Tuesday, July 14, 2015

भाजपा नेताद्धारा प्रचण्डलाई भारत र धर्म विरोधी नभएको ‘क्लिन चिट’



काठमाडौ, २ असोज। भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय जोलीले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल भारत र धर्म विरोधी नभएको वताउनुभएको छ । प्रधानमन्त्री डाक्टर वावुराम भट्टराईका सहपाठी जोलीले दाहाल भारत र धर्म विरोधी नभएको भन्दै उहाँको वचाउ समेत गर्नुभयो। रिपोटर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा नेता जोलीले आफूसँगको भेटमा प्रचण्डले नै आफु भारत र धर्म विरोधी नभएको वताएपछि जोलीले समेत दाहाललाई क्लिन चिट दिनुभएको हो। नेपालमा जारी शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियामा नेपाली जनताले अपेक्षा गरे अनुसार प्रगति भएपछि भारतको भ्रमण गर्ने समेत प्रचण्डले इच्छा गरेको जोलीले बताउनुभयो।

शान्तिपूर्ण नेपाल भारतीय राजनीतिक दल र जनताको चाहना भएको उहाँले जोलीले उल्लेख गर्नुभयो । १२ बुँदे सहमतिबाट सुरु भएको नेपालको शान्ति प्रक्रिया निष्कर्षमा पुगेको हेर्न चाहेको नेता जोलीले बताउनुभयो । उहाँले नेपालका राजनीतिक दलहरुलाई शान्ति स्थीरता र विकासको पक्षमा कटिबद्ध भएर उभिन समेत सुझाव दिनुभयो ।
नेपालमा कस्तो सरकार बन्ने भन्ने कुरा नेपाली जनता र राजनीतिक दलहरुले निर्णय गर्नु पर्ने भन्दै भारतले नेपालको विकासमा सहयोग बाहेक कुनै पनि हस्तक्षेप नगर्ने उहाँले स्पष्ट पार्नुभयो । नेपालसँग भारतको परम्परागत सम्बन्ध भएको कारण नेपालमा केही हुँदा भारतीय जनताको मन दुख्नु स्वभाविक भएको भन्दै भारतमा रहेका २५ लाख नेपाली मुलका नागरिक भारतकोलागी गर्वको विषय भएको दावी गर्नुभयो ।
नयाँ संविधान जारी भएपछि नेपालमा जारी संक्रमणकालको अन्त्य भई स्थीरता सँगै विकास हुने भन्दै चीन र भारतको प्रगतिलाई आत्मसाथ गर्दै अगाडि बढे नेपालमा विकासको प्रचुर सम्भावना रहेको उहाँले बताउनुभयो। उहाँले नेपालको सरकार सहमतिका साथ नेपाली जनताको अपेक्षामा खरो उत्रन सक्ने विश्वास समेत साक्षात्कारमा ब्यक्त गर्नुभयो ।
आफू हिन्दु भएकोमा गर्व भएपनि धर्मको नाममा राजनीति गर्न नहुने सल्लाह दिनुहुदै जोलीले धर्मको विषयमा बहस र छलफल गर्न भने खुल्ला बातावरणको निर्माण हुनु पर्नेमा जोड दिनुभयो ।

http://www.hamrakura.com बाट साभार 

No comments:

Post a Comment