कमरेड प्रचण्ड, हर्षले गद्गद् भएर यो पत्र लेख्दै छु । सत्तारूढ दलसँग १६बुँदे सम्झौतामार्फत तपाईंले संविधान लेखनको मार्गप्रशस्त गर्नुभएकोमा जुझारु धन्यवाद । तपार्इं नै तयार भएपछि अबचाहिँ संविधान बन्छ कि भन्ने आशा घनीभूत हुँदै गएको तथ्यलाई निश्चित रूपमा नकार्न सकिन्नँ भन्ने परिस्थिति बनेको छ । अब ‘चिज’ सकारात्मक दिशातर्फ गएको हो कि भन्ने हामीलाई पनि लाइरा’छ ।
उधारो संघीयता र उधारो सत्ता साझेदारीसम्म आउन कमरेडले मुलुकमा बडो कठिन चुनौतीपूर्ण संघर्षको मार्ग अख्तियार गर्नुभएकै हो । जस्तो कि विगतमा देशका होनहार १२ हजार नेपाली छोराछोरी सहिद भएको दृश्य तपाईंले बडा भावुक भएर हेर्नुपरेकै हो । आफूले एक जनालाई नमारे पनि आफ्नो नेतृत्वमा भएको ‘क्रान्ति’बाट आमनेपाली मर्दा कमरेडको मन पनि पोलेकै हो ।
राजतन्त्र ढाल्ने, नयाँ जनवादी सत्ता स्थापना गर्ने, जनवादी शिक्षा लागू गर्ने, जनअदालत चलाउने, जनताको संविधान बनाउने र जनसरकार गठन गर्ने कमरेडको त्यसबेलाको नारा थियो । आज ती नारा निश्चित रूपमा असान्दर्भिक, असम्भव र पुराना भइसकेको यहाँको ठम्याइ रहेको बुझियो । किनकि, मुलुकको परिस्थिति बिल्कुल नयाँ भइसक्यो । अर्थात् ‘चिज’ नयाँ ढंगले बन्यो ।
कमरेडको विश्लेषणमा मुलुकमा ३ वटा शत्रु थिए । पहिलो देशीय सामन्तवाद, दोस्रो क्षेत्रीय विस्तारवाद र तेस्रो अन्तर्राष्ट्रिय साम्राज्यवाद । अब पहिलो शत्रु त दरबार हत्याकाण्डलगत्तै मक्किएर ढलिहाल्यो । त्यसका लागि कमरेडहरूले खासै टाउको दुखाउनु परेन । ०६२÷६३ सालको आन्दोलनले नै राजतन्त्रलाई तह लगाइहाल्यो । बाँकी दुई शक्ति अर्थात् अन्तर्राष्ट्रिय साम्राज्यवाद र क्षेत्रीय विस्तारवादसँग यहाँहरूले लड्नै सक्नुभएन, लड्नैपरेन या लड्न जरुरी भएन, जे भने पनि हुन्छ । किनकि, ती दुई शक्तिसँग कमरेडहरूले हात जो मिलाइसक्नुभएको छ । भन्नुको मतलव यहाँनेर पनि परिस्थिति नयाँ बनेकै हो अर्थात् ‘चिज’ नयाँ ढंगले अघि बढेकै हो ।
‘चिज’ कसरी अघि बढ्दै गयो भने व्यवहारवादका नाममा कमरेडहरूले हिजोका आदर्श, सिद्धान्त, नारा र एजेन्डालाई समातिरहन परेन । यो बडा सहज र सुखद कुरा हो । लड्नुपर्ने ती शत्रु नै अब कोही समाप्त भएको र कोही मित्र भइसकेको अस्थामा ‘जनयुद्ध’ को नै के औचित्य रह्यो र ? यहाँनेर आइपुग्दा त्यो जनयुद्ध भन्ने ‘चिज’ पनि ‘दीर्घकालीन’ नहुँदो रहेछ भन्ने प्रमाणित भयो । हुन त माक्र्सवादको प्रयोगका क्रममा नयाँ–नयाँ मान्यता उत्पत्ति हुँदै जान्छन् । ‘दीर्घकालीन जनयुद्ध’ पनि एउटा सीमामा पुगेपछि समाप्त हुनेरहेछ । अझ, यहाँहरू त बुद्ध बन्ने पक्षमा, बुद्धको दर्शन नै छ, यहाँ नित्य केही छैन, सबै अनित्य छ । भन्नुको मतलव अब जनयुद्ध पनि नित्य रहेनछ ।
माक्र्सवाद र माओवादको सिर्जनात्मक प्रयोग गर्ने क्रममा कमरेडहरू यतिबेला उहिल्यै एमालेले अंगीकार गर्दै आएको ‘शान्तिपूर्ण रूपान्तरण’को बाटोमा आइपुग्नुभएको छ । बुर्जुवा लोकतन्त्रमै खाने, खेल्ने यहाँहरूको मनसुवा स्पष्ट गोचर भइरहेको छ । १२ बुँदे समझदारीदेखि १६बुँदे समझदारीसम्म आइपुग्दा यहाँहरूको उत्तेजनाको घ्याम्पो पनि फुटेको छ । यहाँहरूलाई परिस्थितिले यथार्थको धरातलमा ल्याइदिएको छ । कांग्रेस र एमालेले उपभोग गरेर बचेको रहलपहल पद, प्रतिष्ठामै चित्त बुझाएर त्यसैलाई ‘महान् उपलब्धि’ भन्नुपर्ने अवस्था वास्तवमै नेपाली कम्युनिस्ट आन्दोलनकै विशिष्ट परिस्थिति हो । पुँजीवादबाट समाजवादतर्फ फड्को मार्नुअघिको यो संक्रमणकालमा ‘चिज’ यसैगरी बन्छ भन्ने यहाँको ठम्याइसँग म पनि सहमत छु । ऐतिहासिक विकासक्रमकै यो कडी हो, होइन त कमरेड ? यो अवस्थामा कहिले ३० दलीय मोर्चाको नेता बन्दै मधेसी र जनजातिको बैसाखी टेक्नुपर्ने रहेछ, कहिले त्यो बैसाखी फालेर कांग्रेस र एमालेको फेर समात्नुपर्ने रहेछ । १६ बुँदे समझदारीलाई अदालतले चुनौती दिएपछि अब अदालतसँग पनि भिड्नुपर्ने रहेछ । आफँै जनअदालत गठन गरेर हिँडेको मान्छे, आज आफँैले भत्काउन चाहेको अदालतको एक आदेशबाट तर्सिनुपर्ने अवस्था । ‘चिज’ बदलिएकै रहेछ, होइन त कमरेड ?
तपाईंलाई विजय गच्छदारबाहेकका मधेसी नेताले ‘गद्धार’ भनिरहेका छन् । जनजातिले ‘क्रान्तिलाई धोका दिएको’ आरोप लगाइरहेका छन् । वैद्य बाले पनि ‘धोकेबाज’ नै भनेका छन् । यो बडा नमीठो परिस्थिति हो । मैले पूरै माक्र्सवाद पल्टाएर हेरेँ, मनरादेखि मानव विकाससम्मका इतिहास पल्टाएँ तर यति चाँडै जनयुद्धको महानायकले ‘गद्धार’को आरोप खेप्नुपर्ने अवस्था किन सिर्जना हुन्छ भन्नेबारे कहीँ–कतै उल्लेख भएको पाइएन । लेनिनका संकलित रचना र माओको रेडबुकमा पनि त्यसबारे केही रहेनछ । भनेपछि यो पनि नेपालको मौलिक विशिष्ठ परिस्थितिकै उपज रहेछ । हुन पनि नेपालमा जनयुद्ध नौलो, त्यसको उठान र बैठान पनि नौलो अनि अहिले पतनको प्रारम्भ पनि नौलो । हरेक चिज नौलो । सायद माक्र्सवादको यो नौलो प्रयोगबारे भावी दिनमा ‘सुमार्गी’का संकलित रचनामा विस्तृत व्याख्या अवश्य होला । आखिर माक्र्स र लेनिनका सहयात्री एंगेल्स पनि धनी नै थिए ।
कमरेड, मलाई के लाग्छ भने वैशाख १२ गते आएको भूकम्पपछि नै दलबीच सहमतिको परिस्थिति बनेको हो । आ–आफ्नो अडानमा रहेका दललाई भूकम्पपछिको परिस्थितिले नै एक ठाउँमा ल्याइदिएको हो । यहाँलाई पनि लागेकै होला, आजको माक्र्सवादले यसै भन्छ । भूकम्प नआएको हुँदो हो त यहाँको नेतृत्वको ३३ दलीय मोर्चाको गनगन जारी रहन्थ्यो, मुलुकमा गतिरोध कायमै रहन्थ्यो ।
भूकम्पले यहाँ बसिरहनुभएको लाजिम्पाटको घर पनि पक्कै हल्लायो । केही दिन यहाँलाई पनि पालमा बस्नुपर्ने परिस्थिति बन्यो । ‘पाल’मा बस्ने क्रममा ‘नेपाल’को माया जागेर आयो । सायद आँखा रसाए । अनि पो सहमतिको पहल सुरु भयो । यहाँलाई लागेको हुँदो हो, अनेक टावर खडा गरेर केही हुन्न । महँगो पलङमा सुतेर पनि केही हुन्न । ती सबै भूकम्पले भत्काउने रहेछ, पुर्ने पो रहेछ । युद्धमा त शत्रु कहाँनेर आएको छ, कतिबेला आउँछ भन्ने पत्तो लगाएर आक्रमण र प्रत्याक्रमण गर्न सकिन्छ । तर, यो भूकम्प त कहाँ र कतिबेला आउँछ भन्ने नै जान्न नसकिने । माक्र्सले यसबारे कहीँ–कतै केही नभनेका । माओले पनि भूकम्पको सर्वहारावादी दृष्टिकोण नदिएका । भूकम्पलाई प्रतिक्रियावादी भनेर भएन, पुँजीवादी भनेर पनि भएन । भूकम्पले सबैलाई समान ढंगले पिरोल्दो रहेछ । अब यसलाई समाजवादी भन्न पनि भएन ।
के त भूकम्प ? को हो त भूकम्प ? यसको वर्गीय विश्लेषण के ? यो नेपाली कम्युनिस्ट आन्दोलनकै गम्भीर र पेचिलो प्रश्न बन्न गयो । अब यो भूकम्पसँग जुझ्नु पो असली जनयुद्ध हुने रहेछ । भूकम्प नामक शत्रुबाट कसरी देश र जनतालाई बचाउने त्यो पो क्रान्तिकारी कदम हुने रहेछ । अनि आजको माक्र्सवाद र माओवाद पनि यही नै रहेछ । भूकम्पबाट राहत र उद्धार नै आजको गुणात्मक फड्को रहेछ । क्रमभंग रहेछ ।
जब यो बोध भयो, तब यहाँबाट सहमतिको पहल सुरु भएको रहेछ । यहाँमा दया, माया, करुणा भाव जागेको रहेछ । सत्य, धर्म, अहिंसा र प्रेमको नयाँ चेतना जागेको रहेछ । माक्र्सवादको आध्यात्मिक विकास गर्ने सम्भावना बढेको रहेछ । त्यही भएर पो संघीयतामा जतिसुकै प्रदेश भए पनि ठीक, जस्तोसुकै शासकीय स्वरूप भए पनि ठीक, संविधान जस्तोसुकै आए पनि ठीक । संविधान आओस्, भूकम्पपीडित देशको कल्याण होस् । यही मार्गमा यहाँ लाग्नुभएको रहेछ । भनेपछि यहाँलाई नै किन राष्ट्रपति नबनाउने ? यति त्याग गरेपछि यहाँमाथि सधँै किन ‘भित्ते राष्ट्रपति’को कलंक लागिरहने ? म यहाँको साथमा छु । अघि बढ्नुस् कमरेड । लाल सलाम !

http://yeskathmandu.com बाट साभार
No comments:
Post a Comment