सौगात पोखरेल |
प्रिय कमरेडहरु अभिवादन,
मैले माओवादी नाममा पत्र लेखिरहँदा थुप्रै आरोपहरु पनि लाग्न सक्छन । माक्र्सबादी शब्दकोश भित्र रहेका गालि गलौजका शब्दहरु झिकेर प्रहार पनि हुनसक्छ । र पनि यो पत्र लेख्ने कोशिस गर्दैछु । शिर्षक मात्र लेखेर केहि समय थन्क्याए ।
आन्दोलनको क्रममा लेखिने मेरो पत्रले तँपाईहरुले भन्ने गरेको प्रतिक्रान्तिकारीलाई मलजल गर्छ कि भन्ने ठुलो डर थियो । पत्र लेख्नुपुर्व आफैलाई धेरै पिडा भयो । हिजो माओवादी पिडितका नाममा भत्ता पचाएर अलि क्रान्तिकारी माओबादीको कार्यकर्ता बनेर माओबादी आन्दोलनकै बिरोध गरेर जिन्दगी चलाएकाहरुको कोटिमा पुगिन्छ कि भन्ने भयले घर गरिरह्यो ।
नढाँटी भन्ने हो भने अहिले माओबादी आन्दोलन आजकाल क्लबमा रुपान्तरण भएको छ । एकातिर पुल अर्कोतिर झलुङ्गो हाल्ने अभ्यासमा गर्दा गर्दै माओबादीले एकदशक बितेको पत्तो पाएन । कोठे बैठकहरुमा गरिएको गलत रिर्पोटिङका कारण माओबादीका नेताहरुलाई सुन्निदा पनि मोटाएको भन्ने भ्रमले नराम्रो बिरामी बनाएको छ । प्रिय मित्रहरु मलाई माफ गर्नुहोस । अब नेपालमा माओबादीको नामबाट उत्पीडनको अन्त्य र नयाँ समाज निमाणको संम्भाबना अत्यन्त कमजोर बनेर गएको छ । तपाईहरुलाई यो कुरा सुनेर पिडा पनि हुन सक्छ तर सत्य यस्तै बन्दै गईरहेको छ ।
हिजो समाजमा जुनखालको बर्गबिभेद रहेको थियो । आज माओबादी पार्टीमा त्यस्को बिम्ब प्रष्ट देखिन थालेको छ । माओबादी आन्दोलन मुल समस्या भनेको आफ्नाहरुलाई मात्र राम्रो देख्ने हो । माओबादीमा कहिल्यै पनि गलत कुराको बिरोध भएन वा गलत कुराको बिरोध गर्नेलाई गलत्याउने काम गरियो । माओबादी नेताहरु मुखियाजस्ता भएका छन् । बचेखुचेका कार्यकर्ता प्रजाझै भएका छन् । गुटगुटमा बिभाजित माओबादीहरु आफ्नाहरुलाई जोगाउनका लागि जे सुकै पनि हर्कत गर्न पनि तयार छन् ।
अहिले माओबादीहरुले गरेको आन्दोलनका हरेक समय म पनि सडकमानै थिए । पहिला भन्दा फरक भुमिकामा आन्दोलनमा न एकता थियो , न जोश थियो न आन्दोलनबाट कार्यकर्ताहरुमा कुनै अपेक्षा नै थियो । बिरालो बाँधेर श्राद्ध गर्ने संस्कृतीको निरन्तरताबाहेक आनदोलन अरु केहि हुन सक्दैन । पार्टी सदस्य पद जोगाईरहनका लागि केहि नेता कार्यकर्ता सडकमा उत्रिएका थिए । उनिहरुको अनुहार उत्साहभन्दा निराशा ज्यादा थियो । हिजो आन्दोलनको मोर्चामा झण्डामा डण्डा हालेर बोक्ने ५० औँ हजार जुझारु कार्यकर्ता बिदेश पलायन भएका छन् । लडाईका अग्रीम मोर्चामा लडेका पुर्व लडाकुहरु नियमित डिप्रेसनको औषधी प्रयोगकर्ता बनेका छन् । घाईते अपाङ्गहरु माओबादीकै नेताहरुलाई धारे हात लगाउदै बसेका छन् । गाउँ पुरै खाली हुँदै गएको छ । युद्धमा लागेको हजारौ कार्यकर्ताहरु खाना र नानाको समस्यामा जिन्दगी चलाई रहेका छन् । राज्यले युद्धकालिन मुद्दाहरु ब्युताएर माओबादीका नेताकार्यकर्ताहरु धमाधम गिरफ्तार गरिरहेको छ । माओबादीका नेताहरु पद बार्गेनिङका लागि आन्दोलनको उठान गरिरहेका छन् ।
रिसानी भए माफ गरिबक्सियोस प्रिय नेता कमरेड
बलि नपाएर रिसाएका देवताहरुजस्तै रिसको झोकमा तपाईहरु कहिले आन्दोलन घोषणा गर्नुहुन्छ त कहिले आन्दोलन फिर्ता लिनुहुन्छ । कार्यकर्ताले तँपाईहरुसँगै हो मा हो मिलाउदै सति जानुपर्छ । तपाईहरुलाई लागेको कुरा अन्तिम सत्य हुन्छ । तपाईहरु रक्सि खाएर नशामा मातेर श्रीमती कुट्ने जड्याले जस्तो योजना बनाउनु हुन्छ । जुन दिर्घकालिन हुन सक्दैन । कुरा गर्दा युवा प्रतिनिधित्व र समावेशीका गर्ने तँपाईहरु पार्टीको नेता बनिरहनका लागि जे पनि गर्न तयार हुन्छन् । तँपाईहरु श्रीमतीको फरियाबाट बाहिर निस्कीएर हेर्नुस अनि आफ्नो पुरानो धरातल सम्झनुस । यो आन्दोलन नभएको भए तँपाईहरुको हैसियत के हुन्थ्यो । तपाईहरु परिवार र नाताबाट बाहिर निस्कन सक्नु भएको छैन ।
तपाईहरुसँग मेरो अन्तिम जिज्ञासा छ ।
रिसाएका देवताहरु बलि दिएसी खुशि भएझै तँपाईहरुले पनि भन्दीनु पर्यो । तँपाईहरुको चित्त प्रशन्न गर्नका लागि अझै कार्यकर्ताहरुले कति समय भोकै भाटा बोकेर सडकमा दौडन पर्यो ? र भन्दिनु पर्यो को कस्को बलि चढाउनु पर्यो । तँपाईहरुको आन्दोलनको स्वरुपले थप कार्यकर्ताहरु मनोरोगी बनाउने बाहेक अर्को लछारपाटो लाउन सक्दैन । तँपाईहरुले गरेको आन्दोलन रचनात्मक छैन । २००७ सालको नेरोघेरोमा गरिने आन्दोलनको र आज तँपाईहरुले गर्ने भनेको आन्दोलनको बिचमा खास अन्तर छैन । ताकी हाम्रो जिवनमा आर्थीक ,सामाजिक र राजनितिक परिवर्तन भएको छ । तँपाईहरु पुरानै मानसिकता बोकेर आन्दोलनका कार्यक्रमहरु घोषणा गर्नुहुन्छ । अनि तँपाईहरुको आन्दोलन कसरी सफल हुन्छ ?
माओबादी नेताहरुलाई अन्तिम सुझाब
आन्दोलन गर्ने हो भने पहिला दैनिक हजारौँको संख्यामा बिदेशिएका युवाहरुहरु देश फर्काउनुस , उनिहरुलाई देशमा नै भबिष्य देखाउनुस ,प्रशासनिक क्षेत्रमा देखिएको अराजकताको अन्त्य गर्ने कार्यक्रम गर्नुहोस , तँपाईको टाउको फुट्न खोज्दा आफ्नो टाउको अघि सार्ने कार्यकर्ताहरुलाई उत्पादनमा लगाउनुहोस , निर्माणका काममा लगाउनुस अनि बन्छ देश अनि उठ्छ आन्दोलन ।
अन्त्यमा मैले दुखका साथ भन्न पर्छ माओबादीकै नामबाट नेपालको परिवर्तन असंम्भब छ । आन्दोलनलाई नयाँ ढङ्गबाट संगठित गर्नुपर्ने अहिलेको आवश्यकता हो । यहि झण्डामुनि बिकसित नेपालको सपना साकार हुनसक्दैन । यसको मतलब एमाले ,काँग्रेस सहि हो भन्ने होईन ।
पोखरा
No comments:
Post a Comment