो, त्यसले नै सांगठनकि रुपमा पनि सिर्जनात्मक रुपमा पनि नेपाली कम्युनिस्ट आन्दोलनको नेतृत्व गरेर आयो । त्यसको उत्कर्षको रुपमा जनयुद्ध देखाप¥यो । सहायक पक्षका रुपमा जनआन्दोलनहरु भए ।

शान्ति प्रक्रियामा आएदेखि आजसम्म आइपुग्दा मलाई के लाग्दछ भने नेपालमा अहिले संगठित रुपमा कम्युनिस्ट आन्दोलन छैन । माओवादी आन्दोलनका रूपमा रहेको कम्युनिस्ट आन्दोलन विसर्जित हुन पुगेको छ । यतिखेर माओवादी आन्दोलनका रूपमा रहेको कम्युनिस्ट आन्दोलन व्यक्ति, झुन्डहरु र आम समर्थक पंक्तिमा जीवित रहन पुगेको छ । अब सांगठनिक रुपमा समेत यसको पुनर्निर्माण मुख्य एजेन्डा बन्न पुगिसकेको छ ।

कम्युनिस्ट आन्दोलन के कारणले यसरी विसर्जन हुन पुग्यो त ?
यसको कारण के हो भने माओवादी आन्दोलनको मुख्य नेतृत्व पंक्तिले विगत केही वर्षमा आफ्ना तीन आधारभूत सत्वमाथि खेलबाड ग¥यो । एउटा हो– वर्ग पक्षधरता । यसले आफ्नो वर्ग पक्षधरताको विचारमाथिको आफ्नो सत्व छाडिदियो । आध्यात्मवाद र भौतिकवादलाई फ्युजन गराउने भन्ने स्तरको विचलन आउन थाल्यो । यसले सर्वहारा वर्गीय पक्षधरता छोड्दै गयो । दोस्रो, यसले सर्वहारा वर्गको आत्मनिर्णयको अधिकार भन्ने जो हुन्छ, त्यसलाई कमजोर पार्दै विजातीय वर्गको संसर्ग र सिफारिसमा समेत काम गर्न थाल्यो ।

तेस्रो कुरा, जतिसुकै खराब भने पनि जतिसुकै असल भने पनि एउटा सुव्यवस्थित पद्धति भएन भने जति राम्रो विचार भए पनि जति राम्रो पार्टी भए पनि त्यो व्यवस्थित ढंगले लागू हुँदैन । पद्धति–प्रक्रिया पूरै भत्काउने काम ग¥यो यसले । आधारभूत रुपमा यी तीन कुरामा भएको खेलबाडले एकातिर वर्गपक्षधरतासहितको विचारमा ह्रास हुँदै गयो ।

यो ह्रास हुँदै जानु भनेको विजातीय वर्गको पार्टीमा रुपान्तरण हुने प्रक्रिया तीव्र हुनु हो, त्यही भयो । सर्वहारा वर्गको आत्मनिर्णयको अधिकार छोड्दै गएपछि विजातीय पर्यावरणसँग सम्बन्ध बढाउन तँछाडमछाड हुन थाल्यो । विचार र पद्धति–प्रक्रियामा स्खलनको तीव्रतासँगै कम्युनिस्ट मूल्य–मान्यता, नैतिकता ह्रास हुन थाल्यो । समग्रमा भन्दा सांस्कृतिक रुपमा भयावह विजातीयकरणको प्रक्रिया अगाडि बढ्यो र त्यो बढी नै रहेको छ ।

विघटित कम्युनिस्ट आन्दोलनलाई पुनर्संगठित गर्न अब के गर्नुपर्ला ? के छन् त उपाय ?
संगठित गर्ने उपाय नहुने भन्ने त हुँदैन किनकि आवश्यकता भएपछि उपाय निस्कन्छ नै । नेपाली समाज र विश्व समाजमा रहेको श्रमजीवी वर्गको मुक्तिको समस्या समाधान पुँजीवादबाट सम्भव छैन । जतिसुकै सुधारिएको पुँजीवादले पनि सम्भव छैन । पुँजीवाद आफैं पनि तीव्र संकटमा फस्दै गएको छ । त्यसैले स्वाभाविक रुपमा समाजवादी क्रान्तिका निम्ति कम्युनिस्ट आन्दोलन अनिवार्य छ । त्यसका निम्ति एक, नेपाली कम्युनिस्ट आन्दोलनको ६५ वर्षको सिंहावलोकन हुनु जरुरी छ ।

दुई, ६५ वर्षमा माक्र्सवादी भनेर अमाक्र्सवादी अवधारणाहरु कम्युनिस्ट आन्दोलनमा के–के लागू हुन पुगे भनेर संश्लेषण आवश्यक छ । तीन, कम्युनिस्ट आन्दोलनले नेपाली समाजको सर्वांगिण विशिष्टतालाई रणनीति र कार्यनीति निर्धारणको आधारभूत आधार बनाउनेबारेमा भएको त्रुटिका विषयमा गम्भीर छलफल आवश्यक छ । चार, नेपाली कम्युनिस्ट आन्दोलनको कार्यशैलीको मुख्य पक्ष षड्यन्त्रमा आधारित हुँदै आयो, त्यसबारे नयाँ छलफल जरुरी छ । पाँच, कम्युनिस्ट आन्दोलनमा बहुमत–अल्पमत र भिन्नमतबीचको सम्बन्ध र अन्तर्संघर्ष सञ्चालनको विधिलाई पुनरावलोकन गरी सही निष्कर्ष निकाल्न सक्नुपर्दछ । छ, कम्युनिस्ट आन्दोलनमा रहेको अपारदर्शिताको रोगबाट मुक्त गर्न पारदर्शितासम्बन्धी विधिको विकास गर्नुपर्दछ ।

सात, कम्युनिस्ट आन्दोलन राजनीतिक सत्ता प्राप्तिको आन्दोलन मात्र नभई यो विश्वदृष्टिकोण परिवर्तनको आन्दोलन भएकाले सांस्कृतिक रुपान्तरणको विषयलाई तत्कालीन आवधिक कार्यसूचीमा कसरी नीतिगत रुपमा ढाल्ने भन्ने विषयमा नयाँ निष्कर्षमा पुग्नु जरुरी छ । आठ, मालेमावादका आधारभूत प्रस्तावनाहरुको दृढतापूर्वक रक्षा गर्दै आजको नयाँ स्तरको साम्राज्यवादी माहौललाई परास्त गर्न मालेमावादमा आवश्यक विकासका निम्ति काम गर्दै जानुपर्दछ ।

नौ, आजको एक्काईसौं शताब्दीको विश्वबाट समाजवादी क्रान्ति र वैज्ञानिक समाजवाद प्राप्तिको स्पष्ट रणनीति र व्यापक खाका तयार पार्न लागिपर्नु पर्दछ । र दस, माक्र्सवादी पद्धति, विज्ञानको गुदी कुरा भनेको आलोचनात्मक चेतसहितको क्रान्तिकारी र अन्ततः आम समाज निर्माण गर्ने कुरा हो । तर, सिंगो कम्युनिस्ट आन्दोलनमा आलोचनात्मक चेतलाई प्रबद्र्धन गर्नेभन्दा त्यसलाई कुन्ठित गर्ने प्रक्रिया नै मुख्य रुपमा हावी हुँदै आयो । तसर्थ, यस विषयमा नयाँ संश्लेषणतिर बढ्नु पर्दछ ।

यसप्रकार समग्रमा भन्दा नेपाली कम्युनिस्ट आन्दोलनको सामन्तवादविरोधी आधारभूत चक्र सकिएको छ । अब पुँजीवादविरोधी समाजवादी क्रान्तिको चक्र सुरु भएको छ । त्यस चक्रमा सफलतापूर्वक अगाडि बढ्न सैद्धान्तिक, राजनीतिक र संगठनात्मक सबै विषयमा सिंहावलोकनसहित अगाडि बढ्ने संकल्प गर्दा नेपाली कम्युनिस्ट आन्दोलन फेरि नयाँ तागतका साथ अगाडि बढ्न सम्भव छ र बढाउनै पर्दछ ।

पार्टी यो हालतमा पुग्नुमा शीर्ष नेताहरुको के–कस्तो भूमिका रहेको ठान्नुहुन्छ ?
माओवादी पार्टी प्रचण्ड–बाबुराम ‘ब्राण्ड’ मा बनेको पार्टी हो । ‘ब्राण्ड’ भनेको ‘व्यापारिक’ शब्द हो, मैले बुझाउन मात्र यो शब्दको प्रयोग गरेको हुँ । यो पार्टीको आधारभूत नेतृत्व को हो त भनेर हे¥यो भने दुनियाँले बुझ्ने कुरा के हो भने यो पार्टी प्रचण्ड–बाबुरामको पार्टी हो । यी दुइ मुख्य नेतृत्व हुन् । त्यसकारण माओवादी आन्दोलन अहिलेको हालतमा पुग्नुको मुख्य कारण प्रचण्ड–बाबुराममा देखापरेको समस्या नै हो ।

यो अद्र्धशताब्दीको सबैभन्दा ठूलो सामन्तवादविरोधी प्रहार भनेको जनयुद्ध हो । त्यो अवधिसम्ममा सबैभन्दा बढी सिर्जनशील भएर, सबैभन्दा बढी काम गरेको र सफल भएको नेता पनि उहाँहरु नै हो । उहाँहरुले गरेको योगदान इतिहासमा सुरक्षित हुनेवाला छ । यसको मतलब के पनि होइन भने उहाँहरुले जे चिज गर्न सक्नुभएन, त्यसबारे पनि मौन बस्नु पर्दछ । त्यसैले पार्टी यो अवस्थामा पुग्नुमा उहाँहरु दुई जनामा भएको गडबडीले नै मुख्य रुपमा काम गरेको छ । त्यसपछिका नारायणकाजी श्रेष्ठलगायतका नेताहरु सबैको पनि यो अवधिमा भएको भूमिकाबारे आवश्यक मूल्याङ्कन हुनै पर्दछ र हुने नै छ ।

अहिलेको स्थितिमा प्रचण्ड–बाबुराम मिल्दैमा पार्टीका सबै समस्या हल होलान् त ?
अहिलेसम्म पनि उहाँहरुको आधारभूत लाइन एउटै छ । उहाँहरुले राजनीतिक रुपमा पार्टीभित्र वा बाहिर प्रभावशाली हुनका लागि आ–आफ्नो फरकपन भएजस्तो देखाउनु अर्कै कुरा हो । आधारभूत रुपमा उहाँहरुको कुन कुरामा फरक छ ? जस्तो– शान्ति प्रक्रियामा आउने कुरामा फरक छ ? छैन । संविधानसभामा जाने विषयमा फरक छ ? छैन । दोस्रो संविधानसभा निर्वाचनमा जाँदा प्रधानन्यायाधीशलाई मन्त्रिपरिषद्को प्रमुख बनाउने विषयमा फरक मत छ ? छैन ।

लोकमानलाई अख्तियारमा लैजाने कुरामा फरक मत छ ? छैन । ल्हारक्याल लामालाई सभासद बनाउन वा माथिल्लो कर्णालीको सम्झौतामा फरकपन छ ? छैन । आम रुपमा सांस्कृतिक जीवन उस्तै छ । अब फरक कहाँ छ त भन्दा अहिले गर्नु नपर्ने कुरामा फरक छ । जहाँसम्म उहाँहरुले आ–आफ्ना गुटहरुलाई चलाउने कुरा छ, त्यो त पुँजीवादी पार्टीमा पनि स्थायी प्रकारका गुट त चलिहाल्छन् नि । पुँजीवादी पार्टीमा समेत स्थायी प्रकारका गुट त तलसम्म हुन्छन् ।

स्थायी प्रकारको गुट कसैले बनायो भन्दैमा त्यो विचार–राजनीतिमा फरक हुने कुरा हो र ? पार्टीभित्र आ–आफ्नो राजनीतिक अस्तित्वलाई सुरक्षित गर्न वा समग्र राजनीतिमा एउटा हैसियत निर्माण गर्नका निम्ति पनि गैरसर्वहारावर्गीय स्थायी प्रकारका गुटहरु कम्युनिस्ट आन्दोलनमा पनि बनेका छन्, बुर्जुवा पार्टीहरुमा त झन् स्वतः बनेका छन् नै । त्यसको आधारमा उहाँहरु फरक त हुनुभएन नि !

उसोभए तपाईं प्रचण्ड–बाबुरामका बराबर कमजोरी देख्नुहुन्छ ?
बैठकहरुमा अध्यक्ष स्वयंले भनिसकेको कुरा हो कि अध्यक्षको नाताले पार्टी बिग्रनुको दोष मैले बढी लिनुपर्छ भनेर । तर, पनि म चाहिँ पार्टी बिग्रनुको प्रधान पक्ष व्यक्ति देख्दिनँ । नेपाली कम्युनिस्ट आन्दोलन मात्र होइन, संसारभरिकै कम्युनिस्ट आन्दोलनमा ‘हिरोइज्म’ दबदबाको विषय बन्यो । त्यसको परिणाम पनि हामीले भोगिसक्यौं ।

स्टालिन नहुनेबित्तिकै, लेनिन नहुनेबित्तिकै के भयो ? ८५ प्रतिशत भूभाग कब्जा भएको भनिएको गोन्जालोको पार्टी के भयो ? माओ मर्नेबित्तिकै त्यहाँको हालत के भयो भन्ने हामीले देखिसकेका छौं । त्यसकारण सिंगो कम्युनिस्ट आन्दोलनमा नै हामीले जुन ढंगको नायकवादमा आधारित भएर नेतृत्व निर्माणको जो प्रक्रिया लग्यौं– त्यहाँ समस्या छ । त्यसबारेमा छलफल गर्नुपर्ने छ । अहिले जरुरत के छ भने सिङ्गो माओवादी आन्दोलनभित्र आधारभूत सैद्धान्तिक माक्र्सवादी प्रस्तावनाको बारेमा छलफल गर्ने कि नगर्ने ? हरेक मानिसहरुको बारेमा आलोचनात्मक वर्गदृष्टिकोण राख्न खोज्ने कि नखोज्ने ?

आलोचनात्मक दृष्टिकोण राख्न खोजिएन भने चाहिँ यो आन्दोलन नयाँ ढंगले अगाडि बढ्न असम्भव छ । व्यक्तिहरु जो पनि हुन सक्छन् । व्यक्ति प्रचण्ड पनि हुन सक्छन्, बाबुराम पनि हुन सक्छन्, नारायणकाजी पनि हुन सक्छन् र अर्कै व्यक्ति पनि आउन सक्छ, यो ठूलो कुरा होइन । यहाँ हल्ला भएजस्तै बाबुरामजीले अर्को पार्टी बनाउनुहोला रे । तपाईंको नेतृत्वप्रणाली जो छ र सोच्ने तरिका जे छ, त्यही तरिका लागू गर्ने हो भने हुन्छ के त ? यही स्थितिमा जतिसुकै फुटाए पनि केही हुँदैन । विरासतको ¥याल–सिंगान सफा गर्नेतिर नलागी जति जुटाए पनि केही हुँदैन ।

त्यसो भए अब गर्नेचाहिँ के त ?

६५ वर्ष लामो सामन्तवादविरोधी संघर्ष जो चल्यो, नेपाली जनताको विशेष गरी कम्युनिस्टहरुको नेतृत्वमा त्यसका उपलब्धिहरुलाई अधिकतम रुपमा संस्थागत गर्ने काम हो संविधान बनाउने कुरा । त्यसमा माओवादी मान्दोलनको मूल पङ्क्ति लागिरहेको छ, त्यो ठीक छ । त्यो सकिसकेपछि नेपाली कम्युनिस्ट आन्दोलनको बारेमा एउटा ठूलो बहस सिर्जना हुन्छ, हुनुपर्दछ ।


नेपालमा कम्युनिस्ट नै रहेर अगाडि बढ्न चाहने मानिसहरुले सबैभन्दा पहिले २००६ सालदेखि यहाँसम्मको सिंहावलोकन गर्न आफूलाई तयार पार्नुपर्दछ । त्यसो गर्न सकियो भने फेरि हामी त्यो बहसबाट अगाडि बढ्न सक्दछौं । जो मानिस आजको आवश्यकताअनुसार आन्दोलन सिर्जना गर्न चाहन्छन्, उनीहरु कम्युनिस्ट आन्दोलन निर्माण गर्दै अगाडि जान समर्थ हुन्छन्, जो मान्छे कम्युनिस्ट आन्दोलन चाहँदैन, अब यसबाट पार लाग्दैन भन्ने ठान्छ– ऊ आफ्नो बाटो लाग्दछ ।

माओवादी आन्दोलन नै अहिले सबैभन्दा धेरै क्रान्तिकारीहरु संगठित रहेको आन्दोलन हो । ६५ वर्षमा कम्युनिस्ट आदर्शका बारेमा, योगदानका बारेमा पनि सामन्तवादविरुद्ध सबैभन्दा बढी योगदान गरेको पनि माओवादी आन्दोलनले नै हो । यसलाई फेरि पुनर्जीवित पार्न सकिएन भने हाम्रो समाजको आस्था, संस्कृति र कम्युनिस्ट मूल्य–मान्यतामा सबैभन्दा ठूलो घाउ पनि यसैले बनाउनेवाला छ । त्यसकारण सिर्जनात्मक ढंगले हर चिजका बारेमा प्रश्न गर्ने र आलोचनात्मक बन्ने ढंगले कम्युनिस्ट क्रान्तिकारीहरुले जति मेहनत गर्लान्, त्यसैको आधारमा भोलिको कम्युनिस्ट आन्दोलन कसरी अगाडि बढ्छ भन्ने कुराको मापन गर्न सकिन्छ ।


जनादेश साप्ताहिकबाट ।

http://netpatrika.com बाट साभार 

Monday, August 24, 2015

सकिएकै हो त माओवादीको अस्तित्व ? गोविन्द आचार्य

UCPN (Moist) taking a wrong turn

यतिबेला माओवादी पार्टी, त्यसका नेता र सिंगो आन्दोलनको भविष्यलाई लिएर विविध चर्चा र टिप्पणी हुने गरेका छन् । विगतमा १० वर्षे जनयुद्धका माध्यमवाट केन्द्रीय सत्तालाई टक्कर दिने स्थानसम्म पुगेको, जनयुद्धकै जगमा भएको जनआन्दोलनको बलमा शान्तिवार्ता हुँदै अन्तरिम संसद र सरकारमा महत्त्वपूर्ण हैसियत बनाएको एवम् पहिलो संविधानसभा चुनावमा देशको सबैभन्दा ठूलो पार्टी बनेको माओवादीको अवस्था अहिले त्यो रुपमा छैन । जनयुद्ध हाँक्ने माओवादी नेताहरु आज आफै पाँच टुक्रामा विभक्त छन् । प्रचण्ड–बाबुराम नेतृत्वको एमाओवादी, मोहन बैद्य–बादल नेतृत्वको ड्यास माओवादीदेखि नेत्रविक्रम चन्द, मातृका यादव र मणि थापा नेतृत्वका समूहसम्मले नेपाल र नेपाली जनताको पूर्ण मुक्ति र स्वतन्त्रताका लागि जनक्रान्तिको सपना बाँड्न छाडेका छैनन् ।
तर मूलपार्टी एमाओवादी र त्यसका अरु भङ्गालाहरुमा भइरहेका विवाद, बहस र गुटउपगुट जस्ता स्वार्थ समूहका झगडाले सिंगो माओवादी आन्दोलनप्रति जनतामा अविश्वास बढ्दो छ । नेता, कार्यकर्ता र शुभचिन्तकहरुले  निरासा र कुण्ठा व्यक्त गरिरहेका छन् । पार्टीमा कमिटी प्रणाली अस्तव्यस्त छन् । स्वार्थ समूह र गुटउपगुटका गतिविधि भइरहेकै छन् । प्रमुख नेता एकले अर्कामाथि दोष थोपरेर आफू पानीमाथिको ओभानो बन्न खोजिरहेका छन् । प्रमुख नेताका वरिपरी रहेका स्वार्थ समूहहरु भने अन्तिम विघटन नभएसम्म पार्टी, नेतृत्व र आन्दोलनलाई भजाएर आफ्नो स्वार्थ पूरा गर्ने कसरतमा लागिरहेकै छन् ।
माओवादी आन्दोलन यो अवस्थामा आउनुका पछाडि न त पार्टीका कुनै अमूक नेता वा आन्तरिक कारणलाई मात्रै दोष दिन सकिन्छ, न कुनै बाह्यशक्तिको मात्रै हात छ । प्रमुख कारण माओवादी आफैभित्र रहे पनि लामो र श्रृंखलावद्ध डिजाइनमा कसरी माओवादी आन्दोलनलाई फसाइयो यसवारे यहाँ संक्षिप्तमा चर्चा गरिएको छ ।
हिजो जनयुद्ध बढ्दै जाँदा यो यस्तो विन्दुमा आइपुग्यो कि त्यहीरुपमा त्यसभन्दा अघि जाँदा स्वयं पहरोमा टाउको ठोक्काएसरह हुन जान्थ्यो । माओवादीले सेना र प्रहरीका क्याम्प एवम् जिल्ला सदरमुकाम कब्जा गरे पनि त्यहाँ स्थायी रुपमै कब्जा जमाउन नसक्ने, दुवैतर्फ गरिब जनताका छोराछोरी नै मारिनुपर्ने एवम् केन्द्रीय सत्ता नै कब्जा गरे पनि बाह्य शक्तिको प्रत्यक्ष हस्तक्षेप व्यहोर्नुपर्ने अवस्थाले फरक तरिकाले पाइला चाल्नुपर्ने बाध्यता थियो । यस्तो अवस्थामा एक खालको शक्ति सन्तुलनको अवस्था सिर्जना गरेर सम्झौतामा जानुपर्ने बाध्यता माओवादीलाई थियो । माओवादी नेताहरुले चीन, भियतनाम र कोरियाको क्रान्तिपछि सफलताको शिखरमा पुगेर पनि असफल भएका पेरु, मलाया, बर्मा, इन्डोनेशिया, श्रीलंका, भारतसहित विश्वका ५० भन्दा बढी देशका जनयुद्धका अनुभव राम्रैसँग अध्ययन गरेका थिए । फरक तरिकाले अघि नबढ्दा नेपालको जनयुद्धको अवस्था पनि त्यस्तै हुनेमा जनयुद्धका मुख्य कमाण्डर प्रचण्डसहित प्रमुख नेताहरु किरण, बाबुराम र बादलहरु विश्वस्त थिए, त्यसैले उनीहरु जनयुद्धलाई बचाएरै अघि बढ्न चाहन्थे । ०५७ को दोस्रो राष्ट्रिय सम्मेलनपछि माओवादीले अन्तरिम संविधान, अन्तरिम सरकार, संविधानसभा चुनाव र गणतन्त्रको एजेन्डा अघि सारेर शान्ति वार्ताको पहल गर्नुले यस कुराको पुष्टि हुन्छ ।
उता तत्कालीन सत्ताले पनि माओवादीलाई हराउन सक्ने अवस्था थिएन । गाउँहरु सबै माओवादीको कब्जामा हुँदा राजधानी र सदरमुकाममा कैद बनेको सत्ताका सञ्चालक माओवादीलाई दमनबाट मात्रै तह लगाउन सकिदैन भन्नेमा स्पष्ट थिए । यसैक्रममा नेपालमाथि अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरु मुख्यत भारतीय शाषक वर्गको चासो ह्वात्तै बढ्यो । नेपाली माओवादीको भारतीय नक्सलवादीसँगको साँठगाँठ भारतलाई मनपर्ने कुरा थिएन । भारतमा मोहन वैद्य, सीपी गजुरेलसहितका नेताहरुको गिरफ्तारीपछि प्रचण्ड–बाबुरामले भारतको सेल्टर छाँडे र रोल्पालाई हेडक्वार्टर बनाए । तत्कालीन राजा ज्ञानेन्द्रले संसदीय राजनीतिक दललाई समेत पाखा लगाएर सम्पूर्ण शाषन सत्ता आफ्नै हातमा लिएपछि ७ संसदीय दल र माओवादीबीच १२ बुँदे सहमतिका लागि भारतको भूमिकासमेत सहयोगी रह्यो । युद्धमा बन्दुकको गोलीले हराउन नसकेका माओवादीलाई शान्ति वार्तामा ल्याएर सिध्याउने रणनीति अपनाइयो ।
Govinda Acharya
गोविन्द आचार्य
शान्तिवार्ता सँगै पहिलो संविधानसभा चुनावमा माओवादी सबैभन्दा ठूलो दल बन्नु यसका विरोधीका लागि ठूलो टाउको दुखाइको विषय बन्यो । सायद, यस्तो हुन्छ भन्ने लागेको भए चुनाव नै हुन दिइने थिएन । यसपछि माओवादी सिध्याउन पार्टीभित्रै घुसपैठ गराइनुका साथै माओवादीका योजनाहरु कार्यान्वयन हुन दिइएन । अन्ततः संविधान नै नकनाइ पहिलो संविधानसभा विघटन भयो । शक्ति केन्द्रको डिजाइनमा स्वयं माओवादी नेताहरु नै फस्न थाले । माओवादी पार्टीको फूटपछि डिजाइनमै प्रधानन्यायाधीश नेतृत्वको सरकार बन्यो र दोस्रो संविधानसभा चुनाव गराइयो । यो चुनावमा माओवादी पहिलोबाट तेस्रोमा पुग्यो । अहिले माओवादी संविधानसभाबाटै नयाँ संविधान जारी गर्ने अभियानमा एमाले र काँग्रेससँगै छ, तर विगतमा माओवादीले बोकेका एजेन्डा अरु कसैले अपहरण गरिसकेका छन् । संविधान बनिसकेपछि पनि नेपालमा अस्थिरता सिर्जना गराउन शक्तिकेन्द्र लागिपरेकै छन् । संविधान घोषणा भएसँगै असन्तुष्टिलाई बढावा दिने शक्तिकेन्द्रको इरादा हामी सबैले जाने बुझेकै छौँ ।
अहिलेसम्म आइपुग्दा माओवादी पार्टी र यसको नेतृत्वलाई यतिधेरै कमजोर बनाइसकिएको छ कि अब यहाँबाट ओरालो लाग्न माओवादीका लागि धेरै सजिलो छ, तर फेरि सच्चिएर अघि बढ्न अत्यन्तै जटिल र कठिन बन्दैछ । जटिलभन्दा जटिल अवस्था र संकटकाबीच पनि अवसर बाँकी हुन्छन् । हरेक चुनौती  सामना गर्न सक्नेले प्रगति हासिल गरैकै हुन्छन् । अहिले माओवादी आन्दोलनभित्रको यो विकराल अवस्थाले माओवादी या त पुरै सकिने या नयाँ ढंगले सुदृढ बन्ने चुनौती खडा भएको छ । प्रमुख नेताहरुको सुझबुझपूर्ण कदम र सही निर्णयले सिंगो आन्दोलन पुर्नसंगठित भएर अघि बढ्न संभव छ भने नेताहरुको अहिले देखिएको दम्भ, स्वार्थपूर्ण कदम र गलत निर्णयले सिंगो आन्दोलन भड्खालोमा जान बेर लाग्ने छैन ।
सिंगो माओवादी आन्दोलन नै सकिने वा फेरि नयाँ ढंगले अघि बढ्ने भन्ने कुरा भने विरोधी वा बाह्य शक्तिकेन्द्रको हातमा नभई यसका प्रमुख नेता तथा कार्यकर्ताहरुमा निर्भर छ । माओवादी नेताहरुले सही नीति अँगाल्दा मजबुद संगठन र हिजो गुमेको शक्तिआर्जन गर्न सक्छन् । अझै कैयौँ वर्ष नेपाली जनता र सत्ताको केन्द्रभागमै रहन्छन् । तर, अहिले जस्तै गरी अघि बढ्ने सोच्छन् भने माओवादीको पतनलाई अव कसैले पनि बचाउन सक्ने छैन । त्यस्तो अवस्थामा नेपालको माओवादी पार्टी र आन्दोलन इतिहासको पानामा सीमित रहने अवस्था आउन सक्नेछ । माओवादी आन्दोलनको मुख्य कमान्डर हुनुका नाताले यसका नेता प्रचण्डका अगाडि अहिले तीन विकल्प मात्र बाँकी छन् । पहिलो फुटेका सबै माओवादीलाई जुटाउने, नयाँ कार्यदिशा र नयाँ संगठन निर्माण गरेर अघि बढ्ने । यो सम्भव नभए पार्टीभित्रै नयाँ धुव्रीकरण गर्ने, सकेजति माओवादी शक्ति मिलाउने र एमालेसहितका वामपन्थीको एउटै केन्द्र निर्माण गर्न पहल गर्ने । तत्कालै एमालेलगायतका वाम शक्तिबीच पार्टी एकता सम्भव नभए पनि वाम मोर्चा बनाएर चुनावमा जाने र वामपन्थीको सरकारमार्फत् सुधारका काम गर्न सम्भव छ । अध्यक्ष प्रचण्डले वामपन्थी र देशभक्तको साझा मोर्चा बनाएर अघि बढ्ने नीति बनाए भने उनी अझै कैयौ वर्ष नेपाली राजनीतिको केन्द्रभागमै रहनेछन् । प्रचण्डका अगाडिको अर्को विकल्प भनेको सबै असन्तुष्टिको नेतृत्व गर्न संसद र संविधानसभा छाडेर सडकमै आउनु हो । संविधानसभा बाहिर रहेका र अन्य असन्तुष्ट समूहको साझा मोर्चा बनाएर केही समय सडक आन्दोलनमै रहनु र आन्दोलनको बलमा नयाँ सम्झौता गरेर सत्तामा हावी हुनु । यो विकल्प पनि प्रचण्ड स्वयं र माओवादीका लागि त्यति सहज छैन ।
अतः संविधान निर्माणलगत्तै विगतका कमिकमजोरीको समीक्षा गरी सच्चाउने, माओवादी आन्दोलनको पुर्नएकीकरण र सुदृढीकरण गर्ने, नयाँ कार्यदिशा र कार्यनीति स्पष्ट गर्ने एवम् नयाँ संगठन निर्माण गरेर वामपन्थी शक्तिको साझा मोर्चा बनाएर अघि बढ्न सक्ने हो भने माओवादी आन्दोलनको भविष्य र अस्तित्व दुवै माथि शंका गर्नुपर्ने अवस्था हुने छैन । 

http://www.nepalese.org बाट साभार 

एमाओवादीका प्रवृत्तिबीचको संघर्ष- हरिबोल गजुरेल

एमाओवादीका प्रवृत्तिबीचको संघर्ष

हरिबोल गजुरेल
एकीकृत नेपाल कम्युनिस्ट पार्टी (एमाओवादी)को पार्टीपंक्ति यतिखेर सार्वजनिक बहसमा उत्रेको छ । विधि र अनुशासनको हिसाबले यो सार्वजनिक बहस कति उपयुक्त छ भन्ने प्रश्न त उठिरहेकै छ तथापि यो मुख्य विषय होइन । बहसको प्रकृति र विषयवस्तु मुख्य हो । त्यो त हाम्रो पार्टीपंक्ति तीव्र बहसमै छ । छलफलका लागि अध्यक्षको तर्फबाट केन्द्रीय समितिमा २५ बँुदे प्रस्ताव प्रस्तुत भएपछि त्यो बहस उत्कर्षमा छ । यद्यपि, उक्त छलफल संविधान निमार्णको प्राथमिकताका कारण हाल रोकिएको छ । त्यस बहसका विषयवस्तु एकप्रकारले सार्वजनिक पनि भइसकेका छन् । नवीनतम विचार, राजनीति, संगठन र कार्यशैलीका आधारमा पार्टी नवनिर्माण गर्ने अन्तर्वस्तुसहितको अध्यक्षको उक्त प्रस्तावमाथि छलफल गरेर वैज्ञानिक निष्कर्ष निकाल्नुपर्ने आवश्यकता छ ।
तर, कतिपय पार्टीका जिम्मेवार कमरेडले यो यथार्थलाई मात्र होइन, संविधान निर्माणको पेचिलो स्थितिलाई समेत ख्याल गरेको देखिएन । प्रतिक्रियावादी र अवसरवादीका चौतर्फी घेराबन्दीका बाबजुद शक्ति–सन्तुलनलाई बढीभन्दा बढी आफ्नो पक्षमा पारेर सापेक्षिक अग्रगामी संविधान बनाउन नेतृत्व लडिरहेका वेला सार्वजनिक भेला गरी पार्टी र नेतृत्वविरुद्ध विषवमन गरेर कमरेडहरू कसलाई मद्दत पुर्‍याइरहनुभएको छ ?
यसरी एकता
शक्ति–सन्तुलनको वर्तमान स्थितिमा संविधानसभाबाट अग्रगामी संविधान बन्दैन, नेतृत्वले धोका दियो भन्ने कमरेडहरूलाई लागेको हो भने यसको जवाफ इतिहासले दिनेछ । अहिले भन्नु केही छैन । ०५१ सालमा जनयुद्धमा जानु आत्मघाती कदम हो भनेर पार्टी विभाजन गरी कमरेडहरू एउटा अतिमा जानुभयो । तर, पछि एकता केन्द्रको नेतृत्वमा क.नारायणकाजी श्रेष्ठ ‘प्रकाश’को भूमिका र प्रभाव बढ्न गएपछि शान्तिपूर्ण संघर्षमा रहेको एकताकेन्द्र र जनयुद्धमा गएको माओवादीबीच क्रमश: सहकार्य बढ्दै गएर ०६२/०६३ को जनआन्दोलनपछि विकसित परिस्थितिमा कार्यदिशासमेत मिल्न गई एकता प्रक्रिया अगाडि बढ्यो ।
पहिलो संविधानसभाको चुनावपछि एकता सम्पन्न भएर एकीकृत नेकपा (माओवादी) बनेको विषय जगजाहेर नै छ । अहिले पार्टी र आन्दोलन संकटमा परेको स्थितिमा अर्को अतिमा गएर पार्टी र नेतृत्व ९९ प्रतिशत कम्युनिस्ट नै होइन भनेर विकल्प खोजिरहनुभएको छ । नेतृत्व सडक, सदन र टेबलमा जनताको पक्षमा निरन्तर सक्रिय रूपमा लडिरहेको यथार्थलाई बिल्कुलै ध्यान नदिएर प्रचण्ड र बाबुराम कम्युनिस्ट नै होइनन् भन्ने हो भने नेपालमा सच्चा कम्युनिस्ट पार्टी र नेता कुन र को हुन् देखाइदिए क्रान्तिप्रति चिन्तित सबैलाई सजिलो हुने थियो । असन्तुष्ट कमरेडहरूको नियतमा शंका गरेको होइन, उहाँहरूको चिन्ता पनि पार्टी र क्रान्तिकै होला तर वर्तमानमा यस्ता अभिव्यक्ति र गतिविधिले प्रतिक्रियावादी वर्गलाई नै फाइदा पुर्‍याउँछ । यदुवंशीको नियति नहोस्, ख्याल पुर्‍याऊँ ।
आलोचनाको होड
यतिखेर प्रचण्ड, बाबुराम र नारायणकाजीदेखि तल्लो तहसम्मका नेता र कार्यकर्तामा पार्टीप्रति चिन्ता छ । कोही पनि सन्तुष्ट छैन । गत केन्द्रीय समितिको संक्षिप्त बैठकमा अध्यक्ष प्रचण्ड स्वयंले मुख्य दोष लिँदै भन्नुभएको थियो, ‘यतिखेर पार्टी कम्युनिस्ट पार्टी जस्तो छैन, हामी नेता–कार्यकर्ता कम्युनिस्टजस्ता छैनौँ । हामी सबै मिलेर बिगार्‍यांै, सबै मिलेर बनाऔँ ।’ यतिखेर पार्टीले सामना गरिरहेको समस्याको प्रकृति राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय पनि हो । यसको सम्बन्ध विचारको विकासको आवश्यकतासँग जोडिएको छ भन्दै गर्दा अध्यक्षले प्रतीकात्मक रूपमा जोड दिँदै यो पनि भन्नुभएको थियो, ‘ताला लागेको छ, सबै मिलेर साँचो खोजौँ, यथास्थितिमा अब अगाडि बढ्न सकिँदैन, क्रमभंगमा सोचौँ ।’
नेतृत्वको इमानदारितालाई कसैले पनि कमजोरीको रूपमा किमार्थ लिन मिल्दैन, बरु यो संकटका वेलामा सबैले सहयोगको हात बढाउनु लाभदायक हुन्छ । सजिलो वेला मित्र हुन सजिलो छ, जसले पनि साथ दिन्छ, अप्ठ्यारो बेलामा साथ दिने नै सच्चा मित्र हुन्छ । नेता भीडको पछि लाग्दैन, भीडलाई सचेत जनताको रूपमा बदलेर त्यसको नेतृत्व गर्छ । यतिखेर पार्टीभित्र नेतृत्वको आलोचना गरेर आफ्नो कमजोरी लुकाउने होड नै चलेको छ । हिजो माओवादी र प्रचण्ड जिन्दावाद † भन्न सजिलो थियो, आज मुर्दावाद † भन्न सजिलो छ, यो संकटका वेला हाम्रो भूमिका कस्तो हुनुपर्ने हो, आफैँले बुझ्ने कुरा हो । ‘माछा देख्दा दुलोभित्र हात, सर्प देख्दा दुलो बाहिर हात’ गर्ने प्रवृत्ति कसैलाई पनि राम्रो लाग्दैन । सबै मिलेर बिगार्‍याँै, सबै मिलेर बनाऔँ । गल्ती प्रचण्ड, वाबुराम र नारायणकाजीको बीस–उन्नाइस हो भने हाम्रो त्योभन्दा अलि कम मात्र न हो ।
‘बालाजु’बाट गत्यावरोध
०४८ को एकता महाधिवेशन, ०५१ को तेस्रो विस्तारित बैठक, ०५४ को चौथो विस्तारित बैठक, ०५७ को दोस्रो राष्ट्रिय सम्मेलन, ०६० को दुम्ला बैठक र ०६२ को चुनवाङ बैठकसम्म माओवादी पार्टीको वैचारिक विकास जनयुद्ध र अन्तर्संघर्षको तीव्रतासँगै तीव्र रूपमा भयो र एकपछि अर्को सफलता प्राप्त हुँदै गयो । मानिसलाई लाग्ने गर्छ, संविधानसभाको निर्वाचनसम्म माओवादी पार्टी एकदम ठीक थियो, त्यसपछि नै बिग्रिन सुरु गरेको हो । तर, यो रूप पक्ष मात्र हो । माओवादीमा वास्तविक वैचारिक गत्यावरोध बालाजुमा सम्पन्न पाँचौँ विस्तारिक बैठकदेखि उत्पन्न भएको हो । वैचारिक गत्यावरोध हुनु भनेको यथास्थितिमा रहनु मात्र होइन, खस्कँदै जानु पनि हो ।
अध्यक्ष प्रचण्डले पेस गरेको प्रस्ताव बालाजु विस्तारित बैठकले नियमत: पारित गरे पनि व्यवहारत: अस्वीकार गरिदियो । त्यहाँ जडसूत्रवादी र अराजकतावादी प्रवृत्तिले नेतृत्वका कार्यशैलीमा रहेका कमजोरीलाई अतिरञ्जित रूपमा सैद्धान्तीकरण गरेर कार्यकर्ताको भावना भड्काउन सफल भयो । यो प्रवृत्ति चुनवाङ बैठकपछि प्रचण्ड र बाबुरामबीचमा पैदा भएको वैचारिक एकतालाई भत्काउन उद्धत थियो । चुनवाङ बैठकको कार्यदिशालाई कमजोर बनाउन प्रचण्ड र बाबुरामबीच यो प्रवृत्तिले निकै खेल्यो । यसले चुनवाङ बैठकको कार्यदिशालाई विकृत बनाइदियो । बालाजुको विस्तारित बैठकमा अध्यक्ष प्रचण्डले पेस गर्नुभएको प्रस्ताव चुनवाङ बैठकको कार्यदिशाको विकसित स्वरूप थियो । शान्ति प्रक्रिया सम्पन्न गर्ने, संविधानसभाबाट अग्रगामी संविधान बनाउने र पार्टीको युद्धकालीन संगठन र कार्यशैलीलाई शान्ति प्रक्रियाअनुकूल बनाउने कुरासँग त्यसको सम्बन्ध थियो । चितवनको केन्द्रीय प्रशिक्षणमा क. मोहन वैद्यले चुनवाङ बैठकको कार्यदिशा सुधारवादी छ भनेको कुराले पार्टीपंक्तिमा भ्रम पैदा गर्‍यो, जसलाई उपयोग गरेर चुनवाङ बैठकको संश्लेषण भित्रभित्रै मन नपराएको प्रवृत्तिले टाउको उठाउने मौका पायो ।
इतिहास पनि हेरौ
जब आफूले पेस गरेको वैचारिक राजनीतिक लाइन व्यवहारमा प्रस्ट रूपमा प्रमुख नेतृत्वले लागू गर्न पाउँदैन, तब विचारको विकास अवरुद्ध हुन्छ । बालाजु विस्तारित बैठकमा आफ्नो लाइन धरापमा परेपछि अध्यक्ष प्रचण्डले चलाखीपूर्ण तरिकाले ‘मुखमा चुनाव दिमागमा विद्रोह’ भनेर बालाजु विस्तारित बैठकको संश्लेषण गरेर पार्टीलाई तत्काल केही हदसम्म जडसूत्रवाद र अराजकतावादबाट बचाउन सफल हुनु त भयो । तर, सारसंग्रहपूर्ण संश्लेषणले पार्टी र नेतृत्वको वैचारिक एवं संगठनात्मक विकासमा बाधा पुर्‍यायो । परिणामस्वरूप पार्टीमा विचारको नसबन्धन हुन जाँदा आज यो नियति भएको छ । चीनमा आठौँ महाधिवेशनमा पार्टीमा आफ्नो पकड कमजोर हुँदा चिनियाँ कम्युनिस्ट पार्टी र त्यसका नेता माओ त्से तुङको हालत पनि एमाओवादीको जस्तै हुन गएको थियो ।
पहिलो संविधानसभाको चुनावको परिणामपछि पार्टीभित्र देखापरेको जडसूत्रवादी र अराजक प्रवृत्ति झन् आक्रामक हँुदै गयो । राष्ट्रपतिको चुनाव, प्रधान सेनापति प्रकरण, खरिपाटी भेला र पहिलो संविधानसभा विघटनलगायत साना–ठूला घटनाका लागि त्यो प्रवृत्तिको दबाबले काम गरेको कुरा प्रस्ट छ । त्यसैले, नेतृत्वले विनातयारी र प्रतिकूल अवस्थामा २२७० जना पार्टीपंक्तिको क्रिम फोर्स बालाजु विस्तारित बैठकमा जम्मा गर्नु कति उपयुक्त थियो, समीक्षाको विषय हो । नेतृत्वले आफ्नो सोचअनुसार काम गर्न नपाउने तर दुष्परिणामको अपजस लिनुपर्ने स्थिति कति पीडादायक हुन्छ, त्यो प्रचण्डले अनुभूत गर्ने कुरा हो । हामीले त सहानुभूति दर्साउन मात्र सक्ने भयौँ । त्यसैले इतिहास र वर्तमानको संयोजन नभई भविष्यको आंकलन गर्न सकिन्न । माओवादीको यो इतिहासको प्रत्यक्ष अनुभूति गर्न नपाउनुभएका कमरेड यतिखेर अलि धेरै भ्रमित हुनुलाई अन्यथा लिनुहुन्न ।
दोस्रो संविधानसभाको निर्वाचनपछि नेतृत्व गम्भीर भएकै देखिन्छ । नेतृत्वले गम्भीर आत्मसमीक्षा गरेको छ । आफ्ना र पार्टीका कमजोरीलाई विराटनगर राष्ट्रिय सम्मेलनमा र गत केन्द्रीय समितिमा प्रस्तुत प्रस्तावमा समेटेको मात्र छैन, समस्याको चुरो कहाँ हो भनेर किटान पनि गरेको छ । नेतृत्वले आफूसँग बनिबनाउ समाधान छ भनेर अहंकार पनि गरेको छैन । कारण पत्ता लागेको छ, समाधानका उपाय सबै मिलेर खोजौँ पनि भनेकै छ । सामूहिक संकल्पविना यो अभिभारा पूरा गर्न सकिन्न । कि हामी सबै समाजवादमा पुग्छांैँ कि कोही पनि पुग्न सक्दैनौँ । त्यसैले एक–अर्कालाई गाली गरेर पार्टीलाई झन् कमजोर बनाउनुभन्दा एक–अर्कालाई सहयोग गरौँ । पार्टी, जनता र राष्ट्रलाई निकास दिउ । यो समयको माग हो, आवश्यकताको बोध नै स्वतन्त्रता हो ।
(गजुरेल एमाओवादीका कोषाध्यक्ष हुन्)

http://www.enayapatrika.com बाट साभार 

Sunday, August 23, 2015

प्रचण्ड पार्टीको भ्रष्टाचार बाहिर ल्याए कम्युनिस्टकै इज्जत सकिन्छ: शेरचन

सन्जीव शुभचिन्तक । काठमाडौं, ५ भदौ २०७२ 

एकीकृत माओवादीकै एक स्थायी समिति सदस्यले आफ्नो पार्टी सबैभन्दा ठूलो भ्रष्टाचारको केन्द्र भएको बताएका छन् । साथै उनले पार्टीका नेताहरु विरुद्ध कडा आक्रोश समेत पोखेका छन् । 
 
एकीकृत माओवादी पार्टी र यसका नेताहरु कम्युनिस्ट नरहेको निष्कर्ष निकाल्दै छुट्टै वैचारिक समूह संचालनतिर अघि बढेका स्थायी समिति सदस्य अमिक शेरचनले यस्तो बताएका हुन् । उनले एमाओवादी भित्रको भ्रष्टाचार कम्युनिस्ट पार्टीको अस्तित्वमाथि नै संकट ल्याउने गरी भएको दावी गरेका छन् । 
 
शनिवार राजधानीमा आफ्नो वैचारिक समूहको छुट्टै भेला गरेर सो भेलालाई सम्वोधन गर्ने क्रममा नेता शेरचनले यस्तो दावी गरेका हुन् । शेरचन एमाओवादी भित्र भ्रष्टाचार र अकूत सम्पती कमाएको भन्नेबारे लागेको आरोपको अध्ययन तथा छानविन गर्न बनेको कार्यदलका संयोजक समेत रहेका थिए । सोही प्रसंग कोट्याउँदै शेरचनले पार्टीभित्र भ्रष्टाचार र गलत काम धेरै बढेको आफूले पाएको बताए । उनले भने, “पार्टीभित्रको भ्रष्टाचार र गलत कार्य यतिविधि छन् कि जुन सार्वजनिक गरियो भने कम्युनिस्ट पार्टीमाथि नै गम्भीर धक्का लाग्ने स्थिति छ ।”
 
उनले समग्र कम्युनिस्ट पार्टी र आन्दोलनमै गम्भीर असर पुग्ने देखेर आफूले अध्ययन कार्यदलका बेला पाएका तथ्यहरु र प्रतिवेदन समेत सार्वजनिक नगरेको बताए । उनले कम्युनिस्ट पार्टीमा सबैभन्दा डरलाग्दो भ्रष्टाचार एमाओवादीभित्रै रहेको बताए । आफू उपप्रधानमन्त्री भएका बेलाको एक प्रसंग कोट्याउँदै शेरचनले त्यो बेला एकजना नेता पैसाको बिटो बोकेरै घरमा आएको बताए । तर, आफूले त्यो बिटो दिनेलाई हपारेर पठाएको र पछि उनीमाथि कारवाही गर्न पार्टीमा कुरा उठाएको जानकारी दिए । आफूले पटक पटक कुरा उठाउँदा पनि ती व्यक्तिलाई पार्टीले कुनै कारवाही नगरेको भन्दै त्यतिबेलाको नेतृत्व समेत त्यसमा मुछिएको संकेत गरे । तर, आफूले भने ती व्यक्तिलाई आफ्नो विभागबाट भने कारवाही गरेको बताए । उनले त्यतिबेला ती भ्रष्टलाई कारवाही गरेको भए कम्युनिस्ट पार्टीका बारेमा राम्रो छाप बस्ने थियो भन्ने आफूले सोचेको तर पार्टीले कारवाही नगरेको भन्दै दुःख व्यक्त गरे । 
 
सोही कार्यक्रममा बोल्ने एमाओवादीका अर्का स्थायी समिति सदस्य विश्वभक्त दुलाल आहुतीले कडा शब्दमा एमाओवादी अब कम्युनिस्ट नरहेको बताए । उनले एमाओवादी अब सच्चिन पनि नसक्ने ठोकुवा गरे । उनले एमाओवादी सच्चिने कुरा ९९ प्रतिशत नै असम्भव भएको बताउँदै यो पार्टीबाट क्रान्ति हुने कुरा सोच्ने मात्र होइन, चर्चा गर्न समेत योग्य नरहेको बताए । 
 
यसरी आफ्नै पार्टीका विरुद्ध लाग्नेहरु मध्ये अधिकांश एमाओवादी शान्ति प्रक्रियामा आएपछि जोडिएको पार्टी एकताकेन्द्र मशालका नेता कार्यकर्ताहरु रहेका छन् । शनिवार करिव एक सय जति कार्यकर्ताहरु काठमाडौंको सोल्टीमोडमा रहेको एभरेष्ट कलेजमा जम्मा भएर यो छलफल गरेका थिए । सोही छलफलमा नेताहरुले आफ्ना कुरा राखेका हुन् । उक्त छलफलमा कार्यकर्ताहरुले समेत फ्लोरबाट आफ्ना सुझाव र धारणा राखेका थिए । 
 
यो छुट्टै भेलामा एके मशालका पूर्व महामन्त्री नारायणकाजी श्रेष्ठ भने उपस्थित हुन नसकेको बुझिएको छ । तर, उनी यो अभियानप्रति भने सहमत भएको नेताहरु बताउँछन् । यो अभियानका युवा नेताहरुले यसलाई एउटा वैचारिक अभियान भनेका छन् । अहिलेका लागि यसलाई समाजवादका लागि वैचारिक अभियान नाम दिइएको छ । साथै यसको नेतृत्व पनि तल्लो तहका युवा नेताहरुलाई दिइएको छ । जसको नेतृत्व अहिले एमाओवादीका केन्द्रीय सदस्य प्र्रकाश पोखरेलले गरेका छन् । भेलामा नारायणकाजी श्रेष्ठ समेत आउने भनिएको थियो । तर, उनी अर्को कार्यक्रममा व्यस्त भएका कारण अन्तिम समयमा आउन नसकेको बताइएको छ । उनले अन्तिमसम्म पनि आफू आउने बताइरहेका थिए । 

http://www.nonstopkhabar.com बाट साभार 

Saturday, August 22, 2015

एमाओवादी विघटन भइसक्यो, घोषणा हुन मात्र बाँकी छ- प्रकाश पोखरले (केन्द्रीय सदस्य, एमाओवादी)

एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य प्रकाश पोखरेल पूर्वएकताकेन्द्र समुहको विद्यार्थी फाँट हुँदै पार्टीको नेतृत्व तहमा आइपुगेका युवा नेता हुन् । शनिबार राजधानीमापूर्व एकताकेन्द्रको अलग्गै भेला गर्नमा पोखरेलको महत्वपूर्ण भूमिका थियो । अब उनकै सक्रियतामा पार्टीभित्र केन्द्रदेखि जिल्ला तहसम्म नयाँ पुनर्गठन अभियान चल्ने बताइको छ ।

एमाओवादी पार्टीको विकल्प खोज्ने अभियानको अगुवाइ गरिरहेका युवा नेता पोखरेलसँग अनलाइनखबरले गरेको संक्षिप्त कुराकानीमा उनले प्रचण्डबाट अब एमाओवादी पार्टी रुपान्तरण हुने सम्भावना सकिएको ठोकुवा गरे ।
Prakesh-Pokhrealयसरी पार्टीभित्रै पूर्वएकताकेन्द्रको गुटको भेला गर्दै हिँड्नु अनुशासनविपरीत कार्य होइन ?
– यो गुटको भेला होइन । र, पार्टी अनुसाशन विपरीत कार्य पनि होइन । उद्येश्यमा समानता भएका साथीहरुले आयोजना गरेको छलफल हो यो ।
तर, यसरी भेला गर्दा पार्टीभित्र अनुशासनको प्रश्न उठ्दैन ?
– हाम्रो बुझाइमा एमाओवादी पार्टी विघटन भइसक्यो, यसको औपचारिकरुपमा घोषणा मात्रै गर्न बाँकी छ । कोमामा रहेको बिरामीलाई डाक्टरले मृत घोषणा गर्न बाँकी रहेको जस्तै अवस्थामा छ पार्टी । यो अवस्थामा कसैले अनुशासनको डण्डा लगाउने अवस्था नै छैन । पार्टी विघटनको घोषणा कसले गर्ने भन्ने मात्रै बाँकी छ अब ।
एमाओवादी पार्टी विघटनकै अवस्थामा पुगिसकेको तपाईहरुको निश्कर्ष हो त ?
– क्रान्तिकारी आन्दोलनको कम्युनिष्ट धारा नै विघटन भयो । तर, पार्टी विघटन भए पनि व्यक्तिहरु छन्, उनीहरुका वीचमा एकता गरेर नयाँ धाराको पुनर्गठन गर्नुपर्छ भन्ने हाम्रो निश्कर्ष हो ।
तपाईहरुको भेलाले नयाँ पार्टी बनाउने निर्णय गरेको हो ?
– तत्काल नयाँ कम्युनिष्ट पार्टी घोषणा गर्ने हामीले निर्णय गरेका छैनौं । कम्युनिष्ट आन्दोलनलाई पुनःसंंगठित गर्न सकिन्छ र गर्नुपर्छ भन्ने हाम्रो निश्कर्ष हो ।
प्रचण्डकै नेतृत्वमा पार्टीलाई रुपान्तरण गरेर, सच्याएर अघि बढ्दा के बिग्रन्छ र ? उनले पनि त पार्टीलाई रुपान्तरण गरौं भनिरहेकै छन् …
– विश्व कम्युनिष्ट आन्दोलनको अनुभव हेर्दा मुख्य नेतामा विचलन आएपछि तिनै नेताको नेतृत्वमा पार्टीको रुपान्तरण सम्भव भएको उदाहरण काहीँ पनि छैन । प्रचण्ड यसको अपवाद बन्न सक्नुहुन्न भन्ने हाम्रो निश्कर्ष हो । प्रचण्ड, बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको नेतृत्वमा रुपान्तरणको सम्भावना एकदमै कम छ । प्रचण्डको नेतृत्वमा त पार्टी अगाडि बढ्नै सक्दैन, बाबुराम र नारायणकाजीलाई हेर्न बाँकी छ ।
पार्टीको मूल लिडरसीप ९९ प्रतिशत बिग्रिइसकेको छ । १ प्रतिशत सम्भावना हामीले बाँकी छ भनिदिएका हौं । यथास्थितिमा अब यो पार्टीको पुनर्गठन सम्भव छैन भन्ने नै हाम्रो निश्कर्ष हो ।
यो भेला गर्नुअघि तपाईहरुले बाबुराम भट्टराईसँग पनि छलफल गर्नुभएको थियो कि ?
– बाबुरामजीसँग यसबारे कुरा गरेनौं, उहाँ निकटका नेताहरुसँग छलफल गरेका थियौं । हामी बाबुरामजीको अहिलेसम्मको योगदानको कदर गर्छौं ।
बाबुरामलाई नेता मानेर अघि बढ्ने सम्भावना चाहिँ कत्तिको छ ?
– हामी सबैसँग छलफल गरेर कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगले अघि बढाउने पक्षमा छौं । बाबुराम, मोहन वैद्य र विप्लवसँग पनि छलफल गर्न तयार छौं । छलफल गर्छौं ।
पूर्वएकताकेन्द्रको भेला भएकाले तपाईहरुको सम्भावित नेताचाहिँ अब नारायणकाजी श्रेष्ठ नै होलान् हैन ?
– होइन, पूर्वएकताकेन्द्रको गुट जम्मा पारेर अबको जनताको आवश्कतालाई त्यसले सम्बोधन गर्न सक्दैन ।
उसोभए शनिबारको भेला आयोजना गर्नुपूर्व तपाईहरुले उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग पनि छलफलै गर्नुभएन त ?
– मैले नै उहाँसँग कुरा गरेको थिएँ । उहाँ संविधान निर्माण प्रक्रियाबाट र्फसद भयो र भ्याएँ भने आउँछु र तपाईहरुको कुरा सुन्छु भन्नुभएको थियो, तर आउन भ्याउनुभएन । हामीले भेला राखेकोमा उहाँको कुनै असहमति थिएन ।
यो भेलाको मुख्यसर्जक चाहिँ को हो त उसोभए ?
– हामी युवा साथीहरुले यसबारे एक/डेढ महिना अघिदेखि छलफल गरिरहेका थियौं । आखिर पहल त कसैले लिनै पर्ने थियो, त्यसैले अब हामी युवाहरुले नै यसको पहलकदमी लिनुपर्छ भनेर हामी अघि बढेका हौं ।
तपाईहरुको भेलाले गरेको खास निर्णय के हो ?
– प्रचण्डकै नेतृत्वमा पार्टीको रुपान्तरण सम्भव छैन । पार्टी भन्नै नै नरहेको अवस्था सिर्जना भएकाले अब हामी समाजवादी वैचारिक आन्दोलनको ब्यानरमुनि कार्यक्रम गर्छौं । राजधानीका साथै तल पनि साथीहरुलाई समेट्दै छलफल अघि बढाउँछौं ।
http://www.onlinekhabar.com बाट साभार 

फेसबुक वालहरुबाट ………………. 

मातृका पोखरेलको फेसबुक वालबाट 
आज गरिएको भेलाका बारेमा अनेकौ हल्लाहरु चलिरहेका छन। यो नयाँ पार्टी गठनको उद्देश्यका साथ गरिएको भेला होईन । एक अर्थमा यो भेला भूमिकाबिहिन साथीहरूले कम्युनिस्ट आन्दोलनमा हाम्रो भूमिका के हुन सक्ला भन्ने कुराको खोजी पनि हो । सबै आदर्शबाट च्युत भएका मानिसहरूलाई सिरमा राखेर भुइँ मान्छेहरूले कुनै सुन्दर सपना देख्नुको कुनै अर्थ हुदैनथ्यो । यो भेला समाज रूपान्तरणमा आफ्नो पनि योगदान होस भन्ने चाहना राख्नेहरुको भेला हो । साच्चै बुझ्न चाहनेले यसरी बुझे राम्रो हुन्छ ।
Like   Comment   
=====================================

Khagendra Shahi को फेसबुक वालबाट 
झांगिदै रुख, फल दिने स्थितिमा पुग्यो, रूखको स्याहार सुसार गर्नेलाई समेत पछि पार्दै फल टिप्न आईपुग्यौं ।
आज शिसिर ऋतुमा केही पातहरु झरेर रुख कुरुप देखिएको बेला फेरी भन्दै छौ यो रुख सुकि सक्यो, चिरेर दाउरा बनाउनु पर्छ ।
खबरदार !
यो भन्ने अधिकार तिमीहरुलाई छैन ।
तिमीलाई के थाहा फेरी बसन्त ऋतु शुरु हुन्छ अनि नया पालुवाले त्यो रुखले नयॉ स्वरुप धारण गर्छ भनेर !
  • प्रतिक बाबा कार्यकर्ता माथि सौता बन्न आयका रखौटी हरु लाई पार्टी ले बैधानिकता दियपछी को नतिजा न हो यो मित्र !
    लात हान्दै लखेट्दै गर्नु पर्छ सबै खाले रखौटी हरु लाई अनी हाम्रा राम्रा सबै फर्कन्छन् आफ्नो बासस्थान मा ।
  • Prabin Sharma चोक्टा खान गका भातमाराहरु झोलमा डुबेर मरेको सुन्न नपरोस् यो कानले ।
  • Ragas Ghimire एकदम सहि कुरा मिठो लाग्यो
  • Ram Bohara आफ्ना जति पखा लागाएर बाहिर बाट आउनेलाई काखी च्यापेर हिड्दा यस्तै हुन्छ । यो स्वाभाविक हो
  • क्षेत्र प्रसाद देवकोटा जानु र बस्नुको औचित्य नै नबुझ्नेहरु,आफ्नो स्थान पदमा मात्रै खोज्नेहरु फुट जुट फेरी फुट र अवसरको खोजीमा घुम्ने राउटेहरु घुमेरै जीवन बिताउनमा आफ्नो स्वतंत्रता समझनछन्...।
  • Dhanu Gyangmi यिनिहरु सुखको मात्रै साथीहरू हुन दुःखमा संधै भागेको इतिहास छ त्य्सैले यो दु:खको बेला यिनिहरु भाग्नखोज्दा नौलो मान्नु हुँदैन ।

===================================================================


को फेसबुक वालबाट 

खै आज कसको भेला भयो रे ! कुकुरलाई घ्यूं नपचेको जस्तै भो ।
=======================================

को फेसबुक वालबाट 

हो, हामी भेला भयौ र सल्लाह गर्‍यौ । किनभने यसो नगर्दा माओवादी नामको वुर्जुवा दलदलवाट हामी आफैलाई निकाल्ने/जोगाउने प्रयत्न र ईच्छाशक्ति पनि मर्ने थियो । किनभने संगठित नहुदा समाज वदल्न जे जती गर्न सकिन्थ्यो, त्यो पनि गर्न नसकिने थियो । किनभने हाम्रो मौनतालाई 'हाम्रो सत्वलाई न्युनतम सामन्ती आदर्शभन्दा पनि तल गिराउने कुरामा समेत सहमती' ठानिएको थियो । किनभने .....
आफ्नो घैटौलाई टन्न भरेका (अरुका कुरा सुन्‍नै नचाहने ) र वुर्जुवा रहलपहलमा अलि ठूलो भाग खोस्‍न लडिरहेकाहरुलाई केहि भन्‍नु छैन ।
वाकि साथीहरु, आउनुहोस् ! आफ्नो सत्व र आदर्श र सपनाहरुलाई जोगाउन खुल्ला मनले सल्लाह गरौ र संघर्ष गरौ ।
Like   Comment   


को फेसबुक वालबाट 
समाजवादी कायदिशा के हुने ?छलफल ज़रूरी थियो ।कायदिशा अनुसारको पाटी र नेता एमाओबादी पाटी नभयको ले समाजवादल्ाई केन्द्र मा राखेर छलफल गरियको हो ।यो निरन्तर चलछ ।
Like   Comment   
=================================================================


को फेसबुक वालबाट 


तर, बजार हल्ला पूर्ब गुटको भेला भन्ने पो भयो ।
नयाँ पार्टी बनाउने, नयाँ गुट बनाउने या कुनै पूर्बसमुहको भेला गर्ने काम षडयन्त्रकारी वा गोप्य तरिकाबाट अब सम्भब छैन र हुनु पनि हुँदैन ।
बनाउन परे हाकाहाकी बनाउने हाकाहाकी सुनाउनु जायज हुन्छ 
तर, बजार हल्ला पूर्ब गुटको भेला भन्ने पो भयो ।
नयाँ पार्टी बनाउने, नयाँ गुट बनाउने या कुनै पूर्बसमुहको भेला गर्ने काम षडयन्त्रकारी वा गोप्य तरिकाबाट अब सम्भब छैन र हुनु पनि हुँदैन ।
बनाउन परे हाकाहाकी बनाउने हाकाहाकी सुनाउनु जायज हुन्छ !
Like   Comment   
  • 1 share
  • Binod Lama गुटगत मानसिकताले ग्रस्तहरुले गुट कै भेला देख्लान, आवस्यक परे नयाँ पार्टी पनि किन निर्माण नगर्ने ?
  • Narendra Kc New party ko taayri bhanne po aayo ta media ma khas chahi k ho ?
  • Balkrishna Chaulagain फुलको आखामा फुलै सन्सार 
    काडाको आखैमा काडा सन्सार ।
    तपाईं अगाडि बड्नुहोस हामी छौ
  • Jp Moktan गुट उप गुट जे छ माओवादि भित्र त्यो सबैले देख्ने गरि बाहिर लेआयो भने कर्याकर्ता ,नेता ,शुभ चिन्ताक,समर्थक ,एबम आम नेपालीले सजिलै सङग कुन गुटको के स्वार्थ लुकेको छ सजिलै थाहा पाउन सकिन्थ्यो कि,दाई!
  • Suman KC हिजोको जनमोर्चा नेपाल बिघटन नभएको भए यतिबेला एउटा बैकल्पिक शक्ति बन्ने निश्चित थियो ! हिजो हामी कार्यकर्ताको भावना बिपरित जनमोर्चा फुटालेर ४ चिरा परे कामरेड मोहनविक्रम, नारायणकाजी, नवराज सुबेदीहरुले! कतिपयको आज बल्ल चेत खुल्दैछ ! यसरीनै सकिने होला नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलन...
  • Madhu Upreti बजार मा हल्ला त हिजो नै सुनेको थिए पुर्ब समुह को मात्रै छलफल छ भनेर।उद्देश्य के हो थाहा भएन???
  • JB Malla O ho dai le pani kasto kuro n bujhanu bha ko , e n le samajabadha pani goppe tari kale leyauni re kya , sakkigoni
  • Kedar Gurung Samajbad kasko ho? Amaobadiko, BP ko, puspalalko ,KP ko Bmaobadiko etc kasaiko bichar pani sahi xaina ho Jagrit dai.
  • Santosh Jung Rayamajhi एस्तै हो दाईं पार्टी गुटै गुटले समाप्त हुनलागेको वेला जेगर्दानी गुटकै काम देख्छन् !अव माओवादी पार्टीमा केनै बाँकी छ र न संगठन छ न बिचार छ !गुट बाहेक..........!
  • Dipak Chudali हल्लाका पछाडि लाग्न जरूरी छैन दाइ।भरू हामिलाई पनि यस्ता खालका बहमा समेट्ने पहल गर्नु भयो भने त्यस्ता खालका निराधार हल्ला चलाउनेलाई दरो झापड हुनेछ।
  • Balaram Timalsina Biplab नेपाली समाजको वर्तमान चरित्र र समाजवादको बाटो विषयममा छलफल गर्नु राम्रो कुरा हो .त्यस्तो छलफलमा एकैथरि अनुहार मात्र नभएर एकभन्दा धेर प्रकारका अनुहार मिसिएको वा मिसाइएको भए यी प्रश्न उठाउँने मूखमा आफैं ताल्चा लाग्थ्यो .
  • Bimal Pokhrel फुटको तयारी भन्न के को लाज भयो जागृतजी ? अप्राकृतिक मैथुनबाट बच्चा जन्मिने कुनै सम्भावना थिएन । स्वार्थहरू बाझिए । अब एमालेतिर सोझिए भलो हुन्छ । एकताकेन्द्र मसाल फुटालेर माओवादीमा जांदा मोहनविक्रम, चित्रबहादुरलाई प्रतिगामी करार गर्ने तपाईहरू नै हो । अब बिखण्डनकारीको बिल्ला भिर्नबाट जोगिन फुट नै साथीहरूको बाटो समातेका होलान् ।
  • Jagrit Rayamajhi हा हा बिमलजी !
    माओबादी जनयुद्धले नेपालको परिबर्तनमा मुख्य भुमिका खेल्याछ भन्न आनाकानी गर्नु राजनैतिक अपराध हो !
    जुन मोहनबिक्रमकै लहलहैमा तपाईं गर्दैहुनुहुन्छ !!
    ...अझ धेरै हेर्नुहोस्
  • Bimal Pokhrel सबैभन्दा ठूलो मतभेद नै हाम्रो छ । संघीयताले देश कहां लैजादैछ ? जात र भातका कुराले माओवादीको हालत के हुँदैछ ? अबको तपाईहरूको फुटले धेरै कुरा उद्घाटन गर्नेछ । के तपाई र हामी फुट्नैपर्थ्यो ? इतिहासले मूल्यांकन गर्नेछ ।
  • Dip Nepali कुरो हो
  • Arjun Kafle Ananta aba pani phute emaobadi sakinxa.kaslai k pad pugenara phutne ho?jutera agibadhe jiu Juan sath dienxa phutera ghat garema lat dienxa yo kura suby comredharule bujhe hunxa.
  • Suman KC Nepali samaj paribartanma Maoist rebellionko vumika underestimate garne tatha Maoist mai bilaya hune vanne Dubai tendency galat thiya comrades. Wait gareko vaya aafnai botma pakthe kafal kunai din
  • Surendra Chalise तपाईंको सूचना सही कि ? प्रकाश पोखरेलको अन्तर्वार्ता सही ? कुरा के हो ? था चाहियो ।
  • Kishor Joshi haina ho jagrit dai hami pani xau hai k ho karekarta na chahine nai ho ta
  • Balaram Timalsina Biplab Je hos hami harek hisable apthero ma xau .
  • Aashish Sharma खै के खै के बुझ्नै गरो हुने भो।म दस बर्से जनयुद्ध लडाइँ गरेको सिपहिले त बुझ्न गाह्रो भयो।अब त मलाई बुझ्न मन लाग्न छोडयो।किन कि कसै न कसैको गुट को नभए कसरी हुन
  • Man Singh Tel lagaera nahane timiharulai raiphal ko tel nikale ra ho hane.baburam ra dahal sangai vayako ris garne.
  • Ram Krishna Banjara पार्टीप्रति इमान्दारीता विचारभित्रको वहसले
    वलियो संगठन वन्छ 
    वहस छलफल टोलटोलदेखि हुनु जरुरी छ गुटउपगुटको भाषा गलत फरक विचार छलफलको मुख्य एजेन्डा मात्र हो