२६ असार, काठमाडौं । एकीकृत माओवादीका केन्द्रीय सदस्य शालिकराम जम्मरकट्टेलले आफ्नै पार्टीका नेता बाबुराम भट्टराईलाई फासीवादी भएको बताएका छन् ।
भट्टराईले एमाओवादीमा निषेधको राजनीति गरिरहेको शालिकरामको भनाइ रहेको छ ।
‘बाबुराम किन जनयुद्धमा आए ? र उनले पार्टीमा कस्तोकस्तो काम गरे भन्नेबारेमा सांगोपांग अध्ययन गरिनुपर्ने’ भन्दै ‘उनले बाबुरामले सर्वहारा वर्गको राजनीति नगरेको’ ठोकुवा गरे ।
शनिवार टोखा नगरपालिका अन्तर्गत गोंगबुको मेरी गोल्ड पार्टी प्यालेसमा पार्टीको नगर भेलालाई सम्वोधन गर्दै शालिकले भट्टराईले पार्टीलाई सिध्याउन भूमिका खेलिरहेको बताए ।
वैद्य माओवादीसँग सहकार्य र एकतालाई भाँड्न भट्टराईले भूमिका खेलिरहेको पनि उनले खुलासा गरे ।
एमाओवादीका जिल्ला नेता तथा पूर्व विद्यार्थी नेता हिमाल शर्माले आफ्नो विरुद्ध समानान्तर गतिविधि गरेर हिसिला यमीले नैतिकता गुमाएको बताए । नेतृत्व चयनमा सहभागी भएकी हिसिलाले कुन नैतिकताले समानान्तर गतिविधि गर्छिन शर्माले प्रश्न गरे ।
http://www.jhilko.com बाट साभार भट्टराईले एमाओवादीमा निषेधको राजनीति गरिरहेको शालिकरामको भनाइ रहेको छ ।
‘बाबुराम किन जनयुद्धमा आए ? र उनले पार्टीमा कस्तोकस्तो काम गरे भन्नेबारेमा सांगोपांग अध्ययन गरिनुपर्ने’ भन्दै ‘उनले बाबुरामले सर्वहारा वर्गको राजनीति नगरेको’ ठोकुवा गरे ।
शनिवार टोखा नगरपालिका अन्तर्गत गोंगबुको मेरी गोल्ड पार्टी प्यालेसमा पार्टीको नगर भेलालाई सम्वोधन गर्दै शालिकले भट्टराईले पार्टीलाई सिध्याउन भूमिका खेलिरहेको बताए ।
वैद्य माओवादीसँग सहकार्य र एकतालाई भाँड्न भट्टराईले भूमिका खेलिरहेको पनि उनले खुलासा गरे ।
एमाओवादीका जिल्ला नेता तथा पूर्व विद्यार्थी नेता हिमाल शर्माले आफ्नो विरुद्ध समानान्तर गतिविधि गरेर हिसिला यमीले नैतिकता गुमाएको बताए । नेतृत्व चयनमा सहभागी भएकी हिसिलाले कुन नैतिकताले समानान्तर गतिविधि गर्छिन शर्माले प्रश्न गरे ।
No comments:
Post a Comment